शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३१४ - फैसला मोही प्रमाणपत्र बदर

भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।५।१३।६

०७०-CI-००७७

 

मुद्दाः फैसला मोही प्रमाणपत्र बदर ।

 

पुनरावेदक/वादी : जिल्ला सप्तरी, गा.वि.. बसविट्टी वडा नं. १ घर भई हाल जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ५ बस्ने सामर्थप्रसाद सिंह

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपुरा वडा नं. ३ बस्ने मदनप्रसाद सिंहसमेत

 

०७०-CI-००७६

पुनरावेदक/वादी : जिल्ला सप्तरी, गा.वि.. बसविट्टी वडा नं. १ घर भई हाल जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ५ बस्ने सामर्थप्रसाद सिंह

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपुरा वडा नं. ३ बस्ने मदनप्रसाद सिंहसमेत

 

§  दावीको जग्गामा स्वामित्व नभएका नरहेका अनधिकृत व्यक्तिबाट भएको कबुलियतनामा र कुत बुझी प्रदान गरेको भरपाईको आधारमा मोही कायम गरी मोही प्रमाणपत्र प्रदान गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णयलाई कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान्अधिवक्ता सुरेशकुमार खड्का

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय सुभाष देवकोटा र अविनासकुमार प्याकुरेल

अवलम्बित नजिर :

§  सर्वोच्च अदालत, बुलेटिन वर्ष ५, अङ्क २४,पृष्ठ ७०

§  नेकाप २०२९, पृष्ठ २९९

सम्बद्ध कानून :

§  मुलुकी ऐन, .बं. १८४, १८५क

§  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५()

§  प्रमाण ऐन, २०३१ को दफा ३, ५४

 

सुरू तहमा निर्णय गर्ने :

            भू.. श्री कृष्णप्रसाद निरौला

पुनरावेदन तहमा फैसला गर्ने

            मा.न्या. श्री शम्भुबहादुर खड्का

            मा.न्या. श्री हरिकुमार पोखरेल                                                                                                       

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा १२().. बमोजिम निस्सा प्रदान भै पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍‌क्षिप्त तथ्य र ठहर यस प्रकार छ :

प्रतिवादीहरूमध्ये मदनप्रसाद सिंह, उपेन्द्रप्रसाद सिंह, दिनानाथ सिंह, वदनी देवी र बच्चु सिंहसमेत पाँच जनाबाट जिल्ला सप्तरी, गाउँ विकास समिति बसविट्टी वडा नं.१ कि.नं. ३७ को १-१२-६ जग्गामध्येबाट प्रतिवादीहरू रामदेव खंग खत्वेले ०--, कोशिला देवीले ०--, मुसहरू खत्वेले ०--, लवर खंग खत्वेले ०--, महादेव खंग खत्वे ले ०--, केशव खंग खत्वेले ०--६ गरी १--६ जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्येबाट हरदेव खंग खत्वेले ०--२ मिति २०४३।९।५ मा जग्गा कमाउने गरेको कबुलियत गराई लिनु दिनु गरेको र त्यस बखत कायम रहेको जग्गाधनी हिर सिंहको नाति रामउदगार सिंहको छोरा जगनारायण सिंह बाहेक अन्य उनाउ व्यक्तिबाट बाली बुझेको भरपाईसमेत मिति २०४३।९।५ को कबुलितयको आधारमा गराई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४() बमोजिम मोही प्रमाणपत्र पाउनका लागि सुरू कार्यालयमा विपक्षीहरू रामदेव खंग, कोशिला देवी, लवर खंग, केशव खंग, मुसहरू खंग, महादेव खंग र हरदेवसमेतले २०४४ साल आषाढ महिनामा कारवाही गरेका रहेछन् । उक्त कि.नं. ३७ को १-१२-६ मध्ये ०--० जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्ये ०--० जग्गा कमाउने व्यक्ति कोही देखिएको नभै बाँकी नै रहेको छ । उक्त जग्गाहरूको जग्गाधनी मदनप्रसाद सिंह, जगनारायण सिंह, दिनानाथ सिंह, बच्चु सिंह, वदनी देवीसमेतले जीवित रहेको हरि सिंहको नाति, रामउदगार सिंहको छोरा, जगनारायण सिंहको सट्टामा आफ्नो पिता जगनारायण सिंह, भैयालाल सिंहको नाति संतोषी सिंहको छोरा भनी मालपोत कार्यालय, सप्तरीबाट जग्गाधनी दर्ता प्रमाणपुर्जामा संशोधन गराई जग्गासमेत नामसारी गराई आफ्नो नाउँबाट जग्गाधनी प्रमाणपुर्जा बनाई लिए तापनि जगनारायण सिंहसमेतले सप्तरी जिल्ला अदालतमा मिति २०४७।४८ सालको जालसाज मुद्दा र सा.दे.नं. २०६६ को खिचोला मेटाई लिखत दर्ता बदर नामसारीसमेत मुद्दा दायर गरेकोमा उक्त दुबै मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिति २०४२।१२।१८।३ मा फैसला हुँदा प्रतिवादी मदन सिंह, उपेन्द्र सिंह, दिनानाथ सिंह, वदनी देवी, बच्चु सिंहसमेतका व्यक्तिले जालसाज गरेको र खिचोला गरेकोसमेत ठहर भई लिखतसमेत बदर हुने गरी फैसला भएको सो फैसलाउपर पुनरावेदन अदालत, राजविराजमा पुनरावेदन परी कारवाही हुँदाको अवस्थामा उल्लेख गरिएको दुबै मुद्दा मिति २०५२।९।१३।५ मा मिलापत्र हुँदा बसविट्टी वडा नं. १ कि.नं. ३२ क को ३--, कि.नं. ३५ को ०-१४-, कि.नं. ३७ को १-१२-, कि-नं.११ को ०--१६, कि.नं. ५६ को ०--१६, . वडा नं. २ कि.नं. १४० को ०--, . कि.नं. ११ को ०--१९ समेतको जग्गा जगनारायण सिंहको नाउँमा कायम रहने र बसविट्टी वडा नं. कि.नं. ३९ को ०-१२-, कि.नं. ४६ को ०-१७-, . वडा नं. २ कि.नं. ४० को ०--१२, कि.नं. १२० को ०--४ कि.नं. १६२ को ०-११-, कि.नं. १५६ को ०-१९-१३ समेत गरी ३--½ जग्गा प्रतिवादी मदन सिंह, उपेन्द्र, दिनानाथ, वदनी, बच्चु तथा मुसहरू यादवसमेतले पाउने गरी मिलापत्र भएको सो मिलापत्रबाट पाएको जग्गाबाहेक अन्य जग्गाको मिति २०४३।९।५ को कबुलियत गरी रामदेव खंगसमेतलाई जग्गा कमाउन दिने मदन सिंहसमेतका पाँचजना व्यक्ति जग्गाधनी हुन सकेनन् । यसरी जग्गाधनी कायम हुन र रहन नसकेको व्यक्तिहरूबाट रामदेव खंग खत्वेसमेतका ७ जनाले गाउँ विकास समिति बसविट्टी वडा नं. ३७ को १-१२-६ जग्गा र कि.नं.३५ को ०-१४-२ जग्गा कमाउनका लागि गराई लिएको मिति २०४३।९।५ को कबुलियतको कानूनी मान्यता नहुने भए पनि सुरू कार्यालयबाट मिति २०५९।९।५।६ मा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरी भएको फैसलालाई कानूनसङ्गत फैसला भनी नामकरण गर्न मिल्दैन । मदन सिंहसमेतले मिति २०४३।९।५ मा गरी दिएको कबुलियतको समयदेखि मिति २०५२।९।१३ को कि.नं.३५, ३७ को सम्बन्धमा गरेको कबुलियतले कानूनी मान्यता नपाउनुको साथै मिति २०५२।९।१३ पश्चात मिति २०५२।१०।२४।४ मा मदन सिंह समेतले म सामर्थ सिंह र किरणदेवी सिंहलाई मालपोत कार्यालय, ललितपुरबाट र.नं. ४४५० र ४४४९ को पारित लिखतबाट हक टुटाई लिई दिई सकेको हुँदा मदन सिंहसमेतको हक बसविट्टी वडा नं.१ कि.नं. ३५, ३७ को जग्गासमेतमा हक नरहेकाले हकै नभएको व्यक्तिहरूले गरी दिएको मिति २०४३।९।५ को कबुलियतसमेतको आधारमा मिति २०५९।९।५ मा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरी भएको निर्णय कानूनसङ्गत नभएको साथै म जग्गाधनी सामर्थ सिंहलाई बुझ्दै नबुझी मोही कायम गरी मोही प्रमाणपत्र दिने गरी भएको मिति २०५९।९।५ को सुरू कार्यालयको फैसला कानूनसङ्गत नहुँदा बदर गरी सो फैसलाको आधारमा विपक्षीहरू रामदेव खंग खत्वेसमेतले पाएको मोही प्रमाणपत्र बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी सामर्थ सिंहको उल्लिखत कि.नं. ३५ र ३७ को जग्गा सम्बन्धमा लिएको अलगअलग फिराद दावी ।

मदन सिंहसमेतको संयुक्त नाउँ दर्ताको जग्गाको मालपोत कार्यालय, ललितपुरबाट नं. ४४४९ र ४४५० को राजीनामा लिखतबाट वादीको हक हुन आएको भन्ने हक अधिकारको जिकिर वादीले लिएको भए पनि उक्त जग्गाहरू आफ्नो नाउँमा दा.खा. दर्ता गराई मोठ कायम नगराएको उक्त जग्गाहरू यसै मुद्दाका प्रतिवादीहरू मदन सिंह, उपेन्द्र, दिनानाथ, वदनी, बच्चु सिंहसमेतको नाउँमा यथावत कायमै रहेको देखिएको र विपक्षी वादीहरूले हालसम्म पनि दर्ता स्रेस्ता कायम गराउन नसकेको र विपक्षी वादीलाई रजिस्ट्रेसन पास गरी दिएको भनेको साविकदेखि हालसम्म जग्गाधनी मदनप्रसाद सिंहसमेतले २०४३ सालमा कबुलियत गरी लिई दिई सोको एकप्रति गाउँ पञ्चायतमा कानूनबमोजिम दाखिला गरी २०४४ सालमा सुरू कार्यालयमा मोही प्रमाणपत्र पाउँ भन्ने मुद्दा दायर हुँदा हामी प्रतिवादीहरूले मोही प्रमाणपत्र पाउने ठहरी सुरू कार्यालयबाट सुरू फैसला भएको र हामी मोहीहरूले २०४४ सालदेखि उक्त जग्गा जोत आवाद गरी साल सालको कुतसमेत जग्गाधनीलाई र सुरू कार्यालयसमेतमा धरौटी राख्दै आफ्नो कर्तव्य पालन गर्दै आएको स्थितिमा मालपोत कार्यालय, सप्तरीमा आफ्नो नाउँमा मोठ कायम नगराएको उनाउ व्यक्तिको फिराद दावीबमोजम सुरू कार्यालयबाट फैसला बदर हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामदेव खंग, कोशिला देवी, केशव खंग, महादेव खंग, मुसहरू खंग, लवर खंगसमेतको प्रतिउत्तर जिकिर रहेको ।

विपक्षी वादीले उक्त जग्गामा निजको हक मिति २०५२।१०।८ को मालपोत कार्यालय, ललितपुरबाट हामी प्र. हरूसँग र नं. ४४४९ र ४४५० को रजिस्ट्रेसन लिखत पास गराई हक सिर्जना भएको मुख्य आधार लिएबाट मिति २०५२।१०।८ को रजिस्ट्रेसन पारित हुनुभन्दा अगाडि हामी प्रतिवादीहरूमै उक्त जग्गाको हक रही मिति २०५२।१०।८ देखि मात्र निज वादीमा हक हस्तान्तरण भएको तथा म जग्गाधनीले मिति २०४३ सालमै उक्त जग्गाको कबुलियत गरी प्रतिवादी मोहीहरूलाई दिएको कारणले सो प्रमाण कागजको समुचित मूल्याङ्कन गरी भएको इन्साफ बदर हुनुपर्ने होइन, वादीको हचुवा फिराद माग दावी खारेजयोग्य छ भन्नेसमेत व्यहोराको प्र. मदनप्रसाद सिंह, उपेन्द्र सिंह, दिनानाथ, वदनीदेवी सिंह, बच्चु सिंहसमेतको प्रतिउत्तर जिकिर ।

मोही कायम भएका कित्ता जग्गाहरूको मालपोत कार्यालय, सप्तरीबाट मोठ स्रेस्ता मगाउँदा वादीको नाउँमा मोठ स्रेस्ता कायम नभई मदनप्रसाद सिंह, उपेन्द्र सिंह, दिनानाथ सिंह, बच्चु सिंह, वदनीदेवी सिंहसमेतका नाउँमा कायम भएको मोठ स्रेस्ता प्राप्त हुन आएको देखिएको र मोहीका नाउँमा कुत कबुलियतसमेत निज मदनप्रसाद सिंहसमेतले मिति २०४३।९।५ मा गरिदिएको समेतका आधारमा यस कार्यालयबाट मिति २०५९।९।५ मा भएको फैसलालाई अन्यथा भन्न नमिल्ने हुँदा यथावतै कायम रहने ठहर्छ भन्नेसमेत व्यहोराको भूमिसुधार कार्यालय, सप्तरीको मिति २०६१।१०।२८ को छुट्टाछुट्टै निर्णय ।

साविक जग्गाधनी जगनारायण सिंह नाउँ दर्तामा रहेको जिल्ला सप्तरी, गाउँ विकास समिति बसविट्टी वडा नं. १ कि.नं. ३७ को १-१२-६ जग्गामा विपक्षीमध्ये मदन सिंह, उपेन्द्र सिंह, बच्चु सिंह, दिनानाथ सिंह, वदनीदेवीसमेतले हरि सिंहको नाति, राम उदगार सिंहको छोरा जगनारायण सिंहको सट्टा भैयालालको नाति, सन्तोषीको छोरा, जगनारायणलाई आफ्नो बाबु भनी मालपोत कार्यालय, सप्तरीबाट जग्गाधनी स्रेस्तामा नाम संशोधन गरी जग्गा आफ्नो नाममा नामसारी गराई जग्गाधनी प्रमाणपुर्जा बनाई उक्त कि.नं. ३७ को १-१२-६ जग्गामध्येबाट

--० मुसहरू खंग खत्वे, --० रामदेव खंग खत्वे ०--० कोशिला देवी, --० लबर खंग खत्वे, --० महादेव खंग खत्वे ०--६ केशव खंगले समेत गरी १--६ जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्येबाट ०--२ जग्गा हरदेव खंग खत्वेलाई २०४३।९।५ गतेमा कबुलियत गरिदिनु भएको र कुत बुझेको भरपाईसमेत दिएको रहेछ । उक्त जग्गा मदन सिंहसमेतको नभई मेरो जग्गा हो भनी जगनारायण सिंहले मदन सिंहसमेतउपर सप्तरी जिल्ला अदालतमा जालसाज मुद्दा तथा मिति २०४७।०४८ को सा.दे.नं. २०६६ को खिचोला मेटाई लिखत दर्ता बदर नामसारी मुद्दासमेत दायर गरेकोमा उक्त दुबै मुद्दा सप्तरी जिल्ला अदालतबाट मिति २०४८।१२।१८।३ मा जालसाज र खिचोला ठहर भई लिखतसमेत बदर हुने गरी फैसला भै सो फैसलाउपर विपक्षी मदन सिंहसमेतले पुनरावेदन गरी सोही अवस्थामा मिति २०५२।९।१३।५ र २०५२।१०।२४ मा मिलापत्र भयो । उक्त कि.नं. ३७ र कि.नं. ३५ को जग्गा पूर्व जग्गाधनी जगनारायण सिंहकै नाउँमा दर्ता कायम रहने भनी मिलापत्र भएकोमा सोही जग्गा म पुनरावेदकले मिति २०५२।१०।८ गतेमा ललितपुर मालपोत कार्यालयबाट लिखत पारित गरी लिएको हुँ । यसरी मालपोत कार्यालयबाट २०५२ सालमा मेरा नाउँमा दर्ता हुन आएको माथि उल्लिखित कि.नं. ३५ र ३७ को जग्गाको जग्गाधनी प्रमाणपुर्जा मोठसमेत मेरो नाउँमा कायम रही उक्त जग्गा हालसम्म मैले नै जोती भोगी आएको छु । साविक जग्गाधनी जगनारायण सिंहले कबुलियत नगरी जालसाजी अवस्थामा प्रतिवादी मदन सिंहसमेतले प्रतिवादी रामदेव, कोशिला देवी, लवर खंग, महादेव खंग, केश्वर खंग, मुसहरू खंग र हरदेव खंग खत्वेलाई गरी दिएको कबुलियत पुनरावेदन अदालतको मिति २०५२।९।१३ र मिति २०५२।१०।२४ को मिलापत्रबमोजिम कानूनी अस्तित्व समाप्त भइसकेको त्यस्तो शून्य अवस्थाको कबुलियतलाई सिरान हाली मोही  प्रमाणपत्र दिने गरी गरिएको फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको सामर्थप्रसाद सिंहले पुनरावेदन अदालत, राजविराजमा दिएको मिति २०६३।४।१८ र २०६३।६।६ को छुट्टाछुट्टै पुनरावेदनपत्र ।

विवादित कि.नं. ३५ र ३७ को जग्गा प्रतिवादी मदनप्रसाद सिंहसमेतको नाममा दर्ता रहेको र जग्गा दर्तावाला मदनप्रसाद सिंहसमेतबाट उक्त जग्गा पुनरावेदक वादीले मिति २०५२।१०।८ मा राजीनामा गराई लिएको देखिएको तथा साविक जग्गाधनीले गरी दिएको कबुलियतको आधारमा प्रतिवादीहरू रामदेव खंग खत्वे, कोशिलादेवी, मुसहरू खंग खत्वे, लवर खंग खत्वे, महादेव खंग खत्वे, केशव खंग खत्वे, हरदेव खंग खत्वेसमेतका व्यक्ति मोही कायम हुने गरी भूमिसुधार कार्यालय, सप्तरीबाट मिति २०५९।९।५ मा निर्णय भै सो निर्णयको आधारमा प्रतिवादीहरूको मोही हक स्थापित भइरहेकाले राजीनामाको लिखत भन्दा पछि जग्गाधनी कायम भएको वादीलाई उक्त मिति २०५९।९।५ को भूमिसुधार कार्यालयको निर्णय बदर गरी माग्न आउने हकाधिकार नै नरहेकाले सो निर्णय बदर हुन नसक्ने ठहर्याई भएको भूमिसुधार कार्यालय, सप्तरीको मिति २०६१।१०।२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।३।१४ को फैसला ।

दावीको कि.नं. ३५ र ३७ को जग्गा साविकदेखि नै जगनारायण सिंह नाउँ दर्ताको जग्गा रहेकोमा विवाद नभएको उक्त जग्गालाई भैयालाल सिंहको नाति, सन्तोषी सिंहको छोरा, जगनारायण देखाई जालसाज गरी बाबु बाजेको नाम संशोधन गराई मदनप्रसाद सिंहसमेतका नाउँमा नामसारी गराएको उपर सप्तरी जिल्ला अदालतमा परेको जालसाज तथा खिचोला लिखत बदर मुद्दामा सप्तरी जिल्ला अदालतबाट मिति २०४८।१२।१८ मा फैसला भएको र सोहीबमोजिम पुनरावेदन अदालतबाट पूर्वको असली जगनारायण सिंहकै नाउँमा कायम रहने गरी मिति २०५२।९।१३ मा मिलापत्र भएको भन्नेमा विवाद नरहेपछि जालसाज गरी केही समयको लागि उनाउ व्यक्तिको नाउँको जग्गा आफ्नो नाउँमा ल्याएको अवधिमा गरी दिएको कबुलियत कानूनी अस्तित्व राख्न सक्तैन । मिति २०४३।९।५ को कबुलियतको कानूनी अस्तित्व छ भनी मान्नलाई उक्त जग्गाको वास्तविक धनी मदनप्रसाद सिंह नै अदालतका फैसलाबाट कायम रहन सक्नुपर्दछ । त्यस्तोमा अदालतको अन्तिम भएका फैसला तथा मिलापत्रसमेतका प्रतिकूलका कबुलियतले कानूनी अस्तित्व प्राप्त गर्दछ भनी गरिएको फैसला न्याय कानून तथा सिद्धान्तसमेतको प्रतिकूल भै फैसलामा प्रमाण ग्रहण तथा प्रमाण मूल्याङ्कनसम्बन्धी गम्भीर त्रुटि भै प्रमाण ऐनको दफा ५२, ५४ तथा अ.बं. १८४, १८५() को गम्भीर व्याख्यात्मक त्रुटि हुनुको अतिरिक्त यस अदालतबाट नेकाप २०२९, नि.नं., ६९७, पृष्ठ २९९ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत भै न्याय प्रशासन ऐन, २०४८ को दफा १२()() () को अवस्था विद्यमान भएकाले पुनरावेदन अदालत, राजविराजको फैसला बदर गरी पाउन मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा दायर हुन आएको निवेदनपत्र ।

यसमा दावीको कि.नं. ३५ र ३७ को जग्गा साविकदेखि नै जगनारायण सिंहको नाममा दर्ता कायम रहेकोमा बाबु बाजेको नामसमेत संशोधन गराई भैयालाल सिंहको नाति, सन्तोषी सिंहको छोरा जगनारायण देखाई मदनप्रसाद सिंहका नाममा नामसारी गराएउपर सप्तरी जिल्ला अदालतमा जालसाजी र लिखत बदर मुद्दा दायर भई सप्तरी जिल्ला अदालतबाट जालसाज तथा लिखतसमेत बदर हुने ठहरी मिति २०४८।१२।१८ मा फैसला भएको र सोहीबमोजिम वास्तविक जग्गाधनी जगनारायण सिंहका नाममा उक्त जग्गा कायम हुने गरी पुनरावेदन अदालत, राजविराजबाट मिति २०५२।९।१३ मा मिलापत्र भएको देखिएबाट एकाको हकको जग्गा उनाउ व्यक्तिको नाममा गई विवाद परिरहेको अवस्थामा कानूनविपरीतको कबुलियतका आधारमा कायम भएको मोही कानूनबमोजिमको मोही हुन नसक्नेतर्फको प्रमाणको मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।३।१४ को फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५() को त्रुटि हुनुको अतिरिक्त सर्वोच्च अदालत बुलेटिन, वर्ष ५, अङ्क २४, पृष्ठ ७० मा प्रतिपादित सिद्धान्तविपरीत हुनुको साथै प्रमाण ऐन, २०३१ को दफा ३, ५४, .बं. १८४, १८५क नं. को प्रमाण मूल्याङ्कनको गम्भीर त्रुटि गरी भएको देखिँदा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत व्यहोराको यस अदालतबाट मिति २०७०।३।१० मा भएको आदेश ।

वादी सामर्थ सिंहको जग्गाको स्रोत प्रतिवादी मदनप्रसाद सिंहसमेत रहेको र निजले मिति २०५२।१०।८ मा र.नं.४४४९ को रजिस्ट्रेसन लिखत प्रतिवादी मदनसिंहसमेतबाट गराई लिएको अवस्थामा एकै जग्गाको स्वामित्व र जोतको विषयमा फरकफरक मापदण्ड हुन सक्तैन । निजको स्वामित्वको स्रोत वैध रहुञ्जेल हाम्रो जोत र मोही हकको स्रोतको वैधतामा प्रश्न उठाउन मिल्दैन । प्रतिवादी मदनसिंहसमेतले विपक्षी निवेदकलाई गरिदिएको मिति २०५२।१०।८ को र.नं. ४४४९ र ४४५० को रजिस्ट्रेसनउपर जगनारायण सिंहले मदन सिंहसमेत र निवेदक सामर्थ सिंहसमेतलाई प्रतिवादी कायम गरी दिएको लिखत दर्ता बदर मुद्दामा वादी जगनारायण सिंहले वादी दावी छोडी प्रतिवादी मदन सिंहसमेत र निवेदक सामर्थ सिंहले प्रतिउत्तर जिकिर छाडी उक्त रजिस्ट्रेसन सदर राखी मिति २०५२।१०।२४ मा मिलापत्र गरेको र सोही आधारबाट उक्त जग्गा सामर्थ सिंहमा हक हस्तान्तरण भएको कारणले निवेदक सामर्थ सिंहले प्रतिवादी मदन सिंहसमेतको कबुलियतलाई अन्यथा भन्न मिल्ले हैन । कानूनी आधारमा स्थापित भएको मोहीको हक रीतपूर्वकको कबुलियत वातिल  नभएसम्म मोही हकउपर प्रश्न गर्न मिल्दैन । कबुलियत बदर गराउने विषयमा दावीसमेत नराखेबाट वैध कबुलियत बदर हुन नसक्ने भै सो कबुलियतबाट प्राप्त मोही हकलाई अन्यथा भन्न मिल्दैन भन्नेसमेत व्यहोराको विपक्षीहरूको छुट्टाछुट्टै लिखित प्रतिवाद ।

नियमबमोजिम आजको दैनिक मुद्दा पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्अधिवक्ता सुरेशकुमार खड्काले वास्तविक जग्गाधनी सन्तोषीको छोरा जगनारायण नभै रामउदगारको छोरा जगनारायण भएको, प्रतिवादीहरूले अनुसूची नभरेको, मिति २०५२।९।१३ को मिलापत्रले दावीको जग्गा वास्तविक जग्गाधनी जगनारायणको नाममा आएको र उनाउ व्यक्तिका नाममा रहेका बखत राजीनामाबाट पुनरावेदक सामर्थ सिंहका नाउँमा आएकाले वादी दावी कायम हुनुपर्छ भनी र प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान्अधिवक्ता श्री सुभाष देवकोटा र अविनासकुमार प्याकुरेलले २०४३ सालको कबुलियतनामाबाट पाएको मोहीयानी हकलाई विस्थापित गर्न मिल्दैन, कानूनबमोजिम स्थापित मोहीलाई प्रतिकूल असर पर्ने गरी सुरूको फैसलालाई उल्टी गर्न मिल्दैन भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

यसमा प्रतिवादीमध्येका मदनप्रसाद सिंह, उपेन्द्रप्रसाद सिंह, दिनानाथ सिंह बदनीदेवी सिंह र बच्चु सिंहसमेतबाट मिति २०४३।९।५ मा प्रतिवादीहरू रामदेव खंग खत्वे, कोशिलादेवी, लवर खंग खत्वे, महादेव खंग खत्वे, केश्वर खंग खत्वे, मुसहरू खंग खत्वे र हरदेव खंग खत्वेसमेतले जिल्ला सप्तरी बसविटी गा.वि.. वडा नं. १ कि.नं. ३५ र ३७ को जग्गामध्येबाट जग्गा कमाउने कबुलियत गरी मिति २०४३।९।५ मा उल्लिखित कि.नं. ३७ को १-१२-६ मध्ये १--६ जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्येबाट ०--२ जग्गा उल्लिखित प्रतिवादीमध्येका ७ जनालाई मोहीमा कमाउन लिनु दिनु गरेको देखिन्छ । उल्लिखित कित्ता नं.३५ र ३७ समेतको जग्गाधनी मदनप्रसाद सिंह, जगनारायण सिंह, दिनानाथ सिंह, बच्चु सिंह र बदनीदेवीसमेतले जीवितै रहेको हरि सिंहको नाति, राम उद्गार सिंहको छोरा, जगनारायण सिंहको सट्टामा आफ्ना पिता भैयालालको पति सन्तोषी सिंहको छोरा भनी जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधन गरी नामसारीसमेत गरी गराई लिएकाले जालसाज र लिखत दर्ता बदर मुद्दा दिएकोमा सुरू अदालतबाट लिखत बदरसमेत हुने फैसला भएकोमा सोउपर पुनरावेदन परी दावीको बसबिटी वडा नं. १ को कि.नं. ३७ को १-१२-६ जग्गासमेत कि.नं. ३२, कि.नं. ३५, कि.नं. ११, कि.नं. ५६, . वडा नं. २ को कि.नं. १४०, ११ का जग्गाहरू जगनारायणको नाउँमा रहने र बसविटी वडा नं. १ कि.नं. ३९समेत गरी ३--½ जग्गा यी प्रतिवादीहरू मदन सिंह, उपेन्द्र सिंह, दिनानाथ सिंह, बच्चु सिंह, बदनीदेवी सिंह र प्रतिवादी मोहीहरू मुसहरू यादवसमेतले पाउने गरी मिति २०५२।९।१३ मा पुनरावेदन अदालत, राजविराजबाट मिलापत्र भएको र उक्त मिलापत्रपश्चात दावीको कि.नं. ३५ र ३७ को जग्गा मिति २०५२।१०।२४ मा जग्गाधनी मदनप्रसाद सिंहसमेतले यी वादी सामर्थ सिंहलाई र.नं. ४४५० र ४४५० को पारित लिखतबाट राजीनामा गरिदिएको हुँदा प्रतिवादीहरूको हक नै नरहेको कि.नं. ३५ र ३७ को जग्गामा प्रतिवादीहरू रामदेव खत्वे, मुसहर खत्वे, कोशिलादेवी, लबर खंग खत्वे, केश्वर खंग खत्वे, महादेव खंग खत्वे र हरदेव खंग खत्वेसमेत प्रतिवादीहरूलाई मिति २०४३।९।५ को मोहीमा जग्गा कमाउने गरी भएको सर्त कबुलियतनामाको आधारमा भूमिसुधार कार्यालय, सप्तरीले मिति २०५९।९।५ को निर्णयले मोही कायम गरी उपलब्ध गराएको मोही प्रमाणपत्र बदर गरिपाउँ भनी यी वादी पुनरावेदकले भूमिसुधार कार्यालय, सप्तरीमा फिराद दिएकोमा भूमिसुधार कार्यालय, सप्तरीबाट मोही प्रमाणपत्र कायम रहने गरी भएको मिति २०६१।१०।२८ को निर्णयउपर यिनै वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत, राजविराजबाट सुरू भूमिसुधार कार्यालयको निर्णय सदर ठहरी भएको मिति २०६७।३।१४ को फैसलामा चित्त नबुझाई प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।

. निर्णयतर्फ विचार गर्दा दावीको कि.नं. ३५ र ३७ समेतका जग्गाहरू नापीका समयमा हरिसिंहको नाति राम उद्गारको छोरा, जगनारायण सिंहको नाउँमा दर्ता स्रेस्ता कायम रहेकोमा प्रतिवादीहरूले जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधन गरी सो जग्गाधनी निजहरूका पिता भैयालालको नाति सन्तोषी सिंहको छोरा, जगनारायण सिंह गराई आफ्ना नाउँमा नामसारी गराई लिएकोमा साविकका जग्गाधनी जगनारायणको सप्तरी जिल्ला अदालतमा जालसाजी, लिखत दर्ता बदर दर्ता मुद्दा परी सो अदालतको फैसलाले जालसाजी ठहर भै लिखत बदरसमेत हुने ठहरी फैसला भएकोमा सोउपर यी प्रतिवादीहरूको पुनरावेदन परी मिति २०५२।९।१३ मा पुनरावेदन अदालत, राजविराजको मिलापत्रबाट दावीका जग्गा राम उद्गारको छोरा जगनारायण सिंहको नाउँमा कायम हुन आएको देखिन्छ भने सोही जग्गाहरू उक्त मिलापत्रपश्चात मिलापत्र हुनुअघि कायम रहेका जग्गाधनी मदन सिंहसमेतका यी प्रतिवादीहरूबाट मिति २०५२।१०।२४ र.नं. ४४५० र ४४४९ को राजीनामाबाट प्रस्तुत मुद्दाका वादी सामर्थप्रसाद सिंहले राजीनामा पारित गराई लिएको देखिन्छ । साथै सोही जग्गाहरूमध्ये उल्लिखित मुद्दा परी मिलापत्र हुनुअगावै उनाउ व्यक्ति यी प्रतिवादीहरूबीच भएको कबुलियतको आधारमा मिति २०५२।९।१३ को मिलापत्र र मिति २०५२।१०।२४ को पारित राजीनामापश्चात राजीनामाबाट वास्तविक हक भोग भएका यी पुनरावेदक वादीलाई जानकारीसम्म पनि नगराई भूमिसुधार कार्यालयको २०५९।९।५ को निर्णयले कि.‌नं.३७ मध्येबाट प्रतिवादीहरू रामदेव खत्वे, कोशिला खत्वे, लबर खत्वे, महादेव खत्वे, केश्वर खत्वे, मुसहरू खत्वे र कि.‌नं. ३५ मध्येबाट हरदेव खत्वेको मोही हक कायम गरी मोही प्रमाणपत्र प्रदान गरेको पनि देखिन्छ । यसरी मिति २०५२।९।१३ को पुनरावेदन अदालतको मिलापत्रबमोजिम दावीका कि.. ३५ र ३७ का जग्गाहरू साविककै जग्गाधनी हरिसिंहका नाति, रामउदगारका छोरा, जगनारायण सिंहको नाममा दर्ता कायम हुन अएकोमा सोही जग्गा र.नं. ४४५० र ४४४९ मिति २०५२।१०।२४ को राजीनामाले प्रस्तुत मुद्दाका पुनरावेदकको नाममा आएकोमा सोउपर वास्तविक जग्गाधनीको लिखत बदर निर्णाय बदरसमेतको मुद्दा परी २०५२।९।१३ को मिलापत्रले निजहरूकै नाममा कायम हुन आएकाले सो जग्गाहरूको कुत बुझी भरपाई दिने व्यक्तिहरूको नाममा कानूनबमोजिम स्वामित्व प्राप्त हुन नआएको तत्कालीन अवस्थामा त्यस्ता अनधिकृत व्यक्तिहरूबाट कुत बुझी प्रदान गरेको भरपाई र कबुलियतनामासमेतलाई मान्यता दिई उक्त जग्गामा प्रतिवादीहरूलाई मोही कायम गरी मोही प्रमाणपत्र दिने गरी भूमिसुधार कार्यालय, सप्तरीबाट २०५९।९।५ मा निर्णय भएको

देखिन्छ । यसरी दावीको जग्गामा स्वामित्व नभएका नरहेका अनधिकृत व्यक्तिबाट भएको कबुलियतनामा र कुत बुझी प्रदान गरेको भरपाईको आधारमा मोही कायम गरी मोही प्रमाणपत्र प्रदान गर्ने गरेको भूमिसुधार कार्यालय, सप्तरीको निर्णयलाई कानूनबमोजिमको निर्णय भन्न मिल्ने देखिएन । यस्तै सन्दर्भमा "विवादित जग्गाको स्वामित्व परिवर्तन भैसकेपछि मात्र कबुलियतको आधारमा मोही हक कायम गराउन कारवाही चलाएको विवादित जग्गाको कबुलियतसमेतका प्रमाण शङ्कास्पद देखिने । शङ्कास्पद कागजलाई प्रमाण लगाई मोही कायम गर्न नमिल्ने" भनी सिताराम विरूद्ध रामलालको मुद्दामा (सर्वोच्च अदालत, बुलेटिन वर्ष ५, अङ्क २४,पृष्ठ ७०) "सबुद प्रमाणको आधार नै नदेखाई, बुँदा नै उल्लेख नगरी, न्यायिक फैसला गरी ऐन कानूनको प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नुपर्ने" भनी रामचरण साहु तेलीसमेत विरूद्ध भूमिसुधार कार्यालय, सप्तरीसमेत भएको उत्प्रेषण मुद्दामा (नेकाप २०२९, पृष्ठ २९९) सिद्धान्तसमेत प्रतिपादन भैरहेको देखिन्छ । यसरी कि.नं. ३५ र ३७ का जग्गाहरू कुत बुझी भरपाई दिने व्यक्तिहरूको नाममा कानूनबमोजिम प्राप्त भई कुत बुझिलिई भरपाई दिएको अवस्था नरहेकाले अनधिकृत व्यक्तिले कुत बुझी भरपाई दिएको आधारमा मोही कायम गरी प्रमाणपत्र दिने भनी मिति २०५९।९।५ मा भएको निर्णयलाई कायम राखी भएको भूमिसुधार कार्यालय, सप्तरीको मिति २०६१।१०।२८ को फैसला सदर कायम गर्ने गरी भएको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।३।१४ को फैसला मिलेको नदेखिँदा उल्टी भै दावीको जग्गामा प्रत्यर्थीहरूको मोही हक कायम हुन नसक्ने भै निजहरूको नाममा तयार भएको मोही प्रमाणपत्रहरू बदर हुनेसमेत ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमति छ ।

न्या. गोपाल पराजुली

 

इति संवत् २०७१ साल भदौ १३ गते रोज ६ शुभम् ।

 

इजलास अधिकृत- उमानाथ गौतम

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु