निर्णय नं. ६६०४ - कर्तव्य ज्यान ।

नि.नं. ६६०४ ने.का.प. २०५५ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
संम्वत २०५३ सालको फौ.पु.नं......... ११६२
सम्वत्२०५४ सालको फौ.सा.नं..........१९२
फैसला मिति २०५४।५।२४।३
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जि.भोजपुर पातलेपानी वडा नं. ६ घर भई हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको सुधारमान राई ।
विरुद्ध
प्रत्यर्थी/ वादी: नरबहादुर राईको जाहेरीले श्री ५ को सरकार ।
वादीः नरबहादुर राईको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादी : जि.भोजपुर पातलेपानी वडा नं. ६ घर भएको सुधारमान राई ।
§ एउटालाई हान्छु भनी प्रहार गर्दा अर्कोलाई लागी त्यसैको जरियाबाट घाइतेको मृत्यु हुन्छ भने पनि प्रहार गर्ने व्यक्तिलाई कर्तव्यको दोषी मान्नु पर्दछ किन भने छुरी जस्तो घातक हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी प्रहारकर्तालाई भएकै सम्झन पर्ने ।
(प्र.न..२१)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लालबहादुर थापा
प्रत्यथी वादी तर्फबाट : X
अबलम्बित नजिर : X
फैसला
न्या गोविन्द बहादुर श्रेष्ठ: पुनरावेदन अदातल विराटनगरको मिति २०५२।७।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन तथा दफा १० अन्तर्गत साधक दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ :
२. २०४९।१२।११ गते बेलुका अं.६:३० बजेको समयमा पम्फामाया राईको घरमा सुधारमान राई र जवान बहादुर राई झगडा गर्न थालेछन् र केही समयपछि पशुपति राई पनि आई जवान बहादुर राइलाई कुटपिट गर्दा निज गुहार गुहार भनी कराए पछि मेरा छोरा विश्वबन्धु राइसमेत बारदात भएको कुरा थाहा पाई गाउंका मानिस र मेरा छोरा समेत घटनास्थलमा गई छुट्याउन जादा सुधारमान राइले चुप्पी समेतले रोपी छोरा विश्वबन्धु राइलाई घटनास्थलमै मारेछन् गाउंघरमा हल्ला खल्ला हुंदा थाहा पाई घटनास्थलमा पुग्दा छोराको प्राण गइसकेको हुंदा निजहरुलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउं भन्ने किटानी जाहेरी ।
३. पम्फामाया राइको घरदेखि उत्तरपट्टि मल खाडीमा काठको बिंड भएको अं.११ इन्च धार भएको अं.६ इन्च भएको चुप्पी र केही नजिकमा चुप्पीको छालाको दापसहित फेला परेको भन्ने वरामदी मुचुल्का ।
४. पम्फामाया राई र जित बहादुर राईको आगन बिचमा मृतक विश्वबनधु राइको लाश रहेको लागको लम्बाई ५.५ फिट भएको आखा मुख बन्द नाकबाट केही ननिस्किएको मृतकको सम्पूर्ण कपडा खोली हेर्दा दाहिने तिघ्रमा अं.५ सेन्टीमिटरको चोट भएको, अन्य शरीरको भागमा चोट नभएको भन्ने लास प्रकृति मुचुल्का ।
५. ०४९।१२।११ गते मेरा घरमा अ. ५ बजेको समयमा मेरा दाजु नाता पर्ने जवान बहादुर राइ आउनु भयो । दाजु म समेतलार्य सुधारमान राइले काट्छु मार्छु भनी धम्की दिउको छ भनी बताएपछि दाजुले कसरी कुट्तो रहेछ भनी गफ गरिरहेको अवस्थामा सुधारमानले घरबाट सुनेछन् र। निज मेरा घरमा आई निहु खोजी झगडा गर्न थाले एकछिन पछि पशुपति राई पनि आई जवान बहादुरलाई कुटपिट गर्न थाले र निजले गुहार भनी कराएपछि गाउंका मानिस र विश्वबन्धु राई समेत आई झगडा गर्न हुदैन भनी सम्झाई छुट्याउदा सुधारमान राइले के कहांबाट चुप्पी निकाली विश्वबन्धु राइलाई सिप्रामा घोच्यो र मलाई सधारेले चुप्पीले रोप्यो समाइदेउ भनी निजले भनेपछि विश्वबन्धु घटनास्थलमा नै मृत्यु भएको हो पशुपति राइले केले हिर्काए मैले देखिन मृतक विश्ववन्धु राइलाइृ सधारमान राइले चुप्पीले रोपी मारेका हुन् भन्ने समेत व्यहोराको सुश्री पम्फामाया राइ समेतको ठाडो कागज ।
६. ०४९।१२।११ गते अं. ६:३० बजेको समयमा पम्फामाया र निजको दाजुले भई जोडजोडले कराएको हल्ला आफ्नो घरबाट सुनी के विषयमा कुरा गरेका रहेछ भनी पम्फामायाको घरमा पुगे पम्फामायाले मेरा आमालाई रण्डी भनेको हुंदा फम्फामायालाई मैले कुट्छु भनेको थिए“ । त्यसै अवस्थामा यसलाई कुट भनी जवान बहादुरले मलाई बक्सीङले हिर्काए मैले पनि निजलाई बक्सीङले हिर्काए र एक आपसमा झगडा भइरहेको अवस्थामा मृतक विश्वबन्धुसंग पेशल राई समेतका मानिसहरु आई मलाई र जयन बहादुरलाई छुट्याई पुनः जवान बहादुरले मलाई एक बक्सिङ हिर्कायो र मैले पनि एक बक्सिङ हिर्काए मलाई मार्ने हरेछन् भनी सोची मेरा पेण्टको गोजीमा बेकेको चुप्पी झिकी हान्दा विश्वबन्धु राइको दाहिने तिघ्रमा रोपीन गएछ रिसको आवेशमा मैले चुप्पी रोपेको हु सोही चोटको तासिरबाट वश्वबनधु राइको मृत्यु भएको हो भन्ने प्र.सुधारमान राइले प्रहरमिा गरेको साविती बयान ।
७. २०४९।१२।११ गते बेलुकी अं. ६:३० बजेको समयमा पम्फामाया राईको घरमा जवान बहादुर राई र सुधारमान राई बीच झगडा भएको आवाज सुनी के भएछ भनी निजका घरमा जादा जवान बहादुर राई र सुधारमान राई झगण्डा गरिरहेका थिए म सुधारमान राई समेतले छुट्याउदा मलाई समेत जवान बहादुरले अनुहारमा हिर्काएकोले मैले पनि निभेको भाटा जस्तो दाउराले खुट्टामा हिर्काएपछि विश्वबन्धु राई समेतका मानिसहरुलाई किन झगडा गर्छौ भनी सुधारमान राई र जवान बहादुरलाई सम्झाउनदा दुवै जना आपसमा कुटाकुट हुदा मैले समेत छुट्याउन नसकी आफ्नो घरतर्फ लागे पछि केही छिन पछि गारी भन्ने केटीले पेशल, विश्वबन्धु, सुधारमान राइ मध्ये एकजना मर्यो रगतपिच्छे भएको छ भनी बताएपछि घटनास्थलमा पुग्दा विश्वबनधु राइलाई सुधारमान राइले चुपपीले आन्यो भनी बताउको थाहा पाएको हुं सोही चुप्पीको तासिर चोटबाट विश्वबन्धु राइको मृत्यु हुनुपर्छ मेले निजलाई मार्नमा सहयोग गरेको छैन भन्ने प्र.सुश्री पशुपति राइले प्रहरीमा गरेको बयान ।
८. ०४९।१२।११ गते पम्फामाया राइको घरमा बेलुकी ६ बजेतिर गएको थिए“ पम्फामायाले दाई म समेतलाई सुधारमान राइले कुट्छौ मार्छौ भनी धम्की दिन्छ भनी बताएपछि मैले सधारेले कसरी कुट्छ मार्छ भनेपछि सो कुरा सुनी म भएको ठाउंमा आइ मलाई अपशब्द बोली अनुहारमा कुटपिट गर्न थाल्यो र धनबहादुर राइले छुट्याई दिएपछि वाद विवाद भइरहेको अवस्थामा पशुपति र्रा आई मलाई बासको भाटाले ढाडमा हिर्काउकोले मैले गुहार भन कराएपछि विश्वबन्धु राई समेतका मानिसहरु आई छुट्याउन गाले । सोही अवस्थामा सुधारमान राले के कहाबाट चुप्पी निकाली विश्वबन्धु राईको दाहिने तिघ्रामा हानेपछि सुधारेले मलाई चप्पीले हान्यो समाउ भनी भनेपछि सोही चुप्पीको चोट तासिरबाट विश्वबन्धु राइको मृत्यु भएको हो निजलाई मार्नमा सुश्री पशुपती राई पनि सहमति हुनुपर्छ भन्ने समेत जवान बहादुर राइ समेतको ठाडो कागज ।
९. मृतक विश्वबन्धु राईको दाहिने तिघ्रामा भएको नसा काटिई मुत्यु हुन गएो भन्ने लाश पोष्टमार्टम रिपोर्ट ।
१०. यसमा हालसम्म संकलन भई आएको मिसिल कागजबाट मृतक विश्वबन्धु राईको मृत्यु कर्तव्यबाट हुन भएको हो भन्ने सिद्ध हुन आयो तसर्थ प्रतिवादी सुधारमान राई र सुश्री पशुपति राई समेतले ज्यान सम्बन्धि महलको १ नं. विपरितको कसुरमा प्र. सुधारमान राईलाई ज्यान सम्बन्धिको १३(१) र सहयोगी सुश्री पशुपति राईलाई सोही महलको १७(३) बमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन ।
११. ०४९।१२।११ गते बेलुका ६:३० बजे जवान बहादुर र सुधारमानको बिच झगडा भएको रहेछ कराएको सुनी के भएछ भनी झगडा भएको ठाउंमा गएं, त्यसबखत सुधारमानको आमा बैनी भाउजु समेत थिए म समेत भै छुट्याउंदा मलार्य जवान बहादरले एक झापड हिर्काउनु भयो र म अलिक पर पुगेपछि पनि लम्किएर लात्तीले हिर्काए मलाई रिस उठ्यो र उत्तिसको दाउरा भेटी जवानबहादुरलाई खुट्टामा हिर्काएं निजहरुको लडाई छुट्टीएपछि वादविवाद हुंदा हुंदै विश्वबन्धु र अन् केटाहरु आए पुगे सुधारमानले भएको कुरा बताउंदा सुधारमालाई जवान बहादुरले एक बक्सिङ हानेपछि सबैले सुधारमालाई छोपेपछि सुधारमानको आमाले छुट्याउन जा भन्दा मलाई डर लागी घरतर्फ गएं, विश्वबन्धुलाई मारेको अवस्था मैले देखन“ पछि घटनास्थलमा आई हेर्दा सुधारमानलाई पाता फर्काएको थियो । विश्वबन्धु लडिरहेको थियो । विश्वबन्धुलाई सुधारमानले मारेको भनी त्यहांभएका मानिसले भन्दा थतहा पाएकी हुं ज्यान मार्नमा मैले मद्दत सहयोग गरेकी छुईन भन्ने समेत व्यहोराको सुश्री पशुपति राईले अदालतमा गरेको बयान ।
१२. ०४९।१२।११ गते बेलुका अं. ५ बजेको समयमा म पम्फा मायाले घरमा गर नास्ता खाई घरबाहिर निस्केको अवसथामा जवान बहादुर मलाई देखि कराउन थाले जवान बहादुर र मेरो बिच कुटपित झगडा भएको अवस्थामा पहिला धनबहादुर राई आयो र हामीलाई छुट्याउदै थियो । त्यसपछि पशुपति पनि आउनुभयो दाई भाई किन झगडा गछौ बसेर कुरा गर भनेर सम्झाए पछि जवान बहादुर पशुपतिलाई एक बक्सिङ हान्यो र लात्ताले समेत हान्यो त्यसपछि पशुपतिलाई एक बक्सिङ हान्यो र लात्ताले समेत हान्यो त्यसपछि पशुपति दिदीले जवान बहादुरको खुट्टामा स्यानो लठ्ठीले दुइपटक हिर्कायो त्यसपछि पेशल राई, विश्वाबन्धु राई, लक्ष्मण राई, मोहकन बहादुर राई, दलमानराई, पस्ते राई, बलराम राई समेतका मानिसहरु आई पुगे, जवान बहादुरले मेरो छातिमा एक बक्सिङ हिर्कायो र मैले पनि बक्सीङले हानेपछि मृतक बिश्वबन्धु राई समेतले मलाई कुटपिट गर्न थाले म एक्लै भएकोले मलाई माने रहेछन् भनी मैले पनि यिनीहरुर्ला घाइते पार्नु पर्यो भनी मेरा साथमा रहेको छुरी दाप सहित मसंग भएकोले दापबाट निकाली तिघ्रामा हानेको थिए मृतकको सन्नीतिर लागी केही बेर पछि भुइमा लडे सो अवस्थामा निज मर्छन भन्ने लागेको थिएन केहीबेर पछि नै बिश्व्बन्धुको मृत्यु भएका हो, छुरी हान्नमा अरु कसैको सहयोग छैन भन्ने समेत व्यहोराको प्र. सुधारमान राईले अदालतमा गरेको बयान ।
१३. ०५०।२।२६ को आदेश अनुसार जवान बहादुर राई समेतका ८ जनालाई जाहेरवाला र प्र.का साक्षी समेतका बकपत्र भई मिसिल सामेल रहेको रहेछ ।
१४. प्रतिवादी सुधारमान राईले मृतक वश्वबन्धु राईलाई कर्तव्य गरी मारी मुलुकी ऐन ज्यान सम्बन्धि १ नं. को कसुर गरेको देखिदा ऐ १३(१) बमोजिम सर्वस्वहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी पशुपति राईले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतबाट मिति ०५१।१०।२६।५ को फैसल ।
१५. भोजपुर जिल्ला अदालतको फैसला त्रुटिपुर्ण हुंदा बदर गरी इन्साफ जाच गरी ज्यान सम्बन्धि महलको ५ नं. को अवस्था भएकोले सोही महलको ६(१) नं. बमोजिम मात्र सजाय गरी अरुमा सफई पाउंभन्ने समेत व्यहोराको प्रतिवादी सुधारमान राईको ०५१।१२।१९ को पुनरावेदन पत्र ।
१६. प्रतिवादी सुधारमान राइले मर्ने विश्वबन्धु राइलाई छुरी जस्तो धारीले हतियाले कर्तव्य गर मारी मुलुकी ऐन ज्यान सम्बीन्धको १ नं. अनुसारको कसुर गरेको दखदा निजलाई ऐ.को १३(१) बमोजिम जन्म कैद हुने ठहराई शुरु भोजपुर जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत विराटनगरको फैसला ।
१७. मैले मृतक विश्वबन्धुको ज्यान मार्ने सम्मको नियत मनसाय एव काम गरेको छु नी अदालतमा स्वीकार गरेको छैन । मैले केवल ज्यान बचाउने नियतले वपक्षीको तिघ्रामा छुरी प्रहार गरेको छु । मेरो मृतकलाई मार्ने मनसाय थिएन साथै आत्मरक्षाको लागि छुरी प्रहार गरेको तथ्यलाई घटना प्रकृति मुचुलका, मेरो साक्षीको बकपत्र आदीले समेत पुष्टी गरेको छ । छुरीको प्रयोग स्वयं नै मनसाय युक्त हत्याको प्रमाण होइन । एका व्यक्तिसंग विवाद भइरहेको अवस्थामा बिचमा आउने व्यक्तिलाई मैले मार्नु पर्ने अवस्था विद्यमान छैन । पुनरावेदन अदालत विराटनगर समेतको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी आत्मरक्षाको लागी भएको कृयाबाट मृतकको ज्यान गएको हुंदा सफाई पाउं भन्ने समेतको सुधारमान राइको यस अदालतमा परेको पुनरावेदन ।
१८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लाल बहादुर थापाले मेरो पक्षको मृतकलार्य मार्नु पर्ने सम्मको पूर्व रिसइवि, योजना, मनसाय केही छैन । केबल आफ्नो आत्म रषाको लागि छुरी सम्म चलाएको हो । छुरी घातक हतियार होइन । पुनरावेदन अदालत विराटनगरको फैसला बदर गरी पाउं भनी वहस प्रस्तुत गर्नुभयो ।
१९. मिसि अध्ययन गरी पनरावेदक तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ताले गर्नु भएको वहस समेतलाई ध्यानमा राखी पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन ? साथै पुरनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आएको छ ।
२०. यसमा प्रतिवादी सुधारमान राईको पुनरावेदन परेकोले पुनरावेनदको रोहबाट मुद्दा हेरिने हुंदा साधकको लगत कट्टा गरिदिएको छ । ।
२१. पुनरावेदन तर्फ विचार गर्दा यसमा ०४९।१२।११ मा पम्फामायाको घरमा सुधारमान र जवान बहादुर झगडा गर्न लागेकोमा केही समयपछि पशुपति राई पनि आई जवान बहादुरलाई कुटपिट गर्दा गुहार भनी कराइपछ मेरो छोरा विश्वबन्धु राई समेत छुट्याउन जादा सुधारमान राई र पशुपति राइले कुटपीट गर सुधारमान राईले चुप्पी प्रहार गर्दा मेरो छोरा बिश्वबन्धुको घटनास्थलमा नै प्राण गएकोले कावाएही गरी पाउं भन्ने जाहेरवालाको जाहेरीबट प्रस्तुत मुद्दाको कारवाही चलेको देखिन्छ । मृतक बिश्वबन्धु राइको मृत्यु प्रतिवादी सुधारमान राइले प्रहार गरेको चुप्पीबाट भएको कुरामा प्रतिवादी सुधारमान राई अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित रहेको देखिन्छ । अभियुक्त सुधारमान राईले अफ्नो साथमा रहेको छुरा मृतकलाई हान्ने उघेश्यले नै प्रहार गरेको देखियो । एउटालाई हान्छु भनी प्रहार गर्दा अर्कोलाई लागी त्यसैको जरियाबाट घाइतेको मृत्यु हन्छ भने पनि प्रहार गर्ने व्यक्तिलाई कर्तव्यको दोषि नै मान्नु पर्दछ किनकी छुरी जस्तो घातक हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी प्रहारकर्तालाई भएकै सम्झनु पर्दछ । छुरी जस्तो घातक हतियारले प्रहार गरेकोलाई साधारण लाठा ढुंगाको श्रैणीमा पर्छ भन्न पनि नमिल्ने हुंदा ज्यान सम्बन्धिको १४ नं. आकर्षित हुने अवस्था पनि देखिदैन । न त ज्यान मर्ला भन्ने जस्तो नदेखिको कार्य गर्दा मृतक मरेको भई भवितव्य भएको नै देखिन्छ । आत्मरक्षाको लागि अन्य उपाय नभएको अवस्थामा मृतकलाई छुरी प्रहार गरेको भन्ने प्रतिवादीको जिकिरलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन गरेको समेत देखिएन ।
२२. अतएवः अभियुक्त सुधारमान राइले ज्यान सम्बन्धिको १ नं. अनुसारको कसुर गरेको ठहर्याई १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिदा मनासिब छ । तर अपराध गरेको अवस्था विचार गर्दा छुरी प्रहारबाट मृतकको ज्यान मरेको भएतापनि मृतकसंग अभयुक्तको कुनै पूर्व रिसइव इत्यादी देखिदैन । तेश्रो व्यक्तिसंगको झै झगडाको दरम्यान छुरी चलाउंदा लागेको चोटबाट मृत्यु हुन गएको अवस्था हुंदा सर्वस्व सहित जन्म कैदको सजाय गर्दा चर्को हुने महसुस भएकोले अ.व.. १८८ नं. बमोजिम प्रतिवादी सुधारमान राइलाई जम्मा वर्ष १५ कैद हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथी इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरी फैसला भएकोले शुरु भोजपुर जिल्ला अदालतको फैसलाको तपसिल नं. १ नं. कायम गरेको लगत काय नरहने हुंदा सो लगत कट्टा गर्नु भनी शुरु भोजपुर जिल्ला अदालतमा लेखी पठाई दिनु............................१
प्रतिवादी सुधारमान राईको को माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी सुधारमान राईलाई अ.वं. १८८ नं. बमोजिम वर्ष १५ कैदहुने ठहरेकोले सोही अनुसार निजबाट कानून बमोजिम कैद असुल उपर गर्नु भनी शुरु भोजपुर जिल्ला अदालतमा लेखी पठाइ दिनु ..............२
मिसिल नियमानुसार बझाई दिनु.............................................................३
उक्त रायमा म सहमत छु ।
न्या. टोप बहादुर सिंह
इति सम्वत् २०५४ साल भाद्र २४ गते रोज ३ शुभम्................... ।