निर्णय नं. ६५४७ - जिउ मास्ने बेच्ने
निर्णय नं. ६५४७ ने.का.प. ०५५ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
फैसला मिति : २०५५।२।२५।२
सम्बत् २०५३ सालको स.फौ.नं..... १२१८
सम्बत् २०५४ सालको स.फौ.नं .........१४९८
मुद्दा : जिउ मास्ने बेच्ने ।
पुनरावेदक/प्रतिवादी : नुवाकोट जल्ला ककनी गा.वि.स. वडानं. ३ घर भै हाल जिल्ला प्रज्ञासन कार्यालय, सदर खोर शाखा, डिल्लीबजार काठमाण्डौमा थुनामा रहेको केदार बहादुर तामाङ
विरुद्ध
प्रत्यर्थी /वादी : लक्ष्मी राउतको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/वादी : नुवाकोट ककनी गा.वि.स. वडा नं. २ घर भई हाल केन्द्रिय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको हरि भन्ने राम बहदुर तामाङ
विरुद्ध
प्रत्यर्थी /वादी : लक्ष्मी राउतको जहेरीले वादी श्री ५ को सरकार
§ शुरु फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन नगरी पुनरावेदन गर्ने म्याद समेत गुजारी बसेको अवस्थामा शुरु अदालतको फैसला उपर सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्थाको अभाव भएबाट समेत शुरु फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदक प्रतिवादी राम बहादुर तामाङको पुनरावेदन जिकिर अ.वं. १८० नं. बमोजिम खारेज हुने ।
(प्र.नं. २९)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री कर्ण बहादुर कार्की विद्वान अधिवक्ता श्री धुर्वलाल राज
वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कुमार चुडाल
अवलम्वित नजिर :
फैसला
न्या. हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
२. हामी तातोपानीबाट काठमाण्डौ कटन कपडाहरु ल्याई विक्रि गर्दा तातोपानीमा कुल्ली काम गर्ने हरी भन्ने राम बहादुरलार्ई चिनेको, निजले हामीलार्ई भेटी कटनको व्यापार गर्ने भन्दा भारत दार्जिलिङबाट कपडा ल्याई काठमाण्डौ विक्रि गर्ने हो भने धेरै फाइदा हुन्छ । मेरो दाजु मिठु तामाङ पनि कपडाको व्यापार गर्नु हुन्छ भनी मिठ्ठ तामाङसंग हामीलार्ई भेट गराई व्यापार सम्बन्धी फाईदा हुने कुराकानी गराई भारत दार्जिलिङ कपडा लिन जाने भनी झुक्याई हरि भन्ने राम बहादुर तामाङ, केशर बहादुर तामाङ र मिठु तामाङले भारत वम्बैमा लगी प्रति व्यक्ति भा.रु. ३० हजारका दरले हामीलार्ई जम्मा भा.रु. ६० हजारमा बिक्रि गरेकोले निजहरु उपर कारवाही गरि पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी राउत क्षेत्री र पासाङ शेर्पाको संयुक्त जाहेरी दरखास्त ।
३. गते वार थाह छैन । २०४६ सालको श्रावण महिनामा दार्जिलिङबाट कपडाको व्यापार गर्न भनी म समेतलार्ई झुक्याई हरी भन्ने राम बहादुर तामाङ मिठु तामाङले दार्जिलिङ जाने भनी नेपालगंज लगे । त्यहां पुग्दा निजहरुको सामा केशर बहादुर पनि रहेछन । को हो श्र भनी सोध्दा पाटननर भनी मिठुले भनेको र निजहरु तिनै जनाले भारतको बम्बैमा ३०,०००। (तिस हजार) मा बिक्रि गरी भागी गएछन् । बिक्रि गरेको कुरा थहा पाई लक्ष्मीको साडी घडी समेत बिक्रि गरी काठमाण्डौ आउन सफल भएको भन्ने जाहेरवाली पासाङ शेर्पाले गरेको बयान ।
४. भारत दार्जिलिङबाट कपडा ल्याउने भनी मिठु तामाङ, हरि भन्ने राम बहादुर तामाङ र निजहरुको सांठगांठ मिलाएको केशर बहादुर तामाङ समेत ३ जनाले २०४६ साल श्रावण महिनामा नेपालगंज हुदै भारत बम्बैमा लगी ३० (तिस) हजारमा बिक्रि गरी निजहरु भागी सकेपछि बिक्रि गरेको कुरा थाहा पाई कोठीबाट भागी मेरो घडी र साडी बिक्रि गरी काठमाण्डौ आउन सफल भएको हो भन्ने व्यहोराको जाहेरवाली लक्ष्मी राउत क्षेत्रीको बयान कागज ।
५. जाहेरवालीहरुलार्ई मेरो समेत संयुक्त सल्लाहबाट भारत बम्बैमा लगी मिठु तामाङले चिनेको केटीकहा पुगी केशर बहादुर र मिठु कोठा भित्र पसि कुरा गरी बाहिर निस्की निजहरुसंग फर्कि बुटवलसम्म आएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी हरि भन्ने राम बहादुर तामाङले गरेको बयान ।
६. मिठु तामाङ हरि भन्ने राम बहादर तामाङ र मेरो समेत संयुक्त सल्लाहबाट जाहेरवालीहरुलार्ई दार्जिलिङबाट कपडा ल्याई बिक्रि गर्न भनी झुक्याई विश्वासपारी नेपालगंज हुदै बम्बैमा लगी भा.रु. ६० हजारमा बिक्रि गरी खर्च कटाई भा.रु. २४,००० (चौविस हजार) मैले लिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी केशर बहादुर तामाङले गरेको बयान ।
७. हरि भन्ने राम बहादुर तामाङ, केशर बहादुर तामाङ, मिठु तामाङ समेतले जाहेरवालीहरुलार्ई भारत बम्बैमा लगी बिक्रि गरे भन्ने कुरा सुनी थाहा पाएं भन्ने समेत व्यहोराको सर्जिमिन मुचुल्का ।
८. प्रतिवादी हरि भन्ने राम बहादुर तामाङ, मिठु तामाङ र केशर बहादुर तामाङ समेतले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण्) ऐन, २०३४ को दफा ४ को (क) अनुसार अपराध गरेको सिध्द हुन आएकोले प्रतिवादीहरु उपर ऐ.को दफा ८ को (१) बमोजिम हदैसम्म सजाय हुन र पक्राउ नपरेका मिठु तामाङ उपर अदालतबाटै समाव्हान जारी गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावि ।
९. जाहेरवाली र म बस्ने डेरा एकै घरमा हुदा चिनजान भएको, सोही नाताले व्यापार गर्न भनी रु.१०,०००। सापट लिएको पछि व्याज सहित दिन्छौ भनी तमसुक गरि दिएका छन् । जाहेरवालीहरुलार्ई भारतमा लगि बिक्रि गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशर बहादुर तामाङले अदालतमा गरेको बयान कागज ।
१०. आज भन्दा ६, ७ वर्ष अघि बाह्रविसे तातोपानी सडक बनाउने काम गर्दथे । जाहेरवालीहरु त्यस बखत बपडा व्यापार गर्दथे । केशर बहादुर ठेक्का पठा काम गर्ने गर्दथे र व्यापार गर्न केशर बहादुरसंग रु.१०,०००। सापट लिएका थिएं र उक्त रकम फिर्ता माग्दा भनाभन भई रिसइविबाट जाहेरी दिएका हुन् भारत वम्बैमा लगी जाहेरवालीहरुलार्ई बिक्रि गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी हरि भन्ने राम बहादुर तामाङले अदालतमा गरेको बयान ।
११. फरार रहेका प्रतिवादी मिठु तामाङको नाममा जारी भएको म्यादी पुर्जिमा हाजिर नभई गुजारी बसेको ।
१२. जाहेरवालीहरुलार्ई बम्बै लगी बिक्रि गरेको छैनन् जाहेरी झुठ्ठा हो भन्ने समेत व्यहाराको प्रतिवादी केशर बहादुरको साक्षी कान्छा लामा, चोक बहादुर लामा, र नेत्र बहादुर लामाले छुटा छुटै गरेको एकै मिलानको वकपत्र ।
१३. जाहेरवालीहरुको नाममा तामेल भएको ७ दिने म्यादमा उपस्थित नभै गुजारी बसेको।
१४. जाहेरी दरखास्तमा लागेको ल्याप्चे सहि र केशर बहादुरलार्ई जाहेरवालीहरुले गरि दिएको तमसुकको ल्याप्चे सहिछाप जाँच गरेको प्रतिवेदन र रेखा विशेषज्ञ सुजन श्रेष्ठले अदालतमा उपस्थित भई गरेको बकपत्र मिसिल सामेल रहेको र साथै लिखत विशेषज्ञ विश्वराज पौडेलले जाँच गरेको प्रतिवेदन र अदालतमा उपस्थित भई गरेको वकपत्र मिसिल सामेल रहेको ।
१५. प्रतिवादीहरुले जाहेरवालीहरुलार्ई बम्बैमा भारतमा लगि बेग विखन गरि प्रहरी प्रतिवेदन माग दावी अनुसार जिउ मास्ने बेच्ने ऐन, २०४२ को दफा ४ (क) अनुसार अपराध गरेको देखिन आउँदा निज प्र. हरि भन्ने राम बहादुर तामाङ र प्र केशर बहादर तामाङलार्ई ऐ. ऐनको दफा ८ (१) अनुसार तजविजि कैद वर्ष १० दश जनही सजायं हुने ठहर्छ बेचेको भनेको विगोमा प्रमाणबाट एकिन भएको नदिेखिदा विगो बमोजिम जरिवाना हुन नसक्ने ठहर्छ भन्ने शुरु काठमाण्डौ जिल्ला अदालतको मिमति २०५२।३।३० को फैसला ।
१६. जाहेरवालीहरुसंग मेरो लेनदेन कारोवार भएको हुँदा सो रुपैया माग्दा त्यसको रिसइविले मेरो विरुद्धमा झुठ्ठा जाहेरी दिएका हुन । अदालतले जारी गरेको म्यादमा उपस्थित भई जाहेरवालीहरुले आफ्नो जाहेरीको व्यहोरालार्ई पुष्टि गर्न सकेको छैनन । जाहेरवालीहरुको प्रहरीमा भएको बयानलार्ई प्रतिवादीहरुले जिरह गर्ने अवसर पाएको छैनन । त्यस्तो वयानलार्ई प्रमाणमा लिन मिल्दैन । प्रहरीमा बयान गर्दा कुटपिट गरि गराईएकोमा सो वयानलार्ई समेत प्रमाणमा लिइएको छ । म आफू निर्दोष भएको कुरा मेरा साक्षीहरु समेतबाट प्रमाणित भै रहेकोले शुरु फैसला उल्टी गरि सफाइ पाउँ भन्ने प्रतिवादी केशर बहादुर तामाङको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१७. यसमा शुरु का.जि.अ. ले प्रहरी समक्षको साविती र जाहेरवालाहरुको बयानलार्ई आधार लिई पुनरावेदकलार्ई सजायं गर्ने ठहर गरेको देखियो । प्रहरीमा बयान पश्चत धा.जाँच हुँदा पुनरावेदकको शरीरमा धा. चोट देखिएको, जाहेरवालाहरुले वारदातको धेरै समय पछि मात्र जाहेरी दिएको र निजहरु अदालतमा अनुपस्थित रही परिक्षण हुन नसकेको समेत बाट शुरुको निर्णय विचारीय देखिएकोले छलफलको लागि उपस्थित हुन अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावी, २०४८ अनुसार पुनरावेदन सरकारी वकिल कार्यालय पाटनलार्ई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटन संयुक्त इजलास मिति २०५२।१२।१३ को आदेश ।
१८. पिडित व्यक्ति लक्ष्मी राउत क्षेत्री र पासाङ शेर्पाको अदालतबाट प्रमाणित वयानमा आफूहरुलार्ई प्रतिवादीहरुले बम्बई पुर्याई बेचेको भनी उल्लेख गरेको र सो बयान प्रतिवादीबाट दण्डित नभएको अवस्थामा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३का दफा ७ (२) बमोजिम सो बयान प्रमाणको लागि ग्राहय् गर्नु पर्ने अवस्था रहेको र प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको कसुरको स्वीकारोक्तिलार्ई लक्ष्मी राउत क्षेत्री र पासाङ शेर्पाको उल्लेखित बयानबाट पुष्टि भएकोले प्रतिवादीलार्ई कुसुरदार ठहर्याई गरेको शुरु काठमाण्डौं जिल्ला अदालतको मिति २०५२।३।३० को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५३।३।१५ को फैसला ।
१९. २०४७ साला म संग लेनदेन व्यवहार जाहेरवालीले गरेको र सोही रुपैया मैले मागेको कुरामा रिसइवी लिई झुठ्ठा जाहेर दरखास्त दिएको हो भन्ने कुरा २०४६ सालमा नेपाल फर्कि आएको भन्दै अति विलम्ब गरि २०४९ सालमा मात्र जाहेर दरखास्त दिएको तथ्यबाट पुष्टि हुन्छ । जाहेरवालीहरुको प्रहरीमा भएको बयान जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ (२) अनुसार प्रमाणित भएको भनी प्रमाणमा ग्रहण गरिएको बयान प्रतिवादीले जिरह गर्न नपाएको अवस्थामा प्रमाण सम्वन्धी सिद्धान्त अनुसार विवाद रहित र तथ्यगत् प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । प्रहरीमा भएको मेरो बयान प्रहरीले मलार्ई जबरजस्ती कुटपिट गरी बयान गराएको कुरा मेरो धा. जाँच प्रतिवेदनबाट स्पष्ट छ । मेरो साक्षीहरुले अदालतमाा गरेको बकपत्रबाट स्पष्ट रुपमा म निर्दोष भएको स्पष्ट हुनुको साथै लगाउको मुद्दामा मेरो वादी दावी पुग्ने ठहयाई फैसला भएको समेतको अवस्थामा मलार्ई कसुरदार ठहर गरेको शुरु काठमाण्डौ जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी केदार बहादुर तामाङको मिति ०५३।५।२० को पुनरावेदन पत्र ।
२०. यसमा दश वर्ष सजाय भएको प्रतिवादी मध्ये राम बहादुरको पुनरावेदन परे नपरेको के हो ? रेकर्ड हेरी पुनरावेदन परेको भए पुनरावेदन साथ राखी र पुनरावेदन नपरेकोमा निज राम बहादुरलार्ई पुनरावेदनको म्याद दिए नदिएको के हो ? पुनरावेदनको म्याद दिएको भए त्यसको तामेली पुनरावेदनको म्याद नदिएको भए पुनरावेदनको म्याद दिई पुनरावेदन परे पुनरावेदन साथ राखी र पनुरावेदन नपरेमा अवस्था नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०५४।३।३ को आदेश ।
२१. ३ वर्ष अर्थात अति विलम्व गरि जाहेरी दरखास्त पर्नुको उपयुक्त कारण जाहेरवालीहरु गर्न सकेको छैनन । प्रहरीमा भएको बयान मेरो इच्छा विरुद्ध गराएको हो भन्ने कुनै बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको र एक आपसमा र मुद्दाका अन्य कारणसंग समेत वाझिएको स्थिति हुँदा हुँदै मलार्ई कसुरदार ठहयाउने गरी शुरु जि. ले गरेको फैसलालार्ई सदर गर्ने गरी पु.वे.अ. पाटनबाट भएको फैसला प्रत्यक्ष पूर्ण हुँदा सो फैसला उल्टी गरी झुठ्ठा अभियोगबाट सफाइ पाउँ भन्ने प्रतिवादी राम बहादुर तामाङको मिति ०५४।८।७ को पुनरावेदन पत्र ।
२२. यसमा मिति २०४७।३।४ को तमसुक बमोजिम जाहेरवालीहरुबाट प्रतिवादीले सावां रु. १०,०००। र व्याज भरी पाउने ठहराई पु.वे.अ.पाटनबाट मिति २०५३।३।२५।३ मा फैसल भई रहेको पाइयो । दुई पक्ष विच लेनदेन भएको अदालतबाट ठहर भएकोमा सो मिति भन्दा अधि नै जिउ मास्ने बेच्ने अपराधिक कार्य भएको भन्ने अनुमान गर्न द्धिवधा हुने र अपराध भएको थाहा पाई स्वदेश फर्केपछि पनि ३ वर्षसम्म सो कुरा जाहेर नगरी बस्नुबाट पनि जाहेरवालीहरुको पोल कथन शंकास्पद देखिई छलफलको लागि अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयमा पेशीको सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०५४।९।७ गतेको आदेश ।
२३. नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसाथ मिसिल सम्लग्न सम्पूर्ण कागज प्रमाण अध्ययन गरि पुनरावेदक प्रतिवादी केशर बहादुर तामाङको तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री कर्ण बहादुर कार्की र श्री ध्रवलाल राजले मेरा पक्षबाट कथित पिडित महिलाहरुले रु १०,०००। सापटी लिएकोमा सो रकम फिर्ता माग्ने क्रममा भएको रिस इवीबाट झुठा जाहेरी दिएको भन्ने कुरा २०४६ सवालको वारदात भनी २०४९ सालमा ३ वर्ष सम्मको विलम्ब गरी जाहेर दिएको समेतबाट पुष्टि भएको छ । कथित पिडित जाहेरवालीहरुले अदालतम उपस्थित भई जहेरी तथा प्रहरुमा भएको कागज गर्ला पुष्टि गर्न सकेको छैनन् । साथै मेरो पक्षका साक्षीहरुले अदालतमा निज निर्दोष रहेको स्पष्ट बकपत्र गरेबाट समेत मेरा पक्षले झुठ्ठा अभियोगबाट सफाइ पाउनु पर्छ भनी गर्नु भएको बहस र वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिबक्ता श्री कुमार चुडालले जिउ मास्ने बेच्ने अपराधमा हदम्यादको व्यवस्थ नभएकोले जहिले पनि नालेस उजुर गर्न सकिन्छ । पिडितहरुले दिएको जाहेरी र बयान कागजमा वारदातको स्पष्ट घटनाक्रमहरु खोलिएको छ, जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण्) ऐन, २०४३ को दफा ६ (२) बमोजिम प्रमाणित भएको पिडितहरुको बयानलार्ई प्रतिवादीहरुले अन्यथा प्रमाणीत गर्न सकेका छैनन । तसर्थ पुनरावेदन अदालत पाटनको निर्णय सदर हुनु पर्छ भनि भएको बहस समेत सुनियो ।
२४. निर्णय सुनाउनको लागि आज इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा हामी तातोपानीबाट काठमाण्डौ बटन कपडाहरु ल्याई बिक्रि गर्ने काम गर्दा तातोपानीमा कल्ली काम गर्ने प्र. हरी भन्ने राम बहादुर तामाङलार्ई चिन्हेको निजले हामीलार्ई काठमाण्डौमा भेटी तातोपानीबाट कटन कपडा ल्याई व्यापार गर्नु भन्दा भारत दार्जिलिङबाट बपडा ल्याई काठमाण्डौमा व्यापार गर्दा धेरै फाइदा हुन्छ । मेरो दाजु मिठु तामाङ पनि कपडाको व्यापार गर्नु हुन्छ भनी २०४६ साल श्रावण महिनामा दार्जिलिङ कपडा लिन जाने भनी हामीलार्ई झुक्याई प्र.राम बहादुर तामाङ र प्र. मिठु तामाङले दार्लिलिङ जाने भनि नेपालगंज लगे । त्यहां पुग्दा निजहरुको साथमा प्र. केशर बहादुर पनि रहेछ । निजलार्ई समेत प्र.मिठु तामाङले पार्टनर हो भनी हामी संग चिनजान गराई निजहरु तिनै जना प्रतिवादीहरुले भारत बम्बैको रण्डी कोठीमा जनही भा.रु. ३०,०००। मा विक्रि गरी भागी गए । आफू रण्डी कोठीमा बिक्रि भएको कुरा थाहा पाई त्यहांबाट उम्की भागी आफ्नो साडी र घडी समेत बिक्रि गरी काठमाण्डौ आउन सफल भयौ । सोही समयमा उजुर दिंदा हामीलार्ई बिक्रि गर्ने मानिसहरु कहाँ बस्दछन् भन्ने कुरा थाहा नभएको र हाल हरी भन्ने राम बहादुर तामाङ काठमाण्डौ बालाजुमा बस्दछन् भन्ने थाहा पाई प्रतिवादीहरुलार्ई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेतको वारदातको यावत घटनाक्रमलार्ई क्रमवद्ध रुपमा उल्लेख गरी प्रहरी समक्ष संयुक्त जाहेरी पिडित जाहेरवालीहरु लक्ष्मी राउत क्षेत्री र पासाङ शेर्पाले दिई सोही व्यहोराको बयान कागज समेत गरेका छन् । प्रहरी समक्ष भएको जाहेरवालीहरुको वयान कागज जिउ मास्ने बेच्ने कार्य (नियुन्त्रण) ऐन, २०४३ को दफा ६ (२) बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट प्रमाणित भएको पनि देखिन्छ ।
२५. जाहेरी दरखास्तमा उल्लेखित प्रतिवादीहरु मध्ये मुद्दा अनुसन्धानको क्रममा मौकामा पक्राउ परेका प्रतिवादी राम बहादुर तामाङले मिति २०४६।५।२६ गते अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कल्ली कानको ठेकेदार केशर बहादुर तामाङ र टक्याक्सी चालक मिठु तामाङसंग परिचय भएको । मिठु तामाङले साथीको ट्याम्पोमा खलासी काम लगाई दिएको र ट्याम्पो चलाउने लार्ईसेन्स निकाली दिउँला भनेकोले लार्ईसेन्स निकाली देउ भन्दा रु.२,०००। लाग्छ भने, आफूले रु. २०००। कहाँबाट ल्याउने भन्दा निज मिठुले आँट गर्नु पर्छ रुपैया त्यसै कहाँ पाईन्छ । तिमीले कुल्ली काम गर्दा चिनेको सिधा साधा केटीहरु छन्न भने फकाइ, भारत लगी बिक्रि गर्नु पर्छ अनी पाईन्छ भनेकाले आफूले चिनेका केटी यी जाहेरवालीहरुको बारेमा बताए पछि निजले नै सिकाए बमोजिम जाहेरवालीहरुलार्ई भारत दार्जिलिङबाट कपडा व्यापार गर्दा बढी फाइदा हुन्छ भनी फकाई मिठु तामाङसंग भेटाई केशर बहादुर तामाङ, मिठु तामाङ र आफू समेत भई पैसा बराबर वाडी लिने समेतको सल्लाह गरी नेपालगंज हुदै रेलबाट बम्बई पुगी जाहेरवालीहरुलार्ई त्यही छाडी बिक्रि गरी काठमाण्डौ फर्कि केही समय गांउमै बसेको र पछि काठमाण्डौ बालाजुमा कुल्ली काम गरी बसेको थिएं भनी कसुरमा साविति बयान कागज गरेका छन् ।
२६. त्यसै गरी प्र. केशर बहादुर तामाङले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा निर्माण समबन्धी ठेकका पट्टाको काम गर्दा कुल्ली काम गर्ने हरी भने राम बहादुर तामाङको २०४६ साल श्रावण महिनामा दार्जिलिङ कपडा लिन जाने भनी केटीहरु फकाई भारत बम्बैमा लगी बिक्रि गर्ने सल्लाह बमोजिम राम बहादुर तामाङ मार्फत जाहेरवालीहरुलार्ई वभिन्न प्रलोभन दिई फकाई नेपालगंज पुगेपछि जाहेरवालीहरुले को हो भनी आफूलार्ई सोधे पछि मिठुलार्ई पार्टनर भनी चिनाई दिएका र सिमापार पुगी रेलबाट ३ दिनको यात्राबाट बम्बै पुगी तामाङनी कहा गई केटीहरुको रुप सम्बन्धी कुरा गरी एक जनाको भा.रु. ३०,०००। कादरले रु. ६०,०००। मा बिक्रि गरि काठमाण्डौ फर्कि आई लुकी छिपी बसेको र पछि सम्म उजुरी नपरेकाले बाहिर निस्की हिड्ने गरेको थिएं भनी कसुरमा सावित रही बयान गरेका छन् ।
२७. काठमाण्डौ जिल्ला अदालतमा बयान गर्दा प्र. केशर बहादुर तामाङ कसुरमा पूर्णत इन्कार रही जाहेरवालीहरुलार्ई आफूले रु.१०,०००। ऋण दिएको र सोही रकम मागको रिस इवीबाट आफू उपर समेत झुठ्ठा जाहेरी दिएको र राम बहादुर तामाङलार्ई निजहरुसंग पैसा माग्न पठाएकोमा निजलार्ई त्यहीबाट पक्राउ गरेको भनी बयान गरेको छन् भने प्र. राम बहादुर तामाङको बयान मुताविक आफू जाहेरवालीहरु कंहा निज केशर बहादुरको रकमम माग्न गएको भन्ने कुरा उल्लेख गरेका छैनन् । यसबाट केशर बहादुर तामाङसंगको लेनदेनको रिसइवीमा निज केशर बहादुर बाहेकका व्यक्तिहरु उपर जाहेरवालीहरुले झुठ्ठा जाहेरी दिनु पर्ने कारण पनि देखिएको छेन । जिउ मास्ने बेच्ने अपराधमा हदम्यादको किटान नभएको र जाहेरवालीहरुको बयान कागज बयान कागज मुताविक आफूहरु बम्बै रण्डी कोठीबाट उम्की काठमाण्डौ आएपछि प्रतिवादीहरुको कहाँ बस्छन भन्ने थाहा नभएको र पछि प्र. राम बहादुर काठमाण्डौ बालाजुमा बस्ने थाहा पाएपछि जाहेरी दिएको भन्ने व्यहोरा अस्वाभाविक पनि देखिदैन ।
२८. यसरी किटानी जाहेरी दरखास्त, जाहेरीमा उल्लेखित यावत घटनाक्रमलार्ई क्रमवद्ध रुपमा पिडित जाहेरवालीहरुले प्रहरी समक्ष बयान गरि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण ऐन, २०४३ को दफा ६ (२) बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट प्रमाणित भएको बयान कागज प्रमाण समेतबाट प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष वारदातको यावत घटनाक्रमलार्ई उल्लेख गरि कसुरमा सावित भई एक अर्कालार्ई मोल समेत गरेको बयान कागजाई पुष्टि गरि रहेको पाईन्छ । साथै जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ७ (१) मा कुनै स्वास्नी मानिसलार्ई निजको अभिभावक वा नजिकको नातेदार वाहेक अन्य कसैले विदेश लैजान लागेकोमा बेच बिखन गर्ने वा वेश्यावृति लगाउने उदेश्यले लगेको हो भन्ने दफा ५ बमोजिम कसैको उजुरी परेमा त्यस्तो उदेश्यले लगेको हो भन्ने कुराको प्रमाण अभियुक्तले पुर्याउनु पर्ने छ भन्ने व्यवस्था भए बमोजि आफूलार्ई बम्बै रण्डी कोठीमा बिक्रि गरेको भन्ने जाहेरवालीहरुको उजुरीलार्ई अन्यथा हो न्न सकिने यी प्रतिवादीहरुले कुनै ठोस प्रमाण गुजार्न सकेको छैनन् । त्यसैगरी सोही ऐनको दफा ७ (२)मा दफा ६ को उपदफा (२) बमोजिम अदालतद्वारा प्रमाणित बयानमा उल्लेखित कुरा झुठ्ठा हो भन्ने प्रमाण अभियुक्तले पुयाउन पर्ने छ भने व्यव्वस्था भएकाले काठमाण्डौ जिल्ला अदालतबाट ०४९।५।२४ मा प्रमाणित भएको पिडित जाहेरवालीहरुको बयानलार्ई अन्यथा मान्न सकिने कुनै पनि ठोस आधार प्रमाण यी प्रतिवादीहरुले गुजार्न पेश गर्न नसकेको र चन्द्र बहादुर नेपाली समेत वि. श्री ५ को सरकार भएको उत्प्रेषण रिट निवेदनमा विशेष इजलासबाट प्रतिपादित ने.का. प. २०५१ अंक ९, नि.नं. ४९६८, पृष्ट ६६६ मा प्रकाशित अतः प्रतिवादी केशर बहादुर तामाङलार्ई कसुरदार ठहयाई गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५३।३।२५ को इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी केशर बहादुर तामाङको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२९. शुरु काठमाण्डौ जिल्ला अदालतबाट फैसला भएकै मिति २०५२।३।३० गते फैसला सुनि फैसला सुनी पाएको राय कितावमा दस्तखत गर्ने प्रतिवादी राम बहादुर तामाङले सो फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन गर्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९को दफा २६ बमोजिमको पुनरावेदन म्याद गुजारी बसेको मिसिल सम्लग्न कागज प्रमाणबाट देखिन्छ । यसरी शुरु फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन अदालतमा पुनरावेदन नगरी पुनरावेदन गर्ने म्याद समेत गुजारी बेको अवस्थामा शुरु अदालतको फैसला उपर सित्रै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्थाकोअ भाव भएबाट समेत शुरु फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदक प्रतिवादी राम बहादुर तामाङको पुनरावेदन जिकिर अ.वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ । दायरीबाट मुद्दाको लगत कट्टा गरि फैसलाको प्रतिलिपि सहित जानकारी महान्यायाधीवक्ताको कार्यालयलार्ई दिई मिसिल नियमानुसार गरि बुझाई दिनु ।
उक्त रायमा म सहमत छुं ।
न्या. कृष्णजंग रायमाझी
इति सम्बत् २०५५ साल जेष्ठ २५ गते रोज २ शुभम् .......... ।