शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५९४ - अंश

भाग: ४० साल: २०५५ महिना: पौस अंक:

 

निर्णय नं. ६५९४        ने.का.प. २०५५         अङ्क ९

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०५३ सालको दे.पु.इ.नं..... १००

फैसला मिति : २०५४।१२।६।५

 

मुद्दा : अंश ।

 

पुनरावेदक/प्रतिवादीः  भक्तपुर जिल्ला भक्तपुर न.पं. वार्ड नं. १४ भलाछेटोल बस्ने तुल्सीमाया मुलेपती समेत जना ४ ।

विरुद्ध

विपक्षी/वादी : भक्तपुर जिल्ला भक्तपुर न.पं. वार्ड नं. १४ भलाछे टोल बस्ने इश्वरी लाल मुलेपती ।

 

§  अंश छोडपत्र भन्नु अंशियारले आफूले पाउने अंश केही पनि नलिई वा थोरै वा बढी सम्पत्ति बुझी लिई आफ्ना हक अंश छोडपत्र पासगरी दिएकोलाई मान्नुपर्ने ।     

              (प्र.नं.१९)

पुनरावेदक प्रतिवादी तर्फबाटः  विद्वान अधिवक्तहरु श्री हरिहर दाहाल, श्री राधेश्यकमा अधिकारी र श्री गुरुप्रसाद बराल ।

विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल

अवलम्बित नजिर : X

फैसला

 

          न्या गोविन्द बहादुर श्रेष्ठ: यस अदालत संयुक्त इजलासको मिति ०४६।१।११ को फैसला दोहोर्‍याई हेरी पाउन हुकु प्रमांगी बस्क पाउं भनी प्रस्तुत मुद्दाका प्रतिवादीको श्री ५ मा बिन्तीपत्र परी उक्त बिन्तीपत्र यस अदालतमा प्राप्त भई नियमानुसार संयुक्त इजलासमा पेश हुंदा मिति २०५३।४।७ म संयुक्त इजलासले दोहोर्‍याएउने निस्सा दिई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं निस्सा दिई यस इजालस समक्ष पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :

          २.      बाबु देवेन्द्रलालबाट छोरा इन्द्रलाल माहिला पूर्णलाल साहिंला म इश्वरीलाल काहिंला बिमल कान्छा तिर्थलाल समेत ५ छोरा भएको, आमा ०३३।११।२५ र बुबा ०३४।१२।४ गते माहिला पूर्णलाल ०३७ सालमा परलोक हुनुभयो, दाजु पूर्णलाल र आमा जिवित अवस्थामा २०२०।४।३२।६ मा पांचै छोरालाई मानो छुट्याई चल धनमाल जति बांडी दिनु भई घर र जग्गा सगोलमा नै राखी पछि वण्डा गर्ने गरी केही जग्गा ५ छोरालाई केही जग्गा रजिष्ट्रेशन पास गरी दिनु भयो ।

          ३.      ०२१।७।२८ मा विवाह भएकी दिदी र ५ छोरालाई केही जग्गा रजिष्ट्रशन पास गरी बाबु देवेनद्रलालले दिनु भई हरु जग्गा र सबै घर संगोलमा पछि बण्डा गर्ने गरी बांकी नै राखी छाड्नु भएको छ। थोरै घरबाकी राख घर र केही जग्गा इन्द्रलाल, बिमल, तिथलालले रोजी अरु अंश छोडपत्र गरे भनी ०३३।९।२५ मा छोडपत्र खडा गरी बाबुका नाउमा नालिस गरी भ.पु.जि.अ.बाट ०३४।६।१६ मा एक तर्फी फैसला गराई ०३४।११।२५ मा रजिष्ट्र्शन पास गराई लिएको कुरा थाहा पाएकोले वदर गर पाउं भनी नालेश गरेको छु । ०२०।४।३२।६ भन्दा अघिको बाबुका नाउमा दर्ता रहेको जग्गाहरु घर समेत ५ अंशियारबाट तायदाती पेश गराई ५ खण्डको १ खण्ड अंश अड्डैबाट छुट्याई चलन चलाई पाउं भन्ने समेत फिराद पत्र ।

          ४.      अंशवण्डाको ३५ नं. अन्तर्गत हामी अंश छुट्टिसकेका व्यक्तिहरु उपर नालेश लाग्न सक्दैन र एक छिनलाई अवण्डा सम्पत्ति बांकी रहेको भए पनि पिताजीको जवन कालमा नै नालेश गर्न सकनुपर्नेमा सो नसकी पिताजी परलोक भएको ५ वर्षवाद परेको फिराद खारेज हुनुपर्छ । ०२०।४।३२ मा पारित छोडपत्र लिखत हेरिएमा कुल सम्पत्तिमा ६ खण्ड गरी इन्द्रलाल र पूर्णलाललाई ६ खण्डको ३ खण्ड र अरु बांकी ३ भाइलाई ३ खण्ड बण्डा गर्ने गरी अरु श्रीसम्पत्ती सगोल मै राखी तपसिलका जग्गाहरु छुट्याई छोडपत्र गरी दिनुहोस् भनी तिमी छोराहरुले भनेको भन्ने समेत छ सोबाट अंश बराबर गर्न नपर्ने शत विपक्षीले समेत स्वीकारेकै देखिन्छ । २०२० सालको पारित लिखतले ६भागको १ भाग पाउने लिखतले नै प्रष्ट गरेको र तत्‌पश्चात माहिला पूर्णलाल अंश छुट्टिबसका र त्यसपछि हामी पनि छुट्टिसकेको अवस्थामा फेरि पूर्णलाल समेतका ६ जनालाई सगोल कायम गरी ०२०।४।३२ भन्दा अघि पिताजिका नाउमा दर्ता रहेको अचल घर जग्गा अर्थात् पिताजीले नै विपक्ष र हामी तथा दिदी काकाको छोरा र पिताजिले विभिन्न व्यक्तिलाई बिक्री र हालै देखिको वकसपत्र गरी दिएको निजहरु समेतो कसरी तायदाती लिई ६ भागको १ भाग अंश छुट्याई दिने हो न्याय र कानून संगत समेत हुदैन र हामी छुट्टी बसेका व्यक्ति उपर विपक्षको नालेस लाग्न सक्ने नहुंदा वादी दावी बमोजिम हुनुपर्ने होइन वादीलाई नै सजाय गरी पाउं भन्ने समेत वा समेत तिर्थलालले दर्ता गरेको प्रतिउत्तर पत्र ।

          ५.      सम्पत्तिमा ६ बण्डा गरी १.१/२१.१/२का हिसाबले जेठा इन्द्रलाल र मेरा पति पूर्णलालले पाउने र अरु ३ वण्डा विपक्षी वादी बिमल र तिर्थलाल ११ बण्डा पाउने व्यहोरा जनाई ०२०।४।३२ गते छोडपत्र गरी दिनु भए अनुसारको जग्गा भोग चलन गरी २०२१ साल कार्तिक २८ गतेमा पनि सोही छोडपत्रको अनुपातले ५ छोरालाई ६ बण्डा गरी र विवाह गरी सकेकी आमाजुदलाई समेत हालै देखिका वक्सपत्र पास गरी दिनु भए अनुसार यो वादी पनि सोही वक्सपत्रमा समावेश भई मञ्जुर गरी आफूले पाउनु पर्ने अंश मेरा पति पूर्णलाल र विपक्षी वादीले समेत बुझि लिई आआफ्नो नाउंमा नामसारी गरि आएका छौं । वादीलाई मैले अंश दिनुपर्ने र मैले अरु अंशियारसंग पनि अंश लिनु बांकी छैन झुट्ठा दाबी गरेमा वादीलाई नै सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्र.तुल्सीमायाको प्रतिउत्तर पत्र ।

          ६.      बाबुलाई रिझाई बाबुकै पालामा बाबुसंगै बराबरका दरले अंश गराई लिन समेत वादीले नसकेको हुंदा र पैत्रिक सम्पतीमा पाउने हिस्सा भन्दा बढि अरु जग्गा पाएको हुंदा बाबुले आफूलाई कम अंश दिएकोले सो समेत मिलाई अंश गरी मेरो हिस्सा छुट्याई पाउं भन्न् समेत वादीले फिरादमा लिउको दाबी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको भ.पु.जि.अ.को ०४२।४।१५।३ को फैसला ।

          ७.      बाबुले कम अंश दिएकोले सो समेत मिलाई अंश गरी मेरो हिस्सा छुट्याई पाउ भन्ने समेत व्यहोराको फराद दावि पुग्न नसक्ने ठहर गरेको शुरु फैसला कानूनी त्रुटिपूर्ण हुंदा वदर गरी मेरो फिराद दावी बमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको वादी इश्वरीलालको पुनरावेदन पत्र ।

          ८.      वादी प्रतिवादीहर अंशियार भएकोमा विवाद छैन । निजहरु बीच रीत पुर्वकको ण्डा पत्र खडा भएको पनि देखिदैन । ०२०।४।३२ को पारित लेखतबाट केही जग्गा सगोलमै रहेको देखिन्छ । ०२१।७।२८ को पारित लिखतबाट वादी समेतले केही जग्गा बस्क पाएको छ । त्यसलाई जम्मा अंश वापत पाएको भन्न नहुने, ०३४।११।२५ मा पारित भएको अंश छोडपत्रको लिखतमा वादी पक्ष रहेको देखिदैन । अतः सगोलमा रहेको जग्गामा वादीले अंश पाउने बांकी नै रहेकोले शुरु इन्साफ फरक पर्ने भएबाट अ.वं.२०२ नं. र क्षेत्रिय अदालत नियमावली बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेन्चको ०४२।९।१५।२ को आदेश ।

          ९.      यसमा प्रतिवादी मध्येका इन्द्रलाल बिमल र तिर्थलाले अदालतको फैसला बमोजिम ०३४।११।२५ मा पारित भएको अंश छोडपत्र गरी लिएको घरजग्गा बाहेक हरु घरजग्गा बाबु देवेन्द्रलालाका नाममा दर्ता बांकी रहेको सम्पत्तिबाट यि वादीले अंश पाउने देखिएकोले वादी पैतिवादीका परलोक भएका बाबु देवेन्द्रलालका नाममा बाकी रहेको सम्पत्तिको तायदाती लिई बण्डा गरी दिनुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको फैसला मिलेको नदेखिदा वदर भई उल्टी हुन् । २०२०।४।३२ का पारित लिखतमा उल्लेख भए बमोजिम ६ भागको १ भाग सम्पत्ति यि वादीले पाउनेमा वादीले बाबु देवेन्द्रलालका नाममा बांकी रहेको सम्पत्तिबाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।६।२९।५ को फैसला ।

          १०.    मैले २०२० सालमा बण्डा गर्न बाकी भनी देखाएको सम्पत्ति बण्डा गरी पाउं भनी दावा गरेको सम्पत्ति बण्डा पाई सकेको भन्ने अदालतको भनाई नहुंदा अवण्डा सम्पत्ति अंश छोपत्र गरेर मेरो हक मेटिने गरी दिन नपाउनेमा दिएको चित्त नबुझी लिअत दर्ता वदर र जालसाजीमा नालेश पेरको अवस्थामा समेत तर्फ समुचित विचारै नगरी के को आधारमा बाबुको नाउमा रहेको बाकी सम्पत्ति अंश बण्डाको १४ नं. ले मैले मात्र पाउने विपक्षीहरु बण्डा भइसकेकोले नपाउने भन्ने फैसलाको अर्को आधारसंग मेल नखाने गरी २ भाग लगाई आधा उक भाग मलाई छुट्याई दिने भनी गरेको फैसलामा बांकी १ भाग कसले पाउने हो भन्ने उल्लेख नगरी अस्पष्ट विरोधाभाषी फैसला गरिउको कानूनी त्रुटिपूर्ण हुंदा पुनरावेदनको अनुमति पाउं भन्ने समेत व्यहोराको वादी इश्व्रीलाल मुलेपतीको निवेदन पत्र ।

          ११.    वादीलाई दुई खण्डको १ खण्ड अंश दिने गरी क्षेत्रीय अदालतबाट भएको फैसलामा कानूनी त्रुटी हुंदा पुनरावेदनको अनुमति पाउं भन्ने समेत व्यहोराको तुल्सीमाया मुलेपाती, इन्द्रलाल मुलेपाती, बिमा मुलेपाती, तिर्थलाल मुलेपतीको निवेदन पत्र ।

          १२.    यसमा क्षेत्रीय अदालतबाट ठहर गर्दा २०३४।११।२५ को छोडपत्र गरी दने छोराहरु बाहेक अबण्डा रहेको सम्पत्तिमा वादीले २ खण्डको १ खण्ड अंश पाउने भनी ठहर गरेको देखियो । २०२०।४।३२ को कागजबाट अबण्डा रहेको सम्पत्ति ६ बण्डा लाग्ने भनी देखाएकोमा २०३४ सालमा छोडपत्र गर्ने अंशियार ३ जना र अघि ०२६ सालमा छुट्टि भिन्न भएका पूर्णलालकी श्रीमती समेत ४ अंशियार बाहेक गर्दा बाबु देवेन्द्रलाल र छोरा यिनी वादी मात्र बांकी रहेकोमा बाबु पनि ०३४।१२।४ मा स्वर्गे भइसकेको हुँदा एक अंशियार वादीमात्र बाँकी रहेकोमा २ खण्ड लगाई १ खण्ड वादीले पाउने भनी १ खण्डको ठेगाना नै नलगाई क्षेत्रिय अदालतबाट ठहर भएको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को त्रुटी देखिएकोले पुनरोदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको वादी इश्वरी लाल मुलेपतीको निवेदनमा मिति ०४४।८।२२।३ मा भएको आदेश ।

          १३.    यसमा दुई खण्डको एक खण्ड अंश पाउने ठहर्याएकोमा ६ खण्डको १ खण्ड मात्र अंश पाउनु पर्ने भन्ने जिकिर भएको र वादी तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउं भनने निवेदनमा पुनरावेदन गर्ने अनुमति पाई सकेको देखिएकोले एकै मुद्दामा विपक्षी प्रतिवादी तर्फको यो निवेदनमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत सयुक्त इजलासबाट मिति ०४४।१०।१५।६ मा भएको आदेश ।

          १४.    यी वादी इश्वरीलाल बाहेकका अन्य अंशियार छोराहरुले पिता दवेन्द्रलालबाट २०२४।७।११ मा र ०३२।९।२५ मा अंश छोडपत्रको कागज गरी भिन्न अलग भई बसेकोले यी वादी बाहेकका अन्य अंशियारको अंश पिता देवेन्द्रलालसंग बांकी छ भन्ने देखिन आएन । यी वादी इश्वरीलालले २०२०।४।३१ बाट पाएको जग्गा र २०२१।७।२७ मा पांचै दाजुभाई र छोरी लोकेश्वरी समेतलाई दिएको वकसपत्र देखि बाहेक पिता देवेन्द्रलालबाट अंश पाएको अंश छोडपत्रको कागज गरेको भन्ने नदेखिएकोले पिता देवेन्द्रलालका नाउंमा रहेका उपरोक्त बण्डा र छोडपत्रमा उल्लेख भएको जग्गा बाहेकको सम्पत्तिमा वादीको एकलौटी अंश हक हुने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले २ खण्डको १ खण्ड मात्र अंश पाउने गरेको इन्साफ गल्ती हुंदा केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४६।१।११ मा भएको फैसला ।

          १५.    सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।१।११ को फैसला अ.वं. १८४ (क), १८५ र १८९ नं. प्रतिकुल छ । पिताजी देवेन्द्रका नाममा बांकी रहेको सम्पत्ति अपुतालीको महल बमोजिम पांचै छोराहरुमा भाग लाग्नु पर्ने हो । विपक्षीले मात्र पाउने अवस्था छैन । बांकी सम्पत्ति अबण्डा राखिएको मध्ये विपक्षी वादी समेतलाई पिता देवेन्द्रलाले बक्सपत्रबाट अचल सम्पत्ति दिनु भएको कुरालार्य विपक्षीले पनि स्वीकार्नु भएको छ । त्यसपछि मिति २०३३।९।२५ को लिखत उपर इन्साफ जाच गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ मा परेको बिन्तीपत्र यस अदालतमा प्राप्त भएको ।

          १६.    सर्वोच्च अदालतबाट मिति २०४६।१।११ मा भएको फैसलाबाट वादी इश्वरीलाल मुलेपतीलाई एकलौटी अंश हुने ठहर्‍याई फैसला भएको देखिदा वादी दावी भन्दा बाहिरको फैसला भएको देखिन आएकोले मुद्दा दोहोर्‍याई जाच गर्न निस्सा प्रदान गरिएको छ । कानून बमोजिम विपक्षी झिकाई आएपछि पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०५३।४।७।२ मा भएको आदेश ।

          १७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी हेदा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री हरिहर दहाल, श्री राधेश्याम अधिकारी र श्री गुरु प्रसाद बरालले यी पक्ष विपक्ष बच अगावै अंश छुट्टिइ सकेको हुनाले वादीदले पुनः अंशमा दावी गर्न मिल्दैन । बाबुको जीवनकाल व्यतित भएको ५ वर्ष पश्चात दायर भएको प्रस्तुत मुद्दा खारेज गर्नुपर्नेमा २०२० सालको पारित छोडपत्रको शर्तको प्रतिकुल हुने गरी भएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला र देवेन्द्रलालका नाममा रहेको उल्लेखित बण्डा र छोडपत्रका जग्गा बाहेकको सम्पत्तिमा वादीको एकलौटी अंश हक हने ठहर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।१।११ को फैसला मिलेको छैन भनी तथा विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरि अर्यालले २०२० सालको कागजले सबै सम्पत्ति बण्डा लागेको नभई अवण्डाको सम्पत्ति बांकी राखेको अवस्था छ । २०२६ सालमा पूर्णलालको श्रीमती छुट्टिभिन्न भएको र २०३४ सालमा ३ जना अंशियारले छोडपत्र गरिसकेको अवस्थामा बाबु देवेनद्रको नामको बांकी सम्पत्तीमा छोडपत्र वा अंश समेत नलिएका मेरो पक्षको मात्र हक लाग्ने भएकोले सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको इन्साफ मिलेकै हुंदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।

          १८.    उपरोक्त बहस जिकिर सुनी सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४६।१।११ मा भएको फैसला मिलेको नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने हुन आयो ।

          १९.    यसमा ०२०।४।३२ को छोडपत्रको लिखतलाई हेर्दा बाबु देवेन्द्रलालले ५ भाइ छोराहरुलाई केही जग्गा सम्पत्ति छोडपत्र गरिदिएको र बांकी सगोलमा रहेको व्यहोरा उल्लेख भएको छदेखिन्छ । मिति ०३४।११।२५ मा मात्र छोराहरु तीर्थला, इन्द्रलाल र बिमलले केही जग्गा बाबुबाट बुझी लिई अंश छोडपत्र पारित गरिदिएको देखियो । उक्त दुवै लिखतमा छोडपत्र भन्ने उल्लेख नभएपनि बाबु देवेन्द्रलालले ५ छोराहरुलाई केही जग्गा छोडपत्र गरि दिएको सन्दर्भमा कुन चाही लिखतलाई अंशवण्डा वा अंश छोडपत्र हो  भन्नेतर्फ हेर्दा अंश छोडपत्र भन्नु अंशियारले आफूले पाउने अंश केही पनि नलिई वा थोरै वा बढी सम्पत्ति बुझी लिई आफ्नो हक अंश छोडपत्र पासगरी दिएकोलाई मान्नुपर्छ । बाबुले छोराहरुलाई केही जग्गा छोडपत्र गरिदिउको जस्तो कि ०२०।४।३२ को  छोडपत्रलाई कानूनी अर्थमा अंश छोडपत्र मान्न मिल्दैन । छोडपत्र पश्चात् बाबुका नाममा रहेको सम्पत्तिमा ३ वटै अंशियारले अंश छोडपत्र गरिदिएको कारणबाट निजहरुले अंश हक बाकी रहन नसक्ने र यी वादी इश्वरीलाल मुलेपतिले हालसम्म आफ्नु अंशहक छोडपत्र गरेको नदेखिएको सन्दर्भमा निजलाई बाबुसंगै विधिवत छुट्टिसकेको भन्न नमिल्ने हुंदा पिता देवेन्द्र लालको नाममा रहेको उपरोक्त वण्डा र टोडपत्रमा उल्लेख भए बाहेकको सँम्पत्तिमा वादीको एकलौटी हक हुने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।१।११ को इन्साफ न्यायसंगत नै देखिदा अन्यथा गर्नु पर्ने स्थिति नहुंदा उक्त फैसला परिवर्तन गर्नुपर्छ भन्ने निवेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसा गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. अरविन्दनाथ आचार्य

न्या हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५४ साल चैत्र ६ गते रोज ५ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु