शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६०१ - लागु औषध

भाग: ४० साल: २०५५ महिना: पौस अंक:

निर्णय नं. ६६०१                  ने.का.प. २०५५         अङ्क ९

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

संवत् २०५२ सालको फौ.पु.नं....... १२३८

फैसला मितिः- २०५४।९।१५।३

 

मुद्दा : लागु औषध ।

 

पुनरावेदक/वादी : प्र.स.नि.शिवराम वनको प्रतिवदनले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : पर्सा जिल्ला विश्रामपुर गा.वि.स. अन्तर्गत घर भई विरगञ्ज नगरपालिका वडा नं. १४ रानीघाट बस्ने प्रभु कलवार समेत २ जना ।

         

§  सह अभियुक्तको पोललाई समर्थन गर्ने अन्य स्वतन्त्र प्रमाणहरुको अभावमा सहअभियुक्तको पोलको भरमा मात्र कसुरदार ठहरे गर्नु न्यायको दृष्टिबाट समेत उचित नुहदां प्र.प्रभु साह कलवारलाई सफइ दिने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिने ।                  

     (प्र.नं.३३)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे

प्रत्यर्थी प्रतिवादी तर्फबाट :X

अबलम्बित नजिर : X

फैसला

 

          न्या. भैरवप्रसाद लम्साल: पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा दायर हुन आएको पुनरावेदन हितको प्रस्तुत मुद्दाको संक्षप्त व्यहोरा यसप्रकार छ ।

          २.      मिति २०४५।८।१० गते गस्ती गर्दै जांदा विरगंज न.प.वडा नं. १० रानीघाट बस्ने रमापतिलाल कर्ण समेतल लागु औषध भरमा राखी बिक्री वितरण गर्दछन् भन्ने कुरा बुझिन आएकोले घर खान तलासि गर्दा निज रमापति लाल कर्णले लर्गाको कालो रंगको जवारी कोटको दाहिने खल्तीबाट याक चुरोथको बट्टाभित्र प्लाष्टिकको पुरियामा ब्राउन सुगर ४७ ग्राम बरामद भएको ठीक हो भन्ने मिति २०४५।८।१० को बरामदी मुचुल्का ।        

          ३.      मेरो घर नजिक बस्ने सुरेन्द्र पंडित प्रेम महतो कोइरी, भगवान सुनार, प्रभु कलवार समेतले लागु औषध खरीद गरी ल्याई बिक्री वितरण गर्दै निजहरुको साथ लाग्दा बढी नाफा हुने भएकोले बिक्री गर्न थालेको थिए। बाबु चुरोट खाने भएकोले जवारीकोट खल्तीमा ४७ ग्राम ब्राउन सुगर भएको प्लाष्टिकको पाकेट हाली दिएकोमा सोही खल्तीबाट नै बरामद भएको हो भन्ने समेत व्यहोराको बिमल कर्णको बयान ।

          ४.      मिति २०४५।८।१० गते छोरा बिमलले याक चुरोटको बट्टा मेरो जवारीकोटको खल्तीमा राखि दिएको थियो । केही बेरमै प्रहरी ४७ ग्राम ब्राउन सुगर बरामद भएको हो भन्ने रमापतलाल कर्णको बयान ।

          ५.      बिमल कर्णको बयानमा उल्लेखित प्रभु कलवार प्रेम महतो कोइरी सुरेन्द्र पंडित, बिमल कर्ण र म समेत भई बिरगंज बजारमा ब्राउन सुगर बिक्री विराण गर्दै थियो भन्ने समेत व्यहोराको भगवान दास सुनारको बयान ।

          ६.      मिति २०४५।८।१० गते रमापति लाल कर्ण र बिमल कर्णलाई लागु औषध ब्राउन सुगर बरामद भउकोले प्रक्राउ गरि लेगेको हो । ब्राउन सुगर बिक्री गर्दै थिए भन्ने सुनेको र बिमल कर्ण खराब चाल चलनको मानिस हो भन्ने समेत व्यहोराको सरजमिन मुचुल्का ।

          ७.      संकलित सवूत प्रमाणबाट बिमल कर्ण, भगवान दास सोनार, सुरेन्द्र पण्डित, प्रेम महतो, प्रभु कलवार र रमापति लाल कर्णलार्य लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) को (ग) अनुसार सजाय हुन र बरामदी मुचुल्कामा उल्लेखित घर ऐ.ऐ.को दफा १५ अनुसार जफत हुन दावी लिएको मिति २०४५।९।४ को प्रहरी प्रतिवेदन ।

          ८.      वरामदी मुचुल्कामा लागेको सहिछाप मेरो हो बाध्य गराएर प्रहरी गराएका हुन् । मैले ब्रउन सुग उपर बिक्री गर्ने गरेको छैन । विमल कर्ण छोरा हो उ पागल भएकोले म समेतलाई पोल गरेको हो । मैले सजाय पाउनु पर्ने होइन भनने समेत व्यहोराको प्र.रमापतिलाल कर्णको अदालतमा भएको बयान ।

          ९.      बरामद भएको ब्राउन सुगर मैले खानको लागि ल्याएको हो । प्रहरी आएको थाहा पाई मैले बाहिर फालि दिएको थिए । प्रहरीले सो ब्राउन सुगर फेला पारी घरबाट बरामद गरेको मुचुल्का खडा गरेको हुन् । प्र. मध्येका प्रभु कलवारलाई मैले चिन्दछु । निजबाट नै लागु औषध लिई खाने गरी आएको छु भन्ने समेत व्यहोराको प्र.बिमल कर्णको अदालतमा भएको बयान ।

          १०.    रामपतिलाल कर्णको घरबाट लागु औषध बरामद भयो भएन थाहा छैन । मैले बिक्री वितरण संचय र खाने समेत गरेको छैन । प्र.बिमल कर्णलाई चिन्दछु । अरुलाई चिन्दिन भन्ने समेत व्यहोराको भगवान दास सोनारको अदालतमा भएको बयान ।

          ११.    प्र.सुरेन्द्र पंडित, प्रभु कलबार र प्रभु महतो कोइरीको नाउमा मिति २०४५।११।२ मा म्याद तामेल भएकोमा निज प्रतिवादीहरु म्यादै गुजारी बसेको ।

          १२.    प्र. रमापतिलाल कर्ण लागु औषध बिक्री वितरण संचय आदि कुने काम गर्दैनन् बिमल कर्ण पागल स्वभावको छ भन्ने समेत व्यहोराको सरजमिनका रुप नारायणलाल र चन्द्र शाह कानूको वकपत्र ।

          १३.    रमापतिलाल कर्ण निर्दोष छन्, निजले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको निजको साक्षी जोगेन्द्र प्रसाद सोनारको वकपत्र ।

          १४.    प्र.विमलले गांजा अफिम खाएको देखेको छु तर ब्राउन सुगर खाएको देखेको छैन भन्ने समेत व्यहोराको निजको साक्षी सिताराम लाल कर्णको बकपत्र ।

          १५.    प्र.भगवान दास सोनार लागु औषध खरिद बिक्री गर्दैनन् दावि भुठ्ठा हो भन्ने समेत व्यहोराको निजको साक्षी विनय कुमार चौधरीले गरेको वकपत्र ।

          १६.    रमापतिलालसंग ४७ ग्राम लागु औषध बरामद भएको हो निज घरमा नै भएको बखत जवारीकोटको वाया खल्तीबाट प्लाष्टिकको प्याकेटको बाया खल्तीबाट प्लाष्टिकको प्याकेटमा ब्राउन सुगत राखी याक चुरोटको बट्टा भित्र थियो । कहांबाट ल्याएको भन्दा बिमलले दिएको भन्थे भन्ने समेत व्यहोराको प्र.स.नि. शिवराम बनको अदालतमा भएको बकपत्र ।

          १७.    प्र.रमापतिलाल कर्णले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(१)(च) अनुसारको कसूर गरेको देखिदा ऐनको दफा १४(१)(ग) अनुसार सजाय हुने ठहर्छ अन्य प्रतिवादीहरु बिमल भन्ने देवचन्दैलाल कर्ण, भगवान दास सोनार, सुरेन्दै पंडित, प्रेम महतो र प्रभु कलबार समेत जना ५ ले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(१)(च) अनुसार कसूर गरेको ठहर्छ । घर जफत गरी पाउं भन्ने प्रहरी प्रतिवेदन दावि पुग्न सक्दैन भन्ने समेत व्यहोराको नारायणी अञ्चल अदालतको मिति २०४६।७।२० को फैसला ।

          १८.    लागु औषध बरामद भएको घर जफत नगरेको र कम सजाय गरेको नारायणी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुंदा बदर गरी प्रतिवादीहरुलाई हदैसम्म सजाय गरी घर समेत जफत गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

          १९.    अदालतबाट जारी भएको समाव्हानको म्याद गुजारी बस्ने फरार रहेको प्रतिवादीहरका हकमा अ.वं. १९० नं. बमोजिम मुतलवी राख्नु पर्नेमा निर्णय गरेको नारायणी अञ्चल अदालतको फैसला परक पर्ने देखिदा अ.वं. २०२ नं. तथा क्षेत्रिय अदालत नियमावली २०३६ बमोजिम विपक्षी प्रतिवादीहरुलाई झिकाई वादी श्री ५ को सरकारलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०४७।५।१३ को आदेश ।

          २०.    म्याद गुजारी बस्ने प्रतिवादी जना ३ सुरेन्द्र पडित, प्रेम महतो र प्रभु कलवारका हकमा अ.वं. १९४ नं. ले वारेन्ट जारी हुने यो प्रस्तुत मुद्दा देखिएकोमा विशेष अदालत ऐनको कार्यविधि सम्म अपनाई १० दिने समाव्हान जारी भए रहेको देखिन्छ । वारेन्ट र ७० दिने म्याद गुजारी बसेको हकमा अ.वं. १९० नं. को कार्यविधि अपनाउनु पर्नेमा नअपनाई निज फेरारीहरुको हकमा समेत इन्साफ गरेको कानून मिल्ने नदेखिदा निज फेरारी प्रतिवादीहरुको हकमा भएको फैसला हदसम्मको ना.अ.अ.को फैसला वदर गरी दिएको छ । निज फरारी प्रतिवादीहरुका हकमा वारेन्ट र म्यादी पूर्जी जारी गरी कानून बमोजिम निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको मिसिल ना.अ.अ. मा पठाई दिनु र सो निर्णय भई आएपछि प्रस्तुत पुनरावेदन जगाई कारवाही किनारा गर्ने गरी हाललाई प्रस्तुत पुनरावेदन अ.वं. १२ नं. बमोजिम मुल्तवी राखी दिनु भन्ने म.क्षे.अ.को फैसला ।

          २१     म.क्षे.अ. बाट फैसला भई यस अदालतमा प्राप्त हुन आएको प्रस्तुत मुद्दा सरकार वादी ठा.फौ. दायरीमा दर्ता गर्नु भन्ने ना.अ.अ.को आदेश ।

          २२.    म.क्षे.अ.को मिति २०४८।८।१९ को फैसलामा पुनरावेदन मुल्तवी राखिदिएको भन्ने देखिएकोले मुल्तवी पुनरावेदन प्राप्त भएको भए मुल्तवी जगाउन पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

          २३.    फरार प्रतिवादीहरुका नाउमा अ.वं.९४ नं. बमोजिम वारेन्ट र म्याद पुर्जि जारी गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

          २४.    मैले कुनै किसिमकोलागू औषध ब्राउन सुगर सेवा, खरिद बिक्री समेत नगरेको हुंदा मलाई सजाय हुनु पर्ने होइन भन्ने प्रभु शाह कलवारको इन्कारी बयान ।

          २५.    प्रभु कलवारलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।

          २६.    प्रभु शाह कलावरको साक्षी जगत चौधरीको वकपत्र ।

          २७.    प्रस्तुत पुनरावेदन र ठा.पौ.नं. ६०९ नं. को मुद्दा समेत यसै अदालतमा कार्यवाहीको अवस्थामा हुंदा प्रस्तुत पुनरावेदन मुल्तवीबाट जगाई सरकारवादी दायरीमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।

          २८.    प्रस्तुत मुद्दा फौ.पु.नं. ६०९को मुद्दा सित सम्बन्धित हुंदा उक्त मुद्दा संगै राखी नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको आदेश ।

          २९.    बरामद भउको लागु औषध जवाहरी कोटको खल्तीबाट वरामद भएको देखिएको र दोश्रो लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ ले घर जफत हुन सक्ने व्यवस्था गरेको हुंदा जफत हुनै पर्छ भन्ने अर्थ लगाउन नमिल्ने हुंदा शुरु इन्साफ सदर हुने ठहर्छ भन्ने र हदैसम्मको सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।

          ३०.    म.क्षे.अ.को फैसलालो अन्य कार्यविधि पुरा गरी ठहर गर्नु पर्ने भन्ने शुरु कार्वाहीको सम्बन्धमा अदालतबाट वारेण्ट जारी भएको र सो वारेन्टको म्यादमा हाजिर नभएका प्र.सुरेन्द्र पंडित, प्र.प्रेम महतो कोइरीको हकमा अ.वं. १९० नं. बमोजिम मुद्दा मुल्तवी राखी दिने र प्रक्राउन भई अदालतमा बयना गर्ने प्रभु कलवार अपराधमा इन्कार रहनुका साथै सह अभियुक्तको पोलमा आधार शंका रहित तवरले विश्वसनिय रहेको प्रमाण वादीले संलग्न गर्न नसकेको र प्रभु शाह कलावर प्र.बिमल कर्ण समेतले गरेको अपराधमा संलगन रहेको कुनै प्रमाण अदालत समक्ष पेश गर्न वादी असमर्थ रहेको हुंदा अनुमानको भरमा अपराधी ठहर्याउन न्यायोचित देखिएन, निजले सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।९ को फैसला ।

          ३१.    प्रस्तुत मुद्दामा ४७ ग्राम लागु औषध सहित प्रतिवादी रमापति तथा बिमल कर्ण पक्राउन परेका समेत अवस्थामा दुवैको संलग्नता लागु औषध खरिद ओसार पसार समेतमा रहेको व्यहोरा बयान प्रमाणहरुबाट पुष्टि भइरहेको छ। घर भित्र रहेको व्यक्तिको जवाहिरकोटको खल्तीबाट ब्राउन सुगर बरामद भएको छ र बरामदी लागु औषध यस अघि पनि यसै गरी बिक्री वितरण समेतको कार्यको लागि संचित गर्ने गरिएको भनी प्रतिवादी बिमल कर्णले बयान गरेकोबाट उक्त घर लागु औषध कारोबारमा प्रयोग हुने गरेको स्पष्ट तवरले देखिएको अवस्थामा कसरको मात्रानुसार ऐनको उद्देश्य बमोजिम घर जफत गर्नु पर्नेमा सो नगर्ने गरी भएको फैसला लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ का उद्देश्य विपरित समेत हुंदा प्र. प्रभु शाह कलवारलाई सफाई दिउको र घर जफत नगर्ने हदसम्म पुनरावेदन आदतलको पैसला वदर गरी अभियोग दावि अनुसार सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस आदतलमा दायर पुनरावेदन पत्र ।

          ३२.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरेले गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत हेटौडाले प्रतिवादी प्रभु शास कलवारलाई सफाई दिई लागु औषध बरामद भउको घर जफत नगर्ने गरी गरेको फैसला उपर वादी श्री ५ को सरकारले चित्त नबुझाई पुनरावेदन गरेबाट उत्तः फैसला मिलेको छ कि छैन सोही विषयमा निर्णय दिनु पर्ने देखियो ।

          ३३.    यसमा निर्णय तर्फ विचार गर्दा पक्राउ भई आएका प्रतिवादी प्रभु शाह कलवारले अदालतमा बयान गर्दा लागु औषध ब्राउन सुगरको खरिद बिक्री गरेको छैन भनी कसूरमा इन्कार भई बयान गरेको देखिन्छ । प्रहरी समक्ष निज प्रतिवादी प्रभु शाससंग लागु औषध खरिद गर्ने गरेको भनी प्र.भगवान दास र बिमल कर्णले बयान गरेता पनि निजसंग कहिले कसरी कति परिमाणमा लागु औषध खरिद गरेको हो खुलाउन सकेको पाइदैन भन् प्र. मध्येका भगवान दासदले अदालत समक्ष बयना गर्दा बिमल बाहेक अन्य प्रतिवादीहरुलार्य चिन्दिन भनी प्र.प्रभु शाहसंग चिनजान समेत नभएको स्वीकारेका छन् । प्रतिवादी बिमल कर्णले अदालत समक्ष बयान गर्दा निजबाट नै लागु औषध लिने गरेको छु भनी बयान गरेता पति सो पुष्टि हुने कुनै पनि प्रमाण वादी पक्षबाट पेश हुन सकेको देखिदैन ।अन्य सकलित सवूद प्रमाण समेतबाट जिन कही कतैबाट अपराधमा संलग्न भएको देखिन आउदैन । तसर्थ निजलाई कसूरदार कायम गर्ने सह अभियुक्तको पोललाई समर्थन गर्ने अन्य स्वतन्त्र प्रमाणहरुको अभावमा सह अभियुक्तको पोलको भरमा मात्र कसुरदार ठहर गर्नु न्यायको दृष्टिबाट समेत उचित नहुंदा प्र.प्रभुशाह कलवारलाई सफाई दिने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिन आयो ।

          ३४.    साथै लागु औषध ब्राउन सुगर फेला परेको घर जफत गर्नु पर्ने भन्ने पुनरावेदन जिकिरको हकमा विचार गर्दा बरामद भएको ४७ ग्राम लागु औषध प्रतिवादी मध्येका रमापतिलालको घरमा निजले लगाएको जवारिकोटको खल्तीबाट बरामद भएको देखिन्छ । घर भित्र लागु औषध उत्पादन गर्ने गरेको, भण्डार गर्ने गरेको वा बिक्री वितरण गर्दाको अवस्थामा पक्राउ गरी बरामद गरेको पनि देखिदैन । यस्तो स्थितिमा प्रतिवादीको जवारीकोटको खल्तीबाट ४७ ग्राम लागु औषध बरामद भएको अवस्थामा घर नै जफत हुनु पर्ने अवस्था देखिदैन । अतः सवूद प्रमाणको अभावमा प्रभु कलवारलाई सफई दिने र घर जफत नहुने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उपरोक्त रायमा मेरो सहमती छ ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति संवत् २९०५४ साल पौष १५ गते रोज ३ शुभम्............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु