शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४९७४ - उत्प्रेषण

भाग: ३६ साल: २०५१ महिना: पौस अंक:

निर्णय नं. ४९७४           २०५१, ने.का.प.                         अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

सम्बत् २०४९ सालको रिट नं. ३१३८

आदेश मिति : २०५१।४।१०।२

विषय : उत्प्रेषण

 

निवेदक : जि. काठमाण्डौं का.न.पा. वडा नं. ९ बस्ने वर्ष ६९ को नरेन्द्र बहादुर के.सी. ।

विरुद्ध

विपक्षी : मालपोत विभाग ।

मालपोत कार्यालय, काठमाण्डौं ।

 

§  जग्गा नापा जाँच ऐन, २०१९ को दफा ७(३) मा पुनः नापाजाँच भएको क्षेत्रमा साविक नाप जाँचबाट देखिएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफललाई कायमै राख्दा कुनै जग्गाको क्षेत्रफल घटी वा बढी देखिन आएमा सोही बमोजिमको जग्गाको क्षेत्रफल सम्बन्धित जग्गा धनीको नाउँमा कायम गरिनेछभन्ने कानूनी व्यवस्था रहेको छ । निवेदकको पशुपति सदावर्त गुठीको मोहीको हैसियतले जग्गा धनी स्वामित्वमा कुनै विवाद नहुँदा गुठी जग्गा रैतान नम्बरीमा दर्ता गर्ने सम्मको दावीमा परिपत्रको आधारमा जग्गा दर्ता गर्न इन्कार गरेको मालपोत कार्यालय काठमाण्डौंको काम कारवाही त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदकको माग बमोजिमको जग्गा रैतान नम्बरीमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय काठमाण्डौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ।

(प्र.नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशील कुमार पन्त

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी

अवलम्बित नजिर : x

 

आदेश

            न्या. सुरेन्द्र प्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :

      २. मेरा दाता केशर बहादुर समेतले २००१।१।१ मा श्याम कृष्ण खत्री क्षेत्रीबाट राजिष्ट्रेशन पास गरी लिएको काठमाण्डौं गुठी तहसिल अड्डामा मोहियानी दर्ता भएको सो गुठी अड्डामा पशुपतिनाथ सदावर्त गुठी तर्फ सालको धान १।१९ चा.ठे. ।५ समेत तिर्नु पर्ने श्री पशुपतिनाथ सदावर्त गुठी ७।१ को खेत रोपनी ११०३ रसिदमा जनिएको घर जग्गा मध्ये साल १ को धान ।१२। चाठे ५ तिर्नु पर्ने ऐ समेत रोपनी ०० न निवेदकले ०३२।१२।१२ मा र.नं. २४१४ बाट रजिष्ट्रेशन पास गरी खरिद गरी लिई मेरो दर्ता भोग चलनमा रहेको, त्यसपछि नापी भई मलाई दाताले दिई वाँकी रहेको उक्त जग्गा का.जि. बत्तिसपुतली गा.पं. वडा नं. १ कि.नं. १८३ को क्षेत्रफल ०० मध्येबाट ०२ जग्गा ०४२।१०।२० मा र.नं. क. ६१८७ बाट हालैको बकसपत्र लेखिदिएको जग्गाहरु नापीमा कि.नं. ९९८ कि.नं., १०१ कायम भएको, २०३९।६।८ मा र.नं. १८४९ बाट हा.व. गरी दिने दुर्गामान सिंह बस्नेत लिने म निवेदक भई सोही गुठीको ऐ. ऐ. को कि.नं. २८ को क्षेत्रफल ०३ समेत सम्पूर्ण मिलाई का.जि.का.न.पा. वडा नं. ९ को कि.नं., ९९ मा क्षेत्रफल ०१३१ र ऐ. ऐ. कि.नं. १०१ मा क्षेत्रफल ०१ कायम गरी नापी भएपछि गरवढी हुन आएको ०२१ साल देखि ०४७ साल सम्मको वड तिरो लिई श्रेस्ता कायम गरी तिरो भरी गरी भोगी आएको सो जग्गा रैतान नम्बरीमा परिणत गर्न गुठीले पाउनु पर्ने रकम लिई मेरा नाउँमा रैतानमा दर्ता गर्ने ०४९।७।९।४ मा निर्णय समेत गरी रेतान नम्बरीको ज.ध.द.प्र.पु. म निवेदकले पाउने भएकोले दिनु भनी मालपोट कार्यालय काठमाण्डौंका नाउँमा ०४९।७।१९ मा पत्र पठाएको, मालपोत कार्यालय काठमाण्डौंले मे.ना.शा.का. लाई उक्त कि.नं. १०१ र ९९ मा कुलो पर्ति सडकको जग्गा घुसेको छ छैन हाल साविक नक्सा भिडाई एकिन जवाफ पठाई दिनु भनी ०४९।७।२४ मा लेखेको, मे.ना.शा. ले सो पत्रको पिठमा साविक बत्तिसपुतली गा.पं. वडा नं. १ कि.नं. १५४ र २६ भिडी हाल हुन आएको कि.नं. ९९ ऐ. ऐ. को साविक कि.नं. २०३ भिडी हाल कि.नं. १०१ कायम भएको र कि.नं. २६ र १५४ को दक्षिणतर्फ साविक नक्सा अनुसार कुलो र ७ नं. पर्ति भनी नक्सामा लेखिएको संग जोडिएको अन्य तर्फ कुनै सार्वजनिक पर्तिसंग नजोडिएको साविक नक्सा अनुसार कुलोको चौडाई र हालको कुलोको चौडाई मिल्दो जुल्दो देखिन्छ, पश्चिमतर्फ साविक नक्सामा कुलो देखिएन हालमा देखिएको भनी ०४९।७।२५ मा जवाफ दिएपछि पुनः मालपोत कार्यालय काठमाण्डौंको ०४९।७।२६ को आदेशानुसार कुलो र ७ नं. पर्तिको जग्गा हाल उक्त कि.नं. ९९ र १०१ मा घुसेको छ छैन सर्वेक्षक आफैले चेक गरी एकिन जवाफ पठाई दिनु भनी ०४९।७।२६ मा पत्र लेखेको, ०४९।७।२८ मा प्रष्टै गरी पर्ति र कुलोको जग्गा घुसेको छ भनी जवाफ नदिएको कुरा उक्त जवाफी पत्रले प्रष्ट गरेको, ३ नं. नापी गोश्वाराले ०४६।५।१८ मा निर्णय गर्दा नै कि.नं. ९९ र १०१ मा मोही नरेन्द्र बहादुरका नाउँमा जग्गा धनी पशुपति सदावर्त गुठीको नाउँमा दर्ता गर्ने निर्णय भई सकेकोलाई विचार नगरी आफैंले पशुपति सदावर्त गुठीको नाउँमा दर्ता भएको कुरालाई विचार नगरी ०४९।९।१३ मा निर्देशन पाउँ भनी मालपोत विभागमा प.सं. ०४९।५० बाट उपरोक्त सम्बन्धमा का.गु.त.का. वाट नं. ९६ मिति ०४९।७।१९ मा का.न.पा. ९ कि.नं. ९९ र १०१ को जग्गा नरेन्द्र वहादुर के.सी. का नाउँमा रैतानी गरी दिने भनी प्राप्त भएको र सो सम्बन्धमा साविक क्षेत्रफल भन्दा हाल क्षेत्रफल बढी देखिँदा बढ जग्गा सम्बन्धमा भैरहेको बिभागीय निर्देशन बमोजिम कायम गर्न मिलेन । तर गुठी कार्यालयबाट रैतानी कायम गरी आएको केशमा के कसो गर्ने हो स्पष्ट नभएकोले यस सम्बन्धमा आवश्यक निर्देशनका लागि ०४९।९।१३ मा आदेशानुसार भनी पठाईएछ । मालपोत विभागले ०४९।९।१७ मा च.नं. ३७२८ बाट यस्तै प्रकारको विषयमा दारसिं राईको कारवाहीमा श्री ५ को सरकार (मन्त्रिस्तर) को निर्णय भै सकेको हुँदा सोही बमोजिम गर्ने र सो निर्णय आकर्षित नहुने भए के गर्नु पर्ने हुन्छ राय सहित पेश गर्न निर्देशन दिने भनी ०४९।९।१६ मा निर्णय भएको भनी मालपोत कार्यालय काठमाण्डौंमा मिसिल फिर्ता आएपछि मैले रैतानी नम्बरी ज.ध.द.प्र. पूर्जा पाउँ भनी जाँदा पनि दिन्न अझ यस विषयमा कुनै कारवाही पनि हुन्न भनी मौखिक जवाफ दिएबाट मेरो सम्पत्ति सम्बन्धी हकमा र साथै गुठी संस्थानको निर्णय ३ नं. नापी गोश्वाराको निर्णय समेतमा असर पर्ने गरी मालपोत विभागको निर्णय बदरभागी छ । जुन निर्णय भनी मालपोत विभागले लेखेको छ सो निर्णय म निवेदकको रैतान नम्बरी जग्गाको जग्गा धनी दर्ता प्रमाण पूर्जा दिने विषयमा नलाग्ने प्रष्ट छ । यसकारण नेपाल अधिराज्यको संविधानको धारा ११ (१),। १७(६) र २१ को हकमा आघात परेकोले उक्त मालपोत विभाग र मालपोत कार्यालय काठमाण्डौंको कारवाही निर्णय बदर गरी मैले गुठी तहसिल तथा खर्च कार्यालयको ०४९।७।१९ को निर्णय बमोजिम पाउनु पर्ने रैतान नम्बरी जग्गा धनी प्रमाणपूर्जा तुरुन्त दिनु भनी परमादेश समेत जारी गरी पाउँ भन्ने समेत रिट निवेदन।

      ३. यसमा विपक्षबाट लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासले मिति २०४९।१२।१०।३ को आदेश ।

      ४. यसमा का.न.पा. वडा नं. ९ को कि.नं. ९९ को ०१३१ र कि.नं. १०१ को ०१ जग्गा विपक्षी निवेदकको नाउँमा रैतान नम्बरी परिणत गरी दि गुठी संस्थान काठमाण्डौं गुठी तहसिल कार्यालय (लगत फाँट नं. ५) बाट च.नं. ९६२ मिति ०४९।७।१९ मा यस कार्यालयमा लेखि आएको, सो जग्गामा कुलो पर्ती, सडकको जग्गा घुसेको छ छैन साविक नक्सा भिडाई एकिन जवाफ पठाउन मे. नापी शाखामा सोधनि हुँदा साविक कि.नं. २४ कित्ता काट हुँदै आएको कि.नं. १८४ को केही भाग समेत समावेश हुन गई कि.नं. ९९ मा क्षेत्रफल बढ हुन गएको र कि.नं. १०१ को सम्बन्धमा साविक र हालको आकार समेत फरक पर्न गएबाट क्षेत्रफल बढ हुन गएको देखिएकोभन्ने जवाफ प्राप्त हुन आएको, साविक र हालको नक्सा अध्ययन गर्दा साविक कि.नं. २६ र १५४ कुला र ७ नं. पर्तिबाट उत्तरतर्फ एकै चकला मिलेको र हालको कि.नं. ९९ मा साविक कि.नं. १८४, ७ नं. पर्ति जनिएको जग्गाको केही भाग पर्ने भन्ने भै नापी शाखाबाट उल्लेख भै आएको र हालको कि.नं. १०१ उक्त कुलोको दक्षिण तर्फ छुट्टै कित्ता कायम भएको देखिएबाट ७ नं. पर्तिमा पर्न जाने देखियो, सरकारी तथा सार्वजनिक जग्गासँग सीमा जोडिएको नयाँ नापीमा नापी भै पूर्जा लिन वाँकी रहेको र सो माग गर्ने निवेदकहरुले माग दावी गरेका जग्गा साविक क्षेत्रफल भनदा नबढ्ने भएमा नक्सा भिडाई सरकारी सार्वजनिक जग्गा नघुसेको देखिएमा पूर्जा दिने भन्ने स्पष्ट उल्लेख भएको, मिति ०४९।६।४ को विभागीय आदेश प्राप्त भएको, साथै साविकको सरकारी तथा सार्वजनिक जग्गा घुसी दर्ता गरेको क्षेत्रफल जति कित्ताकाट गरी साविक बमोजिम सार्वजनिक वा सरकारी कायम गर्न दर्तावालाले मन्जुर गरेमा त्यस्तो क्षेत्रफल कित्ताकाट गरी श्री ५ को सरकामा दर्ता गरी वाँकी दर्तावालाको जग्गा फुकुवा गरी दिने गरी ०४९।९।९ मा श्री ५ को सरकार (मन्त्रिस्तर) बाट निर्णय भएको व्यहोरा समेत उल्लेख गरी सो निर्णय कार्यान्वयन गर्न मालपोत विभागबाट ०४९।९।१२ को पत्रद्वारा आदेश प्राप्त भएको तर विपक्षीले सो बमोजिम साविक कित्तामा हाल घुसेको सरकारी, सार्वजनिक जग्गा कटाउन सहमत हुनु भएको छैन । अतः जग्गा धनी प्रमाण पूर्जा दिन नमिल्ने हुनाले रिट खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी मालपोत कार्यालय काठमाण्डौंको तर्फबाट पर्न आएको लिखित जवाफ ।

      ५. साविक जग्गाबाट नापी भएको हाल नापीमा बढी भएको जग्गा समेतको गुठीमा तिरो तिरी गुठी संस्थानबाट जग्गाको आकार प्रकार नै नहेरी नबुझी गुठी रैतानीको दस्तुर समेत बुझी जग्गा धनी श्रेस्ता पूर्जा तयार गर्न गुठीबाट मालपोत कार्यालयलाई लेखि पठाउँदैमा मालपोत कार्यालयबाट गुठीले लेखि पठाए अनुसार गर्नुपर्छ भन्ने कानूनी प्रावधान नभएको, गुठी संस्थान पनि व्यक्ति सरह हुने हुँदा संस्थानले गरेको कार्य बमोजिम नक्सा फिल्ड ठीक छ छैन श्रेस्ता राख्ने अड्डाले कानूनको रित पुर्‍याई हाल साविक नक्सा फिल्ड समेत हेरी बुझी प्राविधिक अध्ययन समेत गराई एकिन श्रेस्ता राख्ने कार्य मालपोत कार्यालयको हुँदा सो बमोजिम गर्न मालपोत विभागबाट नीति निर्देशन पनि भइरहेको हुँदा सो बमोजिम कार्यालयबाट गर्नुपर्ने हुन्छ । सार्वजनिक जग्गा र कुलो घुसेको भन्ने नापी शाखाको राय हुँदा हुँदै मालपोत कार्यालयमा गुठीले पत्र लेखे बमोजिम ज.ध. पूर्जा श्रेस्ता खडा नगरेको कार्य कानून संगत नै हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी मालपोत विभागको तर्फबाट पर्न आएको लिखित जवाफ ।

      ६. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शुशील कुमार पन्तले २००१।१।९ मा श्याम कृष्णले केशर बहादुरलाई पास गरी दिएको ०१०३ जग्गा मध्ये ०२२।१२।१२ मा निवेदकले केशर बहादुरबाट ०० जग्गा पास गरी लिएको, ०४२।१०।२० मा वाँकी ०३ मध्ये ०० पुनः खरिद गरी दिएको, ०३९।६।८ मा दुर्गामान संग ०० खरिद गरी लिएको हाल नापीमा ०१ जग्गा बढ भएकोमा ०४५।५।२५ मा नापीले सो बढ जग्गा समेत मेरो नाउँमा दर्ता गर्ने गरी निर्णय गर्‍यो । यस अस्थायी दर्ता उपर का.जि.अ. मा वादी प्रकाश बहादुर समेतले नालेस दिएकोमा ०४९।५।९ मा नापीकै निर्णय कायम हुने गरी गरेको निर्णय अन्तिम छ । ज.ध. पशुपति सदावर्त गुठी, मोही नरेन्द्र वहादुर भएको लालपूर्जा समेत पाएको छ । गुठी संस्थान ऐन बमोजिम लाग्ने रकम समेत तिरी निवेदन दिएकोमा रैतान नम्बरीमा दर्त गर्ने निर्णय भएर रिकर्ड अद्यावधि राख्न मालपोत कार्यालयमा लेखि पठाउँदा जग्गा बढ हुँदा दर्ता गर्न नमिल्ने भनी निर्णय भएको छ । मालपोत कार्यालबाट नै मैले लालपूर्जा पाईसकेकोमा कसैको आपत्ति नभएको स्थितिमा गुठीलाई रैतान कायम गर्न जाँदा मात्र मालपोत कार्यालयबाट बखेडा लगाएको छ । यहाँ जग्गाको स्वामित्वमा कुनै विवाद छैन । यस्तो जग्गा नापी गर्न नमिल्ने भनी मालपोत कार्यालयबाट भएको निर्णय कानुन विपरित भएको हुनाले वदर गरी दिनु भनी निवेदन माग बमोजिम आदेश जारी हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी मालपोत विभाग समेतको तर्फबाट उपस्थित विद्वान सरकारी अधिबक्त श्री अलि अकबर मिकरानीले निवेदकको जग्गा बढेकोमा विवाद छैन । बढेको जग्गा दर्ता गर्न नमिल्ने भन्ने निर्णय भएकोमा चित्त नबुझे अन्य कानूनी उपचारको बाटो अवलम्बन गर्नु पर्नेमा रिट क्षेत्रमा प्रवेश गरेको नमिलेको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

      ७. यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो सम्बन्धमा निर्णय दिन पर्ने हुन आयो ।

      ८. निर्णय तर्फ विचार गर्दा यसमा निवेदकले मिति मितिमा पास गरी लिएको जग्गामा नापी हुँदा बढी हुन गई निवेदक मोही, जग्गा धनी पशुपति सदावर्त गुठी गरी दर्ता भएकोमा गुठीबाट रैतानमा परिणत गर्न रकम दाखिला गरी रैतानमा परिणत गर्ने गरी गुठी संस्थानबाट निर्णय भई मालपोत कार्यालय काठमाण्डौंमा ज.ध.द. पमाण पूर्जा दिनु भनी पठाएकोमा मालपोत कार्यालयबाट सार्वजनिक र पर्ति जग्गा घुसेको छ छैन भनी विभिन्न पत्राचार गरी ज.ध. प्रमाण पूर्जा नदिएको हुँदा गुठी तहसिल तथा खर्च कार्यालयको ०४९।७।१९ को निर्णय बमोजिम पाउनु पर्ने रैतान नम्बरी जग्गा धनी प्रमाण पूर्जा दिनु भनी परमादेश समेत जारी गरी पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखिन्छ । यसमा नापी हुँदा निवेदकको जग्गा ०१ बढी भएकोमा विवाद देखिएन । तर सो जग्गाको छेउ छाउमा साविक नापी भएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफल घटेको छैन भन्ने नापीको पत्रबाट देखिन्छ । जग्गा नापा जाँच ऐन, २०१९ को दफा ७(३) मा पुनः नापजाँच भएको क्षेत्रमा साविक नाप जाँचबाट देखिएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफललाई कायमै राख्दा कुनै जग्गाको क्षेत्रफल घटी वा बढी देखिन आएमा सोही बमोजिमको जग्गाको क्षेत्रफल सम्बन्धित जग्गा धनीको नाउँमा कायम गरिनेछभन्ने कानूनी व्यवस्था रहेको छ । निवेदकको पशुपति सदावर्त गुठीको मोहीको हैसियतले जग्गा धनी स्वामित्वमा कुनै विवाद नहुँदा गुठी जग्गा रैतान नम्बरीमा दर्ता गर्ने सम्मको दावीमा परिपत्रको आधारमा जग्गा दर्ता गर्न इन्कार गरेको मालपोत कार्यालय काठमाण्डौंको काम कारवाही त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदकको माग बमोजिमको जग्गा रैतान नम्बरीमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय काठमाण्डौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थीको जानकारीको लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाईल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोविन्द बहादुर श्रेष्ठ

 

इति सम्बत् २०५१ साल श्रावण १० गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु