निर्णय नं. ९४३३ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति :- २०७२।३।२१।२
०६७–CR– ०८०५
मुद्दा: गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।
पुनरावेदक/वादी :- अनुसन्धान अधिकृत फणिन्द्र गौतमको प्रतिवदेनले नेपाल सरकार ।
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी :- सप्तरी जिल्ला घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३३ मैतीदेवी बस्ने साँफेवगर- मंगलसेन- मार्तडी सडक योजनाका का.मु. योजना प्रमुख (सिनियर डिभिजनल इन्जिनियर) पदमा कार्यरत हरेकृष्ण भगत ।
वादी नेपाल सरकारले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा उल्लिखित दृष्टान्तको आधारमा सफाइ दिन नमिल्ने भनी पुनरावेदन जिकिर गरेको पाइन्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को २०(१) को कानूनी व्यवस्थालाई हेर्दा मनासिब आधार र कारण विना राष्ट्रसेवकले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेमा मात्र आरोपित कसुर प्रमाणित हुने व्यवस्था भएकाले अमिल्दो र अस्वाभाविक जीवनस्तर झल्किने जीवन यापन गरेमा मात्र कसुरदार ठहर हुन सक्ने देखियो । सामाजिक पक्षलाई हेर्दा पनि व्यक्तिको पैतृक सम्पत्ति, सामाजिक हैसियत, पदीय हैसियत लगायतका कारक तत्त्वहरू नै मापनको रूपमा रहेर निजको जीवनस्तर अमिल्दो, उच्च अस्वाभाविक छ भन्ने कुराको निष्कर्षमा पुग्न मद्दत मिल्दछ । कतिपय आयका स्रोतहरू प्रतिवादीले भनेबमोजिम विश्वसनीय भएपनि समयको अन्तरालले प्रमाण कागज नहुन सक्छ । सबै कुराको कागज प्रमाण स्रेस्ता राख्नु पर्ने हाम्रो कानूनी व्यवस्था पनि छैन । तसर्थ सामाजिक कानूनी, आर्थिक तत्त्वहरूलाई दृष्टिगत गर्दा सम्पत्तिको बिगो र आयको फरक रकम १० प्रतिशतसम्म न्यून हुनुलाई अमिल्दो र अस्वाभाविक भन्न मिल्दैन । यसको अतिरिक्त प्रस्तुत मुद्दामा कुनै खास कार्य समयको वारदातको अपराध नभै अनुमानको आधारमा आय व्ययको रकम अनुमान गरी अभियोग दाबी भएकामा अनुमानको आधारमा कायम गरिएको बिगोको आधारलाई पूर्णतया वास्तविक भएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ४८)
पुनरावेदक/वादीको तर्फबाट :- विद्वान् सहन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :- विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती
अवलम्बित नजिर :-
ने.का.प. २०६७ चैत, नि.नं. ८५१९, पृष्ठ २००७
ने.का.प. २०६८ असोज, नि.नं. ८६३०, पृष्ठ ९१७
ने.का.प. २०६८ फागुन, नि.नं. ८७२२, पृष्ठ १८९०
ने.का.प. २०६९ जेठ, नि.नं. ८७७०, पृष्ठ २५९
ने.का.प. २०६९ भाद्र, नि.नं. ८८३२, पृष्ठ ७७१
ने.का.प. २०६९ पुस, नि.नं. ८८८६, पृष्ठ १३४१
ने.का.प. २०७१ श्रावण, नि.नं. ९१४९, पृष्ठ ५०९
सम्बद्ध कानून :-
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३,१५ तथा २९
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)(२), १६(ग), ४७
सुरू फैसला गर्ने अदालत र न्यायाधीशः-
माननीय अध्यक्ष श्री गौरीबहादुर कार्की
माननीय सदस्य श्री भोलाप्रसाद खरेल
माननीय सदस्य श्री ओमप्रकाश मिश्र
फैसला
न्या. गिरीश चन्द्र लाल :- विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत काठमाडौको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः
हरेकृष्ण भगतसमेतले भ्रष्टाचार गरी आर्जन गरेको कूल सम्पत्ति मध्ये रू.१०,९४,५९८।८० बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हुँदा निजलाई कानूनबमोजिम कारवाही गरी स्रोत पुष्टि नभएको सम्पत्ति जफत गरिपाउँ भन्नेसमेत व्यहोराको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी प्रस्तुत मुद्दा विशेष अदालतमा दायर गरेको देखिन्छ ।
प्रतिवादी हरेकृष्ण भगतको सरकारी सेवाको विवरणः-
तालिका नं. १
सि.नं. कार्यरत कार्यालय पद कार्यरत अवधि कैफियत
देखिसम्म
१.सडक विभाग, कोशी एकिकृत ग्रामिण योजनाअसिस्टेन्ड ईन्जिनियर (रा.प.तृ.प्रा.)२०३७।३।२८२०३९।१०।११
२.महेन्द्रराजमार्ग, सिन्धुली सडक योजनाऐ.ऐ.२०३९।१०।१२२०४०।१०।३०
३.सडक विभाग डिजाइन शाखाऐ.ऐ.२०४८।११।१२०४२।६।१३
४.महेन्द्र राजमार्ग सन्धिखर्क सडक योजनाऐ.ऐ.२०४२।६।१४२०४४। ।६।२२
५.जिल्ला ईन्जिनियर जिल्ला सडक कार्यालय, रौतहटऐ.ऐ.२०४४।६।२३२०४६।६।२१
६.जिल्ला ईन्जिनियर जिल्ला सडक कार्यालय, रौतहटका.मु.प्रमुख जिल्ला ईन्जिनियर२०४६।६।२२२०४७।६।२६
७.सडक विभागईन्जिनियर (काठमाडौ सडक सुधार योजना २०४७।६।२७२०४७।९।१९
८.सडक विभागडिभिजनल ईन्जिनियर (रा.प.द्वि.प्रा.) बढुवा२०४७।९।२०२०५०।३।२७
९. सडक विभागमा पुल दरबन्दीमासिनियर डिभिजनल ईन्जिनियर२०५०।३।२८२०५२।७।११
१०.सिलगढी साँफेबगर सडक योजनाका.मु. योजना प्रमुख२०५२।७।१२२०५३।६।५
११.सुर्खेत जुम्ला सडक योजना का.मु. योजना प्रमुख२०५३।६।६२०५४।२।३१
१२.सडक विभागसिनियर डिभिजन ईन्जिनियर२०५४।३।१२०५४।८।२९
१३.सडक विभाग आर.एम. आर. पि. पिरियोडिकप्रोजेक्ट को-अर्डिनेटर२०५४।८।३०२०५८।४।२१
१४.डिभिजन कार्यालय काडमाडौडिभिजन प्रमुख२०५८।४।२२२०५९।९।२४
१५.साँफेबगर-मंगलसेन मार्तडी सडक योजनाका.मु.योजना प्रमुख२०५९।९।२५हालसम्म
पारिवारिक विवरणः-
प्रतिवादी हरेकृष्ण भगतको एकाघर परिवारका सदस्यहरूको विवरण देहायबमोजिम देखिन आएको छ ।
तालिका नं. २
क्र.सं. नाम र नाता पेसा/व्यवसाय कैफियत
१.हरेकृष्ण भगत (स्वयम्)सरकारी नोकरी
२.सुनयनादेवी भगत (श्रीमती)गृहणी
३. उमेशकुमार भगत (छोरा) विद्यार्थी कोडाइकानल स्कुल तमिलनाडु
४. रोशनकुमार भगत (छोरा) विद्यार्थी ,, ,,
मेरो परिवारमा म, श्रीमती र २ छोराहरू छौँ । मेरो आम्दानीको स्रोत कृषि, माछा पालन, आँप बिक्री, घर भाडा, तलब र ससुरालीको सहयोग हो । तलब भत्ताबाहेक बार्षिक करिब ४ लाख आम्दानी हुन्छ । कृषि आयबाट २ लाखमा मैतिदेवीमा जग्गा किनी निर्माण सामग्री गाउँबाट झिकाई २० लाखमा घर बनाएको हो । ससुरालीबाट बिहेमा १० लाख, जेठो छोरा जन्मँदा १० लाख, घर निर्माण गर्दा अन्य खर्चमा १० लाख, एउटा मिनीट्रक, सालोको बिहेमा गरगहनाहरू बेलाबेलामा सहयोग पाउने गरेको र उक्त रकम कहिले बैंङ्कमा राखी आवश्यकताअनुसार खर्च गरेको हो । ससुरालीबाट सालाहरूले आफ्नो कारोबारको सिलसिलामा रकम ल्याउँदा कहिले बैंकमा राखी दिने र झिकेर लाने गर्दथे ।
नेपाल एस.बि.आई. बैंकबाट विभिन्न मितिमा निकालेको ११ लाख रूपैयाँ ससुरालीको सहयोगमा जम्मा गरी दिएको र झिकेर उनीहरूले नै लाने गरेको हो । तत्कालीन इण्डोस्वेज बैंङ्कमा १२ लाख र बैंङ्क अफ काठमाडौमा १० लाख जम्मा गरेको स्रोत ससुरालीको काममा सहयोग गरेबापत जम्मा गरेको रकम उनीहरूले झिकेर लगेको हो । एकैदिन २ वटा बैङ्कबाट १८ लाख झिकेको, हाम्रो काम नभएको र उनीहरूकै रकम भएकाले उनीहरूबाटै खर्च भएको हो । नेबिल बैंकमा जम्मा भएको रू.२,५३,६६७।३६ को स्रोत घर परिवारमा जम्मा भएको रकम हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा विभिन्न मितिमा ६ लाख जम्मा गरेको स्रोत कृषि, घरगृहस्थी र घरको आम्दानी हो । मिति २०५५।४।२५ मा सोही बैंकमा ३ लाख जम्मा गरेको स्रोत घरको आय र गृहस्थीको रकमको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट मिति २०५३।३।२८ मा घर खर्चको लागि २ लाख निकालेको
थियो । घर खर्च मासिक २०-२५ हजारसम्म हुन्छ । मिति ०५९।३।२८ र ऐ. ५।६ गते निकालेको रू.४ लाख ५० हजार रूपैयाँ १ महिना ८ दिनमा भगवती पूजा, धार्मिक काम, घर मर्मत र रङ्ग रोगनमा खर्च भएको हो । भारतको कोडाइकानलमा अध्ययन गर्ने छोराहरूको पढाइ २०५८ देखि सुरू भै प्रत्येकको लागि एकमुष्ट शुल्क एक-एक लाख गरी भारू. २ लाख लाग्दछ । त्यसको स्रोत आफ्नो आयस्रोत, घरको स्रोत र छोराहरूको मामा घरबाट व्यहोर्ने स्रोत हो । काठमाडौ जिल्ला नयाँपाटीमा श्रीमतीको नाउँमा रू.५०,०००।– मा जग्गा किन्दाको स्रोत श्रीमतीले दाजुबाट ल्याएको रकम हो । सप्तरी जिल्लाको अंशबाट १४ बिघा जमिन पाएकामा उक्त जग्गामध्ये ५ बिघा दाइजो रू. ६ लाखमा बिक्री गरेको हो । सो जग्गा मित हजुरबुबा अमृत विहारी दासले दाइजो दिएको हो ।
क्यापिटल मार्केट लि.मा रू. ५१,०००।– र हायत रिजेन्सीमा दुवै जनाको नाममा रू. ६७,०००।– को शेयर रहेको छ । ससुरालीबाट ल्याएको ट्रक केही दिन इन्डियन नम्बरमा नै चलेको र पछि सो ट्रक आफैँले राख्ने भएपछि रू.१ लाख ६० हजारमा ससुरालीबाटै रकम तिरी नेपाली नम्बरमा परिणत गरिएको हो । बाँकी जग्गामा मुद्दा परी घर परिवार बसी भागबन्डा गरी हक कायम गरिएको हो । नेशनल फाईनान्सबाट रू.३ लाख ऋण लिई घर निर्माण गरेको र उक्त ऋण किस्ताबन्दीमा बुझाइसकेको छु । मैतिदेवीस्थित घर चन्द्रनिगाहपुर-गौर सडक कालोपत्रे गर्नको लागि ठेकेदारले काम सम्पन्न गर्न नसक्ने अवस्थादेखि निजको सहयोगको लागि सुरक्षणमा राखिएकामा काम सम्पन्न भएपछि आफैं कार्यालय प्रमुख भएको र Collateral Withdrawal ले सिफारिस गरी फिर्ता भै हाल्छ भनी सहयोग गरेकामा ठेकेदारको लापरवाहीले Withdrawal नभएको र पछिबाट मबाहेक ४ जनाको पनि फुकुवा नगर्ने मनसाय लिई बसेको छ । कम्पनीको नाम सिरूवा कन्स्ट्रक्सन प्रा.लि. तथा प्रोजेक्टको नाम रोड मेन्टेन्स तथा रिहाविलिटेसन प्रोजेक्ट RMRP हो । सोको ठेक्का रकम रू.३ करोड ५० लाख रहेको थियो । सो कन्स्ट्रक्सनसँग कुनै किसिमको कारोबार छैन । त्यसलाई तीसलाख ऋणको लागि बैंङ्कमा सिफारिस गरी दिएको हो । म त्यस समयमा आर.एम.आर.पि. अन्तर्गत Periodic Maintenance तथा Project Co-Ordinator थिएँ । ठूलो छोरा सुरूमा दुई वर्ष खर्साङ्गको साउथ मोर्डन स्कुलमा पढ्यो । दुई वर्षअघिमात्र कोडाइकानल पब्लिक स्कुलमा यहाँका पनि केही विद्यार्थी त्यहाँ राखेकाले प्रिन्सिपल यहाँ आएको बेलामा २०५८ जेठमा दुवै छोरालाई त्यहाँ भर्ना गरेको हो । जेठो छोरा दश कक्षामा र अर्को छोरा ६ कक्षामा पढ्छन् । उनीहरूको खर्च यकिन भन्न
सक्दिन । हालसम्म ४-५ लाख खर्च भएको अनुमान छ । खर्चको स्रोत जग्गा जमीनको आम्दानी, घर भाडा तथा तलब बचतबाट हो भन्नेसमेत व्यहोराको प्रतिवादी हरेकृष्ण भगतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
राजविराजको कठौनामा मेरो नाउँमा जमिन छ । तर कति छ थाहा छैन । जग्गाको उत्पादन कहिले बीस हजार, माछाको ५० हजारको दरले रकम
आउँछ । काठमाडौबाट सासूससुरालाई लुगाफाटा, नगद, औषधी आदि पठाउने गरेको छ । नयाँपाटीको जग्गा कम मूल्यमा किनेको हो । गाउँमा र काठमाडौमा किनेका जग्गाहरूको बारेमा मलाई थाहा छैन । मैले दाइजोमा सुन १२-१३ तोला र नगद रकम झन्डै १० लाख पाएको हो । मेरो बुबाले किस्ताबन्दीमा ३ वटा ट्रक किनेर एउटा मेरो नाउँमा दिनुभयो । घर बनाएको बेला ३० तोला जति सुन दिनुभएको हो । मेरो दुवै छोरा मामा घरमा नै जन्मिएकाले उनीहरूले पनि गहना
पाए । कालीमाटीमा फलफूल ल्याएर आउँदा भाइहरूले पैसा ल्याउँथे र सोही पैसा राख्नको लागि खाता खोलेको हो भन्नेसमेत व्यहोराको सुनयनादेवी भगतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
देहायको सम्पत्ति हरेकृष्ण भगतलाई पैतृक सम्पत्तिको रूपमा र निजकी श्रीमती सुनयनादेवी भगतलाई दाइजोको रूपमा प्राप्त भएको ।
तालिका नं. २ क
क्र.स. जग्गाधनीको नाम जग्गाको विवरण कैफियत
१. हरेकृष्ण भगत जिल्ला सप्तरी भगाहा-९ को कि.नं. २६, २७, २८, २९, ३१, ३४, ३५, ३, ४, ४८, ९०, ४२४, ४२६ र ४२८ को जम्मा क्षेत्रफल ६-१५-१० बिगाहा जग्गा । सप्तरी जिल्ला अदालतमा २०४७।१०।२३ मा भएको अंश मुद्दाको मिलापत्रअनुसार प्रतिवादी हरेकृष्ण भगतको नाममा दर्ता हुन आएको जग्गा ।
२.हरेकृष्ण भगतजिल्ला सप्तरी मोहनपुर-१ को कि.नं. ३४५, २६१, १२८ र २९७ र ऐ. ५(ख) को कि.नं. ५८२ र २४० को जम्मा क्षेत्रफल १-०-१३
३. सुनयनादेवी भगत बा.अ.ख. ४८५३ नं. को ट्रक निजलाई माइतीतर्फबाट प्राप्त भएको देखिएको ट्रक हाल सञ्चालनमा नरहेको ।
घर जग्गा :-
तालिका नं. ३
क्र.स. जग्गा/घर धनीको नाम सम्पत्तिको विवरण खरिद/निर्माण मिति मूल्य रू. कैफियत
१. सुनयनादेवी भगत जिल्ला सप्तरी भगाहा गा.वि.स. वडा नं. ९ को कि.नं. ५५, ९२, ३३, ३६, ९३, ३७, ५०, र २९८ को जम्मा क्षेत्रफल १-७-३ बिगाहा जग्गा । २०३९।३।१० रू.३,३७,८००। २०३९।३।१० मा कूल ५-४-१८ बिगाहा जग्गा खरिद गरेको मध्ये बिक्री गरी हाल बाँकी रहन आएको जग्गा
२. हरेकृष्ण भगत (क)जिल्ला सप्तरी भंगाहा-९ को कि.नं.५६ र ९५ को जम्मा क्षे.फ. १-५-४ बिगाहा जग्गा २०३९।३।२४ रू.३,०२,४००। २०३९।३।२४ मा कूल ९-२-९ बिगाहा जग्गा खदीद गरेको बिक्री गरी हाल बाँकी रहन आएको जग्गा
ख) ऐ. मोहनपुर- ३ (ख) को कि.नं. १८ को क्षे.फ. ०-१-१२ बिगाहा जम्मारू.१२,८००।-
३.हरेकृष्ण भगतजिल्ला सप्तरी भगाहा गा.वि.स. वडा नं. ९ को कि.नं. ३ र ४ मा निर्मित सिमेन्ट टायल छाना भएको घर(भवन नं.३)२०४२रू.१२,०९,४४८।-०८
४. हरेकृष्ण भगत ऐ.ऐ. (भवन नं.१) २०४५-०५५ रू.२७,३३,२०५।४१ मूल्याङ्कन प्रतिवेदनबमोजिम उक्त घर २०४५, २०४७ र २०५५
५. हरेकृष्ण भगत (क) का.म.न.पा. -२८ (ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को ०-८-०-० रोपनी जग्गा २०४८। ।२।२९ रू.२४,००,०००।- जम्मा वर्ग फिट ३४०१।५४ निर्माण गरेको
(ख) ऐ. जग्गामा २०५२ सालमा भुइँँतला, पहिलो तला र दोस्रो तलाको जम्मा कभर्ड एरिया ३८८३.७४ वर्गफिट रू. २९,४४,९४३।- रकमको लागतमा निर्माण गरेको हाल मूल्य२०५२रू.३१,३०,४८८।
(ग) ऐ.ऐ. जग्गामा २०५९ सालमा तेश्रो र चौथो तलाको जम्मा कभर्ड एरिया २४१९२४ वर्गफिट रू.१९,५०,०२८। रकमको लागतमा निर्माण गरेको घरको हालको मूल्य२०५९रू.१९,५०,०२८।नक्सा पास नगरी बनाएको हुँदा निर्माण साल निजको बयानबमोजिम उल्लेख गरिएको
(घ) माथिको घरमा रहेका फर्निचर तथा उपकरणहरूरू.६,४२,५६८।
६.हरेकृष्ण भगतजिल्ला सप्तरी भगाहा-९ को कि.नं.४१० को क्षे.फ. ०-०-६ बिगाहा जग्गा२०४८।७।१५रू.१,५०,०००।-
७.सुनयनादेवी भगतजिल्ला काठमाडौ नयाँपाटी गा.वि.स.-५ कि.नं.५०४ र ५०६ को जम्मा क्षे.फ. ०-९-२-० रोपनी जग्गा २०५१।६।११रू.२,९६,८७५।
८.हरेकृष्ण भगतजिल्ला सप्तरी भगाहा गा.वि.स.-९ को कि.नं. ३ र ४ मा निर्मित भान्छाघर (भवन नं. २)२०५९रू.४,३९,०९६।५८
जम्माः-रू.१,३६,०४,७०९।
बैंक मौजदात
तालिका नं. ४
क्र.स. खातावालाको नाम बैंकको नाम र खाता नम्बर कारोबार अवधि र जम्मा रकम हालको मौजदात रू. कैफियत
१.हरेकृष्ण भगतस्टायाण्डर्ड चार्टर्ड बैंक लि. १८००२९३३५०१मिति २०५५।४।२५ देखी २०५८।१०।२९ सम्म रू. ९,२५,०००।-रू.९८,३४१।६६
२.हरेकृष्ण भगतनेबिल बैंक लि. ०११००१३३६१८०१मिति २०५५।७।११ मा Balance Transfer FODM रू. २,५३,६६७।३६रू.५०,१४९।१४
३.हरेकृष्ण भगतनेपाल इनभेष्टमेन्ट बैंक १२७६१४०रू.४५,५४१।९६
४.हरेकृष्ण भगतनेपाल बैंङ्क लि. काठमाडौ ४८६६२५०रू.३४,९३७।४२
५.हरेकृष्ण भगतबैंक अफ काठमाडौ लि. ०७००००००६९३३मिति २०५३।९।२३ मा रू.१०,००,०००।-रू.९८,७६२।५६
६. हरेकृष्ण भगत नेपाल एस बी.आई. बैक लि. ०२५३०१००००६१ मिति २०५२।११।२७
रू. १०,५०,०००।-रू.३७,१८७।२१
७.हरेकृष्ण भगतराष्ट्रिय वाणिज्य बैंक, बिशाल बजार ००२९४४७२०५७।४।२३ देखि २०५९।५।१९ सम्म रू.१,०३,०००।-रू.१,०७६।३१
८.हरेकृष्ण भगतराष्ट्रिय वाणिज्य बैंक, मैतीदेवी ७०७२२०५७।४।२३ देखि २०५९।५।१९ सम्म रू.१,०३,०००।-रू.७,७८२।५८
जम्माः-रू.३,७३,७७८।८४
(ग) शेयर
तालिका नं. ५
क्र.स. नाम कम्पनीको नाम शेयरको रू. कैफियत
१. हरेकृष्ण भगत एन.आई.डि.सि. क्यापिटल मार्कट लि. रू.२३,०००।- बयान र ०५९।१२।१७ को सम्पत्ति विवरणअनुसार
२. सुनयनादेवी भगत एन.आई.डि.सि. क्यापिटल मार्कट लि. रू.२५,०००।- ऐ.ऐ.
३. हरेकृष्ण भगत सुनयनादेवी भग हायत रेजेन्सी होटल रू.६७,०००।- शेयर २ जनाको संयुक्त नाममा रहेको
जम्मारू.१,१५,०००।-
कूल सम्पत्तिः- १,४०,९३,४८७।९१
(घ) खर्च भइसकेको विशेष प्रकृतिको सम्पत्ति
तालिका नं.६
क्र.सं. खर्च शिर्षकको विवरण खर्च रू. कैफियत
१. अध्ययन खर्चबापत संयुक्त राज्य अमेरिकाको न्यू. मेक्सिकोस्थित सेन्चुरी विश्वविद्यालय (Century University) मा पठाएको अमेरिकी डलर ६३४५। को प्रति डलर ७५।६० को दरले हुने रू. र रकम ट्रान्सफर कमिसनसमेत मिति २०५८।५।२२ (सेप्टेम्बर २००१) मा भुक्तानी गरेको रकम रू.४,८०,१६१।८० हरेकृष्ण भगत स्वयम्को अध्ययनको लागि
२. छोराहरू उमेशकुमार भगत र रोशनकुमार भगतलाई दक्षिण भारतको तामिलनाडु राज्यस्थित कोडाइकानल पब्लिक स्कुलमा हालसम्म अध्ययन गराउँदा खर्च भइसकेको रकम रू.४,८०,०००।- निजहरू मध्ये एक जना कक्षा ६ र कक्षा १० मा अध्ययनरत
जम्माः-रू.९,६०,१६१।८०
५ सार्वजनिक पद धारण गरेपछिको नगद आम्दानी र खर्च/ नगद प्रवाह (Cash Flow) को स्थितिः-
आम्दानी र खर्चको विववरणः-
तालिका नं. ६क
क्र.सं. विवरण आम्दानी रू. खर्च रू. मौज्दात रू. कैफियत
१.(क) मिति २०३७ श्रावण देखि २०३९ जेठसम्मको तलब भत्तारू.२०,५००।-
(ख) मिति २०३९।३।१० मा सुनयनादेवी भगतको नाममा सप्तरी जिल्लाको भंगाहा र मोहनपुर गा.वि.स. मा जम्मा क्षे.फ. ५-४-१८ विगाह जग्गा खरीद-रू.८२,५००।-
(ग) मिति २०३९।३।२४ मा हरेकृष्ण भगतको नाममा सप्तरी जिल्लाको भंगाहा र मोहनपुर गा.वि.स. मा जम्मा क्षे.फ. ९-२-९ विगाह जग्गा ५ वटा फूसको घरसमेत खरीद-रू.३७,३५०।-
जम्माः-रू.२०,५००।-रू.१,१९,८५०।-रू.(९९,३५०।-)
२.(क) २०३९ आषाढ देखि २०४५ सालसम्मको तलब भत्तारू.१,२६,७२५।-
(ख)२०४२ सालमा सप्तरी जिल्लास्थित भंगाहमा सिमेन्टको जोडाई र टायलको छाना भएको भवन नं. ३ को १७०८.२६ वर्ग फिटको घर निर्माण गर्दाको खर्चरू.१,९६,४४९।९०
(ग) सुनयनादेवीको नामको जग्गाको २०३९ देखी २०४२ सम्म ४ वर्षको खेतीको आय मोही लागेको जग्गाको प्रति वर्ष रू. १,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू.३,०००।– मोही लागेको जग्गा ४-५-१४ र मोही नलागेको जग्गा १-८-४रू.४६,६३०।-
(घ) २०४५ सालमा सप्तरीको भंगाहा-९ को कि.नं. ३ र ४ मा आर.सी.सी. भवन नं. १ को १४८०.७५ वर्ग फीटको भुँईतल्ला घर निर्माण गर्दाको खर्चरू.२,३९,८८१।५०
(ङ) सुनयनादेवीको नामको जग्गाको २०४३-२०४५ सम्म ३ वर्षको खेतीको आय मोही लागेको जग्गाको प्रति वर्ष रू.१,५००।– र (मोही नलागेको जग्गाको प्रति वर्ष रू.३,०००।-रू.३१,९७२।५०
जम्माः-रू.२,०५,३२७।९०रू.४,३६,३३१।४०रू.२,३१,००३।५०
३.(क) २०४६ र २०४७ सालसम्मको तलव भत्तारू.४३,२९०।-
(ख) २०४७ सालमा सप्तरीको भंगाहा-९ को कि.नं. ३ र ४ मा १४८०।७५ वर्ग फीटको पहिलो तल्ला घर निर्माण गर्दाको खर्चरू.३,७७,४१३।५६
(ग) मिति २०४८।२।२९ मा हरेकृष्ण भगतको नामको कि.नं.५२६ को ०-८-०-० रोपनी जग्गा खरीद
रू.२,००,०००।-बयानमा खुलाए बमोजिम
(घ) सुनयनादेवी नामको जग्गाको २०४६ र २०४७ सम्म २ वर्षको खेतीको आ.व. (मोही लागेको जग्गाको प्रति वर्ष रू. २,०००।- मोही नलागेको जग्गाको प्रति वर्ष रू.४,०००।-रू.२८,४२०।-
जम्माः-रू.७१,७१०।-रू.५,७७,४१३।४६रू.(५,०५,७०३।५)६
४.(क) २०४८ देखी ऐ. आश्विनसम्मको तलब भत्तारू.१०,८२४।-
(ख) मिति २०४८।७।१५ मा हरेकृष्ण भगतको नाममा जिल्ला सप्तरी भंगाहा-९ को कि.नं. ४१० को क्षेत्रफल ०-०-६ विगाह जग्गा खरीदरू.९,०००।-
जम्माः-रू.१०,८२४।-रू.९,०००।-रू.१,८२४।-
५.(क) २०४८ कार्तिक देखी २०५१ भाद्रसम्मको तलब भत्तारू.१,०५,५८०।-
(ख) मिति २०५१।६।११ मा सुनयनादेवी भगतको नाममा जिल्ला काठमाडौ नयाँपाटी गा.वि.स.५ कि.नं. ५०४ र ५०६ को जम्मा क्षेत्रफल ०-९-२-० रोपनी जग्गारू.५०,०००।-बयानमा खुलाए बमोजिम
(ग) सुनयनादेवीको नामको जग्गाको २०४८ देखी २०५० सम्म ३ वर्षको खेतीको आय (मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।-रू.७४,६०२।५०--
(घ) हरेकृष्ण भगतको नाममा २०४७।१०।२३ मा सप्तरी जिल्ला अदालतबाट भएको मिलापत्रबमोजिम अंश वापत प्राप्त भंगाहा- ९ को कि.नं. ४,२३, २६, २७, २८, २९, ३८, ९०, ३, ३४, ३५, ३१, ४८, १९७ र मोहनपुर-१ को कि.नं. २४३, २२९, १६५,२६२,१२८,१३१ र ऐ ५ख को कि.नं. २४० र २३७समेत कूल क्षेत्रफल ४-१०-१ मोही लागेको जग्गा ३-१०-१ को प्रति विगाह रू. ३,५००।- र मोही नलागेको जग्गा १-०-० को प्रति विगाह रू.७,०००।- का दरले जग्गाको २०४८ देखी २०५० सम्म ३ वर्षको खेतीको आय रू.५७,७७६।२५
(ङ.) नेशनल फाइनान्स लि.बाट मिति २०५०।७।१ मा लिएको ऋणरू.३,००,०००।---
(च) २०४८ आश्विनसम्मको बचतरू.१,८२४।---
जम्माः-रू.५,३९,७८२।७५रू.५०,०००।-रू.४,८९,७८२।७५
६.(क) २०४८ कार्तिकदेखि २०५१ सालसम्मको मौज्दातरू.४,८९,७८२।७५
(ख) २०५१ आश्विन देखि २०५२ सालसम्मको तलब भत्तारू.६४,७३६।---
(ग) हरेकृष्ण भगतको नाममा का.म.न.पा.-२८ (ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को ०-८-०-० रोपनी जग्गामा २०५२ सालमा भुईतल्ला, पहिलो तल्ला र दोश्रो तल्लाको जम्मा कभर्ड एरिया ३८८३७४ वर्ग फिटको घर रू.२९,४४,९४३।- को लागतमा निर्माण गरेको -रू.२९,४४,९४३।--
(घ) सुनयनादेवीको नामको जग्गाको २०५१ र २०५२ सम्म २ वर्षको खेतीको आय (मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।-रू.४९,७३५।---
(ङ) हरेकृष्ण भगतको नामको जग्गाको २०५१ र २०५२ सम्म २ वर्षको खेतीको आय (मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।-रू.३८,५१७।५०--
(च) सुनयनादेवीको नामको ट्रकको २०५२ श्रावण देखि ऐ. चैत्रसम्मको भाडा (प्रति महिना रू.९,०००।- का दरले)रू.८१,०००।-
(छ) नेशनल फाईनान्सको ऋण २०५२ सालमा चुक्ता गरेकोरू.३,००,०००।-
जम्माः-रू.८,६७,०२५।२५रू.३२,४४,९४३।-रू.(२३,७७,९१७।७५)
७.(क) २०५३ सालदेखि २०५८ सालसम्मको तलब भत्तारू.३,०८,००४।-
(ख) मिति २०५३।५।२३ मा हरेकृष्ण भगतको नाममा जिल्ला सप्तरी भंगाहा-९ को कि.नं. १२२ को क्षेत्रफल ०-०-१४ विगाह जग्गा बिक्रीरू.२,०००।-
(ग) मिति २०५३।५।२५ मा सुनयनादेवीको नामको मोहनपुर-४ को कि.नं. १७७ को क्षेत्रफल २-२-१३ जग्गा बिक्रीरू.६६,०००।---
(घ) २०५५ सालमा सप्तरीको भंगाहा-९ को कि.नं. ३ र ४ मा ४४०.०४ वर्ग फिटको दोश्रो तल्ला घर निर्माण गर्दाको खर्च-रू.२,९४,१७५।५४-
(ङ) अध्ययन खर्च वापत संयुक्त राज्य अमेरिकाको न्यू मेक्सिकोस्थित सेन्चुरी विश्वविद्यालय Century University लाई भुक्तानी गरेको अमेरिकी डलर ६३४५।- को प्रति डलर पैसाको दरले हुने ने.रू. र रकम ट्रान्सफर कमिसनसमेत मिति २०५८।५।२२ (सेप्टेम्बर २००१) सो खातामा खर्च भएको रकम -रू.४,८०,१६१।८०-
(च) छोराहरू क्रमशः उमेश कुमार भगत र रोशन कुमार भगतलाई दक्षिण भारतको तामिलनाडु राज्यस्थित अध्ययन गराउँदा २०५८ सालमा खर्च भएको रकम-रू.३,२०,०००।-
(छ) सुनयनादेवीको नामको जग्गाको २०५३ देखि २०५७ सम्म ५ वर्षको खेतीको आय (मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।- का दरलेरू.८६,१४३।७५मोही जग्गा २-२-१ र मोही नलागेको १-८-४
(ज) हरेकृष्ण भगतको नामको जग्गाको २०५३ देखि २०५७ सम्म ५ वर्षको खेतीको आय (मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- का दरलेररू.९६,२९३।७५
(झ) छोराहरू क्रमशः उमेश कुमार भगत र रोशन कुमार भगतलाई दक्षिण भारतको तामिलनाडु राज्यस्थित कोडाइकानल पब्लिक स्कूलमा अध्ययन गराउँदा २०५९ सालमा खर्च भएको रकम-रू.१,६०,०००।--
(ञ) सुनयनादेवीको भगतका नामको ट्रकको २०५३ वैशाख देखि २०५७ आश्विनसम्मको भाडा प्रतिवादी हरेकृष्ण भगतको बयान व्यहोराअनुसार (प्रति महिना रू..९,०००।- का दरले) भाडा कायम गरिएकोरू.४,८६,०००।---
जम्माः-रू.१०,४४,४४१।५०रू.१०,९४,३३७।३४(रू.४९,८९५।८४)
८.(क) २०५८ भाद्रदेखि २०५९ सालसम्मको तलब भत्तारू.१,७४,०००।---
(ख) मिति २०५८।११।२ मा सुनयनादेवी भगतको नाममा जिल्ला सप्तरी मोहनपुर गा.वि.स. वडा नं.१ को कि.नं. ३५७ र ३५४ को जम्मा क्षे.फ. ०-४-३ विगाह जग्गा बिक्रीरू.२५,०००।---बयानबमोजिम
(ग) मिति २०५८।११।२ मा हरेकृष्ण भगतको नाममा जिल्ला सप्तरी मोहनपुर-१ को कि.नं. ३५१, ३४९ र ऐ.ऐ.३ (ख) को कि.नं. १९ गरी जम्मा क्षेत्रफल ०-१८-१५५ विगाह जग्गा बिक्रीरू.९०,०००।--
(घ) मिति २०५८।११।३ मा सुनयनादेवी भगतको नाममा जिल्ला सप्तरी भंगाह गा.वि.स. वडा नं.९ को कि.नं. ३०१ र मोहनपुर १ कि.नं. २२६ गरी जम्मा जम्मा क्षे.फ. ०-१९-२ विगाह जग्गा बिक्रीरू.९०,०००।-
(ङ) घरमा रहेको फर्निचर तथा उपकरणहरू खरीद-रू.६,४२,५६८।--
(च) का.म.न.पा. २८(ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को क्षेत्रफल ०-८-०-० रोपनी जग्गामा २०५९ सालमा २४१९.२४ वर्ग फिटको तेश्रो र चौथौ तला निर्माण गर्दाको लागत-रू१९,५०,९२९।-
(छ) सुनयनादेवीको नामको जग्गाको २०५८ र २०५९ सम्म २ वर्षको खेतीको आय कि.नं. ५५, ९२,३३, ३६, ९३, ३७ गरी जम्मा क्षेत्रफल १-०-१३ र मोही नलागेको कि.नं. ५०, २५८ को जग्मा क्षेत्रफल ०-११-१० जग्गा मध्ये मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।-रू.१५,२१७।५०--
(ज) हरेकृष्ण भगतको नामको जग्गाको २०५८ र २०५९ सम्म २ वर्षको खेतीको आय मोही लागेको जग्गाको प्रति वर्ष रू.३,५००।- र मोही नलागेको जग्गाको प्रति वर्ष रू. ७,०००।- का दरले (मोही लागेको ३-१०-१ र नलागेको ०-१२-१/२)रू.३२,९२५।---
(झ) २०५९ सालमा सप्तरीको भंगाहा-९ को कि.नं. ३ र ४ मा ५७८.०२ वर्ग फिटको भान्साघर निर्माण गर्दाको खर्चरू.३,८८,१३५।१५
जम्माः-रू.४,२७,१४२।५०रू.२९,८१,६३२।१५(रू.२५,५४,४८९।६५)
सम्पत्तिको स्रोतसम्बन्धी विश्लेषण
(क) वैधानिक स्रोत खुलेको सम्पत्ति
माथि उल्लिखित सम्पत्ति मध्ये प्रतिवादी हरेकृष्ण भगतले पेस गरेको प्रमाण एवम् बयान, अनुसन्धानको क्रममा प्राप्त हुन आएका कागजात एवम् सङ्कलित तथ्यहरूका आधारमा हेर्दा देहायको सम्पत्तिको मात्र स्रोत खुलेको देखिन आयो ।
तालिका नं. ७
क्र.सं. सम्पत्ति धनीको नाम सम्पत्तिको विवरण मूल्य रू. कैफियत
१.सुनयनादेवी भगतमिति २०३९।०३।१० मा खरिद गरेको जग्गामध्ये हाल बाँकी रहेका जिल्ला सप्तरी भंगाहा गा.वि.स. वडा नं. ९ को कि.नं. ५५, ९२, ३३, ९३, ३७, ५० र २९८ को जम्मा क्षेत्रफल १-७-३ बिगाहारू.३,३७,८००।-
२.हरेकृष्ण भगतहरेकृष्ण भगत जिल्ला सप्तरी भंगाहा गा.वि.स. ९ को कि.नं. ३ र ४ मा निर्मित सिमेन्ट टायल छाना भएको घर (भवन नं. ३)रू.१२,०९,४४८।०८
३.हरेकृष्ण भगतक) मिति २०४८।०२।२९ मा खरिद गरेको का.म.न.पा. २८(ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को क्षेत्रफल ०-८-०-० रोपनी जग्गामध्ये स्रोत खुलेको ०-४-०-० रोपनीरू.१२,००,०००।-
(ख) २०५२ सालमा भुइँँतल्ला, पहिलो तल्ला र दोस्रो तल्ला (जम्मा कभर्ड एरिया ३८८३७४ वर्ग फिट) को घर निर्माणको लागत रू. २९,४४,९४३।- मध्ये स्रोत खुलेको १२५२ वर्ग फिटको लागत रू. ९,४९,३६०।३० को हाल हुन आउने रू.१०,०९,१७४।-रू.१०,०९,१७४।-
४.सुनयनादेवी भगतमिति २०५१।६।११ मा सुनयनादेवी भगतको नाममा जिल्ला काठमाडौ नयाँपाटी गा.वि.स. ५ कि.नं. ५०४ र ५०६ को जग्मा क्षेत्रफल ०-९-२-० रोपनी (बयानबमोजिम) रू.५०,०००।- मा खरिद गरेको जग्गारू.२,९६,८७५।-
५.हरेकृष्ण भगतमिति २०४८।६।११ मा खरिद गरेको जिल्ला सप्तरी भंगाहा- ९ को कि.नं. ४१० को क्षेत्रफल ०-०-६ बिगाहा जग्गा रू.१,५०,०००।-
६.हरेकृष्ण भगत२०५२ सालदेखि २०५९ सालसम्म पटक पटक खरिद गरेको फर्निचर तथा उपकरणहरूरू.६,४२,५६८।-
७.हरेकृष्ण भगत२०५५ सालमा सप्तरी जिल्ला भंगाहा गा.वि.स. ९ को कि.नं. ३ र ४ मा निर्मित घर नं. १ को ४४०.०४ वर्ग फिटको दोस्रो तल्ला रू. २,९४,१७५।५४ लागतमा निर्माण गरेको घरको हालको रू.रू.३,५३,५८०।९३
८.हरेकृष्ण भगत(क) स्टयाण्डर्ड चार्टर्ड बैंकको बचत खाता नं. १८००२९३३५०१ मा रहेको मौजदातरू.९८,३४१।६६
हरेकृष्ण भगत(ख) नेबिल बैक लि.को बचत खाता नं. ०११००१३३६१८०१ मा रहेको मौजदातरू.५०,१४९।१४
हरेकृष्ण भगत(ग) राष्ट्रिय वाणिज्य बैक विशाल बजार शाखास्थित बचत खाता नं. ००२९४४७ को खातामा रहेको मौजदातरू.१,०७६।३१
सुनयनादेवी भगत(घ) राष्ट्रिय वाणिज्य बैक मैतिदेवी शाखास्थित बचत खाता नं. ७०७२ को खातामा रहेको मौजदातरू.७,७८२।५८
हरेकृष्ण भगत(ङ) नेपाल बैक लि. काठमाडौं अफिसस्थित बचत खाता नं. ४८६६२५० मा रहेको मौजदातरू.३४,९३७।४२
९. हरेकृष्ण भगत सुनयनादेवी भगत शेयर खरिदः
(क) हायात रिजेन्सी होटल (संयुक्तरूपमा) रू.६७,०००।- बयान र २०५९। १२। १७ को सम्पत्ति विवरण अनुसार
हरेकृष्ण भगत(ख) एन. आई.डि.सी. क्यापिटल मार्केटरू.२३,०००।-
सुनयनादेवी भगत(ग) ) एन. आई.डि.सी. क्यापिटल मार्केटरू.२५,०००।-
जम्माः-रू.५५,०६,७३३।१२
स्रोत नखुलेको सम्पत्तिः-
तालिका नं. ८
क्र.सं. सम्पत्ति धनीको नाम सम्पत्तिको विवरण हालको मूल्य रू. कैफियत
१.हरेकृष्ण भगतक) मिति २०३९।०३।२४ मा सप्तरी जिल्ला भंगाह र मोहनपुर गा.वि.स. मा खरिद गरेको जग्गामध्ये हाल बाँकी रहेको भंगाहा-९ को कि.नं. ५६ र ९५ को जम्मा क्षेत्रफल १-५-४ बिगाहा जग्गारू.३,०२,४००।-
हरेकृष्ण भगत(ख) मिति २०३९।०३।२४ मा खरिद गरेको जग्गामध्येकै हाल बाँकी रहेको ऐ. मोहनपुर-३ (ख) को कि.नं. १८ को क्षेत्रफल ०-१-१२ बिगाहा जग्गारू.१२,८००।-
२.हरेकृष्ण भगत(क) २०४५ सालमा सप्तरी भंगाहा-९ को कि.नं. ३ र ४ मा निर्माण गरेको १४८०७५ वर्ग फिटको भवन नं. १ को भुइँँतल्ला निर्माण गर्दाको लागत रू.२,३९,८८१।५० को हाल हुने आउने मूल्यरू.११,८९,८१२।२४
हरेकृष्ण भगत(ख) २०४७ सालमा ऐ जग्गामा निर्माण गरेको १४८०.७५ वर्ग फिटको भवन नं. १ को पहिलोतल्ला निर्माण गर्दाको लागत रू. ३,७७,४१३।५६ को हाल हुन आउने मूल्यरू.११,८९,८१२।२४
३.हरेकृष्ण भगत(क) मिति २०४८।०२।२९ मा खरिद गरेको काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका-२८(ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को ०-८-०-० रोपनी जग्गा मध्ये स्रोत नखुलेको ०-४-०-० जग्गारू.१२,००,०००।-
हरेकृष्ण भगत(ख) ऐ.ऐ. जग्गामा २०५२ सालमा भुइँँतल्ला, पहिलो तल्ला र दोस्रो तल्लाको जम्मा कभर्ड एरिया ३८८३.७४ वर्ग फिटको घर रू.२९,४४,९४३।- को लागतमा निर्माण गरेको मध्ये स्रोत नखुलेको २६३१.७४ वर्ग फिटको निर्माणको लागत रू.१९,९५,५८२।६५ को हाल हुन आउने रू.रू.२१,२१,३१४।-
हरेकृष्ण भगत(ग) काठमाडौ महानगरपालिका-२८(ख) हाल वडा नं. ३३ को कि.नं. ५२६ को जग्गामा २०५९ सालमा रू.१९,५०,०२८।- रकमको लागतमा निर्माण गरेको तेश्रो र चौथौ तल्लाको घरको हालको मूल्यरू.१९,५०,०२८।-नक्सा पास नगरी निर्माण गरेको
४.हरेकृष्ण भगत२०५९ सालमा सप्तरी भंगाहा-९ को कि.नं. ३ र ४ मा रू.३,८८,१३५।१५ को लागतमा निर्माण गरेको ५७८०२ वर्ग मिटरको भान्सा घरको हाल (०६०-०६१) मा हुन आउने मूल्य रू.रू.४,३९,०९६।५८
५.हरेकृष्ण भगत(क) बैंक अफ काठमाडौ बचत खाता नं. ०७००००००६९३३ मा रहेको मौजदातरू.९८,७६२।५६
हरेकृष्ण भगत(ख) नेपाल एस.बि.आइ.बैंक लि.को बचत खाता नं. ०२५३०१००००६१ को बचत खातामा रहेको मौजदातरू.३७,१८७।२१
हरेकृष्ण भगत(ग) नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको मौजदातरू.४५,५४१।९६
जम्माः-रू.८५,८६,७५४।७९
२०३७ सालमा श्री ५ को सरकारको निजामती सेवामा असिस्टेन्ट इन्जिनियरको पदबाट सेवा प्रवेश गरी हाल सिनियर डिभिजनल इन्जिनियरको पदमा कार्यरत रहेका प्रतिवादी हरेकृष्ण भगतले प्राप्त गरेको पैतृक सम्पत्ति र त्यसबाट प्राप्त हुने आय, निजले उपर्युक्त सेवामा कार्यरत रहँदा आम्दानीका विधिसम्मत स्रोतहरूबाट प्राप्त गरेको तलब भत्ता, निजकी पत्नी सुनयनादेवी भगतका नाममा रहेको ट्रकबाट प्राप्त आय र निजले स्रोत खुलेको सम्पत्तिबाट खरिद गरी बढे बढाएको रकमसमेतलाई गणना गरी तत् तत् सम्पत्ति आर्जन गर्दाका स्रोतहरूको दृष्टिकोणबाट हेर्दा माथि तालिका नं. ७ मा उल्लिखित सम्पत्तिको वैधानिक आर्जनको स्रोत नखुलेको, सो सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको देखिन आयो । साथै सप्तरीको भंगाहा र काठमाडौ मैतीदेवीको घरहरूको प्राविधिक मूल्याङ्कन प्रतिवेदन, निजले आफ्नो नाउँमा खोलेका बैंक खाताहरूमा जम्मा गरेको रकमको परिमाण, काठमाडौ र सप्तरीको विभिन्न स्थानहरूमा खरिद गरेको घडेरी जग्गाहरू र लाखौंका सुविधा र सजावटका फर्निचरसमेतका सामग्रीसमेतलाई दृष्टिगत गर्दा निजसँग निजको वैध आय स्रोतसँग नमिल्ने अस्वाभाविक परिमाणको सम्पत्ति देखिनुका साथै निजले मनासिब कारण बिना अमिल्दो र असुहाउँदो जीवनस्तर यापन गरेको देखिन आयो ।
यसरी गैरकानूनीरूपबाट आफ्नो वैध आय स्रोतसँग नमिल्ने तथा अस्वाभाविक सम्पत्ति सङ्ग्रह गर्नु तथा आफ्नो हैसियतसँग अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गर्नुसमेतको कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर देखिनाले प्रतिवादी हरेकृष्ण भगतलाई उपर्युक्त भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५ र दफा २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम हदैसम्म सजाय गरी निजले गैरकानूनी रूपबाट आर्जन गरेर राखेको तालिका नं. ८ को क्र.सं. १ देखि ५ सम्म उल्लेख भएबमोजिमको कूल रू.८५,८६,७५४।७९ बराबरको चल अचल सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको विशेष अदालत काठमाडौमा पेस भएको अभियोगपत्र ।
२०३७ सालमा सेवा प्रवेश गरी ०४७ सालमा बढुवा भै सिनियर डिभिजन इन्जिनियर (उपसचिव स्तरको) पदमा काम गरी आएको छु । मैले आफ्नो पारिश्रमिक, अंशबापत प्राप्त जमिन, कृषि आय, जग्गा बिक्री र श्रीमतीले पाएको दाइजो पेवा तथा बकसपत्रबाट प्राप्त सम्पत्ति जोडेको छु । अंशबन्डा हुँदाको अवस्थामा २६ बिगाहा जग्गा थियो । अंशबन्डा हुँदा मेरो भागमा १४ बिगाहा प्राप्त भएको थियो । यसै गरी सेवा प्रवेशअघि संगोलको १२ बिगाहा जग्गा, सुन ५० तोला, चाँदी १०० तोला थियो । सोबाट बढे बढाएको सम्पत्तिबाट बाँकी जमिन जोडिएको हो । सेवा प्रवेशपछि मेरो नाममा जिल्ला सप्तरी मोहनपुर गा.वि.स. मा रहेको ९-२-९ जग्गा र पाँचवटा फुसको घर अनन्त विहारी दाशबाट बकस पाएको हुँ । श्रीमती सुनयनादेवी भगतले सोही गा.वि.स. अन्तर्गतको ५-४-१८ जग्गा दाइजो पेवाबाट पाएको हुँदा मूल्य कायम गर्न मिल्दैन । २०४७ सालमा सप्तरी जिल्ला अदालतबाट मेरो र श्रीमतीको जग्गा आ-आफ्नो नाममा कायम हुने गरी मिलापत्र हुँदा त्यस जग्गामध्ये ज.वि. २-१७-१५ भाइको नाममा गएको हो । मिलापत्रबाट ४-१०-१ जग्गा मैले पाएको र बकसबाट पाएको ९-२-९ जग्गामध्ये २-१७-१५ जग्गा अन्य भाइलाई र ०-५-० जग्गा गुलावीको नाउँमा गई मैले बकसपत्रबाट प्राप्त गरेको बाँकी ५-१९-४ भइ मेरो नाममा सो समयमा जम्मा १०-९-५ जग्गा थियो । त्यसै गरी श्रीमतीको नाममा उल्लिखित जग्गा कायम नै छ । सप्तरी भंगाहामा घर –१ रहेको ०४५ सालमा १४८०.७५ को भुइँँतला निर्माण भएको घर २०४७ सालमा पहिलो तला निर्माण, २०४८ सालमा काठमाडौ मैतिदेबीमा ०–८-० जग्गा खरिद गरेको, ०५१ सालमा काठमाडौ नयाँपाटी गा.वि.स. मा ०-९-२-० जग्गा खरिद गरेको, सप्तरी भंगाहामा ०-०-६ (छ धुर) जग्गा रहेको, काठमाडौ मैतिदेवीमा ०५२ सालमा ३ तला र ०५९ सालमा साढे १ तल्ला थप गरी घर निर्माण गरेको, सप्तरी भंगाहामा ०५९ सालमा ५७८.०२ प्रति फिटको घर निर्माण गरेको छ ।
कृषि आय अन्तर्गत २०४८ देखी २०५८ को अवधिसम्म वार्षिक रू.५०,०००।- र २०५८ असोज देखि रू.३०,०००।- (तीस हजार) वार्षिक आम्दानी हुने गरेको छ । २-०-० जग्गामा मैले माछा पालन गरेको छु । जसबाट वार्षिक आम्दानी रू.५१,०००।-
हुन्छ । फलफूल बिक्रीबाट वार्षिक रू.१५,०००।- आम्दानी हुने गर्दथ्यो । जग्गा बिक्री गर्दा रू. ६ लाख लिई रू. २ लाख बैंकमा जम्मा गरेको थिएँ । सप्तरीको ८ कोठे टायल घरबाट प्रति महिना रू.५००।- का दरले वार्षिक रू.४८,०००।-, सप्तरी भंगाहाको ४ कोठे घरबाट प्रति कोठा रू.१०००।– ले रू.४८,०००।-, घर भाडा प्राप्त हुन्थ्यो । काठमाडौ मैतीदेवीको घरको भाडा वार्षिक रू.१,४४,०००।- हुन्छ । मिनी ट्रक मासिक रू.९,०००।- मा २०५३ सालदेखि भाडामा दिएको हो ।
मैले सेवा अविधमा तलब र भत्ता गरी करिब रू. २०,००,०००।- प्राप्त गरेको छु । तालिका नं. ७ र ८ को सम्बन्धमा बयान गर्दा उल्लेख गरी सकेको
छु । फर्निचरका सामानहरूको लागत रू. १,२८,०००।- मात्र भएकामा रू.६,४२,५६८। देखाएको न्यायसङ्गत छैन । अत्यधिक मूल्याङ्कन गरिएको छ । मेरो तलब, भत्ता, कृषि आय र ट्रक भाडाबाट प्रशस्तै आय स्रोत भएकामा आयस्रोत नै नभएको भनी मेरो वैध सम्पत्तिलाई अवैध बनाउने गरी दायर भएको आरोपपत्रबमोजिम मलाई सजाय र सम्पत्ति जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी हरेकृष्ण भगतले विशेष अदालत काठमाडौमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम रू.६०,००,०००।- (साठी लाख) नगद धरौट वा सोबापत निजको स्रोत खुलेको भनिएको मध्ये आरोपपत्रको तालिका नं. ७ को क्र.सं. ६ को रू.६,४२,५६८।– बाहेकको रू.४८,६४,१६५।- को सम्पत्ति र त्यसमा थप रू.११,३५,८३५।– बराबरको जेथा (जफतमा दाबी लिएको बाहेक) जमानत दिए लिई तारेखमा राखी र नदिए वा दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत व्यहोराले विशेष अदालत, काठमाडौबाट जमानत दिई तारेखमा बसेको ।
प्रतिवादीका साक्षीहरू अशोककुमार जयसवाल, माधवप्रसाद पराजुली र वादीका साक्षीहरू जयन्तकुमार राजवंशी, सरोजकुमार गोइत, जागेश्वर महासेठ, सिध्दिरत्न शाक्यले विशेष अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको देखियो ।
प्रतिवादीले जाँच अवधिमा सप्तरी जिल्ला भंगाहा गा.वि.स. वडा नं. ९ अन्तर्गत कि.नं. ५५, ९२,३३, ३६, ९३, ३७, ५०, २९८, ५६, र ९५ ऐ. ३ख अन्तगर्त कि.नं. १८, ऐ. वडा नं. ९ अन्तगर्त नै कि.नं. ४१०, का.जि.का.म.न.पा. वडा नं. २८(ख) को हाल ३३ अन्तर्गत कि.नं. ५२६ र ऐ. नयाँपाटी गा.वि.स. वडा नं. ५ अन्तगर्त कि.नं. ५०४ र ५०६ को जग्गा रू. ३,७९,२००।- मा, सप्तरी र काठमाडौमा निर्माण भएको घर रू. ५५,१५,६०५।३१ मा निर्माण सम्पन्न गरेको, शेयरमा रू. ६७,०००।- लगानी गरेको अध्ययनमा रू. ८,४३,३६१।- खर्च गरेको, बैङ्क मौजदातमा रू.१,४६,२५९।१४ रही VDIS बापत रू.५,००,०००।- तिरेकोसमेत जम्मा रू.७४,५१,४२६।२५ बराबरको सम्पत्ति सङ्ग्रह गरेको देखिन्छ । सो सम्पत्तिको तुलानामा प्रतिवादीले सोही जाँच अवधिमा तलब भत्ताबाट, १३,८०,५८९।८३, जग्गा बिक्रीबाट रू.३,६८,०००।- कृषि आयबाट रू.२६,४८,०००।- घरभाडाबाट रू.१२,१४,४००।- बैक ब्याज रू.२,२७,५२६।०७, कर्मचारी सञ्चयकोषको सापटी रू.४२,०२०।- ट्रक भाडाबाट रू.५,६७,०००।- र टीकाटालो, दक्षिणासमेतबाट रू.४,००,०००।- समेत गरी जम्मा रू.६८,४७,५३५।९० आय आर्जन गरेको देखिन आयो ।
सम्पत्तिको बिगो र आयको फरक रकम सम्पत्तिको बिगोको १० प्रतिशतभन्दा कमको सम्पत्तिसम्म बढी देखिनुलाई अमिल्दो र अस्वाभविक मान्न नमिल्ने भनी यस्तै प्रकृति र अवस्थाका मुद्दामा भारतीय सर्वोच्च अदालतबाट (Krishnanada Agnihotri Vs. State of M.P., A.I.R. १९७७, P. ७९६) को मुद्दामा सिद्धान्त प्रतिपादित भैरहेको
पाइन्छ । त्यसकारण जाँच अवधिमा प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिम कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम् न्यायसम्मत हुने देखिँदैन । प्रस्तुत मुद्दामा जाँच अवधिभित्र प्रतिवादीको सम्पत्तिको बिगो रू.७४,५१,४२६।२५ र सोही अवधिभित्र रू.६८,४७,५३५।९० बराबरको रकम वैध आर्जन देखिन आएबाट आयको तुलनामा सम्पत्तिको मोल रू.६,०३,८९०।३४ बढी हुन आए पनि सो रकम कूल सम्पत्तिको ८.१० प्रतिशत भन्दा कमै हुने देखियो । यसरी प्रतिवादीले वैध आर्जन गरेको रकमको अनुपातमा सम्पत्तिको बिगो बढी भए पनि सो बढी भएको रकम कूल सम्पत्तिको बिगोको रकमको १० प्रतिशत भन्दा कमै भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयस्रोतसँग नमिल्ने अस्वाभाविक परिमाणको भएको नदेखिएकाले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५ र २९ एवम् हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) को कसुर गरेको भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत काठमाडौको मिति २०६६।९।२० को फैसला ।
उक्त फैसला मिलेको छैन । प्रतिवादी हरेकृष्ण भगत राष्ट्रसेवक कर्मचारी भएको तथ्यमा विवाद
छैन । राष्ट्रसेवक कर्मचारीले आफू र आफ्नो परिवारको नाममा सङ्ग्रह गरेको सम्पत्तिको स्रोत खुलाउनुपर्ने हुन्छ । अनुसन्धानको क्रममा प्रतिवादी हरेकृष्ण भगत र निजको श्रीमतीको नाममा भएका सम्पत्तिको बारेमा यथोचित विश्लेषण भई प्रमाणको आधारमा स्रोत खुलेको सम्पत्ति र स्रोत नखुलेको सम्पत्ति छुट्टयाई स्रोत नखुलेको सम्पत्तिको सम्बन्धमा मात्र विशेष अदालतमा मुद्दा दायर गरिएको हो । जाँच अवधिमा प्रतिवादीको रू.१,४०,९३,४८७।९१ बराबरको घरजग्गासमेतको सम्पत्ति देखिएकामा रू.५५,०६,७३५।१२ को मात्र स्रोत खुलेको छ भने रू. ८५,८६,७५४।७९ बराबरको वैधानिक स्रोत पुष्टि भएको छैन ।
विशेष अदालतले गणना गर्न नमिल्ने प्रतिवादीको कतिपय आयहरूलाई पनि स्वेच्छापूर्वक गणना गरी सम्पूर्ण आयस्रोतबाट प्राप्त रकम गणना गरिसकेपछि आय भएको थियो कि भनी आशङ्कासम्म गर्न सकिने कुनै स्रोत नै बाँकी नभएको अवस्थामा पनि निजको मौजदात सम्पत्ति भन्दा रू.६,०३,८९०।३४ बढी निजलाई वैद्यरूपबाट आय भएको ठहर भएबाट विशेष अदालतको फैसलाले गैरकानूनीरूपमा सम्पत्ति आर्जनको कसुर गर्ने प्रवृतिलाई प्रश्रय मिलेको छ । यस प्रकृतिका मुद्दामा जे जति सम्पत्तिको वैध आयस्रोत पुष्टि हुँदैन, त्यति सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको ठहर गर्नुपर्ने हुन्छ । २०३७ सालमा सार्वजनिक पद धारण गरेका प्रतिवादीले २०४५ र २०४८ सालमा सप्तरी जिल्लाको भंगाहामा, २०५२ र २०५९ सालमा काठमाडौमा र २०५९ सालमा पुनः सप्तरी जिल्लाको भंगाहामा नै घर निर्माण गरेको देखिन्छ । ती घरहरूको निर्माण लागत रू.६८,९०,०६३।०६ भनी आरोपपत्रमा उल्लेख गरेको अवस्थामा रू. ५१,१२,८२१।३१ कायम गर्न मिल्दैन । त्यसैगरी २०३९ सालदेखि खरिद गरेका जग्गाहरूको पनि आरोपपत्रमा उल्लेख गरेको बिगोभन्दा कम बिगो कायम गरेको हदसम्म मिलेको छैन ।
सम्पत्ति आर्जन गर्दाको समयको लिखतमा आर्जित मूल्यलाई आधार मानी जग्गाको मूल्य कायम गर्न मिल्दैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को पृष्ठभूमिमा हालको अर्थात् अनुसन्धान हुँदाको अवस्थाको मूल्यलाई नै बिगो कायम गरिनु पर्दछ । सम्पत्ति आर्जन गर्दाको समयको मूल्यलाई आधार मान्दा ऐनको मनसाय पूरा हुँदैन । प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउने हुन्छ । अवैधरूपमा खरिद भएका जग्गा र अवैध आर्जनकै रकमबाट बनेको घरबाट प्राप्त हुने घरभाडालाई वैध आय मान्न मिल्दैन । तर विशेष अदालतबाट प्रतिवादीलाई सहुलियत हुने गरी घरभाडाबापत रू.१२,१४,४००।– आय भएको मानी सो रकमलाई मान्यता दिएको देखिन्छ । त्यसमा पनि महत्त्वपूर्ण र विचारणीय कुरा घर भाडामा लागेको र घरभाडाबापत रकम प्राप्त गरेको भन्ने निश्चयात्मक प्रमाण पेस गरेको छैन । घरभाडामा लागेको भए घरभाडाको सम्झौतापत्र र कर तिरेको रसिद तथा भरपाई हुनुपर्नेमा सोसमेत प्रमाणको रूपमा संलग्न गरेको छैन ।
आरोपपत्रको तालिका नं. ३ हेर्दा प्रतिवादी हरेकृष्ण भगत र निजको श्रीमती सुनयनादेवी भगतको नाममा रहेका विभिन्न कित्ता जग्गाहरूको मात्र स्रोत खुलेको देखिन्छ । प्रतिवादीले आफूले खरिद गरेकासमेत सबै जग्गाबाट कृषि आय, माछा पालनबाट भएको आय र फलफूल बिक्रीबाट आय भएको भनी विशेष अदालतमा जिकिर लिएको देखिन्छ । अदालतले प्रतिवादीको जिकिरको आधारमा मात्र आय कायम गर्न मिल्दैन । वस्तुनिष्ठ र तथ्ययुक्त प्रमाणबाट समर्थित भएमा मात्र आयमा गणना गर्न मिल्छ । तर वस्तुनिष्ठ र तथ्युक्त प्रमाणको अभावमा रू.२६,४८,०००।– कृषि आय कायम गरेको विशेष अदालतको फैसला मिलेको छैन ।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा १० प्रतिशत सम्म स्रोत पुष्टि नभएमा प्रतिवादीले सफाइ पाउने भन्ने कानूनी व्यवस्था छैन । विशेष अदालतको फैसलामा पनि आर्जन गरेको कूल सम्पत्ति मध्ये १० प्रतिशत अवैध देखिएकाले भ्रष्टाचारको कसुर नहुने भन्ने कानूनी आधार खुलाएको पाइदैन । बिना कानूनी आधार स्रोत नखुलेको रू.६,०३,८९०।३४ लाई रू.७४,५१,४२६।२५ को तुलनामा ८.१० प्रतिशतको अनुपातमा स्रोत खुलेको मानी भएको विशेष अदालतको मिति २०६६।९।२० को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम प्रतिवादीलाई सजाय होस् भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पेस हुन आएको
पुनरावेदनपत्र ।
यसमा प्रतिवादीलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम सजाय हुन मुख्य मागदाबी रहेकामा आयको तुलनामा सम्पत्तिको मोल रू.६,०३,८९०।३४ बढी हुन आए पनि सो रकम कूल सम्पत्तिको ८.१० प्रतिशतभन्दा कमी देखिँदा निज प्रतिवादीले आर्जन गरेको वैध सम्पत्तिको अनुपातमा सम्पत्तिको बिगो बढी भए पनि सो बढी रकम कूल सम्पत्तिको बिगोको १० प्रतिशतभन्दा कमी भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयस्रोतसँग नमिल्ने अस्वाभाविक परिमाणको भएको नदेखिएको भन्ने अर्थ गरी प्रतिवादीलाई कसुरदार ठहर्याउन नमिल्ने भनी विशेष अदालत काठमाडौबाट मिति २०६६।९।२० मा भएको फैसलाको निर्णयाधार यस अदालतबाट यसै विषय समावेश भएका ऋषिराम दवाडीको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक वादी र प्रदीप शमशेर ज.ब.रा.समेत प्रत्यर्थी प्रतिवादी भएको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा लगायतका अन्य मुद्दाहरूमा छलफलको लागि प्रत्यर्थी झिकाउने आदेश भई विचाराधीन रही रहेको पाइएकाले प्रस्तुत मुद्दामा पनि विशेष अदालतको इन्साफ फरक पर्न सक्ने देखिँदा मलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त प्रत्यर्थी प्रतिवादीलाई झिकाउनु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६८।८।११ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी वादी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रबहादुर सापकोटालेप्रतिवादी हरेकृष्ण भगतसँग उक्त जाँच अवधिभित्र आर्जित गरेको जम्मा रू.१,४०,९३,४८७।९१ बराबरको सम्पत्ति मध्ये निजको रू.५५,०६,७३३।१२ को मात्र स्रोत खुलेको र रू.८५,८६,७५४।७९ बराबरको सम्पत्तिको स्रोत नुखुलेको भन्ने कुरा आरोपपत्रबाट स्पष्ट भएको छ । विशेष अदालत काठमाडौले प्रतिवादीको जग्गा, घर निर्माण, शेयर र बैंङ्क मौजदात तथा विद्युतीय उपकरणबापत भएको खर्चलाई बिगो कायम गरेको देखिन्छ । आरोपपत्रमा जम्मा बिगो रू.१,४०,९३,४८७।९१ समेत कायम गरेको परिवेश र आधारमा रू. ७४,५१,४२६।२५ मात्र बिगो कायम गरेको मिलेको छैन ।
जग्गा खरिद गर्दाको बिगोको हकमा हेर्दा प्रतिवादीले विभिन्न मितिमा सप्तरी र काठमाडौमा जग्गा खरिद गरेको देखिन्छ । ती जग्गा खरिदको सम्बन्धमा वादी नेपाल सरकारले अनुसन्धानको क्रममा हालको मूल्य कायम गरेकामा विशेष अदालत काठमाडौले खरिद गर्दाको अङ्कित मूल्यलाई बिगो कायम गरी घटी बिगो कायम गरेको छ । घर निर्माणको सम्बन्धमा निर्माण वर्षको आधारमा बिगो कायम गर्न मिल्दैन । घरको निर्माण लागत मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएअनुसार हुने भन्नेसम्बन्धमा यस अदालतबाट (ने.का.प. २०६९, जेठ, नि.नं. ८७७०, पृष्ठ २५९) मा सिद्धान्त प्रतिपादन भएको छ ।
आरोपपत्रको तालिका नं. ५ मा उल्लिखित शेयरको सम्बन्धमा प्रतिवादीले स्वीकार गरेको अवस्थामा पनि विशेष अदालतले NIDC Capital को शेयर खरिदको रकमलाई घटाएको हदसम्म फैसला त्रुटिपूर्ण छ । विद्युतीय सामान र फर्निचरका सामानमा पनि घटी बिगो कायम गरेको मिलेको छैन । रू. ६,४२,५८६।- कायम हुनुपर्दछ । बैंङ्क मौज्दातको सम्बन्धमा विशेष अदालतले रू.१,४६,२९५।१४ मात्र बिगो कायम गरेको देखिन्छ । उक्त रकमलाई अभियोग दाबीमा नरहेको भनी मान्यता नदिएको कार्यले प्रतिवादीले सहुलियत पाएको छ, दाबीबमोजिमको बिगो कायम हुनुपर्दछ ।
प्रतिवादीको जाँच अवधिको आयस्रोतको सम्बन्धमा हेर्दा निजको आयस्रोत तलब, भत्ता, जग्गा बिक्री, कृषि आय, घरभाडा, कर्मचारी सञ्चयकोष सापटी, ट्रक भाडा, तरकारी व्यवसायसमेत भएको देखिन्छ । तलब भत्ताको सम्बन्धमा आरोपपत्रमा निजले जाँच अवधिमा रू.८,५३,६५७।– प्राप्त गरेको स्पष्ट दाबी रहेकामा विशेष अदालतले रू.१३,८०,८५९।८३ कायम गरेको छ । सो रकम प्राप्त गरेको पुष्टि गर्ने प्रमाणको अभावमा बढी आय कायम गर्न मिल्दैन । जग्गा बिक्रीबाट आय हुने कुरामा विवाद नभए तापनि खरिद गर्दा स्रोत नखुलेको सम्पत्तिको बिक्रीबाट हुने आयलाईसमेत गणना गरी मान्यता दिन मिल्दैन । त्यसकारण रू.३,६८,०००।– आय कायम गरेको मिलेको छैन ।
घरभाडाबापत प्राप्त गरेको रकमको घर बहाल कर नतिरेको र बहालमा दिएको सम्झौतापत्र नभएको अवस्थामा घर बहालबापत प्राप्त रकमलाई आयमा गणना गर्न नमिल्ने भनी ने.का.प. २०६९, पुस, निर्णय नं. ८८८६, पृष्ठ १३४१ मा सिद्धान्त प्रतिपादन भैसकेको छ । प्रस्तुत मुद्दामा प्रतिवादीले बयानमा जिकिर लिएबाहेक सम्झौतापत्र र घर बहाल तिरेको भौचर तथा रसिद पेस गर्न नसकेको अवस्थामा घर बहालबापत रू.१२,१४,४००।– आय गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ ।
कृषि आय मुख्य आम्दानीको स्रोत भने
होइन । तथापि, कृषि आयबाट आम्दानी नहुने भन्ने वादीको जिकिर पनि होइन । तर त्यो पनि प्रमाणसङ्गत रूपमा मिलेको हुन आवश्यक हुन्छ । प्रतिवादीको जग्गाको क्षेत्रफल, जग्गाको किसिम र तत्कालीन अवस्थामा हुने उत्पादन र मूल्यसमेतको विश्लेषण गरी आरोप पत्रमा रू.५,५८,२३०।– कृषि आय कायम गरेकामा विशेष अदालतले प्रतिवादीको स्वामित्वमा नै नहरेको जग्गासमेतबाट आय भएको भनी बयान जिकिरको आधारमा रू.२६,४८,०००।– आय कायम गरेको फैसला सो हदसम्म बदर भई आरोपपत्रमा उल्लिखित रकम नै कृषिबाट हुने आयमा गणना हुन मनासिब छ । त्यसैगरी विशेष अदालतले आधार प्रमाण विना नै सुनयनादेवी भगतको टीकाटालोबाट रू.४,००,०००।– प्राप्त गरेको भनी आय कायम गरेको देखिन्छ । अनुमानको आधारमा गरिएको फैसला आधारहीन हुने कुरामा विवाद छैन । प्रमाणको अभावमा न्यायिक स्वविवेकको आधारमा मात्र आय कायम गर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को मनसाय र मर्मविपरीत हुने हुन्छ । तसर्थ विशेष अदालतको फैसला बदर गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
झिकाइएका प्रतिवादी हरेकृष्ण भगतका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेतीले प्रतिवादीले जाँच अवधिमा सङ्ग्रह गरेको चलअचल सम्पत्तिको वास्तविक मूल्य र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको मूल्याङ्कनमा फरक छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को मनसाय मुद्दा दायर हुने बित्तिकै कसुरदार ठहर्याउनु पर्छ भन्ने होइन । त्यसमा पनि प्रमाणको उचित मूल्याङ्कन हुनुपर्दछ । अदालतबाट प्रमाणको विवेचना हुने र प्रमाणबाट स्रोत पुष्टि भएको अवस्थामा प्रतिवादीले सफाइ पाउने प्रचलित कानूनी व्यवस्थाको आधारमा हेर्दा यस मुद्दामा वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत भएका प्रमाणहरू प्रमाणयोग्य भए नभएको सम्बन्धमा पनि हेरिनुपर्ने हुन्छ । वादी नेपाल सरकारले Cash Flow को आधारमा मुद्दा दायर गरेकामा Check Period को आधारमा आय र व्यय कायम गरेको नमिलेको भनी दाबी गरेको सम्बन्धमा हेर्दा यस अदालतबाट नेपाल सरकार विरूद्ध रामकृष्ण तिवारी भएको मुद्दामा जाँच अवधि कायम गरी सो अवधिको आय र व्ययलाई फरकफरकरूपमा मूल्याङ्कन गरेको अवस्थामा अन्यथा मान्न मिल्दैन ।
जुन सम्पत्ति जुन समयमा प्राप्त हुन्छ त्यसै समयको मूल्यलाई नै आधार मानिनुपर्ने हुन्छ । तत्काल सस्तो मूल्यमा खरिद गरेको सम्पत्तिको हालको मूल्यको आधारमा बिगो कायम गर्न
मिल्दैन । यससम्बन्धमा उल्लिखित रामकृष्ण तिवारीको मुद्दामा सिद्धान्त संस्थापित भैसकेको छ । तसर्थ जग्गा, जमिन खरिद र घर निर्माणसमेतको लागत एवम् बिगो हालको मूल्यमा हुनुपर्दछ भन्ने वादी दाबी पुष्टि हुन सक्दैन । प्रतिवादीले विशेष अदालतमा बयान गर्दा Consultancy बापत रू. ५,९८,३६४।३३ र तरकारी व्यवसायबाट रू.११,८८,०००।- आय प्राप्त गरेको भनी जिकिर लिएकामा सो रकमलाई प्रतिवादीको आयमा गणना नगरेको मिलेको छैन । त्यसैगरी फलफूल बिक्रीबाट प्राप्त रकम आयमा गणना नगरेको एउटा अवस्था छ भने घर बहालबापत रू.३०,४९,५००।- प्राप्त गरेकामा रू.१२,१४,४००।- मात्र कायम गरेको विशेष अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा मिलेको छैन ।
प्रतिवादीले VDIS बापत रू. ५,००,०००।– नेपाल सरकारलाई बुझाएको तथ्यमा विवाद
छैन । VDIS बापत रकम बुझाउनु भनेको प्रतिवादी वा सम्पत्ति धारकसँग घरभाडालगायतबाट प्राप्त आर्जित सम्पत्तिको आधारमा बुझाउने हो । त्यसकारण VDIS बापत बुझाएको रकमले खाम्ने रकमलाई पनि विचार गरी न्याय निरूपण गरिनुपर्नेमा त्यसतर्फ विचार गरिएको छैन । VDIS आफैँमा आम्दानीमा लाग्ने कर रकम हो । त्यो अवैध रकमलाई वैध पार्न तिरिएको रकम होइन ।
कृषि आय पनि व्यक्ति विशेषको आम्दानीको स्रोत हो । त्यसलाई पूर्णरूपमा इन्कार गर्न
सकिँदैन । यस मुद्दाका प्रतिवादी हरेकृष्ण भगतको सप्तरीको जग्गाबाट बार्षिक रू.१,५०,०००।- आम्दानी हुन्थ्यो भनी बयान गरेकामा बयानमा मानवीय भूलबस रू.१५,०००।- मात्र लेखिएको कारणबाट आयमा गणना नगर्नुले १२ वर्षको रू.१८,००,०००।- आय गणना नगर्न मिल्दैन । प्रतिवादी इन्जिनियर भएको तथ्यमा विवाद छैन । इन्जिनियरले Consultancy गरेबापत पनि रकम पाउन सक्ने हुन्छ । हरेकृष्ण भगतले सेवा अवधिमा समय-समयमा घरबिदा लिई र कार्यालय समयमा बिहान बेलुका Consultancy मा काम गरेको देखिन्छ । सो तथ्य सडक विभागको मिति २०६५।४।३० को पत्रबाट पनि सर्मथित भएको छ भने वादी नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौलासमेत प्रतिवादी भएको मुद्दामा Consultancy बापतको प्राप्त रकमलाई आयमा गणना गरिएबाट पुष्टि हुन आएको छ । घरभाडा सुनिश्चित आय हो । प्रतिवादीले जाँच अवधिमा रू.३०,४९,५००।- घरभाडाबापत आय आर्जन गरेकामा विशेष अदालतले रू.१२,१४,४००।- मात्र कायम गरेको छ । यसबाट प्रतिवादीको रू. १८,३५,१००।– आयमा गणना गर्न छुट भएको प्रष्ट छ ।
चली आएको परम्पराअनुसार माइतीले चेलीलाई टीकाटालो बापत र उपहार दक्षिणाबापत रकम, सुन, चाँदी लगायतका गर गहना दिने गरिन्छ । यससम्बन्धमा सुनयनादेवी भगतले माइतीतर्फका दाजुभाइ, बुबा आमाबाट विवाहको समयमा रू.१०,००,०००।– जेठो छोरो जन्मदा रू.१०,००,०००।– र घर निर्माण गर्दा रू.१०,००,०००।– समेत गरी जम्मा रू.३०,००,०००।– प्राप्त गरेकामा सो पूरै रकम आयमा गणना गरेको छैन । रू.४,००,०००।– मात्र आयमा गणना गरेको हदसम्मको फैसला बदर गरी टीकाटालो शीर्षकमा थप रकम समावेश हुनुपर्दछ । त्यसैगरी सुन चाँदी बिक्रीबाटसमेत रू.४,७६,६१६।– प्राप्त गरेकामा त्यो रकम आयमा गणना गरिएको छैन । अतः प्रतिवादीले पुनरावेदन नगरेको भए तापनि विशेष अदालतबाट घरभाडा, कृषि आय, Consultancy बापत प्राप्त रकम, सुनचाँदीबापतको बिक्रीबाट प्राप्त रकम र तरकारी व्यवसायबाट प्राप्त रकम आयमा गणना हुन छुट भएकाले सो आय जोड्दा प्रतिवादीको बिगो भन्दा आय बढी भई ८.१० प्रतिशतसमेत कायम नरही पूर्णरूपमा सफाइ हुने हुँदा सफाइ पाउनु पर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । साथै दुवैतर्फबाट पेस भएका बहसनोटसमेत अध्ययन
गरियो ।
दुवैतर्फका विद्वान् कानून व्यवसायीले गर्नुभएको उपर्युक्तबमोजिमको तर्कपूर्ण बहस सुनी विशेष अदालत काठमाडौको मिति २०६६।९।२० को फैसला मिलेको छ छैन, वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी हरेकृष्ण भगतसँग रू.१,४०,९३,४८७।९१ बराबरको सम्पत्ति रहेकामा सो मध्ये तालिका नं. ८ मा उल्लिखित रू.८५,८६,७५४।७९ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेबाट स्रोत पुष्टि हुन नसकेको सम्पत्तिलाई गैरकानूनी आर्जन मानी निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३,१५ तथा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम हदैसम्मको सजाय गरी साबिक ऐनको दफा १६(ग) र हालको ऐनको दफा ४७ बमोजिम जफत गरिपाउँ भन्ने व्यहोराको आरोपपत्र पेस भएको देखिन्छ ।
३. उपर्युक्त व्यहोराले वादी पक्षले प्रतिवादीउपर भ्रष्टाचार निवारण ऐन, २०१७ र भ्रष्टाचार निवारण ऐन, २०५९ समेतअनुसार माथि उल्लिखित भएअनुसारको दाबी लिएको देखिँदा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को कानूनी व्यवस्था हेर्नु वाञ्छनीय हुन आयो ।
भ्रष्टाचार निवारण ऐन, २०१७
४. दफा ३ राष्ट्रसेवक भएको वा हुने भएको कुनै व्यक्तिले आफ्नो ओहदाको वा सोसम्बन्धी कुनै काम गर्न वा गराई दिएबापत वा नगर्न वा नगरी दिएबापत आफैँ वा अरू कसैको निमित्त कानूनले लिन पाउने पारिश्रमिकबाहेक अरू रिसवत कसैबाट लिएमा वा लिन मन्जुर गरेमा वा लिने प्रयत्न गरेमा निजलाई कसुरको मात्राअनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । रिसवत लिइसकेको भए सो रिसवतसमेत जफत भै सरकारी कोषमा दाखिला गरिनेछ ।
५. दफा १५ यो ऐनअन्तर्गत सजाय हुने कुनै कसुरमा अभियोग लागेको कुनै राष्ट्रसेवकको साथमा निजको र निजको परिवारका सदस्यहरूको थाहा भए सम्मको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको वा निजले त्यसरी नमिल्दो उच्च जीवनस्तर बनाएको वा अरूलाई ठूलो दान दातव्य बकस दिएको फेला परेमा निजले अदालतलाई त्यसको सन्तोषजनक हुने सबुद दिनसकेमा बाहेक गैरकानूनीरूपले रिसवत लिएको अनुमान गरिनेछ र केवल सो अनुमानको आधारमा कसुरदार ठहराई अदालतबाट फैसला भएको छ भन्दैमा सो फैसला बदर हुन सक्दैन ।
६. दफा १६ग. यस परिच्छेदअन्तर्गत सजाय हुने कसुरसँग सम्बन्धित ठहरिएको चल तथा अचल सम्पत्ति यस ऐनअन्तर्गत कसुरदार ठहरिएको राष्ट्रसेवक वा व्यक्तिले आफ्नो परिवार वा अरू कुनैको नाममा राखेको भए तापनि सो सबै सम्पत्ति जफत हुने छ ।
७. दफा २९ “परिच्छेद २ अन्तर्गत सजाय हुने कसुर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याएको रहेछ भने त्यस्तो कसुरबापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा हानि गरेको बिगो असूल गरिनेछ ।
भ्रष्टाचार निवारण ऐन, २०५९
८. दफा २० को उपदफा (१) प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण बिना अमिल्दो वा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नुपर्नेछ र नगरेमा त्यस्तो सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको मानिनेछ ।
९. दफा २० को उपदफा (२) कुनै राष्ट्रसेवकले उपदफा (१) बमोजिम गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी त्यसरी आर्जन गरेको गैर कानूनी सम्पत्तिसमेत जफत गरिने छ ।
१०. दफा ४७ कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानूनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरेको सम्पत्ति र सो बाट बढे बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ ।
११. त्यसै गरी वादी नेपाल सरकारले प्रस्तुत मुद्दा Cash Flow को आधारमा दर्ता गरिएकामा विशेष अदालतबाट Check Period को आधारमा मूल्याङ्कन गरेको नमिलेको भनी बहस नोटमा जिकिर लिएको देखिन्छ । त्यससम्बन्धमा विचार गर्दा यस प्रकृतिका मुद्दामा यस अदालतबाट नेपाल सरकार विरूद्ध चिरञ्जिवि वाग्ले (ने.का.प. २०६७ चैत, नि. नं ८५१९, पृष्ठ २००७), नेपाल सरकार विरूद्ध रामाज्ञा चतुर्वेदी (ने.का.प. २०६८, असोज, नि. नं. ८६३०, पृष्ठ ९१७) नेपाल सरकार विरूद्ध जयप्रकाश प्रसाद गुप्ता (ने.का.प. २०६८, फागुन, नि. नं. ८७२२, पृष्ठ १८९०), नेपाल सरकार विरूद्ध खुमबहादुर खड्का (ने.का.प. २०६९, भाद्र, निर्णय नं. ८८३२, पृष्ठ ७७१) लिलाराज गौतमसमेत विरूद्ध, नेपाल सरकार (ने.का.प. २०६९, जेठ, निर्णय नं. ८७७०, पृष्ठ २५९), नेपाल सरकार विरूद्ध युवराज शर्मासमेत (ने.का.प. २०६९, पुस, निर्णय नं. ८८८६, पृष्ठ १३४१), नेपाल सरकार विरूद्ध गणेश अर्याल (ने.का.प. २०७१, श्रावण, निर्णय नं. ९१४९, पृष्ठ ५०९), नेपाल सरकार विरूद्ध डिल्ली रमण निरौला (०६५-CI-००३१), नेपाल सरकार विरूद्ध लक्ष्मी राज पाठक (०६५-CR-००४५) नेपाल सरकार विरूद्ध रामकृष्ण तिवारी (२०६२ सालको फौ.पु. नं. ३३९९समेत), नेपाल सरकार विरूद्ध मुरारी बहादुर कार्की (०६५-CR-०००९), नेपाल सरकार विरूद्ध निरन्जन बाबु श्रेष्ठ (०६५-CR-००६४), नेपाल सरकार विरूद्ध आनन्द प्रसाद खनाल, नेपाल सरकार विरूद्ध वीरेन्द्र कुमार सिंह (स.फौ.पु.नं. ०६७-CR-०३४०) र नेपाल सरकार विरूद्ध भरत प्रसाद नेपाल (०६७-CR-०७७८) समेतका भ्रष्टाचार मुद्दामा सिद्धान्तहरू प्रतिपादित भै Check period को आधारमा सम्पत्तिको विश्लेषण गरी न्याय निरूपण गर्ने गरिएको हुँदा पुनरावेदक वादीको सो जिकिरको सम्बन्धमा थप विवेचना गरी रहनु परेन । प्रतिवादीको मिति २०३७।३।२८ देखि मिति २०६१।२।१८ को अवधि जाँच अवधि कायम भएको देखिँदा सो कायम भएको जाँच अवधिको आधारमा सम्पत्तिको विश्लेषण गरी प्रतिवादी हरेकृष्ण भगतको जाँच अवधिको व्यय र आयलाई छुट्टाछुट्टैरूपमा विश्लेषण गरी निष्कर्षमा पुग्नु पर्ने देखिन आयो ।
१२. प्रतिवादी हरेकृष्ण भगतले राष्ट्रसेवक कर्मचारीको रूपमा सार्वजनिक पद धारण गरेको अवधिमा आर्जन गरी आफ्नो र श्रीमतीको नाममा राखेको सम्पत्तिको मूल्य, मूल्याङ्कन र न्यायोचित आधारमा हुन आउने रू.७४,५१,४२६।२५ को चल अचल सम्पत्ति मध्ये रू.६८,४७,५३५।९० को वैधानिक स्रोत पुष्टि भई रू.६,०३,८९०।३४ जम्मा बिगोको १० प्रतिशत भन्दा कम ८.१० प्रतिशत भई वैध आर्जन गरेको रकमको अनुपातमा बिगो बढी भए पनि प्रतिवादीको साथमा रहेको सम्पत्ति वैध आय स्रोतसँग नमिल्ने अस्वाभाविक परिमाणको भएको नदेखिएकाले प्रतिवादीले भ्रष्टाचारको कसुर गरेको भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसक्ने ठहर्याई विशेष अदालत काठमाडौबाट मिति २०६६।९।२० मा भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रस्तुत मुद्दा दायर भएको देखिन्छ ।
१३. अब, माथि उल्लिखित तथ्यगत र कानूनी पृष्ठभूमिमा प्रतिवादी हरेकृष्ण भगतको जाँच अवधिमा भएका आम्दानी, व्यय र वादी नेपाल सरकारको पुनरावेदन जिकिरसमेतको न्यायिक विवेचना गरी विशेष अदालत काठमाडौको मिति २०६६।९।२० को फैसला मिले नमिलेको सम्बन्धमा निर्णय दिनुपरेको छ ।
१४. वादी पक्षबाट विशेष अदालत काठमाडौबाट प्रतिवादी हरेकृष्ण भगतको घर निर्माण लागत, जग्गा खरिदको बिगो, शेयर खरिद, विद्युतीय तथा फर्निचरका सामान, VDIS, अध्ययन खर्च, बैङ्क मौज्दातसमेतका शीर्षकमा बिगो कायम गरी फैसला गरेकामा वादीले VDIS बापत बुझाएको रकम र अध्ययन खर्चको बिगो रकममा दाबी नगरेबाट VDIS र अध्ययन खर्चको सम्बन्धमा थप विवेचना गरिरहन
परेन । तसर्थ VDIS बापतको रू.५,००,०००।– र अध्ययन खर्चबापतको रू.८,४३,३६१।८० प्रतिवादीको बिगोमा कायम हुन्छ ।
१५. वादी नेपाल सरकारले घर निर्माण लागत, विद्युतीय उपकरण तथा फर्निचर खरिदको रकम, शेयर र बैङ्क मौजदातको घटी बिगो कायम गरेको नमिलेको भनी पुनरावेदनपत्रमा जिकिर लिएको देखिएकाले तत्तत् शीर्षकमा क्रमशः विवेचना गरी निर्णय दिनुपर्ने देखियो ।
१) घर निर्माण
१६. आयको वैधानिकता जाँचिने प्रस्तुत मुद्दामा प्रतिवादी हरेकृष्ण भगत राष्ट्रसेवक कर्मचारी भएको तथ्यमा विवाद छैन । आरोपपत्रको तालिका नं. ३ को सि.नं. ३, ४ र ८ बाट प्रतिवादीको सप्तरी जिल्ला भंगाहा गा.वि.स. मा ३ वटा र सि.नं. ५ को ख र ग हेर्दा काठमाडौको मैतिदेवीमा चार तलाको एउटासमेत ४ वटा घर भएको देखिन्छ । उक्त घर तथा भवनहरू २०४२ सालदेखि २०५९ सालको अवधिसम्म निर्माण भएको देखिन्छ । काठमाडौ मैतिदेवीको घर वादी नेपाल सरकारले २०५८।०५९ सालको प्रति वर्गफिट रू.६५८।– को दर रेटको आधारमा रू.४८,९४,९७१।– र रू.५०,८०,५१६।–को आधारभूत लागतमा निर्माण सम्पन्न भएको भनी दुई प्रकारको मूल्य देखाई दाबी गरेको देखिन्छ । विशेष अदालत काठमाडौले सो घरको दररेटको आधारमा नभई जनु जुन साल वा वर्षमा घर र घरका तलाहरू निर्माण भएको हो, तत् तत् सालको दररेटको आधारमा आधारभूत लागत रू.४८,९४,९७१।– कायम गरेको देखिन्छ । वादी नेपाल सरकारले यससम्बन्धमा घटी बिगो कायम गरेको मिलेको छैन, मूल्याङ्कन हुँदाको वर्षको लागत कायम हुनुपर्ने भनी पुनरावेदन जिकिर गरेको देखिन्छ । यसप्रकार प्रस्तुत मुद्दामा निर्माण हुँदाको वर्षको लागत कायम हुनुपर्ने हो वा मूल्याङ्कन हुँदाको समयको लागत कायम हुनुपर्ने हो भन्ने प्रश्न उपस्थित भएको छ ।
१७. काठमाडौको उक्त घर भुइँँतलासहित पाँच तलाको भएको देखिन्छ । मूल्याङ्कन प्रतिवेदन हेर्दा भुइँँतला, पहिलो तला, दोस्रो तला २०५२ सालसम्मको अवधिमा र तेस्रो तथा चौथो तला २०५९ सालसम्मको अवधिमा जम्मा ६३०२.९८ वर्ग फिटमा निर्माण भएको देखिन्छ ।
१८. घर निर्माणको लागतसम्बन्धमा वादी पक्षले निर्माण गरेको वर्ष र मूल्याङ्कन हुँदाको समयको दुवै निर्माण लागत दाबी गरेको देखिन्छ । घरको निर्माणसम्बन्धमा निर्माण भएको समयमा नै खर्च हुने हुँदा मूल्याङ्कन हुँदाको समयको निर्माण लागतको बिगो कायम गर्न उपयुक्त हुँदैन । निर्माण भएको समयको आधारभूत लागतलाई मान्नु नै उपयुक्त
हुन्छ । त्यसकारण विशेष अदालतले रू. ४८,९४,९७१।– बिगो कायम गरेको अन्यथा भन्न मिलेन ।
१९. प्रतिवादी हरेकृष्ण भगतको सप्तरी जिल्ला भंगाहा गा.वि.स. मा भवन नं. १,२ र ३ का ३ वटा घर भएको आरोपपत्रबाट देखिन्छ । वादी पक्षले भवन नं. १ को आधारभूत लागत रू.९,११,४७०।५९, भवन नं. २ को आधारभूत लागत रू.३,८८,१३५।३० र भवन नं. ३ को आधारभूत लागत रू.१,९६,४४९।९० लागतमा सम्पन्न भएको भनी दाबी लिएको
देखिन्छ । त्यसैगरी मूल्याङ्कन हुँदाको वर्षको आधारमा भनी भवन नं. १ को निर्माण लागत रू.२५,३०,७४५।६७, भवन नं. २ को निर्माण लागत रू.४,२८,३८६।९२ र भवन नं. ३ को निर्माण लागत रू.१२,९४,४८।०८ देखाएको पाइन्छ । प्रतिवादीले भवन नं. १ रू. ५,५०,०००।– भवन नं. २, रू.२,२५,०००।– र भवन नं. ३ रू.१,५०,०००।– मा निर्माण गरेको भनी विशेष अदालतमा बयान गरेको देखिन्छ । उल्लिखित व्यहोराले वादी पक्षबाट मूल्याङ्कन हुँदाको वर्षको दररेटको आधारमा घर निर्माणको लागत दाबी गरेकामा प्रतिवादीले कम मूल्यमा निर्माण गरेको भनी बयान गरेको देखिएकाले निर्माण भएको सालको दररेटबमोजिमको आधारभूत मूल्याङ्कनलाई आधार मान्नु उपयुक्त र न्यायसम्मत् हुने देखियो ।
२०. घर निर्माणको लागत अन्यथा प्रमाणित भएमा बाहेक सहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको निर्माण भएको सालको दररेटको आधारमा एकिन गर्नुपर्ने हुन्छ । सहरी विकास तथा भवन निर्माण विभागको मिति २०६४।४।९ को पत्रबाट घर निर्माणमा १५ प्रतिशत ओभरहेड कष्ट र ५ प्रतिशत ठेक्का कर समावेश हुने देखिन्छ । यस्तै विवादको विषयवस्तु समावेश भएको माथि उदृत गरिएको नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौलासमेत भएको मुद्दामा व्यक्ति आफैँले बनाएको घरमा १५ प्रतिशत Overhead Cost र ५ प्रतिशत ठेक्का कर समावेश नहुने उल्लेख भई यस अदालतबाट फैसला भएको देखिन्छ । उक्त दृष्टान्तअनुसार उल्लिखित काठमाडौ र सप्तरीका घर प्रतिवादीले ठेकेदारबाट निर्माण नगराई आफैँले निर्माण गरेको भन्ने देखिँदा व्यक्ति आफैँले आफ्नो हेरचाहमा निर्माण गरेको घरको मूल्याङ्कनमा उल्लिखित Overhead Cost र ठेक्का कर नलाग्ने हँदा प्रतिवादीको घरको आधारभूत लागत रू.६३,९१,०२६।६४ मा Overhead cost १५ प्रतिशत र ठेक्का कर ५ प्रतिशत गरी २० प्रतिशतले हुने रू.१२,७८,२०५।३२ घटाई हुने रू. ५१,१२,८२१।३१ आधारभूत लागत कायम गरेको विशेष अदालतको फैसला अन्यथा देखिएन । घर निर्माणतर्फको रू.५१,१२,८२१।३१ प्रतिवादीको बिगोमा समावेश हुन्छ ।
२) शेयर
२१. आरोपपत्रको तालिका नं. ५ मा प्रतिवादी हरेकृष्ण भगतको NIDC Capital market लि.मा रू.२३,०००।– मूल्य बराबरको र निजको श्रीमती सुनयनादेवी भगतको नाममा सोही लिमिटेडमा रू. २५,०००।– मूल्य बराबरको र दुवैजनाको संयुक्त नाममा हायत रिजेन्सी होटलको रू. ६७,०००।– मूल्य बराबरको शेयरसमेत जम्मा रू.१,१५,०००।– मूल्यको शेयर रहेको भनी उल्लेख भएको देखिन्छ । उक्त शेयरका सम्बन्धमा प्रतिवादी हरेकृष्ण भगतले अनुसन्धानको क्रममा र अदालतको बयानमा सो रकम बराबरको शेयर भएको स्वीकार गरी बयान गरेको देखिन्छ । त्यसैगरी सम्पत्ति विवरणमा पनि सो व्यहोरा उल्लेख गरेको देखिन्छ । विशेष अदालत काठमाडौले NIDC Capital Market L.T.D. को शेयर शेयरधनी रेकर्डमा नरहेको हुँदा रू. ६७,०००।– मात्र बिगो कायम हुने गरी फैसला गरेको देखिन्छ । वादी नेपाल सरकारले रू.१,१५,०००।– नै बिगो कायम हुनुपर्ने भनी पुनरावेदन गरेको देखिन्छ । यससम्बन्धमा विचार गर्दा NIDC Capital Market L.T.D. को प.सं. ४७५।०६२।०६३ मिति २०६२।५।२९ को पत्रबाट प्रतिवादीसमेतको नाममा सो दाबीबमोजिमको शेयर नरहेको भनी विशेष अदालतमा लेखी आएको देखिँदा रू.४८,०००।– बिगोमा गणना गर्न मिलेन ।
२२. तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायत) को मिति ०६१।२।८ को पत्रअनुसार प्रतिवादीको नाममा र निजको श्रीमतीको नाममा १००।– का दरले ६७० कित्ता शेयर भएको भन्ने देखिँदा उक्त ६७० कित्ता शेयरको रू. १००।– का दरले हुने रू. ६७,०००।– प्रतिवादीको बिगो कायम गरेको विशेष अदालतको फैसला मनासिब नै देखियो ।
३) बैङ्क मौज्दात
२३. आरोपपत्रको तालिका नं. ४ मा प्रतिवादी हरेकृष्ण भगतको नाममा स्टान्डर्ड चार्टड बैङ्क लिमिटेड बानेश्वरमा रू.९८,३४१।६६, नेबिल बैङ्क लिमिटेड कमलादीमा रू.५०,१४९।१४, नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेड दरवार मार्गमा रू.४५,५४१।९६, नेपाल बैङ्क लिमिटेड रत्नपार्कमा रू.३४,९३७।४२, बैङ्क अफ काठमाडौ लि. कमलादीमा रू.९८,७६२।५६, नेपाल एस.बि.आई. बैङ्क लिमिटेड न्युरोडमा रू.३७,१८७।२१, रा.बा.बैङ्क विशाल नगरमा रू.१,०७६।३१ र ऐ.मैतिदेवीमा रू.७,७८२।५८ समेत रू.३,७३,७७८।८४ बैङ्क मौज्दात रहेको भनी उल्लेख गरेको देखिन्छ । आरोपपत्रको तालिका नं. ७ को सि.नं. ८ मा उपर्युक्त मध्ये स्ट्यान्डर्ड चार्टड बैङ्क बानेश्वर, नविल बैङ्क लिमिटेड कमलादी, राष्ट्रिय वाणिज्य बैङ्क विशालबजार तथा मैतीदेवी र नेपाल बैङ्क लिमिटेड भूगोलपार्कमा जम्मा गरेको रकमलाई स्रोत खुलेको वैधानिक सम्पत्ति मानेको र तालिका नं. ८ को सि.नं. ५ मा उल्लिखित रकमलाई मात्र स्रोत नखुलेको भनी वादी आफैँले आरोप पत्रमा स्वीकार गरी मुद्दा दायर गरेको अवस्थामा हाल पुनरावेदनको रोहमा नमिलेको भनी दाबी लिनु न्यायोचित नहुँदा विशेष अदालतले बैङ्क मौज्दातसम्बन्धमा बिगो कायम गरेको मिलेकै देखियो । तर्सथ रू.१,४६,२५९।१४ प्रतिवादी हरेकृष्ण भगतको बिगोमा समावेश हुन्छ ।
४) जग्गा खरिदसम्बन्धमा
२४. प्रतिवादी हरेकृष्ण भगतको नाममा सप्तरी जिल्ला भंगाहा अन्तर्गत कि.नं. २६, २७, २८, २९, ३१, ३४, ३५, ३, ४, ४८, ९०, ४२४, ४२६, ४२८, ५६, ९५, ४१०, ऐ. मोहनपुर १ अन्तर्गत कि.नं. १२८, २६१, २९७, ३४५ ऐ. ५(ख) अन्तर्गत २४०, ५८२, का.जि.का.म.न.पा. कि.नं. ३३ को ५२६ र निजको श्रीमती सुनयनादेवी भगतको नाममा सप्तरी जिल्ला भंगाहा गा.वि.स. वडा नं. ९ अन्तर्गत ५५, ९२, ३३, ३६, ९३, ३७, ५०, २९८ तथा का.जि. नयाँ पाटी गा.वि.स. वडा नं. ५ अन्तर्गत कि.नं. ५०४ र ५०६ का जग्गा रहको देखिन्छ । उक्त जग्गा मध्ये कि.नं. २६, २७, २८, २९, ३१, ३४, ३५, ३, ४, ४८, ९०, ४२४, ४२६, ४२८, १२८, २६१, २९७, ३४५ जग्गा अंशबापत प्राप्त गरेको देखिन्छ भने बाँकी जग्गा खरिद गरेको देखिन्छ ।
२५. उपर्युक्तबमोजिमका तालिका नं. ३ मा उल्लिखित जग्गा प्रतिवादी हरेकृष्ण भगतले २०३९ सालदेखि २०५१ सालको अवधिभित्र खरिद गरेको देखिन्छ । उल्लिखित जग्गाहरूको मूल्याङ्कन अनुसन्धान हुँदाको बखतको कायम गरी प्रतिवादीको आर्थिक हैसियत तुलना गरी अस्वाभाविक र उच्च जीवन यापन गरेको निष्कर्षमा वादी पक्ष पुगेको
देखिन्छ । विशेष अदालत काठमाडौले रू. ३,७९,२००।– जग्गा खरिदतर्फको बिगो कायम गरेको देखिन्छ । वादी नेपाल सरकारले अनुसन्धान हुँदाको बखतको मूल्याङ्कनबमोजिमको बिगो कायम गरिपाउन माग गरेको देखिन्छ ।
२६. विशेष अदालत काठमाडौले रू.३,७९,२००।- बिगो कायम गरेको मिलेको छ, छैन भन्नेसम्बन्धमा विचार गर्दा यस प्रकृतिका मुद्दामा यस अदालतबाट यसअघि कायम भएका दृष्टान्तलाई हेरी निरूपण गर्नु सार्न्दभिक देखिन आयो । विवादको यस्तै विषयवस्तु समावेश भएको माथि उदृत गरिएको पुनरावेदक वादी नेपाल सरकार विरूद्ध प्रतिवादी पुनरावेदक चिरञ्जिवि वाग्ले (ने.का.प. २०६७, चैत, निर्णय नं. ८५१९, पृष्ठ २००७) भएको भ्रष्टाचार मुद्दामा प्रतिवादी पुनरावेदक देवेन्द्र वाग्लेको नाममा रहेका जग्गाहरूको वादी पक्षबाट अनुसन्धानको क्रममा गरिएको चलन चल्तीसमेतको मूल्याङ्कनलाई बिगो मानी दायर भएको मुद्दामा विशेष अदालतले पारित लिखतमा अङ्कित मूल्यलाई आधार मानी बिगो कायम गरेको कार्य यस अदालतबाट सदर गरेको देखिन्छ । तदनुरूप सो पछिका यस्तै विवाद समावेश भएका अन्य मुद्दाहरूमा पनि पारित लिखतका आधारमा बिगो कायम गर्ने गरेको देखिन्छ । अतः पारित लिखत मूल्यको आधारमा प्रतिवादी हरेकृष्ण भगतको जग्गा खरिदको बिगो रू.३,६९,२००।– कायम गरेको विशेष अदालतको फैसलामा त्रुटि देखिएन ।
५) विद्युतीय उपकरण र फर्निचर
२७. आरोपपत्रको तालिका नं. ७ को सि.नं. ६ मा प्रतिवादी हरेकृष्ण भगतको घरमा रू.६,४२,५६८।– मूल्य बराबरको फर्निचर तथा विद्युतीय उपकरणहरू प्रयोग भएको भन्ने कुरा देखिन्छ । प्रतिवादीले विशेष अदालतमा काठका धेरै सामानहरू सप्तरीबाट काठ ल्याई आफैँले बनाएको हो । जम्मा रू.१,२८,०००।– मूल्य बराबरको खरिद गरेको हो भनी बयान गरेको देखिन्छ । आरोपपत्रमा उल्लेख गरेको मूल्याङ्कन खरिद गरेको सालको नभई हालको बजार मूल्यको आधारमा भएको देखिन्छ । प्रतिवादीले विभिन्न सालमा पहिल्यै खरिद गरेको हुँदा उक्त सामान प्रतिवादीले खरिद गर्दाको पहिल्यैको बजार मूल्य हालको बजार मूल्यभन्दा सस्तो हुने हुँदा फर्निचरका सामानको हालको बजार मूल्यको मूल्याङ्कन ५० प्रतिशत मूल्य घटाई रू.२,३९,७८४- निर्धारण गरेको र विद्युतीय सामानको हालको मूल्याङ्कनअनुसार नै रू.१,६३,०००।- निर्धारण गरी जाँच अवधिमा फर्निचर र विद्युतीय सामानको जम्मा रू.४,०२,७८४।- प्रतिवादीको बिगो ठहर गरेको विशेष अदालतको न्यायिक निष्कर्ष अन्यथा देखिएन ।
२८. यसरी प्रतिवादीले जाँच अवधिमा निम्नबमोजिमको शीर्षकमा निम्नबमोजिमको मूल्यका सम्पत्ति आर्जन गरेको देखियो ।
सि.नं. विवरण बिगो रकम
१. जग्गा खरिद रू.३,७९,२००।-
२. घर निर्माण लागत रू.५१,१२,८२१।३१
३. शेयर रू.६७,०००।-
४. विधुतीय उपकरण र फर्निचर रू.४,०२,७८४।-
५. VDIS तिरेको रकम रू ५,००,००।-
६. अध्ययन खर्च रू.८,४३,३६१।८०
७. बैक मौज्दात रू.१,४६,२५९।१४
जम्मा रू. ७४,५१,४२६।२५
२९. विशेष अदालत काठमाडौंले प्रतिवादी हरेकृष्ण भगतको आय गणना गरेको मिलेको छ, छैन भन्नेसम्बन्धमा विचार गर्दा निज प्रतिवादीले आफ्ना आयका स्रोतहरू तलब, (भत्ता, दशैं खर्च, पुरस्कार, सञ्चित बिदा, स्थानीय भत्ता, दुर्गम भत्ता, दैनिक भ्रमाण भत्ता) कन्सल्टेन्सीबापत प्राप्त रकम, जग्गा बिक्रीबाट प्राप्त रकम, सञ्चयकोष सापटी, ट्रक बहाल, सुन चाँदी बिक्री, बैंक ब्याज, कृषि आय र टीकाटालोबापत प्राप्त रकमसमेत भनी जिकिर लिएको देखिन्छ । उल्लिखित शीर्षक मध्ये विशेष अदालत काठमाडौंले तलब भत्ता, जग्गा बिक्रीबाट प्राप्त आय, कृषि आय, बैंक ब्याज, सञ्चयकोष सापटी, टीकाटालो र घरभाडासमेतका शीर्षकमा विवेचना गरी निष्कर्ष निकालेको मिसिलबाट देखिन्छ । विशेष अदालतको फैसलाउपर प्रतिवादीले पुनरावेदन गरेको देखिँदैन । वादी नेपाल सरकारले विशेष अदालतको मिति २०६६/९/२० को फैसलाउपर पुनरावेदन गर्दा तलब भत्ता, जग्गा बिक्रीबाट प्राप्त आय, घरभाडाबापत प्राप्त आय, कृषि आय र टीकाटालोको रकम बढी गणना गरेको नमिलेको भनी विवाद उठाएको देखिन्छ ।
३०. वादी नेपाल सरकारले पुनरावेदन गर्दा विशेष अदालतले कायम गरेको आयका स्रोतमध्ये सञ्चयकोष सापटी, ट्रक भाडाबाट प्राप्त आम्दानी, बैंक ब्याजको शीर्षकमा गणना गरेकोलाई विवादित बनाएको नदेखिँदा सञ्चयकोष सापटीबापतको रू. ४२,०२०।- ट्रक भाडाबाट प्राप्त आय रू. ५,६७,०००।- र बैंक ब्याजबापत प्राप्त रू. २,२७,५२६।०७ प्रतिवादी हरेकृष्ण भगतको आयमा गणना हुन्छ ।
३१. अब, तलब भत्ता, जग्गा बिक्रीबाट प्राप्त आय, घरभाडाबापत प्राप्त आय, कृषि आय र टीकाटालो शीर्षकमा छुट्टाछुट्टै विवेचना गरी निर्णय दिनुपर्ने हुन आयो ।
(क) तलब भत्ता
३२. प्रतिवादी हरेकृष्ण भगत मिति २०३७/३/२८ मा असिस्टेन्ट इन्जिनियर पदमा सेवा प्रवेश गरेको भन्ने कुरा आरोपपत्रको तालिका नं. १ को सि.नं. १ बाट देखिन्छ । आरोपपत्रको तालिका नं. ६क मा उल्लिखित व्यहोरा हेर्दा प्रतिवादीले २०३९ जेठपछि प्राप्त गरेको तलब भत्तालाई मात्र आयको रूपमा गणना गरी मान्यता दिएको देखिन्छ । विशेष अदालत काठमाडौंले रू. १३,८०,५८९।८३ तलब भत्तासमेतबाट आय प्राप्त गरेको ठहर निष्कर्ष निकालेको छ ।
३३. वादी नेपाल सरकारले बढी आय कायम गरेको मिलेको छैन भनी पुनरावेदन जिकिर गरेको देखिन्छ । यसरी वादीले बढी आय कायम गरेको नमिलेको भनी जिकिर गरेकाले त्यसतर्फ विचार गर्दा राष्ट्रसेवक कर्मचारीको तलब, भत्ता, पुरस्कार, दुर्गम भत्ता, स्थानीय भत्ता, दशैं खर्चलगायतबाट प्राप्त रकम आम्दानीका स्रोत हुने तथ्यमा विवाद
देखिँदैन । प्रतिवादी हरेकृष्ण भगतले जाँच अवधिमा दशैं खर्चबापत रू. ८०,०००।- प्राप्त गरेको देखिन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालय, धनकुटाको मिति २०६४/८/१७ को पत्रबाट २५ प्रतिशत स्थानीय भत्ता र पश्चिमाञ्चल डिभिजन सडक कार्यालयको मिति २०६४/९/६ को पत्रले सन्धीखर्क सडक योजनामा कार्यरत रहँदा ३५ प्रतिशत थप भत्ता प्राप्त गरेको भन्ने देखिन्छ ।
३४. प्रतिवादीले सिलगढी साँफेबगर सडक योजना, जुम्ला सडक योजना र साँफेबगर मंगलसेन मार्तडी सडक योजनामा कार्यरत् रहँदा थप भत्ता पाएको देखिन्छ भने सन्धीखर्क सडक योजना, सिलगढी साँफेबगर सडक योजना, सुर्खेत जुम्ला सडक योजना, रोड मेन्टिनेन्स एन्ड रिहाविलिटेसन प्रोजेक्टमा कार्यरत रहँदा दैनिक भ्रमण भत्ता प्राप्त गरेको देखिन्छ । त्यसै गरी पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ५ शिवपुर कपिलवस्तुको मिति २०६४/९/६ को पत्रअनुसार सञ्चित बिदाबापत रू. २,१०४।८३ र सडक विभागको मिति २०५९/५/५ को पत्रले रू. ३,०००।- बेरूजु फर्छ्योट पुरस्कार स्वरूप प्राप्त गरेको देखिँदा प्रतिवादीले तलब भत्ताबापत रू. १३,८०,५८९।८३ प्राप्त गरेको भनी ठहर गरेको विशेष अदालतको फैसला प्रमाण विवेचनाको रोहमा मिलेकै देखिँदा रू. १३,८०,५८९।८३ प्रतिवादीको आयमा गणना हुन्छ ।
(ख) जग्गा बिक्री
३५. प्रतिवादी हरेकृष्ण भगत र सुनयनादेवी भगत श्रीमान्् श्रीमती भएको तथ्यमा विवाद छैन । आरोपपत्रको तालिका नं.३ मा प्रतिवादी हरेकृष्ण भगत र सुनयनादेवी भगतका नाममा भएका जग्गा जमिनको विवरण उल्लेख गरेको देखिन्छ । प्रतिवादी २०४७ सालमा छुट्टी भिन्न भएको देखिन्छ । २०४७ सालमा अंशबापत पाएको जग्गा र आफूले खरिद गरेको जग्गासमेत प्रतिवादीले २०४२ सालदेखि २०५८ सालको अवधिसम्म बिक्री गरेको मिसिल संलग्न हक हस्तान्तरण कागजहरूबाट देखिन्छ ।
३६. विशेष अदालत काठमाडौंले बिक्री गर्दा पारित लिखतमा अङ्कित मूल्यलाई आय कायम गरेको देखिन्छ । वादी नेपाल सरकारले सोसम्बन्धमा पुनरावेदनपत्रमा स्पष्ट जिकिर लिन सकेको
देखिँदैन । पेस गरेको बहसनोटको अध्ययन गर्दा रू. ३,६८,०००।- आय कायम गरेको मिलेको छैन भन्ने विवाद उठान गरेको देखिन्छ । जग्गा जमिन छ र बिक्री वितरण गरेको देखिन्छ भने त्यसबाट निश्चय नै आय प्राप्त हुने नै हुन्छ । के कति आय कायम गर्नेसम्बन्धमा विचार गर्दा यस प्रकृतिका मुद्दामा यस अदालतमा यसअघि पुनरावेदक वादी नेपाल सरकार विरूद्ध पुनरावेदक प्रतिवादी चिरन्जिवी वाग्लेसमेत (ने.का.प. २०६७, चैत, निर्णय नं. ८५१९, पृष्ठ २००७) भएको मुद्दामा हक हस्तान्तरण हुँदा लिखतमा अङ्कित मूल्यलाई कायम गर्ने गरी सिद्धान्त प्रतिपादन भएको र सोभन्दा पछिका मुद्दामा सोही सिद्धान्तलाई यस अदालतबाट अनुशरण गरी आएको अवस्थामा विशेष अदालतको निष्कर्षलाई अन्यथा भन्न मिलेन ।
(ग) कृषि आय
३७. विशेष अदालत काठमाडौंले प्रतिवादी हरेकृष्ण भगतको आयस्रोतको रूपमा कृषि आयलाई पनि मान्यता दिई रू. २६,४८,०००।- लाई आयमा गणना गरेको देखिन्छ । आरोपपत्रमा प्रतिवादीले रू. ५,५८,२३०।- कृषि आय प्राप्त गरेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । वादी नेपाल सरकारले रू. ५,५८,२३०।- नै कायम हुनुपर्ने भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । प्रतिवादीको जग्गा जमिनबाट आय हुने कुरालाई वादीले पनि स्वीकार नै गरेको
देखिन्छ । आरोपपत्रको तालिका नं. २क र ३ मा उल्लिखित जग्गा मध्ये केही जग्गा प्रतिवादीले बिक्री गरेको देखिन्छ भने उल्लेख्य जग्गा आफ्नो स्वामित्वमा रहेको देखिन्छ । थोरै थोरै क्षेत्रफलका जग्गाहरू भन्दा धेरै क्षेत्रफलका जग्गाहरूमा मौसमअनुसार खेती हुने नै हुन्छ ।
३८. प्रतिवादीले कृषि आय प्राप्त गरेको भनी दाबी गरेको जग्गा जमिन सप्तरी जिल्ला अन्तर्गतको देखिन्छ । सप्तरी जिल्ला अन्तर्गतका जग्गाहरूमा कृषि आय नहुने भनी वादी नेपाल सरकारले जिकिर लिन सकेको देखिँदैन । प्रतिवादी हरेकृष्ण भगतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयानको सवाल जवाफ ५ हेर्दा निजले कृषि आयअन्तर्गत कृषि आय, माछा पालन, आँप बिक्री र फलफूल बिक्रीसमेतको आयका आधार देखाएको देखिन्छ । आरोपपत्र, प्रतिवादीको बयान र मिसिल संलग्न जग्गा जमिन हेर्दा निजको स्वामित्वमा ११-९-४ बिगाहा जमिन भएको देखिन्छ । परन्तु जग्गाको क्षेत्रफल, उत्पादन हुने अवस्था, उत्पादनका स्वरूपसमेतको यथोचित विश्लेषण गरी विशेष अदालत काठमाडौंले कृषि आयबाट प्राप्त रकमलाई आय कायम गरेको अन्यथा देखिएन । रू. २६,४८,०००।- प्रतिवादीको आयमा गणना हुने नै देखियो ।
(घ) घरभाडा
३९. घरभाडा सुनिश्चित आय हो भन्ने कुरामा विवाद छैन । आरोपपत्र हेर्दा प्रतिवादीको सप्तरी जिल्लाको भंगाहामा ३ वटा र काठमाडौंको मैतीदेवीमा एउटा घर भएको देखिन्छ । आरोपपत्रले ती घरहरू २०४२ सालदेखि २०५९ सालसम्मको अवधिमा निर्माण र तला थप गरेको तथ्यलाई स्थापित गरेको छ । विशेष अदालत काठमाडौंले प्रतिवादीले जाँच अवधिमा घरभाडाबापत रू. २६,४८,०००।- प्राप्त गरेको ठहर गरेको देखिन्छ । प्रतिवादीले विशेष अदालत काठमाडौंमा गरेको बयानको सवाल जवाफ १६ मा सप्तरी को टायल घरबाट ८ कोठाको मासिक रू.५००।- का दरले रू. ४८,०००।-, कि.नं. ३ र ४ मा बनेको १ तले घरको प्रतिकोठा हजारको दरले ४ कोठाको रू. ४८,०००।- र काठमाडौंको घरको वाषिर्क रू. १,४४,०००।- भाडा प्राप्त गरेको भन्ने
देखिन्छ । वादी नेपाल सरकारले घरभाडाबापत आय कायम गरेको नमिलेको भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । प्रतिवादीको काठमाडौंस्थित मैतीदेवीको घर भुइँँतलासहित ५ तला भएको देखिनुको साथै सप्तरीका घरहरू १/१ तलाको भएको देखिन्छ । प्रतिवादीको काठमाडौंको घरको बनावट र स्थानसमेतको दृष्टिगत गर्दा सो घर भाडामा नलाग्ने अवस्थाको देखिँदैन । त्यसै गरी सप्तरीको घरहरू पनि भाडामा लाग्न सक्ने नै देखिन आयो ।
४०. यसप्रकार प्रतिवादीको जाँच अवधिमा सप्तरीको टायल छाना भएको घरको मासिक रू. ८००।– का दरले वार्षिक रू.९,६००।– का दरले हुने १७ वर्षको रू.१,६३,००,०००।– र अर्को घरको मासिक रू.२००।–का दरले ८ कोठाको वार्षिक रू.९,६००।– का दरले हुने १२ वर्षको रू.१,१५,२००।– र जम्मा रू.२,७८,०००।- र काठमाडौंको घरमा सटरसमेत भएको देखिँदा घर र सटरको रू. ९,३६,०००।- आय प्राप्त हुन सक्ने नै देखिएबाट विशेष अदालतको फैसला मनासिब देखियो । रू. १२,१४,०००।- प्रतिवादीको आयमा गणना हुन्छ ।
(ङ) टीकाटालो
४१. हाम्रो समाजमा चली आएको परम्परा र संस्कृतिलाई हेर्दा वैवाहिक कार्यक्रम, अन्य उत्सव, समारोह र छोराछोरीहरू जन्मेको खुसीयालीसमेतमा माइती, मावली पक्षबाट छोरीचेली तथा भान्जाभान्जी लगायतलाई हैसियतअनुसार केही दान, दक्षिणा, दाइजो एवम् उपहारको रूपमा नगद वा जिन्सी दिने गरेको पाइन्छ । यद्यपि यसरी प्राप्त गरेको सम्पत्तिहरू लेखाजोखा गरी दुरूस्त पारी राख्ने चलन छैन । यस्तो अवस्थामा वैवाहिक कार्यक्रम, उत्सव समारोहसमेतमा माइतीपट्टिबाट दाइजो, टीकाटालो बापतको यति रकम वा जिन्सी दिएको थियो भनी भन्न सकिने अवस्था
हुँदैन । यस्तो असजिलो अवस्थामा दाबी गरिएको रकमको सम्पत्तिको परिमाण र परिस्थितिलाई मूल्याङ्कन गरेर नै दाइजोसमेतको मनासिब मात्रामा रकमको निर्धारण गर्नुको विकल्प छैन ।
४२. प्रस्तुत विवादमा प्रतिवादी हरेकृष्ण भगतको विवाह भारतको फारवीसगंजमा भएको
देखिन्छ । निजको श्रीमती सुनयनादेवी भगतले विवाह समारोहमा १० लाख र छोराहरू जन्मदाको खुसीयालीमा जनही रू. १० लाखको दरले २० लाखसमेत प्राप्त गरेको हुँदा रू.३०,००,०००।- आयमा गणना गरी पाउन प्रतिवादीले जिकिर गरेको
देखिन्छ । विशेष अदालत काठमाडौंले रू.४,००,०००।- आयमा गणना गरेकामा वादी नेपाल सरकारले सो रकम आयमा गणना गरेको नमिलेको भनी पुनरावेदन गरेको देखिन्छ । सो जिकिर प्रमाणित गर्ने आधिकारिक लिखत प्रमाण भने दुवै पक्षले पेस गर्न सकेको
देखिँदैन । वैवाहिक समारोहमा तिलकको रूपमा १० लाख रूपैयाँ प्राप्त भएको भए तापनि सो रकम प्रतिवादीको बुबाले पाउने हुन्छ । तर पनि आधिकारिकरूपमा यति नै रकम प्राप्त भएको भन्ने नदेखिए तापनि वैवाहिक जीवनको लामो समयमा प्रतिवादी, प्रतिवादीकी श्रीमती र छोराहरूले व्यवहार र चलनअनुसार पटकपटक गरी रू.४,००,०००।– प्राप्त गरेको मान्नु न्यायोचित नै देखिन आयो । तसर्थ दाइजो पेवाको निर्धारण लेखा जोखा वा लिखत नहुने, अनुमानमा नै आधारित हुने भएको हुँदा तथ्यगत र वस्तुगत परिस्थितिलाई विचार गरी विशेष अदालतले निकालेको निष्कर्ष न्यायिक सदविवेकको आधारमा मिलेकै देखिँदा मनासिब ठहर्छ ।
४३. त्यसैगरी प्रतिवादी हरेकृष्ण भगतले विशेष अदालत काठमाडौको न्यायिक प्रक्रियामा आफूले कन्सल्टेन्सी गरी सोबापत रू.५,९८,३६४।३३, तरकारी व्यवसायबाट रू.११,८८,०००।– र सुन चाँदी बिक्रीबाट रू.४,७५,६३१।– समेत आय प्राप्त गरेको भनी बयान गर्नुको साथै Consultancy मा काम गरेको देखिने भन्दै सम्बन्धित Engineering फर्मको पत्रहरू पेस गरेको देखिन्छ । प्रतिवादीले कन्सन्टेन्सीमा काम गरेको दाबी गरेकोसम्बन्धमा हेर्दा प्रतिवादी नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारीले निजामती सेवा ऐन नियमावलीले निर्दिष्ट गरेको कानूनी व्यवस्थाको परिधिमा बसी कार्य गर्नुपर्ने हुन्छ । यससम्बन्धमा प्रतिवादी हरेकृष्ण भगतले कन्सन्टेन्सीमा काम गर्नको लागि नेपाल सरकारबाट स्वीकृति लिएको नदेखिएको र निजले काम गरेका Om Consultancy, Ishor Engineering service र Raj Engineering service फर्मबाट पनि सरकारी कर्मचारीलाई काम लगाई रकम भुक्तानी दिएको देखिने आधिकारिक अभिलेखको अभावमा तत् तत् फर्म तथा परामर्शदाता संस्थाबाट पारिश्रमिकसमेत पाउने अवस्था देखिँदैन ।
४४. त्यसैगरी प्रतिवादी हरेकृष्ण भगतले आफ्नी श्रीमती सुनयनादेवी भगतले तरकारी व्यवसायबाट रू.११,८८,०००।– आय गरेको भनी विशेष अदालतमा लेखाएको देखिन्छ । सुनयानदेवी भगतको नाममा फर्म दर्ता भएको भए तापनि के कति तरकारी उत्पादन भएको, कति बिक्री वितरण भएको भन्ने जस्ता कुराहरू पुष्टि हुन नआएबाट सो रकम प्रतिवादीको आयमा जम्मा गर्न मिल्दैन ।
४५. सुन चाँदी बिक्रीबाट जाँच अवधिमा रू.४,७५,६१३।– लिएको छु भन्ने प्रतिवादीको जिकिर हेर्दा सुन चाँदीसमेतको बिक्रीबापत निश्चितरूपमा आय हुन सक्छ । तर प्रतिवादीले अदालतको बयानमा आफूसँग ५० तोला सुन र १०० तोला चाँदी रहेको भनी खुलाएकामा यति तोला चाँदी यस मितिमा बिक्री गरी यति रकम प्राप्त गरेको भनी खुलाउन नसकेको देखिँदा सुन चाँदी बिक्रीको रकम पनि आयमा गणना गर्न मिलेन ।
४६. माथि विभिन्न प्रकरणहरूमा विवेचना गरिए अनुरूप प्रतिवादीले जाँच अवधिमा निम्न स्रोतबाट निम्नबमोजिमको आय आर्जन गरी जम्मा रू.६८,४७,५३५।९० आय आर्जन गरेको देखिन आयो ।
सि.नं. विवरण आय रू.
१ कर्मचारी सञ्चयकोष सापटी रू.४२,०२०।-
२ ट्रक भाडा रू.५,६७,०००।-
३ बैङ्क ब्याज रू.२,२७,५२६।०७
४ तलब भत्ता रू.१३,८०,५८९।८३
५ जग्गा बिक्री रू.३,६८,०००।-
६ कृषि आय रू.२६,४८,०००।-
७ घरभाडा रू.१२,१४,०००।-
८ टीकाटालो रू.४,००,०००।-
जम्मा रू.६८,४१,५३५।९०
४७. यसरी माथि विभिन्न प्रकरणहरूमा विवेचना गरिएअनुसार प्रतिवादीले जाँच अवधिमा जम्मा रू.७४,५१,४२६।२५ मूल्य बराबरको चलअचल सम्पत्ति सङ्ग्रह गरेको पाइन्छ । ऐ. अवधिमा प्रतिवादीबाट जम्मा रू.६८,४७,५३५।९० वैध मौद्रिक आय आर्जन गरेको देखिन आएको छ । यसप्रकार बिगोभन्दा कम रू.६,०३,८९०।३४ देखिन आयो । विशेष अदालत काठमाडौंले आयको तुलनामा १० प्रतिशत सम्म बिगो बढी देखिन आए पनि राष्ट्रसेवक कर्मचारीले सफाइ पाउने भनी भारतीय सर्वोच्च अदालतबाट Krishnanada Agnihotri VS State of M.P., Air.१९७७, p.७९०) को मुद्दामा प्रतिपादित सिद्धान्तको दृष्टान्त दिएको देखिन्छ ।
४८. वादी नेपाल सरकारले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा उल्लिखित दृष्टान्तको आधारमा सफाइ दिन नमिल्ने भनी पुनरावेदन जिकिर गरेको पाइन्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को २०(१) को कानूनी व्यवस्थालाई हेर्दा मनासिब आधार र कारण विना राष्ट्रसेवकले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेमा मात्र आरोपित कसुर प्रमाणित हुने व्यवस्था भएकाले अमिल्दो र अस्वाभाविक जीवनस्तर झल्किने जीवनयापन गरेमा मात्र कसुरदार ठहर हुन सक्ने
देखियो । सामाजिक पक्षलाई हेर्दा पनि व्यक्तिको पैतृक सम्पत्ति, सामाजिक हैसियत, पदीय हैसियतलगायतका कारक तत्त्वहरू नै मापनको रूपमा रहेर निजको जीवनस्तर अमिल्दो, उच्च अस्वाभाविक छ भन्ने कुराको निष्कर्षमा पुग्न मद्दत मिल्दछ । कतिपय आयका स्रोतहरू प्रतिवादीले भनेबमोजिम विश्वसनीय भए पनि समयको अन्तरालले प्रमाण कागज नहुन सक्छ । सबै कुराको कागज प्रमाण स्रेस्ता राख्नु पर्ने हाम्रो कानूनी व्यवस्था पनि छैन । तसर्थ सामाजिक कानूनी, आर्थिक तत्त्वहरूलाई दृष्टिगत गर्दा सम्पत्तिको बिगो र आयको फरक रकम १० प्रतिशत सम्म न्यून हुनुलाई अमिल्दो र अस्वाभाविक भन्न मिल्दैन । यसको अतिरिक्त प्रस्तुत मुद्दामा कुनै खास कार्य समयको वारदातको अपराध नभै अनुमानको आधारमा आय व्ययको रकम अनुमान गरी अभियोग दाबी भएकामा अनुमानको आधारमा कायम गरिएको बिगोको आधारलाई पूर्णतया वास्तविक भएको भनी मान्न मिल्दैन ।
४९. यससम्बन्धमा यस अदालतबाट विवादको यस्तै विषयवस्तु समावेश भएको नेपाल सरकार विरूद्ध गणेश अर्याल (ने.का.प. २०७१, श्रावण निर्णय नं. ९१४९, पृष्ठ ५०९) र पुनरावेदक वादी नेपाल सरकार विरूद्ध विरेन्द्रकुमार सिंह (संवत् २०६७, सालको स.फौ.पु.नं. ०६७-CR-०३४०)समेत भएको मुद्दामा प्रतिवादीको कूल बिगोको तुलनामा १० प्रतिशतभन्दा कम आय भएमा मान्यता दिने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत विवादमा प्रतिवादी हरेकृष्ण भगतको कूल सम्पत्तिको बिगो र आयमा ८.१० प्रतिशत अर्थात् रू.६,०३,८९०।३४ अन्तर भएको देखिन आयो ।
५०. अतः माथि विवेचित, आधार, कारण र प्रतिपादित सिद्धान्तसमेतका आधारमा विशेष अदालत काठमाडौले वादी नेपाल सकारको दाबी पुग्न नसक्ने ठहर गरी मिति २०६६।९।२० मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इति संवत् २०७२ साल असार २१ गते रोज २ शुभम् ।
इजलास अधिकृतः फणिन्द्र पराजुली, भीमबहादुर निरौला