निर्णय नं. ६५९६ - लेनदेन

निर्णय नं.६५९६ ने.का.प. २०५५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत् २०५२ सालको दे.पु.नं........ ३५०८
फैसला मितिः- २०५४।२।१४।३
मुद्दा : लेनदेन ।
पुनरावेदक/प्रतिवादी : जिल्ला पर्सा पसौनी गा.वि.स. वडा नं. ९ स्थित नारायण राइस मिलको तर्फबाट र आफ्नो तर्फबाट ऐ.ऐ.को प्रोप्राइटर जि.पर्सा विरगंज न.पा. वडा नं. ४ बस्ने वर्ष ५८ की फुलवती देवी कलवार्नी समेत जम्मा २ ।
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.पर्सा विरगंज न.पा. वडा नं. ५ ने.बैं.लि. सिटी अफिस वीरगंजको तर्फबाट शाखा प्रवन्धक सत्य नारायण श्रेष्ठ ।
§ वाणिज्य बैंक ऐन, २०३१ मा मुद्दा गर्नु पर्ने हदम्यादको व्यवस्था नभएको र दफा ५२ मा “..... यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा पैचलित कानून बमोजिम हुने छ” भन्ने व्यवस्था भएकै, लेनदेन व्यवहार सम्बन्धमा मुलुकी ऐन लेनदेनकोम हलमा गरिएको हदम्याद नै वाणिज्य बैंक समेतलाई लाग्ने कुरामा अन्यथा भन्न सकिदैन र फिरादमा नै प्रचलित कानून बमोजिम भन्ने समेत उल्लेख गरी अ.वं.३६ नं. लाई हद म्यादको परिप्रेक्ष्यमा उल्लेख गरिएतापनि प्रचलित कानून अर्थात लेनदेनको महलमै २ नं. को हदम्याद भित्र कै प्रस्तुत फिराद देखिदा पुनरावेदन अदालत हेटौडाले शुरु जिल्ला अदालतको खारेजी फैसला वदर गरी इन्साफ गर्न पठाउने ठहराइको फैसला मनासिब ठहर्ने ।
(प्र.नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी वादी तर्फबाट : X
अवलम्बित नजिर : X
फैसला
न्या. नरेन्द्र बहादुर न्यौपाने: पुनरावेदन अदालत हेटौडाको फैसला उपर उस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ :
२. प्रतिवादीहरुको अधिकार प्राप्त प्र.बृजमोहनले निम्न बमोजिमको मालहरु धितो राखी निम्न बमोजिम रुपैया कर्जा लिनु भएको छ । ९० के.जि. भर्तिआलस तथा मसुरी २०० बोराको जमानतमा वार्षिक रु.१६ प्रतिशत दरले व्याज लगाई ६ महिना भित्र सावा र ब्याज बुझाउने गरी रु.५७,३००। कर्जा लिनु भई मिति २०३५।१।२४ गते कर्जा नं. ४१।५२ को तमसुक गरी दिनु भएको छ । १ क्वीन्टल भर्ति मसुरी बोरा १५० जमानत राखी वार्षिक रु.१६ % को दरले ब्याज लागाई ६ महिना भित्र सावा र व्याज एकमुष्ट बुझाउने भाखा राखी मिति २०३५।६।३० गते गरी दिनुभएको कर्जा नं. ४१।१३९ को तमसुक गरी दिनु भएको कर्जा रु.६७,५००। उसिना चामल ४०० बोरा जमानत राखी वार्षिक रु.१६।५ % को दरले ब्याज लगाई सावा ब्याज एकमुष्ट बुझाउने भाखा गरी मिति ०३५।६।३० मा कर्जा नं. ४१।१४० गल्लाको तमसुक गरी लिनु भएको कर्जा रु.६७५००। प्रतिवादीहरुको अधिकार प्राप्त निज प्र.बृजमोहन लालले कर्जाको भौचरको पिठमा लेखी दिनु भए बमोजिम सो रकमको नारायणी राइस मिलको खाता नं. १२७२ मा जम्मा गर्ने भौचरमा सो रकम भर्नु पर्ने र त्यसरी चल्ती खातामा भरिएको रकमको बैंकको नियमानुसार सयकडा ।२५ पैसाको दरले कमिटमेन्ट चार्ज रु.५७९। कट्टा गरी बाकी रकमहरु मात्र भरिने भएकोले सोही अनुसार सबै तमसुकहरुको सयकडा २५ पैसाकादरले कट्टाहुने रकम रु.५७९। कटाई बांकी रु.२३,०२१। सो खाता नं. १२७२ मा जम्मा गरिएको छ । त्यसैगरी कर्जा नं. ४१।१४०, ४१।१३९ र ४१।९१ को तमसुक बमोजिमको सम्पूर्ण सावा रकम सोही खाता नं.१२७२ को खातामा जम्मा भएको छ । चल्ती खाताबाट रकम झिक्ने अधिकार प्राप्त प्र.राधाकृष्ण प्रसाद कलवारले समय समयमा चेकबाट सम्पूर्ण रकम झिक्नुभएको छ । प्रतिवादीहरुले तमसुक गरी बैकबाट नगद कर्जा लिदाको बखत सुरक्षण वापत राख्नु भएको तमसुक बमोजिमको अनाजहरु पनि प्र.राधाकृष्ण प्रसादले नै ए.डि.ओ सुविधा अन्तर्गत पप्त गर बुझी लगी सक्नु भएको हुंदा अब वहाहरुको अनाज गोदाममा बांकी छैन । प्र.मध्येको बृज मोहनलालले तपसिलमा या पटाडि पिठमा लखिएको शतएनामा बमोजिम मन्जुर गरी सो रुपैया सावा र त्यसको वार्षिक रु.१६।५ % को दरले लाग्ने ब्याज समेत तपसिलको म्याद भित्र बुझाई चुक्ता गर्ने छु सो म्याद भित्र बुझाइन भने जमानत रहेका माल बिक्री गरी बैंकको सावा ब्याजसमेत असुल उपर गरी लिनु सो बमोजिम गदा पनि बैंकको सावा ब्याज असुल उपर नभए सो उपर नभएको जतिको रकम मेरो घरघरानाको जायजेथाबाट असुल उपर गरी लिनु ब्याजको हकमा बैंकले समय समयमा नर्धारित गरे बमोजिम दरले बुझाउनेछु भन्ने समेत व्यहोराको तमसुक गरी दिनु भउको हो । यस प्रकर बांकी हरन गएको बैंकको कर्जा तिरी बुझाई दिनुस् भनी लिखित र मौखिक अनुरोध गर्दा पनि वास्ता नै नराखी पत्राचार समेत नगर्नु भएको हुंदा वा.बै. ऐन ०३१ को संशोधित दफा ४७(क)(१) नं. बमोजिम वहाहरुको सुरक्षण लिलाम बिक्री गर्न पनि बांकी नरहेकोले कर्जा न( ४१।१४०, ४१।१३९, ४१।९१ र ४१।५३ समेत चारैवटा तमसुकको बांकी सावा रु.८१९७७।३१ र ब्याज रु.३२८८७८।११ समेत जम्मा रु(४१०८५५।४२दिलाई लागेको कोर्ट फि तथा अन्य खर्च समेत भराई पाउं भन्ने समेत व्यहोराको बादीको फिराद पत्र ।
३. म राधाकृष्ण प्रसादले अधिकार पत्र गरी दिएको होइन सो सम्बन्धमा अ.वं.७८ नं. बमोजिम लिखत हेर्न पाएका बखत नामारण गर्ने नै छु । बैक सञ्चालक समितिको अख्तियारै नलिई दायर गरेका फिराद अ.वं. ८२ नं. र ने.का.प. २०४२ नि.नं.२२७२ को विपरित हुंदा खारज गरिपाउं । रा.बा.बैंक ऐन २०३१ मा हदम्यादको व्यवस्था नभएको भन्ने दावी पनि ऐन विपरित भएकोले अ.वं.३६ नं. को हदम्याद प्रस्तुत विषयमा आकर्षित नहुने हुंदा अ.वं.३६ नं. को सुविधा विपक्षी बैंकले पाउन पनि सक्दैन । वादीको फिराद उक्त ऐनहरुको विपरित भएको ने.का.प. २०२६ नि.नं.५१९ तथा ने.का.प.०४४ नि.नं.३०६३ ले समेत दावी पुग्न सक्ने अवस्था नभई वादी दावी पुग्न सक्ने अवस्था नभई वादी दावी खारेज गरी पाउं लेनदेन महलको दावी नभएको फिरादबाट लेनदेन विषयमा न्साफ गर्न नमिल्ने हुंदा खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्र. राधाकृष्ण प्रसाद कलावरको इन्कारी प्रतिउत्तर पत्र । र, सोही मिलान प्र. फुलवति देवी कलवानी (नारायण राइस मिलको प्रोपराइटर)को प्रतिउत्तर पत्र रहेछ ।
४. प्र. बृज मोहन लाल दासका नाउको इतलायनामा मिति ०४६।१।२५ मा तामेल भएकोमा निजको प्रतिउत्तर नपरेको । वादीका साक्षी कृष्णनन्दन श्रेष्ठले गरेको बकपत्र मिसिल संलग्न रहेछ।
५. लेनदेन व्यवहारको ऐन एवं सो ऐनको हदम्याद नघाई ०४५।१२।२५ मा प्रस्तुत फिराद दायर गरेको देखिएकोले खारेज हुने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको फैसला ।
६. शुरु खारेजी फैसलामा चित्त बुझेन भन्ने वादीको पुनरावेदन पत्र ।
७. दे.पु.नं. २०६१ को मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि अ.वं.२०२ नं. बमोजिम विपक्षीलाई झिकाउने भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।
८. आंशिक भुक्तानी गरेको मितिबाट लेनदेन व्यवहारको २ नं. बमोजिमको हदम्याद भित्रै नालेश परेकोमा शुरुले कर्जा लगानी भएको मितिबाट गणना गरी हदम्याद नाघेको ठहराई गरेमो खारेजी फैसला त्रुटिपुर्ण हुंदा सो फैसदा बदर गरी दिएको छ । यसमा जे जो बुझ्नु पर्छ बुझी ठहर गरी दिएको छ । यसमा जे जो बुझ्नु पर्छ बुझी ठहर निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी यो मिसिल शुरु पर्सा जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५२।६।२९।१ को फैसला ।
९. पुनरावेदन अदालत हेटौडाको फैसला उपर चित्त नबुझी सो त्रुटिपुर्ण फैसला बदर गरी वादी दावी नै खारेज गरी न्याय पाउं भन्ने पुनरावेदन प्रतिवादीको तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट नियुक्त कानून व्यवसायी विद्वान अधिवक्ता श्र हरिहर दाहालले प्रस्तुत मुद्दामा वादी गलत बाटोबाट आउनु भएकोले इन्साफ नमिलेको हुंदा झ.झि.आदेश हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
११. विद्वान अधिवक्ताको बहस सुन्नुको साथै इजलास समक्ष प्राप्त हुन आएको मिसिल कागजात समेत अध्ययन गरी हेर्दा यसमा विभिन्न मितिमा विभिन्न परिमाणमा आलस लगायतका मसुरी समेतका मालसामानहरु धितो राखी प्रतिवादीले कर्जा लिएको सिलसिलामा कर्जा नं.४१।१४०, ४१।१३९, ४१।९१ र ४१।५३ समेत चारैवटा तमसुकको बांकी सावा रु.८१, ९७७।३१ र ब्याज रु.३, २८, ८७८।११ समेत जम्मा रु.४,१०,८५५।४२ दिलाई लागेको कोर्ट फि तथा अन्य खर्च समेत भराई पाउं भन्ने समेत मुख्य वादी दावी भएको र लेनदेन महलको दावी नभएको फिरादबाट लेखदेन विषयमा इन्साफ गर्न नमिल्ने हुंदा दावी पुग्न नसक्ने भई वादी दावी खारेज गरिपाउं भन्ने समेतको मुख्य व्यहोराको प्रतिवादीको प्रत्युत्तर पत्र समेतको आधारमा कारवाही भई शुरु पर्सा जिल्ला अदालतले लेनदेन व्यवहारको ऐन एवं सो ऐनको हद म्याद नघाई ०४५।१२।२५ मा फिराद दायर गरेको कारणबाट खारेज हुने ठहराई गरेको फैसला उपर चित्त नबुझी वादीका तर्फबाट पुनरावेदन पर्दा शुरुले कर्जा लगानी भएको मितिबाट गणना गरी हद म्याद नाधेको ठहराई गरेको खारेजी फैसला त्रुटिपुर्ण हुदा सो फैसदा वदर गरी जे.जो. बुझ्नु पर्छ बुझी ठहर निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल शुरु पर्सा जिल्ला अदालतमा पठाई दिने ठहर्छ भनी पुनरावेदन अदालत हेटौडाले फैसला गरे उपर चित्त नबुझी पुनरावेदक प्रतिवादीको तर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको पाइन्छ ।
१२. अब प्रस्तुत मुद्दामा पुनरावेदन माग दावी बमोजिम इन्साफ दिनु पर्ने हो होइन र पुनरावेदन अदालतले गरेको निर्णय मिले नमिले तर्फ के रहेछ भनी निर्णय दिनु पर्ने हुन आयो । निर्णय तर्फ विचार गर्दा यसमा वाणिज्य बैंक ऐन २०३१ मा मुद्दा गर्नु पर्ने हद म्यादको अवस्था नभएको र दफा ५२ मा “यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुने छ” भन्ने व्यवस्था भएकै लेनदेन व्यवहार सम्बन्धमा मुलुकी ऐन लेनदेनको महलमा गरिएको हदम्याद नै वाणिज्य बैंक समेतलाई लाग्ने कुरामा अन्यथा भन्न सकिदैन र फिरादमा नै प्रचलित कानून बमोजिम भन्ने मेत उल्लेख गरी अ.वं. ३६ लाई हदम्यादको परिप्रक्ष्यमा उल्लेख गरिएतापनि प्रचलित कानून अर्थात लेनदेनको महलमै २ नं. को हदम्याद भित्र कै प्रस्तुत फिराद देखिदां पुनरावेदन अदालत फैसला बदर गरी इन्साफ गनृ पठाउने ठहराएको फैसला मनासिब ठहर्छ । पुनरावेदकको पुनराबेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा म सहमत छु ।
न्या. मोहन प्रसाद शर्मा
इति सम्वत् २०५४ साल जेष्ठ १४ गते रोज ३ शुभम्...................... ।