निर्णय नं. ९४९२ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।५।१८।४
०६७–CR–०७७८
मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको ।
पुनरावेदक / वादी : अनुसन्धान अधिकृत परमेश्वर पराजुलीको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : स्व. कपिलमुनि उपाध्यायको नाति, स्व. ध्रूव प्रसाद शर्माको छोरा, नारायणी अञ्चल, जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४, अस्पताल रोड, भगवती राईस मिल्सभित्र घर नं.४।२५८ घर भई हाल विराटनगर भन्सार कार्यालय, रानीमा नायब सुब्बा पदमा कार्यरत् भरतप्रसाद नेपालसमेत
०६८–CR–००१७
पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ घर भई हाल विराटनगर भन्सार कार्यालयमा नायब सुब्बा पदमा कार्यरत् भरतप्रसाद नेपालसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत परमेश्वर पराजुलीको प्रतिवेदनले नेपाल सरकार
कर्मचारी सुविधाअन्तर्गत प्रतिकित्ता १००।– का दरले ५३० कित्ता सेयरको रू. ५३,०००।– हुने भनि उल्लेख गरि आरोप पत्रमा कुनै पनि जिकिर लिएको नदेखिए तापनि सो सेयर वीरगञ्ज फाइनान्सबाट कर्मचारी सुविधा अन्तर्गत मौद्रिक रकम नतिरि लिएको भन्ने कुरा देखाउन सकेको पाइँदैन । बिगोमा कायम गरेको मिलेन भनेर जिकिर लिएर मात्र हुँदैन । स्पष्ट आधार र कारण देखाएर अदालतलाई विस्वस्त पार्नु पर्ने हुन्छ । यो दायित्व पुनरावेदक प्रतिवादीको नै हो । यसरी एकाघरकी छोरी सुष्मा नेपालले कर्मचारी सुविधाअन्तर्गत मौद्रिक रकम नतिरि रू.५३,०००।– रकम बराबरको ५३० कित्ता सेयर प्राप्त गरेको भन्ने कुरा स्थापित हुन नआएबाट विशेष अदालत, काठमाडौंको फैसला अन्यथा देखिन नआउने ।
(प्रकरण नं.२१)
पुनरावेदक / वादीका तर्फबाट : उपन्यायाधिवक्ता शंकरबहादुर राई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कृष्णप्रसाद सापकोटा र अधिवक्ता तिलप्रसाद गौतम
अवलम्बित नजिर :
ने.का.प. २०६७, चैत, निर्णय नं. ८५१९, पृष्ठ २००७
ने.का.प. २०६८, असोज, निर्णय नं. ८६३०, पृष्ठ ९१७
ने.का.प. २०६८, फागुन, निर्णय नं. ८७२२, पृष्ठ १८९०
ने.का.प. २०६९, भदौ, निर्णय नं. ८८३२, पृष्ठ ७७१
ने.का.प. २०६९, जेठ, निर्णय नं. ८७७०, पृष्ठ २५९
ने.का.प. २०६९, पुस, निर्णय नं. ८८८६, पृष्ठ १३४१
नेपाल सरकार विरूद्ध गणेश अर्याल (०६३–CR–०६५०)
नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौला (०६५–CR–००३१)
नेपाल सरकार विरूद्ध लक्ष्मीराज पाठक (०६५–CR–००४५)
नेपाल सरकार विरूद्ध रामकृष्ण तिवारी (२०६२ सालको फौ.पु.नं. ३३९९ समेत)
नेपाल सरकार विरूद्ध मुरारीबहादुर कार्की (०६५–CR–०००९)
नेपाल सरकार विरूद्ध निरञ्जन बाबु श्रेष्ठ (०६५–CR–००६४)
नेपाल सरकार विरूद्ध आनन्द प्रसाद खनालसमेत
सम्बद्ध कानून :
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १०, १५ र दफा १६ग. तथा २९
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) (२) र दफा ४७
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख)
विशेष अदालत, काठमाडौंमा फैसला गर्ने:
अध्यक्ष माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
सदस्य माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
फैसला
न्या.जगदीश शर्मा पौडेल : विशेष अदालत, काठमाडौंको मिति २०६७।५।२ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम वादी प्रतिवादी दुवैतर्फबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ:–
वीरगञ्ज उपमहानगरपालिका वडा नं.३ घर भई आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगञ्जमा खरिदार पदमा कार्यरत् भरतप्रसाद नेपालले वीरगञ्जका व्यापारीहरूसँग मिली भ्रष्टाचार गरि घर जग्गा खरिद गरेकाले निजको सम्पत्ति छानबिन होस् भन्ने व्यहोराले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरी निवेदनको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजको पारिवारिक विवरण, सार्वजनिक पद धारण गरेको विवरण, अंशबन्डासम्बन्धी विवरण, बैंक तथा वित्तीय संस्थाको मौज्दात तथा कारोबार, सेयर, घर तथा जग्गासमेतको विवरण सङ्कलन गरि अनुसन्धान गर्दा निज र निजको श्रीमती प्रतिवादी अम्बिका देवी नेपालको सँगसाथमा स्रोत नखुलेको सम्पत्ति देखिएको हुँदा कानूनबमोजिमको कारवाही गरिपाउँ भनि प्रस्तुत मुद्दा विशेष अदालत, काठमाडौंमा दायर भएको देखिन्छ ।
पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपालबाहेक निजका परिवारका अन्य सदस्यको विवरण :–
तालिका नं. १
क्र.सं. नाम, थर नाता वतन पेसा कैफियत
१.अम्बिका देवी नेपालश्रीमतीजिल्ला पर्सा, वीरगञ्ज, उपमहानगरपालिका वडा नं. ४, अस्पताल रोडगृहिणी
२. अर्चना नेपाल छोरी काठमाडौं, सिनामङ्गल गृहिणी २०५९ मा विवाह
३. रचना नेपाल छोरी विराटनगर, शान्ती चोक गृहिणी २०६० मा विवाह
४. सुष्मा नेपाल छोरी जिल्ला पर्सा, वीरगञ्ज, उपमहानगरपालिका वडा नं. ४, अस्पताल रोड कर्मचारी र विद्यार्थी वीरगञ्ज फाइनान्स
५. सीमा नेपाल छोरी ऐ.ऐ. विद्यार्थी र कर्मचारी सिद्धार्थ बैंक
६.विक्रान्त नेपालछोराऐ.ऐ.विद्यार्थी
७.पद्म कुमारी शर्माआमाऐ.ऐ. वडा न. ३गृहिणी
प्रतिवादी भरतप्रसाद नेपाल सार्वजनिक पद धारण गरेको विवरण :–
तालिका नं. २
क्र.सं. कार्यालय / निकाय / संस्था सार्वजनिक पद बहाल रहेको अवधि
देखिसम्म
१. भूमिसुधार कार्यालय, पर्सा खरिदार (रा.प.अनं.द्वि) ०३९।६।१८ २०४४।७।९
२. जिल्ला विकास समितिको कार्यालय, पर्सा खरिदार (रा.प.अनं.द्वि) ०४४।७।१० २०४५।२।५
३. जिल्ला विकास समितिको कार्यालय, काभ्रेपलाञ्चोक खरिदार (रा.प.अनं.द्वि) २०४५।२।१६ २०४७।६।४
४. जिल्ला विकास समितिको कार्यालय, बारा खरिदार (रा.प.अनं.द्वि) २०४७।६।१० २०४९।१०।१
५. भन्सार कार्यालय, सर्लाही खरिदार (रा.प.अनं.द्वि) २०४९।१०।२ २०५४।६।१३
६. कर कार्यालय, जनकपुर खरिदार (रा.प.अनं.द्वि) २०५४।६।१५ २०५५।६।२२
७. वीरगञ्ज भन्सार कार्यालय, पर्सा खरिदार (रा.प.अनं.द्वि) २०५५।६।२८ २०५९।११।१३
८. आन्तरिक राजस्व कार्यालय, पर्सा वीरगञ्ज खरिदार (रा.प.अनं.द्वि) २०५९।११।१४ २०६३।६।११
९. विराटनगर भन्सार कार्यालय, रानी खरिदार (रा.प.अनं.द्वि) २०६३।६।१२ २०६४।११।२६
१०. विराटनगर भन्सार कार्यालय, रानी नायब सुब्बा २०६४।११।२६ हालसम्म
प्रतिवादीको अंशबन्डासम्बन्धी विवरण:–
पर्सा जिल्ला अदालतको मिति २०६१।९।५ को दे.नं. २७१५ को अंश मुद्दाको फैसला, मिति २०६१।११।५ को बन्डा मुचुल्का र तामेली पर्चाअनुसार पर्सा जिल्ला वीरगञ्ज उ.म.न.पा–३ कि.नं. २७६ को ०००६७.२२ वर्ग मिटर जग्गा बुबा ध्रूवप्रसाद शर्माको नाममा रहेकामा सोमध्ये तिन भागको एक भाग ऐ.ऐ. कि.नं. २८५ को ०००४४.८१ वर्ग मिटर (तिन धुर) पैतृक जग्गा पुनरावेदक भरतप्रसाद नेपालको नाममा कायम भएको देखिएको ।
सम्पत्तिसम्बन्धी विवरण :–
चल सम्पत्तिसम्बन्धी विवरण
भरतप्रसाद नेपाल र निजका परिवारका नाममा रहेको चल अचल सम्पत्तिहरूको विवरण देहायबमोजिम रहेको छ ।
स्वदेशी बैंक/वित्तीय संस्थाको खाताको मौज्दात:
तालिका नं. ३
क्र.सं. खातावालाको नाम बैंक वा वित्तीय संस्थाको नाम खाता नं. रकम (रू) कैफियत
१.भरतप्रसाद नेपाल/ संजय अग्रवालनेपाल बंगलादेश बैंक, वीरगञ्ज००७५३१ एस८,६९७।६७
२.अम्बिका देवी नेपालमहालक्ष्मी फाइनान्स कं.लि., वीरगञ्ज१२–१०४८७–७४६,१६३।९९
३.अम्बिका देवी नेपालएभरेष्ट बैंक लि., वीरगञ्ज०१९६६० ए१,०००।–
४.अम्बिका देवी नेपालनेपाल बंगलादेश बैंक, वीरगञ्ज०१८०७० वी.४,३२५।१७
५. सीमा नेपाल नेपाल बंगलादेश बैंक, वीरगञ्ज ०१८०६० वी ५,०७८।८२ व्ययमा गणना नगरिएको ।
६. सीमा नेपाल सिद्धार्थ बैंक लि. वीरगञ्ज ०२५३९१ एस ५२४।१४ “
७. सुष्मा नेपाल वीरगञ्ज फाइनान्स लि. ११११००००५५ १०४९।१५ ”
८. सुष्मा नेपाल नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ००९३११ पि. १३,२७२।३४ ”
जम्मा६०,१८६।८३
विदेशी मुद्रा मौज्दात रहेको बैंकको विवरण :
तालिका नं. ४
क्र.सं. खातावालाको नाम बैंक वा वित्तीय संस्थाको नाम खाता नं. रकम (रू) कैफियत
१. भरतप्रसाद नेपाल पंजाव नेसनल बैंक, रक्सौल, भारत ३२४२ ५५५।– भारतीय रूपैयाँँ
विदेशमा रहेको खाताको विवरण:
तालिका नं. ५
क्र.सं. खातावालाको नाम बैंकको नाम खाता नं. रकम (रू) कैफियत
१. भरतप्रसाद नेपाल पंजाव नेसनल बैंक, रक्सौल, भारत ३२४२ ५५५।– भारतीय रूपैयाँ
सुन चाँदीको विवरण:
भरतप्रसाद नेपाल र निजको परिवारको साथमा रहेको सुन, चाँदीको विवरण देहायबमोजिम रहेको देखिन्छ ।
तालिका नं. ६
क्र.सं. विवरण परिमाण प्राप्तिको तरिका प्राप्ति मिति कैफियत
१. सुन १४ तोला पुर्खौली/खरिद ०३४ देखि ०६२ सम्म व्ययमा गणना नगरिएको
२. चाँदी १५ तोला पुर्खौली/खरिद ०३४ देखि ०६२ सम्म व्ययमा गणना नगरिएको
पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपालले निजामती किताबखानामा पेस गरेको सम्पत्ति विवरण हेर्दा हरेक वर्ष फरक–फरक मात्रामा अस्वाभाविक रूपमा सुनको परिमाण उल्लेख गरेको देखिएकाले सो कार्यलाई बदनियतपूर्ण मान्नु पर्ने हुन्छ । तसर्थ निजले आयोगसमक्ष पेस गरेको व्यक्तिगत विवरण फाराममा उल्लेख गरेको परिमाणलाई नै आधार मानि उल्लिखित सुन चाँदीको परिमाण उल्लेख गरिएको छ । साथै बयानको क्रममा प्रतिवादीहरूले सुन बिक्री गरेको रकमलाई समेत आयको रूपमा उल्लेख गरेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन खरिद र बिक्रीको रकमलाई प्रतिवादीको आय व्यय विवरणमा गणना गरेको देखिँदैन ।
सेयरसम्बन्धी विवरण:
प्रतिवादीकी छोरी सुष्मा नेपालको नाममा खरिद गरिएको देहायबमोजिमको सेयरलाई निजकि छोरीको जागिरबाट आर्जित आम्दानी मानि प्रतिवादी भरतप्रसाद नेपालको व्ययमा गणना गरेको देखिँदैन ।
तालिका नं. ७
सि.नं सेयरधनीको नाम कम्पनीको नाम, ठेगाना सेयरका प्रकार सेयर कित्ता प्रतिकित्ता मूल्य लगानी रकम (रू) कैफियत
१. सुष्मा नेपाल वीरगञ्ज फाइनान्स लि. वीरगञ्ज साधारण ५३० १००।– ५३,०००।– कर्मचारी सुविधा अन्तर्गत
सवारी साधनको विवरण:
भरतप्रसाद नेपाल तथा निजको परिवारको नाममा खरिद गरेको सवारी साधनको विवरण निम्नअनुसार रहेको छ ।
तालिका नं. ८
क्र.सं. विवरण मूल्य (रू) प्राप्त मिति कैफियत
१. सुष्मा नेपालको नाममा रहेको ना.४ प. ६६२४ नं. को मोटर साइकल ८२,०००।– ०६२।१।४ व्ययमा गणना नगरिएको
२.विक्रान्त नेपालको नाममा रहेको ना.४ प. ७९४० नं को मोटर साइकल१,०१,३९९।–०६२।३।१३
जम्मा१,०१,३९९।–
विद्युतीय उपकरणको विवरण:
तालिका नं. ९
क्र.सं. विवरण मूल्य (रू) खरिद मिति कैफियत
१.टि.भी थान – ११३,०००।–२०५८
२. टि.भी थान – १ ७,५००।– २०३३ व्ययमा गणना नगरिएको ।
३.टि.भी थान – १६,७००।–२०६२
४.कम्प्युटर थान – १९,५००।–२०६०
५. फ्रिज थान – २ २०,६००।– २०३३/२०५८ १ थानमात्र व्ययमा गणना गरिएको ।
जम्मा(५७,३००।–) ३९,५००।–
प्रतिवादीले २ थान टी.भी र २ थान फ्रिज दाईजोबाट प्राप्त गरेको भनि उल्लेख गरेको भए तापनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक थान टि.भी र एक थान फ्रिजलाई व्ययमा गणना गरेको देखिँदैन ।
अचल सम्पत्तिसम्बन्धी विवरण
सार्वजनिक पदमा प्रवेश गर्नुपूर्व आर्जित घर/निर्माण:
तालिका नं. १०
क्र.सं. घरधनीको नाम र नाता घरको विवरण प्रतिवादीले उल्लेख गरेको विवरण अनुसारको मूल्य कैफियत
जिल्लान.पा / वडा नं.कि.नं.निर्माणको किसिम
१. भरतप्रसाद नेपाल पर्सा वीरगञ्ज – ३ २४९ पक्की (भुइँ तल्ले) २,७५,०००।– जग्गा मात्र, घर भाइको ।
सार्वजनिक पदमा प्रवेश गरे पछिको स्वआर्जित घर/निर्माण:
तालिका नं. ११
क्र.सं. घरधनीको नाम र नाता घरको विवरण निर्माण मिति प्रतिवादीले उल्लेख गरेको मूल्य
जिल्लान.पा. / वडा नं.कि.नं.निर्माणको किसिम
१. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा वी.उ.म. न.पा वडा नं. ४ ५० ४ तले पक्की २०५३ मा भुइँ तला ०५६ मा पहिलो तला ०५९–०६१ मा दोस्रो र तेस्रो तला १६,२०,०००।-
२. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा वी.उ.म.न. पा वडा नं. ४ २५७, २५८ ३ तले पक्की ०६१–०६३ साल ७५,००,०००।-
नोटः क्रमसङ्ख्या १ मा उल्लिखित घरको निर्माण लागत र क्रमसङ्ख्या २ मा उल्लिखित घरको निर्माण लागत प्रतिवादी भरतप्रसाद नेपालले अनुसन्धानको क्रममा गरेको बयानको स.ज. १७ र १८ को आधारमा उल्लेख गरेको देखिएको ।
हाल कायम रहेको स्वआर्जित घर/निर्माण:
तालिका नं. १२
क्र.सं. जग्गाधनीको नाम र नाता घर रहेको जग्गा तथा अन्य जग्गाको विवरण लागत मूल्य (रू) हालको मूल्याङ्कन प्राप्तिको किसिम कैफियत
जिल्लान.पा / वडा नं.कि. नं.क्षेत्रफल
१. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा वी.उ.म. न.पा वडा नं. ४ ५० ४ तले पक्की २०५३ भुइँ तला, ०५६ पहिलो तला, ०६० दोस्रो तला र ०६१ तेस्रो तला ४,७३६.५७ वर्ग फिट ४०,४८,१६५।१५ स्व-आर्जन मिति ०६३।२।१ को प्राविधिक मूल्याङ्कन प्रतिवेदन अनुसार
२. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा ऐ.ऐ. २५७, २५८ ३ तले पक्की ०६२।०६३ साल १४,७२३.९९ वर्ग फिट १,२७,०७,३९२।३३ स्वआर्जन मिति ०६५।१।२५ को मूल्याङ्कन प्रतिवेदन अनुसार
जम्मा १,६७,५५,५५७।४८
पैतृक जग्गा:
प्रतिवादी भरतप्रसाद नेपालको पैतृक जग्गाको विवरण देहायबमोजिम रहेको छ ।
तालिका नं. १३
क्र.सं. जग्गाधनीको नाम र नाता घरको रहेको जग्गा तथा अन्य जग्गाको विवरण प्राप्तिको किसिम
जिल्लान.पा. / वडा नं.कि.नं.क्षेत्रफल
१. भरतप्रसाद नेपाल पर्सा वी.उ.म.न.पा वडा नं. ३ २४९ ०–०–३ पैतृक
सार्वजनिक पदमा प्रवेश गरेपछिको स्वआर्जित जग्गा:
प्रतिवादी भरतप्रसाद नेपाल र निजका परिवारको नाममा देहायबमोजिमको स्वआर्जित जग्गा रहेको देखिएको ।
तालिका नं. १४
क्र.सं. जग्गाधनीको नाम प्रतिवादीसँगको नाता घर रहेको तथा अन्य जग्गाको विवरण लागत मूल्य प्राप्तिको किसिम
गा.वि.स / न.पा / वडा नं.कि.नं.क्षेत्रफल
१. अम्बिका देवी नेपाल
(श्रीमती) नगवा १ ६४० ०–०–७–९ ९४००।– ०४६।६।११ राजीनामा
२. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ ३२१ ०–०–१० ८,०००।– ०४८।११।२३ राजीनामा
३. अम्बिका देवी नेपाल
(श्रीमती) छपकैया ४ ३९० ०–१–० १०,०००।– ०५०।१।११ राजीनामा
४. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ १।५० ०–१–० १,००,०००।- ०५०।८।२८ राजीनामा
५. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ १५२८।७६ ०–०–१२–१०.५ ८८,८००।– ०५३।११।१५ राजीनामा
१५३०।७५०–०–१७–०
६. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ ६९६।६० ०–१–३ २,३१,०००।– ०५९।१।५ राजीनामा
७. सीमा नेपाल (छोरी) छपकैया ४ ६९५।५९ ०–१–३–३/४ २,३१,०००।– ०५९।१।५ राजीनामा
८. पद्म कुमारी शर्मा (आमा) मसिहानी ६ ख ७४ ०–९–७ ७०,०००।– ०६०।४।१२ राजीनामा
९. अम्बिका देवी नेपाल (श्रीमती) वी.उ.न.पा वडा नं. ४ २५७ ०००५०.७९ ३,७५,०००।– ०६१।३।४ राजीनामा
१०. अम्बिका देवी नेपाल (श्रीमती) ऐ.ऐ. २५८ ००४८९.६१ २,००,०००। ०६१।८।२८ राजीनामा
जम्मा१३,२३,२००।
नोट: तालिकाको सि.न. ८ मा उल्लिखित पद्मकुमारी शर्मा नामको जग्गाको खरिद मूल्य व्ययमा गणना गरेको देखिँदैन ।
सार्वजनिक पदमा प्रवेश गरेपछिको जग्गा बिक्रीको विवरण:
भरतप्रसाद नेपाल र निजका परिवारको नामको देहायबमोजिमका जग्गाहरू बिक्री भएको देखिएको ।
तालिका नं. १५
क्र.सं. जग्गाधनीको नाम र प्रतिवादीसँगको नाता घर रहेको जग्गा तथा अन्य जग्गाको विवरण लागत मूल्य (रू) हालको मूल्याङ्कन प्राप्तिको किसिम
जिल्लागा.वि.स / न.पा / वडा नं.कि.नं.क्षेत्रफल
१. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा छपकैया ४ ३२१ ०–०–१० १२,५००।– ०५०।६।१४ राजीनामा
२. अम्बिका देवी नेपाल (श्रीमती) पर्सा नगवा १ ६४० ०–०–७–९ ९,५००।– ०५१।८।६ राजीनामा
३. अम्बिकादेवी नेपाल श्रीमती) पर्सा छपकैया ४ ३९०।४३५ ०–०–४ ५,०००।– ०५१।११।२८ राजीनामा
४. अम्बिकादेवी नेपाल श्रीमती) पर्सा वीरगञ्ज २ १५२८।७६ १०२३५.६९ १,००,०००।– ०६०।८।९ राजीनामा
५. अम्बिकादेवी नेपाल श्रीमती) पर्सा वीरगञ्ज २ ६९६।६० ००३९०.७९ ३,५०,०००।– ०६०।११।१२ राजीनामा
६. सीमा नेपाल (छोरी) पर्सा वीरगञ्ज २ ६९५।५९ ००३९४.७९ ३,५०,०००।– ०६०।११।१२ राजीनामा
७. अम्बिकादेवी नेपाल श्रीमती) पर्सा वीरगञ्ज २ १५३०।७५ ००३०६.८५ १,२६,०००।– ०६१।३।४ राजीनामा
जम्मा (९,५३,०००।–) २,५०,१४५।२० खरिद स्रोत पुष्टि भएको अनुपातमा
हाल कायम रहेको जग्गाको विवरण :
तालिका नं. १६
क्र.सं. जग्गाधनीको नाम र प्रतिवादीको नाता घर रहेको जग्गा तथा अन्य जग्गाको विवरण खरिद/लागत मूल्य (रू) हालको मूल्याङ्कन प्राप्तिको किसिम
जिल्लागा.वि.स / न.पा / वडा नं.कि.नं.क्षेत्रफल
१.अम्बिका देवी नेपाल (श्रीमती)पर्सावीरगञ्ज १४३५।१९९००२७०.८८१०,०००।–१,५९,९८७।१५
२.अम्बिका देवी नेपाल (श्रीमती)पर्सावीरगञ्ज ४२५७०००५०.७९३,७५,०००।–३,९०,०००।–
३.अम्बिका देवी नेपाल (श्रीमती)पर्सावीरगञ्ज ४२५८००४८९.६१२,००,०००।–३७,७०,०००।–
५.पद्मकुमारी शर्मा (आमा)पर्सामसीहानी ६ ख७४०–९–७७०,०००।–१,१६,८७५।–
६. भरतप्रसाद नेपाल पर्सा वीरगञ्ज ३ २४९ ०–०–३ पैतृक – पैतृक
जम्मा७,५५,०००।–५२,३६,८६२।२० पैतृक जग्गाको बाहेक
मेरो पेसा नोकरी हो । कानूनी रूपमा हामी सबै भिन्न भइसकेका छौं । तर व्यापार व्यवसायमा एकै ठाउँमा काम गरि रहेका छौ । मेरो पूर्व श्रीमती अम्बिका देवी नेपालले खुकुरी फुटवेयर प्रा.लि. मा मिति ०४६।१।१ देखि मिति ०६१।१२।३० सम्म काम गरेको थिइन् । भाइ शत्रूघनकुमार नेपालले नेपाल प्रकाशन प्रा.लि., वीरगञ्ज एक्सप्रेस साप्ताहिक पत्रिकाको प्रकाशक भई पत्रिका चलाएका थिए । मालिङ्गो साप्ताहिक पत्रिकामा प्रतिनिधि भई मिति २०३९।२।१ देखि मिति २०५२।५।९ सम्म मासिक रू २,०००। का दरले, मिति २०५२।५।१० देखि २०५९ असार मसान्तसम्म मासिक रू. ४,०००। का दरले र मिति २०५९।४।१ देखि रू. ५,०००। का दरले पारिश्रमिक पाई २०६२।१०।२४ सम्म कार्यरत् छ । त्यसैगरि सत्य सन्देश दैनिक पत्रिकाको प्रतिनिधिको रूपमा काम गरि आय आर्जन गरेको थिएँ । छोरी सुष्मा नेपाल हाल वीरगञ्ज फाइनान्समा काम गर्दछिन् । त्यसैगरि छोरी सीमा नेपाल सिद्धार्थ बैंक काठमाडौंमा कार्यरत् छिन् । छोरा विक्रान्त नेपाल पढ्दैछन् । आमा तथा भाइ बुहारी गृहिणी हुन् । छोरीहरू अर्चना नेपाल र रचना नेपालको विवाह भई सकेको छ । म ०३४।६।४ गतेदेखि ०३९।६।१७ सम्म वन पैदावर विकास समितिमा कार्यरत् रहेको थिएँ । मिति २०३९।६।१८ गते देखि खरिदार पदमा स्थायीरूपमा भूमिसुधार कार्यालय पर्साबाट सेवा सुरू गरि हाल आन्तरिक राजस्व कार्यालय पर्सामा खरिदार पदमा कार्यरत्
छु । म, आमा र भाइबिच अंशबन्डा भई सकेको छ । मेरो नाममा अंशबाट प्राप्त पैतृक ०००४४.८१ वर्ग मिटर जग्गाबाहेक अरू अचल सम्पत्ति केही पनि छैन ।
सार्वजनिक पद धारण गरेदेखि तलब, भत्ता, पुरस्कारबाहेक मेरो अरू आय स्रोत छैन । मेरो नियमित खर्च हुने क्षेत्रहरू छैन । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको छैन । मेरो पूर्व श्रीमती अम्बिका देवी नेपालको नाममा खरिद गरेको साबिक कि.नं. १, क्षेत्रफल ०–१–० हालको कि.नं. ५० को क्षेत्रफल ००३३८.६० मिति ०५०।८।२८ मा रू.१,००,०००।– मा र कि.नं. ३९०, क्षेत्रफल ०–१–० हाल कि.नं. १९९ को जग्गा मिति २०५०।१।११ मा रू.१०,०००।– मा मेरो, श्रीमतीको र भाइको तलब भत्ताबाट खरिद गरेको हो । मेरो श्रीमती अम्बिका देवी नेपालको नाममा रहेको जिल्ला पर्सा छपकैया–९ कि.नं. १५२८ को ०–०–१२–१०१/२, कि.नं. १५३० को ०–०–१७–०, तथा ऐ. छपकैया ६ ख कि.नं. ६९६ को ०–१–३–३/४ जग्गाहरू जग्गा बिक्रीको रकम, गाडीको कमाई, वीरगञ्ज एक्सप्रेस साप्ताहिक पत्रिकाको आम्दानीबाट खरिद गरेको हो ।
मेरो छोरी सीमा नेपालको नाममा रहेको छपकैया–९ कि.नं. ६९५ को ०–१–३–३/४ जग्गा, जग्गा बिक्रीको रकमबाट खरिद गरेको हो । मेरो आमाको नाममा रहेको जिल्ला पर्सा मसिहानी–६ख कि.नं. ७४ को ०–९–७ जग्गा मिति २०६०।४।१२ गते रू.७०,०००।– मा खरिद गरेको हो । जग्गा बिक्रीको रकम, भाइको, छोरीहरूको, श्रीमतीको तलब भत्ता, पत्रिका र गाडीको आम्दानीसमेतबाट उक्त जग्गा खरिद गरेको हो । अम्बिकादेवी नेपालको नाममा रहेको कि.नं. २५७ को ०००५०.७९ वर्ग मिटर जग्गा रू.३,७५,०००।– मा र कि.नं. २५८ को ००४८९.६१ वर्ग मिटर जग्गा रू.२,००,०००।– मा मेरो, भाइको, श्रीमतीको र छोरीहरूको तलब भत्ता, जग्गा बिक्रीसमेतको आयबाट खरिद गरेको हो ।
भाइ शत्रूघन कुमार नेपालको नाममा रहेको पैतृक जग्गामा पैतृक घर छ । त्यसैगरि मेरो श्रीमतीको नामको वीरगञ्ज उपमहानगरपालिका–४ कि.नं. ५० को जग्गामा चार तले पक्की घर छ । उक्त घर निर्माण मिति २०५३।९।१२ मा भुइँ तल्लाको नक्सा पास भई निर्माण भएको हो । उक्त भुइँ तलाको लागत रू.३,६०,०००।– हो । पहिलो तला मिति २०५६।४।२८ मा नक्सा पास भएको हो । उक्त तला निर्माणको लागत रू.४,२०,०००।– हो । दोस्रो र तेस्रो तला मिति २०५९।७।२९ मा नक्सा पास गरि रू.८,४०,०००।– मा निर्माण गरेको हो । स्रोतको हकमा तलब, भत्ता, घर भाडा, गाडीको कमाई, सञ्चयकोष सापटी, जग्गा बिक्रीबाट प्राप्त रकमसमेतबाट निर्माण भएको हो । कि.नं. २५७ र २५८ को जग्गामा तिन तलाको पक्की घर छ । उक्त घरको लागत हालसम्म रू.७५,००,०००।– लागेको छ । सो घर निर्माणको स्रोतको हकमा महालक्ष्मी फाइनान्सबाट लिएको ऋण, तलब, भत्ता, घर भाडा, गाडीको कमाईको रकमसमेत हो ।
जग्गाको हकमा म तथा मेरो परिवारको नाममा हाल पैतृक जग्गाबाहेक मेरो श्रीमतीको नाममा कि.नं. १९९, ५०, २५७, २५८ र आमाको नाममा कि.नं. ७४ को जग्गा छ । घरको हकमा कि.नं. २८५ को पैतृक जग्गामा र श्रीमतीको नामको कि.नं. ५० को जग्गामा चार तले पक्की घर र कि.नं. २५७ र २५८ को जग्गामा तिन तले पक्की घर निर्माणाधीन छ । मेरो नाममा कुनै सवारी साधन छैन । भाइ शत्रूघनकुमार नेपालले मिति २०५६।४।१४ मा वीरगञ्ज भन्सार कार्यालयबाट रू.७,१०,८१५।– मा ना१ च ६५३६ नं. को कियाभ्यान लिलाम सकार गरेको र मिति २०५६।११।३ मा रू.७,०३,३९४।– मा ना १ च ६६७६ नं. को टाटासुमो जीप लिलाम सकार गरि व्यवसाय सञ्चालन गरेको छ । उक्त गाडीहरू महालक्ष्मी फाइनान्सबाट लिएको ऋण तथा तलब भत्तासमेतबाट खरिद गरेको हो । त्यसै गरि मिति २०५८।३।१ गते ना.१.च ६६७६ नं. को टाटा सुमो जीप रू.६,०३,०००।– मा बिक्री भएको छ । उक्त रकम महालक्ष्मी फाइनान्सलाई पटक–पटक गरि तिरेको छु । ना. ४. प २५६६ नं. को स्कुटर मोटर साइकल वीरगञ्ज फाइनान्सबाट हा.प.मा रू.८२,०००।– मा खरिद गरेको हो । ना. १ प. ७९४० नं. को होण्डा मोटर साइकल रू.१,०१,३९९।– मा छोरा विक्रान्त नेपालको नाममा खरिद गरेको हो । शत्रूघनकुमार नेपालको नाममासमेत ना. ४ प. ८०२७ नं को मोटर साइकल महालक्ष्मी फाइनान्सबाट ऋण लिई खरिद गरेको छ । ना.१.च. ६५३६ र ना.१ च. ६६७६ नं. को गाडीहरू महालक्ष्मी फाइनान्सको गृह कर्जा नं. ५५५, हा.प. कर्जा नं ३३४, ४१९, ५९३ बाट क्रमश: रू.५,११,०००।–, रू.५,११,०००।–, रू.९,०९,०००।– र रू.४,०५,८००।–समेत ऋण लिएको हो । ऋण तिर्दै लिँदै गरेको हो । उक्त ऋण गाडी भाडामा लगाएर चुक्ता गरिएको हो ।
मेरो तथा परिवारको नाममा रहेको बैंक खाताहरूमध्ये मेरो नाममा भारतको रक्सौलस्थित नेसनल बैंकमा खाता नं. ३२४२ मा भारतीय रूपैयाँ ५५०।– जति छ । नेपाल अरब बैंक काठमाडौंको खाता नं. ०५३५३ मा करिव रू.१०० जति हुनु पर्दछ । नेपाल बंगलादेश बैंक वीरगञ्जको खाता नं. ००७५३१ एस मा लगभग रू.१५,०००।– जति
छ । यो खाता मेरो र संजय अग्रवालको संयुक्त खाता हो । त्यसैगरि अम्बिका देवी नेपालको महालक्ष्मी फाइनान्स लि.को खाता नं. १०४८७–७ मा रू.३,०००।– जति छ । निजको नाममा एभरेष्ट बैंक लि. र बंगलादेश बैंक लि. मा गृहिणी बचत खाता छ, । उक्त खाताहरूमा रू.१,०००।– हुनु पर्दछ । छोरी सीमा नेपालको नेपाल बंगलादेश बैंकमा खोलिएको गृहिणी बचत खाता नं ०१८६ मा रू. १,०००। छ । छोरी सुष्मा नेपालको वीरगञ्ज फाइनान्स क. लिमिटेडको को खाता नं. ११५१००००३५ मा रू.८,०००।– जति छ । भाइ सत्रूघनकुमार नेपालको वीरगञ्ज स्थित लक्ष्मी बैंक लि. मा रू.५,०००।– होला । मैले अंश छोडपत्र गर्दा श्रीमती अम्बिकादेवी नेपालबाट रू.२०,००,०००।– नगद, १०० तोला सुन र १० किलो चाँदी लिई घर, जग्गा र गाडीहरू श्रीमतीलाई छाडि दिएको हो । उक्त रकम मैले सम्पत्ति विवरणमा उल्लेख गरेको नै छु ।
कि.नं. ५० को चार तले घरमा २०५३ भदौदेखि उदयपुर सिमेन्ट उद्योग भाडामा बसेको
छ । सो उद्योगबाट घर भाडा रू.२,८९,७५०।– भाडा प्राप्त गरेको छु । सो घरबाट मिति २०५३।५।१ देखि मिति २०५६।६।१ सम्म जम्मा रू.१,६६,५००।– घर भाडा प्राप्त गरेको छु । कि.नं. २५७ र २५८ मा बनेको घरमा कृष्णा नर्सिङ्ग होम प्रा.लि भाडामा बसेको हुँदा घरभाडा बापत रू.५,१५,०००।– प्राप्त गरेको छु । साथै तिन महिनाको एडभान्ससमेत प्राप्त गरेको छु । मैले मेरो तथा मेरो परिवारको नाममा राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र तथा कुनै कम्पनी तथा वित्तीय संस्थाको सेयर, डिबेञ्चर खरिद बिक्री गरेको छैन । मेरो श्रीमतीको नाममा विभिन्न व्यापारिक फर्म, उद्योग, व्यवसाय दर्ता भए तापनि पत्रिका बाहेक अन्य सञ्चालनमा छैनन् । मेरो श्रीमती तथा भाइको नाममा विभिन्न मितिमा घर निर्माण तथा गाडी खरिदको लागि ऋण लिएको छु । उक्त ऋणहरू मध्ये केही चुक्ता गरिसकेको छु । हाल कि.नं. २५७ र २५८ को जग्गाको निर्माणाधीन तिन तले पक्की घर निर्माणको क्रममा लिएको ऋण चुक्ता गर्न बाँकी छ ।
श्रीमती अम्बिका देवी नेपालले महालक्ष्मी फाइनान्सबाट मिति २०५६।४।१४ तथा मिति २०५६।४।२२ मा क्रमशः रू. ५,११,०००।- का दरले हायर पर्चेज कर्जा र मिति २०५४।१२।१६ मा रू. ७०,०००।-, मिति २०५८।२।१ मा रू.४,०५,८००।- मिति २०६०।९।११, मिति २०६१।१।९, तथा मिति २०६१।३।२४ मा तिन पटक रू.६,००,०००।- का दरले, मिति २०६१।४।१८, मिति २०६१।७।१६, मिति २०६१।९।२१ मा क्रमशः रू. ५,००,०००।- का दरले, मिति २०६१।८।२८ मा रू.६,५०,०००।- मिति २०६१।११।१७ मा रू.२९,३९,०००।-, मिति २०६१।११।२६ मा रू.३९,०५,०००।- मिति २०६२।२।३१ मा रू.४२,१९,०००।- मिति २०६२।४।३२ मा रू.४९,८३,०००।-, मिति २०६२।६।१६ मा रू.५७,४३,४००।, मिति २०६२।८।१६ मा रू.५७,८४,०००।-, मिति २०६२।१२।१८ मा रू.५७,२२,५००।-, मिति २०६२।२।४ मा रू.५६,७६,०००।- गृह कर्जा लिएको जानकारी छ भन्नेसमेत व्यहोराको प्रतिवादी भरतप्रसाद नेपालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो पेसा गृहिणी हो । मेरो पति सरकारी जागिरे हुनुहुन्छ । मैले कक्षा ८ सम्म पढेकी छु । मेरो परिवारमा सासू पद्मकुमारी, देवर शत्रूघनकुमार नेपाल, देउरानी पद्मकुमारी तिवारी (नेपाल), छोरीहरू सुष्मा नेपाल, सीमा नेपाल, छोरा विक्रान्त नेपाल छन् । भतिजाहरू नाबालक छन् । हामी परिवारमा पति, सासू, देवर सबै अलग छौं । मेरो नियमित आयका स्रोतहरूको सम्बन्धमा यस आयोगसमक्ष मेरो श्रीमान्ले गरेको बयानमा मेरो सहमति छ । मैले साल याद भएन साकम्बरी ट्रेडिङ कन्सर्न र खुकुरी फुटवेयरमा काम गरेकी थिएँ । यी दुवै एउटै व्यक्तिको हो । अन्दाजी १५ वर्ष जति उक्त ट्रेडिङ कन्सर्नमा काम गरे । यस सम्बन्धमा मेरो श्रीमान्ले बयानमा लेखाउनु भएको होला । हाल मलाई पुरै सम्झना भएन । मेरो नाममा वीरगञ्ज उ.म.न.पा. वडा नं. ४ कि.नं. २५७, कि.नं. २५८ र कि.नं. ५०समेतका जग्गाहरूमा दुईवटा घरहरू छन् र वडा नं. ४ कि.नं. १९९ को एउटा घडेरी जग्गा छ । घर निर्माण र लागत सम्बन्धमा मलाई यकिन थाहा छैन । मेरो नाममा महालक्ष्मी फाइनान्स लि. वीरगञ्जमा खाता नं. १०४७८–७ को बचत खाता र एभरेष्ट बैंक लि. वीरगञ्जको खाता नं. ०१९६६० ए. को बचत खाता रहेको छ । उक्त खाताहरू मध्ये महालक्ष्मी फाइनान्समा अन्दाजी रू.५,०००।– र एभरेष्ट बैंकमा अन्दाजी रू.१,०००।– छ । सोबाहेक मेरो नाममा अन्यत्र बैंक खाता छैन ।
मेरो नाममा गाडी खरिद र घर निर्माणको लागि पटक पटक ऋण लिएको छु । फाइनान्समा भएको सम्पूर्ण कारोबार मेरो नाममा भए तापनि मेरो श्रीमान्ले गर्नु भएको हुँदा सो सम्बन्धमा श्रीमान्लाई थाहा नै होला । म तथा मेरो परिवारको नाममा छोरा, छोरी, देवरले प्रयोग गर्दै आएको मोटर साइकल तिन वटा छन् । टाटा सुमो बिक्री भयो । कियाभ्यान चोरी भयो । मैले मेरो श्रीमान्सँग मिति २०५९।५।११ मा अंश छोडपत्र गर्दा घर जग्गाबापत रू.२०,००,०००।– पटक पटक गरि श्रीमान्लाई दिएको हो । उक्त रकम गाडीको कमाई, सुन, चाँदी बेचेर, घर बहालको आयबाट दिएको हो । एउटा घर श्रीमान् र देवरको नाममा छ । सोबाहेक मेरो नाममा अन्यत्र घर जग्गाहरू छैन । घर निर्माणसमेतको लागि लिएको कर्जा हाल रू.७५,००,०००। तिर्न बुझाउन बाँकी छ भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बिकादेवी नेपालले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी भरतप्रसाद नेपाल र अम्बिका देवी नेपालले प्राप्त गरेको वैधानिक आयका स्रोतहरू देहायबमोजिम भएको देखियो ।
तलब भत्ता:
प्रतिवादी भरतप्रसाद नेपाल २०३४ सालदेखि नै सार्वजनिक सेवामा प्रवेश गरि सहायक रेकर्डर
पदमा काम गरेको भनि बयानमा उल्लेख गरेता पनि सो कुरा आधिकारिक निकायबाट लेखाएर ल्याउन सकेको देखिएन । तसर्थ प्रतिवादी भरतप्रसाद नेपालले मिति २०३९।६।१८ देखि स्थायी नोकरी गर्दा पाएको तलबमा १० प्रतिशतका दरले सञ्चयकोष कट्टिको रकम घटाई खुद पाएको तलब रकमको मात्र गणना गरिएको छ । २०६२ साउन महिनादेखिको बीमा प्रिमियम बापतको रकम मासिक रू.२००।– पनि तलबमा घटाई गणना गरिएको छ ।
तालिका नं. १७
सि.नं. आ.व. रकम कैफियत
१. ०३९।४० ३,१९५।– निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार
२. ०४०।४१ ३,८३४।– ”
३. ०४१।४२ ७,१६०।४० ”
४. ०४२।४३ ७,३००।८० ”
५. ०४३।४४ ७,४४१।२० ”
६. ०४४।४५ ८,६६१।६० ”
७. ०४५।४६ १०,८५४।– ”
८. ०४६।४७ १०,९९४।४० ”
९. ०४७।४८ १४,७५२।८० ”
१०. ०४८।४९ १४,९४७।२० ”
११. ०४९।५० १८,५११।२० ”
१२. ०५०।५१ १८,७२७।२० ”
१३. ०५१।५२ १८,९४३।२० ”
१४. ०५२।५३ २२,३९९।२० ”
१५. ०५३।५४ २२,६१५।२० ”
१६. ०५४।५५ ३०,५९६।४० ”
१७. ०५५।५६ ३१,५५७।६० निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार
१८. ०५६।५७ ३२,३०२।८० ”
१९. ०५७।५८ ५०,७७०।८० ”
२० ०५८।५९ ५१,९५८।८० ”
२१. ०५९।६० ५३,१४६।८० ”
२२. ०६०।६१ ५४,३३४।८० ”
२३. ०६१।६२ ५५,५२२।८० ”
२४. ०६२।६३ ६५,५६६।८० ”
२५. ०६३।४ देखि ०६३।७।३० सम्म २२,२५१।६० ”
जम्मा६,३८,३४६।६०
विमा कट्टी रकम घटाएको ३,२००।– २०६२।४।१ देखि २०६३।७।३० सम्मको मासिक रू २००।– को दरले १६ महिनाको ।
प्राप्त जम्मा तलब६,३५,१४६।६०
घर भाडा :
प्रतिवादीले निर्माण गरेको वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित कित्ता नं. ५० को जग्गा र कित्ता नं. २५७ र २५८ का जग्गामा निर्माण गरेका दुई वटा घरहरूबाट प्राप्त गरेको घर बहाल रकम देहायबमोजिम देखिएको ।
तालिका नं. १८
क्र.सं. कि.नं. ५० को घर कि.नं. २५७ र २५८ को घर कैफियत
अवधिदरप्राप्त रकमअवधिदरप्राप्त रकम
१. २०५३।५।१ देखि २०५६।६।१ सम्म ४५००।– १,६६,५००।– ०६२ असोज देखि ०६३ कात्तिकसम्म भुइँ तलाको ३०,०००।– ४,२०,०००।– घर बहाल कर तिरेको देखिएको
२. ०५६।६।१६ देखि
०५८।१।१४ सम्म ९,५००।- १,८०,५००।–
०६२ फागुन देखि ०६३ कात्तिकसम्म दुवै तलाको३५,०००।–३,१५,०००।–”
३.०५८।१।१५ देखि ०५८।१२।३० सम्म५,५००।६३,२५०।–---
४.०५९।१।१ देखि ०६३।७।३० सम्म४,५००।२,४७,५००।–
जम्मा६,५७,७५०।–७,३५,०००।–
माथि उल्लिखित घर भाडा रकम प्रतिवादी भरतप्रसाद नेपालले पेस गरेको सम्झौता कागजातअनुसार उल्लेख गरिएको छ । तर उल्लिखित घर भाडा रकममध्ये तालिका नं. २२ र २३ को आय व्यय प्रवाह विवरणमा उल्लेख भएअनुसार घर निर्माण स्रोत पुष्टि भएको अनुपातमा कि.नं. ५० को घरको घर भाडाको हकमा भुइँतलाको घर निर्माणको स्रोत ११.६० प्रतिशतमात्र पुष्टि भएकाले कुल घर भाडाको ११.६० प्रतिशतलाई मात्र यी प्रतिवादीको वैधानिक स्रोत खुलेको आयमा गणना गरेको देखिन्छ । साथै दुवै तला घर भाडामा लागेको अवस्थामा औसत स्रोत १०.८६ प्रतिशतको मात्र पुष्टि हुने भनि कुल घर भाडाको १०.८६ प्रतिशतमात्र आयमा गणना गरेको देखिन्छ ।
यसै गरि कि.नं. २५७ र २५८ मा निर्मित घरको उल्लिखित घरभाडा रकममध्ये तालिका नं. २२ र २३ को आय व्यय प्रवाह विवरणमा उल्लेख भएअनुसार घर निर्माणको स्रोत औसतमा सबै तलाको गरेर ४२.९६ प्रतिशतमात्र पुष्टि भएको हुँदा सोही अनुपातको घर भाडा रकमलाई मात्र यी प्रतिवादीको वैध आयको रूपमा गणना गरेको देखिएको ।
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण सापटी :
महालक्ष्मी फाइनान्सको मिति २०६४।११।१८ समेतको पत्रानुसार प्रतिवादी भरतप्रसाद नेपाल एवम् निजको श्रीमती अम्बिका देवी नेपालले आ.व. ०५४।५५ देखि ०६३।६४ सम्ममा रू.६,८८,५४,४००।– घर कर्जा बापत ऋण लिएको देखिन्छ, । साथै सो कर्जामध्ये पटकपटक तिर्दै आ.व. ०६३।६४ सम्ममा रू.६,१४,३०,०९४।– साँवा र रू.१८,७९,५०३।९६ ब्याजसमेत गरि जम्मा रू. ६,३३,०९,५९७।९६ ऋण तिरेको पनि देखिन्छ ।
घर जग्गा बिक्रीबाट प्राप्त आय:
भरतप्रसाद नेपाल र निजका परिवारको नाममा रहेका देहायबमोजिमका जग्गाहरू लिखत मूल्य रू.९,५३,०००।– मा बिक्री भएको देखिएकामा स्रोत पुष्टि भएको अनुपातमा जम्मा रू.२,५०,१४५।२० लाई मात्र निजको वैध आयको रूपमा गणना गरिएको देखिन्छ ।
तालिका नं. १९
क्र.सं. जग्गाधनीको नाम र नाता घर तथा जग्गाको विवरण बिक्री/लागत मूल्य (रू) हालको मूल्य प्राप्तिको किसिम
कैफियत
गा.वि.स / न.पा / वडा नं.कि.नं.क्षेत्रफल
१. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ ३२१ ०–०–१० १२,५००।– ०५०।६।१४ राजीनामा शत प्रतिशत
२. अम्बिका देवी नेपाल (श्रीमती) नगवा १ ६४० ०–०–७–९ ९,५००।– ०५१।८।६ राजीनामा ”
३. अम्बिका देवी नेपाल (श्रीमती) छपकैया ४ ३९०।४३४ ०–०–४ ५,०००।– ०५१।११।२८ राजीनामा ”
४. अम्बिका देवी नेपाल (श्रीमती) वीरगञ्ज २ १५२८।७६ १०२३५.६९ १,००,०००। ०६०।८।९ राजीनामा १६.२७ प्रतिशत मात्र स्रोत पुष्टि
५. अम्बिका देवी नेपाल (श्रीमती) वीरगञ्ज २ ६९६।६० ००३९०.७९ ३,५०,०००। ०६०।११।१२ राजीनामा ५३.२५ प्रतिशत मात्र स्रोत पुष्टि
६. सीमा नेपाल
(छोरी) वीरगञ्ज २ ६९५।५९ ००३९४.७९ ३,५०,०००। ०६०।११।१२ राजीनामा स्रोत पुष्टि नै नभएको
७. अम्बिका देवी नेपाल (श्रीमती) वीरगञ्ज २ १५३०।७५ ००३०६.८५ १,२६,०००। ०६१।३।४ राजीनामा १६.२७ प्रतिशत मात्र स्रोत पुष्टि
जम्मा(९,५३,०००) २,५०,१४५।२०केही जग्गाको खरिद स्रोत पुष्टि भएको र केही पुष्टि नभएको अनुपातमा
कर्मचारी सञ्चयकोषबाट सापटी :
प्रतिवादी भरतप्रसाद नेपालले कर्मचारी सञ्चयकोषबाट प्राप्त गरेको ऋण र सापटी रकम देहायबमोजिम देखिएको ।
तालिका नं. २०
सि.नं. सापटी दिने संस्था मिति ऋण रकम (रू.) कैफियत
१.कर्मचारी सञ्चय कोष०४७।१०।३०१०,०६१।८८
२. ” ०४८।२।१७ ५,९८१।९२ ६० प्रतिशत आंशिक भुक्तानी
३. ” ०५०।६।७ ८,२५६।२० ”
४. ” ०५२।६।३१ ७,९००।– ”
५. ” ०५४।७।८ ९,०००।– ”
६. ” ०६०।३।१७ ६५,०००।– विशेष सापटी
जम्मा१,०६,२००।
सुष्मा नेपाल र सीमा नेपालको तलब भत्ता:
तालिका नं. २१
क्र.सं. आवद्ध संस्था अवधि दर प्राप्त रकम
१. सिद्धार्थ बैंक लि. (सीमा नेपाल) ०६२।९।२० देखि ०६२।१२।३० सम्म १६,६६६।६६
२. सिद्धार्थ बैंक लि. (सीमा नेपाल) ०६३।१।१ देखि ०६३।६।३० सम्म ४५,०००।–
३. वीरगञ्ज फाइनान्स लि. (सुष्मा नेपाल) ०६०।६।१ देखि ०६०।१२।३० सम्म ४२००।– २५,२००।–
४. वीरगञ्ज फाइनान्स लि. (सुष्मा नेपाल) ०६१।१।१ देखि ०६१।३।३० सम्म ४२००।– १२,६००।–
५. वीरगञ्ज फाइनान्स लि. (सुष्मा नेपाल) ०६१।४।१ देखि ०६२।३।३० सम्म ४२००।– ५०,४००।–
६. वीरगञ्ज फाइनान्स लि. (सुष्मा नेपाल) ०६२।४।१ देखि ०६३।३।३० सम्म ६१००।– ७३,२००।–
७. वीरगञ्ज फाइनान्स लि. (सुष्मा नेपाल) ०६३।४।१ देखि ०६३।६।३० सम्म ६१००।– १८,३००।–
जम्मा २४,८००।– २,४१,३६६।६६
सीमा नेपाल र सुष्मा नेपालको उपर्युक्त आयलाई भरतप्रसाद नेपालको आयमा गणना गरेको नदेखिएको ।
आय व्ययको विवरण:–
जग्गाको खरिद बिक्रीको मूल्य अन्य प्रमाणबाट अन्यथा देखिएको अवस्थामा बाहेक जग्गा खरिद बिक्री वा हक हस्तान्तरणको लिखतमा उल्लिखित रकमलाई, घर निर्माण लागत मूल्यको हकमा मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित रकमलाई, कर्जाको हकमा वित्तिय संस्थाबाट प्राप्त पत्रमा उल्लिखित रकमलाई विश्लेषण गरि आधार बनाएको देखिएको ।
मिति २०५९।४।३० सम्मको अवस्था:
तालिका नं. २२
क्र.स. विवरण आय रकम व्यय रकम मौज्दात कैफियत
१.०३९।४० देखि ०४५।४६ सम्मको तलब भत्ता४८,४४७।–
०४६।६।११ मा अम्बिका देवी नेपालको नाममा पर्सा नगवा –१ कि.नं. ६४० को क्षे.फ. ०–०–७–९ जग्गा खरिद ।९,४००।–
जम्मा ४८,४४७।–९,४००।–३९,०४७।–
२.अ.ल्या.३९,०४७।–
०४६।४७ देखि ०४७।४८ सम्मको तलब भत्ता ।२५,७४७।२०
२०४७।१०।३० मा क.सं. कोष सापटी ।१०,०६१।८८
०४८।२।१७ मा क.सं. कोष सापटी५,९८१।९२
०४८।११।२३ मा अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया –४ कि.नं. ३२१ को क्षे.फ. ०–०–१० जग्गा खरिद ।८,०००।–
जम्मा८०,८३८।–८,०००।–७२,८३८।–
३.अ.ल्या.७२,८३८।–
०४८।४९ देखि ०४९ चैत मसान्तसम्मको तलब भत्ता ।२८,८३०।६०
०५०।१।११ मा अम्बिकादेवी नेपालको नाममा पर्सा छपकैया –४ कि.नं. ३९० को क्षे.फ. ०–१–० जग्गा खरिद ।१०,०००।–
जम्मा१,०१,६६८।६०१०,०००।–९१,६६८।६०
४.अ.ल्या.९१,६६८।६०
०५० वैशाखदेखि कात्तिकसम्मको तलब भत्ता ।१०,८७०।२०
०५०।६।७ मा क.सं. कोष सापटी८,२५६।२०
०५०।६।१४ मा अम्बिकादेवी नेपालको नामको पर्सा छपकैया –४ कि.नं. ३२१ को ०–०–१० जग्गा बिक्री ।१२,५००।–
०५०।८।२८ मा अम्बिकादेवी नेपालको नाममा पर्सा वीरगञ्ज उपमहानगरपालिका –३ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गा खरिद १,००,०००।–
जम्मा१,२३,२९५।–१,००,०००।–२३,२९५।–
५.अ.ल्या.२३,२९५।–
०५० मङ्सिरदेखि ०५३ साउनसम्मको तलब
भत्ता ।५७,२७२।४०
०५१।८।६ गते अम्बिकादेवी नेपालको नामको पर्सा नगवा –१ कि.नं. ६४० को ०–०–७–९ जग्गा बिक्री ।९,५००।–
०५१।११।२८ गते अम्बिका देवी नेपालको नामको साबिक कि.नं. ३९० हाल पर्सा छपकैया –४ कि.नं. ४३५ को ०–०–४ जग्गा बिक्री ।५,०००।–
०५२।६।३१ मा क.सं. कोष सापटी ७,९००।–
०५२।९।१२ गते नक्सा पास गरि २०५३ साउन सम्ममा कि.नं. ५० को जग्गामा भुइँतल्ले घर र बाहिर शौचालय निर्माण ८,८७,८५३।९६८८.४० प्रतिशत स्रोत पुष्टि नभएको
जम्मा१,०२,९६७।४०८,८७,८५३।९६(७,८४,८८६।५६)
६.२०५३ भदौदेखि २०५३ माघसम्मको तलब११,३०७।६०
२०५३।५।१ देखि २०५३।१० सम्मको कि.नं. ५० मा बनेको घरको भुइँतलाको भाडा रकम ।[२७,०००।–] ३,१३२।–११.६० प्रतिशतमात्र स्रोत पुष्टि भएको हुँदा
०५३।११।१५ गते अम्बिकादेवी नेपालको नाममा पर्सा छपकैया –९ साबिक कि.नं. १५२८ हाल कि.नं. ७६ को ०–०–१२–१०.५ र साबिक कि.नं. १५३० हाल कि.नं. ७५ को ०–०–१७ जग्गा खरिद ।८८,८००।–८३.७३ प्रतिशत स्रोत पुष्टि नभएको
जम्मा१४,४३९।६०८८,८००।–(७४,३६०।४०)
७.०५३ फागुनदेखि ०५६ भदौसम्मको तलब भत्ता ।७६,९६०।८०
०५४।७।८ मा क.सं. कोष सापटी ९,०००।–
०५३ फागुनदेखि ०५६ भदौ मसान्तसम्मको कि.नं. ५० को घरको भुइँ तलाको भाडाको रकम ।[१,३९,५००।] १६,१८२।–११.६० प्रतिशतमात्र स्रोत पुष्टि भएको हुँदा
२०५४।१२।१६ गते सम्ममा महालक्ष्मी फाइनान्सबाट लिएको ऋणको ब्याज चुक्ता गरेको रकम ।५,८३,३९४।–
०५६।४।२८ गते कि.नं. ५० को जग्गामा रहेको भुइँतल्ले घरमा पहिलो तला थप निर्माण ।९,८५,४९२।६५८९.८७ प्रतिशत स्रोत पुष्टि नभएको
जम्मा ६,८३,१४२।८०१५,६८,८८६।६५(८,८५,७४३।८५)
८.२०५६ भदौदेखि २०५८ चैतसम्मको तलब भत्ता१,१९,३५१।–
२०५६।६।१६ देखि २०५८।१।१४ सम्मको कि.नं. ५० को घरको दुवै तलाको भाडा रकम ।[१,८०,५००।] १९,६०२।३०घर बहाल कर बुझाएको देखिएको र घर निर्माणको दुवै तलाको औसतमा हिसाब गर्दा १०.८६ प्रतिशत स्रोत पुष्टि भएकाले सोही आधारमा घर बहाललाई आयमा गणना गरिएको ।
२०५८।१।१५ देखि २०५८ चैतसम्मको कि.नं. ५० को एक तलाको घर भाडा रकम ।[६३,२५०।–] ७,३३७।–११.६० प्रतिशतमात्र स्रोत पुष्टि भएको आधारमा
२०५८ सालमा फ्रीज १ र टि.भी. १ खरिद ।२३,३००।–
०५९।१।१५ गते अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया साबिक कि.नं. ६९६ हाल कि.नं. ६० को ०–१–३ जग्गा खरिद ।२,३१,०००।–४६.७५ प्रतिशत स्रोत पुष्टि नभएको
जम्मा१,४६,२९०।३०२,५४,३००।–(१,०८,००९।७०)
९. ०५९।१।१० गते अम्बिकादेवी नेपालको नाममा पर्सा छपकैया –९ साबिक कि.नं. ६९५ हाल कि.नं. ५९ को ०–१–३/२ जग्गा खरिद । २,३१,०००।– शतप्रतिशत स्रोत पुष्टि नभएको
जम्मा ००२,३१,०००।–(२,३१,०००।–)
१००५९ वैशाखदेखि २०५९ साउनसम्मको तलब१७,४१८।६०
२०५९ वैशाखदेखि ०५९ साउन मसान्तसम्मको कि.नं. ५० को एक तलाको घर भाडा रकम[१८,०००।–] २,०८८।–११.६० प्रतिशतमात्र स्रोत पुष्टि भएको
जम्मा१९,५०६।६०१९,५०६।६०
मिति २०५९।४।३० पछिको अवस्था :
तालिका नं. २३
क्र.सं. विवरण आय रकम व्यय रकम मौज्दात कैफियत
११अ.ल्या.१९,५०६।६०
०५९।५।१ गतेदेखि २०६० कात्तिकसम्मको तलब भत्ता ।६६,८२९।५०
२०५९।५।१ देखि २०६० कात्तिकसम्मको कि.नं. ५० को घरको एकतलाको घरभाडा रकम ।[६७,५००।–] ७,८३०।–११.६० प्रतिशतमात्र स्रोत पुष्टि भएको
०६०।३।१ गते क.सं. कोषबाट विशेष सापटी प्राप्त ६५,०००।–
०५९।७।२९ देखि २०६० कात्तिकसम्ममा कि.नं. ५० को जग्गामा रहेको घरमा दोस्रो तल्ला थप निर्माण११,१४,२९५।६४८५.७१ प्रतिशत स्रोत पुष्टि नभएको
०५९।५।७ गते निजामती किताबखानामा भरत नेपालले सम्पत्ति विवरण पेस गर्दा उल्लेख गरेको साथमा रहेको नगद ।२०,००,०००।शतप्रतिशत स्रोत पुष्टि नभएको
जम्मा१,५९,१६६।१०३१,१४,२९५।६४(२९,५५,१२९।५४)
१२२०६० मार्गदेखि २०६१ जेठसम्मको तलब भत्ता ।३१,६९५।३०
२०६० मार्गदेखि ०६१ जेठसम्मको कि.नं. ५० को घरको एकतलाको घरभाडा रकम ।[३१,५००।–] ३,६५४।–घर निर्माणमा ११.६० प्रतिशत स्रोत पुष्टि भएको
०६०।८।९ गते अम्बिका देवी नेपालको नामको पर्सा वीरगञ्ज–२ साबिक कि.नं. १५२८ हाल कि.नं. ७६ को १०२३५.६९ जग्गा बिक्री ।[१,००,०००।] १६,२७०।–खरिद मै ८३.७३ प्रतिशत स्रोत नखुलेको आधारमा आय गणना गरिएको
०६०।११।१२ गते अम्बिका देवी नेपालको नामको पर्सा वीरगञ्ज–२ साबिक कि.नं. ६९६ हाल कि.नं. ६० को ००३९०.७९ जग्गा बिक्री ।[३,५०,०००।] १,८६,३७५।–खरिद मै ४६.७५ प्रतिशत स्रोत नखुलेको आधारमा आय गणना गरिएको
०६०।११।१२ गते सीमा नेपालको नामको पर्सा वीरगञ्ज–२ कि.नं. ५९ को ००३९४.७९ जग्गा बिक्री ।[३,५०,०००।]खरिद मै शतप्रतिशत स्रोत नखुलेको कारण बिक्रीको आय गणना नगरिएको
०६१।३।४ गते अम्बिकादेवी नेपालको नामको पर्सा वीरगञ्ज–२ साबिक कि.नं. १५३० हाल कि.नं. ७५ को ००३०६.८५ जग्गा बिक्री ।[१,२६,०००।] २०,५००।२०८३.७३ प्रतिशत स्रोत नखुलेको हुँदा
२०६० सालको कम्प्युटर १ खरिद खर्च ।९,५००।–
०६१।३।४ गते अम्बिकादेवी नेपालको नाममा पर्सा वीरगञ्ज –४ कि.नं. २५७ को ०००५०.७९ क्षे.फ जग्गा खरिद ३,७५,०००।–३३.६० प्रतिशत खरिद स्रोत नपुगेको
जम्मा२,५८,४९४३।३०३,८४,५००।–(१,२६,००५।७०)
१३.०६१ असारदेखि २०६१ मार्गसम्मको तलब२७,६६२।४०
०६० मार्गदेखि ०६१ जेठसम्मको कि.नं. ५० को घरको एकतलाको घर भाडा रकम ।[२७,०००।–]
३,१३२।–
०६१।८।२८ गते अम्बिकादेवी नेपालको नाममा पर्सा वी.उ.म.न.पा–४ कि.नं. २५८ को ००४८९.६१ वर्गमिटर जग्गा खरिद ।२,००,०००।–८४.६० प्रतिशत खरिद स्रोत नपुगेको
जम्मा३०,७९४।–२,००,०००।–(१,६९,२०६।–)
१४ २०६०।९।११ र २०६१।८।२८ गतेसम्ममा अम्बिका देवी नेपालको नाममा महालक्ष्मी फाइनान्स वीरगञ्जबाट प्राप्त घर कर्जा रकम । ३४,५०,०००। महालक्ष्मी फाइनान्सको २०६४।११।१८ को पत्रबाट खुलिआए अनुसार
यस अवधिमा तिरेको फाइनान्सको ऋण रकम ।१४,३५,२५७।९४
०५९।७।२९ देखि २०६१ कात्तिकसम्ममा कि.नं. ५० को जग्गामा रहेको घरमा तेस्रो तल्ला थप निर्माण ।७,५२,४०२।७३
जम्मा३४,५०,०००।–२१,८७,६६०।६७१२,६२,३३९।३३
१५अ.ल्या.१२,६२,३३९।३३
२०६१ मार्गदेखि २०६३ कात्तिक महिनासम्मको तलब ।८४,६५५।५५
२०६१ मार्गदेखि २०६३ कात्तिक महिनासम्मको कि.नं. ५० को घरको एक तलाको घर भाडा रकम ।[१,०८,०००।] १२,५२८।–
२०६१।९।२१ देखि २०६३।८।४ गतेसम्ममा अम्बिका देवी नेपालको नाममा महालक्ष्मी फाइनान्स वीरगञ्जबाट प्राप्त घर कर्जा रकम ।६,४८,२३,४००।–महालक्ष्मी फाइनान्सको २०६४।११।१८ को पत्रबाट खुलि आए अनुसार
मिति २०६२।६।१ देखि २०६२ माघ सम्मको कि.नं. २५७ र २५८ घरको भुइँतलाको घरभाडा रकम ।[१,५०,०००।] ६४,४४०।–औसतमा ५७.०४ प्रतिशत स्रोत पुष्टि नभएको अनुपातमा साथै घर बहाल कर बुझाएको देखिएको
मिति २०६२ फागुनदेखि २०६३ कात्तिकसम्मको कि.नं. २५७ र २५८ को घरको भुइँ तलाको र पहिलो तलाको घरभाडा रकम ।[५,८५,०००।] २,५१,३१६।–
यस अवधिमा तिरेको फाइनान्सको घर कर्जाबापतको साँवा र ब्याज रकम ।६,१२,९०,५५२।०२महालक्ष्मी फाइनान्सको २०६४।११।१८ को पत्रबाट खुलिआएको
मिति २०६२।३।१३ मा न ४ प ७९४० को मोटरसाइकल खरिद ।१,०१,३९९।–
२०६२ सालमा टि.भी १ खरिद ।६,७००।–
हाल सम्मको विभिन्न बैंकहरूमा रहेको बैंक मौज्दात ।६०,१८६।८३
२०६१।११।२१ देखि २०६३।७।३० सम्ममा (आयोगबाट २०६३।१।३१ मा मूल्याङ्कन हुँदा दोस्रो तल्ला पनि ६० प्रतिशत निर्माण भइसकेको देखिँदा २०६३।७।३० सम्ममा पुरै घर निर्माण सम्पन्न भई सकेको मानिएको) अम्बिकादेवी नेपालको नामको पर्सा वीरगञ्ज उ.म.न.पा. ४ कि.नं. २५७, २५८ को जग्गामा प्रति तल्ला क्रमशः ४८६७.९६, ४८६७.९६ र ४९८८.०७ वर्ग फुटको ३ तले घर निर्माण ।१,२७,०७,३९२।३३घर भाडा रकम पुरै गणना गर्दासमेत ५७.०४ प्रतिशत स्रोत पुष्टि नभएको
जम्मा
६,६४,९८,६७८।८८ नव निर्मित घरको घरभाडा स्रोतको अनुपातको गणना गर्दा[६,६९,१७,९२२।८८] नव निर्मित घरको पुरै गणना गर्दा७,४१,६६,२३०।१८(७२,४८,३०७।३०)
७,४१,६६,२३०।१८(७६,६७,५५१।३०)
नोट: माथि तालिकाको [ ] भित्रको रकमले स्रोत खुलेको अनुपातको हिसाब नगरि राखिएको जम्मा रकमलाई र ( ) भित्रको अङ्कले ऋणात्मक अवस्थालाई दर्साउँछ ।
तालिका नं. २४
स्रोत खुलेको सम्पत्ति
सि.नं. सम्पत्तिको विवरण सम्पत्ति धनीको नाम स्रोत पुष्टि भएको रकम (बिक्री भइसकेको जग्गाको हकमा बिक्री हुँदाको लिखत मूल्यका आधारमा र बिक्री भई नसकेको जग्गाको हकमा हालको मूल्याङ्कन रकमको आधारमा) कैफियत
१. मिति ०४६।६।११ मा अम्बिका देवी नेपालको नाममा पर्सा नगवा –१ कि.नं. ६४० को क्षे.फ. ०–०–७–९ जग्गा खरिद अम्बिका देवी नेपाल ९,५००।– खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएकाले बिक्री हुँदाको लिखत मूल्यको आधारमा
२. मिति ०४८।११।२३ मा अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया –४ कि.नं. ३२१ को क्षे.फ ०–१–१० जग्गा खरिद । अम्बिका देवी नेपाल १२,५००।– खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएकाले बिक्री हुँदाको लिखत मूल्यका आधारमा
३. मिति ०५०।१।११ मा अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया –४ कि.नं. ३९० को क्षे.फ ०–१–० जग्गा खरिद । अम्बिका देवी नेपाल १,६४,९८७।१५ खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएकाले २०५१।८।१६ मा ०–०–४ जग्गा रू.५०००।– मा बिक्री हुँदाको रकम र हाल बाँकी जग्गाको हालको मूल्याङ्कनबमोजिमको रकमका आधारमा
४. मिति ०५०।८।२८ गते अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका वडा नं. ३ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गा खरिद । अम्बिका देवी नेपाल ८,००,०००।– खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएकाले हालको मूल्याङ्कन बमोजिमको रकमलाई गणना गरिएको ।
५. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा निर्माण गरिएको चार तले पक्की घरको निर्माण लागतमध्ये देहायबमोजिमको रकम । अम्बिका देवी नेपाल
क. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा भुइँ तला घर र बाहिरको शौचालय निर्माण गर्दाको लागत सम्बन्धमा :– अम्बिका देवी नेपाल १,२३,७९१।८५ निर्माणको ११.६० प्रतिशत स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको ।
ख. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा भुइँ तला घर र पहिलो तला थप गर्दाको निर्माण लागत सम्बन्धमा :– अम्बिका देवी नेपाल १,१२,८७८।१४ निर्माणको १०.१३ प्रतिशत स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको ।
ग. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा निर्मित घरमा दोस्रो तल्ला थप गर्दाको निर्माण लागत सम्बन्धमा :– अम्बिका देवी नेपाल १,५९,२३२।८४ निर्माणको १४.२९ प्रतिशत स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको ।
घ. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा निर्मित घरमा तेस्रो तल्ला थप गर्दाको निर्माण लागत सम्बन्धमा :– अम्बिका देवी नेपाल ७,५२,४०२।७३ निर्माणको शतप्रतिशत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको ।
६. मिति २०५३।११।१५ गते अम्बिका देवी नेपालको नाममा खरिद गरिएको पर्सा छपर्कैया –९ कि.नं. १५२८।७६ र १५३०।७५ मा क्रमश ०–०–१२–१०.५ र ०–०–१७–० क्षे.फ जग्गाको सम्बन्धमा अम्बिका देवी नेपाल १६,२७०।– जग्गा खरिदमा १६.२७ प्रतिशत स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको
७. मिति ०५९।१।५ गते अम्बिका देवी नेपालको नाममा खरिद गरिएको जिल्ला पर्सा साबिक छपकैया –९ कि.नं. ६९६ हाल पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. २ कि.नं. ६० को ०–१–३ जग्गाको सम्बन्धमा अम्बिका देवी नेपाल १,८६,३७५।– जग्गा खरिदमा ५३.२५ प्रतिशतमात्र स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको
८. मिति ०६१।३।४ गते अम्बिका देवी नेपालको नाममा खरिद गरिएको पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ कि.नं. २५७ को ०००५०.७९ वर्ग मिटर क्षेत्रफल जग्गाको सम्बन्धमा अम्बिका देवी नेपाल २,५८,९६०।– जग्गा खरिदमा ६६.४० प्रतिशतमात्र स्रोत पुष्टि भएकाले हालको मूल्याङ्कन बमोजिमको रकमको सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको
९. मिति ०६१।८।२८ गते अम्बिका देवी नेपालको नाममा खरिद गरिएको पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ कि.नं. २५८ को ००४८९.६१ वर्ग मिटर क्षेत्रफल जग्गाको सम्वन्धमा अम्बिका देवी नेपाल ५,८०,५८०।– जग्गा खरिदमा १५.२७ प्रतिशतमात्र स्रोत पुष्टि भएकाले हालको मूल्याङ्कनबमोजिमको रकमको सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको
१०. मिति २०६२।३।१३ मा ना ४ प ७९४० को मोटरसाइकल खरिद हुँदाको लागतमध्ये विक्रान्त नेपाल १,०१,३९९।– खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएको
११. विभिन्न मितिमा खरिद गरिएका इलेक्ट्रोनिक्स सामान खरिद हुँदाको लागतमध्ये भरत नेपाल
अम्बिका देवी नेपाल ३९,५००।– खरिदमा शत प्रतिशत स्रोत पुष्टि भएको
१२. विभिन्न बैंकहरूमा रहेको नगद मौज्दात भरतप्रसाद नेपाल
अम्बिका देवी नेपाल ६०,१८६।८३ स्रोत पुष्टि भएको
१३. अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. २५७ र २५८ को जग्गामा प्रति तल्ला क्रमश: ४८६७।९६, ४,८६७।९६ र ४,९८८।०७ वर्ग फुटको ३ तले घर निर्माण हुँदाको लागत सम्बन्धमा :– अम्बिका देवी नेपाल ५४,५५,२८३।५२ घर निर्माणको ४२.९३ प्रतिशत स्रोत पुष्टि भएकाले सोही अनुपातको रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरिएको
जम्मा८८,३३,८४७।०६
स्रोत नखुलेको सम्पत्ति:
तालिका नं. २५
सि.नं. सम्पत्तिको विवरण सम्पत्ति धनीको नाम स्रोत पुष्टि भएको रकम (बिक्री भएको जग्गाको हकमा बिक्री हुँदाको मूल्यका आधारमा र बाँकी जग्गाको हकमा हालको मूल्याङ्कनको आधारमा)
१.अम्बिका देवी नेपालको नाममा पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ४ कि.नं. १ हाल कि.नं. ५० को ०–१–० जग्गामा निर्माण गरिएको चार तले पक्की घरको निर्माण लागतमध्ये देहायबमोजिमको रकम ।अम्बिका देवी नेपाल
क. मिति ०५२।९।१२ गते देखि २०५३ देखि २०५३ साउनसम्म वीरगञ्ज उप म.न.पा.३ स्थित कि.नं. ५० को जग्गामा भुइँतल्ले घर र शौचालय निर्माण सम्पन्न भएकामा ८८.४० प्रतिशत स्रोत पुष्टि नभएकाले हालको मूल्याङ्कन रू.१०,६७,१७१।१४ को सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । ९,४३,३७९।२८
ख. मिति ०५६।४।२८ गते सम्ममा कि.नं. ५० को जग्गामा रहेको भुइँतले घरमा पहिलो तला घर थप निर्माण हुँदा ८९.८७ प्रतिशत स्रोत पुष्टि नभएकाले हालको मूल्याङ्कन रू.११,१४,२९५।– को सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल १०,०१,४१७।४९
ग. मिति ०५९।७।२९ गते कि.नं. ५० को जग्गामा दोस्रो तल्ला घर निर्माणको समयमा रू.११,१४,२९५।६४ मा निर्माण सम्पन्न भएकामा सोको ८५.७१ प्रतिशत स्रोत पुष्टि नभएकाले हालको मूल्याङ्कन रू.११,१४,२९५।६४ को सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल ९,५५,०६२।७९
२. मिति ०५३।११।१५ गते अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया –९ कि.नं. १५२८ को ०–०–१२–१०.५ र कि.नं. १५३०को ०–०–१७ जग्गा रू. ८८,८००। मा खरिद गरेकामा मिति २०६०।८।९ गते र २०६१।३।४ गतेमा जम्मा रू २,२६,०००।– मा बिक्री भएकाले सो दुवै जग्गाको खरिद स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल १,८९,२२९।८०
३. मिति २०५९।१।५ गते अम्बिका देवी नेपालको नाममा पर्सा वीरगञ्ज२ साबिक कि.नं. ६९६ हाल ६० को ०–१–३/४ जग्गा रू.२,३१,०००।– मा खरिद गरेकामा उक्त जग्गा खरिदको स्रोत ४६.७५ प्रतिशत पुष्टि नभएकाले मिति २०६०।११।१२ मा रू.३,५०,०००।– मा बिक्री हुँदाको बिक्री मूल्यलाई सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल १,६३,६२५।–
४. मिति ०५९।९।१० गते अम्बिका देवी नेपालको नाममा पर्सा छपकैया –९ कि.नं. ६९५ को ०–१–३/४ जग्गा रू.२,३१,०००।– मा खरिद गरेकामा उक्त जग्गा खरिदको स्रोत शत प्रतिशत पुष्टि नभएकाले मिति २०६०।११।१२ को बिक्री हुँदाको पुरै बिक्री मूल्यलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । सीमा नेपाल ३,५०,०००।–
५. मिति ०६०।५।२७ गते निजामती किताबखानामा भरत नेपालले सम्पत्ति विवरण पेस गर्दा साथमा रहेको भनि उल्लेख गरेको नगदको स्रोत नखुलेको । भरतप्रसाद नेपाल (२०,००,०००।–)
६. मिति २०६१।३।४ गते अम्बिका देवी नेपालको नाममा पर्सा वी.उ.म.न.पा. –४ कि.नं. २५७ को ०००५०.७९ वर्ग मिटर क्षे.फ जग्गाहरू रू.३,७५,०००।– मा खरिद गर्दा ३३.६० प्रतिशत स्रोत पुष्टि नभएको हुँदा हालको मूल्य रू.३,९०,०००।– को सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल १,३१,०४५।९२
७. मिति २०६१।८।२८ गते अम्बिका देवी नेपालको नाममा पर्सा वी.उ.म.न.पा. –४ कि.नं. २५८ को ००४८९.६१ वर्ग मिटर जग्गा रू.२,००,०००।– मा खरिद गर्दा ८४.६० प्रतिशत स्रोत पुष्टि नभएको हुँदा हालको मूल्य रू.३७,७०,०००।– को सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल ३१,८९,४२०।–
८. मिति ०६१।११।२१ देखि ०६३।७।३० गतेसम्ममा अम्बिका देवी नेपालको नामको पर्सा वीरगञ्ज उ.म.न.पा. –४ कि.नं. २५७ र २५८ को जग्गामा १४,७२३.९९ वर्ग फुटको ३ तल्ला घर निर्माण गर्दा घर निर्माणको कुल लागतमा ५७.०४ प्रतिशत को स्रोत पुष्टि नभएकाले हालको मूल्याङ्कनबमोजिम उक्त घरको मूल्य रू.१,२७,०७,३९२।३३ भएको हुँदा सोही अनुपातमा स्रोत नखुलेको सम्पत्तिमा गणना गरिएको । अम्बिका देवी नेपाल ७२,४८,३०७।३०
जम्मा १,४१,७१,४८७।५८
प्रतिवादी भरतप्रसाद नेपालको बदनियतपूर्ण कार्यहरू र भनाइहरू :–
प्रतिवादी भरतप्रसाद नेपालले आफ्नो परिवारको नाममा करोडौं मूल्यको सम्पत्ति हुँदाहुँदै पनि चल अचल सम्पत्ति आर्जन गरेको छैन भनि गरेको बयान, निजको परिवारको नाममा चल अचल सम्पत्ति जोडिँदा र बैंक कर्जा कारोबार गर्दा सम्पूर्ण काम कारवाही निज प्रतिवादी स्वयम्ले गरि रहेको अवस्थामा निजले सो सम्पत्ति पूर्व श्रीमतीको हो भनि सम्पत्ति लुकाउन श्रीमतीसँग अंश छोडपत्र गरेको जस्तो देखाउने कार्य, श्रीमतीसँग अंश छोडपत्र गर्दा श्रीमतीबाट २० लाख नगद, १०० तोला सुन र १० किलो चाँदी पाएको भनि सम्पत्ति विवरण पेस गर्दा उल्लेख गरेको, आफूसँग पहिलेदेखि नै मानो छुट्टिई भिन्न भई बसेको भाइ शत्रूघनकुमार नेपालको नाममा रहेको सवारी साधन, निजले प्राप्त गरेको तलब भत्ता र निजले सञ्चालन गरेको प्रेस, पत्रिकाको कमाईबाट समेत आफ्नी श्रीमतीको नाममा सम्पत्ति जोडेको भनि देखाउनु, प्रतिवादी अम्बिका देवी नेपालको नाममा महालक्ष्मी फाइनान्स वीरगञ्जबाट गृह कर्जा लिँदा बिक्री भइसकेको जग्गाहरूको समेत मूल्याङ्कन गराई कर्जा प्राप्त गरेको देखिँदा सो कार्य, वीरगञ्ज उपमहानगरपालिका–४ स्थित कि.नं. २५७ र २५८ का जग्गाहरू खरिद गर्दा लिखत अङ्कमा मात्र खरिद गरेको भनि बयान गर्ने तर खरिद लगत्तै फाइनान्सबाट कर्जा लिने प्रयोजनका लागि सो जग्गाहरू मूल्याङ्कन गरिँदा धेरै बढी मूल्याङ्कन गराई खरिद मूल्यसमेत झुट्ठा उल्लेख गर्नेसमेतका कार्य तथा काम कारवाही यी प्रतिवादीको बदनियतपूर्ण कार्यभित्र पर्ने देखिन्छ ।
यी प्रतिवादीले निजकी पत्नी अम्बिका देवी नेपालसमेतका नाममा राखेको चल अचल सम्पत्ति भ्रष्टाचार गरि गैरकानूनीरूपमा आर्जन गरेको तथ्य हालसम्म सङ्कलित प्रमाणहरूबाट पुष्टि हुन आएकाले निजको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ अनुसार तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर हो । निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १०, १५ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिमको कैद र जरिवानाको सजाय गरि रू.१,४१,७१,४८७।५८ (एक करोड एकचालिस लाख एकहत्तर हजार चार सय सतासी रूपैयाँ पैसा अन्ठाउन्न) बराबर कायम भएको बिगोको सम्पत्ति भरतप्रसाद नेपालको पत्नी प्रतिवादी अम्बिका देवी नेपालको नाममा रहेका सम्पत्तिहरू र प्रतिवादी भरतप्रसाद नेपालका अन्य सम्पत्तिहरूबाटसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गरि असुलउपर गरिपाऊँ । प्रतिवादी भरतप्रसाद नेपालले गैर कानूनीरूपमा आर्जन गरेको रू.१,४१,७१,४८७।५८ बराबरको चल अचल सम्पत्ति जफत गरि असुलउपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी अम्बिका देवी नेपाललाई प्रतिवादी बनाइएको हुँदा प्रतिवादी अम्बिका देवी नेपालको नाममा हाल कायम रहेको सम्पत्तिहरूमध्येबाट स्रोत नखुलेको बिगोको हदसम्म कानूनबमोजिम जफत गरि असुलउपर गरिपाउँ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंमा पेस भएको आरोपपत्र ।
म मिति २०३४।६।४ मा सेवा प्रवेश गरि वन पैदावार विकास उपसमिति वीरगञ्जमा मिति २०३९।६।१७ सम्म सहायक रेकडर र रेकडर पदमा कार्यरत् रहेँ । मिति २०३९।६।१८ देखि मिति २०६४।११।२६ सम्म निजामती सेवाको खरिदार पदमा र मिति २०६४।११।२७ मा खरिदार पदबाट बढुवा भइ ना.सु. पदमा कार्यरत् छु । मेरो परिवारमा आमा, श्रीमती, ४ जना छोरी, एक छोरा, भाइ–बुहारी र दुई जना भतिजा भएकामा दुई वटी छोरीको विवाह भै सकेकाले हाल मसमेत १० जना छौं । जागिर र व्यवसायले घर परिवार चलाएको छु । मेरो परिवार मध्यम वर्गको परिवार हो । मैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मेरो सबै भएको आय विवरण भरि बुझाएकामा सो आय विवरणबमोजिम गाडी भाडामा लगाई प्राप्त आम्दानीसमेतलाई आयमा समावेश नगरि आरोपपत्रको तालिका नं. २२ मा विवरण उल्लेख गरेको छ । यो मिलेको छैन । मेरो तथा मेरो परिवारको आय स्रोत एवम् खर्च विवरण यस सम्मानित अदालतमा पेस गरेको छु । मैले गरेको बयानमा उल्लिखित व्यहोरा तथा पेस गरेको प्रमाणहरूको आधारमा आय व्यय कायम गरिपाऊँ । मैले मिति २०३४।६।४ देखि मिति २०३९।६।१७ सम्म वन पैदावार विकास उपसमितिमा कार्यरत् रहँदाको समयमा तलब र भत्ता गरि रू.१०,५३०।– प्राप्त गरेको छु । मिति २०३९।६।१८ देखि मिति २०५३।४।३० सम्म खरिदार पदमा कार्यरत् रहँदा तलब भत्ता र ग्रेडसमेतबाट रू.१,७१,१६७।– प्राप्त गरेको छु । सोही अवधिमा कर्मचारी सञ्चय कोषबाट रू.३२,२००।– सापटी पनि लिएको छु । साथै दशैंं खर्च रू.१४,५७०।– प्राप्त गरेको छु । त्यो मेरो वैध आय हो ।
श्रीमती अम्बिका देवी नेपालले मिति २०३९।१।१ देखि मिति २०४६।९।१ सम्म साकम्बरी ट्रेडिङ कन्सर्नमा काम गर्दा प्रतिमहिना रू.२,१००।– का दरले रू.१,९३,२००।–, मिति २०४७।१।१ देखि मिति २०५१।१२।३० सम्म खुकुरी फुटवेयर ईन्डष्ट्रिजमा काम गरेको अवधिमा प्रतिमहिना रू.३,०००।– का दरले रू.१,८०,०००।–, मिति २०५२।१।१ देखि ०५३ साउन सम्म ऐ. इन्डष्ट्रिजमा काम गर्दा प्रति महिना रू.३,५००।– का दरले रू.५६,०००।–समेत पारिश्रमिक प्राप्त गरेकी छन् । मिति ०५१।११।२८ मा कि.नं. ३९० को जग्गामध्ये ०–०–४ धुर जग्गा रूद्र नारायण नापितलाई बिक्री गरि सोबाट रू.५,०००।– नगद प्राप्त भएको छ । एकासगोलको भाइ शत्रूघन कुमार नेपालले निजको नाममासमेत संयुक्त दर्ता रहेको नेपाल प्रकाशन प्रा.लि. द्वारा प्रकाशित वीरगञ्ज एक्सप्रेस साप्ताहिक पत्रिकाबाट मिति २०४७।५।३१ देखि २०५३ साउनसम्म प्रति महिना रू.८,०००।– का दरले ११४ महिनामा रू. ९,१२,०००।–, मालिङ्गो साप्ताहिकबाट प्रति महिना रू.२,०००।– का दरले रू.३,१८,०००।–, सोही पत्रिकाबाट मिति २०५२।५।१० देखि २०५३ साउनसम्मको अवधिमा प्रति महिना रू.४,०००।– का दरले रू.४४,०००।– प्राप्त गरको छ । भाइले काठमाडौं निवासी रवीन्द्र प्रसाद श्रेष्ठबाट रू.२,५०,०००।– ऋण लिएको छ । यसप्रकार उक्त उल्लिखित अवधिमा मेरो परिवारको रू.२१,८६,६६७।– आय भएको छ । सोही अवधिमा श्रीमतीको नाममा पर्सा जिल्लाको नगवा १ कि.नं. ६४० को ०–०–७–९ जग्गा रू. ९,४००।– मा ऐ. को नाममा ऐ. छपकैया ४ मा कि.नं. ३२१ को क्षे.फ. ०–०–१० जग्गा रू.८,०००।–, ऐ. को नाममा ऐ ऐ. को कि.नं. ३९० को ०–१–० जग्गा रू.१०,०००।– मा ऐ. नाममा ऐ. वीरगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा कि.नं. ५० को ०–१–० जग्गा रू.१,००,०००।– मा ऐ. जग्गामा निर्माण भएको घरको निर्माण लागतमा रू.३,६०,०००।–समेत गरि रू.४,८७,४००।– खर्च भएको छ । सो खर्च कट्टा गरि रू.१६,९९,२६७।– बचत रहेको छ ।
२०५३ भदौदेखि २०५६ भदौसम्मको अवधिमा तलब भत्ता र ग्रेडसमेतबाट रू.१,११,९३२।– प्राप्त गरेको छु । सोही अवधिमा सञ्चयकोषबाट रू.९,०००।– सापटी लिएको छु । कि.नं. ५० को वीरगञ्जको घरको भुइँ तलाबाट घरभाडा रू.१,६२,०००।– प्राप्त गरेको छु । साथै महालक्ष्मी फाइनान्स लि. बाट गृह कर्जा रू.५,८१,०००।– ऋण पनि लिएको छु । सोही अवधिमा श्रीमती अम्बिका देवीले खुकुरी फुटवेर प्रा.लि. बाट रू.१,२६,०००।– पारिश्रमिक प्राप्त गरेकी छिन् । एक्सप्रेस साप्ताहिक पत्रिकाबाट भाइले र श्रीमतीले रू.११,३३,९३२।- प्राप्त गरेका छन् । यस रकममा श्रीमतीको रू.१,४४,०००।– छ । यसप्रकार २०३४ देखि २०५३ साउनसम्मको बचत रू.१६,९९,२६७।– समेत रू.२८,३३,१९९।– रकम जम्मा भएको
थियो । यस रकमबाट सोही अवधिमा कि.नं. ७६ र ७५ को जग्गा खरिदमा रू.८८,८००।– र फाइनान्सको ब्याज भुक्तानीमा रू.५,८३,०००।–, घरमा एकतला थप गर्दा निर्माण लागतमा रू.४,२०,०००।–, गाडी खरिदमा रू.७,१०,८१५।– को आधी रू.३,५५,४०७।–समेत खर्च भई रू.१४,४७,४०७।– खर्च भएको छ । गाडी भाइ र आफूले संयुक्तरूपमा सञ्चालन गर्ने सहमति भएको थियो । गाडी खरिद गर्दा उक्त कि.नं. ५० को घर जग्गा धितो राखि खरिद भएको हो । ०५६ भदौसम्ममा जम्मा भएको रकमबाट खर्च भई रू.१३,८५,९९२।– बचत भएको छ ।
२०५६ असोजदेखि २०६१ कात्तिकसम्म तलब भत्ता र ग्रेडबाट रू.२,४२,५१०।–, दशैंं खर्च रू.१८,८००।– प्राप्त भएको छ । सोही अवधिमा कर्मचारी सञ्चयकोषबाट रू.६५,०००।– ऋण लिएको छ । कि.नं. ७६ को जग्गा बिक्रीबाट रू.१,००,०००।–, कि.नं. ६० को जग्गा बिक्रीबाट रू.३,५०,०००।–, कि.नं. ७५ को जग्गाबाट रू.१,२६,०००।–, छोरी सीमा नेपालको कि.नं. ५९ को जग्गा बिक्रीबाट रू.३,५०,०००।–, २०५६।६।१ देखि मिति २०५८।१।१४ सम्मको घरको भुइँतलाको भाडा रू.१,८०,५००।–, मिति २०५८।१।१५ देखि ऐ. चैतसम्मको रू.६२,२५०।–, मिति २०५९।१।१ देखि ०५९ साउन मसान्तसम्मको रू.१८,०००।–, ०५९ भदौदेखि ०६० कात्तिकसम्मको रू.६७,५००।–, २०६० मङ्सिरदेखि ०६१ जेठसम्मको रू.२१,५००।– अर्को तलाको रू.२७,०००।– र २०६१ असारदेखि ऐ. कात्तिकसम्मको रू.२२,५००।– घरभाडा प्राप्त भएको छ । सोही अवधिमा महालक्ष्मी फाइनान्सबाट मिति २०६१।७।१६ मा रू.५,००,०००।–, मिति २०६०।९।११ मा रू.६,००,०००।–, मिति २०६१।१।९ मा रू.६,००,०००।–, मिति २०६१।३।२४ मा रू.६,००,०००।–, मिति २०६१।४।१८ मा रू.५,००,०००।– तथा श्रीमतीको खुकुरी फुटवेयर प्रा.लि. मा ०५६ असोजदेखि चैतसम्म काम गर्दाको रू.२४,५००।–,२०५७ वैशाखदेखि ०६१ कात्तिकसम्मको रू.२,३१,०००।– किया गाडीको गाडीभाडा रू.२०,५८,२००।- बाट आधा रू.१०,२९,१००।–, सुमो गाडीको रू.१४,७२,५००।– बाट आधा रू.७,३६,२५०।–, छोरी सीमाले अल टायम्स कम्युनिकेसनबाट प्राप्त गरेको रू.६३,०००।– समेत रू.६६,१५,४१०।– आय भएको छ । उक्त अवधिमा उक्त रकममध्येबाट टि.भि. खरिदमा रू.२३,३००।–, कि.नं. ५९ र ६० को जग्गा खरिदमा रू.२,३१,०००।– का दरले रू.४,६२,०००।–, घरको दोस्रो र तेस्रो तला थप गर्दा रू.८,४०,०००।–, गाडी खरिदको ऋण चुक्तामा रू.३,५१,६९७।– र फाइनान्सको साँवा ब्याज तिरेको रू.१२,३५,२५७।– समेत रू.२९,१२,२५४।– खर्च भई अरू रकम बचत भएको छ ।
२०६१ माघदेखि मिति २०६३।७।३० सम्म मेरो तलब, भत्ता, ग्रेड सञ्चयकोष सापटीसमेत गरि रू.१,३४,५८३।– आय भएको छ । श्रीमती अम्बिका देवीले सोही अवधिको मिति २०६१।८।२८ मा रू.६,५०,०००।–, कि.नं. ५० को घरको घरभाडा रू.१,०८,०००।–, कि.नं. २५७ र २५८ को घरको भुइँतलाको घरभाडा २०६२।१०।३० सम्म रू.६०,०००।– तथा २०६२।८।१ देखि २०६२।१०।३० सम्मको भुइँ तल्ला र पहिलो तलाको रू.१,९५,०००।–, २०६२ फागुनदेखि २०६३ कात्तिकसम्मको रू.५,८५,०००।– घर भाडा प्राप्त भएको छ । सो रकम पनि मेरो आय हो । श्रीमतीको ०६१ मङ्सिरदेखि ऐ.चैतसम्मको तलब रू.२१,०००।– प्राप्त भएको छ । छोरी सुष्मा नेपालको रू.३,३६,०००।– र निज छोरीलाई डोलनाथ उप्रेतीले आयरल्याण्डबाट पठाएको रू.२२,८४,७०२।५० र निजले मोटरसाइकल खरिदको लागि वीरगञ्ज फाइनान्सबाट रू.१,००,०००।– कर्जा लिएको
छ । छोरी सीमा नेपालको उक्त अवधिमा अल टाईम कम्युनिकेसनको तलब रू.३६,७५०।–, सिद्धार्थ बैंकमा काम गर्दाको तलब, भत्ता रू.३,२४,६५९।७५ समेत रू.३,६१,४०९।७५ आय भएको छ । सोही अवधिमा श्रीमतीको नामको प्राईभेट फर्म होटल र जग्गा खरिद बिक्रीबाट रू.१,२५,०००।– पनि थप आय भएको छ । त्यसै गरि कि.नं. २५७ र २५८ मा निर्मित घरको अग्रीम घरभाडाबापत प्राप्त रू. ९०,०००।– समेत रू.६,९८,७४,०९४।– बचत भई त्यसैबाट छोरा विक्रान्तको नाममा रू.१,०१,३९९।– मा मोटरसाइकल, रू.६,७००।– को टि.भी खरिद, बैंक मौज्दातमा रू.६०,१८६।–, कि.नं. २५७ र २५८ को घर निर्माणमा रू.६०,००,०००।–, महालक्ष्मी फाइनान्सको कर्जा भुक्तानीमा रू.६,१२,९०,५५२।–समेत रू.६,७४,५८,८३७। खर्च भएको छ । २०६३ कात्तिकसम्मको मेरो आय स्रोत रू.७,४९,६३,२४२।– थियो । छोरीलाई डोलनाथ उप्रेतीले पठाएको रकम हाल तिरी सकेको छु । त्यस अवधिमा मसँग रू.७५,०४,४०५।– बचत रहेको थियो ।
महालक्ष्मी फाइनान्सलाई रू. ८०,९४,६३४।७७ तिर्न बुझाउन पर्ने भनि पत्र प्राप्त भएको छ । कि.नं. ५०,२५७ र २५८ का जग्गा तथा घर फाइनान्समा धितो रहेको छ । आरोपपत्रको तालिका नं. २५ मा उल्लिखित सम्पत्तिको स्रोत नखुलेको भन्ने अभियोग झुट्ठा छ । सबै सम्पत्ति कानूनबमोजिम आर्जन गरेको हो । आरोपपत्रको तालिका नं. २५ को क्र.सं. १ मा उल्लिखित कि.नं. ५० को भुइँतले घर २०५३ साउनमा निर्माण सम्पन्न भएको हो । घर निर्माणमा रू.३,६०,०००।– खर्च लागेको छ । २०५३।५।१ देखि नै घर भाडामा लागेको छ । घर ११९९.५६ वर्ग फिटमा निर्माण भएकामा २२.३५ वर्ग फिट बढी देखाई १२२१.९१ को हिसाब गरेको छ । त्यो गलत
छ । उक्त २०५३ सालसम्मको अवधिमा मेरो परिवारको रू.२१,८६,६६७।– आय भएको थियो । सो घरको पहिलो तला रू.४,२०,०००।– को लागतमा २०५६ वैशाखदेखि २०५६ भदौभित्रमा निर्माण सम्पन्न भएको हो । तर नक्सा पास भने २०५६।४।२८ मा भएको हो । उक्त घरलाई रू.११,१४,२९५।६४ मूल्याङ्कन गरि रू.१०,०१,४१७।४९ को स्रोत नखुलेको भनि दाबी लिएको गलत छ । स्रोतको हकमा २०५३ भदौदेखि २०५६ भदौसम्ममा एकासगोलको परिवारमा रू.११,३३,९३२।– बराबर आय भएको थियो । त्यसमा पनि मेरो त्यस समयभन्दा पहिलेको बचत पनि थियो । यसरी प्रशस्त बचत भएको देखिँदा देखिँदै स्रोत नखुलेको भन्नु गलत हो । क्र.सं. १ को खण्ड (ग) को हकमा घरको दोस्रो र तेस्रो तला थप गर्नका लागि मिति २०५९।७।२९ मा नक्सा पास गरि ०६१ कात्तिकसम्मको अवधिमा रू.८,४०,०००।– को लागतमा दुवै तला २०१८.४९ वर्ग फिटमा निर्माण भएको हो । तर आयोगले १८२.३९ वर्ग फिट बढी देखाई २२००.८८ वर्ग फिट देखाएको छ । आयोगले दोस्रो तलाको निर्माण लागत रू.११,१४,२५९।– र तेस्रो तलाको रू.७,५२,४०२।– समेत रू.१८,६६,६९७।– खर्च देखाउँदै तेस्रो तलाको स्रोत खुलेको र दोस्रो तलाको लागतमा रू. ९,५५,०६२।७९ को स्रोत नखुलेको भनि उल्लेख गरेको मिलेको छैन । सो अवधिमा मेरो परिवारको साथमा रू.६६,१५,४१०।– बचत थियो । स्रोतको हकमा श्रीमान्, श्रीमती छोरीहरूको तलब भत्ता, जग्गा बिक्रीको रकम र फाइनान्सको ऋण रकम हो । रू.६६,१५,४१०।– मा घर निर्माणमा रू.८,४०,०००।–, जग्गा, गाडी खरिद तथा फाइनान्सको ब्याज तिरेकोसमेत रू.२९,१२,२५४।– खर्च भएको छ । साथै ०६१ कात्तिकसम्मको अवधिमा रू.८०,०१,४०२।– आय स्रोत भएकाले स्रोत नखुलेको भनि दाबी लिएको सर्वथा गलत छ ।
आरोपपत्रको तालिका नं. २५ को सि.नं. २ मा उल्लिखित कि.नं. १५२८ र १५३० को जग्गा रू.८८,८००।– मा २०५३ फागुनमा खरिद गरेको हो । मसँग २०५३ साउनसम्मको अवधिमा रू.१६,९९,२६७।– आयस्रोत भएको अवस्थामा रू.८८,८००।– मा खरिद भएको जग्गालाई ८३.७३ प्रतिशत स्रोत नखुलेको भन्नु पनि गलत हो । क्र.सं. ३ मा उल्लिखित जग्गा मिति २०५९।१।५ मा श्रीमती अम्बिका देवी नेपालको नाममा रू.२,३१,०००।– मा खरिद भएको हो । यो अवधिमा पनि मसँग प्रशस्त स्रोत भएको हुँदा ४६.७५ प्रतिशत स्रोत नखुलेको भन्नु गलत हो । सो सम्पत्ति खरिदको स्रोत खुलेको छ । क्र.सं. ४ को जग्गा पनि रू.२,३१,०००।– मा नै खरिद गरेको हो । मेरो तथा परिवारको नामको सम्पत्तिको कुनै यकिन मूल्याङ्कन गरिएको छैन । क्र.सं. ५ मा उल्लिखित सम्पत्ति विवरण फाराममा देखाइएको रू.२०,००,०००।– उक्त अवधिको मेरो बचत रकम हो । क्र.सं. ६ को कि.नं. २५७ को जग्गा श्रीमती अम्बिका देवी नेपालको नाममा मिति २०६१।३।४ मा रू.३,७५,०००।– मा खरिद गरेको हो । जग्गा खरिद गर्दाको समयमा माथि उल्लिखित अवधिको रकम नै मसँग बचत रहेको अवस्था हुँदाहुँदै ३३.६० प्रतिशत स्रोत नखुलेको भन्नु गलत हो । उल्लिखित सम्पत्तिको स्रोत खुलेको छ ।
कि.नं. २५८ को जग्गा पनि रू.२,००,०००।– मूल्यमा खरिद भएको हो । खरिद गर्दाको अवस्थामा मसँग बचत रहेको रू.८०,०१,४०२।– बाटै खरिद भएको हुँदा स्रोत पुष्टि हुन्छ । तर आयोगले हालको मूल्य रू.३७,७०,०००।– मूल्याङ्कन गरि ३१,८९,४२०।– को स्रोत पुष्टि नभएको भनि लिएको दाबी पूर्वाग्रही छ । साथै अन्यायपूर्ण पनि छ । आरोपपत्रको तालिका नं. २५ को क्र.सं. ८ मा उल्लिखित घर मिति २०६१।११।२१ देखि ०६२ भदौ मसान्तको अवधिमा भुइँ तला निर्माण सम्पन्न भएको हो । २०६२ कात्तिकसम्म पहिलो तला निर्माणाधीन नै थियो । २०६२ माघमा पहिलो तला निर्माण सम्पन्न भएको
हो । २०६२ चैतबाट दोस्रो तला निर्माण सुरू भएको हो । ०६३ कात्तिकसम्मको अवधिमा सो घर निर्माणमा रू.६०,००,०००।– खर्च भएको छ । घर निर्माणाधीन अवस्थामा नै छ । घर २०६६ भदौमा निर्माण सम्पन्न भएको हो । तला थप गर्दा महालक्ष्मी फाइनान्सबाट रू.१०,००,०००।– ऋण लिएको छ । यसप्रकार सो घर पुरा निर्माणमा रू.७५,००,०००।– खर्च भएको छ । त्यसमा डोलनाथ उप्रेतीले आयरल्याण्डबाट पठाएको रू.२२,८४,७०२।५० पनि खर्च भएको छ । २०६३ कात्तिकसम्मको अवधिमा सबै गरेर रू.६,९८,७४,०९४।– बराबरको आयस्रोत
थियो । २०६१ कात्तिकसम्म रू.५०,८९,१४८।– बचत रहेको कुरा आय विवरणबाट स्पष्ट छ । यसप्रकार उल्लिखित अवधिमा मेरो बचत रू.७,४९,६३,२४८।– हुन्छ । त्यसैले कि.नं. २५७ र २५८ मा बनेको घर स्रोतविहिन हुन सक्दैन । श्रीमती अम्बिका देवीले मिति २०५९।५।११ मा अंश छोडपत्र गरि उनको आयबाट तथा कि.नं. ५० को घरको घरभाडा, महालक्ष्मी फाइनान्सको ऋण रकमबाट घर निर्माण भएको हो ।
श्रीमतीले मसँग अंश छोडपत्र गरे पछि निजको नाममा रहेको सम्पत्तिमा मउपर कुनै अभियोग लाग्न सक्दैन । मेरो श्रीमती भाइ एवम् छोरा छोरी एकासगोलमा रहँदा प्राप्त गरेको आय आर्जनको बारेमा आयोगमा सबै बताइएकामा आयोगले निजहरूको आय आर्जनलाई समुचित विवेचना गरि आयमा गणना गरेको छैन । सबै आय कानूनबमोजिम प्राप्त आय हुन् । मेरो मिति २०३४।६।४ देखि मिति २०३९।६।१७ सम्म वन पैदावार विकास उपसमितिमा काम गर्दाको तलब भत्ता आयमा समावेश नभएको हुँदा आयमा समावेश हुनु पर्दछ । २०६३ मङ्सिरदेखि ०६५ भदौसम्मको मेरो तलब भत्ता रू.१,५९,४९५।–, २०६५।२।१४ मा छोरा विक्रान्त नेपालले पब्लिक डेभलपमेन्ट बैंक वीरगञ्जबाट लिएको रू.२७,००,०००।– कर्जा पनि आयमा गणना गरिनु पर्दछ । श्रीमतीको २०६२।०६३ को आय रू.१,३८,०००।– गणना हुनु पर्दछ । सो रकम बापत २०६४।६।१ मा रू.२,०००।– कर तिरेको छु । मेरो २०३४।६।४ देखि ०६५।६।१ सम्मको अवधिमा रू. ८,३८,०७,५९९।– बराबरको आय भई सोही अवधिमा रू.७,२३,०५,८९८।– बराबरको खर्च भएको छ । व्ययको तुलनामा आय बढी छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान कार्य नै पुरा गराएको छैन । मलाई मिति २०६३।१२।१८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान गराउँदैको अवस्थामा खोजेको बखत उपस्थित हुने भनि पठाएकामा पुनः मलाई बोलाउँदै नबोलाई आयोग आफैँले मेरो आय व्ययको हिसाब गरि फाइनान्सको कर्जा, पब्लिक डेभलपमेन्ट बैंकको कर्जा, डोलनाथ उप्रेतीले आयरल्यान्डबाट पठाएको रकम, व्यक्तिगत ऋण तथा आयका अन्य स्रोतहरूको विवेचना नै नगरि मउपर आरोप लगाइएको छ । त्यो आरोप पूर्वाग्रही तथा अन्यायपूर्ण छ । मिति २०६३।३।१ मा बयान गराई आज बयान कार्य सम्पन्न नभएकाले अर्को दिन उपस्थित हुने छु भनि हस्ताक्षर गराएकामा मिति २०६३।४।७, मिति ०६३।५।४, मिति ०६३।७।१९ मा उपस्थित हुँदा बयान नगराई मिति ०६३।१२।१८ मा बयान गराइयो ।
आयोगले मिति २०६५।६।१ मा मुद्दा दर्ता गरेको भए तापनि म मिति २०६५।६।९ सम्म कार्यालयमा हाजिर छु । आरोपपत्रको तालिका नं. २४ को क्र.सं. ५ मा उल्लिखित घरको आफूखुसी मूल्याङ्कन गरि भुइँ तलाको ११.६० प्रतिशत, पहिलो तलाको १०.१३ प्रतिशत र दोस्रो तलाको १४.२९ प्रतिशतमात्रै स्रोत पुष्टि भएको उल्लेख गरेको छ । त्यो गलत छ । त्यो घरमा जम्मा रू.१६,२०,०००।– लागत लागेको छ । अभियोग दाबी गलत छ । मैले गैर कानूनी कार्य गरेको छैन । मैले बैंक तथा फाइनान्सबाट लिएको कर्जामध्ये रू.१,०३,००,०००।– तिर्न बाँकी नै
छ । छोरी सुष्माले वीरगञ्ज फाइनान्सबाट स्टाफ लोन रू.१,७५,०००।– लिएको छ । समग्रमा मेरो सम्पत्तिको स्रोत खुलेको हुँदा आरोपित कसुरबाट सफाई हुनु पर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी भरतप्रसाद नेपालले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरि हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम प्रतिवादी भरतप्रसाद नेपालले रू.१५,००,०००।– (पन्ध्र लाख) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राखि र नदिए वा दिन नसके थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न दिनु भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६६।८।११ मा भएको आदेशानुसार प्रतिवादीले विशेष अदालतमा जेथा जमानत राखि तारेखमा रहेको देखिन्छ ।
अभियोग माग दाबीबमोजिम मलाई सजाय हुनु पर्ने होइन । मेरो २०३४ सालमा भरतप्रसाद नेपालसँग विवाह भएको हो । हामीबाट ४ छोरी १ छोराको जन्म भएको छ । मैले मिति २०३९।१।१ देखि साकम्बरी ट्रेडिङ्ग कन्सर्न वीरगञ्जमा जागिर सुरू गरि मिति २०४६।८।३० सम्म कार्यरत् रहेँ । मिति २०४६।१२।३० देखि २०५६ चैतसम्म खुकुरी फुटवेयर प्रा.लि.मा कार्यरत् रहेँ । वीरगञ्ज एक्सप्रेस साप्ताहिक पत्रिका मेरो र मेरो देवरको नाममा २०४७ सालमा दर्ता भएको हो । त्यसबाट भएको आम्दानी तथा सोबाट बढे बढाएको रकमसमेतबाट मेरो नाममा सम्पत्ति आर्जन भएको हो । देवर र मेरो पत्रिकाको आम्दानी कि.नं. ५० मा बनेको घरमा लगानी परेको छ । घर निर्माणको क्रममा महालक्ष्मी फाइनान्सबाट घर कर्जा लिएको छ । घर निर्माणमा छोरीहरूको आय आर्जन पनि परेको छ । कि.नं. २५७ र २५८ को जग्गामा निर्मित घरमा ज्वाइँ डोलनाथ उप्रेतीले पठाएको रकम पनि समावेश छ । हाम्रो परिवारको आय विवरण श्रीमान्ले यस अदालतमा खुलाई सक्नु भएको छ । निजले पेस गरेको प्रमाणलाई मेरो हकमा पनि प्रमाणमा लगाई पाऊँ । २ वटा गाडी देवरसँग साझेदारीमा सञ्चालन गर्दा त्यसबाट पनि आय आर्जन भएको छ । त्यो पनि घर जग्गामा लगानी भएको छ । छोरी र मेरो नामको जग्गा पटकपटक खरिद बिक्री भएका छन् । मेरो नामको होटल नेपाल, जग्गा खरिद बिक्री लगानी फर्मबाट पनि आय आर्जन भएको छ ।
फाइनान्सबाट लिएको कर्जामध्ये ८५ लाख जति कर्जा हाल पनि तिर्न बुझाउन बाँकी छ । छोराले बैङ्कबाट लिएको कर्जामध्ये रू.१०,००,०००।- बुझाउन बाँकी छ । यसप्रकार मेरो निजी आर्जन, दाईजो, पेवा, छोरीहरूको पारिश्रमिक, भरत नेपालको पारिश्रमिक तथा अन्य सुविधा, कर्जा, लगानीबाट प्राप्त आय, घरभाडासमेतको आय स्रोतबाट म तथा छोरीहरूको नाममा जग्गा खरिद भई घरसमेत निर्माण भएका हुन् । स्रोत खुलेको सम्पत्ति हुँदा जफत हुनु पर्ने होइन । महालक्ष्मी फाइनान्स कम्पनी लि. वीरगञ्ज, एभरेष्ट बैंक लि. वीरगञ्ज, नेपाल बंगलादेश बैंक, वीरगञ्जलगायतका बैंकहरूमा खोलिएका खाता खोल्ने प्रयोजनको लागि मात्र खोलिएको हो । घर भाडा, पारिश्रमिक लगायतका वैध आर्जनका रकम जम्मा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बिका देवी नेपालले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
प्रतिवादी अम्बिका देवी नेपाल विशेष अदालतको मिति २०६६।९।७ को आदेशानुसार तारेखमा रहेको देखियो ।
प्रतिवादी अम्बिकादेवी नेपालका नामको २ वटा घरको मूल्याङ्कन म र आयोगका कर्मचारीसमेत भई मूल्याङ्कन गरेको हो । रोहवरमा प्रतिवादीलाई पनि राखेको छ । ती घरको मूल्याङ्कन अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट स्वीकृत दररेटको आधारमा गरिएको हो । एउटै घरको मूल्याङ्कन फरक–फरक हुनुको कारण सुरूमा घर निर्माणाधीन अवस्थामा थियो भने दोस्रो पटक मूल्याङ्कन गर्दा करिब करिब निर्माण कार्य सकिन लागेको थियो । त्यसैले फरक–फरक भएको हो । घरको मूल्याङ्कन गर्दा स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख भएको दररेटको आधारमा गरिएको हो । त्यस बेला मूल्याङ्कन गर्ने दररेट कति थियो मलाई थाहा भएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दिएको दररेटको आधारमा गरेको हो । निर्माण लागतमा ठाउँ विशेष र व्यक्ति विशेषमा फरक पर्न सक्छ भन्नेसमेत व्यहोराको वादीका साक्षी शैलेन्द्र श्रेष्ठले गरेको बकपत्र ।
प्रतिवादीसँग सानैदेखि चिनजान छ । तर नाता सम्बन्ध छैन । मैले निज प्रतिवादीलाई घर बनाउने क्रममा मिति २०५२।११।१५ मा रू.२,५०,०००।– ऋण दिएको थिएँ । तर सो रकम मिति २०५९।७।६ मा फिर्ता लिइसकेको छु । ऋण रकम दिने लिने क्रममा कागज गराएको थिएन । विश्वासको आधारमा कारोबार भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी रवीन्द्र प्रसाद श्रेष्ठले गरेको बकपत्र ।
प्रतिवादी भरतप्रसाद नेपालसँग मेरो नाता चिनजान र लेनदेन केही छैन । प्रतिवादीको वीरगञ्जको घरको फोटोहरू मैले छायाङ्कन गरि मैले नै धुलाएको हो भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको साक्षी महेश थापाले गरेको बकपत्र ।
म वीरगञ्ज उपमहानगरपालिकामा जु.ई. पदमा कार्यरत् छु । प्रतिवादीसँग चिनजान नाता लेनदेन केही छैन । वीरगञ्ज उपमहानगरपालिकाबाट मसमेतलाई अम्बिका देवी नेपालको घर नाँप जाँच गरि मूल्याङ्कन गर्न पठाउन खटाएबमोजिम नाप नक्सा गरि आयोगमा प्रतिवेदन पेस गरेको हो । मेरो काम स्थलगत नापजाँच र नक्सा तयार गर्ने मात्र हो । कि.नं. ५० मा निर्मित घर निर्माण ईजाजतको नक्सा पास गर्दाको क्षेत्रफल र हाल मूल्याङ्कन गर्दाको क्षेत्रफल फरक–फरक भएको विषयमा मलाई थाहा छैन । सो घरको शौचालय ईंटाको पर्खाल लगाई जस्ता पाताको छाना लगाएको थियो । वीरगञ्ज उपमहानगरपालिकाको मूल्याङ्कन दररेट फ्रेम स्ट्रक्चरको प्रति वर्गफिट ६३५।– छ भने लोड वेरिङ सिस्टमको प्रतिवर्ग फिट ३०० देखि ३५० सम्म छ भन्नेसमेत व्यहोराको वादीको साक्षी हेमन्त वर्माले गरेको बकपत्र ।
प्रतिवादी भरतप्रसाद नेपालसँग चिनजान, नाता, लेनदेन केही छैन । प्रतिवादीको वीरगञ्जका दुई वटा घरको पहिलो मूल्याङ्कन प्रतिवेदन मिति २०६३।१।३१ मा र दोस्रो पटक मिति २०६५।१।२५ मा गरेको हो । मेरो भूमिका भनेको मुचुल्का तयार गर्ने मात्र हो भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको साक्षी तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् उमेश मानन्धरले गरेको बकपत्र ।
प्रतिवादी अम्बिका देवी नेपालका नामको घरको मूल्याङ्कन गर्न जाँदा आयोगको तर्फबाट मूल्याङ्कन टोलीको प्रमुख म थिएँ । वीरगञ्ज उपमहानगरपालिकाका फिल्ड प्राविधिकसमेतको सहयोगमा मूल्याङ्कन प्रतिवेदन तयार पारिएको हो । निजको घर कि.नं. २५७ र कि.नं. २५८ को जग्गामा बनाएको थियो । घरको नाप जाँच गर्दा मेजरिङ्ग टेप प्रयोग गरेको थिएँ । घरको मूल्याङ्कन प्रति वर्ग फिट ७४४ सरकारी दररेटको आधारमा गरेको हो । उक्त दररेट आर.सि.सि. फ्रेम स्ट्रक्चर निर्माणमा बनेको घरमा नेपाल अधिराज्यभर लागू हुन्छ । जिल्ला दररेटको बारेमा मलाई थाहा छैन । निर्माण लागत व्यक्ति विशेष तथा स्थान विशेषको आधारमा फरक हुन्छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको साक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् अनील शाक्यले गरेको बकपत्र ।
प्रतिवादीको दुई वटा घरको मूल्याङ्कन सरकारी दररेटको आधारमा गरि प्रतिवेदन तयार बनाएको हो । सो घरमा प्रयोग गरेको दररेट नेपाल अधिराज्यमा प्रचलनमा आएको दररेट हो । शहरी विकास तथा भवन निर्माण विभागको दररेट प्लिन्थ एरियामा आधारित रहि तयार गरिन्छ भने जिल्ला जिल्लामा इष्टिमेट प्रयोजनको लागि तयार हुने दररेटका हरेक आईटम र कामको शीर्षकको दररेट निकालिएको हुन्छ । मूल्याङ्कन गर्ने एक तरिका हो भने इष्टिमेट गर्ने अर्को तरिका हो । यसो हुनाले दररेटमा समानता
हुँदैन । भवन विभागबाट तयार हुने दररेट मूल्याङ्कनको लागि र जिल्लाबाट तयार हुने दररेट लागत अनुमानका लागि तयार गरिएको हुन्छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका साक्षी पुस्करप्रसाद पोखरेलले गरेको बकपत्र ।
यी प्रतिवादीले जाँच अवधिमा जग्गा बिक्रीबाट रू.९,५३,०००।–, तलब भत्ताबापत रू.६,९०,५०६।६०, घर भाडाबापतको रू.११,१६,२५०।–, प्रतिवादीले वीरगञ्जस्थित महालक्ष्मी फाइनान्सबाट लिएको कर्जा रू. ६,८८,५४,४००।–, कर्मचारी सञ्चयकोषबाट सापटी लिएको रू.१,०६,२००।–, छोरीहरू सुष्मा नेपाल र सीमा नेपालको पारिश्रमिक रू.२,४१,३६६।६६, छोरी सुष्मा नेपालको नाममा आयरलैण्डबाट डोलनाथ उप्रेतीले पठाएको रकम रू.२२,८४,७०२।५० र प्रतिवादी भरतप्रसाद नेपालकी छोरी सुष्मा नेपालले वीरगञ्ज फाइनान्सबाट कर्जा लिएको रकम रू.१,००,०००।– समेत रू. ७,४३,४६,४२५।७६ प्रतिवादी भरतप्रसाद नेपालको आय भएको
देखिन्छ । प्रतिवादी अम्बिका देवी नेपालले खुकुरी फुटवेयर ईन्डष्ट्रिज र साकम्भरी ट्रेडिङ कन्सर्नमा काम गरि आय आर्जन गरेको भनि दाबी गरेको रकम, प्रकाशन प्रा.लि. द्वारा प्रकाशित वीरगञ्ज एक्सप्रेस साप्ताहिक पत्रिकाको आय, गाडी भाडाबापत प्राप्त रकम, रवीन्द्र प्रसाद श्रेष्ठसँगबाट कर्जा लिएको रकम, मालिङ्गो साप्ताहिकबाट भाइ शत्रूधन नेपालले आय आर्जन गरेको रकमलाई पुष्ट्याँई हुने आधिकारिक प्रमाणहरू पेस नभएकाले मान्यता दिन मिलेन ।
उपर्युक्त आयको तुलनामा हेर्दा स्वदेशी बैंकमा मौज्दात रू.८०,१११।२८, विदेशी बैंकमा मौज्दात नेपाली रूपैयाँ ८८८।–, सेयर खरिदको रू.५३,०००।– सवारी साधन खरिदको रू.१,८३,३९९।–, घरमा जडान गरिएका विद्युतीय उपकरणको रू ३९,५००।–, जग्गा खरिदको रू. १२,५३,२००।–, कि.नं. ५०, २५७ र २५८ का जग्गामा घर निर्माणको लागत रू. १,३०,३८,१३२।३५, महालक्ष्मी फाइनान्सलाई साँवा र ब्याज भुक्तानी गरेको रू.६,३३,०९,५९७।९६ र छोरी सुष्मा नेपाललाई बुझाएको रू. २२,८४,७०२।५० समेत रू. ८,०२,४२,५१३।०९ बराबरको सम्पत्ति प्रतिवादीसँग रहे भएको देखियो । प्रतिवादीसँग स्रोत खुलेको रू.७,४३,४६,४२५।७६ बराबरको सम्पत्ति रहेकामा रू.५८,९६,१०५।३३ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएबाट प्रतिवादी भरतप्रसाद नेपालले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ तथा ७(१) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचारको कसुर गरेको ठहर्छ । सो ठहरेकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद वर्ष १ (एक) र बिगोबमोजिम जरिवाना भई बिगो रू.५८,९६,१०५।३३ बराबरको सम्पत्ति जफतसमेत हुन्छ । प्रतिवादीबाट बिगो रू. ५८,९६,१०५।३३ बराबरको सम्पत्ति जफत गर्नु पर्ने भएकाले निजको पत्नी प्रतिवादी अम्बिकादेवी नेपालको नाममा रहेको पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका वडा नं. ४ कि.नं. २५७ र २५८ को जग्गा र सोमा बनेको रू.१,०७,४०,९१३।८६ मोल कायम भएको घर जग्गामध्येबाट ५४.८९ प्रतिशत को हदसम्म हुन आउने घर जग्गा जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६७।५।२ को फैसला ।
उक्त फैसलामा चित्त बुझेको छैन । प्रतिवादी अम्बिकादेवी नेपालको नाममा रहेका जग्गाहरू मध्ये वीरगञ्ज उपमहानगरपालिका अन्तर्गतका कि.नं. १५२८।७६ को १६.२७ प्रतिशत, कि.नं. ६९६।६० को जग्गाको ५३.२५ प्रतिशत, कि.नं. १५३०।७५ को १६.२७ र छोरी सीमा नेपालको नाममा रहेको कि.नं. ६९५।५९ को पुरै जग्गाको स्रोत पुष्टि हुन सकेको छैन । यसरी उल्लिखित जग्गाको स्रोत पुष्टि नभएबाट रू. २,५०,१४५।२० मात्र वैध आय प्राप्त भएको भनि आरोपपत्र पेस भएकामा जग्गा बिक्रीबाट रू. ९,५३,०००।- वैध आय कायम गर्न मिल्दैन । तलब, भत्ता र चाडबाड खर्चबापत प्राप्त भएको रकम आयमा गणना गरेकामा सो रकम बचत हुँदैन । तसर्थ आयमा गणना गरेको मिलेको छैन । घर भाडा सुनिश्चित आय भए तापनि प्रस्तुत मुद्दामा रू.११,१६,२५०।- घर भाडा प्रदान गरिएको पनि मिलेको छैन । किनभने घर निर्माण गर्दाको लागतको स्रोत पुष्टि भएको छैन । गैरकानूनी आर्जनको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति जफत हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को प्रावधानको पृष्ठभूमिमा जग्गा खरिद र घरको मूल्य कायम गरेको मिलेको छैन । जुन समयमा जग्गा खरिद र घर निर्माण गरेको हो, सो समयको लागत कायम गर्न मिल्दैन । हालको प्रचलित मूल्यको आधारमा कायम गरिनु पर्दछ । खरिद गर्दाको वा निर्माण गर्दाको समयको लागतलाई बिगो कायम गर्दा प्रतिवादीलाई फाइदा पुग्न जाने हुँदा सो हदसम्म त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराले वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पेस हुन आएको पुनरावेदन पत्र ।
विशेष अदालत, काठमाडौंको फैसलामा जग्गा खरिदको र विद्युतीय उपकरणको बिगो कायम गरेको र मेरो तलब, भत्ता र दशैंं खर्च, जग्गा बिक्रीको मूल्य र ज्वाइँ डोलनाथ उप्रेतीले छोरीलाई पठाएको रकमलाई आयमा गणना गरेकामा चित्त बुझेको छैन । तत् सम्बन्धमा सर्वप्रथम बिगो कायम गरेको मिलेको छैन । वादीले आरोपपत्रमा महालक्ष्मी फाइनान्सको कर्जा कारोबारलाई बिगोमा कायम गरेको छैन । त्यो अभियोग दाबीको विषयवस्तु पनि होइन । त्यसैगरि बैंक मौज्दात भनि रू. २०,८१२।४५ समेतलाई थप बिगोमा कायम गरेको मिलेको छैन । किनभने उक्त रकम बैंक मौज्दातमा रहेको रकमको ब्याज हो । बैंक ब्याज गैरकानूनी हुँदैन । स्रोत खुलाउनु पर्दैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभियोग लगाउँदा कायम गरेको बिगोभन्दा बाहिर गै अदालतले बिगो कायम गर्न मिल्दैन । बिगो बढी कायम गरेको फैसला न्यायको मान्य सिद्दान्त र तथ्यको विपरीत हुँदा बैंक मौज्दातमा रहेको रकम रू.६०,१८६।८३, जग्गाको खरिदको रू. १२,५३,२००।, सवारी साधनको रू.१,०१,३९९।, विद्युतीय उपकरणको रू.३९,५००। र कि.नं. ५० को घर निर्माणको रू.२७,९०,४३३।१० र कि.नं. २५७ तथा २५८ को घर निर्माणको रू. ७५,७६,१५८।- समेत जम्मा रू. १,१८,२०,८७६।९० मात्र बिगो कायम हुनु पर्दछ ।
उपर्युक्त बिगोको आधारमा हामी प्रतिवादीको सँगसाथमा सो बराबरको स्रोत खुलेको सम्पत्ति रहेको छ, छैन भन्ने कुरा विशेष विचारणीय र महत्त्वपूर्ण कुरा हो । आरोपपत्रमा महालक्ष्मी फाइनान्सको कारोबार रकम र विवरणलाई दाबी लिइएको
छैन । विशेष अदालतले कारोबार गरेको रकम भनि रू. ६,३३,०९,५९७।९६ बिगो कायम गर्नु पर्नाको आधार र कारण खुलाउन सकेको पाइँदैन । उक्त रकम मेरो वास्तविक कर्जा लेनदेनको रकम होइन । रोलिङ कर्जा कारोबार हो । फाइनान्सको कर्जा विवरणको अभिलेखले पनि सो कुराको पुष्टि हुन्छ । उक्त फाइनान्ससँग मेरो सम्बन्ध कि.नं.२५७ र कि.नं.२५८ का जग्गामा घर निर्माण गर्न गृह कर्जा लिनेसम्मको हो । घर कर्जा लिई फाइनान्समा धितो राखि घर निर्माण गरेको
हो । उक्त रू.६,३३,०९,५९७।९६ मेरो बिगोमा कायम हुन सक्दैन । रू.२२,८४,७०२।५० आयरल्याण्डमा बस्ने छोरी ज्वाइँ डोलनाथ उप्रेतीले छोरीलाई पठाएको भन्ने कुरा कुमारी बैंकबाट प्राप्त बैंक इस्टिमेटबाट पनि समर्थित नै छ । उक्त रकमलाई वादीले बिगोमा समावेश नगरेकामा विशेष अदालतले बिगोमा कायम गरेको छ । मैले घर बनाउन सो रकम खर्च गरेको छु । पछि फाइनान्सबाट ऋण लिई ज्वाइँलाई तिरेको हो । उक्त रकमलाई विशेष अदालतले मेरो आय पनि र व्यय पनि मानेको छ । एउटै रकम आय पनि र व्यय पनि दुवै हुन सक्दैन । सोही रकम तिरेको फाइनान्सको कर्जालाई पनि व्ययमा पनि समावेश गरि दोहोरो गणना गरेको देखिन्छ । तसर्थ रू.२२,८४,७०२।५० बिगोबाट घटाई आयमा मात्र गणना गरिनु पर्दछ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कि.नं. ५० को घरको निर्माण लागत वास्तविक क्षेत्रफलभन्दा बढी क्षेत्रफल कायम गरि रू.३५,९०,२७३।१२ कायम गरेको छ । २० प्रतिशतले हुने ओभरहेड कस्ट र ठेक्का करसमेत घटाउँदा घर निर्माणको रू.२७,९०,४३३।१० कायम हुनु पर्दछ । आयतर्फ प्रतिवादी अम्बिका देवी नेपालले साकम्वरी ट्रेडिङ कन्सर्न र खुकुरी फुटवेयर प्रा.लि.मा काम गर्दा प्राप्त गरेको पारिश्रमिक रू.८,३१,७००।–, प्रकाशन प्रा.लि.को आय रू.१४,१८,०००।–, जग्गा खरिद बिक्री लगानीबाट प्राप्त आय रू.१,२५,०००।–, छोरी सीमा र सुष्मा नेपालको पारिश्रमिक बापत प्राप्त रकममा थप रू.६,१८,९९३।– कायम हुनु पर्दछ । त्यसैगरि संयुक्त लगानीबाट सञ्चालित गाडी भाडाबाट प्राप्त रू.१७,६५,३५०।–, घर भाडा बापतको थप रू.६,४१,०००।-, रवीन्द्रप्रसाद श्रेष्ठबाट सापटी लिएको रू.२,५०,०००।– समेत रू.९५,९५,३९०।– थप आय कायम हुनु पर्दछ । अतः जाँच अवधिमा मेरो रू.२,०६,४२,११७।– को आय भएको हुँदा विशेष अदालत, काठमाडौंको फैसला बदर गरि आरोप दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भरतप्रसाद नेपाल र अम्बिका देवी नेपालको तर्फबाट यस अदालतमा पेस भएको संयुक्त पुनरावेदनपत्र ।
यसमा वादी पक्षको पुनरावेदन प्रतिवादी पक्षलाई जानकारी गराई प्रतिवादी पक्षको पुनरावेदनपत्रको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६८।९।२४ को आदेश ।
यसमा महालक्ष्मी फाइनान्स लिमिटेडको कर्जा नं.७२–१०७४० र ७२–१०९८९ को कर्जा स्वीकृत मिसिल झिकाई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६९।५।३१ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढि पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले स्रोत नखुलेको सम्पत्तिको स्रोत खुलाउने दायित्व कानूनले प्रतिवादीलाई दिएको छ । यी प्रतिवादीहरूले आफूहरूसँग रू.२,०६,४२,११७।– बराबरको सम्पत्ति रहेको र स्रोत खुलाउनु पर्ने सम्पत्ति कम भएको हुँदा विशेष अदालत, काठमाडौंको फैसला बदरको माग गरेको देखिन्छ । यस प्रकृतिका मुद्दाहरूमा सम्पत्ति धारकले आरोप दाबीको खण्डन गर्ने गरि प्रमाण पेस नगरेको अवस्थामा अनुमानित कसुरमा सजाय गर्न मिल्छ । राष्ट्रसेवक भई सार्वजनिक पद धारण गरेका व्यक्तिले कानूनी दायित्वलाई भुल्न मिल्दैन । प्रतिवादी अम्बिका देवी नेपालको नामको कि.नं. ५०, २५७ र २५८ का जग्गामा बनेका घरको निर्माण लागत रू.१,६७,५५,५५७।४८ देखिएकामा हालको मूल्यलाई नमानि निर्माण हुँदाको साबिक समयको लागतलाई कायम गर्न मिल्दैन । घर निर्माणको लागत आरोपपत्रमा उल्लेख भएको नै कायम हुनु
पर्दछ । कम कायम गरेको हदसम्म नेपाल सरकार विरूद्ध मुरारीबहादुर कार्की र निरन्जन बाबु श्रेष्ठ प्रतिवादी भएको मुद्दामा प्रतिपादित सिद्धान्तको विपरीत छ ।
प्रतिवादीको आयमा गणना गरेको तलब, भत्ता र दशैंं खर्च बचत हुने प्रकृतिको स्रोत होइन । तलबलाई बचत भएको भनि मान्दा पनि घर निर्माणको स्रोत
पुग्दैन । त्यसैगरि बन्दै गरेको घरको भाडा सोही घर निर्माणको स्रोत हुँदैन । घर निर्माणको स्रोतको रूपमा महालक्ष्मी फाइनान्सबाट लिएको कर्जालाई देखाइएको छ । फाइनान्सबाट धेरै कर्जा कारोबार भएको
देखिन्छ । तर पनि वास्तवमा प्रतिवादीले के कति रकम लिएको हो र कति रकम बुझाएको भन्ने कुरा यकिन उल्लेख छैन । यस्तो अवस्थामा विशेष अदालतले फाइनान्सबाट लिएको रकमलाई आय र तिरेको रकमलाई व्यय मानी गरेको फैसला मिलेको छ । तसर्थ जग्गा बिक्रीको आय बढी मानेको, तलब, भत्ता र दशैंं खर्च पुरै बचत गरेको मानेको र बढी घर भाडा प्रदान गरेको हदसम्म विशेष अदालत, काठमाडौंको फैसला बदर हुनु पर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपाल र अम्बिका देवी नेपालको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी, श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ता श्री तिलप्रसाद गौतमले प्रतिवादीको हकमा विशेष अदालत, काठमाडौंले बिगो बढी कायम गरेको, डोलराज उप्रेतीले पठाएको रकम बिगोमा गणना गरेको, प्रतिवादी अम्बिका देवी नेपालको र छोरीहरूको तलब आयमा गणना नगरेको, घर बहाल कम कायम गरेको, पत्रपत्रिकाबाट प्राप्त आय, सञ्चय कोष सापटी, गाडीबाट प्राप्त आय र व्यक्तिगत कर्जालाई आयमा गणना नगरि कसुरदार ठहर गरेको हदसम्म प्रस्तुत मुद्दा यस अदालतमा पेस हुन आएको हो ।
प्रतिवादी अम्बिका देवी नेपालले कि.नं.२५७ र २५८ का जग्गामा घर निर्माण गर्दा महालक्ष्मी फाइनान्सबाट कर्जा उपभोग गरेको तथ्यमा विवाद छैन । कारोबारमा देखिएको उक्त रकम रोलिङ कर्जा प्रणालीअन्तर्गतको कर्जा रकम हो । तर विशेष अदालतले सबै रोलिङ कर्जालाई बिगो कायम गरेको कुरामा विवाद भएको छ । यस सम्बन्धमा महालक्ष्मी फाइनान्सको ऋण रकम तिर्न बुझाउन बाँकी रहेको हुँदा प्रतिवादीको आय मानिनु पर्दछ । बिगो कायम गर्न मिल्दैन । प्रतिवादीको साथमा रहेको सम्पत्तिको स्रोत खुलेको वा नखुलेको सम्बन्धमा प्रमाणबाट मूल्याङ्कन गरिनु पर्दछ । यस प्रकृतिका मुद्दामा प्रमाणको भार प्रतिवादीमा रहने भन्नेमात्र आधारले कसुरदार ठहर गर्न मिल्दैन । महालक्ष्मी फाइनान्सको मिति २०६४।११।१८ को पत्रबाट रू.७४,२४,७००।– र मिति २०६५।५।४ को पत्रबाट रू.१०,००,०००।– समेत रू.८४,२४,७००।– कर्जा भुक्तानी गर्न बाँकी
छ । वादीले सो फाइनान्सको कारोबारलाई आरोपपत्रमा दाबी लिएको छैन । प्रतिवादीले कर्जा लिएर घर बनाएको भनेर बयान गरेको छ । सो कुरा प्रतिवादीको कि.नं. ५०, २५७ र २५८ का जग्गा धितो राखेर फाइनान्ससँग ऋण सम्झौता गरेबाट पनि समर्थित
छ । प्रतिवादीले उपभोग गरेको कर्जा फाइनान्सलाई तिरे बुझाएको भए ती जग्गा र सोमा बनेको घर लिलामको लागि सूचना प्रकाशन हुने थिएन । रकम तिर्न बुझाउन बाँकी भएकै कारण सूचना प्रकाशन भएको हो । तर विशेष अदालतले वास्तविक यथार्थ र कारोबारलाई मान्यता दिएको देखिँदैन ।
डोलराज उप्रेती प्रतिवादीहरूको छोरी ज्वाइँ भएको तथ्यमा विवाद छैन । निज हाल आयरल्याण्डमा बस्नु हुन्छ । निजले आयरल्याण्डबाट श्रीमती अर्थात् प्रतिवादीकी छोरी सुष्मा नेपाललाई पठाएको रू.२२,८४,७०२।५० लाई पनि आयोगले प्रतिवादीको बिगोमा समावेश नगरेकामा विशेष अदालतले बिगोमा समावेश गरेको छ । छोरीको नाममा आएको सो रकम छोरीबाट प्रतिवादीले सापटी लिई घर निर्माण गरेको हो । सो रकम फाइनान्सबाट लिएर छोरी ज्वाइँलाई तिरेको अवस्था छ । फाइनान्सबाट लिएको रकमबाट तिरेपछि डोलराज उप्रेतीले पठाएको रकम पनि बिगो कायम गर्ने र फाइनान्सको रकम पनि बिगोमा कायम गर्न मिल्दैन । प्रतिवादी अम्बिका देवी नेपालले खुकुरी फुटवेयर र साकम्बरी ट्रेडिङ कन्सर्नमा काम गरेबापत प्राप्त आयलाई विशेष अदालतले आयमा गणना गरेको छैन । आयमा गणना नगर्नु पर्ने कुराको तथ्ययुक्त आधार र कारण फैसलामा उल्लेख छैन । विशेष अदालतले आयमा गणना नगरेको भए तापनि निजले रू.८,३१,७००।– पारिश्रमिक पाएको कुरा सम्बन्धित निकायले लेखि पठाएको हुँदा आयमा गणना हुनु पर्दछ । त्यसैगरि छोरी सुष्मा नेपाल र सीमा नेपालले प्राप्त गरेको रू.८,६०,८३९।२० पारिश्रमिकमध्ये रू.२,४१,३६६।६६ मात्र आयमा गणना गरेको हुँदा थप रू.६,१९,४७२।५४ पनि आयमा गणना
हुनुपर्दछ ।
प्रतिवादीको वीरगञ्जमा दुई वटा घर भएको कुरा आरोपपत्रले स्वीकार गरेको छ । दुई वटा नै घर भाडामा लगाएको र आय हुने कुरा विशेष अदालतको फैसलामा स्वीकार गरिएको छ । यस सम्बन्धमा वादी नेपाल सरकारले स्रोत पुष्टि नभएको घरको घर भाडा कायम गरेको नमिलेको भनि पुनरावेदन गरेको छ । तर, घर भाडामा लागेको र दाबीबमोजिमको बहाल प्राप्त गरेको तथ्य घर बहाल सम्झौताबाट पुष्टि भएबाट रू.७,३१,०००।– घर भाडामा थप गरिनु पर्दछ । प्रतिवादीले कर्मचारी सञ्चय कोषबाट रू.१,५३,३००।– कर्जा लिएकामा फैसलामा रू.१,०६,२००।– मात्र मानेको हदसम्म फैसला त्रुटिपूर्ण छ । त्यस्तै गरि रवीन्द्र श्रेष्ठबाट २०५२ सालमा रू.२,५०,०००।– कर्जा लिएको कुरा निजको बकपत्रबाट देखिएको र कर्जा लेनदेन स्वभाविक हुँदा सो पनि आयमा गणना गरिनु पर्दछ । प्रतिवादी अम्बिका देवी नेपालले घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जमा दर्ता गराएको होटल नेपाल जग्गा खरिद बिक्री फर्मबाट रू.१,२५,०००।– आय प्राप्त गरेको हुँदा सो पनि आयमा गणना हुनु पर्दछ । यसरी विभिन्न शीर्षकगत बिगो (व्यय) लाई हेर्दा रू १,१८,२०,८७६।९३ बराबरको सम्पत्ति रहेकामा आय रू.२,०६,४२,११७।– देखिँदा प्रतिवादीले सफाइ पाउनु पर्दछ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो । साथै दुवैतर्फबाट पेस भएको बहसनोट अध्ययन गरियो ।
आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुत मुद्दामा दुवैतर्फका विद्वान् कानून व्यवसायीहरूले गर्नु भएको उपर्युक्त बहससमेत सुनि विशेष अदालत, काठमाडौंको मिति २०६७।५।२ को फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी भरतप्रसाद नेपाल र निजको परिवारसँग रू.१,४१,७१,४८७।५८ बराबरको स्रोत नखुलेको सम्पत्ति रहे भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिमको कैद र जरिवानाको सजाय गरि रू.१,४१,७१,४८७।५८ (एक करोड एकचालिस लाख एकहत्तर हजार चार सय सतासी रूपैयाँ अन्ठाउन्न पैसा) बराबर कायम भएको बिगोको सम्पत्ति प्रतिवादी अम्बिका देवी नेपालका नाममा रहेका सम्पत्तिहरू र प्रतिवादी भरतप्रसाद नेपालका अन्य सम्पत्तिहरूबाट समेत साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. तथा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गरि असुलउपर गरिपाउँ भन्ने व्यहोराको आरोपपत्र पेस भएको देखिन्छ ।
उपर्युक्त व्यहोराले प्रतिवादीउपर दाबी लिएको देखिँदा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को कानूनी व्यवस्था हेर्नु वाञ्छनीय हुन आयो ।
भ्रष्टाचार निवारण ऐन, २०१७
दफा (३) राष्ट्रसेवक भएको वा हुने भएको कुनै व्यक्तिले आफ्नो ओहदाको वा सोसम्बन्धी कुनै काम गर्न वा गराई दिएबापत वा नगर्न वा नगरि दिएबापत आफैँ वा अरू कसैको निमित्त कानूनले लिन पाउने पारिश्रमिकबाहेक अरू रिसवत कसैबाट लिएमा वा लिन मन्जुर गरेमा वा लिने प्रयत्न गरेमा निजलाई कसुरको मात्रा अनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । रिसवत लिई सकेको भए सो रिसवतसमेत जफत भै सरकारी कोषमा दाखिला गरिनेछ ।
दफा (७)(१) सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले वा राष्ट्र वा नेपाल सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा व्यक्तिलाई गैरकानूनी हानि पुर्याउने बदनियतले नेपाल कानून जानि जानि पालन नगरेको वा नेपाल सरकारसँग गरेको शपथ वा सर्त वा कबुलियत, सम्झौता जानि जानि पालन नगरेमा वा सरकारी सुविधा वा अधिकारको दुरूपयोग गरेमा वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेमा वा ती लेखिएमध्ये कुनै काम कुरा गर्ने प्रयत्न गरेमा निजलाई कसुरको मात्राअनुसार १ वर्षदेखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ ।
३. दफा (१०) कानूनले गर्न नपाउनेमा कुनै राष्ट्रसेवकले आफैँ वा अरूको नामबाट वा साझेदारीमा व्यापार गरेको वा लिलामीमा बढाबढ गरेमा वा कुनै फर्म वा कम्पनीको हिस्सेदार भएमा वा सरकारी सेवामा रहेकाले नेपाल सरकारलाई र सरकारी मान्यता प्राप्त संस्थाको सेवामा रहेकाले सो संस्थालाई पूर्व सूचना नदिई आफ्नो वा आफ्नो आस्रितको भोग वा बसोबासको निमित्त चाहिने भन्दा बढी कुनै अचल सम्पत्ति खरिद गरेमा निजलाई कसुरको मात्राअनुसार १ वर्षदेखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी गैरकानूनी किसिमसँग आर्जन गरेको सम्पत्ति पनि जफत भै सरकारी कोषमा दाखिल हुनेछ ।
४. दफा (१५) यो ऐन अन्तर्गत सजाय हुने कुनै कसुरमा अभियोग लागेको कुनै राष्ट्रसेवकको साथमा निजको र निजको परिवारका सदस्यहरूको थाहा भएसम्मको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको वा निजले त्यसरी नमिल्दो उच्च जीवनस्तर बनाएको वा अरूलाई ठूलो दान दातव्य बकस दिएको फेला परेमा निजले अदालतलाई त्यसको सन्तोषजनक हुने सबुद दिन सकेमा बाहेक गैर कानूनीरूपले रिसवत लिएको अनुमान गरिने छ र केवल सो अनुमानको आधारमा कसुरदार ठहर्याई अदालतबाट फैसला भएको छ भन्दैमा सो फैसला बदर हुन सक्दैन ।
५. दफा १६ग यस परिच्छेद अन्तर्गत सजाय हुने कसुरसँग सम्बन्धित ठहरिएको चल तथा अचल सम्पत्ति यस ऐनअन्तर्गत कसुरदार ठहरिएको राष्ट्रसेवक वा व्यक्तिले आफ्नो परिवार वा अरू कुनैको नाममा राखेको भए तापनि सो सबै सम्पत्ति जफत हुने छ ।
६. दफा (२९) “.....परिच्छेद २ अन्तर्गत सजाय हुने कसुर गरि त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैर कानूनी लाभ वा कुनै व्यक्तिलाई गैर कानूनी हानि पुर्याएको रहेछ भने त्यस्तो कसुरबापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैर कानूनी लाभ वा हानि गरेको बिगो असुल गरिनेछ ।
भ्रष्टाचार निवारण ऐन, २०५९
७. दफा (२०) (१) प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण बिना अमिल्दो वा अस्वाभाविक उच्च जीवनस्तरयापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नु पर्नेछ र नगरेमा त्यस्तो सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको मानिनेछ ।
८. दफा (२०)(२) कुनै राष्ट्रसेवकले उपदफा (१) बमोजिम गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरि त्यसरी आर्जन गरेको गैर कानूनी सम्पत्तिसमेत जफत गरिने छ ।
९. दफा (४७) कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानून बमोजिम भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरि आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ ।
१०. प्रतिवादी भरतप्रसाद नेपाल मिति २०३४।६।४ देखि सार्वजनिक सेवामा प्रवेश गरेदेखि आरोपपत्र पेस नहुँदासम्मको जाँच अवधिमा भएका आम्दानी तथा व्ययसमेतको न्यायिक विवेचना गरि विशेष अदालतको फैसलामा कमी कमजोरी र त्रुटि छ छैन भनि निर्णय दिनु परेको छ । यी पुनरावेदक प्रतिवादीले जाँच अवधिमा रू.१,४१,७१,४८७।५८ बराबरको सङ्ग्रह गरेको सम्पत्तिको वैधानिक स्रोत पुष्टि नभएबाट सजाय भई बिगोबमोजिमको जरिवाना र त्यस्तो सम्पत्तिसमेत जफत गरि पाउन माग दाबी लिएको देखिन्छ ।
११. वादी पक्षबाट त्यसरी रू.१,४१,७१,४८७।५८ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भनि मुद्दा दायर भएकामा विशेष अदालत, काठमाडौंबाट निज र निजको परिवारमा जम्मा रू.७,४३,४६,४२५।७६ बराबरको आय भई रू.८,०२,४२,५१३।०९ बराबरको व्यय गरेको देखिएकाले रू.५८,९६,१०५।३३ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन सकेन । तसर्थ प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम १ वर्ष कैद सजाय, बिगो बमोजिम जरिवाना भई दफा ४७ बमोजिम रू.५८,९६,१०५।३३ बराबरको सम्पत्ति जफत गर्नु पर्ने हुँदा कि.नं. २५७ र २५८ को जग्गा र सोमा बनेको घर जग्गामध्येबाट ५४.८९ प्रतिशत बराबरको जफत गर्नु भन्ने व्यहोराले विशेष अदालत, काठमाडौंबाट मिति २०६७।५।२ मा फैसला भएपश्चात्् प्रतिवादी पक्ष र वादी पक्षले प्रस्तुत मुद्दा यस अदालतमा दायर गरेको देखिन्छ ।
१२. प्रतिवादी पक्षबाट विशेष अदालत, काठमाडौंले प्रतिवादीको स्वदेशी, विदेशी बैंकमा मौज्दात रहेको रकम, सेयर, विद्युतीय उपकरण, घर निर्माणको लागत, ज्वाइँ डोलनाथ उप्रेतीले पठाएको रकम, जग्गा खरिदको रकम, महालक्ष्मी फाइनान्सको कर्जा कारोबारको रकम, सवारी साधनसमेतका शीर्षकमा बिगो कायम गरि फैसला गरेकामा प्रतिवादीले विद्युतीय उपकरण र जग्गा खरिद गर्दाको रकमलाई कायम गरेको बिगोलाई स्वीकार गरि र वादी नेपाल सरकारले घर निर्माण लागतको बिगो घटि कायम गरेको नमिलेको भनि मात्र पुनरावेदन जिकिर लिएको देखिन्छ । यसरी वादी पक्षले पनि विद्युतीय उपकरण र जग्गा खरिदको रकम शीर्षकमा कायम गरेको बिगोलाई स्वीकार गरेको देखिएको र प्रतिवादी पक्षले पनि स्वीकार नै गरेबाट सो शीर्षकमा थप विवेचना गरि रहन परेन । विद्युतीय उपकरणको ३९,५००।– र जग्गा खरिद गरेको रू.१२,५३,२००।– प्रतिवादीको बिगोमा कायम हुन्छ ।
१३. अब, प्रतिवादीले बैंक मौज्दात, सेयर, सवारी साधन, घर निर्माण लागत, महालक्ष्मी फाइनान्सको कर्जा, ज्वाइँ डोलनाथ उप्रेतीले पठाएको रकमलाई बिगो कायम गरेको नमिलेको भनि पुनरावेदन पत्रमा जिकिर लिएकाले तत् तत् शीर्षकमा क्रमशः विवेचना गरि निर्णय गर्नु पर्ने देखिन आएको छ ।
१४. प्रतिवादी पक्षले महालक्ष्मी फाइनान्स वीरगञ्जसँगको कर्जा कारोबारलाई बिगो (व्यय) कायम गरेको नमिलेको भनि लिएको जिकिरको सम्बन्धमा हेर्दा वादी पक्षले महालक्ष्मी फाइनान्स वीरगञ्जसँगको कर्जा कारोबारलाई दाबी गरेको देखिँदैन । प्रतिवादीहरूले हायर पर्चेज कर्जा र गृह निर्माण कर्जासमेत उक्त फाइनान्सबाट उपभोग गरेको भन्नेसमेत व्यहोराले विशेष अदालतमा बयान गरेको देखिन्छ । यी पुनरावेदक प्रतिवादीहरूले आ.व.२०५४/०५५ देखि आ.व.२०६३/०६४ सम्म उक्त फाइनान्सबाट रू.६,८८,५४,४००।– ऋण लिएको, सो कर्जामध्ये पटक–पटक साँवा ब्याज तिर्दै आ.ब.२०६३।०६४ सम्म रू.६,१४,३०,०९४।– साँवा र रू.१८,७९,५०३।९६ ब्याजसमेत गरि जम्मा रू.६,३३,०९,५९७।९६ ऋण तिरेको भन्ने कुरा आरोपपत्रको पृष्ठ १६ बाट देखिन्छ । त्यसरी आरोपपत्रमा रू.६,३३,०९,५९७।९७ रूपैयाँ तिरे बुझाएको देखिएको भन्ने उल्लेख भएको आधारमा सो रकमलाई प्रतिवादीको बिगो कायम गरेको देखिन्छ ।
१५. महालक्ष्मी फाइनान्सबाट अनुसन्धानको क्रममा प्राप्त कागजातबाट प्रतिवादीहरूले उक्त फाइनान्सको कर्जा नं.१२४९, १३२१, १३७१, १३८५, १४२२, १४४२, १४४९, १४७३, १४७८, १५१५, १५४४, १५६५, १५८८, १६४६, १६७१, १७०८ (७२१०६९३), ७२१७६३५ र ७२१०७४० बाट गृह निर्माणसमेत कर्जा उपभोग गरेको
देखिन्छ । विशेष अदालतले सो कर्जा रकमलाई प्रतिवादीको बिगोमा कायम गर्दा मिति २०६४।११।१८ को पत्रलाई आधार लिएको देखिन्छ । उक्त मितिको पत्र व्यहोरा हेर्दा प्रतिवादी पक्षले उक्त महालक्ष्मी फाइनान्सलाई रू. ७४,२४,७००। रूपैयाँ तिर्न बुझाउन बाँकी रहेको देखिन्छ । यस अदालतको मिति २०६९।५।३१ को आदेशले माग भई आएको कर्जा नं. ७२१०७४० बाट प्रतिवादीले उपभोग गरेको कर्जा रकममा रू. ७४,२४,७००।- तिर्न बुझाउन बाँकी रहेको भन्ने देखिँदा मिति २०६४।११।१८ को पत्रमा उल्लिखित रकम तिर्न बुझाउन बाँकी रहेको नै देखियो । त्यसै गरि कर्जा नं. ७२१०९८९ बाट प्रतिवादीले पछिल्लो पटक मिति २०६५।५।४ मा रू. १०,००,०००।- समेत कर्जा उपभोग गरेको र सोसमेत तिर्न बुझाउन बाँकी रहेको देखिन आयो ।
१६. प्रतिवादीहरूले उक्त कर्जा गृह निर्माण कर्जा शीर्षकमा लिएको तथ्यमा विवाद छैन । उक्त कर्जा प्रतिवादीले कि.नं. ५०, २५७ र २५८ का जग्गाहरूसमेत सुरक्षणबापत धितो राखि लिएको देखिन्छ । प्रतिवादीले बयान गर्दा महालक्ष्मी फाइनान्सबाट लिएको कर्जा तत् तत् जग्गामा घर निर्माण गर्दा उपभोग गरेको भनि बयान गरेको देखिन्छ । उक्त महालक्ष्मी फाइनान्सले प्रतिवादीलाई प्रवाह गरेको गृह निर्माण कर्जाअन्तर्गत लिएको कर्जाको साँवा र ब्याज भुक्तानी नगरेबाट सो रकम तिर्न बुझाउनको लागि प्रतिवादी अम्बिका देवी नेपालको नाम उल्लेख गरि मिति २०६९।१।५ मा ७ दिनभित्र साँवा, ब्याज र हर्जनासमेत तिर्न बुझाउन सूचित गरिन्छ भनि सूचना प्रकाशन भएको
देखिन्छ । त्यसै गरि मिति २०६९।४।३ मा ३५ दिने सूचना अन्नपूर्ण पोष्ट दैनिकमा सार्वजनिकरूपमा प्रकाशन गरेको देखिन्छ । सो सूचनामा ऋणी अम्बिका देवी नेपालले महालक्ष्मी फाइनान्सबाट लिएको ऋण रकमको साँवा र ब्याजसमेत तिर्ने बुझाउने सम्बन्धमा मिति २०६९।१।५ गते ७ दिने र मिति २०६९।१।१८ गते १५ दिने सूचना प्रकाशन गर्दासमेत नतिरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३६ औं दिनका दिन सुरक्षण बापत धितोमा रहेका निजका नामको कि.नं. ५०,२५७, २५८ का जग्गा, सो जग्गामा बनेका घर तथा सो घरले चर्चेको सम्पूर्ण लिग लगापातसमेत र कि.नं.४३५, १५२८ र १५३० का जग्गाहरू लिलाम बढाबढ हुने छ भन्ने व्यहोरा उल्लेख भएको
देखिन्छ । प्रतिवादीहरूले आफूले उपभोग गरेको कर्जा चुक्ता गरेको भए त्यसरी धितो राखेको जग्गा एवम् घरसमेत लिलामको लागि सूचना प्रकाशन हुने थिएन । अतः विशेष अदालत, काठमाडौंले प्रतिवादी अम्बिका देवी नेपालसमेतले उपभोग गरेको कर्जा तिरे बुझाएको भनि रू.६,३३,०९,५९७।९६ बिगो (व्यय) कायम गरेको हदसम्म मिलेको देखिएन ।
१७. त्यसैगरि पुनरावेदक प्रतिवादीले ज्वाइँ डोलनाथ उप्रेतीले आयरल्याण्डबाट छोरी सुष्मा नेपाललाई रू.२२,८४,७०२।५० पठाएको, सो रकम छोरीबाट आफूले सापटीस्वरूप चलाई घर निर्माण गरेको र पछि महालक्ष्मी फाइनान्सबाट कर्जा लिई सो रकम छोरीलाई फिर्ता गरिसकेको हुँदा थप बिगो कायम गरेको नमिलेको भनि जिकिर लिएको देखिन्छ । सुष्मा नेपाल प्रतिवादीको छोरी भएको तथ्यमा विवाद छैन । विशेष अदालत, काठमाडौंले ज्वाइँ डोलनाथ उप्रेतीले पठाएको उक्त रू.२२,८४,७०२।५० लाई बिगो र आय दुवैमा गणना गरि फैसला गरेको कुरा मिसिल संलग्न विशेष अदालतको फैसलाबाट देखिन्छ । प्रतिवादी भरतप्रसाद नेपालले विशेष अदालत, काठमाडौंमा गरेको बयानको सवाल जवाफ ६ हेर्दा हाल सो रकम तिरेको भन्ने
देखिन्छ । वादी नेपाल सरकारले उक्त रकम आय र व्ययमा गणना गरेको सम्बन्धमा कुनै जिकिर लिएको पनि देखिँदैन । डोलनाथ उप्रेतीले सो रकम पठाएको समयमा प्रतिवादीले कि.नं. २५७ र २५८ का जग्गामा घर निर्माण गर्दै गरेको कुरा मिसिल संलग्न प्रतिवादीहरूको बयानबाट देखिन्छ । यसरी सापटीस्वरूप लिएको रकम पछि महालक्ष्मी फाइनान्स (वित्तिय संस्था) बाट कर्जा (ऋण) लिई छोरीलाई तिरेको भन्ने देखिएको र फाइनान्सबाट लिएको ऋण रकम तिर्न बुझाउन बाँकी रहेको भन्ने तथ्य सो महालक्ष्मी फाइनान्सको मिति २०६४।११।१८ र मिति २०६५।५।४समेतको पत्रबाट देखिँदा डोलनाथ उप्रेतीले आयरल्याण्डबाट पठाएको रू.२२,८४,७०२।५० प्रतिवादीको बिगोमा कायम गरेको विशेष अदालतको फैसला सो हदसम्म मिलेको देखिएन । अतः विशेष अदालत, काठमाडौंले प्रतिवादीले वीरगञ्जस्थित महालक्ष्मी फाइनान्सलाई तिरेको भनि कायम गरेको रू. ६,३३,०९,५९७।९६ र छोरी सुष्मा नेपाललाई बुझाएको रू. २२,८४,७०२।५० प्रतिवादीको बिगोमा कायम हुन नसक्ने ठहर्छ ।
१८. अब पुनरावेदक प्रतिवादीहरूको व्यय (बिगो) के कति कायम हुन्छ भन्ने सम्बन्धमा हेर्नु पर्ने हुन आएको छ । प्रतिवादी भरतप्रसाद नेपालको मिति २०३४।६।४ देखि २०६३।७।३० सम्मको अवधि जाँच अवधि भएको तथ्यमा विवाद छैन । यस प्रकृतिका मुद्दामा यस अदालतबाट नेपाल सरकार विरूद्ध चिरञ्जिवी वाग्ले (ने.का.प. २०६७, चैत, निर्णय नं. ८५१९, पृष्ठ २००७), नेपाल सरकार विरूद्ध रामाज्ञा चतुर्वेदी (ने.का.प. २०६८, असोज, निर्णय नं. ८६३०, पृष्ठ ९१७), नेपाल सरकार विरूद्ध जयप्रकाश प्रसाद गुप्ता (ने.का.प. २०६८, फागुन, निर्णय नं. ८७२२, पृष्ठ १८९०), नेपाल सरकार विरूद्ध खुमबहादुर खड्का (ने.का.प. २०६९, भदौ, निर्णय नं. ८८३२, पृष्ठ ७७१) लिलाराज गौतमसमेत विरूद्ध नेपाल सरकार (ने.का.प. २०६९, जेठ, निर्णय नं. ८७७०, पृष्ठ २५९), नेपाल सरकार विरूद्ध युवराज शर्मा (ने.का.प. २०६९, पुस, निर्णय नं. ८८८६, पृष्ठ १३४१), नेपाल सरकार विरूद्ध गणेश अर्याल (०६३–CI–०६५०), नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौला (०६५–CR–००३१), नेपाल सरकार विरूद्ध लक्ष्मीराज पाठक (०६५–CR–००४५), नेपाल सरकार विरूद्ध रामकृष्ण तिवारी (२०६२ सालको फौ.पु.नं. ३३९९ समेत), नेपाल सरकार विरूद्ध मुरारीबहादुर कार्की (०६५–CR–०००९), नेपाल सरकार विरूद्ध निरञ्जन बाबु श्रेष्ठ (०६५–CR–००६४) र नेपाल सरकार विरूद्ध आनन्द प्रसाद खनालसमेतका भ्रष्टाचार मुद्दामा Cash Flow को आधारमा नभई Check Period को आधारमा सम्पत्तिको विश्लेषण गरि न्याय निरूपण गर्ने गरेको सन्दर्भमा जाँच अवधिको व्यय र आयलाई छुट्टाटुट्टैरूपमा विश्लेषण गरि निष्कर्षमा पुग्नु पर्ने देखिन आयो ।
१९. आयको वैधानिकता जाँचिने प्रस्तुत मुद्दामा प्रतिवादी भरतप्रसाद नेपाल राष्ट्रसेवक कर्मचारी भएको तथ्यमा विवाद छैन । यी प्रतिवादी र अम्बिका देवी नेपालको बैंकमा आरोपपत्रको तालिका नं.२४ को क्र.सं.११ मा स्रोत खुलेको रू.६०,१८६।८३ मौज्दात रहेको भनि वादी पक्षबाट उल्लेख भएको देखिन्छ । विशेष अदालत, काठमाडौंले प्रतिवादीको बैंक मौज्दातको बिगो भनि रू. ८०,१११।२८ कायम गरेको देखिन्छ । आरोपपत्रको तालिका नं.३ हेर्दा प्रतिवादी भरतप्रसाद नेपाल र संजय अग्रवालको संयुक्त नाममा वीरगञ्जस्थित नेपाल बंगलादेश बैंकमा ००७५३१ एस नं. को खाता रहेको देखिन्छ भने प्रतिवादी अम्बिका देवी नेपालको महालक्ष्मी फाइनान्स लिमिटेड वीरगञ्जमा १२–१०४८७–७ नं., एभरेष्ट बैंक लिमिटेडमा ०१९६६० ए. नं., नेपाल बंगलादेश बैंक लिमिटेडमा ०१८०७० बि नं. को खाता रहेको र उल्लिखित खातामा रू.६०,१८६।८३ रूपैयाँ मौज्दात रहेको देखिन्छ । प्रतिवादीले पेस गरेको पुनरावेदन र बहसनोट हेर्दा सो रकममात्र बिगो कायम गर्नु पर्ने हो । बैंक ब्याजबाट प्राप्त अरू रकम बिगो कायम गर्न मिल्दैन भनि जिकिर गरेको देखिन्छ । यस सम्बन्धमा विशेष अदालतको फैसला हेर्दा उक्त मौज्दात रकमको ब्याजलाई बिगोमा गणना गरेको भन्ने देखिँदैन । निज प्रतिवादीका छोरीहरूको खातामा मौज्दात रहेको रकमलाई बिगो कायम गरेको देखिएको र ऐ.का सगोलमा रहेका निजका छोरीहरूसमेतको आयलाई प्रतिवादीको आयमा गणना हुने सन्दर्भमा छोरी सीमा नेपालको नाममा रहेको सिद्धार्थ बैंकको ०३५३९१ एस, नेपाल बंगलादेश बैंक लिमिटेडको ०१८०६० बि नं.को खातामा रहेको रू.५,६०२।९५ रूपैयाँ र सुष्मा नेपालको नाममा रहेको वीरगञ्ज फाइनान्स लिमिटेडको ११११००००५५ नं. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको ००९३११ नं. को खातामा रहेको रू.१४,३२१।४९ समेत गरि जम्मा रू. ८०,१११।२८ लाई विशेष अदालत, काठमाडौंले बिगो कायम गरेकोलाई अन्यथा भन्न मिलेन ।
२०. आरोपपत्रको तालिका नं.४ र ५ हेर्दा प्रतिवादी भरतप्रसाद नेपालको विदेशस्थित भारतको पंजाव नेसनल बैंक रक्सौलमा ५५५।– भारतीय रूपैयाँ रहेको देखिएको र सोको हुने रू. ८८८। ने.रू.लाई विशेष अदालत, काठमाडौंले बिगो कायम गरेको देखिन्छ । पुनरावेदक प्रतिवादीको तर्फबाट पेस भएको बहसनोटमा सो रकमलाई बिगोमा गणना गरेको नमिलेको भनि जिकिर लिएको भए तापनि त्यसरी बैंकमा मौज्दात रहेको रकमलाई बिगो कायम गरेको सम्बन्धमा प्रतिवादीले अन्यथा भन्न नसकेको हुँदा सो रकम पनि प्रतिवादीको बिगो (व्यय) मा गणना हुन्छ ।
२१. प्रतिवादी भरतप्रसाद नेपाल र अम्बिका देवी नेपालकी छोरी सुष्मा नेपालको नाममा वीरगञ्ज फाइनान्स लिमिटेड वीरगञ्जमा रहेको ५३० कित्ता सेयर कर्मचारी सुविधाअन्तर्गत प्राप्त गरेको हुँदा सोको हुने रू.५३,०००।– बिगोमा कायम गर्न मिल्दैन भनि पुनरावेदक प्रतिवादी पक्षबाट जिकिर लिएको
देखिन्छ । विशेष अदालत, काठमाडौंले सोलाई पनि बिगोमा कायम गरि व्यय (बिगो) गणना गरेको देखिन्छ । आरोपपत्रको तालिका नं.७ मा कर्मचारी सुविधाअन्तर्गत प्रतिकित्ता १००।– का दरले ५३० कित्ता सेयरको रू. ५३,०००।– हुने भनि उल्लेख गरि आरोप पत्रमा कुनै पनि जिकिर लिएको नदेखिए तापनि सो सेयर वीरगञ्ज फाइनान्सबाट कर्मचारी सुविधाअन्तर्गत मौद्रिक रकम नतिरि लिएको भन्ने कुरा देखाउन सकेको पाइँदैन । बिगोमा कायम गरेको मिलेन भनेर जिकिर लिएर मात्र हुँदैन । स्पष्ट आधार र कारण देखाएर अदालतलाई विस्वस्त पार्नु पर्ने हुन्छ । यो दायित्व पुनरावेदक प्रतिवादीको नै हो । यसरी एकाघरकी छोरी सुष्मा नेपालले कर्मचारी सुविधाअन्तर्गत मौद्रिक रकम नतिरि रू.५३,०००।– रकम बराबरको ५३० कित्ता सेयर प्राप्त गरेको भन्ने कुरा स्थापित हुन नआएबाट विशेष अदालत, काठमाडौंको फैसला अन्यथा देखिन आएन ।
२२. पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपालको छोरा बिक्रान्त नेपालको नाममा ना.४ प.७९४० नं. को मोटरसाइकल र छोरी सुष्मा नेपालको नाममा ना.४ प.६६२४ नं. को मोटरसाइकल (स्कुटर) भएको भन्ने तथ्य प्रतिवादीहरूको बयानबाट देखिएकामा सो तथ्य मिसिल संलग्न आरोपपत्रको तालिका नं.८ बाट समर्थित भएको देखिन्छ । सो तालिका हेर्दा छोरी सुष्मा नेपालको नामको स्कुटर रू.८२,०००।– मा खरिद गरेको देखिन्छ । सो रकमलाई वादी पक्षले व्ययमा गणना नगरि छोरा बिक्रान्त नेपालको नाममा खरिद भएको उपर्युक्त ना.४ प.७९४० नं. को मोटर साइकलको खरिद मूल्यलाई मात्र बिगोमा कायम गरि मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी पुनरावेदक पक्षको तर्फबाट पेस भएको बहसनोटमा सुष्मा नेपालले खरिद गरेको स्कुटर कर्मचारी सुविधाअन्तर्गत नै खरिद गरेको हुँदा सो हदसम्म कायम भएको बिगो मिलेको छैन । छोरा बिक्रान्त नेपालको नाममा खरिद भएको ना.४ प.७९४० नं.को मोटर साइकलमात्रको रू.१,०१,३९९।– बिगो कायम हुनु पर्ने जिकिर लिएको देखिन्छ । छोरी सुष्मा नेपालसमेतको आयलाई पनि प्रतिवादीको आयमा गणना हुने सन्दर्भ र औचित्यको आधारमा स्कुटरको खरिद मूल्य रू.८२,०००।– समेत गरि कुल रू.१,८३,३९९।– पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपालको बिगोमा गणना गर्न मनासिब नै हुने हुँदा विशेष अदालतले स्कुटर खरिदसमेतको मूल्यलाई बिगो कायम गरेको फैसलामा त्रुटि देखिन आएन ।
२३. प्रतिवादी अम्बिका देवी नेपालका नामको वीरगञ्ज उपमहानगरपालिका वडा नं.४ कि.नं.५० मा ४ तलाको एउटा र कि.नं.२५७ र २५८ को जग्गामा तिनतले एउटा घरसमेत २ वटा घर भएको तथ्यमा विवाद छैन । कि.नं. ५० को जग्गामा बनेको घरको सम्बन्धमा आरोपपत्रको तालिका नं.९ को क्रम सङ्ख्या ११ हेर्दा २०५३ सालमा निर्माण भई २०६१ सालको अवधिमा चार तला निर्माण सम्पन्न भएको भन्ने देखिन्छ । उक्त घर रू.४०,४८,१६५।१२ को मौद्रिक लागतमा निर्माण भएको भन्ने कुरा वादी पक्षबाट आरोपपत्रमा उल्लेख गरेको देखिन्छ । प्रतिवादीले उक्त ४ तलाको घर वादी दाबीको लागतमा निर्माण भएको होइन । वास्तविक क्षेत्रफल ११९९.५६ वर्ग फिट हुनु पर्नेमा वादी पक्षले १२२१.९१ वर्ग फिट कायम गरि लागत बढी देखाएको र सो देखाइएको बिगोलाई नै विशेष अदालतले मान्यता दिई गरेको फैसला सो हदसम्म नमिलेको भनि पुनरावेदन जिकिर लिएको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानको सवाल जवाफ १६ हेर्दा सो घर निर्माणमा रू.१६,२०,०००।- लागत लागेको भन्ने देखिन्छ ।
२४. प्रतिवादीले त्यसरी बढी वर्ग फिट कायम गरि बढी लागत देखाएको भनि जिकिर लिएको भए तापनि मिसिल संलग्न रहेको कि.नं.५० को जग्गामा बनेको घरको अनुसन्धानको क्रममा तयार भएको प्राविधिक मूल्याङ्कन प्रतिवेदन हेर्दा जमिन तला १२२१.९१ वर्ग फिट पहिलो तथा दोस्रो क्रमशः तला १३१३.७८ वर्ग फिट, तेस्रो तला ८८७.१० वर्ग फिट र जमिन तलाको शौचालय ४१.५६ वर्ग फिटमा निर्माण भएको भन्ने देखिन्छ । प्रतिवादीले उक्त घर सोभन्दा कम वर्गफिटमा सोभन्दा कम लागतमा निर्माण भएको भन्ने कुराको विश्वासनीय प्रमाण पेस गर्न सकेको नपाइँदा बढी वर्ग फिट कायम गरि मूल्याङ्कन गरेको भन्ने देखिएन । घर निर्माण लागत अन्यथा प्रमाणित भएमा बाहेक शहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको मापदण्डअनुसार घर निर्माण गरेको सम्बन्धित सालको दररेटका आधारमा यकिन गर्नु पर्ने हुन्छ । मूल्याङ्कन प्रतिवेदनमा भुइँ तला २०५२ पुसमा नक्शा पास गरि निर्माण सुरू भएकाले सो सालको दररेट अनुसार १२२१.९१ वर्गफिटको प्रतिवर्ग फिटको ६१९।–, पहिलो तला २०५६ साउनमा निर्माण भएकाले १३१३.७८ वर्ग फिटको प्रतिवर्ग फिटको ६५८।–, दोस्रो र तेस्रो तला २०५९ कात्तिकमा निर्माण भएकाले प्रति वर्ग फिट ७४४।– का दरले हुने रू.३५,६४,६७३।१२ र ०६२।६३ को दररेटको आधारमा ४०,१७,३६९।२० हुने भन्नेसमेत उल्लेख भएको देखिन्छ । विशेष अदालत, काठमाडौंले सो घरको ०६२।६३ को दररेटको आधारमा नभई जुन जुन साल वा वर्षमा घर र घरका तलाहरू निर्माण भएको हो तत् तत् सालको दररेटको आधारमा मूल्याङ्कन गरि बिगो कायम गरेको देखिन्छ । तसर्थ, सो घरको रू.२८,७२,२१८।४९ बिगो कायम गरेकोलाई अन्यथा भन्न मिल्ने देखिएन ।
२५. कि.नं. २५७ र २५८ को जग्गामा बनेको घरको सम्बन्धमा विचार गर्दा सो घर रू.१,२७,०७,३९२।३३ को आधारभूत लागतमा निर्माण भएको भन्ने व्यहोराले वादी पक्षबाट दाबी लिएको देखिन्छ । प्रतिवादी भरतप्रसाद नेपालले अनुसन्धानको क्रममा घर निर्माणधीन अवस्थामा
थियो । ४० प्रतिशत पुरा हुन बाँकी रहेको अवस्थामा पुरै घर निर्माण सम्पन्न भएको भनि बिगो कायम गरेको मिलेको छैन । सो घर रू.७५,००,०००।– को लागतमा निर्माण सम्पन्न भएको भनि विशेष अदालत, काठमाडौंमा गरेको बयानको सवाल जवाफ १८ मा उल्लेख गरेको देखिन्छ । यसरी घर निर्माणको सम्बन्धमा वादी र प्रतिवादीले फरक–फरक लागतको दाबी गरेको अवस्थामा विशेष अदालत, काठमाडौंले सो घर निर्माणको लागत रू.१,२७,०७,३९२।३३ नै कायम गरेको देखिन्छ । उक्त घरको दुई पटक प्राविधिक मूल्याङ्कन भएको देखिन्छ । २०६३ सालमा गरिएको पहिलो प्राविधिक मूल्याङ्कन प्रतिवेदनमा घर निर्माणाधीन अवस्थामा रहेको भन्ने देखिए तापनि २०६५ सालमा गरिएको दोस्रो प्राविधिक मूल्याङ्कनबाट घर निर्माणाधीन अवस्थामा रहेको भन्ने देखिँदैन । प्रतिवादीले ४० प्रतिशत निर्माण हुन बाँकी भन्ने कुराको तथ्ययुक्त प्रमाण पेस गर्न सकेको देखिँदैन । त्यसमा पनि मिसिल संलग्न अनुसन्धानको क्रममा खिचिएको फोटोबाट पनि निर्माण सम्पन्न भइसकेको देखिनुका साथै आरोपपत्रको तालिका नं. १२ को क्र.सं.२ को कैफियत महलमा सो घरको प्राविधिक मूल्याङ्कन मिति २०६५।१।२५ मा भएको भन्ने देखिएको र तालिका नं.११ बाट ०६१–०६३ को अवधिमा घर निर्माण सम्पन्न भई सकेको भन्ने देखिँदा निर्माण सम्पन्न भैसकेको तथ्य समर्थित हुन आयो ।
२६. घर निर्माणको लागत अन्यथा प्रमाणित भएमा बाहेक शहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको निर्माण भएको सालको दररेटका आधारमा यकिन गर्नुपर्ने हुन्छ । शहरी विकास तथा भवन निर्माण विभागको मिति २०६४।४।९ को पत्रबाट घर निर्माणमा १५ प्रतिशत ओभरहेड कष्ट र ५ प्रतिशत ठेक्का कर समावेश हुने देखिन्छ । यस्तै विवादको विषयवस्तु समावेश भएको माथि उद्धृत गरिएको नेपाल सरकार विरूद्ध डिल्लीरमण निरौलासमेत भएको मुद्दामा व्यक्ति आफैँले बनाएको घरमा १५ प्रतिशत ओभरहेड कस्ट र ५ प्रतिशत ठेक्का कर समावेश नहुने भन्ने उल्लेख भई यस अदालतबाट फैसला भएको देखिन्छ । उक्त दृष्टान्तअनुसार उल्लिखित कि.नं. ५०, २५७ र २५८ का घर प्रतिवादीले ठेकेदारबाट निर्माण नगराई आफैँले निर्माण गरेको भन्ने देखिँदा व्यक्ति आफैँले आफ्नो हेरचाहमा निर्माण गरेको घरको दररेटमा उल्लिखित ओभरहेड कष्ट र ठेक्का कर नलाग्ने हुँदा कि.नं. २५७ र २५८ मा निर्माण भएको घरको आधारभूत लागत रू.१,२७,०७,३९२।३३ मा ओभरहेड कस्ट १५ प्रतिशत र ठेक्का कर ५ प्रतिशत गरि २० प्रतिशत कम गरि बिगो कायम गर्नु पर्ने देखिन्छ । यसरी आधारभूत लागत मूल्यमा २० प्रतिशतले हुने रू.२५,४१,४७८।४७ घटाई हुने रू. १,०१,६५,९१३।८६ र कि.नं ५० को घरको आधारभूत लागत रू. २८,७२,२१८।४९ कायम गरेको विशेष अदालतको फैसला अन्यथा देखिन आएन ।
२७. यसरी प्रतिवादीले जाँच अवधिमा निम्नबमोजिमको शीर्षकमा निम्नबमोजिमका मूल्यका सम्पत्ति आर्जन गरेको देखियो ।
सि.न. विवरण बिगो रकम
१ स्वेदशी बैंकमा मौज्दात रू.८०,१११।२८
२ विदेशी बैंकमा मौज्दात रू.८८८।–
३ सेयर रू.५३,०००।
४ विद्युतीय उपकरण रू.३९,५००।–
५ कि.नं. ५० को घर निर्माणको रू.२८,७२,२१८।४९
६ कि.नं. २५७ र २५८ को घर निर्माणको रू.१,०१,६५,९१३।८६
७ जग्गा खरिद रू.१२,५३,२००।–
८ सवारी साधान (मोटरसाइकल र स्कुटर) रू.१,८३,३९९।–
जम्मारू.१,४६,४८,२३०। ६३
२८. विशेष अदालत, काठमाडौंले प्रतिवादीको आय गणना गरेको सम्बन्धमा प्रतिवादी भरतप्रसाद नेपालले पुनरावेदनमा जग्गा बिक्रीबाट प्राप्त आय, तलब, भत्ता, छोरी सुष्मा नेपालले फाइनान्सबाट लिएको हायर पर्चेज कर्जाको सम्बन्धमा विशेष अदालतले गणना गरेको आयलाई स्वीकार गरि सञ्चय कोष सापटीबाट प्राप्त आय, घर भाडाबाट प्राप्त आय, प्रतिवादी अम्बिका देवी नेपाल तथा छोरीहरूको पारिश्रमिक बापत प्राप्त आय, व्यक्तिगत सापटीका रकम, भाइ शत्रूघन नेपालको आयलाई गणना नगरेको हदसम्म र वादी नेपाल सरकारले सञ्चयकोष सापटीको आय, सुष्मा नेपालको हायर पर्चेज कर्जा, प्रतिवादी अम्बिका देवी नेपालको पारिश्रमिक गणना नगरेको, छोरीहरूको आय कम गणना गरेको, ज्वाइँले पठाएको रकमलाई आयमा गणना गरेको, फाइनान्सको कर्जा कारोबारलाई आयमा गणना गरेको जस्ता विषयलाई स्वीकार गरि तलब, भत्ता तथा दशैंं खर्चबापतको रकम, जग्गा बिक्रीको आय र घर भाडा बढी कायम गरिएको हदसम्म विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनि जिकिर लिएको देखिन्छ । उपर्युक्तबमोजिम प्रतिवादी भरतप्रसाद नेपालकी छोरी सुष्मा नेपालले फाइनान्सबाट लिएको रू. १,००,०००। हायर पर्चेज कर्जा र ज्वाइँ डोलनाथ उप्रेतीले आयरल्याण्डबाट पठाएको रू. २२,८४,७०२।५० आयमा कायम गरेकोलाई प्रतिवादीले पनि स्वीकार गरेको र वादी नेपाल सरकारको तर्फबाट पनि सो सम्बन्धमा कुनै दाबी जिकिर गरेको नदेखिँदा विशेष अदालत, काठमाडौंले हायर पर्चेज कर्जा अन्तर्गत रू. १,००,०००।- र डोलनाथ उप्रेतीले आयरल्याण्डबाट पठाएको रू. २२,८४,७०२।५० प्रतिवादीको आयमा गणना गरेको सम्बन्धमा अब थप विवेचना गरि रहन परेन ।
२९. अब, वादी प्रतिवादी पुनरावेदकको उपर्युक्त दाबी जिकिरबमोजिम प्रतिवादीको के कति आय कायम हुने हो भन्ने सम्बन्धमा विचार गर्दा वादी पुनरावेदकले आरोपपत्रमा लिएका दाबी र प्रतिवादीहरूले बयानमा उल्लेख गरेका जिकिरका सम्बन्धमा मिसिल संलग्न प्रमाणसमेत हेर्दा प्रतिवादीले जाँच अवधिमा प्राप्त गरेको तलब, भत्ता तथा दशैंं खर्चबापतको आय, सञ्चय कोष सापटीबाट प्राप्त आय, जग्गा बिक्रीबाट प्राप्त आय, घर भाडा, प्रतिवादी अम्बिका नेपाल तथा छोरीहरूको पारिश्रमिकबापत प्राप्त आय, महालक्ष्मी फाइनान्सको कर्जाबाट प्राप्त आय, होटल तथा जग्गा खरिद बिक्री लगानी फर्मबाट प्राप्त आय, ज्वाइँ डोलनाथ उप्रेतीले पठाएको आय र पत्रपत्रिका तथा संयुक्त लगानीको गाडीबाट प्राप्त आय र विशेष व्यक्तिगत सापटीको रकमलाई छुट्टाछुट्टैरूपमा विचार गरि हेर्नु पर्ने देखियो ।
३०. सर्वप्रथम प्रतिवादीको तलब भत्ताबाट प्राप्त आयका सम्बन्धमा विचार गर्दा आरोपपत्रको तालिका नं.२ बाट प्रतिवादी भरतप्रसाद नेपाल मिति २०३९।६।१८ मा सेवा प्रवेश गरि प्रस्तुत मुद्दा दायर भएपछि मिति २०६३।७।३० मा निलम्बनमा परेको देखिन्छ । आरोपपत्रको तालिका नं.१७ हेर्दा निजले आ.प.२०३९।४० देखि मात्र सेवा प्रवेश गरि तलब, भत्ता र दशैंं खर्चबापतको रकम प्राप्त गरेको भन्ने उल्लेख भएको देखिन्छ । तर, मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कनको आधारमा प्रतिवादी भरतप्रसाद नेपाल २०३४।६।४ देखि सेवा प्रवेश गरि सेवारत् रहेको देखिएको समेतका आधारमा मिति २०३४।६।४ देखि कै तलब, भत्ता र दशैं खर्चबापतको रकम हिसाब गरि विशेष अदालत, काठमाडौंले रू.६,९०,५०६।६० आय कायम गरेको देखिन्छ । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट पेस भएको पुनरावेदन पत्रमा तलब, भत्ता र दशैंं खर्चबापत दिइने रकम बचत भई सम्पत्ति सङ्ग्रह गर्ने स्रोत नहुने हुँदा आयमा गणना गरेको मिलेको छैन भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । त्यस सम्बन्धमा विचार गर्दा पुनरावेदक वादीको तर्फबाट तलब, भत्ता र दशैंं खर्च यो यति कारणले बचत नहुने भनि वस्तुगत आधार र मनासिब कारण देखाई पुष्टि गर्न नसकेको देखिँदा मासिक पारिश्रमिकमा १० प्रतिशतले हुने रकम सञ्चयकोष कट्टी र मिति २०६२।४।१० देखि मिति २०६३।७।३० सम्मको मासिक रू.२००।– का दरले १६ महिनाको हुने रू.३,२००।– बिमा कट्टी रकम घटाई रू.६,९०,५०६।६० मौद्रिक आय कायम गरेको विशेष अदालत, काठमाडौंको फैसलालाई अन्यथा भन्न मिलेन ।
३१. प्रतिवादी भरतप्रसाद नेपालले कर्मचारी सञ्चय कोषबाट ऋण र सापटी रकम लिएको भन्ने तथ्यमा पनि विवाद छैन । निजले सञ्चय कोषबाट ऋण र सापटी रकम लिएको भन्ने कुरा आरोपपत्रको तालिका नं. २० बाट देखिन आएको छ । उक्त तालिका नं. २० हेर्दा प्रतिवादीले रू.१,०६,२००।– विशेष सापटीसमेत गरि ऋण र सापटी लिएको भन्ने देखिन्छ । विशेष अदालत, काठमाडौंले उक्त रकमलाई प्रतिवादीको मौद्रिक आयमा गणना गरेको देखिन्छ । यस अदालतमा प्रतिवादी पुनरावेदकले ऋण लिएको सबै रकमलाई आयमा नजोडेको हुँदा सो हदसम्म नमिलेको भनि जिकिर गरेको देखिन्छ । मिसिल संलग्न मिति २०६३।१।२८ को पत्र व्यहोरा हेर्दा निजले कर्मचारी सञ्चयकोषबाट अरू थप रू. ४७,१००।– पनि ऋण लिएको तथ्य समर्थित भएको देखिन आएबाट रू. ४७,१००।– घटि गणना गरेको हदसम्म विशेष अदालत, काठमाडौंको फैसला मिलेको
देखिएन । अब प्रतिवादीको सञ्चय कोष सापटी रकम शीर्षकमा रू.४७,१००।– थप भई रू.१,५३,३००।– कायम भई सो रकम प्रतिवादीको आयमा गणना हुन्छ ।
३२. प्रतिवादी भरतप्रसाद नेपाल र अम्बिका देवी नेपाल श्रीमान् श्रीमती भएको तथ्यमा विवाद छैन । प्रतिवादी भरतप्रसाद नेपालको नाममा पैतृक सम्पत्तिबाट प्राप्त भएको कि.नं. २८५ को ०००४४.८१ वर्गमिटर (तिन धुर) जग्गाभन्दा अरू जग्गा जमिन भएको देखिँदैन । आरोपपत्रको तालिका नं. १४ बाट प्रतिवादी अम्बिका देवी नेपाल, छोरी सीमा नेपाल र आमा पदमकुमारीको नाममा रहेका विभिन्न कित्ता जग्गा जाँच अवधिमा नै खरिद गरि सोही अवधिमा केही जग्गा बिक्री भई हक हस्तान्तरण पनि गरेको देखिन्छ । वादी नेपाल सरकारले कि.नं. १५२८।७६, कि.नं. १५३०।७५ को १६.२७, कि.नं. ६९६।६० को ५३.२५ र कि.नं. ६९५।५९ को पुरै खरिदको स्रोत पुष्टि नभएको भनि पुनरावेदन जिकिर लिएको देखिन्छ । व्यक्ति विशेषको आय आर्जनको स्रोत जग्गा जमिन बिक्रीबाट प्राप्त आय हुने तथ्यमा पनि विवाद छैन । प्रस्तुत विवादमा आरोपपत्रको तालिका नं. १५ र १९ मा उल्लिखित जग्गाहरूमध्ये प्रतिवादी अम्बिका देवी नेपाल नामको पर्सा जिल्ला छपकैया गा.वि.स.वडा नं.४ कि.नं. ३२१, मिति २०५०।६।१४ मा रू.१२,५००।– मा, कि.नं. ३९०।४३५ को जग्गा मिति २०५१।११।२८ मा रू.५,०००।– मा, ऐ.ऐ. नगवा–१ कि.नं.६४० को जग्गा मिति २०५१।८।६ मा रू.९,५००।– मा, वीरगञ्ज उपमहागरपालिका वडा नं.२ अन्तर्गतका कि.नं. १५२८।७६ को जग्गा मिति २०६०।८।९ मा रू.१,००,०००।– मा, कि.नं. ६९६।६० को जग्गा मिति २०६०।११।१२ मा ३,५०,०००।– मा, कि.नं.१५३०।७५ को जग्गा मिति २०६१।३।४ मा रू.१,२६,०००।– मा र छोरी सीमा नेपाल नामको कि.नं.६९५।५९ का जग्गा मिति २०६०।११।१२ मा रू.३,५०,०००।– मा बिक्री गरि रू.९,५३,०००।– मौद्रिक आय प्राप्त गरेको भन्ने देखिन आयो । वादी पक्षबाट आरोपपत्रमा रू.२,५०,१४५।२० को मात्र स्रोत खुलेको उल्लेख भएको भए तापनि उक्त जग्गाहरू रू.९,५३,०००।– मा बिक्री गरेको भन्ने कुरा पुनरावेदक प्रतिवादीले पेस गरेको मिसिल संलग्न जग्गा बिक्रीसँग सम्बन्धित हक हस्तान्तरणका कागजातमा उल्लेख भएका लिखतबाट समर्थित हुन आएबाट लिखत मूल्यलाई अन्यथा भन्न मिलेन । तसर्थ, रू.९,५३,०००।– प्रतिवादीको आयमा गणना गर्न मनासिब नै देखिन आयो ।
३३. प्रतिवादी पुनरावेदकले जाँच अवधिमा घर भाडाबापत रू.१८,४७,२५०।– प्राप्त गरेकामा विशेष अदालतले रू.११,१६,२५०।– मात्र घर भाडा प्राप्त गरेको भनि आय गणना गरेको मिलेको छैन भनि पुनरावेदन जिकिर लिएको देखिन्छ । त्यस सम्बन्धमा विचार गर्दा प्रतिवादी अम्बिका देवी नेपालको नाममा वीरगञ्ज उपमहागरपालिकास्थित वडा नं.४ को कि.नं. ५० को जग्गामा भुइँतलासहित चार तला र कि.नं. २५७ र २५८ को जग्गामा तिन तला घर भएको तथ्य आरोपपत्रको तालिका नं.११ बाट
देखिन्छ । तालिका नं. १८ हेर्दा प्रतिवादीले कि.नं. ५० मा बनेको घरको भुइँ तला मिति २०५३।५।१ देखि मिति २०५६।६।१ सम्म प्रति महिना रू.४,५००।– का दरले, मिति २०५६।६।१६ देखि मिति २०५८।१।१४ सम्म प्रति महिना रू. ९,५००।- का दरले, मिति २०५८।१।१५ देखि मिति २०५८।१२।३० सम्म प्रति महिना रू.५,५००।- का दरले र मिति २०५९।१।१ देखि मिति २०६३।७।३० सम्म प्रति महिना रू ४,५००।- का दरले भाडामा दिएको र जाँच अवधिमा रू.६,५७,७५०।– घर भाडा प्राप्त गरेको भन्ने
देखिन्छ ।
३४. २०५३ सालमा भुइँ तलासहित निर्माण भएको घर २०५६ सालमा पहिलो तला, २०६० सालमा दोस्रो तला र २०६१ सालमा तेस्रो तलासमेत थप गरि ४ तलाको घर निर्माण पुरा गरेको भन्ने कुरा आरोपपत्रको तालिका नं. १२ को सिं. नं. १ को विवरणबाट देखिएको छ । सो घरको बहाल निर्धारण गर्ने सम्बन्धमा वादी पक्षले भुइँ तला र पहिलो तलामात्र भाडामा लगाएको समयमा प्रति महिना रू.९,५००।– का दरले घर भाडा प्राप्त भएको कुरा पनि स्वीकार गरेको देखिन्छ । यद्यपि २०५६ सालदेखि क्रमशः २०६१ सालसम्मको अवधिमा ४ तला घरको मिति २०५८।१।१५ देखि मिति २०५८।१२।३० सम्म प्रति महिना रू.५,५००।– का दरले र मिति २०५९।१।१ देखि मिति २०६३।७।३० सम्मको अवधिको प्रति महिना उल्लिखित अवधिको भन्दा कम प्रति महिना रू.४,५००।– का दरले निर्धारण गरेको देखिन्छ ।
३५. भुइँ तलासहित दुई तलामात्र भएको २०५६ देखि २०५८ सालको अवधिमा प्रति महिना रू.९,५००।– का दरले उदयपुर सिमेन्ट उद्योग लिमिटेड भाडामा बसेको घर पुरै ४ तला निर्माण सम्पन्न भै सकेपछि पनि सोभन्दा कम अर्थात् न्यून घर भाडा निर्धारण गर्नु न्यायोचित हुँदैन । वादी पक्षबाट सोभन्दा पछिको अवधिमा सो घर भाडामा नलागेको भन्ने जिकिर पनि प्रस्तुत गर्न सकेको देखिँदैन । यसबाट वादी पक्षबाट निर्धारण गरेको घर भाडालाई विशेष अदालत, काठमाडौंबाट बिना आधार र कारण प्रतिवादीको आयमा गणना गरेको फैसला न्यायोचित र विवेकसम्मत देखिएन । अब न्यायोचित अनुमानको आधारमा कि.नं. ५० को घरको घर भाडाबापत विशेष अदालतले कायम गरेको रू. ६,५७,७५०।– मा रू. ३,६४,५००।– थप भई रू. १०,२२,२५०।– प्रतिवादीको आय कायम हुन्छ ।
३६. कि.नं.२५७ र २५८ मा बनेको घरको घर भाडाको सम्बन्धमा विचार गर्दा आरोपपत्रको तालिका नं १८ मा प्रतिवादीले जाँच अवधिमा रू.७,३५,०००।– आय प्राप्त गरेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । विशेष अदालत, काठमाडौंले पनि सो रकमलाई नै आय कायम गरेको देखिएको र प्रतिवादीले पेस गरेको कृष्णा हस्पिटल एण्ड र रिसर्च सेन्टरसँगको सम्झौतापत्र, सो सेन्टरले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई मिति २०६३।६।११ मा लेखेको पत्रको दोस्रो प्रकरणबाट प्रतिवादी अम्बिका देवी नेपालको घरमा भुइँतला प्रतिमहिना रू. ३०,०००।– का दरले र मिति २०६२।११।१ देखि रू. ३५,०००।– का दरले भाडामा बसेको व्यहोरा उल्लेख भएको छ । साथै सो तथ्य निजले घर बहाल कर तिरेको रसिद एवम् बैंक भौचरबाट पनि समर्थित नै भएबाट कि.नं.२५७ र २५८को घरको घरभाडा रू.७,३५,०००।– कायम गरेको अन्यथा देखिएन । यस प्रकार प्रतिवादीको दुवै घरको घर भाडाबाट प्राप्त आय रू.१७,५७,२५०।– हुने देखियो ।
३७. प्रतिवादीले छोरी सुष्मा र सीमा नेपालले जाँच अवधिमा वीरगञ्ज फाइनान्स, सिद्धार्थ बैंक लिमिटेड र All Time Communication मा काम गर्दा प्राप्त गरेको पारिश्रमिक रू. ८,६०,३५९।७५ मध्ये रू.२,४१,३६६।६६ लाई मात्र आयमा समावेश गरेको विशेष अदालतको फैसला सो हदसम्म नमिलेको भनि पुनरावेदनमा जिकिर लिएको देखिन्छ । सुष्मा नेपाल र सीमा नेपाल प्रतिवादीद्वय भरतप्रसाद नेपाल र अम्बिकादेवी नेपालका छोरीहरू भएको तथ्यमा विवाद छैन । आरोपपत्रको तालिका नं. १ र २१ हेर्दा सुष्मा नेपाल र सीमा नेपालले वीरगञ्ज फाइनान्स, सिद्धार्थ बैंक लिमिटेड र All Time Communication नामक संस्थामा काम गर्ने गरेको कुरा मिसिल संलग्न All Time Communication, वीरगञ्ज फाइनान्स र सिद्धार्थ बैंक लिमिटेडको पत्रबाट देखिन्छ । आरोपपत्रको तालिका नं.२१ बाट वादी पक्षले सीमा नेपाल र सुष्मा नेपालले वीरगञ्ज फाइनान्स र सिद्धार्थ बैंक लिमिटेडमा काम गरेको अवधिको मात्र आयलाई आर्जन अर्थात् आय मानि गणना गरेको देखिन आएको छ । विशेष अदालत, काठमाडौंले सोही तालिकामा निजहरूको आय भनि उल्लेख गरेको रू.२,४१,३६६।६६ लाई मात्र आयमा समावेश गरेको देखिन्छ । तर मिसिल संलग्न All Time Communication को मिति २०५८।१०।१ को पत्रबाट सुष्मा नेपाल मिति २०५८।१०।१ देखि र मिति २०६०।२।३ का पत्रबाट सीमा नेपाल मिति २०६०।२।३ देखि नोकरी गरेको भन्ने देखिन्छ । विशेष अदालत, काठमाडौंले सुष्मा नेपाल र सीमा नेपालले सो Communication मा विभिन्न अवधिमा विभिन्न पदमा कार्यरत् रहँदा निजहरूले आर्जन गरेको पारिश्रमिकलाई आयमा गणना गरेको देखिँदैन । नोकरी गरेको अवस्थामा केही रकम आय आर्जन हुने कुरालाई नकार्न र अन्यथा भन्न मिल्दैन ।
३८. अब निजहरूले सो निकायमा नोकरी गर्दा के कति आय गरेको रहेछ भनि विचार गर्नु पर्ने देखियो । उल्लिखित मितिका पत्रहरूको सर्त नं ५ मा प्रति महिना रू.३,५००।- दरले मासिक पारिश्रमिक पाएको भन्ने देखिन्छ । तर जम्मा नोकरी अवधि कति र सो अवधिमा कति पारिश्रमिक पाएको भन्ने कुरा तथ्यगतरूपमा पुष्टि भएको नदेखिँदा सुष्मा नेपालले रू.३०,०००।- र सीमा नेपालले सो अवधिमा रू.१५,०००।- सम्म आय आर्जन गरेको मानि प्रतिवादी भरतप्रसाद नेपालको आयमा गणना गर्नु न्यायोचित हुने देखिन आएकाले विशेष अदालतले रू.२,४१,३६६।६६ लाई मात्र आयमा गणना गरेको सुरू फैसला मिलेको नदेखिँदा सो रकममा रू. ४५,०००।– थप भई रू.२,८६,३६६।६६ प्रतिवादी भरतप्रसाद नेपालको आयमा गणना हुने देखिन आयो ।
३९. प्रतिवादीले महालक्ष्मी फाइनान्सबाट लिएको ऋण रकमलाई प्रतिवादी अम्बिका देवी नेपालले आफ्नो नामको कि.नं. ५०, २५७ र २५८ का जग्गा सुरक्षणबापत धितो राखि वीरगञ्जस्थित महालक्ष्मी फाइनान्सबाट विभिन्न मितिमा गृह निर्माण कर्जा उपभोग गरेको देखिन्छ । वादी पक्षबाट अम्बिका देवी नेपालले आ.ब.२०५४/५५ देखि आ.ब.२०६३/६४ सम्म रू.६,८८,५४,४००।– ऋण लिएको र रू.६,३३,०९,५७९।९६ तिरेको भन्ने कुरा आरोपपत्रमा उल्लेख गरि उक्त कारोबारलाई आय व्ययमा गणना गरेको देखिँदैन । तर विशेष अदालतले रू.६,८८,५४,४००।– व्ययमा र रू.६,३३,०९,५७९।९६ आयमा गणना गरि फैसला गरेको कुरा मिसिल संलग्न विशेष अदालतको फैसलाबाट देखिन्छ । त्यसबाट प्रतिवादीले अब उक्त वीरगञ्ज फाइनान्स लिमिटेड वीरगञ्जलाई रू. ५५,४४,८२०।०४ मात्र तिर्न बुझाउन बाँकी रहेको भन्ने देखिन आयो । तर, मिसिल संलग्न उक्त महालक्ष्मी फाइनान्स, वीरगञ्जको मिति २०६४।११।१८ को पत्रबाट रू.७४,२४,७००।– र मिति २०६५।५।४ को पत्रबाट रू. १०,००,०००। समेत रू. ८४,२४,७००। कर्जा भुक्तानी गर्न बाँकी रहेको भन्ने देखिँदा विशेष अदालतको फैसला सो हदसम्म मिलेको
देखिएन । अब महालक्ष्मी फाइनान्सलाई तिर्न बुझाउन बाँकी रू.८४,२४,७००।– प्रतिवादीको मौद्रिक आयमा गणना गर्नु पर्ने देखिन आएकाले सो उक्त रू.८४,२४,७००।– प्रतिवादीको आयमा गणना
हुन्छ ।
४०. प्रतिवादीले रवीन्द्रप्रसाद श्रेष्ठबाट रू.२,५०,०००।– सापटी लिएको र सो रकम हालसम्म तिर्न बुझाउन बाँकी रहेको हुँदा आयमा गणना गरि पाउन माग गरेको देखिन्छ । निज रवीन्द्रप्रसाद श्रेष्ठले विशेष अदालत, काठमाडौंमा बयान गर्दा उक्त रकम मिति २०५९।७।६ मा नै फिर्ता लिइसकेको छु भनि बकपत्र गरेको देखिँदा सो रकम आयमा गणना गर्न मिलेन ।
४१. पुनरावेदक प्रतिवादीले प्रतिवादी अम्बिका देवी नेपालले भाइ शत्रूघनकुमार नेपालसँग संयुक्त रूपमा लगानी गरि सञ्चालित गाडीबाट जाँच अवधिमा रू.१७,६४,३५०।– आय आर्जन गरेको हुँदा सो रकमलाई आयमा गणना गरि पाउन जिकिर गरेको देखिन्छ । त्यस सम्बन्धमा हेर्दा उक्त गाडीहरू भाइ/देवर शत्रूघनकुमार नेपालले लिलाम सकार गरेकोसम्म देखिन्छ । लिलाम सकार गरि लिए पछि संयुक्तरूपमा सञ्चालन गरि प्रतिवादी अम्बिका देवी नेपालले आय आर्जन गरेको तथ्य पुष्टि हुन सकेको देखिएन ।
४२. प्रतिवादी अम्बिका देवी नेपालले होटल नेपाल/खरिद बिक्री लगानीबाट प्राप्त आयलाई गणना नगरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा रू.१,२५,०००।– रकम पनि आयमा गणना गरिपाउन प्रतिवादीले पुनरावेदनपत्रमा माग गरेको देखिन्छ । सो सम्बन्धमा विचार गर्दा प्रतिवादी अम्बिका देवी नेपालले जग्गा खरिद बिक्री लगानी गर्ने उद्देश्य राखि नेपाल जग्गा खरिद बिक्री लगानी नामक फर्म दर्ता गरेको र सोको प्रमाणपत्रको प्रतिलिपि पेस गरेको भए तापनि उक्त लगानी बोर्डले के कति कारोबार गरेको भन्ने कुरा स्पष्ट हुन नसकेको हुँदा सो रकम प्रतिवादीको आयमा गणना नगरेको विशेष अदालत, काठमाडौंको फैसलामा त्रुटि देखिएन । सो हदसम्म मिलेको देखियो ।
४३. प्रतिवादी अम्बिका देवी नेपालले साकम्वरी ट्रेडिङ कन्र्सन र खुकुरी फुटवेयर इन्डष्ट्रिज प्रा.लि.वीरगञ्जमा नोकरी गरि रू.८,३१,७००।– आय आर्जन गरेको हुँदा सो रकम पनि मेरो आयमा गणना हुनु पर्नेमा विशेष अदालत, काठमाडौंले आयमा गणना नगरेको हुँदा उक्त रकम आयमा गणना गरिपाउँ भनि प्रतिवादी भरतप्रसाद नेपालले पुनरावेदन जिकिर लिएको देखिन्छ । प्रतिवादीले साकम्वरी ट्रेडिङ कन्सर्न र खुकुरी फुटवेयर इन्डष्ट्रिज प्रा.लि.वीरगञ्जले नोकरी गरेको देखिने पत्रहरू प्रमाणको रूपमा पेस गरेको देखिन्छ । त्यसरी तत् तत् व्यापारिक फर्म र संस्थाले दिएको पत्रबाट प्रतिवादी अम्बिका देवी नेपालले केही समय नोकरी गरेको देखिएता पनि आय आर्जन गरेको भनिएको रकम वादी पक्षले मान्यता नदिएको र अम्बिका देवी नेपालले काम गरेको संस्था निजी प्रकृतिको हुनुको साथै सो रकम आय आर्जन गरेको भन्ने कुरा तथ्यगतरूपमा पुष्टि नभएबाट सो रकमलाई प्रतिवादीको आयमा गणना नगरेको विशेष अदालत, काठमाडौंको फैसला मनासिब नै देखिन आयो ।
४४. त्यसै गरि प्रतिवादी अम्बिका देवी नेपालसमेतले सञ्चालन गरेको प्रकाशन प्रा.लि.बाट र भाइ शत्रूघनकुमार नेपालले विभिन्न पत्रिकामा संवाददाताको रूपमा रहि काम गर्दा प्राप्त गरेको आयलाई पनि आफ्नो आयमा गणना गरि पाउन माग गरेको सम्बन्धमा विचार गर्दा शत्रूघनकुमार नेपाल २०५३ भदौबाट कानूनीरूपमा नै छुट्टि भिन्न भई अलग–अलग बसोबास गर्दै आएको देखिन्छ । यसरी छुट्टि भिन्न भएको अवधिमा छुट्टि भिन्न भएको भाइको आय आर्जन यी दाजु प्रतिवादीको आयमा गणना गर्न न्यायोचित हुँदैन । २०५३ साउनभन्दा पहिले एकासगोलमा रहेको समयमा पनि पत्रिकाका काम गरेर वा पत्रिका सञ्चालनबाट माग दाबीको रकम प्रतिवादीको आयमा गणना गर्न मिल्ने हुँदैन । तसर्थ विशेष अदालत, काठमाडौंले रवीन्द्रप्रसाद श्रेष्ठबाट सापटी लिएको भनि दाबी गरिएको रकम, संयुक्त गाडी लगानीबाट प्राप्त रकम र पत्रपत्रिका सञ्चालन गरि वा सम्वाददाताको रूपमा प्रतिवादी अम्बिका देवी नेपाल तथा शत्रूघनकुमार नेपालको आम्दानीलाई प्रतिवादीको आयमा गणना नगरेको फैसला सो हदसम्म मिलेकै देखिन आयो ।
४५. माथि विभिन्न प्रकरणहरूमा विवेचना गरिएबमोजिम प्रतिवादीले जाँच अवधिमा निम्न स्रोतबाट निम्नबमोजिमको आय आर्जन गरि जम्मा रू.१,४६,४९,७२५।७६ आय आर्जन गरेको देखिन आयो ।
सि.न. विवरण रकम
१ तलब भत्ता रू.६,९०,५०६।६०
२ सञ्चय कोष सापटी रू. १,५३,२००।–
३ जग्गा बिक्री रू. ९,५३,०००।–
४ घर भाडा रू. १७,५७,२५०।–
५ छोरी सुस्मा नेपाल र सीमा नेपालको तलब भत्ता रू. २,८६,३६६।६६
६ हायर पर्चेज कर्जा रू. १,००,०००।–
७ महालक्ष्मी फाइनान्स कर्जा रू.८४,२४,७००।–
८ डोलनाथ उप्रेतीले पठाएको रकम रू २२,८४,७०२।५०
जम्मारू १,४६,४९,७२५।७६
४६. यसरी माथि विभिन्न प्रकरणहरूमा विवेचना गरिएअनुसार प्रतिवादीहरूले जाँच अवधिमा जम्मा रू. १,४६,४८,२३०।६३ मूल्य बराबरको चल अचल सम्पत्ति सङ्ग्रह गरेको पाईन्छ । ऐ. अवधिमा प्रतिवादीहरूबाट जम्मा रू. १,४६,४९,७२५।७६ वैध मौद्रिक आय आर्जन गरेको देखिन आएको छ । यसरी प्रतिवादीहरूको चल अचल सम्पत्तिको वैध स्रोत पुर्णतः पुष्टि हुन आयो । प्रतिवादी भरतप्रसाद नेपाल र प्रतिवादी अम्बिका देवी नेपालले वैध आय स्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आय आर्जन गरेको हो भन्ने वादी दाबी मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कनबाट पुष्टि हुन आएन ।
४७. पुनरावेदक नेपाल सरकारले प्रतिवादीले गैरकानूनीरूपमा सम्पत्ति सङ्ग्रह गरेको हुँदा निज र निजका नामको सम्पत्ति जफतको माग गरेको तर्फ विचार गर्दा गैर कानूनी व्यवहार तबमात्र मान्न सकिन्छ जतिबेला त्यो प्रमाणहरूबाट गैरकानूनी हो भन्ने पुष्टि हुन सक्दछ । प्रतिवादीहरूका कतिपय सम्पत्तिलाई मिसिल संलग्न तथ्यबाट स्वयम् वादी पक्षले वैध भनि घोषणासमेत गरेको देखिएको छ ।
४८. तसर्थ, माथि विवेचना गरिएका आधार प्रमाणहरूबाट आरोप पत्रमा दाबी लिएको सम्पत्तिको वैधानिक स्रोत बिगोभन्दा बढी रू.१,४९५।१३ देखिन आई स्वाभाविक भएको पुष्टि हुन आई वैध आय स्रोतको अनुपातमा प्रतिवादीहरूले अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको नदेखिँदा पुनरावेदक प्रतिवादी भरतप्रसाद नेपालले दाबीको कसुर गरेको ठहर्याई भएको विशेष अदालत, काठमाडौंको मिति २०६७।५।२ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीहरूले सफाई पाउने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम विशेष अदालत, काठमाडौंको फैसला उल्टी भई प्रतिवादी भरतप्रसाद नेपालले सफाइ पाउने ठहरि फैसला भएकाले विशेष अदालत, काठमाडौंको तपसिल खण्डको १ नं. र २ नं. को लगत कायम रहन नसक्ने हुँदा सो लगत कट्टा गर्नु भनि विशेष अदालत र पर्सा जिल्ला अदालतमा लेखि पठाउनू …१
मालपोत कार्यालय, पर्साको मिति २०६२।१०।११, प.स. ७०५२ को पत्रले प्रतिवादी अम्बिका देवी नेपाल नामको कि.नं. ५०, २५७, २५८ का जग्गा, सो जग्गामा बनेका घर र १९९ का जग्गा रोक्का रहेको देखिँदा प्रस्तुत मुद्दाको सन्दर्भमा फुकुवा गर्नु भनि मालपोत कार्यालय, पर्सामा लेखि पठाउनू …२
प्रतिवादीले विशेष अदालत, काठमाडौंमा जेथा जमानतबापत राखेको सुष्मा नेपाल (उप्रेती) को नाममा दर्ता कायम रहेको भक्तपुर जिल्ला दुवाकोट गा.वि.स. वडा नं. १(घ) कि.नं. २२४१ को ०–९–३–० र ऐ.ऐ. कि.नं. २२३९ को ०–६–१–० समेतका २ कित्ता जग्गा मालपोत कार्यालय भक्तपुरको च.नं. ३०६८, मिति २०६६।८।११ को पत्रबाट रोक्का रहेको देखिँदा फुकुवा गरिदिनु भनि मालपोत कार्यालय, भक्तपुरलाई लेखि पठाउनु भनि विशेष अदालत, काठमाडौंमा लेखि पठाउनू …३
प्रस्तुत फैसलाको जानकारी वादी नेपाल सरकारलाई फैसलाको प्रतिलिपि साथै राखि महान्यायाधिवक्ताको कार्यालयमार्फत दिई दायरीको लगत काटि मिसिल नियमानुसार बुझाइदिनू …४
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.दामोदरप्रसाद शर्मा
इजलास अधिकृत: भीमबहादुर निरौला
इति संवत् २०७१ साल भदौ १८ गते रोज ४ शुभम् ।