निर्णय नं. ६६२६ - कर्तव्य ज्यान

निर्णय नं. ६६३६ अंक ११ ने.का.प. २०५५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
सम्वत २०५४ साधक.नं........१९४
फैसला मितिः २०५५।०४।६।४
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादी : प्रेम बहादुरको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादीः जि.संखुवासभा सिद्धपोखरी गा.वि.स. वार्ड नं. ९ बस्ने भक्त बहादुर भन्ने जिवन कुमार अधिकारी ।
§ मृतक वालजंगलाई मर्नु भन्दा पहिला मृतकले आफ्नै हातले केरावारीको भक्तेले मलाई काट्यो मेरा घरमा सुनाइ दिनु र मलाई अस्पतालमा लैजाउ भनी मृत्यु पूर्व लेखी दिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ११ मा मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिनु हुन्छ भन्ने व्यवस्था अनुसार मृतकले लेखिदिएको कुजरा प्रमाणमा लिन मिल्ने. नै खदेखिए समेतका आधार बाट मृतक वालजंगथ राईलाई कर्तव्य गरी मारेकोमा पुनरावेदन अदालत धनकुटाले प्रतिवादी भक्त बहादुर भन्ने जिवन कुमार अधिकारीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्न गरेको फैसला मिलेकै देखिने ।
(प्र.नं. १७)
§ प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीले सुरु जिल्ला अदालतमा वयान गर्दा मृतकसँग पैसा माग्दा उल्टै मृतकले २ पटक कुटेको हुँदा तत्कालै उठेको रिस थाम्न नसकी मृतककै कोठामा रहेको फलामको दाउले घाँटीमा हिर्काएको हो भनी साविती वयान गरी दिएको पाएबाट सो वारदात घट्नु पछाडि आफ्नो लिनुपर्ने पैसा माग गर्दा नदिई उल्टै मृतकले प्रतिवादीलाई कुटेको कारण बाट र्सि उठी छेउमा रहेको दाउले काट्न गएको मिसिल बाट प्रष्ट देखिरहेको स्थितिमा प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीलाई अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद गर्ने गरी व्यक्त राय समेत सदर हुने।
(प्र.नं. १८)
वादी तर्फबाटः
प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ८ बमोजिम पुनरावेदन अदालत धनकुटा २०५३।२।२३ को फैसला उपर साधक जाहेरी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. चैनपुर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने मेरो छोरो वालजंग राइलाई मिति २०५१।६।४ गते राति जिवन अधिकारीले घाटीमा काटेको र चैनपुर हेल्थपोष्टमा उपचार गर्दा गर्दै सोही चोटले मेरा छोरा वालजंगको मृत्यु भएकोले अभियुक्तलाई पक्री कानून बमोजिम कारवाइ गरी पाउ भन्नेसमेत व्यहोराको मिति २०५१।६।५ मा प्रेम बहादुर राईले इलाका प्रहरी कार्यालय चैनपुरमा चढाएको जाहेरी दरखास्त ।
३. चैनपुर गा.वि.स. वार्ड नं. ३ स्थित मेहरमान श्रेठको घरको दक्षिणतर्फ मानिस हाम फालेको पाइला देखिएको २ फिट वर्गाकार जमिन रगतले भिजी रगतको फाल्सा जमेको केरावारीको भक्तेले भन्ने व्यहोराको कापी फेला परेको वालजंग सुत्ने कोठाको ओछ्यानमा रगत लागेको कोठाको भुईँमा रगत लागेको वालजंगको शरीर काटिएको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. वालजंगले म बाट रु.५००। सापटी लिएका थिए । माग्दा दिन्न जे गर्न सक्छन् गर भने मैले उनको जसमेत भेष्ट लिएर जान लाग्दा उल्टै मलाई नै कुटेका उनी म भन्दा बलिया भएका र जसो घटना पछि हामी दुवै सगै सुतेका हुनाले. सोही रिसले गर्दा राती दाउरा काट्न राखेको खुकुरीले काटि दिए भन्नेसमेत व्यहोराको प्र.जीवन अधिकारीले मिति २०५१।६।७ मा प्रहरी समक्ष गरेको वयान ।
५. जीवन बाट बालजंगले रुपैया सापत लगी नतिरेको वालजंगले जीवनको भेष्ट लगेको कारणले आपसी विवाद भइ जीवनले वालजंगलाई काटी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको किशोर कुमार तामाङ्गले मिति २०५१।६।१२ मा प्रहरीमा गरेको वयान ।
६. धारिलो हतियार प्रयोग गरी जिवनले वालजंगलाई मारेकोमा विश्वस लाग्छ भन्ने समेचत व्यहोजराको हरि प्रसाद श्रेष्ठ, केशव कुमार श्रेष्ठ, राम बहादुर तामाङ्ग, रत्न शाक्य, सूर्य बहादुर श्रेष्ठ, कर्ण कुमार। तामाङ्ग, बाबुलाल खत्री, दिनेश खाती समेतले मिति २०५१।६।१३ मा गरी दिएको वस्तुस्थिति मुचुल्का ।
७. मिति २०५१।६।४ गते अन्दाजी ८:३० को समयमा म बसेको घर माथि खत्र्यक्क खुत्रुक गरेको आवाज सुनी के रहेछ र के भएको भनी सोध्दा कपी कलम ल्याउन इशारा गरेकोले मैले निजलाई कलम दिएको निजले कापीमा केरावारीको भक्तेले काट्यो घरमा सुनाइ दिनु किशोरलाई सुनाइ दिनु भलाई अस्पताल लैजाउ भन्ने समेतको व्यहोरा लेखेको र निजलाई चैनपुर हेल्थपोष्ट सेन्टरमा लगेको केही छिनमै निज मरे जिवन कुमार अधिकारीले मारेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको रण कुमार तामाङ्गले मिति २०५१।६।१३ मा प्रहरीमा गरेको कागज ।
८. घाटीमा धारिलो हतियार बाट चोट लागेको कारण स्वास प्रश्वजास वन्द हुन गए कर्तव्य द्वारा मृत्यु भएको भन्ने २०५१।६।७ को लास जाँच प्रतिवदेन ।
९. धारिलो हतियार प्रयोग गरी मृतकलाई मारेको हुँदा प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १ नं. को कसूरमा ऐ.को दफा १३.१ बमोजिमको सजायले माग दावी भएको २०५१।६।२।७ को अभियोग पत्र ।
१०. मृतकले म बाट रु. ५००। सापटी लिएकोमा रु. १००। तिरी रु. ५००। तिर्न वाँकी थियो । सो पैसा मैले मागेको निहुमा निजले मलाई हिर्काएको हुन सो को रिस थाम्न नसकी मृतकलाई दाउराले घाँटीमा हानी प्रहरीमा खवर गर्न गएको निजको हेल्थ पोस्टमा उपचार। गर्दा गर्दै मृत्यु भएको पूर्व रिसइवी थिएन । तत्कालको रिसबाट मारेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी भक्त बहादुर भन्ने जीवन अधिकारीले २०५१।६।१८ मा गरेको वयान ।
११. जाहेरवाला मौकामा कागज गर्ने मानिस पूर्व वस्तुस्थिति मुचुल्काका मानिसले भन्न बहादुर भन्ने जीवन कुमारले मृतकलाई मारेकोमा विश्वास लाग्छ भनी अदालतमा गरेको वकपत्र ।
१२. मृतकको मृत्यु भएको नदेखे पनि प्रतिवादी जीवन कुमारको कर्तव्य बाट मृतकको मृत्यु भएको अरे भन्ने सुनेको भनी प्रतिवादी साक्षीले अदालतमा वकेको बकपत्र ।
१३. प्रतिवादी जीवन कुमार कर्तव्य गरी मृतकलाई मारेको हुनाले निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी को १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ भनी संखुवासभा जिल्ला अदालत बाट मिति २०५२।३।२७ मा भएको फैसला ।
१४. प्रतिवादीलाई सर्वश्व सहति जन्मकैद हुने ठहरेकोले साधक सदरको लागि जिल्ला अदालत बाट यस अदालतमा लेखी आएको ।
१५. सुरु जिल्ला अदालतको फैसला ज्यादै कठोर भएकोले चित्त बुझेन हक चित्त बुझाई इन्साफ गराइ पाउ भन्नेसमेत व्यहोराको मिति २०५२।५।११ को प्रतिवादीको पु.वे.अ. विराटनगरमा पर्न आएको पुनरावेदन पत्र ।
१६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत धनकुटा बाट प्रतिवादी भक्त बहादुर भन्ने जीवन अधिकारीलाई मुलुकी ऐजन सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरी फैसला गरी अ.वं १८८ नं बमोजिम १५ वर्ष मात्र कैद गरेमा पर्याप्त हुने भनी राय व्यक्त गरिएको फैसला मिलेको छ छैन इन्साफ जाँच गर्नु पर्ने देखिन आयो ।
१७. निर्णय तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारी ले मैले मृतक सँग रुपैया लिनु पर्ने हुँदा रुपैया माग गर्दा डेरामा दिउला भनी मृतकले भनेको थियो । डेरामा निजसँग दिनभरी सँगै बसी बेलुकी खाना खाइ पैसा माग्दा मृतक रिसाइ मलाई २ पटक कुटेको हुँदा रिस थाम्न नसकी फलामको दाउराले घाँटीको किलकिलेमा हानी काटेको हु भनी संखुवासभा जिल्ला अदालतमा वयान गर्दा वयानको प्रकरण (६) को जवाफमा स्पष्ट सँग साविती वयान वकी दिएको पाइन्छ । मृतक वालजंगलाई मर्नु भन्दा पहिला मृतकले आफ्नै हातले केरावारीको भक्तेले मलाई काट्यो मेरो घरमा सुनाइ दिनु र मलाई अस्पतालमा लैजाउ भनी मृत्यु पूर्व लेखी दिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ११ मा मरेको व्यक्तिले आफु मर्न लागेको अवस्थामा होस छदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिनु हुन्छ भन्ने व्यवस्था अनुसार मृतकले लेखि दिएको कुरा प्रमाणमा लिन मिल्ने नै देखिए समेतका आधारबाट मृतक वालजंग राईलाई कर्तव्य गरी मारेकोमा पुनरावेदन अदालत धनकुटाले प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्ने गरेको फैसला मिलेकै देखिन्छ ।
१८. प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीले सुरु अदालतमा वयान गर्दा मृतक सँग पैसा माग्दा उल्टै मृतकले २ पटक कुटेको हुँदा तत्कालै उठेको रिस थाम्न नसकी मृतककै कोठामा रहेको फलामको दाउले घाँटीमा हिर्काएको हो भनी साविती वयान गरी दिएको पाइएबाट सो वारदात भट्नु पछाडि आफ्नो लिनु पर्ने पैसा माग गर्दा नदिइ उल्टै मृतकले प्रतिवादीलाई कुटेको कारण खबाट रिस उठी छेउमा रहेको दाउले काट्न गएको मिसिल बाट प्रष्ट देखिरहेको स्थितिमा प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीलाई अ.व. १८८ नं. बमोजिम १५ वर्ष कैद गर्ने गरी व्यक्त राय समेत सदर हुने ठहर्छ । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.दिलिपकुमार पौडेल
इति सम्वत् २०५५ साल श्रावण ६ गते रोज ४ शुभम्.........................।