निर्णय नं. ६६१७ - कुत दिलाई मोही निष्कासन

निर्णय नं. ६६१७ ने. का. प. २०५५, अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपध्याय
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
संवत् २०५२ सालको दे. पु. नं......३५४१
फैसला मितिः २०५४।११।२६।३
मुद्दाः कुत दिलाई मोही निष्कासन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी रामपुर जमुवा गा. वि. स. वडा नं. १ बस्ने श्रीलाल सरदार वातर ।
विरुद्ध
प्रत्यर्थी/वादीः जिल्ला सप्तरी रामपुर जमुवा गा. वि. स. वडा नं. २ बस्ने दुनालाल साहतेली समेत ३ जना।
§ दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने छ भन्ने भूमी सम्बन्धी ऐन, २०२१ (संशोधन सहितको) दफा २९ (१) ले र सो अवस्थामा जग्गावालालाई मोहीबाट कुत समेत भराई दिन सक्ने छ भन्ने उपदफा (३) ले कानूनी व्यवस्था गरेको देखिंदा वाली वांकी राख्ने मोहीको मोहियानी हक कायम रहनसक्ने अवस्था देखिन नआउने ।
(प्र. नं. १०)
पुनरावेदक प्रतिवादी तर्फबाट :X
प्रत्यर्थी वादी तर्फबाट : X
अवलम्वित नजीर :X
फैसला
न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।२।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिप्पणी एवं ठहर यस प्रकार छ ।
२. मेरो नाऊं दर्ताको रामपुर जमुवा वार्ड नं. १ (क) (कि. नं. १३० को ०–१९–१९–४ जग्गाको विपक्षी मोहीले ०४९ सालको हुने कुतवाली ४–३–१–० नबुझाएको हुँदा प्रतिमन रु. २०००। का दरले हुने रु. २९५५। विपक्षीबाट दिलाई भराई मोहीबाट निस्कासन समेत गरी पाउँ भन्ने वादी दावी ।
३. दावी जग्गामा वर्षाको अभाव जग्गामा वर्षको अभावले वाली उव्जा नभएको कारण सायमा कुत बुझाउन सकिन । वुझाउन तैयार छु भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर ।
४. प्रतिवादी कुत बुझाउन तैयार रहेको देखिँदा एक पटक सुध्रने मौका दिई मोहि हक कायमै राखी दावीको कुत सम्म वादीले प्रतिवादिबाट भराई लिन पाउने ठर्हछ भन्ने समेत शुरु भु.सु.का. सप्तरीको ०५१।१।१५ को निर्णय ।
५. शुरुले विना कुनै कारण र आधार वेगर सुध्रन मौका दिने भनि प्रचलित कानून विपरित हराई बुझी उक्त त्रुटिपुर्ण फैसला उल्टी वदर गरि मोहि निष्काशन समेत गरि पाउँ भन्ने पु.वे.वादीको संयुक्त पुनरावेदन जिकिर ।
६. शुरुले भूमी सम्वन्धि ऐन २०२१ को दफा २९(१) बमोजिम दावी भएपछि कारण उल्लेख गरि निर्णय गर्नुपर्नेमा नगरि गरेको निर्णय फरक पर्न सक्ने देखिंदा छलफलका निमित्त अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने मिति ०५१।११।१६ को आदेश ।
७. मोहीले भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९ बमोजिम दैवि परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निश्काषन गर्ने आदेश दिन सक्नेछ भन्ने स्पष्ट कानूनी व्यवस्था भएकोमा साल सालैमा मोहीले आफ्नो वाली बुझाउने दायित्व पूरा नगरेको स्थितिमा निजलाई मोही कायम राखी राख्नु कानून संगत नदेखिंदा शुरु भूमी सुधार अधिकारीले मोही निस्काशन नहुने गरेको शुरु निर्णय नमिलेकोले उल्टी भै मोही निस्काशन समेत हने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।२।२३ को फैसला ।
८. २०४९ सालमा सप्तरी जिल्ला भरी नै पानी सुख्खा खडेरी परेको कारण वाट वाली लगाउन नसकेको उब्जा हुन नसकेको अवस्थामा कुत बुझाउन नसकेको हो जुन कुरा मौकामा नै जग्गाधनीलाई सूचना गरेको थिए । दैवि परी वाली लगाउन नसकेको कारणबाट कुत बुझाउन सकिने अवस्था नै रहेन । भूमी सम्बन्धी ऐनको दफा ९(१) मा दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको उजुरी पर्दा मात्र मोही निष्काशन गर्न सक्ने कानूनी आधार रहेको अवस्थामा दैवी परी वाली लगाउन नसकी कुतवाली बुझाउन नसकेको अवस्थामा पनि जारि गर्न मिल्दैन। साथै विवाद परेको कुरामा म बुझ्नुपर्ने प्रमाण बुझ्दै नबुझी न्यायिक मनको प्रयोग नै नगरी प्रतिपादित सिद्धान्त तथा कानून विपरीत गरिएको पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी मेरो मोहीयानी हक यथावत कायम राखी पाउँ भन्ने व्यहोराको यस अदालतमा पर्न आएको प्रतिवादीको मिति २०५२।१२।३० को पुनरावेदन ।
९. नियम बमोजिम दैनिक पेशी सुचीमा बढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी विचार गर्दा शुरु भू. सु. का. सप्तरीको निर्णय उल्टी गरी मोही निस्काशन समेत हुने ठहर्याएको पु. व. अ. राजविराजको फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
१०. निर्णय तर्फ विचार गर्दा मोहीले २०४९ सालको कुतवाली नबुझाएको हुँदा दिलाई भराई मोहीबाट समेत निस्काशन गरी पाउँ भन्ने फिराद र वर्षाको अभावले वाली उव्जा नभएको कारण सम्ममा कुत बुझाउन नसकेको हो बुझाउन तयार छु भन्ने प्रतिउत्तर भई विवाद उत्पन्न भएको देखिन्छ । फिराद दावी बमोजिम मोहीले २०४९ सालको कुतवाली बुझाएको लिखतको सबुद पेश दाखिल हुन सकेको देखिदैन । वापतको धरौट राखेको पनि देखिन आउदैन । दैवि परि वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गा वालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निस्काशन आदेश दिन सक्नेछ भन्ने भूमी सम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २९ (१) ले र सो अवस्थामा जग्गावालालाई मोहीबाट कुत समेत भराई दिन सक्ने छ भन्ने उपदफा (३) ल कानूनी व्यवस्था गरेको देखिंदा वाली वाकी राख्ने मोहीको मोहीयानी हक कायम रहन सक्ने अवस्था देखिन आएन । दैवि परी वाली नास वा उव्जा हुन नसकेको अवस्था प्रमाणीत हुन सकेको पनि देखिदैन । भूमी सम्बन्धी ऐनले तोकेको कुत बुझाउने कतव्र्य पुरा गरे सम्म मात्र मोहीले मोहीयानी हक उपभोग गर्न पाउने हुन्छ । सो बमोजिम मोहीले आफ्नो दायित्व परा निर्वाह गरेको देखिंन आएन । साथै वाली नबुझाएको ठहर उपर प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकेको स्थिति समेत देखिन आउदैन तसर्थ प्रतीवादीलाई मोहीबाट निस्काशन हुने ठहर्याएको समेत पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमछु ।
न्या. केदार नाथ आचार्य
इति सम्वत् २०५४ साल फगुन २६ गते रोज ३ शुभम्................।