निर्णय नं. ९२९३ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७१ ।७ ।१७ ।२
०६८-CR-११८९
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी : अनिल रूम्बाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला, देवीचौर गा.वि.स वडा नं. २ बस्ने चन्द्रमान तामाङ डिम्डोङ
०६९-CR-०२२१
पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, देवीचौर गा.वि.स वडा नं. २ बस्ने चन्द्रमान तामाङ डिम्डोङ
विरूद्ध
प्रत्यर्थी/वादी : अनिल रूम्बाको जाहेरीले नेपाल सरकार
§ कुटपिट गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझ भएको जोसुकैले सहजै अनुमान गर्न सक्नेमा सो स्वाभाविक मानवीय सुझबुझ चेतनालाई ख्याल नगरी रिसको आवेगमा कुटपिट गरेकालाई १३(३) वा ५ नं को कसुरको संज्ञा दिन नमिल्ने ।
(प्रकरण नं. ३३)
§ श्रीमतीले मट्टीतेल खन्याएको प्रत्यक्ष देखेको विषम परिस्थितिमा आगो लाग्न नदिने उपाय अपनाउनुपर्नेमा सहजै आगो लाग्न सक्ने किसिमबाट मृतक नजिक गई लाइटर बालिएको छ । सामान्य समझ भएका प्रतिवादीलाई त्यसरी लाइटर बाल्दा मानिस मर्न सक्छ भन्ने अनभिज्ञता थियो भनी कल्पना गर्न नसकिने ।
(प्रकरण नं. ३४)
§ कुनै नियत नै नभएको कर्पोरेसनहरूबाट भएको जनक्षतिमा त ज्यान कसुर ठहर गर्न सकिने गरी corporate manslaughter ले समेत मान्यता पाएको विश्व समुदायको फौजदारी कानून र स्वयम् यस अदालतबाट क्रमबद्धरूपमा ज्यान मुद्दाहरूमा भएका व्याख्याहरू र संविधानको धारा १०० मा उल्लिखित न्यायका मान्य सिद्धान्तबाट समेत वारदातलाई भवितव्यको संज्ञा दिन नसकिने ।
(प्रकरण नं. ३५)
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं भनेको आंशिक प्रतिरक्षाको जिकिर हो । यो प्रतिरक्षा प्रतिवादीले नउठाएसम्म अदालतले यसमा प्रवेश गर्न नमिल्ने हुँदा जिकिर प्रतिवादीबाट त्यसको प्रमाण सहित आउनुपर्ने ।
(प्रकरण नं. ३६)
वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल
प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुंगेल
अवलम्बित नजिर :
§ नेकाप २०४५ को पृष्ठ ११५६,
§ नेकाप २०६४ को पृष्ठ ४२६,
§ नेकाप २०६४ को पृष्ठ १३५१,
§ नेकाप २०६५ को पृष्ठ १२०८,
§ नेकाप २०६६ को पृष्ठ ९४०,
§ नेकाप २०६६ को पृष्ठ १७८८, पूर्ण इजलास,
§ नेकाप २०६७ को पृष्ठ २५४,
§ नेकाप २०६७ को पृष्ठ ६३०,
§ नेकाप २०६७ को पृष्ठ ११५९,
§ नेकाप २०६७ को पृष्ठ १८६३,
§ नेकाप २०६८ ।२०५, पूर्ण इजलास,
§ नेकाप २०६९ को पृष्ठ ८६५,
§ नेकाप २०७० को पृष्ठ ४७४ पूर्ण इजलास,
§ नेकाप २०७० को पृष्ठ ९३३
§ नेकाप २०७० को पृष्ठ ८१५,
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३, १४ नं
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री कृष्णप्रसाद बास्तोला
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री प्रकाशराम मिश्र
मा.न्या.श्री सुष्मलता माथेमा
फैसला
न्या.गोविन्दकुमार उपाध्याय: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२२ को फैसलाउपर वादी प्रतिवादी दुबैतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
म जाहेरवालाको भिनाजु चन्द्रमान तामाङ डिम्डोङ संधै जाँड रक्सी खाने दिदी सञ्चयमाया डिम्डोङलाई कुटपीट गर्ने गर्दथे । पटकपटक सम्झाई बुझाई गर्दासमेत अटेर गरी आएका थिए । मिति २०६७।३।८ गते राति टीकाभैरव बजार एरियाबाट रक्सी खाई आज श्रीमती मार्छु भनी घर गै दिदीलाई कुटपीट गरी पुरानो घरमा लगी छाडेछन् । २०६७।३।९ गते बिहान निज चन्द्रमानले फोन गरी तिम्रो दिदीलाई राति अलिअलि कुटपीट गरेको हल्का चोटपटक लागेको भागेर माथितिर गएको छ भनी भनेका र दिदीको घरमा जाँदा भिनाजु भागिसकेका थिए । खोज तलास गर्दा दिदीलाई पुरानो घरमा फेला पारी हेर्दा निजको मृत्यु भैसकेको रहेछ । मृतक दिदीको शरीरका विभिन्न भागमा घाउचोट नीलडाम लागेका छन् निज मृतक दिदीलाई भिनाजुले सुत्ने घरबाट कुट्दै पुरानो घरमा लगी कर्तव्य गरी मारी भागेका हुन् । निजले पहिलादेखि नै मार्ने कुरा गर्दै आएका थिए, कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको अनिल रूम्बाको २०६७।३।९ को जाहेरी दरखास्त ।
जिल्ला ललितपुर, देवीचौर गा.वि.स. वडा नं.२ बुरून्चुलीस्थित पूर्वमा मृतककै मकैबारी, पश्चिममा धनमाया तामाङको मकैबारी, उत्तरमा मृतककै मकैबारी, दक्षिणमा सार्कीमान तामाङको मकैबारी यति चार किल्लाभित्र उत्तर मोहडा भएको कच्ची दुई तले मृतकको घर रहेको, उक्त घरको उत्तरपट्टिको पिडीमा आधा शरीर र आधा शरीर आँगनमा मृतक सञ्चयमाया तामाङ डिम्डोङको लास रहेको, सो लासलाई छोपेको नीलो रङ्गको कपडा हटाई हेर्दा दक्षिण सिरानी, उत्तर गोडा भई उत्तानो अवस्थामा रहेको रातो कुर्थाको हरियो रातो धर्का भएको सुरूवाल, कपाल कालो, टाउको सामान्य दुबै आँखा बन्द, नाक कान सुख्खा, दाँतले जिब्रो टोकेको, च्युँडोमा २ से.मी. ब्यास भएको नीलडाम, घाँटी पेट छाती सामान्य खुम्चिएको, दुबै गोडा अर्ध खुम्चिएको, दाहिने गोडाको नलीमा आधा इन्च लम्बाई चौडाई र गहिराई भएको दुइवटा आलो घाउ, पिठ्युँमा कम्मरको बायाँ भागदेखि दाहिने कुमसम्म ४० से.मि.लामो नीलडाम रहेको भन्ने व्यहोराको २०६७।३।९ को १५ बजेको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
On the back portion of the body marbling of skin (+) penetrating wound २”x१”x२” size, on the upper part of (Rt) longer leg bruise १२”+७” size, on the (Rt) shoulder, skull, scalp intact…The cause of death is due to non penetrating traumatic injury of the heart with intra pericardial bleeding भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन रहेको ।
मिति २०६७ ।३ ।८ गते मैले चलाउने गरेको ट्रिपर चेक जाँच गराउन कम्पनीमा गई साँझ गाडी चढी टीका भैरवसम्म गई त्यहाँबाट हिँड्दै राति ८।३० तिर घर पुगें । घरमा पुग्दा श्रीमती सञ्चयमाया तामाङ डिम्डोङ रक्सी खाएर चुलो नजिक बसेकी थिइन् बच्चा रोइरहेको थियो । उक्त अवस्था देखी के गरेको भनी सोधपुछ गर्दा श्रीमती र मेरोबीचमा भनाभन भै झगडा भयो । सो समयमा मैंले रक्सी खाएको थिइन । झगडा भएपछि मैले लात हातले हान्दा भुइँमा ढलेकी थिइन् । ढलेर फेरि उठेर मलाई हान्न आएकी थिइन् । सो समयमा मैले चुलोमा रहेको दाउरा टिपेर श्रीमतीलाई हानी त्यसपछि हातले हान्दै घोक्र्याएर बाहिर पठाएँ । पछि बाहिर आएर खोजतलास गर्दा फेला परिनन् । बच्चा रोएकाले श्रीमतीलाई हान्दा भाँचिएको दाउरा चुलोमा राखी दूध तताएर बच्चालाई खुवाएँ । बिहान सालालाई फोन गरी तिम्रो दिदीलाई मैंले कुटपीट गरेको छु भागेर गएको छ खोज्न आउनु भनी बोलाई काममा जान भनी सातदोबाटो तर्फ गएँ । पछि १०:३० बजे श्रीमतीको मृत्यु भएको भन्ने थाहा पाएपछि भागेर काँकरभिट्टातर्फ गएँ । पछि त्यहाँबाट फर्केर काठमाडौं आई लगनखेलतर्फ आएका बखत २०६७ ।३ ।१५ प्रहरीले पक्राउ गरेका हुन् । निज श्रीमती मैले कुटपीट गरेको चोटपीडाको कारणबाट मरेकी हुन् । अन्य कसैले मारेको होइन । दाउराले हानेँको हुँ । अन्य हातहतियार प्रयोग गरेको होइन । दाउराले हान्दा र घोक्र्याएर बाहिर पछारी दिँदा खुट्टामा काटेको हो । पछाडि लागेको नीलडाम पनि दाउराले हान्दा लागेका हुन् । निजलाई म बस्ने घरमा कुटपीट गरेकोमा भागेर पुरानो घरमा गई मरेकी हुन् । नयाँ घरबाट पुरानो घरमा लगी मारेको होइन । पहिलादेखि नै श्रीमती भनेको नमान्ने र रक्सी खाइरहने नखाउ भन्दा झगडा हुने र सो हुँदा कुटपीट गर्ने गर्दथें भन्नेसमेत व्यहोराको ललितपुर देवीथान बुरून्चुली वतन भएका र वारदात मिति २०६७ ।३ ।९ बाट फरार भै जाउलाखेलबाट २०६७ ।३ ।१५ मा पक्राउ परेका प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मृतक सञ्चयमाया तामाङ डिम्डोङ मेरो दिदी नातापर्ने हुन् । मेरो र दिदीको घर वडा नं. मात्र फरक हो । घर नजिकै पर्छ । निज दिदीको भिनाजु चन्द्रमान तामाङ डिम्डोङसँग विवाह भएदेखि नै भिनाजुले रक्सी खाने कुटपीट गर्ने गर्दै आएका थिए । मिति २०६७ ।३ ।८ गते साँझ खाना खाई घर मै सुतिरहेको अवस्थामा राति अं.११ बजेतिर निज दिदी भिनाजुको घरमा हो हल्ला भएको सुनेको थिएँ । सँधै झगडा गर्ने भएकाले कुटपीट गरेको होलान् भन्ने सोची सुती भोलिपल्ट उठी निजको घरमा गई हेर्दा निज भिनाजु भागी सकेका थिए । दिदी नजिकै पुरानो घरको आँगनमा मरेको अवस्थामा थिइन् । निज दिदीको मृत्यु भिनाजुकै कुटपीटका कारणबाट भएको हो, घटनामा अन्य कसैको संलग्नता छैन । रातको समयमा हारगुहार गर्न नदिई दाउरा, हात मुड्की लात्ती आदिले हानी मारेका हुन् भन्ने व्यहोराको दिलिप रूम्बाको कागज ।
मिति २०६७।३।८ गते साँझ खाना खाई घर मै सुतिरहेको थिएँ । राति अं.११ बजेतिर निज चन्द्रमान तामाङ डीम्डोङको घरमा झगडा भएको सुनेको थिएँ । सँधै झगडा गर्ने भएकाले त्यहाँ नगई सुतेँ । भोलिपल्ट मिति २०६७।३।९ गते बिहान निज सञ्चयमाया तामाङ डिम्डोङको मृत्यु भएको भन्ने सुनी तत्कालै घटनास्थलमा गई हेर्दा निजको पुरानो घरमा लास देखेको हुँ । मृतकको शरीरका विभिन्न भागमा नीलडाम खुट्टामा घाउ थिए निज चन्द्रमान तामाङ रातको समय पारी छिमेकी सुतेको बखत दाउरा लट्ठी हातले हानी कर्तव्य गरी आफ्नै श्रीमतीलाई मारेका हुन् भन्ने व्यहोराको श्यामबहादुर मार्पा तामाङले गरेको कागज ।
मिति २०६७।३।८ गते साँझ खाना खाई घरमै सुतेँ । राति छिमेकी चन्द्रमान तामाङ डिम्डोङका लोग्ने स्वास्नीबीच झगडा भएकाले राति म गइन भोलिपल्ट २०६७।३।९ गते बिहान निज चन्द्रमान डिम्डोङको श्रीमती सञ्चयमाया तामाङ डिम्डोङको मृत्यु भएको भन्ने थाहा पाई तत्कालै घटनास्थलमा गई हेर्दा निजलाई मृतक अवस्थामा देखेको हुँ । निजको शरीरमा नीलडाम तथा घाउ थिए । यसमा निज प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङको आफ्नो श्रीमतीलाई कुटपीट गरी घाउचोट नीलडाम गराई दिई सोही चोट पीडाको कारण मृत्यु भएको हो अन्य कसैको संलग्नता छैन भन्ने व्यहोराको आराम लामाले गरेको कागज ।
मिति २०६७।३।८ गते दिन भर काम गरी साँझ खाना खाई घरमै सुतें । कामको थकाईले राति केही थाहा पाइन, भोलिपल्ट छिमेकी चन्द्रमान तामाङ डिम्डोङको श्रीमती मरेको भन्ने हल्ला सुनी घटनास्थलमा गई हेर्दा निज सञ्चयमाया तामाङ डिम्डोङलाई मृतक अवस्थामा देखेकी हुँ निजका शरीरको विभिन्न भागमा नीलडाम र खुट्टामा काटेको घाउहरू थिए । बुझ्दा निज चन्द्रमान तामाङ डिम्डोङ मिति २०६७।३।८ गते राति झगडा गरी श्रीमतीलाई कुटपीट गरेको र सोही चोटपीडाको कारण मृत्यु भएको भन्ने थाहा पाएकी हुँ । निज प्रतिवादीका श्रीमान श्रीमती पहिलादेखि नै झगडा गरिरहन्थे । सो घटनामा अन्य कसैको संलग्नता छैन । निज प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङको कुटपीटको चोटपीडाको कारण निजको मृत्यु भएको हो भन्ने एकै मिलान व्यहोराको अन्जना लामा, प्रकाशकुमार तामाङ र सुर्यमान तामाङले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङले मिति २०६७।३।८ गते राति अं.११ बजेको समयमा आफ्नै श्रीमती वर्ष २७ की सञ्चयमाया तामाङ डिम्डोङलाई दाउरा, हात, लात्तीले कुटपीट गरी मारेको भन्ने पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत कसुर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुनसमेतको मागदावी लिई पेस भएको अभियोगपत्र ।
मिति २०६७।३।८ गते बेलुका म घर आउँदा निज रक्सी खाई बसी रहेकी थिइन् । बच्चाको हेरविचार नगर्ने रात बिहान नभनी घर छोडी हिँड्ने गरेकाले केटाकेटीको हेरविचार पनि गर्दिनौ खाली रक्सी खाएर बस्छ्यौ भनी सम्झाउन खोज्दा भनाभन भई साधारण हातपात भई उसले चुलोको लागि प्रयोग गर्ने ढुङ्गाले हिर्काउन खोजकाले मैले पनि सोही चुलामा रहेको दाउराले हिर्काउँदा ढाडतिर कतै लागेको थियो । निजले हिर्काएकाले मलाई पनि सामान्य चोटपटक लागेको थियो । त्यति घटनापछि घरबाट बाहिर निस्की गइन् । ३ महिनाको सानो बच्चा भएकाले त्यसैलाई स्यहार सुसार गरी बसेँ । नजिकै रहेको हजुरआमा घरमा बसेकी र त्यही निजले रात बिताएकी हुन् । बेहोसी अवस्थामा खानापिना नगरी बसेकी र ३ दिनदेखि खाना नै नखाएकी सो थाहा पाई खोले खान दिन भनी सानो बच्चा निजको जिम्मा लगाई आफ्नै घरमा आई सुतेँ । भोलिपल्ट बिहानै म काममा निस्किएको र बिहान १०:३० बजेतिर भाइ दिदीहरूले खबर गरेपछि मात्र मृत्यु भएको थाहा पाएको हुँ । सामान्य कुटपीट हातपात हुँदा नै निज भागी गएकी हुन् । त्यति साह्रो चोट घाउ लागेको अन्जाम मलाई भएन । २ पटक दाउराले हिर्काएको थिएँ । भाग्न खोज्दा लडेकी थिइन् । त्यहीं लड्दा घाचोट लागेको होला । मेरो कुटपीटको कारणले निजले मृत्यु भएको भन्दा पनि निजले आफ्नो ज्यानप्रति बेवास्ता गरी जाँडरक्सी खाने समयमा खाना नखाने गर्दा कमजोरीको कारणले त्यस्तो घटना भएको हुनसक्छ । मैले अभियोगमा लेखिएबमोजिम ज्यान मार्नका लागि कुटपीट गरेको हैन । मेरो ज्यान मार्नेसम्मको विचार पनि छैन तर ज्यान मरेकाले कानूनबमोजिम होस् । सजाय हुँदा बालबच्चाको बिजोग हुने देखेको छु । अदालतबाट यसमा विचार होस् भनी प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङले सुरू अदालतमा गरेको बयान ।
तत्कालप्राप्त प्रमाणमा आधारका निज प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङ उल्लिखित कर्तव्य ज्यान मुद्दामा कसुरदार हैनन् भनी भन्न नसकिने अवस्था देखिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, अ.बं.११८ (२) नं. बमोजिम नियमानुसारको सिधा खाना खर्च पाउने गरी पुर्पक्षका लागि थुनामा राख्नु भन्ने सुरू अदालतको मिति २०६७।४।५ को थुनछेक आदेश ।
सुरू अदालतको आदेशानुसार बुझिएका प्रतिवादीका साक्षी सुदिप मार्पा, जाहेरवाला अनिल रूम्बा, बुझिएका मानिस श्यामबहादुर मार्पा तामाङ, आराम लामा, बुद्धिबहादुर तामाङले गरेको बकपत्र मिसिल सामेल रहेको ।
यसमा प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङ मौकामा र यस अदालतसमक्षसमेत आफूले श्रीमती सञ्चयमायालाई बच्चा रोएको विषयमा झगडा भै दाउराले पिठ्युँमा हानेँको भनी साबित रहेको र निजको साबितीलाई मृतकको पोष्टमार्टम रिपोर्ट र जाहेरवालाको सुरू जाहेरी र अदालतसमक्ष भएको बकपत्रले समेत पुष्टि गरेको देखिँदा निजले कर्तव्य गरी मारेको ठहर्छ । निजले श्रीमतीलाई मार्नुपर्नेसम्मको इबिलाग मनसाय रहे भएको रिस आवेगबाट सो वारदात घट्न गएको देखिँदा प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङलाई ज्यानसम्बन्धीको महलको १४ नं. समेतले १० वर्ष कैद सजाय हुने ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०६७।८।२० को फैसला ।
एकाघर परिवारमा रहेकी श्रीमतीलाई मैले मार्नुपर्नेसम्मको पूर्व इबिलाग नभएको र मादक पदार्थ सेवन गरी बालबच्चाको यथोचित हेरचाह नगर्ने बानी सुधार्नका लागि निजलाई सम्झाई बुझाई गर्दाको क्रममा भएको हातपात र सोबाट भएको वारदातबाट सिर्जित परिणाम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं द्वारा व्यवस्थित कानूनी दायराभित्र पर्न नसक्ने कुराको विश्लेषण गरिएको छैन । जाहेरवालाको किटानी जाहेरीमा समेत आफैँले वारदात देखेको भन्न नसकेको अवस्थामा आवेश प्रेरित हत्यामा सजाय हुनु अन्यायपूर्ण छ । बच्चाहरूको रक्षा एवम् पालन पोषणको लागि सम्झाउने प्रयास गर्दा भवितव्यबाट निजको मृत्यु भएको हो । विपक्षीको मृत्यु मैले पारेको चोट प्रहारको कारणले भएको नभै निजले लामो समयदेखि अत्यधिक मात्रामा रक्सी सेवन गरी आएको कारणले भएको हुन सक्ने प्रबल शङ्काको अवस्था रहेकोतर्फ फैसलाले मनन गर्न सकेको अवस्था छैन । वारदातको परिस्थिति र प्रकृतिलाई हेरी मेरोउपर ऐजन ऐनको ५ नं. को कसुरसम्म स्थापित हुन सक्ने अवस्था रहिरहेकोमा १४ नं.को कसुर ठहर गरेको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।८।२० को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।
प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङले आफ्नो श्रीमती सञ्चयमाया तामाङलाई सँधै जाड रक्सी खाई कुटपीट गरी आएको र शरीरको विभिन्न भागमा पटकपटक हानी प्रहार गरेको भन्ने जाहेरवालाको किटानी व्यहोरालाई प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, लास प्रकृति मुचुल्का एवम् पोष्टमार्टम रिपोर्टबाट समेत पुष्टि भइरहेको अवस्था छ । प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आफूले श्रीमतीलाई दाउरासमेतले कुटपीट गरेको कुरा स्वीकार गरेकै छन् । श्रीमतीलाई कुटपीट गरी उठ्न हिँड्न तथा हलचल गर्नसमेत नसक्ने अवस्थामा पुर्याई सोको कहीं कसैलाई खबर नगरी औषधि उपचारसमेत नगरी भोलिपल्ट बिहानै घरबाट निस्की भागी गएको र पछि प्रहरीद्वारा पक्राउ परेको अवस्थाबाट मनसाय दुषित रहेको स्पष्ट देखिन्छ । यसरी श्रीमतीलाई कुटपीट गरी कर्तव्य गरी भागी हिड्ने प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐजनको १४ नं. बमोजिम सजाय गरिएको हदसम्म फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग माग दावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा सुरू फैसलामा चित्त नबुझाई दुबै पक्षबाट पुनरावेदन नपरेको हुँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भनी मिति ०६७।५।२०।३ मा पुनरावेदन अदालत, पाटनबाट भएको आदेश ।
यसमा मृतक पोष्टमार्टम रिपोर्ट हेर्दा घोचिएको घाउ २”x१”x२” को, चिथोरिएको घाउको नील १.२”x७” को देखिएको र मृत्युको कारणमा “The cause of death is due to no penetrating traumatic injury of the heart and intra pericardial bleeding” भन्ने उल्लेख भएको देखिन्छ । मृतकको पेट र आन्द्रा नर्मल रहेको पाइन्छ । सोही अनुसार मृतकको शरीरमा नीलडाम रहेको भनी घटनास्थल मुचुल्काबाट देखिन्छ । कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको अवस्थामा मात्र भवितव्यको कसुर कायम हुन सक्नेमा झगडा हातपात भनाभन भई दाउराले पिठ्युँमा हानेँ भनी साबित रहेको र उक्त कुरालाई स्वतन्त्र प्रमाण मृतकको पोष्टमार्टम रिपोर्ट, घटनास्थल प्रकृति मुचुल्काले समर्थन गरी रहेको अवस्था हुँदा पुनरावेदक प्रतिवादीले जिकिर लिए जस्तो भवितव्यको अवस्था र वारदातको प्रकृति, पूर्व इबिलागसमेत नदेखिँदा नेपाल सरकारको तर्फबाट जिकिर लिए जस्तो ज्यानसम्बन्धीको महलको १३(३) को विद्यमानतासमेत देखिएन । तसर्थ सुरू ललितपुर जिल्ला अदालतले ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङलाई १० वर्ष कैद गर्ने गरी भएको मिति २०६७।८।२०।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२२।३ को फैसला ।
प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङ रक्सी खाई आफ्नी श्रीमती सञ्चयमाया तामाङलाई कोदालो, चक्कुसमेतले शरीरका विभिन्न भागमा प्रहार गरी कर्तव्य गरी मारेको भनी जाहेरी परेको, तत्काल रिस उठी प्रहार गरेको भनी प्रतिवादीले जिकिर लिन नसकेको, अदालतमा बयान गर्दासमेत आफूले प्रहार गरेको चोटले श्रीमतीको मृत्यु भएको कुरा स्वीकार गरेको, वारदातको रात चुलोमा रहेको दाउराले श्रीमतीलाई पटकपटक प्रहार गरेको स्वीकार गरेको समेत अवस्थामा प्रतिवादीलाई सुरू अभियोग माग दावीबमोजिम सजाय हुनुपर्नेमा ज्यानसम्बन्धीको महलको १४ नं लगाई कम सजाय गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा नेकाप २०६६ को पृष्ठ ७८८ को मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि भएकाले बदर गरी अभियोगदावीबमोजिम सजाय गरीपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
मृतकलाई बालबच्चा घरद्वारको हेरविचार गर्न र रक्सी नखानका लागि सम्झाई बुझाईको सन्दर्भमा आफूबाट मृतकलाई सामान्य प्रहार भएको सोबाट भएको चोटपटक मृतक मर्ने सम्मको छैन । वारदातको परिस्थिति र प्रकृतिलाई हेरी मेराउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं को कसुर स्थापित हुन सक्ने अवस्था रहेकोमा १४ नं. को कसुर ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । मृतकलाई मैले सामान्य भन्दा सामान्य चोटपीर पारेको अवस्था भए तापनि सो अन्य कुनै कारणले नभै मृतकले आमा हुनुको दायित्वको परवाह नगरेबाट मैंले सम्झाई बुझाई रक्षा शिक्षा गर्दा मृतकले उग्ररूपमा प्रतिवादस्वरूप मलाई ढुङ्ग्राले हिर्काउन खोज्दा मैंले सो बखतमा आफ्नो सामु भएको दाउराले हिर्काई प्रतिवाद गरेको हो । यसर्थ सुरू फैसला सदर गरेको पुनरावेदन अदालतसमेतको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङको पुनरावेदनपत्र ।
यसमा पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।७।२२ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङको समेत दोहोरो पुनरावेदन परेको देखिँदा अबं २०२ नं. को प्रयोजनार्थ उक्त पुनरावेदनको जानकारी एक अर्कालाई गराई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।१२।२६।४ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिलको अध्ययन भयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले यी प्रतिवादीको चोटको कारणले मृतकको मृत्यु भएको कुरामा विवाद छैन । प्रस्तुत वारदातको प्रकृति आवेशप्रेरित नभै मनसायप्रेरित नै हो । तत्काल उठेको रिसले एकपटकसम्म प्रहार गरेको अवस्थामा मात्र ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुने हो । यो वारदात प्रतिवादीले मृतक श्रीमतीलाई पटकपटक प्रहार गरेको र कोदालो, चक्कु र दाउरा जस्ता कुराहरू हतियारको रूपमा प्रयोग भएको अवस्था छ । यस्तो अवस्थामा ज्यानसम्बन्धीको महलको १३(३) नं. प्रयोग हुनुपर्नेमा १४ नं. प्रयोग गरिएको हुँदा सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई सुरू अभियोग दावीबमोजिम सजाय गरिपाउँ भनी तथा प्रतिवादी चन्द्रमान तामाङ डिम्डोङको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेलले प्रस्तुत वारदातको प्रकृतिबाट मनसाय प्रेरित तथा आवेश प्रेरित दुबै भन्न मिल्ने अवस्था छैन । वारदातमा हतियारको प्रयोग भएको छैन । सामान्य वादविवादमा रक्षाशिक्षा गर्ने उदेश्यले हातपात हुँदा प्रस्तुत वारदात हुन गएको यसलाई भवितव्यको सेरोफेरोमा हेर्नुपर्ने हुन्छ । यी प्रतिवादी तथा मृतकका बालबच्चाको भविष्य तथा शिक्षादीक्षालाई ध्यानमा राख्दा पनि सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । तसर्थ सो फैसला उल्टी गरी प्रतिवादीले अभियोगदावीबाट सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
यसमा पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के हो र वादी तथा प्रतिवादी दुबैतर्फबाट पर्न आएको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा अभियोगदावी परिवर्तन गरी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष सजाय गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला नमिलेकाले अभियोगदावीबमोजिम नै सजाय गरीपाउँ भन्ने वादीको र उक्त १४ नं. बमोजिम सजाय गरेको नमिलेकाले प्रस्तुत वारदातलाई भवितव्य ठहर गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर देखिन्छ ।
३. प्रतिवादीले मृतकलाई गरेको कुटपीट मृतकको मृत्युको कारण भए नभएको भन्ने सम्बन्धमा हेर्दा यी प्रतिवादीले गरेको मौकाको बयानमा राति ८:३० तिर घरमा पुग्दा श्रीमती सञ्चयमाया रक्सी खाएर चुलो नजिक बसेकी थिइन् बच्चा रोइ रहेको थियो । सो देखी के गरेको भनी सोध्दा श्रीमती र मेरोबीचमा भनाभन भै झगडा भयो । झगडा भएपछि मैले हातले लात्ताले हानेँ, लात्तीले हान्दा भुइँमा ढलेकी थिइन् । ढलेर फेरि उठेर मलाई हान्न आएकी थिइन् । मैले चुलोमा रहेको दाउरा टिपेर श्रीमतीलाई हानी त्यसपछि हातले हान्दै घोक्र्याएर बाहिर पठाएँ । दाउरा भाँचिएर टुक्राटुक्रा भएको थियो । बाहिर कराई रहेकी थिइन् एकछिनपछि कराउन छाडिन् । बाहिर आएर खोजतलास गर्दा फेला परिनन् । चुलोमा राखी दूध तताएर बच्चालाई खुवाएँ । बिहान सालालाई फोन गरी तिम्रो दिदीलाई मैंले कुटपीट गरेको छु भागेर गएको छ खोज्न आउनु भनी बोलाई काममा जान भनी सातदोबाटोतर्फ गएँ । पछि १०:३० बजे श्रीमतीको मृत्यु भएको भन्ने थाहा पाएपछि भागेर काँकरभिट्टातर्फ गएँ । पछि त्यहाँबाट फर्केर काठमाडौं आई लगनखेलतर्फ आएका बखत २०६७।३।१५ गते प्रहरीले पक्राउ गरेका हुन् । दाउरा कुटपीटकै चोटपीडाको कारणबाट मरेकी हुन् । दाउराले हानेँको हुँ । अन्य हातहतियार प्रयोग गरेको होइन । पछाडि लागेको नीलडाम पनि दाउराले हान्दा लागेका हो । निज भागेर पुरानो घरमा गई मरेकी हुन् नयाँ घरबाट पुरानो घरमा लगी मारेको होइन् । पहिलादेखि नै श्रीमती भनेको नमान्ने र रक्सी खाइरहने नखाऊ भन्दा झगडा हुने र सो हुँदा कुटपीट गर्ने गर्दथें भन्नेसमेत व्यहोरा उल्लेख भएको पाइन्छ । यी प्रतिवादीले अदालतमा गरेको बयानमा केटाकेटीको हेरविचार गर्दिनौ खाली रक्सी खाएर बस्छ्यौ भनी सम्झाउन खोज्दा भनाभन भई साधारण हातपात भई उसले चुलोको लागि प्रयोग गर्ने ढुङ्गाले हिर्काउने खोजकाले मैले पनि सोही चुलामा रहेको दाउराले हिर्काउँदा ढाडतिर कतै लागेको थियो । त्यति घटनापछि घरबाट बाहिर निस्की गइन् । नजिकै रहेको हजुरआमा घरमा बसेकी र त्यही निजले रात बिताएकी हुन् । बेहोसी अवस्थामा खानापिना नगरी बसेकी र ३ दिनदेखि खाना नै नखाएकी सो थाहा पाई खोले खान दिन भनी सानो बच्चा निजको जिम्मा लगाई आफ्नै घरमा आई सुतें । त्यति साह्रो चोट घाउ लागेको अन्जाम मलाई भएन । २ पटक दाउराले हिर्काएको थिएँ । भाग्न खोज्दा लडेकी थिइन् । त्यहीं लड्दा घाचोट लागेको होला । मेरो कुटपीटको कारणले निजले मृत्यु भएको भन्दा पनि निजले आफ्नो ज्यानप्रति बेवास्ता गरी जाँड रक्सी खाने समयमा खाना नखाने गर्दा कमजोरीको कारणले त्यस्तो घटना भएको हुन सक्छ । मेरै कुटपीट र निजको रक्सी खाने बानीबाट कमजोर भएको शरीरका कारणले नै निजको मृत्यु भएको जस्तो लाग्छ । मेरो ज्यान मार्नेसम्मको विचार पनि छैन तर ज्यान मरेकाले कानूनबमोजिम होस् । सजाय हुँदा बालबच्चाको बिजोग हुने देखेको छु । अदालतबाट यसमा विचार होस् भन्ने उल्लेख भै मौकाको बयान भन्दा केही फरक व्यहोरा रहेको पाइन्छ । तर मृतकसँग प्रतिवादीले वादविवाद गरेको र सो क्रममा मृतकलाई दाउराले दुई पटक हिर्काएकोमा यी प्रतिवादी अदालतमा समेत साबित रहेका र ज्यान मार्नेसम्मको विचार नभए पनि ज्यान मरेकाले कानूनबमोजिम होस् भन्ने जिकिर पनि राखेको देखिन्छ । यी प्रतिवादीले मृतकलाई खोले खान दिएको र सानो बच्चा मृतकको जिम्मा लगाएको कुरा अदालतको बयान बाहेक स्वयम् यी प्रतिवादीका साक्षीको बकपत्र वा अरू कुनै स्वतन्त्र प्रमाणबाट प्रमाणित हुन नसकेकाले मृतक भाग्दा लडेकी, खोले खान दिएको, तीन दिनदेखि खाना नखाई बसेकी आदि मौकाको बयान भन्दा फरक रहेको हदसम्मको यी प्रतिवादीको अदालतको बयानमा भर गर्न मिल्ने देखिएन । दबाब, प्रलोभन, कुटपीट, यातना आदिबाट प्रहरीले साबित गराएको भन्ने प्रमाण पुर्याई मौकाको बयानलाई प्रतिवादीले अन्यथा सिद्ध गर्न सकेको देखिँदैन ।
४. यस सन्दर्भमा कार्यकारणसम्बन्धी हेतु causation को सिद्धान्तबारे विद्वान् स्मिथ र होगानको क्रिमिनल ल को २०११ को तेह्रौं संस्करणको अध्याय ३ The elements of a crime: actus reus ३ को Causation खण्डमा उल्लेख भएको The ‘but for’ principle को ठूलो स्थान छ । यो भनेको …It must be proved that, but for D’s act or omission, the event would not have occurred. A simple approach is to eliminate D’s behavior and ask whether the result would have occurred anyway भन्ने हो ।
५. कुनै परिणामको contributing causes का सम्बन्धमा The act of D need not be the sole or main cause. Where D struck V who was suffering from meningitis and V died it was enough that the death would not have been caused by the meningitis at the time when it occurred but for the blows (and it was immaterial that the blows would not have caused death but for the meningitis-Dyson १९०८). The contributory negligence of the C in civil actions of negligence was an absolute defense at common law, but no such principle applied in the criminal law भनी विद्वान्ले मृतकको क्रियाकलाप निजको मृत्युको सहयोगी कारण भए पनि फौजदारी कसुरमा त्यस कुराले हेतु (कारण) को सिद्धान्तलाई स्थानापन्न गर्न नसक्ने भनी स्पष्ट उल्लेख गर्नुभएको देखिन्छ ।
६. प्रतिवादीको योगदान (contribution) more than negligible or not be so minute that it will be ignored under the ‘de minimis’ principle (Cato १९७६)… को अवस्था प्रमाणित हुन नसकेसम्म उदाहरणको लागि D and V are roped mountaineers. V had fallen over a १००० foot precipice and is dragging D slowly after him. D cuts the rope and V falls to his death five seconds before V and D would have fallen. Any acceleration of death is killing but factors that produce a very trivial acceleration may be ignored आदि अवस्थामा प्रतिवादी विरूद्ध हेतुको सिद्धान्त आकर्षित हुने देखिन्छ ।
७. कर्ताको कार्यको क्रमभङ्ग गर्ने खालको बिलकुल फरक Intervening acts or events घटना घटेमा if there is an intervening event (act or omission)…It may operate to break the chain of causation (although D may remain liable for an attempt in many cases). An intervening act by the original actor will not break the chain of causation…where the act is part of the same transaction but it is otherwise if it is part of a completely different transaction: for example, D having wounded V visits him in hospital and accidentally infects him with smallpox of which he dies कर्ता जिम्मेवार नहुने भनी विद्वान्ले व्यक्त गर्नुभएको देखिन्छ ।
८. तर If despite the intervening events D’s conduct remains a ‘substantial and operative cause’ of the result, D will remain responsible and…that actor may also be liable. Subject to this (and with some exceptional cases), D will not be liable if (i) a natural event which was not foreseeable, supervenes; or (ii) a third party’s intervening act is one of a free deliberate and informed nature (whether reasonably foreseeable or not this includes acts instinctively done for self-preservation and acts of an involuntary nature by the third party); or, if not free, it is not reasonably foreseeable; or (iii) a medical professional intervenes…and the treatment is so independent of D’s conduct and so potent as to preclude D’s liability; or (iv) the V’s subsequent act in response to D’s act is not within a range of responses that could be regarded as reasonable in the circumstances भन्ने धारणा व्यक्त गर्दै मुद्दाहरूका विशिष्टताले गर्दा ती अपवादहरू हुबहु लागू गर्न गाह्रो पर्ने कुरातर्फ पनि विद्वान्ले ध्यानाकर्षण गराउनुभएको देखिन्छ ।
९. Naturally occurring interventions का सम्बन्धमा विद्वान्ले The accepted principle is illustrated by the examples given by Perkins--if one man knocks down another and goes away leaving V not seriously hurt (no difference if seriously hurt-author) but unconscious on the floor of a building and V is killed by the falling building shaken down by an earthquake, although the deceased would not have there had he not been rendered unconscious…but the blow was not the cause of the earthquake, nor was the deceased left in a position of serious danger. On the other hand if the blow had been struck on the seashore, and the assailant had left his V in imminent peril of an incoming tide which drowned him before consciousness returned, it would be homicide.
In the second example, V’s being drowned was a ‘natural’ consequence of D’s action…foreseeable as likely to occur in the normal course of events (in Empress Car Lord Hoffmann used the term ‘extraordinary’ events). There is no break in the chain of causation…In contrast, in the first example V’s being killed…was an unforeseeable consequence…not the natural consequence of D’s act. This is sufficient to break the chain of causation. D may be liable for attempted murder etc.
१०. हेतुको माला chain of causation भङ्ग नहुने तेस्रो पक्षीय हस्तक्षेपको उदाहरणमा विद्वान्ले (a) Innocent agent को कार्य, (b) प्रतिवादीले Involuntariness को अवस्थामा गरेको कार्य जस्तो कि D so startles E that E involuntarily drops a weight which causes damage, (c) Justified and excused responses जस्तो कि D to resist lawful arrest, held a girl…as a shield and shot at armed policemen. The police instinctively fired back and killed the girl. D was held to have caused her death and to be guilty of manslaughter भन्ने Pagett (१९८३) को मुद्दामा भएको फैसलालाई लिन सकिन्छ । तर विद्वान्ले To kill an innocent to save oneself cannot be reasonable. There may be two unlawful causes--by D and by the police भन्ने धारणा राखेर Justified and excused responses को आधारको केही कमजोरी उजागर गर्नुभएको छ ।
११. के कस्ता कार्यले कर्ताको हेतुको माला भङ्ग गर्छन् भन्नेबारे विद्वान्ले voluntary actors break the causal connection भनी Latif (१९९६) को मुद्दामा प्रतिवादीले बेलायतमा आयात गर्ने मनसाय लिएको हेरोइन बेलायती भन्सार अधिकृतहरूले पाकिस्तानबाट बेलायत ल्याएका र त्यो लागु औषध प्रतिवादीले बुझेकोमा the fraudulent evasion of the prohibition had been effected by the ‘free, deliberate and informed act’ of the officers, exploiting the situation created by but not acting in concert with, D भन्दै प्रतिवादी निर्दोष रहेको भनी भएको फैसलाको उदाहरण दिनुभएको
देखिन्छ । तर यदि तेस्रो पक्षबाट non-intentional intervening acts उदाहरणको लागि a failure by employer to establish a safe system of work may remain a legal cause of death although the fatal accident would not have occurred but for the inadvertent, probably negligent act of an employee operating the system भएमा (R v ex Jones २०००) अनुसार प्रतिवादी जवाफदेही हुने देखिन्छ । तर यो सिद्धान्तलाई Empress cars-Environmental Agency... v Empress Car Co…१९९८ को मुद्दामा हाउस अफ लर्ड्स दोषी कम्पनीले आफ्नो फोहोर व्यवस्थापन सार्वजनिक ठाउँमा गर्दा राम्ररी सिलबन्दी नभएकाले एउटा बाहिरिया लण्ठुले त्यसलाई खोलेको र प्रदूषण भएकोमा उक्त व्यक्तिले सो कार्य गरेको भए पनि कम्पनी जिम्मेवार हुने भनी गरेको फैसला उल्लेख गर्दै उक्त फैसलाले appears to confuse culpability with causation भन्दै थपमा In suggesting that chain of causation would be broken by the trespasser’s act if it were an extraordinary one, but not merely by its being a free voluntary and informed act, his lordship seems to confuse the principles dealing with natural interventions and those with third party human interventions भनी आलोचना गर्दै सो फैसला मूलतः प्रदूषण रोकथामसम्बन्धी नीतिद्वारा प्रभावित भएको धारणा राख्नुभएको छ ।
१२. चिकित्सकीय हस्तक्षेपबारे विद्वान्ले Smith को मुद्दा जसमा in the course of a fight between soldiers of different regiments, D stabbed V twice. One of V’s comrades, trying to carry V to the medical officer, twice tripped and dropped him. The medical officer did not realize that one of the wounds had pierced a lung and caused hemorrhage. The treatment was ‘thoroughly bad and might well have affected his chances of recovery’. D’s conviction of murder was upheld ‘if at the time of death the original wound is still an operating cause and a substantial cause then the death can properly be said to be the result of the wound, albeit that some other cause of death is also operating. Only if the second cause is so overwhelming as to make the original wound merely part of the history can it be said that death does not flow from the wound’, for example, a nurse administered a deadly poison in mistake or, as in Bush (१८८०), the medical officer inadvertently infected V with scarlet fever भनी र Cheshire को मुद्दामा the bullet wounds had ceased to be a threat and there was evidence that V’s death was caused by the tracheotomy performed and negligently treated…so that it narrowed his windpipe and caused asphyxiation. The CA held that ‘the rare complication was a direct consequence of the A’s acts. ‘Even though negligence in the treatment was the immediate cause…the jury should not regard it as excluding the responsibility of the accused unless the negligent treatment was so independent…and in itself so potent…that they regard the contributions made by his (accused’s) acts as insignificant.’ उल्लेख गर्नुभएको देखिन्छ ।
१३. But Hart and Honore discussing Blaue, states that suppose that because the doctor wanted to play golf blood transfusion was refused. Then death would have been ‘caused by the doctor’s callousness not the original wound’. Surely death would have caused by both. The wound would certainly an operating and substantial cause भनी दुबै दोषी हुने देखिन्छ ।
१४. Mckechnie (१९९१) को मुद्दामा the injuries precluded medical treatment for the duodenal ulcer र Malcherek (१९८१) मा some days later, after carrying out five of the six tests for brainstem death, doctors disconnected the machine and half an hour later V was pronounced dead. It was argued that the switching off caused death. This was dismissed. The doctors were not on trial. It was enough that a continuing and substantial cause was the injury inflicted by D को उदाहरण दिनुभएको देखिन्छ ।
१५. V’s conduct breaking the chain of causation सम्बन्धी सामान्य सिद्धान्तमा सर्वप्रथम प्रतिवादी takes his V as found with all his V’s subsisting weaknesses that might exacerbate the injury resulting from D’s act, as where D pricks a haemophiliac with a pin, or slaps the head of a person with an egg-shell skull. In Blaue it was held that D must take his V as he finds him in the holistic sense taking the V’s mind as well as his body as found. यस मुद्दाकी मृतक Jehovah’s Witness भएकीले उनले धार्मिक आधारमा रगत लिन अस्वीकार गरेकी र रक्तश्रावबाट निजको मृत्यु भए पनि प्रतिवादी जिम्मेवार ठहरिए ।
१६. Subsequent act of the V का सम्बन्धमा A long line of cases has established that D will be held to have caused death or injury by so frightening that V jumped from a window or car or behaved in some other manner dangerous to himself. The test applied in these cases where V performs some positive act in response to D’s culpable conduct is whether V’s reaction was within the range of responses which might be expected from a V in his situation. If the reaction was ‘so daft as to make it (V’s own) voluntary act, the chain is broken-unless, presumably D knows him to be daft’-that is, likely to behave in an extraordinary fashion भनी विद्वान्ले उल्लेख गर्नुभएको महत्त्वपूर्ण छ ।
१७. People v Lewis को मुद्दामा V, having received a mortal gunshot wound from which he should have died within the hour, cut his throat and died within five minutes. D was held liable for ms on the ground that the original wound was an operating cause. V was actually dying; and after the throat was cut he continued to languish from both wounds and at the very instant of death the gunshot wound was contributing to the event. सो नरहेको अवस्था जस्तो कि V had blown his brains out and died, instantly, for then the bleeding from the original wound would not have been an operating cause को अवस्थामा पनि by applying a different principle-that the first act provided a reason for the second-was the cause of the second प्रतिवादीलाई कसुरदार कायम गर्न सकिने हुन्छ ।
१८. प्रतिवादीको कार्यपछि पीडितको क्रियाकलापका सम्बन्धमा common law rule बारे Walls (१८०२) को मुद्दा जसमा the former governor of Goree (२० years after the event) was convicted of the murder of a man by ordering the illegal infliction on him of a flogging of ८०० lashes, there was evidence that V aggravated his condition by drinking spirits. MacDonald LCB told the jury ‘…there is no apology for a man if he puts another in so dangerous and hazardous a situation by his treatment of him, that some degree of unskillfulness and mistaken treatment of himself may possibly accelerate the fatal catastrophe भन्ने सिद्धान्त अनुसार प्रतिवादी दोषी हुने देखिन्छ ।
१९. यसबारे विद्वान्ले थपमा if, however, as in Blaue V had been too young to make a decision and her parents had suceeded on religious grounds in preventing a transfusion being given…D would still have been liable. The parents might also have been guilty of homicide भनी उल्लेख गर्नुभएको देखिन्छ ।
२०. बेलायतको कानून आयोगले २००२ मा तयार गरेको कार्यपत्र Working Paper मा हेतुको सिद्धान्तका सम्बन्धमा दिएको सुझावले बेलायती कानून समेटेको देखिन्छ । त्यसमा १ Subject to ss (२) to (५), a D causes a result when-(a) he does an act which makes a substantial and operative contribution to its occurrence; or (b) he omits to do an act, which he is under a duty to do according to the law relating to the offence, and (that failure) makes a substantial and operative contribution to its occurrence. २(a) The finders of fact may conclude that D’s act or omission did not make a substantial and operative contribution to its occurrence of a result if compared with the voluntary intervention of another person, unless: (i) D is subject to a legal duty to guard against the very harm that the intervention or event causes; and (ii) the intervention was not so extraordinary as to be unforeseeable to a reasonable person in D’s position, and (iii) it would have been practicable for D to have taken steps to prevent the intervention. (b) The intervention of another person is not voluntary unless it is: (i) free; deliberate and informed; and (ii) performed or undertaken without any physical participation from D. ३(a) The finders of fact may conclude that D’s act or omission did not make a substantial contribution to the result if compared with an unforeseeable natural event; (b) A natural event is not unforeseeable unless (i) D did not foresee it; and (ii) it could not have been foreseen by any reasonable person in D’s position. ४. A person who procures, assists or encourages another to cause a result that is an element of an offence does not himself cause that result so as to be guilty of the offence as a principal except when (a) s २६.१(c) applies; or (b) the offence itself consists in the procuring, assisting or encouraging another to cause the result भनी उल्लेख भएको पाइन्छ ।
२१. तदनुसार हेर्दा मृतकको शव परीक्षण प्रतिवेदनमा On the back portion of the body marbling of skin (+) penetrating wound २”x१”x२” size, on the upper part of (Rt) longer leg bruise १२”+७” size, on the (Rt) shoulder, skull, scalp intact…The cause of death is due to non-penetrating traumatic injury of the heart with intrapericardial bleeding भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । सो प्रतिवेदनले मृत्युको कारण हृदयरोग वा हृदयाघात नभनी traumatic injury of the heart with intrapericardial bleeding भनेको र प्रतिवादीको प्रहरीको बयानमा यी प्रतिवादीले मृतकलाई कुटपीट गरेको क्रम वर्णन गर्दा लात्तीले हान्दा मृतक भुइँमा ढलेकी, मृतकलाई दाउराले हान्दा दाउरा भाँचिएर टुक्राटुक्रा भएको, त्यसपछि हातले हान्दै बाहिर घोक्र्याएको समेतको तीन घातक प्रहार गरेको भनी उल्लेख गरेको समेत देखिन्छ । प्रतिवादीबाट भएको कुटपीटपछि अरू कुनै कर्ता उदाहरणको लागि कुनै व्यक्ति आई मृतकलाई थप कुटपीट आदि गरेको मानवजन्य वा कुनै जनावर आदि आएर टोकेको काटेको जस्ता जीवजन्तु जन्य, भुइँचालो आदि आई घर भत्की मृतक मरेकी जस्ता प्राकृतिक कारणजन्य वा हृदयाघात आदि भै आफ्नै कारणले मरेकी जस्ता मृतकको शरीरजन्यसमेतका कुरा प्रतिवादीको कुटपीटको क्रमभङ्ग breaking the chain of causation हुने गरी घटेको र त्यो हस्तक्षेपयुक्त घटना intervening act or event मृतकको मृत्युको लागि आफैँमा पर्याप्त र स्वतन्त्र कारण रहेको कुरा मिसिलका प्रमाणबाट प्रमाणित हुन सकेको छैन । यी प्रतिवादीले मृतकलाई साङ्घातिक कुटपीट गरेको fault र परिणामस्वरूप भएको मृत्यु result बीचको connection स्थापित छ । दाउरा नै टुक्राटुक्रा हुने गरी पटकपटक हान्ने र लात्ती हातले समेत हान्दै घरबाट बाहिर घोक्र्याउने कार्यको परिणाम मृत्यु हुने कुरामा अलमल गर्नु नपर्ने हुँदा ती यावत् प्रमाणबाट यी प्रतिवादीकै कुटपीटको जरियाबाट मृतकको मृत्यु भएको प्रमाणित हुन्छ ।
२२. यहाँ अकार्य omission का सम्बन्धमा पनि विवेचना हुनु आवश्यक छ । यस सम्बन्धमा विद्वान् Smith and Hogan’s Criminal Law 13th edition 2011 पृष्ठ 68 मा …The courts have long accepted without debate that murder and manslaughter are capable of commission by omission…In Gibbins and Proctor (१९१८), a man and the woman with whom he was living were convicted of murder of the man’s child by withholding food. By living with the man and receiving money from him for food the woman had assumed a duty towards the child.
P 70-71 Parents and other relationships Parents owe a duty to their children to act to save them from harm. Presumably children above the age of responsibility owe a corresponding duty to their parents. As a matter of principle, it can be argued that the important issue is not one of blood or formal legal relationship, but of interdependence.
P 71: Voluntary undertakings: …The holder of a public office requiring him to care for others may also incur criminal liability by failing to do so.
This category of duty would surely extend to unrelated persons who voluntarily undertake responsibility…
P 72 It is submitted that people who jointly engage in a hazardous activity whether lawful…or unlawful…may also owe duties to one another…
Contractual duties A contract may found a duty under criminal law to persons, including those not party to the contract but likely to be injured by failure to perform it. The most obvious examples in this category are those who are employed as carers or healthcare professionals.
२३. सोही पुस्तकको पृष्ठ ७२ मा Creating a dangerous situation\supervening fault को सिद्धान्त Where D does an act which puts in peril V’s person, his property, his liberty or any other interest protected by the criminal law, and D is aware that he has created a peril, he has a duty to take reasonable steps to prevent the harm in question resulting. The act may be done without any kind of fault but, if D fails to intervene, it is undoubtedly his act which is the cause of the harm…
P 73: The principle derives from Miller (१९८३), where D, a squatter in V’s house, went on to sleep holding a lighted cigarette. He awoke to find the mattress smouldering. He did nothing to put it out but moved into an adjoining room and went on to sleep there. The house caught fire. D was convicted of arson…Lord Diplock said: I see no rational grounds for excluding from conduct capable of giving rise to criminal liability conduct which consists of failing to take measures that lie within one’s power to counteract a danger that one has oneself created, if at the time of such conduct one’s state of mind is such as constitutes a necessary ingredient of the offence को आधारमा यी प्रतिवादी कसुरदार देखिन्छन् ।
२४. प्रतिवादीको कार्य र अकार्य एउटै सूत्रमा बाँधिएको र ती दुबै वा तीमध्ये कुनै एक जुन कारणबाट भए पनि प्रतिवादीकै कारणबाट उत्पन्न परिणामलाई ‘continuous act’ theory ले समेट्न सक्ने देखिन्छ ।
…The CA has recently been prepared to adopt an extended interpretation of the Miller principle in the case of Evans. In that case D gave her sister, V, heroin to take, knowing that she was a recovering addict. V slipped into a coma. D became aware of that and chose not to call the emergency services but to sit with V. V died. The CA upheld her conviction for gross negligence manslaughter…The court focused on whether D owed a duty when her sister lapsed into a coma. In applying Miller, albeit in extended form, the court held that there was a duty…
P 75: …If D, sitting alone in the passenger seat of a car, were accidentally to knock off the handbrake, so that the car rolled away, he could be convicted of murder if he willfully omitted to put the brake on again, intending the car to run over and kill or cause grievous bodily harm to V. Similarly, D who locks the door of a room not knowing that V is inside and having learned that V is within, omits to unlock the door should be liable for false imprisonment.
२५. पुनः सोही पुस्तकको पृष्ठ १९७ मा Two categories of case need to be distinguished. First, there are the established categories in which the law imposes a duty on an individual to act. Thus, a husband who stands and watches his wife drown their children is guilty as an accessory to the homicide (Russell १९३३). Secondly, the law extends liability even wider: where D has a power or right to control the actions of P and he deliberately refrains from exercising it, his inactivity may be a positive encouragement to P to perform an illegal act, and, therefore, an aiding and abetting by D.
२६. बेलायती कानूनले उपर्युक्तबमोजिम प्रतिवादीको अकार्यको कारणबाट उत्पन्न वारदातको आपराधिक दायित्व प्रतिवादीले लिनुपर्ने भनी parents and other relations, voluntary undertakings, contractual duties (यो दायित्व करारका पक्षहरूमा मात्र सिमित न भै करारको पालन नभएको कारणबाट ज्यान गुमाएका आम जनसमुदायप्रति पनि रहेको पाइन्छ) र creating a dangerous situation/supervening fault भनी चार प्रकारको अवस्थालाई इङ्गित गर्दै प्रतिवादीको कार्यबाट ज्यान जाने खतरा रहेको अवस्थामा प्रतिवादीले नै त्यसलाई रोक्नुपर्ने duty to control/power to control हुँदा सो नगरी breach of duty गरेमा प्रतिवादी जिम्मेवार हुने देखिन्छ ।
२७. नेकाप २०४५ को पृष्ठ ११५६ मा प्रकाशित कर्तव्य ज्यान मुद्दामा मानसिक स्थिति विक्षिप्त भएको छोरा बिसेक हुन्छ कि भनी १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा ज्यान मर्न गएको वारदातमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. बमोजिम सजाय भै रायबाट आमा बाबु दुबैलाई १० वर्ष कैद हुने ठहर्याई सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको फैसलाले अकार्य omission बाट समेत ज्यानमाराको कसुरदार ठहराउनुपर्ने सिद्धान्तलाई नेपालमा पनि प्रतिपादन गरेको देखिन्छ ।
२८. प्रतिवादीको कुटपीटबाट मृतकको मृत्यु भएको न भै मृतक भाग्दा लडेकी, तीन दिनदेखि खाना नखाएकी, सधैँ अत्यधिक रक्सी खाने गरेकी र रातभरि एक्लै पुरानो घरमा गएकी त्यहाँ नगएकी भए निजको मृत्यु हुने थिएन भन्ने प्रतिवादीको जिकिर रहेको देखिन्छ । ती कुराहरू प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा निजले त्यसलाई प्रमाणित गर्न सकेको देखिँदैन । प्रतिवादीलाई मृतकले हिर्काएकी र निजलाई चोटपटक लागेको कुरा न निजको शारीरिक जाँचबाट स्पष्ट हुन्छ न निजको साक्षीको बकपत्रबाटै खुल्न आउँछ । तथापि ती कुरा मान्ने हो भने पनि कुटपीट वारदातको प्रारम्भिक वा प्रथम चरणपश्चात आफूले अशक्त बनाएको मृतकलाई प्रतिवादी पतिले अलपत्र छाडी प्रतिवादीबाट मृतकको बेवास्ता भएको चरणको लागि उक्त तर्क आकर्षित हुने देखिँदैन । यसमा मृतकले प्रतिवादीप्रतिको duty of care लाई पूरा गर्न नसकेको अकार्य omission पनि मृतकको मृत्युको कारण भएको स्पष्ट छ । माथि उल्लिखित सर्वथा अस्वीकृत कुटपीटको आपराधिक कार्य act तथा मृतक मृत्युको मुखमा पुग्दासमेत मृतकको उपचारको व्यवस्था नभएको अकार्य omission प्रतिवादीबाट भएको देखिन्छ । प्रस्तुत वारदातमा नेकाप २०४५ मा उल्लेख भए जस्तो मृतकको ज्यान जाने सम्बन्धमा प्रतिवादीको recklessness/knowledge/high probability आदि विद्यमान रहेको देखिन्छ ।
२९. सोही पुस्तकको पृष्ठ १३५ मा उल्लेख भएको constructive crime अर्थात्् Sometimes crimes may be satisfied by proof of the basic mens rea of a lesser offence than that charged – अर्थात् साङ्घातिक कुटपीट गर्ने नियत स्वतः ज्यान मार्ने नियतमा परिणत हुने नियत sometimes called ‘constructive’ crime भन्ने आधारमा हेर्दा यी प्रतिवादीले उन्मुक्ति पाउन सक्ने देखिँदैन ।
३०. यसमा यी प्रतिवादीले मृतकको ज्यान लिने प्रत्यक्ष नियत direct intent का
साथ यो वारदात नघटाएको माने पनि त्यसप्रकार कुट्दा मानिस मर्न सक्ने कुरा सामान्य समझको मानिसले पनि थाहा पाउने कुरा हो भनी यस अदालतले अनुमान गर्छ । त्यसप्रति लापरवाह भै अशक्त महिलालाई निर्घात कुट्नु, कुटेपछि हेरविचार नगर्नु जस्ता प्रतिवादीको कार्य unlawful and dangerous act manslaughter, gross negligence manslaughter, reckless manslaughter र यहाँसम्म कि oblique intent murder को समूहभित्रसमेत पर्ने देखिन्छ ।
३१. प्रस्तुत वारदात भवितव्य ठहर्नुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिरमा विचार गर्दा भवितव्यको सम्बन्धमा सर्वोच्च अदालतबाट भएका नेकाप २०६४ को पृष्ठ ४२६, ऐं २०६४ को पृष्ठ १३५१, ऐ. २०६५ को पृष्ठ १२०८, ऐं २०६६ को पृष्ठ ९४०, ऐ. २०६६ को पृष्ठ १७८८, पूर्ण इजलास, ऐ. २०६७ को पृष्ठ २५४, ऐ. २०६७ को पृष्ठ ६३०, ऐ. २०६७ को पृष्ठ ११५९, ऐ. २०६७ को पृष्ठ १८६३, ऐ. २०६८।२०५, पूर्ण इजलास, ऐ. २०६९ को पृष्ठ ८६५, ऐ. २०७० को पृष्ठ ४७४ पूर्ण इजलास, ऐ. २०७० को पृष्ठ ८१५, ऐ. २०७० को पृष्ठ ९३३ मा प्रकाशित फैसलाहरूमा प्रतिपादित सिद्धान्तहरूलाई यसरी हेर्न सकिन्छ । कर्तालाई आफ्नो कार्यबाट ज्यान मर्न सक्ने पूर्वज्ञान देखिनु नहुने, आकस्मिक कार्यको परिणामस्वरूप भवितव्य घट्ने, आवेशप्रेरित कार्य नहुनुपर्ने, कार्य प्रत्यक्षरूपमा आपत्तिजनक वा कसुरजन्य वा गैरकानूनी नभै निर्दोष र स्वाभाविक हुनुपर्ने र परिणाम अचिन्तित हुनुपर्ने, मनसाय mens rea र आपराधिक कार्य actus reus को विद्यमानता न भै आशयरहितको अप्रत्याशितरूपमा भएको कार्य भवितव्य ठहरिने देखिन्छ । मर्ने व्यक्ति लक्षित वा इच्छित हुनुहुँदैन र गरेको कार्यले मानिस मर्ला जस्तो देखिनुहुँदैन । आफूले गरेको कामले मृत्युको परिणाम निम्त्याउँदैन भन्नेतर्फ कर्ता सचेत भै सो कार्यतर्फ लक्षित रहेको अवस्थामा मृत्यु भएमा भवितव्य हुने कानूनी मनसाय देखिँदा यसलाई सांयोगिक घटनाको रूपमा लिइन्छ । सामान्य समझको मानिसले हेर्दा पनि कुनै कार्यबाट मानिस मर्न सक्नेसम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भै मानिस मर्न गएको स्थिति हुनुपर्ने हुन्छ । नदेखिएको वा नसोचिएको तर कानूनले निषेध गरेको कुनै परिणाम आएमा भवितव्य हुन जाने सकारात्मक परिणामको अपेक्षा गरी गरेको कार्य नकारात्मक परिणाममा परिणत भएको हुनुपर्छ ।
३२. चेतनशील मानिसमा आफूले गरेको कार्यबाट निस्कन सक्ने परिणामको ज्ञान अग्रिमरूपमा थाहा हुने हुँदा सो कार्यमा आपराधिक मनसाय अन्तर्निहित inherent mens rea रहेको हुन्छ । सामान्य समझका व्यक्तिमा आफूले गरेको कार्यको परिणाम थाहा पाउने क्षमता रहेको हुन्छ र त्यसकारण आपराधिक मनसाय अप्रत्यक्षरूपमा विद्यमान रहेको हुन्छ । मृतकसँग प्रतिवादी पहिलादेखि नै रूष्ट रहेको र वारदातको दिन मृतकले प्रउपर गरेकी दोषारोपण प्र को लागि असह्य भएको देखिँदा ज्यान मार्ने मनसायको सिर्जना भएको देखिने । प्र को कृत्य ज्यानसम्बन्धीको महलको १३ नं. को अरू ज्यान मर्ने गैह्र कुरा गरेकोबाट ज्यान मर्न
गएको । हाम्रो कानूनले मनसायपूर्वकको हत्याबारे स्पष्ट परिभाषा नगरे पनि मानिस मार्ने कार्य गर्न नहुने भनी निषेधात्मक दृष्टिकोण राखेको । कुटपीटको क्रमभङ्ग भएको अर्को घटनाको अभाव रहेकाले अरू कारणबाट मृत्यु भएको भन्न नमिल्ने ।
३३. मृतकलाई पिर्काले ५।७ मिनटसम्म कुटपीट गरेको भनी प्र ले मौकामा स्वीकार
गरेको । त्यसरी कुटपीट गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझ भएको जो सुकैले सहजै अनुमान गर्न सक्नेमा सो स्वाभाविक मानवीय सुझबुझ चेतनालाई ख्याल नगरी रिसको आवेगमा कुटपीट गरेकोलाई १३(३) वा ५ नं को कसुरको संज्ञा दिन नमिल्ने । टाउको जस्तो संवेदनशील स्थानमा दाउराले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने तथ्य सामान्य समझ भएको व्यक्तिले पनि जान्ने कुरा हो ।
३४. श्रीमतीले मट्टीतेल खन्याएको प्रत्यक्ष देखेको विषम परिस्थितिमा आगो लाग्न नदिने उपाय अपनाउनुपर्नेमा सहजै आगो लाग्न सक्ने किसिमबाट मृतक नजिक गै लाइटर बालिएको छ । सामान्य समझ भएका प्रतिवादीलाई त्यसरी लाइटर बाल्दा मानिस मर्न सक्छ भन्ने अनभिज्ञता थियो भनी कल्पना गर्न नसकिने ।
३५. उक्त प्रतिपादित सिद्धान्तको रोहमा ज्यान लिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम गर्दा भन्ने मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं र ६ नं ले माथि उल्लेख भएको an accidental killing committed in the course of an unlawful, non-felonious act constitutes involuntary manslaughter सम्म समेटेको मानेमा मात्र उक्त कानूनको सार्थकता र अन्तर्राष्ट्रिय फौजदारी न्यायसँग त्यसको मेल हुने देखिन्छ । त्यस सन्दर्भमा सामान्य एकाध थप्पड वा लात्तीको प्रहार वा धकेलाधकेलबाट हुने मृत्युमा अथवा भारतीय पेनल कोडको दफा २९९ को उदाहरण (सी) को A, by shooting at a fowl with intent to kill and steal it, kills B, who is behind a bush; A not knowing that he was there. Here, although A was doing an unlawful act, he was not guilty of culpable homicide, as he did not intend to kill B or to cause death by doing an act that he knew was likely to cause death जस्ता मृत्युमा अवस्थानुसार भवितव्य आकर्षित हुन सक्ने कुरालाई इन्कार गर्न नसकिएला । तर प्रतिवादीको साङ्घातिक कुटपीट गर्ने मनसाय रहेको कार्यबाट ज्यान मरेमा त्यो murder कै कसुर हुन्छ । प्रतिवादीको कार्य र त्यसपछिको माथि उल्लेख भएबमोजिमको अकार्य मृत्यु निम्त्याउने अवस्थाको थिएन भन्नेतर्फ निज सचेत रहेको, मृत्युको पूर्वज्ञानको आफूले वा सामान्य समझको मानिसले आँकलन गर्न सक्ने स्थिति थिएन, नदेखिएको नसोचिएको आकस्मिक थियो, सकारात्मक परिणामको अपेक्षा गरेको थियो, गैरकानूनी थिएन, निर्दोष थियो जस्ता तगारालाई यी प्रतिवादीले पार गर्न सक्ने स्थिति रहेको देखिँदैन । कुनै नियत नै नभएको कर्पोरेसनहरूबाट भएको जनक्षतिमा त ज्यान कसुर ठहर गर्न सकिने गरी corporate manslaughter ले समेत मान्यता पाएको विश्व समुदायको फौजदारी कानून र स्वयम् यस अदालतबाट क्रमबद्धरूपमा ज्यान मुद्दाहरूमा भएका व्याख्याहरू र संविधानको धारा १०० मा उल्लिखित न्यायका मान्य सिद्धान्तबाट समेत प्रस्तुत वारदातलाई भवितव्यको संज्ञा दिन सकिएन ।
३६. अब प्रस्तुत वारदात मुलुकी ऐन, अ.बं. १४ नं भित्रपर्ने भनी पुनरावेदक प्रतिवादीलाई सुरू र पुनरावेदन अदालतले उक्त नं. बमोजिम सजाय गरेको फैसला मिले नमिलेको के हो त्यसमा विचार गर्दा यस मुद्दामा प्रतिवादीले मौकामा र अदालतमा गरेको दुबै बयानमा प्रतिवादीलाई रिस उठेको भन्ने जिकिर नै
छैन । अझ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी उल्लेख भएअनुसारको प्रतिवादीले रिस थाम्न नसक्ने गरी कुन कुरा भएको वा कुन घटना घटेको थियो सो तथ्यगत कुरा मिसिलबाट स्पष्ट हुन सकेको छैन । १४ नं भनेको आंशिक प्रतिरक्षाको जिकिर हो । यो प्रतिरक्षा प्रतिवादीले नउठाएसम्म अदालतले यसमा प्रवेश गर्न मिल्दैन । यो जिकिर प्रतिवादीबाट आउनुपर्छ र त्यसपछि त्यसको प्रमाण पनि निजले नै गुजार्नुपर्छ । प्रमाण ऐन, २०३१ को दफा २७ को प्रावधानबाट यो कुरा प्रष्ट छ । वादी प्रतिवादीले जिकिर नलिएको कुरामा अदालतले प्रवेश गर्न नमिल्ने कुरा मुलुकी ऐन, अ.बं. १८४क नं. र १८५ नं. समेतबाट स्पष्ट छ । आफूलाई सुरू र पुनरावेदन अदालतले उक्त १४ नं अनुसार सजाय गरेकोमा चित्त नबुझाई प्रतिवादीले पुनरावेदन अदालत र सर्वोच्च अदालतमा गरेको पुनरावेदनपत्रहरूमा प्रस्तुत कसुर ज्यानसम्बन्धीको महलको १४ नं अन्तर्गतको कसुर होइन ऐं को ५ नं आकर्षित हुने कसुर भएकाले ती फैसलाहरू उल्टी गरिपाउँ भन्ने जिकिर लिएको देखिन्छ । प्र को एकमात्र साक्षी सुदिप मार्पाले गरेको बकपत्रमा पनि उक्त १४ नं को अवस्थाबारे कुनै कुरा उल्लेख हुन सकेको देखिँदैन । प्रतिवादीले मृतकलाई किन बच्चा रोएको भन्दा मृतकले भनाभन भै झगडा भयो सम्मको कुरा उल्लेख भए पनि के भनेर वादविवाद गरिन सो कुरालाई प्रतिवादीले एकिन गर्न सकेको देखिँदैन । अदालतहरूले के कति कारणले प्रतिवादीले १४ नं नै आकर्षित हुने हदको आत्मनियन्त्रण गुमाएको सो कुराको परीक्षण नै नगरी हठात् सो १४ नं लगाई सजाय गरेको फैसलाहरूमा कानूनको कार्यविधि पक्षलगायत सारभूत पक्षको समेत त्रुटि भएको देखिन्छ ।
३७. तसर्थ प्रस्तुत वारदातलाई मनसायप्रेरित ज्यानको वारदात कायम गर्नुपर्नेमा आवेशप्रेरित कायम गरी प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२२।३ को फैसला उल्लिखित आधार कारणबाट त्रुटिपूर्ण हुँदा उल्टी भै प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
३८. यसमा प्रस्तुत वारदात प्रतिवादीले पूर्व मनसाय राखी सुनियोजित तवरबाट गरे गराएको नदेखिएको, प्रतिवादी र मृतकबीचको सम्बन्ध सुमधुर नरहेको, त्यसै क्रममा प्रस्तुत कुटपीट भएको र कुटपीटपछि मृतक ठाउँमै नमरी त्यहाँबाट हिंडी पुरानो घरमा गएकी सो क्रममा प्रतिवादीले बेवास्ता गरेको कारणबाट समेत निजको मृत्यु भएको देखिएको अपराधको प्रकृति र प्रतिवादीको कसुरको मात्रा हेर्दा प्रस्तुत वारदात मुलुकी ऐन, अ.बं. १८८ नं.मा रहेको वा अपराधको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भित्र पर्ने देखिन्छ । त्यसमाथि प्रतिवादी र मृतकका बालबच्चा पनि रहेकाले यस अदालतबाट अ.बं. १८८ नं.का सम्बन्धमा प्रतिपादित नजिरहरूसमेतको आधारमा यी प्रतिवादीलाई १० वर्ष कैद सजाय गर्दा न्यायको उद्देश्य पूर्ति हुने देखिँदा प्रतिवादी पुनरावेदक चन्द्रमानलाई १० (दस) वर्षमात्र कैद हुने ठहर्छ । पुनरावेदक प्रतिवादीलाई प्रस्तुत फैसलाको जानकारी दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. बैद्यनाथ उपाध्याय
इति संवत् २०७१ साल कात्तिक १७ गते रोज २ शुभम् ।
इजलास अधिकृत/उपसचिव : विदुर काफ्ले