शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५०५ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास 

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७२।१०।१२।३

 

मुद्दा : गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको 

 

०६७-CR-०३३८

पुनरावेदक / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा.वडा नं. ९ पिङ्गलास्थान बसोबास गरी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहलमा ना.सु.पदमा कार्यरत उमेशकुमार रेग्मीसमेत

 

०६७-CR-१०४१

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान बसोबास गरी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.१ बबरमहलमा ना.सु.पदमा कार्यरत उमेशकुमार रेग्मी

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

 

०६७-CR-०६२२

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान बसोबास गर्ने संजना काफ्ले (रेग्मी)

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले नेपाल सरकार

 

०६७-CR-०८२७

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ मा बसोबास गर्ने लक्ष्मीप्रसादको छोरा अ.वं १३९ नं. बमोजिम बुझिएका रमेश रेग्मी

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

०६७-CR-०८२८

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला दुहवी गा.वि.स. वडा नं. ६ को हाल का.जि.का.म.न.पा. वडा नं. ९ मा बसोबास गर्ने  दीनानाथ प्रसादको छोरा अ.वं १३९ नं बमोजिम बुझिएका लक्ष्मीप्रसाद रेग्मी

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

०६७-CR-०९५९

पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला इनरूवा नगरपालिका वडा नं. २ पूर्वटोल  घर भई  हाल काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान डेरा गरी बस्ने उषादेवी काफ्ले

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

०६७-CR-०२७५

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं म.न.पा.वडा नं.७ चाबहिल घर भई हाल ऐ.वडा नं.३४ मीनभवन बस्ने सुशीलाकुमारी  काफ्ले (अर्याल)

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

०६७-CR-१०३८

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ९ पिङ्गलास्थान डेरा गरी बस्ने सुधीरकुमार काफ्ले

विरूद्ध

प्रत्यर्थी / वादी : अनुसन्धान अधिकृत फणीन्द्र गौतमको प्रतिवेदनले, नेपाल सरकार

 

आयस्रोतको तुलनामा अस्वाभाविक र अमिल्दो सम्पत्ति राख्ने तथा दिने र उच्च जीवनयापन गरेको भन्ने विषय विगतमा राख्दै नराखिएको र राख्नै नपर्ने अति सूक्ष्मतम् हिसाब किताबबाट मात्रै निरूपण हुन सक्ने विषय होइन । बरू त्यस्तो अस्वाभाविकता र अमिल्दोपनको चरित्रलाई अनुसन्धानले टड्कारो रूपमा झल्काउन सकेको हुनुपर्दछ । ठिक ढङ्गबाट लगत नराखेकै कारणले आयका स्रोतहरू असीमित हुँदैनन् । राष्ट्रसेवकले सार्वजनिक पदमा रहँदा प्राप्त गर्ने आय स्रोतको दायरा त झनै साँगुरो हुने हुँदा त्यसको मोटामोटी आँकलन गर्न खासै कठिनाइ हुनुपर्ने देखिन्न । सार्वजनिक पदका अतिरिक्त राष्ट्रसेवकले पैतृक सम्पत्ति, दान दातव्य तथा कुनै वरव्यवसायबाट पनि वैधानिकरूपमा आय प्राप्त गरेको हुन सक्ने ।

(प्रकरण नं.२३)

हामीकहाँ जनजीविकाको आर्थिक लागत, विभिन्न तहगत आयवर्गका व्यक्तिहरूमा जनजीविकाको निमित्त लाग्ने खर्चको भिन्नता र तह निर्धारण आदि केही पनि नभएको अवस्थामा हरेक राष्ट्रसेवकहरूको जीवनस्तर कतिलाई उच्च भन्ने वा नभन्ने, वा कस्तो हैसियतलाई नमिल्दो हैसियत भन्ने प्रश्न उठिरहने गरेको देखिन्छ । आधारभूतरूपमा आर्थिक एवम् सामाजिक मूल्याङ्कन वा सर्वेक्षण गर्ने कुराहरूमा पनि आजसम्म हाम्रो आर्थिक प्रणालीले आवश्यक कार्य गर्न सकेको देखिँदैन, जुन जरूरी छ । उच्च जीवनस्तर भनेको व्यक्तिले आफ्नो वा अर्काको लागि गरेको खर्चले उपभोगको स्तर मापन गर्ने हो वा प्राप्त आयस्तरबाट मापन गर्ने हो, त्यो पनि महत्त्वपूर्ण छ । साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ एवम् हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को सन्दर्भमा समेत हेर्दा सम्पत्ति विवरण नमिल्दो देखिएमा एउटा अनुमानको अवस्था आउने देखिन्छ भने अमिल्दो र अस्वाभाविक जीवनस्तर भोगेको वा आफ्नो हैसियतभन्दा बढी दान दातव्य दिएको भन्ने कुराहरू उपभोगको स्तरबाट देखिने कुराहरू हुन् । कतिपय अवस्थामा व्यक्तिले प्राप्त आय धेरै भए पनि उपभोगमा अति सङ्कुचन गरेको हुन सक्तछ भने कतिपयमा सम्पत्ति विवरण जे भए पनि उच्च उपभोगस्तर कायम राखेको वा अरूलाई दान दातव्य दिएको हुन सक्तछ । सम्पत्ति विवरण र जीवनस्तरको परिसूचकहरूको संयोजन गरी राम्ररी हेर्न सकिएन भने उक्त कानूनी व्यवस्थाहरूको प्रयोजनको लागि सही निष्कर्ष निकाल्न नसकिने ।

(प्रकरण नं.२४)

राष्ट्रसेवकले आयको तुलनामा अस्वाभाविकरूपमा सम्पत्ति आर्जन गरी उच्च जीवनस्तर बिताउने कार्यलाई कानूनले कसुरको रूपमा परिभाषित गर्नुको अर्थ न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गरिएको विषयमाथि नै प्रश्न उठाउनुपर्छ भन्ने होइन । न्यूनतम आधारभूत आवश्यकता पुरा गर्ने चाहना सबैले राखेको हुन्छ । सहरमा बस्नेले एक टुक्रा घडेरी वा शिर ढाक्नको लागि आफ्नो गच्छेअनुसारको सामान्य बास निर्माण गर्ने तथा गाउँमा भए परिवारको लागि एकसरो खान पुग्ने खेती जग्गा जोड्नुलाई अस्वाभाविक मान्न नसकिने ।

दुई अढाई तल्लाको घरको एक तल्लामा आफू बसी अर्को तल्ला भाडामा लगाई घरभाडाबाट केही आय प्राप्त भएको तर्कसङ्गत जिकिर गरिन्छ र त्यो मिसिल प्रमाणबाट विश्वासलायक देखिन आउँछ भने भाडा सम्झौता वा कर तिरेको प्रमाण खोजिरहनु नपर्ने अवस्था हुन सक्दछ । न्यूनतम आवश्यकता पुरा गर्न मानिस खाई नखाई मरिमेटी गरी लागि पर्ने हुँदा समयान्तरमा त्यसरी जोडिएको सम्पत्तिको मूल्याङ्कनमा केही भिन्नता आउनु वा ठिक ढङ्गबाट हिसाबकिताब नराखिएको कारणबाट आयको तुलनामा आर्जित सम्पत्ति र खर्च केही बढी देखिनुलाई अस्वाभाविक र अमिल्दो सम्पत्ति रहेको भनी कसुर ठहर गर्नु न्यायोचित हुन  नसक्ने ।

समान पद वा उस्तै आयवर्गमा पर्ने व्यक्तिहरूले औसतमा बिताउने जीवनशैली वा जीवनयापन गर्न लाग्ने औसत खर्चको हिसाबले अस्वाभाविक ढङ्गले उच्च जीवनस्तर भोगेको भन्ने टड्कारो देखिँदैन भने जो सुकैको लागि पनि तत्काल प्रचलित कानूनको सन्दर्भमा आय र व्ययको कच्चावारी माग गर्नु उचित नदेखिने । 

(प्रकरण नं.२५)

अभियोक्ताले खास वर्षमा गरिएको खास आय वा उपभोग नै स्रोतविहीन हो भनी यकिन गर्न सक्तैन र समष्टिमा दाबी लिन बाध्य हुन्छ भने अदालतसँग हरेक सालको आय र उपभोग स्तरको छुट्टाछुट्टै मूल्याङ्कनको माग गर्न मिल्दो हुन 

सक्तैन । वस्तुतः यस्तो प्रश्नमा अभियोक्ताले नै अनुसन्धानको चरणमा विवादित अमूक सम्पत्ति वा उपभोगको स्तर कुन खास कारणले अमिल्दो र स्रोतविहीन छ भनी तथ्यसाथ किटान गर्न नसकेसम्म यस्ता प्रश्नहरूलाई अमूक प्रमाणको आधारमा निराकरण गर्न सकिने स्थिति रहँदैन । त्यसतर्फ अभियोक्तापक्षले अनुसन्धान एवम् अभियोजन गर्दा नै विशेषरूपमा विचार गरी दाबी लिन सक्नु पर्ने ।

(प्रकरण नं.२९)

कुनै राष्ट्रसेवकले आफ्नो परिवारका सदस्यबाहेक अन्य नातेदार वा व्यक्तिका नाममासमेत गैरकानूनी आर्जनको सम्पत्ति लुकाएको छ भन्ने विषय उठद्छ वा अनुसन्धानबाट देखिन्छ भने त्यस विषयमा छानबिन गर्न र दाबी नै लिन मिल्दैन भन्ने अर्थ गर्न खोजिएको भने होइन । श्वेतग्रिवी अपराधको रूपमा परिचित भ्रष्टाचारको कसुर गर्ने र भ्रष्टाचारबाट गरिएको आर्जन लुकाउने तौरतरिका अनेक हुन 

सक्दछन् । गैरकानूनी आर्जन गर्नेले सधैं आफू वा आफ्नो परिवारका सदस्यका नाममा मात्र सम्पत्ति राख्दछ वा राखेको हुनुपर्दछ भन्ने छैन । यस्तो कसुर गर्ने व्यक्तिले आफ्नो परिवारका सदस्यका नाममा सम्पत्ति राख्दा समातिने डरले परिवारका सदस्य बाहेकका नातागोता, इष्टमित्रलगायत अन्य चिनजानका साथीभाइ एवम् व्यापारीहरूका नाममा समेत सम्पत्ति लुकाउन सक्ने अवस्था र स्थितिलाई इन्कार गर्न नसकिने । 

(प्रकरण नं.३६)

कुनै राष्ट्रसेवक कर्मचारीको भ्रष्टाचारजन्य कसुर वा गैरकानूनी आर्जनबाट जोडिएको कुनै सम्पत्ति परिवारका सदस्यबाहेक अन्य व्यक्तिका नाममा रहेको कुरा अनुसन्धान गर्दै जाँदा विवेकसम्मत रूपमा देखिन आउँछ भने त्यतातर्फ हेर्नै नमिल्ने अर्थात्‌ अनुसन्धान गरी अभियोग लगाउन नसक्ने भन्न नमिल्ने ।

(प्रकरण नं.३८)

सम्पत्ति खरिद गर्दा लगानी गरिएको आधारभूत मूल्यको स्रोत पुष्टि हुन सकेन भने सोही लगानीसम्म गैरकानूनी आर्जन हुनसक्दछ नकि त्यसबाट बढेबढाइएको हालको मूल्य । त्यसैले कुनै सम्पत्ति खरिद गर्दा के कति लगानी गरिएको थियो भनी त्यसको स्रोतसम्म माग्नु र प्रमाणित गर्नु यस प्रकृतिका मुद्दामा कानूनसम्मत र न्यायोचितसमेत हुने ।

(प्रकरण नं.४२)

आर्जन गरिएको स्रोत वैध छ भने त्यसलाई आयको मान्यता दिनुपर्ने हुन्छ । आर्जन गरिएको आयबाट कुनै रकम खर्च गर्नुपर्ने प्रकृतिको देखिएको भन्नेमात्र आधारमा त्यस्तो सम्पत्तिलाई आयको मान्यता दिन नमिल्ने वा वैध नहुने भनी कोरा अनुमान गर्न मिल्दैन । कुनै वैध आयको रकममध्ये के कति खर्च हुने वा बचत हुने हो भन्ने कुरा वस्तुनिष्ठ आधार वा मापदण्ड बेगर मनोगतरूपमा निश्चित गर्न सकिँदैन । यसको लागि स्वीकृत राष्ट्रिय मापदण्ड हुनुपर्दछ । मापदण्ड भएकै अवस्थामा पनि सबै व्यक्तिको खर्च र बचत गर्ने शैली तथा तौरतरिका र त्यसको परिमाण एकै हुनुपर्छ भन्ने जरूरी हुँदैन । आम्दानी र खर्चको वस्तुनिष्ठ आधार तथा सोको माग दाबीको अभावमा केवल पुनरावेदन तहमा जिकिर लिएको भरमा वैध आयको रकमलाई खर्च हुने रकम मान्न नमिल्ने । 

(प्रकरण नं.८२)

कुन सम्पत्ति वैध हो र कुन होइन भन्ने कुरा समग्र आय र सम्पत्तिको विश्लेषणपश्चात् मात्र यकिन हुने विषय भएकोले पहिले नै घर निर्माणको स्रोत पुष्टि नभएको भनी घर बहालबापत प्राप्त आयलाई मान्यता नदिने भन्ने कुरा न्यायोचित हुन नसक्ने ।

(प्रकरण नं.८५)

आरोपपत्रमा हालको मूल्यको आधारमा घरजग्गाको मूल्याङ्कन गरी स्रोत खुलेको र नखुलेको सम्पत्तिको भिन्नता गरिएको देखिन्छ । तर सम्पत्तिको मूल्याङ्कन हालको मूल्यका आधारमा नभई आर्जन गर्दाको तत्कालीन मूल्यका आधारमा हुनुपर्ने मान्यता अदालतबाट कायम भएकोले वादी पक्षले स्रोत खुलेको र नखुलेको भनी आरोपपत्रमा उल्लेख गरेको आधारमासमेत भिन्नता आउने स्पष्ट छ । प्रतिवादीको प्रत्येक आर्थिक वर्षको वैध आय स्रोत र निजले गरेको खर्च तथा आर्जन गरेको सम्पत्तिको यकिन, वस्तुनिष्ठ र तुलनात्मक आधारसहित दाबी नलिइएसम्म कुन सम्पत्तिको स्रोत पुष्टि भएको हो र कुन सम्पत्तिको स्रोत पुष्टि नभएको भनी निर्धारण गर्ने विषय जटिल बन्ने कुरा स्पष्ट छ । त्यसैले यस अदालतले न्यायिक विवेकका आधारमा आयस्रोत, सम्पत्तिको परिमाण र आर्जन गर्दाको अवस्थासमेतलाई विचार गरी जफत प्रयोजनको लागि स्रोत पुष्टि हुन नसकेको सम्पत्तिको निर्धारण गर्दै आएको छ । प्रतिवादीको आय स्रोत प्राप्त हुने अवस्था र अमूक सम्पत्ति आर्जन गरिएको समयसमेतलाई विचार गरी यससम्बन्धी न्यायिक निष्कर्षमा पुग्नु पर्ने ।

(प्रकरण नं.१००)

 

प्रतिवादीका तर्फबाट : अधिवक्ता रेवतप्रसाद खरेल 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक

अवलम्बित नजिर :

ने.का.प. २०६६, अंक ८, नि.नं. ८२००

ने.का.प. २०६७, अंक १२, नि.नं. ८५१९, पृष्ठ २०३३

ने.का.प. २०६८ मङ्सिर निर्णय नं. ८६६७ पृष्ठ १३२९ 

सम्बद्ध कानून :

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ग, २०, २०(१), ४७, दफा ६५ को उपदफा (३)  

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १५ 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३, २९(ख) 

 

सुरू तहमा फैसला गर्ने न्यायाधीश : 

अध्यक्ष माननीय श्री गौरीबहादुर कार्की

सदस्य माननीय श्री ओमप्रकाश मिश्र

सदस्य माननीय श्री केदारप्रसाद चालिसे

 

फैसला

न्या.जगदीश शर्मा पौडेल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत, काठमाडौंको मिति २०६७।१।१४ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतसमक्ष पृथकपृथक पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :

 

मुद्दाको तथ्य

उजुरी व्यहोरा

अर्थ मन्त्रालयभित्र भएको भ्रष्टाचारको गिरोहले भ्रष्टाचार गर्ने, गराउने र त्यसरी भ्रष्टाचार गरी कमाएको रकम अर्थमन्त्री तथा अर्थ सचिवसमेतकोमा पुर्‍याई आफू अनुकूल निर्णय गराई भ्रष्टाचार गर्ने गरेको भन्ने व्यहोराबाट तत्कालीन महाराजाधिराजलाई सम्बोधन गरी परेको उजुरीमा ना.सु. पदमा कार्यरत उमेशकुमार रेग्मीको समेत नाम परी उक्त उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भई आयोगले त्यसै उजुरीको आधारमा प्रतिवादी उमेशकुमार रेग्मीको पारिवारिक विवरण, आर्थिक अवस्था, नोकरी विवरण, घर, जग्गा जमिनसमेतको विवरण सङ्कलन गरी अनुसन्धान तहकिकात गर्दा निम्न लिखित विवरण भएको देखिएको : 

 

उमेशकुमार रेग्मीको पारिवारिक विवरण 

जिल्ला खोटाङ बुईपाबसेरीमा जन्म भै जिल्ला सुनसरी दुहवी गा.वि.स. वडा नं. ६ घर भै हाल का.म.न.पा. वडा नं.९ पिङ्गलास्थान माइती मार्गमा आधुनिक घर निर्माण गरी स्थायी बसोबास गरेका स्व. दिनानाथ रेग्मीका नाति, लक्ष्मीप्रसाद रेग्मीका छोरा हाल आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १ का ना.सु. उमेशकुमार रेग्मीको पारिवारिक विवरण देहायबमोजिम देखिन्छ :

 

तालिका नं. १

सि.नं. नाम नाता वैवाहिक स्थिति पेसा

१ संजना काफ्ले (रेग्मी) श्रीमती     – गृहिणी

२ निकेश रेग्मी छोरा नाबालक –

३ निलिसा रेग्मी छोरी ,, –

४ रमेशकुमार रेग्मी दाजु विवाहित व्यापार

५ श्रीमती राधा रेग्मी भाउजू ,, ,,

६ राकेशकुमार रेग्मी भतिजा अविवाहित विद्यार्थी

७ राजेशकुमार रेग्मी भतिजा ,, ,,

८ सुश्री रेखा रेग्मी भतिजी ,, ,,

९ राजनकुमार रेग्मी भाइ विवाहित नोकरी

१० श्रीमती इन्दिरा रेग्मी भाइ बुहारी ,, गृहिणी

११ २ नाबालक भतिजा भतिजी – –

 

 

उषादेवी काफ्ले (सासू) को पारिवारिक विवरण 

प्रतिवादी उमेशकुमार रेग्मीको सम्पत्तिसम्बन्धी अनुसन्धानको सन्दर्भमा निजको ससुरालीतर्फका व्यक्तिहरूको विवरणसमेत निम्नअनुसार उल्लेख भएको :

तालिका नं. २

सि.नं. नाम नाता वैवाहिक स्थिति कैफियत

१ उषादेवी काफ्ले आफैँ विवाहित २०५७ सालतिर पतिको स्वर्गारोहण भएको

२ डा.सुरेस काफ्ले छोरा विवाहित बेलायतमा बसोबास गर्दै आएको

३ सुशीलाकुमारी काफ्ले (अर्याल) छोरी ,, श्रीमान्‌ निजामती सेवामा उपसचिव पदमा कार्यरत, आफू निजी क्षेत्रको संगठित संस्थामा कार्यरत

४ संजना काफ्ले (रेग्मी) छोरी ,, उमेशकुमार रेग्मीकी श्रीमती

५ सृजना  काफ्ले (पोखरेल) छोरी ,, जनकपुरमा बसोबास गरिरहेकी

६ सुधीरकुमार काफ्ले       छोरो अविवाहित चार्टड एकाउन्टेन्टमा अध्ययनरत तथा चार्टर्ड एकाउन्टेन्ट फर्ममा अडिट गर्ने कार्यमा संलग्न रहनुका साथै वृद्ध आमालाई काठमाडौंमा डेरामा राखी पालन पोषण गरी बसेको 

 

 

उषादेवी काफ्ले (आमा) र सुधीरकुमार काफ्लेको बयानबमोजिम पैतृक सम्पत्तिको विवरणः-

सुधीरकुमार काफ्लेको मिति २०५९।९।२ को बयानबमोजिम पैतृक सम्पत्तिमा धानखेत १ बिगाहा, इनरूवा न.पा. वडा नं. २ मा ७ कठ्ठा घडेरी, दुईतले काठको घर, एकतले पक्की घर, पक्की गोदाम १ र बैंक मौज्दात तथा नगद यकिन नभएको । 

 

बरामदी मुचुल्काबाट देखिएको वस्तुस्थिति

क्यामराः एन.कोन.ए.एफ.२२०–१ थान, सोनी ७०० एक्स डिजिटल जुम डिजिटल ह्याण्ड कम, नयाँ भिडियो मुभी क्यामरा १ थान । 

इलेक्ट्रोनिक्स सामानः सोनी वाकमेन १ थान, यु.के.मा बनेको कालो रंग डेउ भिडियो क्यासेट प्लेयर १ थान रहेको । 

सुनका गहनाः बरामदी मुचुल्काको गहना शीर्षकको नं.२,३,४ र २० का एकसरो गहनाहरू अभियुक्तकी श्रीमती संजना काफ्लेलाई नै प्रयोग गर्न जिम्मा लगाई बाँकी गहनाहरू आयोगको सिलछाप लगाई निजलाई नै छोडिएको र पछि मूल्याङ्कन गर्ने बखत आयोगमा नै ल्याउन लगाई सिलछाप खोलिएको मुचुल्का बनाई सिलछाप खोली मिति २०५९।८।५ मा सुनचाँदी व्यवसायी संघबाट मूल्याङ्कन भई आउँदा रू.४,२२,३०३।६७ मूल्य बराबरको गहनाहरू भएको देखिएको । 

कागजातः उमेशकुमार रेग्मी, श्रीमती संजना रेग्मीका विभिन्न स्थानमा खरिद गरेका जग्गाहरूको जग्गाधनी प्रमाण पुर्जा, श्रीमती संजना काफ्ले (रेग्मी), सासू उषादेवी काफ्ले, जेठीसासू सुशीलाकुमारी काफ्ले (अर्याल) आदिका नाममा रहेको बैंक खाताहरूको चेकबुक, नागरिक बचतपत्रको प्रमाणपत्र, बैंक निक्षेपको मुद्दती रसिद, सेयर प्रमाणपत्रहरू, अन्य व्यक्तिहरूसँगको लेनदेनका कागजात आदि बरामद गरी ल्याएको देखिन्छ । 

नगदतर्फः ने.रू.६,५२,५००।– मध्ये रू.१५,०००।– संजना काफ्ले (रेग्मी) को अनुरोधमा घरायसी खर्चका लागि छोडी बाँकी रू.५,३७,५००।–र विदेशी मुद्रातर्फ अमेरिकी डलरको ट्राभलर्स चेक ११०० नगद अमेरिकी डलर ११७१।- र स्टर्लिङ्ग पाउन्ड ३० बरामद भएको देखियो । 

नोकरी विवरणः प्रतिवादी उमेशकुमार रेग्मीको सरकारी सेवामा कार्यरत कार्यालयको विवरण निम्नानुसार छ :

 

तालिका नं. ३

क्र.सं. काम गरेको कार्यालय पद         मिति नियुक्ति / सरूवा / बढुवा

१ घरेलु सिल्पकला तथा बिक्रीभण्डार, पोखरा २०४५ साउनदेखि २०४५ मङ्सिरसम्म नियुक्ति

२ आवास तथा भौतिक योजना मन्त्रालय लेखापाल २०४५।९।२ देखि २०४९।११।१४ सम्म स्थायी नियुक्ति

३ अर्थ मन्त्रालय ना.सु. २०४९।११।१५   देखि सरूवा, कर विभाग

४ अर्थ मन्त्रालय, तनहुँ कर कार्यालय ,, २०५०।१।१४ सरूवा

५ क्षेत्र नं. ३ कर कार्यालय, बबरमहल ,, २०५१।१।१८ ,,

६ क्षेत्र नं. ४ कर कार्यालय कुलेश्वर ,, २०५७।७।२२ ,,

७ क्षेत्र नं. १ आन्तरिक राजस्व कार्यालय ,, २०५८।६।२२ ,,

(प्रतिवादी उमेशकुमार रेग्मी २०४९।११।१५ मा राजस्व समूहमा सरूवा भएको देखिन्छ ।) 

 

उपर्युक्त विवरणबाट प्रतिवादी उमेशकुमार रेग्मी २०४९।११।१५ देखि २०५१।१।१८ सम्म अर्थात् १ वर्ष २ महिना ३ दिनबाहेक राजस्व समूहभित्र कर प्रशासनका महत्त्वपूर्ण कार्यालयहरूमा कार्यरत रहेको देखिन्छ । 

 

ना.सु.उमेशकुमार रेग्मी राजस्व समूहमा प्रवेश गरेपश्चात्‌ खरिद गरेका जग्गा तथा निजले आफू, आफ्ना परिवार र सासू, साला, जेठी सासूसमेतको नाममा बैंक मौज्दात, बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिक बजार र दोस्रो बजारमार्फत खरिद गरेका सेयरहरू, राष्ट्रिय बचतपत्रहरू, निर्माण गरेको घरको विवरण देहायबमोजिम रहेको छ :

(१) श्रीमती संजना काफ्ले (रेग्मी) को नाममा जिल्ला काठमाडौं, बलम्बु गा.वि.स.३ (क), कि.नं.२२४ को क्षेत्रफल ०–७–३–२ रोपनी जग्गा मिति २०५२।४।७ मा हालैको बकसपत्रबाट खरिद गरेको । 

(२) उमेशकुमार रेग्मीकी सासू उषादेवी काफ्लेको कृषि विकास बैंक, बैंकिङ्ग कार्यालय बत्तिसपुतली स्थित निलिशा रेग्मीलाई आफ्नो शेषपछि इच्छाइएको व्यक्ति राखी रू.१० लाखको बचत र मुद्दती खातामा उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी)ले २०५८ वैशाखदेखि २०५९।४।१३ सम्ममा रू.४५ लाख रकम जम्मा गरेको र हालको बैंक मौज्दात रू.४४,२७,१२९।– भन्दा बढी रहेको देखिन्छ ।

(३) आफ्ना वृद्धा आमालाई डेरामा राखी पालनपोषण गरिरहेका अविवाहित छोरा सुधीरकुमार काफ्ले (उमेशकुमार रेग्मीका साला) ले कृषि विकास बैंक, रत्नपार्क शाखामा मिति २०५८।९।२६ मा बचत खाता नं. ९३१०४४ को खाता खोली आफ्नो शेषपछि इच्छाइएको व्यक्तिमा उमेशकुमार रेग्मीकी एकाघरकी श्रीमती संजना रेग्मीलाई राखी विभिन्न मितिमा आफ्नी दिदी (उमेशकुमार रेग्मीकी जेठी सासू) सुशीलाकुमारी अर्यालको खाताबाट रू. २० लाख ट्रान्सफर गरी जम्मा गरेको र उक्त खातामा रू. २०,३५,४३७।४५ मौज्दात रहेको । 

(४) उमेशकुमार रेग्मीकी एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी) को नाममा जिल्ला काठमाडौं  का.म.न.पा. ७(ख) कि.नं. २३८ क्षेत्रफल ०–८–०–१ रोपनी जग्गा हालैको बकसपत्रबाट मिति २०५२।९।११ मा जग्गा खरिद गरेको ।

(५) उमेशकुमार रेग्मीकी एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी) को नाममा जिल्ला भक्तपुर दधिकोट गा.वि.स. ७(ग) कि.नं. ५१९ क्षेत्रफल ०–८–०–० रोपनी जग्गा मिति २०५१।८।२३ मा खरिद गरेको । 

(६) उमेशकुमार रेग्मीले जिल्ला काठमाडौं का.म.न.पा.–९ कि.नं. ६३ क्षेत्रफल ०–६–२–० रोपनी जग्गा २०५५।१।२४ मा खरिद गरी सोही जग्गामा मिति २०५६।१।२८ देखि २०५८ सालसम्ममा आधुनिक घर 

बनाएको । 

(७) उमेशकुमार रेग्मीले ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ३ (ग) कि.नं. १०२४ क्षेत्रफल ०–६–२–० रोपनी जग्गा मिति २०५४।९।१५ मा राजीनामाबाट रू. २,५१,४००।– मा खरिद गरेको । 

(८) उमेशकुमार रेग्मीले आफ्नो श्रीमती संजना काफ्ले (रेग्मी) को नाममा मिति २०५९।९।१६ मा नेपाल राष्ट्र बैंकबाट निष्कासित रू.३ लाखको ००२८५४ नं. को राष्ट्रिय बचतपत्र खरिद गरेको । 

(९) राजस्व समूहभित्र प्रवेशका सुरूका दिनहरूमा निजले काठमाडौं उपत्यकास्थित बलम्बु, दधिकोट जस्ता सहरभन्दा केही टाढाका न्यून पूर्वाधार तथा न्यून सुविधा भएका जग्गाहरू  खरिद गरेको र गैरकानूनी सम्पत्ति आर्जन गर्ने शृङ्खलाको बृद्धिसँगै काठमाडौंको चाबहिल, बत्तिसपुतली र ललितपुर उपमहानगरपालिका जस्ता घना, आवादी र मूल्य बढी पर्ने महँगा क्षेत्रहरूमा जग्गा तथा घर जोड्ने क्रम सुरू गरेको देखिन्छ । पछि गएर आफू तथा आफ्ना ससुरालीतर्फका व्यक्तिहरूको नाममा समेत लाखौंको तरल सम्पत्ति राख्ने कार्य उत्कर्षमा पुगेको देखिन्छ । 

 

प्रतिवादी उमेशकुमार रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

जेठानले सालाको नाममा घर किन्न पैसा पठाएको थाहा छ । ३–४ महिनाअघि (अर्थात्‌ २०५९ जेठ र असारतिर) सालाको विवाह गर्न भनी रू. २ लाख मलाई पठाएको हो । त्यसभन्दा पहिले उहाँले २०५४ वा २०५५ सालदेखि पैसा पठाउन थाल्नुभएको 

थियो । पैसा पठाउँदा डा. दुर्गा पोखरेल र डा. रामप्रसाद पोखरेलमार्फत आएका मैले थाहा पाएको हुँ । मेरा बाबुले २०२२/२३ सालदेखि व्यापार गर्नुहुन्थ्यो । सो व्यापार हाल मेरा दाजुले गर्दै आउनुभएको छ । म जागिर खानुपूर्व भिडिओ चलाउथेँ साथै सानोतिनो ठेक्काको काम गर्थें र मेरी श्रीमतीले विवाहपूर्वदेखि २०५२ सालसम्म दुरसञ्चार संस्थानमा (तेस्रो तहमा) कार्यरत रहिन् । त्यसपछि ट्युसन पढाउने र सानोतिनो सिलाई बुनाईको काम गर्ने गरेकी थिइन् । बुबाको होटल व्यवसाय थियो, कारोबारको विषयमा थाहा भएन । निजामती सेवामा प्रवेश गरेपछि मैले पैसा ब्याजमा दिने गरेको थिएँ । जागिर खानुपूर्व आर्जन गरेको रू. ३,५०,०००।– रकम ने.बैं.लि. दुहवी शाखामा जम्मा गर्ने गरेको थिएँ । श्रीमती संजना काफ्ले (रेग्मी) का नाउँमा २०५१ सालपछि खरिद भएका तालिका नं. ९ का जग्गाहरू दाजुले पठाएको रकम, आफ्नो तलबको रकम र का.म.न.पा. ७ चाबहिलस्थित श्रीमतीको नामको जग्गा श्रीमतीले अष्टरत्न शाक्यलाई रिझाएबापत बकस पाएकी हुन् । आफ्नो नाममा रहेको विराटनगर उपमहानगरपालिकास्थित जग्गा बिक्री गर्ने प्रयोजनका लागि सहोदर दिदी शोभादेवी अर्यालबाट पटकपटक गरी रू.३,२०,०००।– सापटी लिएर खरिद गरेको र सो जग्गा दिदीलाई नै रू.४,२०,०००।– मा बिक्री गर्न पटकपटक गरी रू. ३,२०,०००।– घरायसी कागज गरी जग्गा दिएको हो । 

सुशीला कुमारी काफ्ले (अर्याल) को नामको खातामा २०५४।६।२० देखि २०५७।३।५ सम्म चारपटक गरी रू.२७ लाख जम्मा गरेको विषयमा डा. सुरेश काफ्लेले बेलायतबाट आमाको नाममा पठाएको रकम उहाँहरूको दिदी बहिनीहरूले पेवाको रूपमा जम्मा गरेको रकम मलाई राखिदिनु भनी भनेकाले मैले लगेर राखिदिएको हुँ । सासूको खातामा रहेको (रू.४५ लाख) रकमको स्रोतको हकमा जेठान डा. सुरेशकुमार काफ्लेले पठाइदिनुभएको हो भन्नेसम्म जानकारी छ । सासूको आग्रहमा राखिदिने काम गरेको हुँ । बाबुले ७ लाख र दाजुले १२ लाख दिनुभएको हो । दाजुले दिएको रू. १२ लाख नगदै ल्याएको हुँ । दाजुको पसलमा लगानी गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी उमेशकुमार रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

 

उषादेवी काफ्लेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान :

बैंकमा कति रकम छ मलाई थाहा छैन । मेरो खातामा रकम जम्मा गर्न छोरी र बहिनी डा.दुर्गा पोखरेल जाने गर्दथे, मलाई खाता खोल्ने दिनमात्र लगेका थिए । मेरो खातामा रहेको रू.१० लाख घरबाट ल्याएको र अरू बेलायत बस्ने जेठा छोराले दिएको हो । बिहे नभएको छोराकी बुहारी कस्ती आउली भनेर मात्र नातिनीलाई इच्छाएकी हुँ । पटकपटक गरी छोराहरूले १० लाख ल्याई दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी उषादेवी काफ्लेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

प्रतिवादी सुशीलाकुमारी काफ्ले (अर्याल) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

बचतपत्र रू.५ लाख र कृषि विकास बैंक रत्नपार्क शाखामा रू.५ लाख गरी जम्मा रू.१० लाख मेरो स्वआर्जनको सम्पत्ति हो । कृषि विकास बैंक, रत्नपार्क शाखामा रहेको रू.१९,९३,०५४।०३ बैंक मौज्दातका सम्बन्धमा उक्त खातामा रकम जम्मा गर्न खाता एक किसिमको साझा खाता भएकोले श्रीमान्‌भन्दा पनि माइतीपट्टिका व्यक्ति बढी जाने गर्नुहुन्थ्यो । जस्तो संजना काफ्ले (बहिनी) र उमेश रेग्मी (बहिनी ज्वाइँ) । उक्त खाता एक किसिमको साझा खाता हो भनी उल्लेख गरेको हुँदा साझेदारहरूको मौज्दात हिस्सा सुशीला कुमारी (अर्याल) काफ्लेको रू. ३,५०,०००।–, सुनीता शर्माको रू.३,५०,०००।– संजना काफ्लेको रू. १,००,०००।–, सृजना पोखरेल रू. ३,००,०००।– र शोभा आचार्यको रू. १,२५,०००।– गरी जम्मा रू. १२ लाख रकम साझा रकम हो । २०५४।०५५ सालतिर पटकपटक गरी रू. १२ लाख जम्मा गरेको र उक्त खातामा रकम जम्मा हुनुअगाडि बहिनी संजनालाई सापट दिएको रकम फिर्ता गर्ने सिलसिलामा जम्मा भएको हो । यति नै रकम जम्मा भएको छ भनी बताउन असमर्थ छु । रू. ८ लाख उमेशकुमार रेग्मीले सापट लगेको जम्मा भएको र अर्को रकम दाइले पठाएको रकम जम्मा भएको हो । मलाई दाइ डा.सुरेश कुमार काफ्लेले हालसम्म रू.३० लाख जति पठाइसक्नु भएको छ । सो रकम मैले बुझी केही दिन घरमा रहन्थ्यो र पछि आमाहरूलाई इनरूवा पठाउँथे । पठाएको रकम हामी दिदी बहिनीमध्ये कसैले माइती गएको बेला लिएर जान्थ्यौं त कहिले भाइले लान्थ्यो । थोरै भएकोले बैंक ड्राफ्ट नबनाई 

लान्थ्यौं । पछि भाइ काठमाडौं पढ्न बसेपछि केही रकम त यतै भाइले नै चलाउँथ्यो । दाजुले पठाएको रकम म राख्दिन थिएँ । आमाको नाममा भएको रकम दाजुले सानिमा दुर्गा पोखरेल र मामा रामप्रसाद पोखरेलको हातबाट पठाइदिनु भएको हो । भाइको खातामा मेरो खाताबाट ट्रान्सफर भएको रू. १५ लाख दाइले दिएकोबाट जम्मा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुशीलाकुमारी अर्यालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

प्रतिवादी सुधीरकुमार काफ्लेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः- 

कृषि विकास बैंक, रत्नपार्क शाखामा २० लाखभन्दा बढी रकम मौज्दातमध्ये  रू. ५ लाख चानचुन मेरो स्वआर्जनको हो । बाँकी मेरा दाजु डा. सुरेश काफ्लेले दिनुभएको हो । दिदी सुशीलाकुमारी काफ्ले (अर्याल) लाई बचतपत्र खरिद गर्न रू. ५ लाख सापटी दिएको थिएँ । सोही रकम प्राप्त भएपछि जम्मा गरेको हुँ । ट्युसन पढाएको र दक्षिणा आदिसमेतबाट जम्मा भएको छ । दाजु सुरेश काफ्लेले मलाई दिएको रकम दिदीको खातामा थियो । अब चैं तेरो पैसा तँ आफैँ राख् घर किन्न लागेको छौं । विवाह गर्ने पनि बेला 

भयो । घर किनेपछि सरसामान जोड्नुपर्छ भनी मेरो खातामा ट्रान्सफर गरिदिनु भएको हो । २०५४ सालतिर दाजु आउनुभएको र २०५५ साल मङ्सिरमा फर्कँदा रू. १५ लाख मेरो बिहेवारी र अन्य आवश्यक पर्दा खर्च गर्न सुशीलालाई छोडेको छ भन्नुभयो । दाजु सुरेशले त्यसो भनेको कुरा पछि दिदी सुशीलाबाट जानकारी पाएँ । यसबाहेक अन्य कुरा थाहा छैन । इच्छ्‌याएको व्यक्तिको हकमा आमाकी भान्जी निलिशाप्रति बढी स्नेह थियो त्यसैले उनलाई नै राख्नु भएको हो । उपयुक्त घर नभेटेकाले घर किन्न ढिला भएको हो । दिदीले सार्नु भएको रकम दाइले पठाएको रकम हो । अन्य कुरा बुझ्नु परे मेरी दिदी सुशीला अर्याल र भिनाजु उमेश रेग्मीलाई बुझी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुधीरकुमार काफ्लेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

डा.दुर्गा पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

सुरेशकी आमा मेरी साहिँली दिदी हुनुहुन्छ । घर किन्न सुरेश काफ्लेले मेरो श्रीमान्‌को बेलायतस्थित खातामा रकम जम्मा गर्ने र सो रकम मेरो नेपालस्थित स्टाण्डर्ड चार्टर्ड बैंकको डलर खातामा जम्मा भएको रकम पटकपटक गरी रू. ४० लाख दिएको छु । बुढानीलकण्ठमा ८ रोपनी र काठमाडौं रविभवनमा २ रोपनी चानचुन जग्गा किनेको र रविभवनको १ रोपनी चानचुन बिक्री गरी सकेकी छु भन्नेसमेत व्यहोराको प्रतिवादीकी सानीआमा सासू डा.दुर्गा पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

प्रतिवादी संजना काफ्ले (रेग्मी) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

दाजु डा. सुरेश काफ्ले बेलायतबाट कहिलेकाहीँ आएर जाँदा ४ हजार हात खर्च दिनुहुन्थ्यो । २०५५ सालतिर बेलायत फर्कंदा २१ इन्चको टि.भी र एक डेक मलाई दिएर जानुभयो । मैले २०५७।१०।१६ मा रू. ९७,०००।– आमाको रकम ड्राफ्टमार्फत मेरो खातामा जम्मा गरेको हो । घर व्यवहारको सबैकुरा मेरो श्रीमान्‌ले गर्ने भएकोले उहाँ अफिस जाने हुँदा नभ्याएकोले मलाई यति राख भन्नुहुन्थ्यो । कृषि विकास बैंक, गौशाला शाखामा खाता खोल्न म र आमा गएका थियौं, कृषि विकास बैंक, रत्नपार्कको बचत खातामा मिति २०५८।१।११ मा मुद्दती खाताबाट जम्मा भएको रू. ५ लाखमध्ये रू. ३ लाखको बचतपत्र खरिद गरेको र रू. ५ लाखको स्रोत मैले जानेसम्म मेरो श्रीमान्‌को पहिले देखिको बचत पैसा जस्तो लाग्छ । सबै रकमको बारेमा थाहा छैन । २०५२ सालदेखि जेठाजुले पैसा पठाउनु 

हुन्थ्यो । त्यहीँ रकम जम्मा गरेजस्तो लाग्छ । सबै कुरा मेरा श्रीमान्‌लाई थाहा छ । पिङ्गलास्थानमा जग्गा किनियो र घर बनाइयो । अरू जग्गा कहाँ छ मलाई थाहा भएन । जेठाजुको दुहवी बजारमा आफ्नै घरमा किराना पसल छ भन्नेसमेत व्यहोराको प्रतिवादी संजना काफ्ले (रेग्मी) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

राजनकुमार रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

दाजु उमेश कुमारलाई बुबाले ७ लाख र दाजु रमेशले १२ लाख जति दिनुभएको हो भन्नेसमेत व्यहोराको उमेशकुमारका भाइ राजकुमार रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

 

रमेशप्रसाद रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः-

पसल २०३२।३३ सालदेखि सञ्चालन गरेको हो । अहिलेको स्थितिमा रू. १० लाखसम्मको टर्नओभर छ । वार्षिक १ लाखसम्म आम्दानी 

हुन्छ । कर वार्षिक १ हजार तिर्छु । २०५२ सालमा भाइ उमेशकुमार रेग्मीलाई घडेरी किन्न रू.२ लाख र २०५७ सालमा एभरेष्ट बैंक लि.दुहवी शाखाबाट हाइपोथिकेसन कर्जा रू. ६ लाख लिई पठाएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी उमेशकुमारका दाजु रमेशप्रसाद रेग्मीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

 

केदारमणी अर्यालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः- 

मेरो श्रीमतीको नाममा कृषि विकास बैंक चाबहिल र रत्नपार्कमा बचत खाता छ । चाबहिलको खाता हाम्रो परिवारको सामूहिक आय जम्मा गर्ने बचत खाता हो । रत्नपार्कको खाता विवाह हुनासाथ निजसँग रहेको विवाहको रहलपहलको रकमबाट खोलिएको हो । निजको स्वआर्जनसमेत त्यसै बैंकमा छ । सम्पत्ति विवरण भर्दा त्यो खातामा देखिएको रकम श्रीमती र दिदी बहिनीहरूको पेवा रकम हो भनेकोले सोही व्यहोरा उल्लेख गरेको र सो खातामा ६ पटकको कारोबारबाट ३२ लाख जम्मा भएको भन्ने सम्बन्धमा मेरो एक रूपैयाँ पनि रहेको छैन । सो रकम के कसरी जम्मा गरियो भन्ने सम्बन्धमा मलाई केही थाहा 

छैन । सो खातामा मेरी श्रीमतीको कति र अन्य व्यक्तिको कति रकम छ भन्नेसमेत मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी उमेशकुमार रेग्मीका साढु दाइ केदारमणी अर्यालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

 

सुरेश काफ्लेले बेलायतबाट इमेलमार्फत प्रेषित गरेको बयानः-

म विगत पन्ध्र वर्षदेखि आँखाको शल्यक्रिया गर्ने चिकित्सकको रूपमा बेलायतमा कार्यरत छु । मैले उमेश रेग्मी, संजना काफ्ले, सृजना काफ्ले, सुशीला काफ्ले र उषादेवी काफ्लेको नाममा प्रत्यक्षरूपमा रकम पठाएको छैन । तर मेरा आमा बुबालाई विगत १२–१३ वर्षदेखि निश्चित अन्तरालमा वार्षिक करिब तिन लाख रूपैयाँका दरले सन् २००० सम्म रकम पठाएको छु । सो रकम मेरी बहिनी सुशीला अर्यालमार्फत मेरा आमा बुबासम्म पुग्दथ्यो । बुबाको मृत्युपछि सन् २००१ को जनवरी (२०५७ पुस–माघ) मा मेरी आमा काठमाडौं आउने निर्णय भएपछि मैले उहाँलाई एउटा सुहाउँदो घर किनिदिने र त्यसलाई करिब ५० लाखसम्म पर्ने भन्ने कुरा भएको 

थियो । मेरी सानिआमा डा. दुर्गा पोखरेल (उहाँले एन्थोली विलेट नामक विदेशीसँग विवाह गर्नु भएको छ) नेपाल आउने भएपछि मैले उहाँलाई मेरी आमालाई ४० लाख दिनुहोस् म तपाईको रकम बेलायत वा अमेरिकामा रहेको तपाइँको श्रीमान्‌को खातामा जम्मा गरिदिन्छु भनी भन्दा उहाँले सो कुरा स्वीकार गरी मेरी आमालाई जनवरी २००१ को लगत्तै पछि ४० लाख दिनुभएको हो । सोभन्दा अगावै मैले मेरा मामा डा.रामप्रसाद पोखरेलले खोलेको एभरेष्ट नर्सिङ्ग होममा १० लाख लगानी गरेको थिएँ । सो लगानीसमेत फिर्ता गरी आमालाई दिनुहोस् भनी मैले भनेको थिएँ र सोहीबमोजिम सो १० लाख पनि आमाको नाममा रहेको हुनुपर्छ । अरू विवरण त्यहीँबाटै पनि पाउन सकिन्छ भन्नेसमेत व्यहोराबाट प्रतिवादी उमेशकुमारका जेठान सुरेश काफ्लेले बेलायतबाट इमेलमार्फत प्रेषित गरेको बयान व्यहोरा । 

 

अनुसन्धान तहकिकातको विस्तृत विवरण

(क) २०५० सालमा पेस गरेको सम्पत्ति विवरणः-

प्रतिवादी उमेशकुमार रेग्मीले राजस्व समूहमा मिति २०४९।११।१५ मा प्रवेश गरेपश्चात् अर्थ मन्त्रालयमा मिति २०५०।८।९ मा पेस गरेको सम्पत्ति विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छः 

 

तालिका नं. ४

क्र.सं विवरण जग्गाधनीको नाम प्राप्तिको व्यहोरा

१ घर १२०० वर्ग फिट दुहवी गा.वि.स.६ सुनसरी लक्ष्मीप्रसाद रेग्मी पैतृक

२ दुहवी गा.वि.स.५ सुनसरी १२ कठ्ठा जग्गा ,, ,,

३   ,,                    १–१०–० जग्गा ,, ,,

४ विराटनगर उ.म.न.पा.०–४–२–० जग्गा आमाको नाममा ,,

५ सिमरिया र कुशाहा गा.वि.स. सुनसरीमा अन्दाजी ५ विगाहा जग्गा आमा र बाबुको  नाममा ,,

६ विराटनगर उ.म.न.पा. ४ मा ८ कठ्ठा घडेरी जग्गा लक्ष्मीप्रसाद रेग्मी ,,

७ सुनसरी जिल्ला दुहवी गा.वि.स.४ मा ५ कठ्ठा जग्गा उमेशकुमार रेग्मी पैतृक / व्यापार

 

 

सुनचाँदी गहनाः-

तालिका नं.४(क)

क्र.स. विवरण के.जी./तोला/ग्राम प्राप्तिको व्यहोरा गरगहना थान

१ सुन ३० तोला पैतृक/दाइजो गरगहना

२ चाँदी २ के.जी. ,, ,,

३ टि.भी. १४ ” दाइजो १ थान

 

 

शेयरः-

तालिका नं. ४(ख)

क्र.सं. सेयरधनीको नाम संस्थाको नाम सेयर सङ्ख्या मूल्य जम्मा

१ उमेशकुमार रेग्मी नेपाल ट्रेडिङ कं.लि. ५० १००।– ५,०००।–

२ उमेशकुमार रेग्मी नेफिन्को ३० १००।–     ३,०००।–

३ संजना काफ्ले (रेग्मी) हिमालयन बैंक लि. २५ १००।– २,५००।–

 

 

नगदः-

तालिका नं. ४(ग)

क्र.सं. खातावालाको नाम नाता खाता भएको बैंकको नाम रकम कैफियत

१ उमेशकुमार रेग्मी  आफैँ कृषि विकास बैंक, पुतलीसडक ५०,०००।– त्यस समयमा बैंक स्टेटमेन्ट  बमोजिम रू.४०,५१३।– मौज्दात रहेको । 

२ ,,                           आफैँ रा.वा.बैंक 

सिंहदरबार शाखा ३०,०००।– त्यस समयमा बैंक स्टेटमेन्ट बमोजिम रू.५७।– मौज्दात रहेको ।

३ संजना काफ्ले श्रीमती कृषि बिकास बैंक चाबहिल                ८०,०००।– त्यस समयमा बैंक स्टेटमेन्ट बमोजिम रू.१५,८७१।०५ मौज्दात रहेको । 

 

सो समयको बैंक स्टेटमेन्ट हेर्दा विवरणमा उल्लेख गरेको रकम नदेखिएकोले झुठो विवरण पेस गरेको । 

 

ऋण सापटी दिएकोः-

तालिका नं. ४(घ)

क्र.सं. ऋण लिने व्यक्तिको नाम रकम फिर्ता गर्ने अवधि

१ मोहन शाक्य, मैतीदेवी ५०,०००।– २०५१ आषाढ

२ गोविन्द पुडासैनी, विराटनगर   ९५,०००।– २०५० चैत्र

 

(ख) अनुसन्धानको दायरा बाहिर राखिएका बैंक खाताहरूः-

देहायका व्यक्तिहरूको नाममा रहेका तालिकामा उल्लिखित खाताहरूलाई सम्बन्धित व्यक्तिको स्वाभाविक आम्दानीको रकमलाई स्वाभाविक बैंकिङ्ग कारोबारको रूपमा अनुसन्धानको दायरा बाहिर राखिएको छः- 

तालिका नं. ५

क्र. सं. खातावालाको नाम अभियुक्तसँग नाता बैंकको नाम इच्छाएको व्यक्ति र नाता खाता नं. र खाता खोलेको मिति मौज्दात रकम रू कैफियत

१ उषादेवी 

काफ्ले सासू रा.वा. 

बैंक 

गौशाला सुधीरकुमार 

काफ्ले 

(छोरा) मु.हि.नं 

३६/२९५ 

२०५७।१०।२३ १,२५,०००। खातावालाको 

अविवाहित 

छोरा

२ ,, ,, ,, ,, ब.हि.नं.

१४९१७  

२०५७।१०।२३३५,७२३।८४

३ सुशीलाकुमारी अर्याल 

(काफ्ले) जेठी सासू कृ.वि. 

बैंक 

चाबहिल केदारमणी 

अर्याल 

(पति) ०९०७८६

२०४९।१।२९ १०,९९,९४१।३३ हाल रू. 

२४,९४१।३३

४ लक्ष्मीप्रसाद 

रेग्मी बाबु ने.बै.लि. दुहवी उल्लेख     

नभएकोब.हि.नं. ९४७१,२१,२८५।८३

५ दिव्यकुमारी 

रेग्मीआमा,,,,ब.हि.नं. ५७०९९२,११३।–

६,,,,,,,,मु.हि.नं. ६१/४१३८,०००।–

जम्मा रू१५,१२,०६४।

 

 

(ग) देहायका खाताहरूमा भएको कारोबार र मौज्दात रहेको रकम अस्वाभाविक देखिएकोले अनुसन्धानको सिलसिलामा आयोगले रोक्का राखी अनुसन्धान गरेकोः-

तालिका नं. ६

क्र. सं. खातावालाको नाम अभियुक्तसँग नाता आफ्नो शेषपछि इच्छाएको व्यक्ति बैंकको नाम खाता नं.  र  खाता खोलेको मिति रकम

१ श्रीमती 

उषादेवी काफ्ले सासू निलिशा रेग्मी       कृ.वि. बैंक बत्तिसपुतली ३११५६६ २०५८।१।५ ३४,२७,१२९।४८

२ ” ”     ” ” २३४९७५  २०५८।१।११ १०,००,०००।

३ सुधीरकुमार काफ्ले सालो संजना काफ्ले (रेग्मी) कृ.वि.बैंक रत्नपार्क ९३१०४४ २०५८।९।२६ २०,३५,४३७।४५

४ संजना काफ्ले श्रीमती उषादेवी काफ्ले कृ.वि. बैंक रत्नपार्क ८२१७०४ २०५४।११।१४ १,४७,९९१।४८

५ सुशिलाकुमारी अर्याल जेठी सासू उल्लेख नभएको ऐ.ऐ ०७२०४१ २०४१।८।२६ पुरानो  खाता नं. ३२०४ १९,९३,०५४।०३

६ सुशिलाकुमारी अर्याल ” सौरभ अर्याल कृ.वि.बैंक रत्नपार्क ४९३५७/८१ २०५५।१२।१८ ५,००,०००।–

७ उमेशकुमार रेग्मी आफैँ     - रा.वा. बैंक सिंहदरबार २४८१० २०४५।९।२ २,४५६।८९

८ ” ” संजना काफ्ले   रेग्मी कृ.वि. बैंक पुतलीसडक ११०१४० २०४८।८।२५ १,६०,९१९।४०

९ ” ” ने.बैं.लि. दुहवी २१३६  २०४३।३।९ ९५१।१२

१० संजना काफ्ले रेग्मी श्रीमती उमेशकुमार रेग्मी   कृ.वि. बैंक, चाबहिल ०८१३८४ २०४८।९।२२ ५१,९२६।१२

११ ” ” निलिशा रेग्मी रा.वा. बैंक मैतीदेवी ४७४२ २०५२।२।२८ १,६५,५७४।२९

                                                  जम्मा ९४,८५,४४०।२६

 

माथि तालिकाको क्रमसङ्ख्या ४ को रकम संजना काफ्ले (रेग्मी) को बैंक खाताको हकमा आफ्नो एकाघरको पति र छोरा छोरीहरू समेतलाई आफ्नो शेषपछिको इच्छाइएको व्यक्ति नराखी आमा उषादेवी काफ्लेलाई राखेको देखिएकोले दाबीमा समावेश नगरिएको । 

क्रमसङ्ख्या ६ को सुशीलादेवी अर्यालको मुद्दती खातामा रहेको रू.५ लाख निजको स्वआर्जनको देखिएकोले दाबीमा समावेश गरिएको छैन । 

 

(घ) आयोगले अनुसन्धानको सिलसिलामा रोक्का राखेको नागरिक बचतपत्रको विवरणः–

तालिका नं. ७

क्र.

सं. बचतपत्र धनीको नाम बचतपत्र नं. नाता इच्छाएको व्यक्ति खरिद मिति रकम रू.

१ संजना काफ्ले (रेग्मी) ००२८५५ श्रीमती आवेदन फर्ममा उल्लेख नभएको २०५८।९।१६ ३,००,०००।–

२ उषादेवी काफ्ले ००२८५४  सासू ,, ,, ५,००,०००।–

३ सुशीला कुमारी ००२८५३ जेठीसासू ,, ,, ५,००,०००।–

  जम्माः १३,००,०००।–

 

 

(ङ) आयोगले अनुसन्धानको सिलसिलामा उमेशकुमार रेग्मीको एकाघर परिवारका सदस्यहरू बाहेक रोक्का राखेको सेयरको विवरणः

 

तालिका नं. ८

क्र. 

सं. सेयर 

धनीको नाम अभियुक्तसँग नाता कम्पनीको नाम खरिद 

मूल्य 

प्रति 

सेयर सेयर सङ्ख्या र खरिद मिति रकम रू कैफियत

१ उषादेवी काफ्ले सासू नेपाल 

ईण्डष्ट्रियल 

एण्ड कमर्सियल बैंक १००। ५०/ 

२०५८।१२।२९५,०००।–

२ ,, ,, ,, १००।– २००/ 

२०५८।१२।२९२०,०००।–

३ ,, ,, ,, ५००।– १०००/ 

२०५७।१।१२ ५,००,०००।– दोस्रो बजारबाट खरिद गरेको

                                                              जम्मा रू.        ५,२५,०००।–

 

 

दाबीमा नलिइएका सम्पत्तिको विवरणः–

(१) उमेशकुमार रेग्मीका घरबाट बरामद भई आएका नगद अमेरिकी डलर ११७१।–, ट्राभलर्स चेक अमेरिकी डलर ११००।– र स्टर्लिङ्ग पाउन्ड ३० निजका विदेशमा काम गर्ने नातेदार मधुसूधन भट्टराईको भन्ने बुझिएकोले दाबी नलिइएको ।

(२) उमेशकुमार रेग्मीका जेठान डा.सुरेश काफ्लेले एभरेष्ट नर्सिङ्ग होममा रू.१० लाख लगानी गरेको र सो रकम हाल निजकी आमा उषादेवी काफ्ले (उमेशकुमार रेग्मीकी सासू) ले पाएको कुरा एभरेष्ट नर्सिङ्ग होमको पत्रसमेतबाट बुझिन आएकोले सो रकम लगानी गरी उषादेवी काफ्लेले खरिद गरेको नागरिक बचतपत्र र सेयरहरूमा दाबी नलिइएको ।  

(३) उमेशकुमार रेग्मीकी जेठीसासू श्रीमती सुशीलाकुमारी काफ्ले (अर्याल) को रू. ५ लाखको राष्ट्रिय बचतपत्र तथा कृषि विकास बैंक, रत्नपार्क शाखामा रहेको रू. ५ लाखको मुद्दती निक्षेप निजको स्वआर्जनको देखिएकोले दाबीमा नलिएको । 

(४) उमेशकुमार रेग्मीकी श्रीमती संजना काफ्ले (रेग्मी) को कृषि विकास बैंक, रत्नपार्क शाखामा रहेको मौज्दात रू. १,४७,९९१।४८ निजले खाता खोल्दाको समयमा आफ्नो एकाघरको पति र छोरा छोरीहरू हुँदाहुँदै आमा उषादेवी काफ्लेलाई राखेको देखिएकोले दाबीमा समावेश नगरिएको । 

 

उमेशकुमार रेग्मीको वर्तमान सम्पत्तिको विवरणः-

(क)अचल सम्पत्तिः-

तालिका नं ९

क्र.

सं. घर जग्गाको विवरण जग्गाधनीको नाम खरिद मिति जग्गाको हालको मूल्य घरको मूल्याङ्कन

१ का.जि. बलम्बु गा.वि.स.३(क)को कि.नं. २२४क्षेत्रफल ०–७–३–२ संजना रेग्मी श्रीमती २०५२।४।७ १,७२,२६५।– -

२ का.म.न.पा.७ (ख) कि.नं. २३८ को क्षे.फ. ०–८–०–१ ,, २०५२।९।११ १०,०७,८१२।५० -

३ का.जि.का.म.न.पा.वडा नं. ९ कि.नं. ६३ क्षे.फ. ०–६–२–० उमेशकुमार रेग्मी (स्वयं) २०५५।१।२४ ९,७५,०००।– २४,११,८४८।८४

४ भक्तपुर जिल्ला दधिकोट७(ग) कि.नं. ५१९ को क्षे.फ. ०–८–०–० संजना रेग्मी श्रीमती २०६०।८।२३ २,५०,०००।– -

५ ल.पु. उ.म.न.पा. वडा नं.३(ग) कि.नं. २४७ को क्षे.फ. ०–६–२–० उमेशकुमार रेग्मी (स्वयं) २०५४।९।१५ ८,५३,१२५।– -

६ साबिक कन्चनबारी ५(क) कि.नं.६ विराटनगर उ.म.न.पा.वडा नं. ४ कि.नं.२०४९ क्षे.फ.०–१–.८ ,, २०५१।२।२० २,३८,०००।– –

जम्मा रू.३४,९६,२०२।५०२४,११,८४८।८४

कूल मूल्य रू.                       घर तथा जग्गाको ५९,०८,०५१।३४

 

(ख) नगद सम्पत्तिः

उमेशकुमार रेग्मीले गैरकानूनीरूपमा आर्जन गरेको भनिएको नगद सम्पत्ति आफ्ना ससुरालीतर्फका नातेदार सासू, साला र जेठीसासूका नाममा राखेको बैंक मौज्दात, निज र निजकी एकाघरकी श्रीमतीको नाममा रहेको विवरणः–

तालिका नं. १०

सि. 

नं. खातावालाको नाम बैंकको नाम खाताको 

किसिम खाता नं. र खाता खोलेको मिति रकम रू. कैफियत

१ उषादेवी काफ्ले कृ.वि.बैंक गौशाला बचत ३११५६६ २०५८।१।५ ३४,२७,१२९।४८ आफ्नो शेषपछि  इच्छाएको व्यक्ति  नाबालक निलिशा  रेग्मीलाई राखेको, रकम जम्मा गर्ने व्यक्ति र चेक काटी खर्च गर्ने व्यक्ति उमेशकुमार रेग्मी नै रहेको ।

२,,,,मुद्दती२३४९७५ २०५८।१।११ १०,००,०००।–

३ सुशीला अर्याल (काफ्ले ) कृ.वि.बैंक रत्नपार्क बचत ०७२०४१  २०४१।८।२६ २०,९३,०५४।०३ निज विद्यार्थी हुँदा खोलिएको खातामा मिति २०५४।६।२०पछि ६ पटकमा रू. ३२ लाख, रकम जम्मा गर्ने व्यक्ति उमेशकुमार रेग्मी रहेको

४ सुधीरकुमार  काफ्ले ,, बचत ९३१०४४ २०५८।९।२६ २०,३५,४३७।४५ आफ्नो शेषपछि इच्छाइएको व्यक्ति उमेशकुमार रेग्मीकी एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी) लाई  राखेको

५ संजना काफ्ले कृ.वि.बैं, चाबहिल ,, ०८१३८४ २०४८।९।२२ ५१,९२६।१२ उमेशकुमार रेग्मी राजस्व समूहमा प्रवेश गर्नुभन्दा अघि एक वर्षमा रू.१७,८००।– जम्मा भएको, राजस्व समूहमा काम गरेको एकवर्ष अर्थात्‌ परीक्षणकालमा रू. १०,५००। जम्मा गरेको र तत्पश्चात्‌ २०५१।३।२९ देखि २०५७।१२।२ सम्म रू.२१,३९,०००।– जम्मा गरेको र खाता खोल्दा रू. ७००।– ले  खोलेको ।

६ उमेशकुमार रेग्मी कृ.वि.

बैंक पुतली सडक ,, ११०१४० ०४८।८।२५ १,६०,९१९।४० राजस्व समूहमा मिति २०४९।११।१५मा प्रवेश गरेपछिको मिति २०५०।१।१४ सम्म रू.८,०६,५००।– रकम जम्मा गरेको ।

७ संजना काफ्ले (रेग्मी) रा.वा.बैंक मैतीदेवी ,, ४७७२ २०५२।२।२८ १,६५,५७४।२९ जम्मा रू. ८,५२,०००।– नगद नै जम्मा    गरेको । खाता खोल्दा रू. १,५०,०००।– जम्मा गरी खोलेको मिति २०५२।२।२८ देखि २०५७।१२।६ सम्म जम्मा रू. १०,४९,०००।– जम्मा गरेको मध्ये २०५७।१०।१९ र २०५७।१२।६ मा गरी जम्मा रू. १,९७,०००।– ड्राफ्टबाट जम्मा भएको घटाउँदा

८ उमेशकुमार रेग्मी रा.वा.बैंक सिंहदरबार बचत २४८१० २०४५।९।२ २,४५६।८९ राजस्व समूहमा प्रवेश गर्नुअघिको खाता ।

९ ,, ने.बै.लि. दुहवी ,, २१३६ २०४५।३।९ ९५१।६९ निजामती सेवामा प्रवेश गर्नुअघिको खाता ।

                                                                   जम्मा८८,३७,४४९।३५

(ग) राष्ट्रिय बचतपत्रमा लगानी गरेको विवरणः

ना.सु.उमेशकुमार रेग्मीले एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी) का नाममा नेपाल राष्ट्र बैंकबाट निष्काशित देहायको राष्ट्रिय बचतपत्र खरिद गरेको देखिन्छः- 

 

तालिका नं. ११

खरिदकर्ताको नाम बचतपत्र नम्बर खरिदकर्ताको परिचय नं. र खरिद मिति रकम रू.

संजना काफ्ले (रेग्मी) ००२८५५ १३५०/५३१, २०५८।९।२० ३,००,०००।–

 

 

(घ) सेयर लगानीः

उमेशकुमार रेग्मीले विभिन्न समयमा लगानी गरेको सेयरको विवरणः-

 

तालिका नं. १२

सि. 

नं. सेयरधनीको नाम कम्पनीको नाम सेयर 

सङ्ख्या प्रति सेयर 

खरिद 

मूल्य जम्मा मूल्य

१ उमेशकुमार रेग्मी नेपाल ट्रेडिङ्ग कम्पनी     ५०  १००।– ५,०००।–

२ ,, नेपाल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कं.लि.     ४० ५०।– २,०००।–

३ निकेश रेग्मी (नाबालक छोरा)     सगरमाथा इन्स्योरेन्स           ३० १००।– ३,०००।–

४ संजना काफ्ले ओरिएन्टल होटल लि.  २१० १००।– २१,०००।–

५ उमेशकुमार रेग्मी नेसनल फाइनान्स एन्ड सेभिङ्ग कं.लि. ३० १००।– ५०% मात्र चुक्ता गरेको १,५००।–

६ ,, नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक लि. १३० ४७०।– ६१,१००।, मिति २०५७।१।१२ मा दोस्रो बजारबाट खरिद ।

७ संजना काफ्ले (रेग्मी) जनक पशुपति बचत तथा ऋण सहकारी संस्था लि. १५० १००।– १५,०००।–

८ उमेशकुमार रेग्मी ,, १०० १००।– १०,०००।–

९ उमेशकुमार रेग्मी नेशनल फाइनान्स एण्ड सेभिङ्ग कं.लि. ३० १००।– ३,०००।–

१० निलिशा रेग्मी एन.वि.बैंक लि. १५ १००।– १,५००।– सेयर नं. ११२०८७१देखि ११२०८८० सम्म रू. ५०।– र २१८६९९१देखि २१८७००० सम्मको रू.१००।– दरको खरिद ।

जम्माः १,२३,१००।–

 

 

(ङ) ऋण सापटः-

ना.सु.उमेशकुमार रेग्मीले सापट दिएको विवरणः-

तालिका नं. १३

विवरण रकम रू.

जिल्ला काठमाडौं कपन गा.वि.स. केशव शाहलाई चलन चल्तीको ब्याजमा २०५९।३।२७ मा दिएको १,००,०००।–

 

 

(च)  घरमा बरामद भएको नगद रकम (स्वदेशी र विदेशी मुद्रा)

तालिका नं.१४

विवरणरकम रू.

रू.१,०००।–,५००।– र १००।– दरका स्वदेशी मुद्राहरू जम्मा रू. ६,५२,५००।- बरामद मितिमा

रू.१५०००।

घर खर्चको लागि संजना काफ्लेलाई दिएको ।

विदेशी मुद्रा अमेरिकी डलर स्टर्लिङ्ग पाउन्ड

ट्राभल्स चेक (मास्टर कार्ड)अमेरिकी डलर १००।–दरका १० थान १,०००।– –

,,      ,,  अमेरिकन एक्सप्रेस)      ,,    ५०।– दरका २ थान १००।– –

नगद अमेरिकी डलर जम्मा ११७१।–

स्टर्लिङ्ग पाउन्ड (नगद) - ३०।–

                           जम्मा विदेशी मुद्राः– २,२७१।– ३०।–

जम्मा स्वदेशी मुद्रा रू. ६,५२,५००।–

 

उमेशकुमार रेग्मीको घरबाट बरामद भएका ट्राभल्स चेक र नगद विदेशी मुद्रा निजका श्रीलंकाको राजधानी कोलम्बोस्थित विदेशी प्रोजेक्टमा काम गर्ने नातेदार मधुसूधन भट्टराईले पठाएको प्राप्त प्रमाण कागजातको आधारबाट देखिएकोले दाबीमा नलिइएको । 

 

(छ) सुनचाँदीः–

बरामदी मुचुल्काबमोजिम रू.४,२२,३०३।६७ मूल्य बराबरको गरगहना देखिएकोमा जेठीसासू  सुशीलाकुमारी  काफ्ले (अर्याल) ले राख्न दिएको गहना निजलाई नै फिर्ता दिएको कारण जम्मा रू.२,४८,५६३।२३ मात्र गहना निज उमेशकुमार रेग्मी साथ रहेको भन्ने देखिन्छ ।

 

(ज) उमेशकुमार रेग्मीले देहायका तालिकामा उल्लिखित व्यक्तिहरूको नाममा आफैँले फर्म भरी तथा दस्तखतसमेत गरी इन्टरनेसल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लि. को मिति २०५९ श्रावणमा क्र.सं.१ देखि १३ सम्म र एल.आई.सी. नेपाल लि.को क्र.सं. १४ देखि २८ सम्मको सेयर आह्वान पत्र खरिद गरेको विवरण तपसिलको तालिकामा प्रस्तुत गरिएको र उक्त सेयरको आयोगले बाँडफाँड गर्ने कार्यमा रोक्का लगाएको देखिन्छ ।

 

तालिका नं. १५

क्र.सं. सेयरधनीको नाम अभियुक्तसँग नाता, खरिद मूल्य प्रति सेयर सेयर सङ्ख्या र खरिद मिति रकम रू.

१ निकेश रेग्मी छोरा ५०।– ३०० १५,०००।–

२ लक्ष्मीप्रसाद रेग्मी बाबु ५०।– ३०० १५,०००।–

३ बालमुकुन्द खनाल ,, ५०।– ३०० १५,०००।–

४ मुकुन्दप्रसाद अर्याल भिनाजु ५०।– ३०० १५,०००।–

५ उषादेवी अर्याल सासू ५०।– ३०० १५,०००।-

६ राकेशकुमार रेग्मी भतिजा ५०।– ३०० १५,०००।-

७ राजेश रेग्मी ,, ५०।– ३०० १५,०००।-

८ उमेशकुमार रेग्मी आफैँ ५०।– ३०० १५,०००।-

९ संजना काफ्ले (रेग्मी) श्रीमती ५०।– ३०० १५,०००।-

१० निलिशा रेग्मी छोरी ५०।– ३०० १५,०००।-

११ शोभादेवी अर्याल – ५०।– ३०० १५,०००।-

१२ मुनेशप्रसाद अर्याल – ५०।– ३०० १५,०००।-

१३ सकुन अर्याल – ५०।– ३०० १५,०००।

१४ लक्ष्मीप्रसाद रेग्मी बाबु ५०।– ३०० ७,०००।–

१५ बालमुकुन्द खनाल – ५०।– १४० ७,०००।

१६ मुकुन्दप्रसाद अर्याल भिनाजु ५०।– १४० ७,०००।–

१७ संजना काफ्ले (रेग्मी) श्रीमती ५०।– १४० ७,०००।–

१८ राजनकुमार रेग्मी भाइ ५०।– १४० ७,०००।–

१९ राजेश रेग्मी भतिजा ५०।– १४० ७,०००।–

२० उमेशकुमार रेग्मी आफैँ ५०।– १४० ७,०००।–

२१ उषादेवी काफ्ले सासू ५०।– १४० ७,०००।–

२२ सुधीरकुमार काफ्ले साला ५०।– १४० ७,०००।–

२३ शोभादेवी अर्याल भान्जी ५०।– १४० ७,०००।–

२४ सकुन अर्याल – ५०।– १४० ७,०००।–

२५ मुनेशप्रसाद अर्याल – ५०।– १४० ७,०००।–

२६ निकेश रेग्मी छोरा ५०।– १४० ७,०००।–

२७ निलिशा रेग्मी छोरी ५०।– १४० ७,०००।–

२८ राकेशकुमार रेग्मी भतिजा ५०।– १४० ७,०००।–

जम्मा ३,००,०००।–

 

नोटः सबै फर्ममा उमेशकुमार रेग्मीले नै दस्तखत गरेको देखिन्छ ।

 

आयोगले स्रोत खुलेको र नखुलेको सम्पत्तिको विवरण उल्लेख गरेको तालिकाः-

तालिका नं. १६

क्र.सं. स्रोत खुलेको सम्पत्ति स्रोत नखुलेको सम्पत्ति

नामशीर्षकरकम रू शीर्षकरकम रू.जम्मा रकम रू.

१ संजना काफ्ले (रेग्मी) श्रीमती का.जि.बलम्बु गा.वि.स.३ (क) कि.नं. २२४क्षेत्रफल  ०–७–३–२ को जग्गा खरिद गर्दाको स्रोत खुलेको १,७२,२६५। – – १,७२,२६५।–

२ ,, संजना काफ्ले (रेग्मी) ले विवाहको समयमा ल्याएको भनिएको रू.१,५०,०००।–को समानुपातिक बृद्धिको रकम ६,६५,९६२।५० का.म.न.पा. ७ (ख) कि.नं. २३८ को क्षे.फ. ०–८–०–१ को जग्गा खरिद गर्दाको स्रोत नखुलेको ३,४१,८५०।– १०,०७,८१२।५०

३ उमेश कुमार रेग्मी – – का.जि.का.म.न. पा. वडा नं. ९ कि.नं.६३ क्षे.फ.०–६–२–०रोपनी जग्गा र घरको स्रोत नखुलेको ३३,८६,८४८।८४ ३३,८६,८४८।८४

४ संजना काफ्ले (रेग्मी) श्रीमती भक्तपुर जिल्ला दधिकोट ७(ग) कि.नं. ५१९ को क्षे.फ.०–८–० को जग्गा खरिद गर्दाको स्रोत खुलेको २,५०,०००।– – – २,५०,०००।–

५ उमेश कुमार रेग्मी (स्वयं) – – ल.पु.उ.म. न.पा.वडा नं.३(ग) कि.नं. २४७ को क्षे.फ. ०–६–२–० को जग्गा खरिद गर्दाको स्रोत नखुलेको । ८,५३,१२५।– ८,४३,१२५।–

६ ,, साबिक कन्चनबारी ५(क) कि.नं. ६ बिराटनगर उप.म.न.पा.वडा नं. ४ कि.नं. २०४९ को क्षे.फ. ०–१–८ को जग्गा खरिद गर्दाको स्रोत खुलेको २,३८,०००। २,३८,०००।–

७ उषादेवी काफ्ले (सासू) – – कृ.बि.बैंक, बत्तिसपुतली शाखाको बचत खातामा रहेको मौज्दात ३४,२७,१२९।४८ ३४,२७,१२९।४८

८ ,, – – कृ.बि.बैंक बत्तिसपुतली शाखाको मुद्दती खातामा रहेको मौज्दात १०,००,०००।– १०,००,०००।–

९ सुशीला कुमारी काफ्ले (अर्याल) – कृ.वि.बैंक, रत्नपार्क शाखाको बचत खातामा रहेको मौज्दात १९,९३,०५४।०३ १९,९३,०५४।०३

१० सुधीर कुमार काफ्ले (सालो) – – कृ.वि.बैंक, रत्नपार्क शाखाको बचत खातामा रहेको मौज्दात २०,३५,४३७।४५ २०,३५,४३७।४५

११ संजना काफ्ले (रेग्मी) – – कृ.वि.बैंक, रत्नपार्क शाखाको बचत खातामा रहेको मा मौज्दात ५१,९२६।१२ ५१,९२६।१२

१२ ,, – – रा.वा.बैंक मैतिदेवी शाखाको बचत खातामा रहेको मौज्दात । १,६५,५७४।२९ १,६५,५७४।२९

१३ उमेश कुमार रेग्मी – – कृ.वि.बैंक, पुतली सडक शाखाको बचत खातामा रहेको मौज्दात १,६०,९१९।४० १,६०,९१९।४०

१४ ,, रा.वा.बैंक, सिंहदरबार र ने.बैं.लि. दुहवी शाखाको बचत खातामा रहेको मौज्दात ३,४०८।५८ – – ३,४०८।५८

१५ उमेश कुमार रेग्मी – – केशव शाहलाई प्रचलित ब्याज दरमा दिएको सापटी १,००,०००।– १,००,०००।–

१६ ,, – – तालिका नं. १५ बमोजिम विभिन्न व्यक्तिको नाममा आफैँ हस्ताक्षर गरी सेयर खरिदका लागी भुक्तानी गरेको । ३,००,०००।– ३,००,०००।–

१७ ,, आफू र परिवारका नाममा बैंक तथा कम्पनीको खरिद गरेको सेयर १,२३,१००।– – – १,२३,१००।–

१८ ,, घरबाट बरामद भएका सुनका गहनाहरूमध्ये स्रोत खुलेको १,९०,०००। घरबाटबरामद भएका सुनका गहनाहरू मध्येस्रोत नखुलेको ५८,५६३।२३ २,४८,५६३।२३

१९ ,, – – बरामद भएका स्वदेशी मुद्रा ६,५२,५००।– ६,५२,५००।–

२० ,, – – राष्ट्रिय बचतपत्र खरिद गरेको ३,००,०००।– ३,००,०००।–

            जम्माः १६,४२,७६६।०८ १,४८,२६,९२७।८४ १,६४,६९,६६३।९२

 

 

उमेशकुमार रेग्मी राजस्व समूहमा प्रवेश गर्नुअघि र पछिको समयमा निज  र निजको एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी) को बैंक खातामा भएको कारोबारको तुलनात्मक विवरणको फरकः- 

 

तालिका नं. १७

क्र.

सं. खातावालाको नाम. बैंकको नाम खाता नं. राजस्व समूहमा प्रवेश गर्नुअघि जम्मा भएको रकम रू. राजस्व समूहमा प्रवेश भएपछि जम्मा भएको रकम रू. कैफियत

१उमेशकुमार रेगीकृ.वि. बैंक पुतलीसडक११०१४३१,४१,०००।–  ८,०६,५००।–

२संजना काफ्ले कृ.वि.बैंक चाबहिल०८१३८४१७,८००।–२१,४९,५००।–

३ ,, रा.वा.बैंक मैतीदेवी – –               ८,५२,०००।– नयाँ खाता खोलेको 

जम्मा१,५८,८००।–३८,०८,०००।–

 

 

अभियोग माग दाबी

उक्त तथ्य र प्रमाणको विवेचनाबाट प्रतिवादी उमेशकुमार रेग्मी र एकाघरकी श्रीमती संजना काफ्ले 

(रेग्मी), सासू उषादेवी काफ्ले, जेठीसासू सुशीला काफ्ले (अर्याल) र सालो सुधीरकुमार काफ्लेसमेतका नाउँमा रहेको कुल रू.१,६४,६९,६६३।९२ बराबरको चल अचल सम्पत्तिमध्ये रू. १,४३,२२,३५९।०५ बराबरको चल अचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी उमेशकुमार रेग्मीले गैरकानूनीरूपमा आर्जन गरेको पुष्टि हुन आएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) को सान्दर्भिकता तथा साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार कसुर भई त्यसैको निरन्तरताको रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) तथा १६ग लाई समेत मध्यनजर राखी भ्रष्टाचारको कसुर गर्नमा मुख्य भूमिका निर्वाह गर्ने प्रतिवादी उमेशकुमार रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा ऐ. दफा २०(२) बमोजिम रू.१,४३,२२,३५९।०५ बिगोबमोजिम जरिवाना तथा हदैसम्म कैद 

सजाय तथा निजको गैरकानूनी आर्जनको सम्पत्ति जफत गरिपाऊँ ।  साथै प्रतिवादीकी श्रीमती संजना काफ्ले 

(रेग्मी), सासू उषादेवी काफ्ले, जेठी सासू, सुशीला काफ्ले (अर्याल) र सालो सुधीरकुमार काफ्ले नाममा 

उपरोक्तानुसार रहेको अवैध आर्जनको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत भै ऐ. ३० बमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र ।

 

प्रतिवादी उमेशकुमार रेग्मीले विशेष अदालतमा गरेको बयान

मैले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको छैन । म उपरको भ्रष्टाचार गर्‍यो भन्ने उजुरी निवेदन झुठा हो । म निवेदक उजुरीकर्तालाई चिन्दिन । आरोपपत्रमा उल्लिखित कुल सम्पत्ति रू.१,६४,६९,६६३।९२ मध्ये रू.१,४३,२२,३५९।०५ सम्पत्ति गैह्रकानूनीरूपमा आर्जन गरेको भनी उल्लेख गरेपनि उक्त सम्पत्ति सासू उषादेवी काफ्ले, जेठी सासू सुशीला काफ्ले, सालो सुधीर कुमार काफ्लेसमेतको हो । मेरोभन्दा उनीहरूको नै धेरै सम्पत्ति रहेको छ । मेरो नामको सम्पत्ति पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बढी मूल्याङ्कन गरेको छ । आरोपपत्रमा देखाएको सम्पत्ति मसँग छैन । सबै झुठा कुरामात्र हुन् । म हालसम्म पनि छुट्टी भिन्न भएको छैन । आरोपपत्रको तालिका नं.४ मा उल्लिखित सम्पत्ति सबै सगोलको सम्पत्ति हो । मैले आ.व. २०३९।०४० देखि सुनसरी दुहवी मै सानोतिनो ठेक्‍काको कार्य गरी रू.३ लाख जति र भिडियो देखाउने कार्यबाट रू.२,५०,०००।- जति कमाएको थिएँ । २०२२ सालदेखि ०३२ सालसम्म मेरो बुबाले खाना नास्ताको होटल सञ्चालन गर्नु भएको थियो । त्यसपछि किराना पसल सञ्चालन भइरहेको छ । सो पसलबाट हालसम्म घर खर्च कट्टा गरी वार्षिक एक, डेढ लाख बचत हुने गरेको छ । सो पसल हाल सगोलको दाजु रमेशप्रसाद रेग्मीले सञ्चालन गर्नु भएको छ । खेतीको हाम्रो सगोलमै ६।७ बिघा जमिन छ । कृषिबाट खर्च कटाई वार्षिक दुई लाख जति बचत हुने गर्दछ भन्ने कुरा बुबाबाट सुनेको हो ।

म २०४५ सालमा नायब सुब्बा पदमा सेवा प्रवेश गरेको हुँ । आरोपपत्रको तालिका नं. ३ मा उल्लिखित कार्यालयमा काम गरेकोमा काम गरेको अवधिको तलबमात्र गणना गरी रू.४,३३,१००।– देखाइएको 

छ । ग्रेड, लेखा भत्ता, दुर्गम भत्ता र ओभर टाइम भत्ता सम्बन्धमा आरोपपत्रमा कुनै उल्लेख गरेको छैन । ग्रेड, लेखा भत्ता, दुर्गम भत्ता र ओभर टाइम भत्तासमेत गरेर अनुमानित रू.१,५०,०००।- जत्ति प्राप्त गरेको छु । यसको साथै मेरो श्रीमती २०४६ सालदेखि नेपाल दुरसञ्चार संस्थानमा ना. सु. पदमा कार्यरत रही काम गर्दै आएको र मेरो विवाह २०४८ साल जेठमा भएकोले निज श्रीमतीको तलब रू.७१,४६८।७९ मात्र नभई अन्य बोनस रकम रू.४०।५० हजार अरू प्राप्त गरेको र निजले २०४६ साल जेठबाट जागिर खाएकोले सोभन्दा पहिले दुई वर्षको रू.१,५०,०००।– रहेको छ । यसमा उसको पेवा रकमसमेत समावेश भएको छ । का.जि. का.म.न.पा. वडा नं.९ पिङ्गला स्थानमा रहेको कि.नं.६३ को क्षे.फ.०–६–२ जग्गा सगोलको जग्गा रहेको र यो जग्गा खरिद गर्दा २०५५ सालमा बुबाले दिएको रूपैयाँ रू.१,६२,५००।– मा खरिद भएको र हाल मेरो नाममा रहेको छ । उक्त जग्गामा २०५५ साल मङ्सिरदेखि घर बनाउन सुरू गरी अढाई तल्लाको घर बनेको र यो घरमा मेरो निर्माण खर्च १७।१८ लाख रूपैयाँ लागेको छ । यी सबै पैसा सगोलको हो । मेरो जागिरको पैसाबाट यो जग्गा र घर खरिद र निर्माणसमेत भएको छैन । यो घर र जग्गा मेरो सगोलमा नै रहेको छ । २०५६ सालदेखि उक्त घर भाडामा लगाई महिनाको रू.६,०००।– को दरले घर बहाल प्राप्त गरी आएको छु । मैले बहाल कर तिरेको छैन । मेरो भएको आयस्रोतहरू यिनै हुन् । यत्ति हुन्थ्यो जम्मा गरेर भन्नै छैन ।

२०५१ सालदेखि श्रीमतीको दुरसञ्चारबाट जागिर छुटेकोले निजले ट्युसन पढाउने र सिलाई बुनाइको कार्य गरी वार्षिक ५०।६० हजार रूपैयाँ कमाई गर्ने गरेकी छन् । आरोपपत्रको तालिका नं. ४ को विवरण ठिक छ । आरोपपत्रमा उल्लिखित कि.नं. २२४ र कि.नं.२३८ को जग्गा मेरो श्रीमतीले अष्टराम शाक्य र पूर्ण महर्जनबाट मिति २०५२।४।७ र २०५२।९।११ मा हालैको बकसपत्रबाट प्राप्त गरेको हो । यी दुवै जग्गामा थैली रू. क्रमशः रू.११,१००।– र २,२७,००० छ । तर अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट दिइएको विवरणमा क्रमशः रू.१,७२,००० र १०,०७,८१२।- भनी गलत उल्लेख गरेको 

छ । सि.नं.३, ४, ५ र ६ मा उल्लिखित जग्गाहरू मेरो सगोलको सम्पत्तिबाट खरिद गरेको सम्पत्ति हो । यी सम्पत्तिको पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बढाएर मूल्य कायम गरेको छ । त्यस जग्गाको हकमा लिखत मूल्य कायम गर्नु पर्दछ ।

आरोपपत्रको तालिका नं. १० को सि. नं. १ मा उल्लिखित उषादेवी काफ्लेको नाममा कृषि विकास बैंक, गौशालामा रू.३४,२७,१२९।४८, ऐ को मुद्दती खातामा रू.१०,००,०००।– समेत जम्मा भएको नगद उषादेवी काफ्लेको नै हो । मेरो होइन । यी दुवै खाताको रूपैयाँ उहाँको छोरा सुरेश काफ्लेले बेलायतबाट आफ्नी आमा उषादेवी काफ्लेलाई सानीआमा डा.दुर्गा पोखरेल र मामा डा.रामप्रसाद पोखरेलमार्फत दिइएको हो । डा.सुरेश काफ्ले बेलायतमा बस्नु हुन्छ । मेरो सासू उषादेवी काफ्ले मेरो घर छेउमै डेरा गरी बस्नु भएको र अं.५६ वर्षको वृद्ध हुनु भएकोले मेरो छोरी निलिसालाई इच्छाएको हो ।

सि. नं. ३ मा उल्लिखित सुशीला अर्याल (काफ्ले) को नाममा रहेको कृषि विकास बैंक, रत्नपार्कको बचत खातामा जम्मा भएको रू.१९,९३,०५४।०३ सुशीला अर्याल, संजना काफ्ले, सुनीता पौडेल, सृजना पोखरेल, शोभा आचार्यको सगोलको पेवा–दाइजोको रकम भएको र उक्त रकम आमा उषादेवी काफ्ले र दाजु डा.सुरेश काफ्लेबाट प्राप्त भएको हो । सि.नं.४ मा उल्लिखित सुधीरकुमार काफ्ले मेरो सालो नाताको मानिस हो । उसले कृषि विकास बैंक, रत्नपार्कको बचत खातामा रू.२०,३५,४३७।४५ पैसा राखेकोमा उसको आफ्नै पहिलेको रू.५ लाख रहेको र दिदी सुशीला अर्यालबाट सरी आएको अरू रूपैयाँ हो । निजले विवाह नगरेकोले मेरी श्रीमती संजना काफ्लेलाई इच्छाएको हो । सि.नं.५ मा उल्लिखित कृषि विकास बैंक, चाबहिलको बचत खाताको मेरी श्रीमती संजना काफ्लेको नामको रू.५१,९२६।१२ मेरो र श्रीमतीको हो । सि.नं. ६ मा उल्लिखित मेरो नामको कृषि विकास बैंक पुतलीसडकको खाताको रू.१,६०,९१९।४० मध्ये रू.१,२०,०००।– मेरो साथी दीपक राईको हो । साँवा ब्याज गरी त्यति रूपैयाँ भएको हुनुपर्छ । सि.नं.७ को संजना काफ्ले (रेग्मी) को नामको राष्ट्रिय वाणिज्य बैंक, मैतीदेवीको रू.१,६५,५७४।२९ हाम्रो आफ्नो हो । यो पैसा घरबाट जग्गा किन्न र घर बनाउन प्राप्त भएको हो । सि. नं. ८ र ९ को खाता बेचालु खाता हो । 

२०५४ सालमा संजना काफ्लेका नाममा जम्मा भएको कृषि विकास बैंकको रू. ५ लाख मुद्दती खातामा रहेकोमा बचतपत्र खरिद गर्नुपूर्व झिकेर निजकै नाममा ००२८५५ नं. को बचतपत्र ०५८।९।२० मा रू.३ लाखमा खरिद गरिएको हो । यो बचत पत्रको रकम हाम्रो हो । तालिका नं. १२ मा उल्लिखित मेरो नाममा खरिद भएका सेयरहरू मैले खरिद गरेको हो । मेरो श्रीमती, छोरी र छोराहरूले खरिद गरेका सेयरहरू मामा, माइजू, आमा, भिनाजुबाट टीकाटालो गर्दा प्राप्त गरेका पैसाबाट खरिद गरेका हुन् । १३० कित्ता सेयरको खरिद मूल्य ४७० का दरले मैले हिमालय बैंकको २५ कित्ता सेयर बिक्री गरी खरिद गरेको दोस्रो सेयर हो । यसमा लाभांश पनि प्राप्त भएको छ । उक्त विवरणमा यथार्थभन्दा धेरै बढी रकम कायम गरेको देखिन्छ ।

तालिका नं.१५ मा उल्लिखित सेयरहरू मेरो सगोलका दाजु भाइ र ससुरालीतर्फका व्याक्तिहरूले खरिद गर्न लागेको सेयरहरू हो । यो खरिद भइसकेको छैन । निजहरूको आ–आफ्नै पैसा लगानी भएको छ । मैले फर्ममात्र भरिदिएको हुँ । तालिकाको १ देखि २८ सम्म भएको विवरण ठिक छ । तर म, श्रीमती, छोरा, छोरीको नाममा रू.८८ हजारको सेयर खरिद गर्न लागेको सम्बन्धमा मेरो सानीमाको छोरा मधुसूधन भट्टराईले श्रीलंकाबाट २०५९ साल वैशाख जेठमा पठाएको रू. २ लाखमध्ये रू.८८ हजार मैले खर्च गरी बाँकी रूपैयाँ सापट दिई त्यहीं रकम फिर्ता आई घरमा रहेको 

थियो । त्यो पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बरामद गरेको छ । लेनदेन कारोबारको लिखत फट्टा गर्न बाँकी थियो । त्यो कागज हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो नियन्त्रणमा राखेको छ । सि.नं. ५ को मेरो नामको कि.नं.२४७ को ०–६–२–० जग्गामा मेरो रू.२,५१,४०० परेको छ । त्यो सगोलकै सम्पत्ति हो । सि.नं.७, ८, ९, १० को बैंक ब्यालेन्स मेरो होइन विवरणमा देखाइएकै व्यक्तिको रूपैयाँ हो ।

मेरो कुनै पनि सम्पत्ति स्रोत नखुलेको 

छैन । अनुमान र हचुवाको भरमा स्रोत नखुलेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निकालेको विवरण दुरासयपूर्ण र गलत छ । बरामदी मुचुल्कामा उल्लिखित सुन सासू, जेठी सासू सुशीला अर्यालसमेतको हो । जेठी सासूसमेतको सुन फिर्ता भएकोले बाँकी सुन मेरो आफ्नै हो भनी सनाखत गर्दछु । यी गहनामध्ये सासूको ४, ५ तोला गहनासमेत समावेश भई मकहाँ परेको छ । मबाट बरामद भएको १०००।–, ५००।– र १००।– दरका जम्मा रू.६,३७,५००।– रूपैयाँ मेरै हो । सुन बिहेमा दिएका र सासूका गहनाहरू समेत हुन् । मैले नयाँ किनेको छैन । पुराना गहना हुँदाहुँदै पनि बढी मूल्याङ्कन देखाइएको छ । उक्त गहनाको पुरानो मूल्य अदालतबाटै कायम गरिपाऊँ । नगदको हकमा रू. ६ लाख रूपैयाँ साली सृजना काफ्ले (पोखरेल) को हो । बाँकी रू.३७,५००।– मधुसूधन भट्टराईको हो । सो नगदको सम्बन्धमा आयोगमा दुवै जनाले निवेदन दिएको हुनाले बुझिपाऊँ । साथै मेरो सासू बसेको ठाउँमा सुरक्षा नभएर उक्त नगद र गहना मेरो घरमा राख्न दिएको हो । म राजस्व समूहमा आएपछि काठमाडौंमा बस्ने गरेको र घर परिवार, सासू, ससुरालीसमेत यहीं बस्ने भएको कारणले बैंकमा ज्यादा मौज्दात देखिन गएको हो । यो संयोग मात्र 

हो । सालो सुधीरकुमार काफ्ले अडिटर भएकोले प्रायः काठमाडौंभन्दा बाहिर नै रहने भएकोले सासू मेरो नजिक बसेको कारणले गर्दा पैसा राख्ने झिक्ने कार्यसम्म मैले गरिदिएको हो । आयोगले यो पैसा पनि गैरकानूनी आर्जन भनेको छ । त्यो सरासर गलत हो । उक्त रूपैयाँ बैंकमा राख्दा एकजना व्यक्ति इच्छाउनु पर्ने हुँदा निजले नातिनी निलिशालाई इच्छाउनु भएकोसम्म हो । त्यति हुँदैमा उक्त रूपैयाँ मेरो हुने होइन । मैले २०५०।८।९ मा पेस गरेको सम्पत्ति विवरणमा रू.५६,४४१।८८ मात्र बैंक मौज्दात रहेको देखिएको छ । किनभने मैले त्यो समयमा सम्पत्ति विवरण भर्दा नगद महलमा भर्नुपर्ने रू.१,०५,०००।– जत्ति रकम भूलबाट बैंक महलमा देखाएकोले फरक पर्न गएको हो । झुठा विवरण दिएको छैन । मेरो घरबाट जग्गा किन्न घर बनाउन पैसा, घर बहालको पैसा, श्रीमती छोरा छोरीलाई मामा माइजूबाट दिएको रकमसमेत जम्मा भएकोले बैंक मौज्दात बढी देखिएको हो । मैले सेवा प्रवेश गर्नुपूर्व ठेक्कापट्टा र भिडियो सञ्चालन गरी आएको सम्पत्तिको आयकर नतिरेकोले आर्थिक ऐनमा भएको सुविधाबमोजिम सो आय रकम रू.५,००,०००।– बापतको बराबरको आयको कर रू.५०,०००।– तिरेको हो । गैरकानूनी सम्पत्तिलाई कानूनी बनाउने हिसाबले कर तिरेको होइन । केटाकेटी पढाउन शुल्क रू.१३००।–, बिजुली पानी रू.७००।–, टेलिफोन रू.५००।– दालभातको लागि चामल, तेल, हाल घरबाट नै आउँदछ । अन्य तरकारी र खर्च गरी रू.३०००।– गरी महिनाको मेरो रू. ५,५००।– को खर्च छ । र यसमा मेरो घर भाडा रू.६,०००।– पनि मासिक आउँदछ । आयोगको बयान हतारमा गरेको हुँदा केही गल्ती भएको हुन सक्छ । तर मैले अदालतमा गरेको बयान साँचो हुँदा यही बयान प्रमाण लगाइपाऊँ । मेरो बहिनी ज्वाइँ गोपाल पौडेलसँग २०५६ फागुनमा रू.५ लाख काठमाडौंको घर बनाउन सापटी लिएको थिएँ । त्यसको तमसुक कागज मैले गरेको छु । त्यो कागज ऋणीसँगै छ । पछि पेस गर्ने 

छु । यस्तै मेरो दिदी शोभादेवी अर्याललाई मेरो नाममा विराटनगर कन्चनबारीको कि.नं.६ को ०–१–८ जग्गा बिक्री गर्ने सर्तमा दिदीबाट २०५४ सालमा रू.२ लाख र २०५८ सालमा रू.१,२०,०००।- समेत गरी जम्मा रू.३,२०,०००।- लिई घरायसी कागज गरिदिएको 

छु । त्यो पछि पेस गर्ने छु । मैले सगोलको सम्पत्तिबाट सम्पत्ति आर्जन गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी उमेशकुमार रेग्मीले विशेष अदालतमा गरेको बयान ।

 

विशेष अदालतबाट भएको पुर्पक्ष आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई निज प्रतिवादीलाई हुन सक्ने कैद तथा जरिवानासमेतलाई दृष्टिगत गरी यस आरोपपत्रमा जफतको दाबी लिएको बिगोको सम्पत्ति बाहेकको स्रोत खुलेको भनिएको बिगो रू.१६,४२,७३६।०८ को चल अचल सम्पत्ति र त्यसमा थप रू.५८,५७,२६३।९२ नगद वा सोबापत जेथा जमानतसमेत गरी जम्मा रू. ७५,००,०००।– धरौट दिए लिई सो सम्पत्तिसमेत रोक्का गरी तारेखमा राख्ने र नदिए वा दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालतबाट मिति २०५९।९।२९ मा भएको आदेश ।

 

प्रतिवादी उषादेवी काफ्लेले गरेको बयान

अभियोग पत्रमा देखाइएको मेरो नाममा बैंकमा रहेको रकमहरू उमेशकुमार रेग्मीको गैरकानूनी सम्पत्ति होइन । मेरो जेठो छोराले घर किन्न भनी पठाई दिएकोसमेतका कानूनसम्मत रकम हो । अभियोग दाबीबमोजिम जफत हुनु पर्ने होइन । फुकुवा हुनु पर्ने 

हो । उक्त रकम बैंकमा अर्काले जम्मा गरिदिएको आधारमा मात्र त्यो सम्पत्ति बैंकमा जम्मा गर्नेको नै हुने होइन । म ६०।६२ वर्षकी बुढी बारम्बार बैंक आउन जान असजिलो भएकोले कहिले छोरी, कहिले ज्वाइँ र कहिले दुर्गा पोखरेलसमेतले पैसा बैंकमा जम्मा गरिदिएका सम्म हुन् । इच्छाएको व्यक्तिमा नजिकको व्यक्ति जो राखे पनि हुने भएकोले मैले नातिनीलाई राखेको हुँ । त्यसैले जफत हुनुपर्ने होइन । मेरो डेरा कमजोर भएकोले मेरो गहनासमेत सुरक्षाको लागि उमेशकुमार रेग्मीको घरमा राखेको र निजको घर खानतलासी गर्दा मेरो ४ वटा सुनका चुरा, सेयर आवेदनपत्रसमेत बरामद गरेकोले उक्त चुरा र सेयर आवेदन पत्रसमेत फिर्ता पाउँ भन्नेसमेत प्रतिवादी उषादेवी काफ्लेले विशेष अदालतमा गरेको बयान । 

 

विशेष अदालतबाट भएको पुर्पक्ष आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादीलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्नेसमेत विशेष अदालतबाट मिति २०५९।१२।२६ मा भएको आदेश ।

 

प्रतिवादी संजना काफ्ले (रेग्मी) को बयान

आरोप पत्र झुठा हो । मेरो श्रीमान्‌ले कुनै सम्पत्ति गैरकानूनीरूपमा कमाएको छैन । आरोप पत्रमा उल्लिखित मेरो नामको जग्गाहरू मैले सम्बन्धित जग्गाधनीहरूबाट रिझाएबापत बकसमा पाएको 

हुँ । त्यसको मूल्य तिरेको छैन । अन्य जग्गाहरू, घर मेरो ससुरा, जेठाजुले पठाएको, सगोलको रूपैयाँबाट खरिद गरी बनाएको हो । साथै श्रीमान्‌ले बैनी ज्वाइँबाट रकम सापटी लिएको र जग्गा दिने सर्तमा आमाजूबाट अग्रिमरूपमा प्राप्त गरेको सम्पत्तिसमेत आरोप पत्रमा देखाइएको छ । मेरी आमा उषादेवी काफ्लेका नाममा रहेको पैसा दाजु सुरेश काफ्लेले बेलायतबाट पठाएको पैसा हो । सुशीलाकुमारी काफ्लेका नाममा रहेको रू.१२,००,०००।– हामी ५ दिदी बहिनीको पेवा रकम हो । बाँकी ७,९३,०००।– को ब्याजसमेतका रकम दिदी सुशीलाको नै हो । भाइ सुधीरकुमारको नाममा रहेको रू.२०,३५,०००।– मध्ये रू. ५ लाख निजकै पारिश्रमिक र बाँकी दाजु सुरेश काफ्लेले भाइलाई पठाई दिएको रकम हो । मेरो नाममा रहेको बैंक खाता र बचतपत्रसमेत मेरो विवाहपूर्व र श्रीमान्‌को विवाहपूर्वको आम्दानीको रकम हो । सेयर आवेदनपत्र साथ भुक्तानी भएको रू.३ लाखमध्ये रू.८८,०००।– मात्र म, मेरो श्रीमान् तथा छोरा छोरीको नाममा छ । अन्य बाँकी रकम सेयर आवेदन पत्रवालाकै हो । हाम्रो परिवारको उल्लिखित रू.८८,०००।– मधुसूधन भट्टराईले पठाएको रू.२,००,०००।– मध्येबाट खरिद गरेको हो । श्रीमान्‌को नाममा कृषि विकास बैंक, पुतलीसडक शाखामा रहेको रू.१,६०,९१९।४० मध्ये रू.१,२०,०००।– उहाँको साथी दीपक राईको हो । यसरी वैधरूपमा आर्जन भएको उल्लिखित रकमबाट खरिद भएका चल अचल सम्पत्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको र गैरकानूनी आर्जनको भनी लिएको जफतको मागदाबी नमिलेको हुँदा उक्त सम्पत्तिहरू जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी संजना काफ्ले (रेग्मी) ले विशेष अदालतमा गरेको बयान ।

 

विशेष अदालतबाट भएको पुर्पक्ष आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादीलाई तारेखमा राखी पुर्पक्ष गर्ने भन्नेसमेत विशेष अदालतबाट मिति २०६०।१।१० मा भएको आदेश ।

 

प्रतिवादी सुशीलाकुमारी काफ्ले (अर्याल) को बयान

ज्वाइँ उमेशकुमारले जम्मा गरेको रू.३२ लाखमध्ये रू.१५ लाख दाइ सुरेश काफ्लेले बेलायतबाट भाइ सुधीरकुमारलाई पठाएको र १०।१२ वर्षदेखि सुरेश काफ्लेले पठाएको रू.३० लाखमध्ये १५ लाख जति आमाले खर्च गरी बाँकी रहन गएको रकम हो । रू.३२ लाखमध्ये रू.१२ लाख हामी ४ जना दिदी बहिनीको र १ जना दिदीको छोरीसमेत ५ जनाको पेवाबापतको साझा रकम हो । बाँकी रू.५ लाख मेरो स्वआर्जनको रकम हो । मैले भाइ सुधीरको स्वआर्जनको रू.५ लाख सापट लिई बचतपत्र खरिद गरेकी थिएँ । मैले सो रकम भाइलाई फिर्ता गरिदिएकी छु । कृषि विकास बैंक, चावहिलमा रहेको रकम मेरो श्रीमान्‌को स्वआर्जन र घर भाडाको रकम हो । मेरो नाममा बैंकमा रहेको रकम उमेशकुमार रेग्मीको नहुँदा झुठा अभियोगका आधारमा उक्त रकमहरू जफत हुने होइन । मेरो नामको बैंक खातामा अर्को व्यक्तिले रकम जम्मा गरे भन्दैमा रकम उसैको भन्न मिल्ने होइन । त्यसैले रोक्का रहेका खाताहरू फुकुवा गरिपाउँ भन्नेसमेत प्रतिवादी सुशीला कुमारी काफ्ले (अर्याल) ले विशेष अदालतमा गरेको बयान ।

 

विशेष अदालतबाट भएको पुर्पक्ष आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादीलाई तारेखमा राख्नु भन्नेसमेत विशेष अदालतबाट मिति २०६०।१।२३ मा भएको आदेश ।

 

प्रतिवादी सुधिरकुमार काफ्लेको बयान

कृषि विकास बैंक, रत्नपार्कको खातामा रहेको रू.२०,३५,४३७।४५ मध्ये रू.५ लाख मेरो स्वआर्जनको पारिश्रमिक हो । रू.१५ लाख दाजु सुरेश काफ्लेले मेरो विवाह खर्चसमेतको लागि पठाएको रकम हो । कृषि विकास बैंकको बचत खातामा रहेको रू.३४,२७,१२९ मध्ये रू.२,२७,०००।– मुद्दती तथा बचत खाताको ब्याज हो । बचत खाताको मूलधन रू.३२ लाख र मुद्दती खाताको रू.१० लाख दाजु सुरेश काफ्लेले काठमाडौंमा घर किन्नको लागि पठाएको रकम हो । सानीमा दुर्गा पोखरेलमार्फत रू.४० लाख र मामा रामप्रसादमार्फत रू.१० लाख गरी जम्मा रू.५० लाख आमाले प्राप्त गर्नुभएको र सोही रकममध्येको रू.५ लाखको बचतपत्र आमाको नाममा खरिद गरेको हो । आमा बसेको घरमा सुरक्षा नहुने भई दिदी संजना रेग्मीको घरमा आमाले सुनका गहनासमेत राखेको थियो । सोही आयोगले बरामद गरेको हो । म बाहिर हिँडिरहने भएकोले आमाले पैसा राख्न र झिक्न दिदी भिनाजुलाई लगाउने गर्नुभएको हो । आमाले लिएको रू.५ लाखको बचत पत्रको ब्याजबाट आएको रूपैयाँमा थप गरी रू.२२ हजारको सेयर खरिद गर्न आमाले रकम जम्मा गर्नुभएको थियो । मेरो रू.७०००।– को लाइफ इन्स्युरेन्स सेयर किन्न भिनाजुले आवेदन फाराम जम्मा गरी दिनु भएको हो । भान्जी निलिसाप्रति बढी स्नेह भएकोले इच्छाएको हो । आमाले इनरूवाबाट ल्याएकोसमेत गरी रू.१० लाख राष्ट्रिय वाणिज्य बैंक, गौशालामा राखेको हो । सो रू.१० लाखमध्ये रू.५ लाखको एन.आई.सी.बैंकको १००० थान सेयर खरिद गर्नुभएको हो । आमाको नामको सम्पत्ति आयोगले अर्काको भनी रोक्का राखेको मनासिब देखिँदैन । त्यसैले मेरो नितान्त व्यक्तिगत रकम हुँदा जफत हुने होइन । फुकुवा गरिपाउँ भन्नेसमेत प्रतिवादी सुधीरकुमार काफ्लेले विशेष अदालतमा गरेको बयान ।

 

विशेष अदालतबाट भएको पुर्पक्ष आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम निज प्रतिवादीलाई तारेखमा राख्नु भन्नेसमेत विशेष अदालतबाट मिति २०६०।१।२४ मा भएको आदेश ।

 

प्रमाण मुकरर

प्रतिवादीका साक्षीहरू दुर्गा पोखरेल, केशव शाह, गोपाल पौडेल, सुनीता शर्मा पौडेल, सृजना काफ्ले (पोखरेल), शोभादेवी अर्याल र वादीका साक्षीहरू दीपक श्रेष्ठ, जयन्त कुमार राजवंशीको बकपत्र मिसिल संलग्न रहेको ।

 

अ.बं.१३९ नं. बमोजिम बुझिएका दीपक राईले गरेको बयान

उमेशकुमार रेग्मीको कृषि विकास बैंक, पुतलीसडकको बचत खाता नं.११०१४० मा जम्मा भएको रू.१,२०,०००।– मैले नेपाल बैंक लि. रानी विराटनगरबाट पठाएको हो । सो पैसाको ब्याजसमेत मैले नलिएको हुनाले उक्त साँवा र ब्याजसमेत उमेशकुमार रेग्मीबाट मैले पाउनु पर्ने पैसा हो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका दीपक राईले गरेको बयान । 

दीपक राईले प्रतिवादी उमेशकुमार रेग्मी नामको खातामा रहेको रू. १,२०,०००।- आफ्नो हो भनी बयान गरेको देखिँदा निजलाई तारेखमा राख्नु भन्ने व्यहोराको विशेष अदालतको मिति २०६०।११।१८ को आदेश ।

 

अ.बं.१३९ नं.बमोजिम बुझिएका लक्ष्मीप्रसाद रेग्मीले गरेको बयान

म र मेरो परिवार २०२० सालमा नै खोटाङको मार्सेबाट दुहवी बसाई सरी आई सुरूमा होटल व्यवसाय गरी २०३२ सालदेखि किराना पसल सञ्चालन गर्दै आएका थियौं । म र मेरो परिवारको नाममा सुनसरी र मोरङमा ७ बिगाह जति जग्गा जमिन छ । सो जग्गाको कृषि आय, व्यापार तथा व्यवसायसमेतबाट वार्षिक १ लाख बचत हुन्छ । सोही रकम मैले र मेरो जेठो छोरालेसमेत माइलो छोरा उमेश रेग्मीलाई पठाई उमेश रेग्मीको नाममा रहेको का.जि.का.म.न.पा. वडा नं.९ को कि.नं.६३ को जग्गा किनी घर बनाएको हो । हामी सबै परिवार एकासगोलमा नै छौं । छुट्टी भिन्न भएका छैनौँ । छोरा बुहारीसमेतको नाममा रहेका सबै सम्पत्ति सगोलका नै हुन् । बुहारी संजना रेग्मीको का.जि. बलम्बु ३ को र का.म.न.पा. वडा नं.७ को जग्गा निजले नै बकस पाएकी हुन् । मेरो छोरा उमेशले २०४५ सालदेखि जागिर खाएको र सोभन्दा पहिला ठेक्कापट्टा गर्ने र भिडियोसमेत चलाउने काम गर्दै आएको थियो । निजको श्रीमतीले विवाह गर्नुपूर्व दुरसञ्चार संस्थानमा जागिर खाने गरेको र हाल घरमानै ट्युसन पढाउने र सिलाई बुनाईको समेत काम गर्ने गरेकी थिइन् । यसरी भएको आम्दानीको सम्पत्तिलाई आयोगले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्ति हो भनी झुट्ठा आरोप लगाएको हुँदा उमेशकुमार रेग्मीलाई सजाय भई सम्पत्ति जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका लक्ष्मीप्रसाद रेग्मीले विशेष अदालतमा गरेको बयान ।

 

अ.बं.१३९ नं. बमोजिम बुझिएका रमेश रेग्मीको बयान

मेरो बुबा, आमा, भाइ उमेश र मसमेत हालसम्म सबै परिवार एकासगोलमा नै छौं । छुट्टी  भिन्न भएको छैन । आयोगले भाइउपर लगाएको आरोप झुट्ठा हो । हाम्रो परिवारको संयुक्त लगानीबाट आर्जित सम्पत्तिलाई गैरकानूनी आर्जन भनी मुद्दा दायर गरेको मिलेको छैन । भाइका ससुरालीतर्फका व्याक्तिको बैंकमा रहेको नगद मौज्दातसमेतलाई भाइको गैरकानूनी आर्जन भनी माग दाबी लिएको पनि मिलेको छैन । उक्त सम्पत्तिमा हाम्रो हक दाबी छैन । अन्य सम्पत्तिमा हामी सबैको बराबर हक लाग्छ । मेरो छोरा राजेश तथा राकेशको नाममा सेयर खरिद गर्ने फाराम भरी रू.४४ हजार जम्मा गरेको पैसा मैले बुबा काठमाडौं आउँदा पठाएको पैसा हो । भाइ उमेश, बुहारी संजना र बुबाले गरेको बयानमा उल्लिखित सम्पत्तिहरू सबै हामी सबैको सगोलका सम्पत्ति हुन् । यसरी स्रोत खुलेको सम्पत्तिलाई गैरकानूनी आर्जनको भनी लिएको मागदाबी बिल्कुलै झुट्ठा हो । त्यसैले यो मुद्दा खारेज गरी हाम्रो सम्पत्ति फिर्ता दिलाई पाउँ भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका रमेश रेग्मीले विशेष अदालतमा गरेको बयान ।

अ.बं.१३९ बमोजिम बयान गर्ने लक्ष्मीप्रसाद रेग्मी र रमेश रेग्मीले घर तथा सम्पत्तिमा आफ्नोसमेत हक लाग्छ भनी बयान गरेको देखिँदा निजहरूलाई तारेखमा राख्‍नू भन्‍नेसमेत विशेष अदालतबाट मिति २०६१।२।२० मा भएको आदेश ।

 

अ.बं.१३९ नं. बमोजिम बुझिएका मधुसूधन भट्टराईको बयान

मैले सन् २००१ जनवरीदेखि २००४ अप्रिलसम्म श्रीलंकाको एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्थेँ । मैले सन् २००२ मे मा यु.एस.डलर ४०००।– (चार हजार) मेरो जेठान विनय ढकालको नाममा नेबिल बैंक, कान्तिपथ शाखामा पठाएको थिएँ । त्यसमध्ये मेरो साढु भाइ नवीन जोशीलाई मैले त्यहीँ रकमबाट रू.२,००,०००।– उमेश रेग्मीलाई दिनु भनेको थिएँ र सो रकम उमेश रेग्मीलाई नवीन जोशीमार्फत दिएको हो । त्यो रकम मेरो हो । मैले हालसम्म नपाएको हुनाले सो रू.२,००,०००।– मैले उमेश रेग्मीबाट पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका मधुसूधन भट्टराईले विशेष अदालतमा गरेको बयान ।

अ.बं.१३९ नं. बमोजिम बुझिएका मधुसूधन भट्टराई प्रतिवादीसरह नदेखिँदा तारेखमा राखिरहनु परेन कानूनबमोजिम गर्नु भन्ने व्यहोराको विशेष अदालतको मिति २०६१।६।२१ को आदेश ।

 

विशेष अदालतको ठहर

अभियोगपत्र, प्रतिवादी उमेशकुमार रेग्मीको बयान जिकिर र बहसनोटबमोजिम हिसाब किताब गर्दा निज प्रतिवादी निजकी पत्नी संजना रेग्मी (काफ्ले), निजकी सासू उषादेवी काफ्ले, जेठी सासू सुशीलाकुमारी काफ्ले र सालो सुधीरकुमार काफ्लेसमेतको नाममा बैंकमा राखी लुकाएको रकमसमेत गरी निजसँग कूल बिगो रू.१,२८,९२,३८९।३५ बराबरको चल अचल सम्पत्ति रहेको देखिन आयो । त्यसमध्ये रू.१७,३२,६७१।०८ बराबरको सम्पत्तिको स्रोत खुलेको र रू.१,११,५९,७१८।२७ बराबरको सम्पत्तिको स्रोत खुलेको देखिएन । प्रतिवादी उमेशकुमार रेग्मी राष्ट्रसेवक रहेका र आफूसँग रहे भएको सम्पत्तिमध्ये रू.१,११,५९,७१८।२७ बराबर सम्पत्तिको वैध स्रोत देखाउन नसकेकाले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १५ तथा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को २०(१) बमोजिम सो बिगो बराबर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको ठहर्छ । 

सो ठहरेकाले प्रतिवादी उमेशकुमार रेग्मीलाई बिगोबमोजिम रू.१,११,५९,७१८।२७ जरिवाना र कैद वर्ष १(एक) भई स्रोत नखुलेको र सोबाट बढे बढाएको गैरकानूनी चल अचल सम्पत्तिसमेत जफत हुने ठहर्छ । बिगो रू. १,११,५९,७१८।२७ बराबरको चल अचल सम्पत्ति जफत गर्नुपर्ने भएकोले सोबापत अभियोगपत्रमा उल्लेख भई दाबी लिइएका सुशीलाकुमारी अर्याल नामको कृषि विकास बैंक रत्नपार्क शाखाको बचत खाता नं. ०७२०४०१ मा रहेको रू.१९,९३,०५४।०३, उषादेवी काफ्ले नामको कृषि विकास बैंक, गौशालाको बचत खाता नं. ३११५६६ मा रहेको रू. ३४,२७,१२९।४८ ऐ.नामको ऐ. बैंकको मुद्दती खता नं.२३४९७५ मा रहेको रू.१०,००,०००।–, सुधीरकुमार काफ्ले नामको ऐ.बैंक रत्नपार्क शाखाको बचत नं.९३१०४४ मा रहेको रू.२०,३५,४३७।४५ समेतका मौज्दात र सोबाट बढे बढाएको रकम तथा का.जि.का.म.न.पा वडा नं. ९ कि.नं. ६३ क्षेत्रफल ०–६–२–० रोपनी मोल रू.१,६२,५००।– पर्ने जग्गा र सोही जग्गामा बनेको रू.१८,७७,०२६।७७ मोल पर्ने घर, प्रतिवादीको घरबाट बरामद भएको रू.६,५२,५००।– र नपुग रकम रू.१२,०७०।५४ उमेशकुमार रेग्मीको कृषि विकास बैंक पुतलीसडक शाखाको बचत खाता नं. ११०१४० मा रहेको मौज्दात रू.१,६०,९१९।४० मध्येबाट जफत हुन्छ भन्नेसमेत व्यहोराको विशेष अदालतको मिति २०६७।१।१४ को फैसला ।

 

वादी नेपाल सरकारको पुनरावेदनपत्र

विशेष अदालतको फैसलामा चित्त 

बुझेन । विशेष अदालतले जग्गा र घरको मूल्य कायम गर्दा सम्पत्ति आर्जन गर्दाको समयको लिखतमा अङ्कित मूल्यलाई र घर निर्माण भएको वर्षको लागतलाई आधार मानी मूल्य कायम गरेको मिलेको 

छैन । गैरकानूनी आर्जनको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिको हाल प्रचलित मूल्यको आधारमा बिगो कायम गर्नु पर्नेमा कसुरदारलाई फाइदा पुग्ने गरी मूल्य कायम गरेको विशेष अदालतको फैसला न्यायसङ्गत छैन । त्यस्तै दशैं खर्च, महँगी भत्ता र दैनिक भ्रमण भत्ता अनिवार्यरूपमा खर्च हुने रकम भएकोमा सो रकम आयमा गणना गरेको एवम्‌ घर भाडाबापत प्राप्त रू. १,२६,०००।- लाई समेत वैद्य आर्जनको रूपमा गणना गरेको हदसम्म विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले कम बिगो ठहर गरेको हदसम्म उक्त फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाऊँ ।

 

प्रतिवादी उमेशकुमार रेग्मीको पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त 

बुझेन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम्‌ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको अनुमानित कसुरसम्बन्धी व्यवस्था राष्ट्रसेवक कर्मचारीको हकमा आकर्षित हुनेमा गैरराष्ट्रसेवक र सार्वजनिक पद धारण नगर्ने परिवारका सदस्यहरूका हकमा आकृष्ट हुन सक्दैन । सार्वजनिक पद धारण गर्ने कर्मचारीहरूका हकमा लागू हुने अनुमानको सिद्धान्त (Presumption of illegal possession of property) सार्वजनिक पद धारण नगर्नेको हकमा स्वतः लागू गर्न मिल्दैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोतको विवरण पेस गर्नुपर्ने प्रावधान रहेकोमा म पुनरावेदकलाई अनुसन्धानको क्रममा थुनामा राखी बयानमार्फत सम्पत्तिको विवरण र स्रोत खुलाउन लगाइएको र सम्पत्तिको वैधानिक स्रोत पेस गर्ने हकबाट वञ्चित गरिएकोले उक्त दफा ५० ले प्रदान गरेको कानूनी संरक्षणको विवेचना नगरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ । म पुनरावेदक बहालवाला राष्ट्रसेवक भएकोले मउपर मुद्दा चलाउनु पर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३(२) को ५ वर्षको हदम्यादभित्र मुद्दा दायर गरिसक्नु पर्नेमा हदम्याद नघाइ दायर भएको अभियोगपत्र खारेज गर्नुपर्नेमा त्यस्तो अभियोग पत्रबाट मलाई कसुरदार ठहराएको विशेष अदालतको फैसला उक्त कानूनी व्यवस्थाविपरीत छ । बकसबाट प्राप्त सम्पत्ति बकसपत्र पाउने व्यक्तिले बकस दिने व्यक्तिलाई रिझाएबापत पाउने हो । मेरो श्रीमतीको नाममा रहेको कि.नं. २३८ को जग्गा अष्टमान शाक्यबाट बकसमा पाएको हो । अंशबन्डाको महलको १८ नं. ले बकस पत्रको सम्पत्तिलाई बकस पाउनेको निजी आर्जन भनिएकोमा सो व्यवस्थाविपरीत उक्त जग्गासमेत बिगोमा जोड्न मिल्दैन । मेरो घरको मूल्य कायम गर्दा फर्निचर र इलेक्ट्रिकल सामानको मूल्यसमेत जोडिएको छ । मेरो घरमा भएका फर्निचर तथा विद्युतीय उपकरण सबै खरिद गरिएको सामान होइनन् । उक्त सम्पत्तिहरू मध्ये अधिकांश सामानहरू विवाहमा दाइजो स्वरूप पाएकोमा खरिद गरिएको सामान भनी बिगो कायम गर्न मिल्दैन । त्यसका अतिरिक्त घरको फिनिसिङ्गभित्र पर्ने घरमा जडान भएका भर्‍याङको रेलिङ्ग, किचेन स्ल्याब जस्ता सामानहरूको दोहोरो मूल्याङ्कन गरी घरको मूल्य कायम गरी बिगो कायम गरिएको फैसला त्रुटिपूर्ण छ ।

मेरो घरबाट बरामद भएको सुनका गहनामध्ये केही सुशीला अर्याल (काफ्ले) का, केही सासू उषादेवी काफ्लेका र केही मेरी श्रीमती संजना काफ्लेको विवाहमा माइतीबाट र घरबाट प्राप्त गरेका गहना भएकोमा उक्तमध्ये रू. ५८,५६३।- बराबरका गहनाको स्रोत नखुलेको भनी बिगोमा समावेश गरेको त्रुटिपूर्ण छ । मैले स्वयम्‌कर घोषणाअन्तर्गत तिरेको रू. ५०,०००।- रकम सरकारी सेवामा प्रवेश गर्नुपूर्व आर्जन गरेको सम्पत्तिको राज्यलाई तिरेको कर भएकोमा सो रकम पनि बिगोमा समावेश गरिएको छ । उक्त रकमको बिगो सम्बन्धमा अभियोग पत्रमा दाबी नै नभएको अवस्थामा बिगो कायम गर्न नमिल्नेमा बिगो कायम गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ ।

मैले सरकारी सेवामा प्रवेश गर्नुपूर्व आर्जन गरेको रकम र सोको ब्याजसमेत गरी रू. ५ लाख श्रीमती संजना काफ्लेको नाममा मुद्दती खातामा राखिएकोमा सेवा प्रवेश गर्नुपूर्वका आम्दानीलाई पनि बिगोमा समावेश गरेको फैसला मिलेको छैन । त्यस्तै मेरो श्रीमतीले निजको जागिर छाडेपछि आर्जन गरेको रू. ३,२०,०००।- लाई बिगोमा कायम गरेको मिलेको छैन । मेरो नाममा रहेका विराटनगरको जग्गा मेरो दिदी शोभादेवी अर्याललाई रू.४,२०,०००।- मा बिक्री गर्ने सर्त गरी रू. ३,२०,०००।- बैनाबापत लिएकोमा सो रकम स्रोत खुलेको कानूनी आयमा गणना गर्नुपर्नेमा गणना नगरेको फैसला मिलेको 

छैन । मेरो घरबाट बरामद भएको रकममध्ये रू. ६ लाख रकम साली सिर्जना काफ्लेको भएको भन्ने कुरा अनुसन्धानको क्रमदेखि नै स्थापित भएको तथ्य हो । उक्त रकम मेरो नभएकोले सो रकम मेरो भएको भनी गणना गर्न मिल्दैन । त्यस्तै मधुसूधन भट्टराईले श्रीलंकाबाट घर पठाई दिनु भनी पठाएको रू. दुइलाख रकम निज मधुसूधनको हो भन्ने पुष्टि भएकोमा सो कागजातहरूबाट रकमसमेत मेरो भएको ठहराएको फैसला मिलेको छैन । म पुनरावेदकले ज्वाइँ गोपाल शर्मा पौडेलबाट रू. ५ लाख ऋण लिएकोमा रू. ५० हजार बैंकमार्फत ट्रान्सफर भई रू. ४ लाख ५० हजार नगदै लिई कपाली तमसुक गरिदिएको र निज गोपाल शर्माले अदालतमा आई बकपत्रसमेत गरेकोमा रू. ५ लाखलाई नै ऋण कायम गर्नुपर्नेमा रू. ५० हजारलाई मात्र मान्यता दिएको मिलेको छैन ।

मेरो र मेरो श्रीमतीको नाममा बैंकमा रहेको निक्षेप र बचतपत्रको ब्याजबापत रू. २५७६२४।२७ प्राप्त गरेकोमा सो रकमको ३० प्रतिशतमात्र वैध आयमा गणना गरी ७० प्रतिशत ब्याजलाई अवैध आर्जन मानेको विशेष अदालतको फैसला मिलेको 

छैन । बैंकमा जम्मा भएको रकम अवैध भएको अवस्थामा सो रकमबाट बढे बढाएको ब्याजको रकम जफत हुन सक्ने हो । बैंकमा रहेको रकमबाट प्राप्त ब्याजलाई अवैध आर्जनको रकम भनी बिगो कायम गर्न मिल्दैन । बैंकमा रहेको रकम अवैध आर्जनको नभएकोले सोको ब्याजलाई वैध आर्जन मानिनु पर्नेमा सोमध्ये ७० प्रतिशत अवैध आर्जन ठहराउन मिल्दैन ।

मेरो दाजु रमेश रेग्मीले काठमाडौंमा घर जग्गा किन्न रू. १२ लाख रकम पठाएको भनी मैले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा लिएको जिकिरलाई निज दाजु रमेश रेग्मीले अ.बं. १३९ नं. बमोजिम गरेको बयानबाट पुष्टि भएको अवस्थामा सो रू.१२ लाखलाई समेत मेरो आयमा समावेश गरेको फैसला मिलेको छैन । त्यस्तै सगोलको कृषि आय रू. १८ लाख भएकोमा सो पुरै रकम मेरो वैध आयमा समावेश गर्नुपर्नेमा एकासगोलको आयलाई भाग बन्डा गरी रू. ३,६०,०००।- मात्र मेरो आय कायम गरिएको मिलेको छैन ।

मेरो श्रीमती तथा छोरा छोरीले टिकाटालाबाट प्राप्त भएको रकमबाट खरिद गरेको सेयरको रकम रू.१,२१,६०० लाई वादी पक्षले स्वाभाविक आय मानी बिगो कायम गरेकोमा विशेष अदालतलेसमेत बिगोमा कायम गर्ने उक्त रकमलाई टिकाटालाको आयमा गणना नगरेको फैसला मिलेको छैन ।

प्रतिवादीमध्येको उषादेवी काफ्लेको नाममा कृषि विकास बैंकको बचत खातामा रहेको रू. ३४,२७,१२९।४८ र निजकै नामको सोही बैंकमा मुद्दती खातामा रहेको रू.१० लाख मेरो तथा मेरो परिवारको सदस्यको आर्जन नभई निज उषादेवी काफ्लेको हो । मैले बैंक भौचर भरिदिएकै कारण सो रकममा मेरो हक हुन सक्दैन । बैंकमा रहेको निक्षेपमा निक्षेपकर्ताबाहेक अरूको हक हुन नसक्ने व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ८१ मा व्यवस्था छ । सो कानूनी व्यवस्थाविपरीत निक्षेपकर्ताले बैंक खातामा इच्छाएको व्यक्ति मेरो छोरी निलिशा रेग्मी भएको भन्ने आधारमा उक्त रकम मेरो आर्जनको सम्पत्ति भएको भन्ने ठहर गरेको फैसला त्रुटिपूर्ण छ । त्यस्तै प्रतिवादी सुशीला काफ्ले (अर्याल) को कृषि विकास बैंकको खातामा रहेको रकम पनि निज सुशीला काफ्ले लगायतका तिन बहिनीहरूको दाइजो पेवाको रकम भएको भनी प्रतिवादी सुशीला काफ्लेले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दासमेत उल्लेख गरेकोमा उक्त १९,९३,०५४।०३ समेत मेरो अवैध आर्जन मानी बिगो कायम गरेको फैसला मिलेको छैन । प्रतिवादी सुधिर काफ्लेको नाममा कृषि विकास बैंकको खातामा रहेको रकम रू. २०,३५,४३७।४५ मध्ये रू. ५ लाख निजै सुधिर काफ्लेको स्वआर्जन र बाँकी १५ लाख निजको दाजु डा. सुरेश काफ्लेले दिदी सुशीला काफ्लेलाई पठाई खातामा ट्रान्सफर गरेको भनी प्रतिवादी सुधिरले बयान गरी डा. सुरेश काफ्लेले वादी आयोगमा सो कुरा उल्लेख गरी इमेलसमेत पठाएकोबाट पुष्टि भएकोमा सो रकमसमेत बिगोमा समावेश गरेको विशेष अदालतको फैसला मिलेको छैन । एकासगोलको परिवारका सबै सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्ति सञ्चय गर्ने मुख्य आयस्रोतमा म पुनरावेदको तलब भत्ता, सगोलको जग्गा बिक्रीबाट प्राप्त रकम, विवाहमा प्राप्त दाइजो रकम, कृषि आय, एकासगोलका परिवारका सदस्यहरूको आय, ऋण रकम, टीकाटाला तथा दान दक्षिणाको रकम र बैनाबापत लिएको रकम तथा सगोलको सम्पत्तिबाट बढेबढाएको आयस्ता, पेसा, व्यापार व्यवसायबाट प्राप्त आयस्ताबाट चलअचल सम्पत्ति जोडेको हो । म पुनरावेदन संयुक्त परिवारबाट छुट्टिएको छैन । उक्त सम्पत्तिमा एकासगोल परिवारका सबै सदस्यहरूको समान अंश हक लाग्नेसमेत हुँदा म पुनरावेदकसँग अवैध आर्जनको कुनै सम्पत्ति नरहनुको साथै मेरो कूल सम्पत्ति र सो सम्पत्तिको स्रोत पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ । एकासगोलको परिवारभन्दा बाहिरका व्यक्तिहरू उषादेवी काफ्ले, सुशिलाकुमारी काफ्ले (अर्याल), सुधिरकुमार काफ्लेको नाममा बैंकमा रहेको सम्पत्तिसमेत बिना आधार मेरो अवैध आर्जनको सम्पत्ति हो भनी फैसला गरिएको छ । मैले पेस गरेको आय व्ययसम्बन्धी विवरणले अन्तिमरूपमा मेरो प्रत्येक चलअचल सम्पत्तिको स्रोत पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाण बेगर हचुवाको भरमा मेरो सम्पत्तिहरू जफत हुने ठहर गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी म पुनरावेदक एवम्‌ मेरो एकासगोलको परिवारका सदस्यहरूको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति वैध ठहराई तथा एकासगोलका परिवारका सदस्यहरू बाहेक अन्य व्यक्तिहरूको नाममा रहेको चलअचल सम्पत्ति निजहरूको नै ठहर्‍याई म पुनरावेदकलाई सफाई दिलाई न्याय निरूपण गरिपाऊँ ।

 

प्रतिवादी संजना काफ्ले (रेग्मी) को पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त 

बुझेन । म पुनरावेदिका र मेरो एकासगोलको परिवारका सबै सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्ति सञ्चय गर्ने मुख्य आयस्रोतमा म पुनरावेदिका तथा मेरो पति उमेशकुमार रेग्मीको तलब भत्ता, सगोलको जग्गा बिक्रीबाट प्राप्त रकम, पेवा रकम, कृषि आय, एकासगोलका परिवारका सदस्यहरूको आय, सगोलको सम्पत्तिबाट बढेबढाएको आयस्ता, पेसा व्यापार व्यवसायबाट प्राप्त आयस्ता, ऋण रकम, बैनाबापत लिएको रकम तथा टिकाटाला दक्षिणाबाट प्राप्त रकमबाट चलअचल सम्पत्ति जोडेको हो । म पुनरावेदिका र मेरो एकासगोलको सदस्यहरूसँग अवैध आर्जनको कुनै सम्पत्ति नरहनुको साथै मेरो कूल सम्पत्ति र सो सम्पत्तिको स्रोत पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ । म पुनरावेदिकाको पति उमेशकुमार रेग्मीलाई कसुरदार ठहर गरी सुरू विशेष अदालतले फैसला गर्दा एकाङ्कीरूपमा एकासगोलको परिवारभन्दा बाहिरका व्यक्तिहरू उषादेवी काफ्ले, सुशिलाकुमारी काफ्ले (अर्याल), सुधिरकुमार काफ्लेको नाममा बैंकमा रहेको सम्पत्तिसमेत बिना आधार म पुनरावेदिकाका पतिको अवैध आर्जनको सम्पत्ति हो भनी फैसला गरिएको छ । म पुनरावेदिकाको पतिले पेस गरेको आय व्ययसम्बन्धी विवरणले अन्तिमरूपमा म पुनरावेदिकासमेतको प्रत्येक चलअचल सम्पत्तिको स्रोत पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाण बेगर हचुवाको भरमा एकासगोलका सबै सदस्यहरूको अंश हक लाग्ने र म पुनरावेदिकाको पति उमेशकुमार रेग्मीको नाममा रहेका सम्पत्तिहरू तथा एकासगोलका परिवारका सदस्यहरूभन्दा बाहिरका व्यक्तिको नाममा रहेको सम्पत्ति म पुनरावेदिकाको पतिको हो भन्ने ठहराई जफत हुने ठहर गरेको सुरू विशेष अदालत, काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी म पुनरावेदिका एवम्‌ मेरो एकासगोलको परिवारका सदस्यहरूको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति वैध ठहराई तथा एकासगोलका परिवारका सदस्यहरूबाहेक अन्य व्यक्तिहरूको नाममा रहेको चलअचल सम्पत्ति निजहरूको नै ठहर्‍याई न्याय निरूपण गरिपाऊँ ।

 

प्रतिवादी रमेश रेग्मीको पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त 

बुझेन । एकासगोलको परिवारका म पुनरावेदकको भाइ उमेशकुमार रेग्मी तथा बुहारी संजना काफ्ले (रेग्मी) को नाममा काठमाडौंमा रहेको चलअचल सम्पत्ति सञ्चय गर्ने मुख्य आयस्रोतमा म पुनरावेदकको एकासगोलको पैतृक जग्गाको कृषि आयस्ता, भाइ प्रतिवादी उमेशकुमार रेग्मीको तथा बुहारी संजना काफ्ले (रेग्मी) को तलब भत्ता, जग्गा बिक्रीबाट प्राप्त रकम, पेसा व्यापार व्यवसायबाट प्राप्त आय, ऋण सापटीको रकम, टीकाटालाबाट स्वाभाविकरूपमा प्राप्त रकम र बैनाबट्टाको रकमबाट सञ्चय गरिएको सगोलका सबै अंशियारको अंश हक लाग्ने चलअचल सम्पत्ति भएको हुँदा निजहरूको नाममा रहेको सम्पत्ति अवैध आर्जन होइन । म पुनरावेदकको एकासगोलका परिवारको नाममा रहेको सम्पत्ति र सो सम्पत्तिको स्रोत पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ । वैधानिक स्रोतबाट सञ्चय भएको सगोलका सबै सदस्यहरूको अंश हक लाग्ने सम्पत्तिसमेत विना आधार म पुनरावेदकको भाइ उमेशकुमार रेग्मीको अवैध आर्जनको सम्पत्ति हो भनी फैसला गरिएको छ । म पुनरावेदकलगायत सबै प्रतिवादीहरूले गरेको बयान तथा मेरो भाइ उमेशकुमार रेग्मीले पेस गरेको आय व्ययसम्बन्धी विवरणले अन्तिमरूपमा सम्पत्तिको स्रोत पुष्टि भई रहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाण बेगर म पुनरावेदकसमेत एकासगोलका सबै अंशियारको समान अंश हक लाग्ने सम्पत्तिहरू जफत हुने ठहराएको विशेष अदालत, काठमाडौंको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरू उमेशकुमार रेग्मी तथा बुहारी संजना काफ्ले (रेग्मी) को नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति वैध ठहराई न्याय निरूपण गरिपाऊँ ।

 

प्रतिवादी लक्ष्मीप्रसाद रेग्मीको पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त 

बुझेन । एकासगोलको परिवारका म पुनरावेदकको छोरा उमेशकुमार रेग्मी तथा बुहारी संजना काफ्ले (रेग्मी) को नाममा काठमाडौंमा रहेको चलअचल सम्पत्ति सञ्चय गर्ने मुख्य आयस्रोतमा म पुनरावेदकको एकासगोलको पैतृक जग्गाको कृषि आयस्ता, छोरा प्रतिवादी उमेशकुमार रेग्मीको तथा बुहारी संजना काफ्ले (रेग्मी) को तलब भत्ता, जग्गा बिक्रीबाट प्राप्त रकम, पेसा व्यवसायबाट प्राप्त रकम, ऋण रकम, र बैनाबट्टाको रकम र टीकाटालाबाट प्राप्त स्वाभाविक आय रकम रहनुको साथै उक्त सम्पत्ति सबै अंशियारको अंश हक लाग्ने चलअचल सम्पत्ति भएको हुँदा निजहरूको नाममा रहेको सम्पत्ति अवैध आर्जनको होइन । एकासगोलका परिवारको नाममा रहेको सम्पत्ति र सो सम्पत्तिको स्रोत पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ ।  वैधानिक स्रोतबाट सञ्चय भएको सगोलका सबै सदस्यहरूको अंश हक लाग्ने सम्पत्तिसमेत विना आधार म पुनरावेदकको छोरा उमेशकुमार रेग्मीको अवैध आर्जनको सम्पत्ति हो भनी फैसला गरिएको छ । म पुनरावेदकलगायत सबै प्रतिवादीहरूले गरेको बयान तथा मेरो छोरा उमेशकुमार रेग्मीले पेस गरेको आय व्ययसम्बन्धी विवरणले अन्तिमरूपमा सम्पत्तिको स्रोत पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाणबेगर म पुनरावेदकसमेत एकासगोलका सबै अंशियारको समान अंश हक लाग्ने सम्पत्तिहरू जफत हुने ठहराएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरू उमेशकुमार रेग्मी तथा बुहारी संजना काफ्ले (रेग्मी) को नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति वैध ठहराई न्याय निरूपण गरिपाऊँ ।

 

प्रतिवादी उषादेवी काफ्लेको पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदिकाको नाममा कृषि विकास बैंक बत्तिसपुतली शाखामा रहेको बचत तथा मुद्दती खातामा जम्मा भएको रकमको मुख्य स्रोतमा बेलायतमा चिकित्सक पेसा गरी बस्ने मेरो छोरा डा. सुरेशकुमार काफ्लेले काठमाडौंमा घर खरिद गर्न भनी मेरो बहिनी डा. दुर्गा पोखरेलमार्फत पठाएको रकम र मेरो स्थायी बसोबास रहेको गाउँबाट काठमाडौंमा आउँदा ल्याएको रकम 

हो । मेरो नाममा अवैध आर्जनको कुनै सम्पत्ति नरहनुको साथै मेरो नाममा रहेको उल्लिखित बैंक खातामा रहेको नगद विदेश बेलायतमा रहने छोरा डा. सुरेश काफ्लेले पठाएको रकम हो भन्ने तथ्य पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ । प्रतिवादी उमेशकुमार रेग्मीको घरबाट बरामद भएका चारवटा सुनका चुरा मेरो गहना भएको तथ्य स्पष्ट हुँदाहुँदै सोलाई पनि उमेशकुमारको बिगो कायम गर्न मिल्दैन । म पुनरावेदिकाको नाममा रहेको बैंक मौज्दातको स्रोत र सुनका चुरा मेरो भएको पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ सुरू विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाणबेगर हचुवाको भरमा मेरो नामको  सम्पत्ति पनि प्रतिवादी उमेशकुमार रेग्मीको अवैध आर्जन हो भनी जफत हुने ठहराएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी म पुनरावेदिकाको नाममा कृषि विकास बैंक, बत्तिसपुतली शाखाको बचत खातामा रहेको रू. ३४२७१२९।४८ र मेरो नाममा सोही बैंकमा रहेको मुद्दती खातामा रहेको रकम रू. १० लाख तथा बरामद सुनका गहनाहरूमध्ये ५४.६०० ग्राम (मूल्य रू ४३६००।– पर्ने) का ४ वटा सुनका चुरा म पुनरावेदिकाको नै मानी न्याय निरूपण गरिपाऊँ ।  

 

प्रतिवादी सुशीलाकुमारी काफ्लेले (अर्याल) को पुनरावेदन पत्र

विशेष अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदिकाको नाममा कृषि विकास बैंक, रत्नपार्क शाखामा रहेको बचत तथा मुद्दती खातामा जम्मा भएको रकमको मुख्य स्रोतमा म पुनरावेदिका तथा बहिनीहरू सुनीता, संजना, सृजना र दिदीको छोरी शोभाको दाइजो पेवाको रकम भएको हुँदा म पुनरावेदिकाको नाममा अवैध आर्जनको कुनै सम्पत्ति नरहनुको साथै मेरो नाममा रहेको उल्लिखित बैंक खातामा रहेको नगद दाइजो पेवाको साझा सम्पत्ति भएको तथ्य पुष्टि भएको छ । म पुनरावेदिकाको बैंकिङ्ग कारोबार र सम्पूर्ण रकम अवैध नभै, अनुसन्धान हुँदाका बखत म पुनरावेदकको नाममा रहेको बैंक मौजुद रहेको निक्षेप र सोको ब्याजसमेत गरी रू. १९,९३,०५४।२३ मात्र कसरी अवैध हुने हो सो सम्बन्धमा विशेष अदालतको फैसलामा नबोली केवल यस मुद्दाका मुख्य प्रतिवादी उमेशकुमार रेग्मीको जफत हुने शीर्षकमा समावेश हुने गरी भएको फैसला निराधार छ । म पुनरावेदिकाको नाममा रहेको बैंक मौज्दातको स्रोत पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाणबेगर हचुवाको भरमा मेरो नाममा रहेका सम्पत्तिहरूसमेत जफत हुने ठहराएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी म पुनरावेदिकाको नाममा कृषि विकास बैंक, रत्नपार्क शाखाको बचत नं. ०७२०४१ मा रहेको रू. १९,९३,०५४।२३ रकमलाई म पुनरावेदिकाको नै मानी न्याय निरूपण गरिपाऊँ । 

 

प्रतिवादी सुधिरकुमार काफ्लेको पुनरावेदन पत्र 

विशेष अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदकको नाममा कृषि विकास बैंक, रत्नपार्क शाखाको बचत खातामा जम्मा भएको रकम जम्मा गर्न मुख्य स्रोतमा बेलायतमा चिकित्सक पेसा गरी बस्ने मेरो दाजु डा. सुरेशकुमार काफ्लेले पठाएको रकम, मेरो स्वआर्जनको रकम र सो बैंक खातामा मौज्दात रहेको रकममा प्राप्त ब्याज रकम भएकोले मेरो नाममा अवैध आर्जनको कुनै सम्पत्ति छैन । मेरो नाममा रहेको उल्लिखित बैंक खातामा रहेको नगद मेरो निजी आर्जन तथा विदेश बेलायतमा रहने दाजु डा. सुरेश काफ्लेले पठाएको रकम हो भन्ने तथ्य पुष्टि हुने आधार प्रमाण एवम्‌ विवरण कागजातका आधारमा फरक नहुने तथ्य निर्विवादरूपमा पुष्टि भएको छ । विशेष अदालतले मलाईसमेत असर पुग्ने गरी गरेको फैसलामा आधार लिएका तर्क न्यायका मान्य सिद्धान्त र प्रचलित कानूनी व्यवस्थाभन्दा बाहिर गई ठहर हुन पुगेको छ । मेरो नाममा रहेको बैंक मौज्दातको स्रोत पुष्टि भइरहेको अवस्था विद्यमान रहँदारहँदै पनि त्यसतर्फ सुरू विशेष अदालतबाट ध्यान नदिई कानूनी आधार र प्रमाणबेगर हचुवाको भरमा मेरो नाममा रहेका सम्पत्तिहरू प्रतिवादी उमेशकुमार रेग्मीको अवैध आर्जन हो भनी जफत हुने ठहराएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी मेरो नाममा कृषि विकास बैंक, रत्नपार्क शाखाको बचत खाता नं.९३१०४४ मा रहेको रू.२०,३५,४३७।४५ रकम म पुनरावेदकको नै मानी न्याय निरूपण 

गरिपाऊँ । 

यसमा वादी पक्षको पुनरावेदनको जानकारी पुनरावेदक प्रतिवादीहरूलाई गराउने र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदनको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।७।१ को आदेश ।

 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले प्रतिवादीउपर गैरकानूनी आर्जनबाट जग्गा खरिद गरेको र घर निर्माण गरेको भन्ने अभियोग दाबी हो । अभियोग दाबीमा घर र जग्गाको हालको मूल्यलाई आधार मानी बिगो कायम गरिएको छ । गैरकानूनी आर्जन र सोबाट बढे बढाएको सम्पत्ति जफत हुने ऐनको व्यवस्था रहेकोले प्रचलित मूल्यको आधारमा बिगो कायम हुनु पर्नेमा विशेष अदालतले जग्गा खरिद गर्दाको समय र घर निर्माणको वर्षको मूल्य र लागतलाई आधार मानी बिगो कायम गरेको फैसला मिलेको छैन । गैरकानूनीरूपमा आर्जन गरिएको सम्पत्तिलाई सोही परिमाणबाट सजाय गरिनु पर्छ भन्ने भ्रष्टाचारसम्बन्धी कानूनको मनसाय भएकोले प्रतिवादीलाई फाइदा पुग्ने गरी सम्पत्तिको हालको मूल्यलाई मान्यता दिन मिल्दैन । प्रतिवादीको कानूनी आर्जन भनिएको दशैं भत्ता महँगी भत्ता जस्ता रकम पनि स्वाभाविकरूपमा खर्च भएर जाने रकम भएकोले आयमा गणना गर्न मिल्दैन । प्रतिवादीले बनाएको घर नै गैरकानूनी आर्जन भएकोले घर भाडाबापत प्राप्त रकम कानूनी आर्जन हुन सक्दैन । उक्त हदसम्म प्रतिवादीलाई कम बिगो कायम गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म बदर भई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस 

गर्नुभयो । 

पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित अधिवक्ता श्री रेवतप्रसाद खरेलले हाम्रो सामाजिक परम्परालाई कानूनले मान्यता दिएकोले सोही सामाजिक परम्पराबमोजिम दाइजो र पेवाको रूपमा दिइएको सम्पत्तिलाई कानूनले समेत वैध आर्जन मान्दछ । प्रस्तुत मुद्दामा प्रतिवादी उमेशकुमार रेग्मीको विवाहमा दाइजो स्वरूप प्राप्त भएका सरसामानलाई खरिद गरेको भनी बिगो कायम गरिएको फैसला त्रुटिपूर्ण छ । बिगो कायम गर्दा परिवार बाहिरका व्यक्तिको नाममा रहेको बैंकको खाताको रकमसमेत प्रतिवादी उमेशकुमार रेग्मीको भनी बिगोमा जोडिएको मिलेको छैन । बकसपत्रबाट प्राप्त गरेको जग्गालाई निजी आर्जन मानिनु पर्नेमा संजना काफ्लेको नाममा बकसपत्रबाट आएको जग्गालाई पनि गैरकानूनी आर्जन मानिएको फैसला त्रुटिपूर्ण छ । घरको मूल्य कायम गर्दा इलेक्ट्रिकल सामान र फर्निचरसमेतको मूल्य जोडी बढी बिगो कायम गरिएको छ । प्रतिवादीले VDIS बापत तिरेको रकम पनि बिगोमा जोडेको छ । प्रतिवादी उमेशकुमार रेग्मीले सरकारी सेवा गर्नुभन्दा पहिले ठेक्कापट्टाको काम गरी करसमेत तिरेकोमा सेवापूर्वको कमाईलाई गैरकानूनी भन्न मिल्दैन । अनुसन्धान गर्दा बैंकको साँवाब्याज एकै ठाउँमा राखी हिसाब गरी बिगो कायम गरिएको छ । बिगो जफत गर्ने प्रयोजनका लागि ब्याज जोड्न मिल्छ तर बिगो कायम गर्न ब्याजसमेत जोड्न मिल्दैन । प्रतिवादी उमेशकुमार रेग्मी सगोलको परिवारमा बस्ने भएकोले सगोलका परिवारका सदस्यले आर्जन गरेका सम्पत्तिलाई पनि प्रतिवादी उमेशकै आर्जन मान्न मिल्दैन । अरू नै व्यक्तिको नाममा बैंकमा रहेको नगद रकम प्रतिवादी उमेशको आर्जन भन्न मिल्दैन । बैंकमा रहेको निक्षेपउपर निक्षेपकर्ताको हक लाग्छ । सो रकम इच्छाएको व्यक्ति प्रतिवादी उमेशको परिवार भएको मात्र आधारमा प्रतिवादी उमेशको हक लाग्ने वा निजको आर्जनको भनी अर्थ गर्न मिल्दैन । उक्त रकम आफ्नो निजी आर्जन भएको भनी अन्य प्रतिवादीले बयान गरेका छन् । प्रतिवादीका सगोलका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा परिवारका सबै सदस्यको समान अंश हक लाग्ने हुँदा त्यस्तो आर्जनलाई प्रतिवादी उमेशको मात्र आर्जन मान्न मिल्दैन । प्रतिवादीले पेस गरेको सबुद प्रमाणको वस्तुनिष्ठरूपमा मूल्याङ्कन नगरी एकापरिवारका भन्दा बाहिरका व्यक्तिको नाममा बैंकमा रहेको रकमसमेत प्रतिवादी उमेशकुमार रेग्मीको गैरकानूनी आर्जन ठहराएको विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी भै प्रतिवादीहरूले सफाई पाउनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीले गर्नुभएको उपर्युक्त बहस जिकिर मनन गरी पुनरावदेन पत्रसहितको मिसिल अध्ययन गरी हेर्दा मुख्यतः देहायका प्रश्नहरूमा केन्द्रित रही निर्णय निरूपण गर्नुपर्ने हुन आएको छ : 

१ पुनरावेदक प्रतिवादीबाट उठाइएका कानूनी प्रश्न एवम् अन्य सैद्धान्तिक विषयहरूको सान्दर्भिकता रहेको छ वा छैन ? 

२ प्रतिवादीको परिवारका सदस्यबाहेक अन्य व्यक्ति अर्थात्‌ नातेदारहरूका नाममा भएको बैंक खाताको रकम प्रतिवादीको मानी बिगो कायम गर्न मिल्छ वा मिल्दैन ?

३ प्रतिवादीहरूका नाउँमा रहेका अन्य चल अचल सम्पत्तिका सम्बन्धमा विशेष अदालतबाट भएको मूल्याङ्कन र विश्लेषण मनासिब देखिन्छ वा देखिँदैन ?

४ विशेष अदालतको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?

 

निर्णय निरूपणको लागि निर्धारण गरिएका उपर्युक्त प्रश्नहरूको विषयवस्तुमा प्रवेश गर्नुअघि प्रस्तुत मुद्दामा समावेश भएका तथ्यगत र कानूनी विषयवस्तुहरूको सम्बन्धमा संक्षिप्तरूपमा सिंहावलोकन हुनु वाञ्छनीय देखिन्छः 

२. अभियोगपत्र हेर्दा मूलतः पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र निजको एकाघरकी श्रीमती संजना काफ्ले (रेग्मी), सासू उषादेवी काफ्ले, जेठीसासू सुशीला काफ्ले (अर्याल) र सालो सुधीरकुमार काफ्लेसमेतका नाउँमा रहेको कूल रू.१,६४,६९,६६३।९२ बराबरको चल अचल सम्पत्तिमध्ये रू.१,४३,२२,३५९।०५ बराबरको चल अचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी उमेशकुमार रेग्मीले गैरकानूनीरूपमा आर्जन गरेको पुष्टि हुन आएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) को सान्दर्भिकता तथा साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार कसुर भई त्यसैको निरन्तरताको रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) तथा १६ग लाई समेत मध्यनजर राखी भ्रष्टाचारको कसुर गर्नमा मुख्य भूमिका निर्वाह गर्ने प्रतिवादी उमेशकुमार रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा ऐ. दफा २०(२) बमोजिम रू.१,४३,२२,३५९।०५ बिगोबमोजिम जरिवाना तथा हदैसम्म कैद सजाय तथा निजको गैरकानूनी आर्जनको सम्पत्ति जफत 

गरिपाऊँ । साथै प्रतिवादी श्रीमती संजना काफ्ले (रेग्मी), सासू उषादेवी काफ्ले, जेठीसासू, सुशीला काफ्ले (अर्याल) र सालो सुधीरकुमार काफ्लेको नाममा उपरोक्तानुसार रहेको अवैध आर्जनको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत भै ऐ. ३० बमोजिम कारवाही गरिपाउँ भन्नेसमेत मागदाबी रहेको देखिन्छ ।

३. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र विशेष अदालतसमक्ष बयान गर्दा निजकी सासू उषादेवी काफ्ले, जेठी सासू सुशीला कुमारी काफ्ले र सालो सुधीरकुमार काफ्लेसमेतको नाममा बैंक खातामा रहेको रकम आफ्नो नभएको, बैंकमा खाता खोल्न सहयोग पुर्‍याएको र खातावालले आफ्नो छोरीलाई इच्छ्‌याएको कारणबाट मात्र अन्य व्यक्तिको बैंक खाताको रकमलाई मेरो गैरकानूनी आर्जनको मान्न मिल्दैन । सरकारी सेवामा प्रवेश गर्नुपूर्वको आर्जन, सरकारी सेवाबापत प्राप्त तलबभत्ता र अन्य सुविधा, श्रीमतीले गरेको आर्जन, कृषि आय र सगोलको आर्जन तथा सरसापटसमेतबाट जोडिएका घरजग्गासमेतको सम्पत्तिहरू वैध स्रोतबाट प्राप्त गरिएको र गैरकानूनी आर्जन गरेको नहुँदा अभियोग दाबीबाट सफाई पाउनु पर्दछ भन्नेसमेत जिकिर लिएको पाइन्छ । 

४. विशेष अदालतबाट प्रतिवादी उमेशकुमार रेग्मी, निजकी पत्नी संजना रेग्मी (काफ्ले), निजकी सासू उषादेवी काफ्ले, जेठी सासू सुशीलाकुमारी काफ्ले र सालो सुधीरकुमार काफ्लेसमेतको नाममा बैंकमा राखी लुकाएको रकमसमेत गरी निजसँग कूल बिगो रू.१,२८,९२,३८९।३५ बराबरको चलअचल सम्पत्ति रहेको र त्यसमध्ये रू.१७,३२,६७१।०८ बराबरको सम्पत्तिको मात्र स्रोत खुलेको हुँदा वैध स्रोत देखाउन नसकेको रू.१,११,५९,७१८।२७ बराबरको सम्पत्ति निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १५ तथा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को २०(१) बमोजिम गैरकानूनीरूपमा आर्जन गरी भ्रष्टाचारको कसुर गरेको ठहर्छ भन्नेसमेत ठहर फैसला भएको देखियो । विशेष अदालतको सो फैसलाउपर चित्त नबुझाई वादी र प्रतिवादीहरू दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।

५. वादी नेपाल सरकारको तर्फबाट दायर हुन आएको पुनरावदेनमा मुख्यतः घरजग्गाको हालको मूल्यअनुरूप मूल्याङ्कन गरिनुपर्नेमा सम्पत्ति आर्जन गर्दाको मूल्यका आधारमा बिगो कायम गर्न नमिल्ने, दशैं भत्ता र गैरकानूनीरूपमा आर्जन गरिएको घरको भाडालाई आयमा समावेश गर्न नहुने तथा प्रतिवादीको जीवनयापनमा हुनसक्ने खर्च नकटाई सम्पूर्ण आयलाई मान्यता दिई भएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेकोले सो हदसम्म उल्टी गरी अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने भन्नेसमेत जिकिर लिएको पाइन्छ ।

६. यसैगरी प्रतिवादीहरूको तर्फबाट दायर हुन आएको पुनरावेदनपत्रमा सार्वजनिक पद धारण गर्ने कर्मचारीहरूका हकमा आकृष्ट हुने अनुमानको सिद्धान्त त्यस्तो सार्वजनिक पद धारण गर्ने राष्ट्रसेवक कर्मचारी र निजको एकासगोलको परिवारबाहेक अन्य व्यक्तिका हकमा स्वतः लागू हुन सक्दैन । अन्य व्यक्तिका नाममा अवैध सम्पत्ति लुकाएर राखिएको भन्ने कुरा अनुमानबाट नभई सबुद प्रमाणबाट पुष्टि हुन 

सक्नुपर्दछ । रकम जम्मा गर्न सहयोग गरिदिनु र इच्छाएको व्यक्ति राखेको भन्ने आधारले मात्र खातावाल बाहेकको रकम हो भनी ठहर गर्न 

मिल्दैन । पुनरावेदकमध्ये उषादेवी काफ्ले, सुशीला काफ्ले (अर्याल) र सुधिर काफ्लेको खातामा रहेको रकम उमेशकुमार रेग्मीको ठहर गरेको त्रुटिपूर्ण 

छ । पुनरावेदक उमेशकुमार रेग्मी आफ्ना बाबुआमा र दाजुभाइसँग छुट्टीभिन्न भएको अवस्था छैन । सगोलको आर्जनबाट प्राप्त सम्पत्तिहरूलाई एकजनाको मात्र मानी स्रोत पुष्टि गर्ने दायित्व थोपर्न मिल्दैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्थालाई सोही ऐनको दफा ५० बाट अलग गरेर हेर्न मिल्दैन । उक्त ऐन लागू हुनुअघिको सम्पत्तिको विवरण नै पेस गर्नुपर्ने व्यवस्था नभएकोमा पैतृक सम्पत्तिको स्रोत पुष्टि नभएको भन्ने आधारमा कसुरदार ठहर गरेको त्रुटिपूर्ण रहेको छ । बकसपत्रबाट प्राप्त गरेका सम्पत्तिलाई खरिद मानिएको, घर निर्माण र फर्निचरको लागत दोहोरो पारी बढी कायम गरिएको, दाइजो पेवा ऋण तथा सेवा प्रवेश गर्नुअघिको आय तथा पुनरावेदकमध्येको संजना काफ्ले (रेग्मी) ले सिलाई बुनाई तथा ट्युसन पढाएर गरेको आर्जनलाई मान्यता नदिएको तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को हदम्याद नघाई परेको अभियोग खारेज गर्नुपर्नेमा इन्साफ गरेको नमिलेको हुँदा विशेष अदालतको फैसला उल्टी भई सफाई पाउनुपर्ने भन्नेसमेत जिकिर लिएको पाइन्छ ।  

अब उपर्युक्त पृष्ठभूमिका आधारमा निर्णय निरूपणको लागि निर्धारण गरिएको पहिलो प्रश्न अर्थात्‌ कानूनी र सैद्धान्तिक विषयहरूको निरूपण हुनु वाञ्छनीय देखिएको छः

७. वस्तुतः सार्वजनिक पद धारण गर्ने कर्मचारीहरूका हकमा आकृष्ट हुने अनुमानको सिद्धान्त त्यस्तो सार्वजनिक पद धारण गर्ने राष्ट्रसेवक कमर्चारी र निजको एकासगोलको परिवारबाहेक अन्य व्यक्तिका हकमा स्वतः लागू हुन नसक्ने, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्थालाई सोही ऐनको दफा ५० बाट अलग गरेर हेर्न नमिल्ने र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को हदम्याद नघाई परेको अभियोग खारेज गर्नुपर्ने भन्ने नै पुनरावेदक प्रतिवादीहरूको पुनरावेदनपत्रमा मुख्यरूपमा उठाइएका कानूनी र सैद्धान्तिक प्रश्नहरू रहेका छन् । पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्थालाई सोही ऐनको दफा ५० बाट अलग गरेर हेर्न नमिल्ने भन्नेसमेत जिकिर लिएको पाइयो । अर्थात्‌ उक्त ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू र आफ्नो परिवारको सदस्यसँग रहेको सम्पत्तिको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरेकोमा मिति २०५९।३।५ मा उक्त ऐन लागू हुनुभन्दा अघिको त्यस्तो सम्पत्तिको स्रोत खोज्न वा पुष्टि गर्नुपर्ने होइन भन्ने नै निजको पुनरावेदन जिकिरको आसय रहेको पाइयो । त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को हदम्यादसम्बन्धी प्रश्न पनि पुनरावेदकले उठाएको देखिन्छ ।

८. पुनरावेदक प्रतिवादीले जिकिर लिएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले सार्वजनिक पदधारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अवस्थामा त्यसको स्रोत पुष्टि गर्नुपर्ने अन्यथा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको मानिने कानूनी व्यवस्था गरेको देखिन्छ । त्यस्तै सोही दफा ५०(१) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आवधिकरूपमा आफू तथा आफ्नो परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्था गरेको 

देखिन्छ । एउटा दफाले आवधिकरूपमा सम्पत्तिको विवरण पेस गर्नुपर्ने र अर्कोले त्यसरी पेस गरिएको विवरण स्वाभाविक र मिल्दो छ छैन भन्ने हेरी त्यसैका आधारमा गैरकानूनी आर्जनको अभियोजन गर्ने गरी उक्त दुवै दफामा विद्यमान कानूनी व्यवस्थाहरूको अन्तरसम्बन्ध नरहेको भन्न मिल्ने देखिन्न । तर पुनरावेदकबाट औंल्याइएका उक्त दफाहरूको आधारमा मात्र प्रस्तुत मुद्दाको एकाङ्गीरूपमा निरूपण हुन सक्दैन । यसको लागि गैरकानूनी आर्जनसम्बन्धी कसुरको प्रकृति, यससम्बन्धमा विगत र हाल कायम रहेको कानूनी प्रबन्धहरू तथा यस अदालतबाट यसअघि प्रतिपादन भएका कानूनी सिद्धान्त अर्थात्‌ नजिरहरूको तुलनात्मक विश्लेषण गरी निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।  

९. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी २०४५ साल साउनदेखि सरकारी सेवामा प्रवेश गरी प्रस्तुत मुद्दाको अनुसन्धान र अभियोजन हुने अवस्थासम्म पनि निरन्तर कार्यरत रहिरहेको भन्ने तथ्यमा कुनै विवाद देखिन्न । सार्वजनिक पदमा रहेको सोही अवधिलाई जाँच अवधि मानी प्रतिवादीउपर प्रस्तुत गैरकानूनी आर्जनसम्बन्धी मुद्दाको अनुसन्धान भई अभियोजन गरिएको भन्ने मिसिलबाट देखिएको छ । यसबाट प्रस्तुत मुद्दा कुनै खास प्रकृतिको निश्चित घटना विशेषलाई लिएर कुनै अमूक कसुर गरेको भन्ने अभियोग लगाई दायर भएको भन्ने देखिन्न । अर्थात्‌ कुनै निश्चित समयमा घटित कुनै खास वारदातलाई भ्रष्टाचारको कसुरका रूपमा दाबी गरिएको अवस्था 

छैन । 

१०. सार्वजनिक पदमा रहेको उक्त जाँच अवधिमा पुनरावेदक प्रतिवादीले प्राप्त गर्न सक्ने वैधानिक आयस्रोतको तुलनामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविकरूपमा जीवनयापन गरेको भन्ने गोश्वारा अभियोग लगाइएको हुँदा प्रस्तुत मुद्दामा अन्य मुद्दाहरूमा जस्तो समय वा दिनगन्तीको खास हदम्यादसम्बन्धी सिद्धान्त वा कसुरको परिभाषा आकर्षित हुन सक्ने पनि देखिन्न । त्यसमा पनि पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी निजामती सेवामा बहाल रहेकै अवस्थामा आरोपपत्र दायर भएको हुँदा कसुरको निरन्तरता रहिरहेको मान्नुपर्ने भई हदम्यादको प्रश्नको सान्दर्भिकता देखिँदैन । 

११. यस्तै प्रकृतिका कानूनी प्रश्न उठाइएका गैरकानूनी आर्जनसम्बन्धी मुद्दाहरूमा यस अदालतको संयुक्त र पूर्ण इजलासहरूबाट विस्तृत व्याख्या र विवेचना गरी कायम गरिएका सिद्धान्तहरूले यस सम्बन्धमा विधिशास्त्रीय मान्यता नै स्थापित गरिसकेको देखिन्छ । उक्त मुद्दाहरूमा गरिएको कानूनको व्याख्या र स्थापित सिद्धान्तलाई प्रस्तुत इजलासले पनि अनुसरण गर्नुपर्ने हुन्छ । यसै क्रममा पुनरावेदक प्रतिवादी केशवराज गौतमसमेत विरूद्ध नेपाल सरकार वादी भएको ०६३-CR-०१७३ को गैरकानूनी आर्जनसम्बन्धी मुद्दामा त्यसपूर्व कायम भएका सिद्धान्तहरूको विवेचना गर्दै यस अदालतबाट देहायबमोजिम व्याख्या भएको देखिन्छ । 

१२. प्रतिवादी सरकारी सेवामा प्रवेश गर्दा तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ लागू रहेको थियो भने सेवामा बहाल रहेकै अवधिमा उक्त ऐनलाई खारेज गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ आएको देखिन्छ र यो ऐनको दफा ६५ को उपदफा (३) मा साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम भए गरेका काम कारवाही पनि यसै ऐनबमोजिम भए गरेको मानिने भन्ने उल्लेख भएको पाइन्छ । जसअनुसार साबिकको भ्रष्टाचार निवारण ऐनले निषेध गरेका वा कसुर मानेका कुराहरू घटित भए गरेको अवस्थामा त्यसको असर र परिणाम सो ऐन खारेज भएको भन्ने आधारमा मात्र समाप्त हुन सक्ने देखिन आएन । यदि यसप्रकारको कसुरलाई साबिक ऐनले पनि समेटेको र परिभाषित गरेको र हाल बहाल रहेको ऐनले निरन्तरता दिएको अवस्था हो भने प्रस्तुत मुद्दा दायर हुन कुनै कानूनी अड्चन रहेको मान्न सकिन्न । तर यसप्रकारको कसुरलाई साबिक ऐनले नसमेटेको अवस्था हो भने त्यो विचारणीय हुने देखिन्छ । गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धमा साबिकको भ्रष्टाचार निवारण ऐन र हालको भ्रष्टाचार निवारण ऐनबिचको निरन्तरताको कडी जोडिएको छ वा छैन भन्ने सम्बन्धमा स्पष्ट हुनको निमित्त उक्त ऐनहरूमा गरिएको व्यवस्था दृष्टिगत गर्नु सान्दर्भिक हुन आउँछ । 

१३. साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा अनुमानित कसुरः भन्ने शीर्षकमा “यो ऐनअन्तर्गत सजाय हुने कुनै कसुरमा अभियोग लागेको राष्ट्रसेवकको साथमा रहेको निजको र निजको परिवारका सदस्यहरूको थाहा भएसम्मको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको वा निजले त्यसरी नमिल्दो उच्च जीवनस्तर बनाएको वा अरू कसैलाई ठुलो दान दातव्य बकस दिएको फेला परेमा निजले अदालतलाई त्यसको सन्तोषजनक हुने सबुद दिन सकेमा बाहेक गैरकानूनीरूपले रिसवत लिएको अनुमान गरिनेछ र केवल अनुमानको आधारमा कसुरदार ठहर्‌याई अदालतबाट फैसला भएको छ भन्दैमा सो फैसला बदर हुन सक्दैन” भन्ने उल्लेख भएको देखिन्छ । 

१४. त्यसै गरी हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको मानिने भन्ने शीर्षकअन्तर्गत उपदफा (१) मा “प्रचलित कानूनबमोजिम सार्वजनिक पदधारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा निजले प्रमाणित गर्नुपर्नेछ र नगरेमा त्यस्तो सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको मानिनेछ” भन्ने उल्लेख भएको देखिन्छ । 

१५. यसरी दुवै ऐनमा रहेको व्यवस्थाको तुलनात्मक अध्ययनबाट तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ ले गैरकानूनीरूपमा अर्थात्‌ अवैधानिक माध्यमबाट सम्पत्ति आर्जन गर्न छुट नदिएको र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो कुरालाई स्पष्टरूपमा समेटेको देखिन्छ । फरक के मात्र देखिन्छ भने साबिक ऐनको दफा १५ को व्यवस्था स्वतन्त्र नभई भ्रष्टाचार मुद्दाको कारवाहीको सिलसिलामा प्रतिवादीसँग आयको तुलनामा अमिल्दो सम्पत्ति देखिएको वा अमिल्दो जीवनस्तर यापन गरेको पाइएमा प्रतिवादीले अन्यथा प्रमाणित गरेमा बाहेक रिसवत लिएको अनुमान गर्न मिल्ने भन्ने हो भने हालको दफा २०(१) मा सोही प्रकृतिको कसुर वारदातलाई स्वतन्त्ररूपमा परिभाषित गरी छुट्टै सजायको समेत व्यवस्था गरेको देखिन्छ ।

१६. उल्लिखित कानूनी प्रावधानहरूको सन्दर्भमा यस अदालतको पाँच सदस्यीय पूर्ण इजलासबाट पुनरावेदक वादी मोहनप्रसाद बन्जाडेको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी अर्थ मन्त्रालयका उपसचिव ईश्वरप्रसाद पोखरेलसमेत भएको गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा “साबिक ऐनले पनि कसुरको संज्ञा दिई त्यसका लागि सजायसमेत निश्चित गरेको क्रियालाई हालको ऐनमा समेत निरन्तरता दिँदै साबिक ऐनले निश्चित गरेको सजायभन्दा हालको ऐनले कम सजाय तोकेको स्थितिमा एउटै क्रियालाई साबिक र हालको ऐनले फरकफरक नामकरण गरेको भन्ने मात्र आधारमा Ex-post –Facto Laws को प्रसङ्ग उठाउनु सान्दर्भिक नहुने” भन्नेसमेत सिद्धान्त 

(ने.का.प. २०६६, अंक ८, नि.नं. ८२००) प्रतिपादन भएको देखिन्छ । उक्त सिद्धान्तलाई पुनरावेदक वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी चिरञ्जीवी वाग्लेसमेत भएको भ्रष्टाचार मुद्दामा अङ्गीकार गरी फैसला भएको (ने.का.प. २०६७, अंक १२, नि.नं. ८५१९, पृष्ठ २०३३) देखिन्छ । यसरी यस अदालतको बृहत्‌ पूर्ण इजलाससमेतबाट यस्तै प्रकृतिका मुद्दाहरूमा भएका व्याख्याबाट साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को प्रावधान र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को प्रावधान फरक उद्देश्यको लागि आएको नभई एकै उद्देश्य र प्रयोजनको लागि आएको भन्ने सिद्धान्त स्थापित भैसकेकोले त्यसलाई अङ्गीकार नगरी अन्यथा गर्नसक्ने विकल्प यस इजलाससमक्ष नभएकोले सो सम्बन्धमा थप व्याख्या र विश्लेषण गरिरहनु पर्ने अवस्था रहेन । उपर्युक्त सिद्धान्तसमेतका आधारमा पुनरावेदक प्रतिवादीउपर लगाइएको कसुर कानूनको नितान्त नयाँ सिर्जना भन्ने देखिन नआएको हुँदा अतित/प्रभावी कानूनका आधारमा अभियोग लगाइएको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था रहेन ।

१७. यसका अतिरिक्त यस्तै कानूनी प्रश्न समावेश भएका पुनरावेदक प्रतिवादी खुमबहादुर खड्कासमेत विरूद्ध नेपाल सरकार, पुनरावेदक प्रतिवादी केशरजङ्ग खड्का विरूद्ध नेपाल सरकार, पुनरावेदक प्रतिवादी आनन्द खनाल विरूद्ध नेपाल सरकारसमेतका गैरकानूनी आर्जनसम्बन्धी मुद्दाहरूमा यस अदालतबाट उपर्युक्त कानूनी प्रश्नहरूको सम्बोधन भैसकेको हुँदा यसअघि अभिव्यक्त गरिएका राय र कानूनको व्याख्या विश्लेषणसँग असहमत हुनुपर्ने अवस्था छैन । 

१८. गैरकानूनी आर्जनसम्बन्धी कसुरको प्रकृति, कानूनी व्यवस्था, अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट लिइने दाबीको आधार र प्रतिवादी पक्षबाट लिइने जिकिरको सम्बन्धमा समग्र विश्लेषण गरी पुनरावेदक प्रतिवादी केशवराज गौतमको मुद्दामा देहायबमोजिम थप विवेचना भएको देखिन्छ जुन प्रस्तुत मुद्दामा समेत सान्दर्भिक नै रहेको छ ।

१९. सैद्धान्तिक विषयहरूको सान्दर्भिकताको सन्दर्भमा हेर्दा वस्तुतः अपराध गर्ने तरिका (modus operandi), प्रमाणको भार आदि कुराका आधारमा अन्य परम्परागत फौजदारी मुद्दा र निश्चित वारदातका आधारबाट भ्रष्टाचारसम्बन्धी कसुर कायम हुने मुद्दाभन्दा प्रस्तुत अनुमानित कसुरसम्बन्धी मुद्दा ज्यादै फरक र विशिष्ट प्रकृतिको मुद्दा हो । यसमा प्रमाणको भार पुरै प्रतिवादीमा निहित गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) मा गरिएको यस किसिमको कानूनी व्यवस्थाले सार्वजनिक पद धारण गरेको मानिने राष्ट्र सेवकले सार्वजनिक ओहोदामा रहँदाको अवस्थामा पदको दुरूपयोग गरेका वा गर्न सक्ने गैरकानूनी आर्जन वा लाभहरूलाई निषेध वा निरूत्साहन गर्ने बृहत्‌ उद्देश्य राखेको प्रष्टै छ । सार्वजनिक जीवनमा रहनेहरूलाई सदाचारको बन्धनमा बाँधी मुलुकमा सुशासन र नैतिकता कायम गर्ने ऐनको अभिप्राय भएकोले दफा २०(१) को व्याख्या गर्दासमेत ऐनको मूल मर्म र भावनाको सापेक्षताबाट गर्नुपर्ने हुन्छ । खासगरी ऐनको दफा २०(१) ले सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अनुमान गर्नको लागि मुख्यतः देहायका तत्त्वहरूको उपस्थितिलाई मापदण्डका रूपमा अङ्गीकार गरेको देखिन्छ :

क. प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक देखिएमा,

ख. मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा,

ग. आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा । 

२०. ऐनमा भएका उपर्युक्त मापदण्डहरूमध्ये कतिपय अमूर्त प्रकृतिका समेत देखिन्छन् । खास गरी सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको, उच्च जीवनस्तर यापन गरेको र हैसियतभन्दा बढी दान दातव्य दिएको भन्ने कुराहरू वस्तुनिष्ठ आधारसहित न्यायिक परीक्षणबाट निष्कर्षमा पुग्न हमेसा कठिन र जटिल हुने विषय हुन् । के कति सम्पत्तिलाई अमिल्दो वा अस्वाभाविक मान्ने, के कुन स्तरको जीवनयापनलाई अमिल्दो, अस्वाभाविक र उच्च भनी परिभाषित गर्ने र हैसियतको मापदण्ड के कुन कुरालाई मानी हैसियतभन्दा बढी वा घटी दान दातव्य दिएको निष्कर्षमा पुग्ने भन्ने कुराको निरपेक्ष जवाफ खोज्न सजिलो छैन । त्यस्तै व्यक्तिका हरेक आय व्ययको विवरण अभिलेखीकरण गर्नुपर्ने र त्यस्तो कारोबारको लगत व्यवस्थित गर्ने कानूनी बाध्यता र प्रणालीको अभावमा सार्वजनिक जीवनमा रहँदाको लामो अवधिलाई जाँच अवधि मानी त्यसको यथार्थ हिसाब किताबको लगत एकैपटकको अनुसन्धानबाट सङ्कलन गर्ने, माग्ने वा पेस गर्ने विषयहरू पनि चुनौतीरहित छैनन् । 

२१. कानूनी व्यवस्थाको उपर्युक्त सैद्धान्तिक पृष्ठभूमि र यथार्थताको बिचबाट गुज्रदै यस प्रकृतिका विवादहरूको न्यायिक निष्कर्षमा पुग्नुपर्ने बाध्यात्मक स्थिति छ । ऐन जारी भएको समय र प्रस्तुत विवादहरूको उठान हुँदाको अवस्थालाई हेर्दा न्यायिक अभ्यास विकसित हुन बाँकी नै छ भन्न सकिन्छ ।

२२. जाँच अवधिको आय र व्यय अर्थात्‌ सम्पत्ति र स्रोतबिचको अस्वाभाविकता र असामञ्जस्यताबाट कसुर कायम हुने र नहुने यस प्रकृतिका मुद्दामा हालसम्म अवलम्बन गरिएको आधारको सिंहावलोकन गर्दा न्यायिक विवेक र विश्लेषणभन्दा पनि सम्पत्ति र आयको लेखापरीक्षणमा बढी ध्यान केन्द्रित गरिएको पाइन्छ । अभियोजन पक्षबाट प्रतिवादीले सार्वजनिक जीवनमा प्राप्त गर्न सक्ने वैध स्रोत र निजको जीवनस्तर तथा सम्पत्तिको अस्वाभाविकतालाई तार्किक आधारमा प्रस्तुत गर्ने भन्दा पनि हिसाब किताबका सूक्ष्मतम मापदण्डतर्फ उन्मुख गराउन खोजेको देखिन्छ । प्रतिवादीको प्रयास पनि स्वभावतः आयस्रोत बढाउने र सम्पत्तिको मूल्याङ्कन घटाउने प्रमाण सिर्जना गर्नमै बढी केन्द्रित हुने नै भयो । दाबी र जिकिरमा सीमित रहनुपर्ने न्यायिक मान्यताले गर्दा न्यायिक प्रक्रिया पनि वादी र प्रतिवादी पक्षबाट पेस गरिएको सम्पत्ति विवरणको गणितीय आधारमै भर गर्न पुगेको देखिन्छ । 

२३. वस्तुतः आयस्रोतको तुलनामा अस्वाभाविक र अमिल्दो सम्पत्ति राख्ने तथा दिने र उच्च जीवनयापन गरेको भन्ने विषय विगतमा राख्दै नराखिएको र राख्नै नपर्ने अति सूक्ष्मतम हिसाब किताबबाट मात्रै निरूपण हुन सक्ने विषय होइन । बरू त्यस्तो अस्वाभाविकता र अमिल्दोपनको चरित्रलाई अनुसन्धानले टड्कारो रूपमा झल्काउन सकेको हुनुपर्दछ । ठिक ढङ्गबाट लगत नराखेकै कारणले आयका स्रोतहरू असीमित हुँदैनन् । राष्ट्रसेवकले सार्वजनिक पदमा रहँदा प्राप्त गर्ने आय स्रोतको दायरा त झनै साँगुरो हुने हुँदा त्यसको मोटामोटी आँकलन गर्न खासै कठिनाइ हुनुपर्ने देखिन्न । सार्वजनिक पदका अतिरिक्त राष्ट्रसेवकले पैतृक सम्पत्ति, दान दातव्य तथा कुनै वरव्यवसायबाट पनि वैधानिकरूपमा आय प्राप्त गरेको हुन सक्दछ । 

२४. त्यसरी प्राप्त भएको भनिएको सम्पत्ति वा आयको हिस्सा सामान्य र स्वाभाविक छ भने लेखा नराखिएको वा कर नतिरिएको भन्ने तर्क उठाउनु सान्दर्भिक र न्यायोचित नहुन सक्दछ । हामीकहाँ जनजीविकाको आर्थिक लागत, विभिन्न तहगत आयवर्गका व्यक्तिहरूमा जनजीविकाको निमित्त लाग्ने खर्चको भिन्नता र तह निर्धारण आदि केही पनि नभएको अवस्थामा हरेक राष्ट्रसेवकहरूको जीवनस्तर कतिलाई उच्च भन्ने वा नभन्ने, वा कस्तो हैसियतलाई नमिल्दो हैसियत भन्ने प्रश्न उठिरहने गरेको देखिन्छ । आधारभूतरूपमा आर्थिक एवम् सामाजिक मूल्याङ्कन वा सर्वेक्षण गर्ने कुराहरूमा पनि आजसम्म हाम्रो आर्थिक प्रणालीले आवश्यक कार्य गर्न सकेको देखिँदैन, जुन जरूरी छ । उच्च जीवनस्तर भनेको व्यक्तिले आफ्नो वा अर्काको लागि गरेको खर्चले उपभोगको स्तर मापन गर्ने हो वा प्राप्त आयस्तरबाट मापन गर्ने हो, त्यो पनि महत्त्वपूर्ण छ । साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ एवम् हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को सन्दर्भमा समेत हेर्दा सम्पत्ति विवरण नमिल्दो देखिएमा एउटा अनुमानको अवस्था आउने देखिन्छ भने अमिल्दो र अस्वाभाविक जीवनस्तर भोगेको वा आफ्नो हैसियतभन्दा बढी दान दातव्य दिएको भन्ने कुराहरू उपभोगको स्तरबाट देखिने कुराहरू 

हुन् । कतिपय अवस्थामा व्यक्तिले प्राप्त आय धेरै भए पनि उपभोगमा अति सङ्कुचन गरेको हुन सक्तछ भने कतिपयमा सम्पत्ति विवरण जे भए पनि उच्च उपभोगस्तर कायम राखेको वा अरूलाई दान दातव्य दिएको हुन सक्तछ । सम्पत्ति विवरण र जीवनस्तरको परिसूचकहरूको संयोजन गरी राम्ररी हेर्न सकिएन भने उक्त कानूनी व्यवस्थाहरूको प्रयोजनको लागि सही निष्कर्ष निकाल्न सकिँदैन । 

२५. राष्ट्रसेवकले आयको तुलनामा अस्वाभाविकरूपमा सम्पत्ति आर्जन गरी उच्च जीवनस्तर बिताउने कार्यलाई कानूनले कसुरको रूपमा परिभाषित गर्नुको अर्थ न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गरिएको विषयमाथि नै प्रश्न उठाउनुपर्छ भन्ने होइन । न्यूनतम आधारभूत आवश्यकता पुरा गर्ने चाहना सबैले राखेको हुन्छ । सहरमा बस्नेले एक टुक्रा घडेरी वा शिर ढाक्नको लागि आफ्नो गच्छेअनुसारको सामान्य बास निर्माण गर्ने तथा गाउँमा भए परिवारको लागि एकसरो खान पुग्ने खेती जग्गा जोड्नुलाई अस्वाभाविक मान्न 

सकिन्न । त्यस्तै दुई अढाई तल्लाको घरको एक तल्लामा आफू बसी अर्को तल्ला भाडामा लगाई घरभाडाबाट केही आय प्राप्त भएको तर्कसङ्गत जिकिर गरिन्छ र त्यो मिसिल प्रमाणबाट विश्वासलायक देखिन आउँछ भने भाडा सम्झौता वा कर तिरेको प्रमाण खोजिरहनु नपर्ने अवस्था हुन सक्दछ । न्यूनतम आवश्यकता पुरा गर्न मानिस खाई नखाई मरिमेटी गरी लागि पर्ने हुँदा समयान्तरमा त्यसरी जोडिएको सम्पत्तिको मूल्याङ्कनमा केही भिन्नता आउनु वा ठिक ढङ्गबाट हिसाबकिताब नराखिएको कारणबाट आयको तुलनामा आर्जित सम्पत्ति र खर्च केही बढी देखिनुलाई अस्वाभाविक र अमिल्दो सम्पत्ति रहेको भनी कसुर ठहर गर्नु न्यायोचित हुन सक्दैन । समान पद वा उस्तै आयवर्गमा पर्ने व्यक्तिहरूले औसतमा बिताउने जीवनशैली वा जीवनयापन गर्न लाग्ने औसत खर्चको हिसाबले अस्वाभाविक ढङ्गले उच्च जीवनस्तर भोगेको भन्ने टड्कारो देखिँदैन भने जो सुकैको लागि पनि तत्काल प्रचलित कानूनको सन्दर्भमा आय र व्ययको कच्चावारी माग गर्नु उचित देखिँदैन । वस्तुतः तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले सार्वजनिक ओहदाको पदमा बस्ने हरेकले आफ्नो आय र व्ययको विस्तृत लेखा राख्न बाध्य नगरेको अवस्थामा सो बिना नै सामान्यरूपले औसत जीवनयापन गर्नु स्वाभाविक हुन्छ । त्यतिकै कारणले हरेकलाई प्रतिरक्षात्मक बिन्दुमा पुर्‍याइनु उचित 

हुँदैन । सो दफाअन्तर्गत र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको नमिल्दो जीवनस्तर भोगेको व्यक्तिको सम्बन्धमा आधारभूत अनुसन्धानपछि मात्रै आयस्तर र जीवनशैलीको आर्थिक मूल्याङ्कन गर्न र त्यसको हिसाब किताबको अनुसन्धान गर्न मिल्ने देखिन्छ । 

२६. फौजदारी कानून स्पष्ट हुन्छ र यसको स्पष्ट उल्लङ्घन भएको शङ्कारहित प्रमाणबाट पुष्टि भएमा बाहेक अभियुक्तउपरको दाबी पुष्टि भएको मानिँदैन । त्यसैले फौजदारी न्याय प्रणालीमा शङ्का, अनुमान र विश्वास जस्ता कुराहरूलाई दाबी पुष्टि गर्ने प्रमाणको रूपमा स्वीकार गरिँदैन । तर सबै अवस्थामा यसलाई निर्विवाद सिद्धान्तको रूपमा ग्रहण गर्न नसकिने हुन्छ । राज्यले हरेक नागरिकले के कस्तो व्यवहार गरेको छ भनी सबै नागरिकको पछि लागी निगरानी र नियन्त्रण गर्न सक्तैन र यो सम्भव पनि छैन । लुकीछिपी अमुक समयमा कानूनविपरीत गरिने अमुक व्यवहारलाई मौकैमा रोक्न नसकिने भए पनि त्यसको निगरानी र नियन्त्रणका गोश्वारा उपायहरूको व्यवस्था गर्न आवश्यक हुन्छ । राज्यले यस्तै विशेष अवस्था र परिस्थितिको सामना गर्न अपवादात्मकरूपमा कानूनमा व्यवस्था गरी अनुमानित कसुरको पनि व्यवस्था गरेको हुन्छ । गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने प्रस्तुत मुद्दा पनि यही अपवादात्मक व्यवस्थाअन्तर्गत पर्ने देखिन्छ । त्यसैले यस प्रकृतिका मुद्दाहरूमा वादी पक्षका साथै प्रतिवादी पक्षउपर पनि प्रमाणको भारसम्बन्धी केही निश्चित दायित्व निर्धारण गरिएको पाइन्छ । खासगरी आफूसँग रहेको सम्पत्तिको स्रोत पुष्टि गर्ने दायित्व प्रतिवादीमा नै रहन्छ । प्रतिवादी पक्षले त्यसो गर्न नसकेमा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भनी लिइएको दाबी पुष्टि भएको अनुमान गरिन्छ । प्रमाणको भार प्रतिवादीमा रहने यो मान्यता अन्वेषणात्मक कानून प्रणालीको विशेषताहरूमध्ये एक हो ।  

२७. प्रस्तुत मुद्दाको प्रकृति अनुमानित कसुरमा नै आधारित रहेको र सो अनुमानलाई प्रमाणद्वारा खण्डन गर्न प्रतिवादीउपर प्रमाणको भार राखिएको छ । प्रतिवादीउपर निजले गैरकानूनी र अस्वाभाविकरूपमा सम्पत्ति आर्जन गरेको भन्ने दाबी लिइएको हुँदा आफूले आर्जन गरेको सम्पत्तिको वैधानिक स्रोत प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम देखाई आफ्नो निर्दोषिता निजले नै पुष्टि गर्नुपर्ने हुन्छ । राज्यमा सबै नागरिकलाई कानूनबमोजिम सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र सम्पत्तिको बेचबिखन गर्न पाउने हकलाई संवैधानिक संरक्षण रहेको छ । यही संवैधानिक संरक्षणभित्र प्रचलित कानून अनुकूलको प्रक्रिया वा माध्यमअनुरूप नै सम्पत्ति आर्जन गर्न सकिने हुन्छ र त्यसरी आर्जन गरिएको सम्पत्तिलाई स्रोत पुष्टि भएको सम्पत्ति मानिन्छ । प्रतिवादीले आर्जन गरेको सम्पत्तिको वैधानिक स्रोत देखाउन नसकेमा त्यस्तो सम्पत्तिलाई निजको गैरकानूनी आर्जन मानिन्छ ।   

२८. यसै गरी यस प्रकृतिको मुद्दाको कसुर कुनै खास अवधि वा समयमा घटाइएको वा गरिएको सामान्य प्रकृतिको अपराधको विषय होइन । यस्ता कसुरका मुद्दाहरूमा व्यक्तिको हैसियत र सम्पत्तिको छानबिन गरिने हुँदा सरकारी वा सार्वजनिक सेवामा प्रवेश गरेको समयावधिबाटै प्रतिवादीको आयस्रोतको छानबिनको अवधि सुरू हुने भएबाट जसउपर अभियोग लगाइएको हुन्छ, सो व्यक्तिको हैसियत कस्तो थियो र अहिले कसरी हैसियतभन्दा बाहिर गई अस्वाभाविक जीवन बिताएको छ भन्ने कुराको गहन छानबिन र अनुसन्धान आवश्यक हुन्छ । प्रमाणको भार प्रतिवादीमा सारिएको भन्दैमा अनुसन्धान र तहकिकात नगरी अनुमानितरूपमा कसुर लगाई मुद्दा चलाउने भन्ने होइन । प्रतिवादीले आर्जन गरेको सम्पत्ति, निजको खर्च तथा बचत के कसरी भएको छ भन्ने कुरालाई अभियोजनकर्ताले स्पष्ट देखाई प्रतिवादीले हैसियतभन्दा बाहिर गई यो यति सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको हो भनी स्पष्ट र यकिन दाबी लिन सक्नु पर्दछ । प्रतिवादीले पनि आफूले हैसियतभन्दा बाहिर गई कानूनविपरीत सम्पत्ति आर्जन गरेको होइन भनी आफ्नो सम्पत्ति आर्जनको वैधानिक स्रोतलाई वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सक्नु पर्दछ । 

२९. प्रस्तुत मुद्दामा यस्तो विवरण अभियोजन पक्षले प्रतिवादीको अमूक वर्षमा कति आय भएको वा कस्तो जीवनशैली बिताएको वा कुन स्तरको नमिल्दो खर्च गरेको भनी देखाएको अवस्था होइन । अभियोजनकर्ताले विभिन्न सालहरूको आयको एकमुष्ट गणना गर्ने गरेको र हालसम्मको सम्पत्ति जम्मा गरेको स्तर एवम् सम्पत्तिको उपभोगको स्तरको आधारमा एकमुष्ट दाबी गरेको पाइन्छ । निर्णयकर्ताले पनि सोहीअनुसार आय र व्ययको छुट्टाछुट्टै बास्केट निर्माण गरी त्यसको सामञ्जस्यता वा असामञ्जस्यताका आधारमा अनुचित जीवनस्तर हो वा होइन भन्ने कुराको निर्णय गरेको पाइन्छ । अभियोक्ताले खास वर्षमा गरिएको खास आय वा उपभोग नै स्रोतविहीन हो भनी यकिन गर्न सक्तैन र समष्टिमा दाबी लिन बाध्य हुन्छ भने अदालतसँग हरेक सालको आय र उपभोग स्तरको छुट्टाछुट्टै मूल्याङ्कनको माग गर्न मिल्दो हुन सक्तैन । वस्तुतः यस्तो प्रश्नमा अभियोक्ताले नै अनुसन्धानको चरणमा विवादित अमूक सम्पत्ति वा उपभोगको स्तर कुन खास कारणले अमिल्दो र स्रोतविहीन छ भनी तथ्यसाथ किटान गर्न नसकेसम्म यस्ता प्रश्नहरूलाई अमुक प्रमाणको आधारमा निराकरण गर्न सकिने स्थिति रहँदैन । त्यसतर्फ अभियोक्तापक्षले अनुसन्धान एवम् अभियोजन गर्दा नै विशेषरूपमा विचार गरी दाबी लिन सक्नु पर्दछ ।

३०. त्यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान र अभियोजनको आधार र मापदण्डमा समेत एकरूपता रहने गरेको देखिएको छैन । लिखतमा उल्लेख भएको सम्पत्तिको वास्तविक लागत मूल्य र घर निर्माणको तत्कालीन लागतलाई मान्यता नदिई हालको मूल्याङ्कनका आधारमा दाबी प्रस्तुत गर्ने गरिएको पाइन्छ । हाल कायम भएको मूल्य बढे बढाएकोसम्म हुने भए पनि सम्पत्ति प्राप्त गर्दा गरिएको लगानी नै वास्तविक बिगो हुने भई बिगो र बढे बढाएको सम्पत्तिको सम्बन्धमा ऐनको दफा २०(२) र ४७ मा गरिएको पृथक–पृथक र स्पष्ट प्रावधानलाई गोश्वारारूपमा ग्रहण गर्दा अनुसन्धान अधिकृत र आयोगको क्षमतामा नै गम्भीर प्रश्न चिह्न उठ्न सक्दछ । त्यसैले हालको मूल्यका आधारमा सम्पत्तिको मूल्याङ्कन गरिनु पर्दछ भन्ने पुनरावेदक वादी पक्षको जिकिर आधारहीन देखिन आउँछ ।

३१. साथै एउटै मुद्दाभित्र तथा मुद्दापिच्छे लिइने दाबीको आधार वा मापदण्ड पनि विरोधाभाषपूर्ण हुने गरेको पाइन्छ । कुनै मुद्दामा जग्गा खरिदको मूल्य पारित लिखतमा उल्लेख भएको रकमबाट कायम गरिन्छ भने सोही जग्गा बिक्री गरेको लिखत मूल्यलाई भने मान्यता नदिई प्रतिवादीको जिकिरबमोजिम बढी आय प्रदान गर्ने गरिएको पाइन्छ । सानोतिनो घर भाडाको आयको जिकिर लिइएको अवस्थामा कर नतिरेको र रितपूर्वकको सम्झौता नभएको भनी आय नदिने गरेको देखिन्छ भने लाखौं रकमको त्यस्तो जिकिरलाई बिना कुनै आधार र प्रमाण आयोग स्वयम्‌बाट आय दिइएको पाइन्छ । प्रतिवादीले कृषि आयको जिकिर लिएको जग्गा तथा सम्पत्तिको स्थलगत निरीक्षणसमेतका वस्तुनिष्ठ आधारबाट आय यकिन नै नगरी हचुवा आधारमा आय दिने वा नदिने गरेको पाइन्छ । त्यस्तै विदेश भ्रमणबापत पाएको भत्ताको ७० प्रतिशत बचत हुने भनी आय दिइने तथा तलब भत्ताको सबै रकम बचत हुने अनुमान गरी आयमा जोड्नुको वस्तुनिष्ठ आधार पाइँदैन । एउटै मुद्दा र मुद्दैपिच्छे अनुसन्धान अधिकृतबाट अवलम्बन गरिने फरक र परस्पर विरोधाभाषपूर्ण मापदण्ड र अभियोजनमा लिइने आधारबाट न्याय निरूपण गर्ने कार्यलाई थप जटिल र चुनौतीपूर्ण बनाएको हुँदा यस प्रकारका गम्भीर त्रुटि नदोहोर्‍याउनेतर्फ आयोग सचेत हुनुपर्ने देखिएको छ । 

३२. यसका अतिरिक्त जाँच अवधिको प्रतिवादीको सबै आयस्रोत गणना गरिएको हुन्छ । तर जाँच अवधिमा पारिवारिक भरण पोषणमा हुन सक्ने सामान्य खर्च यकिन गर्ने तथा आयबाट कट्टा गर्ने गरिएकोसमेत पाइँदैन । प्रस्तुत मुद्दामा पनि त्यस्तै अवस्था छ । तर पुनरावेदन तहमा आएर सो प्रश्न उठाउने गरिएको हुँदा मौकामा नलिएको त्यस प्रकारको जिकिरका सम्बन्धमा पुनरावेदन तहमा जिकिर लिन र त्यसका आधारमा यस अदालतले बोल्न मिल्ने अवस्था रहँदैन । त्यसैगरी माथि प्रकरण प्रकरणमा विश्लेषण भएबमोजिम प्रतिवादीको सालवसाली हुन सक्ने आय र व्ययको तुलनात्मक विवरण प्रस्तुत नगरी हचुवा र गोश्वारारूपमा दाबी प्रस्तुत गर्ने गरिएबाट अघिबाट प्राप्त गरेको सम्पत्तिको स्रोत पछि प्राप्त गरेको आयबाट पुष्टि हुने अवस्था रहेको छ । अनुमानित कसुरसम्बन्धी मुद्दा हो भन्ने आधारमा अनुसन्धान अधिकारीले समेत प्रतिवादीको वास्तविक आय र सम्पत्तिको यकिन साथ अनुसन्धान, विश्लेषण र मूल्याङ्कन नै नगरी अनुमानकै भरमा अभियोजन गर्नु गैरजिम्मेवारीपूर्ण देखिएको हुँदा आगामी दिनमा यस प्रकारका त्रुटिहरू नदोहोर्‍याउनेतर्फ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण हुनु पर्ने देखिन्छ ।

३३. त्यस्तै पुनरावेदक प्रतिवादीले अच्युतप्रसाद खरेल विरूद्ध नेपाल सरकार भएको गैरकानूनी आर्जनसम्बन्धी मुद्दामा प्रस्तुत मुद्दाका प्रतिवादीले जस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को हदम्यादसम्बन्धी प्रश्न उठाइएकोमा यस अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा सम्बन्धित भ्रष्टाचार निवारण ऐन कै हदम्यादसम्बन्धी व्यवस्था आकृष्ट हुने हुँदा आयोगको काम कारवाही व्यवस्थित गर्न बनाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा उल्लेख भएको व्यवस्थाको आधारमा हदम्याद नघाई अभियोग दायर भएको भन्‍न नमिल्ने भन्नेसमेत व्याख्या भएको (ने.का.प. २०६८ मङ्सिर निर्णय नं. ८६६७ पृष्ठ १३२९) देखिन्छ । उक्त व्याख्यासँग असहमत हुनुपर्ने कुनै कारण नभएकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को हदम्याद नघाई अभियोग दायर भएकोले खारेज हुनुपर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

अब प्रतिवादीको परिवारका सदस्यबाहेक अन्य व्यक्ति अर्थात्‌ नातेदारहरूका नाममा भएको बैङ्क खाताको रकम प्रतिवादीको मानी बिगो कायम गर्न मिल्छ वा मिल्दैन भन्ने निर्णय दिनुपर्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ ।

३४. पुनरावेदक वादी नेपाल सरकारले पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको सासू उषादेवी काफ्ले, जेठी सासू सुशीलाकुमारी काफ्ले (अर्याल) र सालो सुधिर काफ्लेका नाममा रहेका बैङ्क खाताका रकमहरूलाई समेत निज प्रतिवादीले आफ्नो गैरकानूनी आर्जनको रकम लुकाएको भनी बिगोमा समावेश गरी जफतसमेतको मागदाबी लिइएको र विशेष अदालतबाट पनि अभियोग माग दाबीबमोजिम नै ती खाताका रकमहरू प्रतिवादी उमेशकुमार रेग्मीकै गैरकानूनी आर्जन मानी बिगोमा समावेश गरी जफत हुने फैसला भएको देखिन्छ । सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकको एकासगोलको परिवारका सदस्यबाहेक अन्य व्यक्तिका नाममा रहेका सम्पत्तिका सम्बन्धमा गैरकानूनी आर्जनको अनुमान (presumption of illegal possession of property) स्वतः लागू नहुने हुँदा उक्त रकमलाई बिगोमा समावेश गरी जफत गर्न मिल्दैन भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको पाइन्छ ।

३५. वस्तुतः गैरकानूनी आर्जनको अनुमान प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले पेस गरेको अमिल्दो तथा अस्वाभाविक सम्पत्तिका सम्बन्धमा नै गरिने कुरा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कानूनी व्यवस्थाको अध्ययनबाट स्पष्ट हुन्छ । उक्त ऐनको दफा ५०(१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्थाले पनि सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक वा निजको परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरणसम्मको स्रोत पुष्टि गर्नुपर्ने गरी दायित्व निर्दिष्ट गरेको पाइन्छ । यसबाट सामान्यतः आफू वा आफ्नो परिवारका सदस्यबाहेक अन्य उनाउ व्यक्तिका नाममा रहेको सम्पत्तिको स्रोत पुष्टि गर्ने दायित्व राष्ट्र सेवकउपर नरहने प्रष्ट छ ।

३६. तर यस्तो विश्लेषण गरिरहँदा कुनै राष्ट्रसेवकले आफ्नो परिवारका सदस्यबाहेक अन्य नातेदार वा व्यक्तिका नाममासमेत गैरकानूनी आर्जनको सम्पत्ति लुकाएको छ भन्ने विषय उठ्दछ वा अनुसन्धानबाट देखिन्छ भने त्यस विषयमा छानबिन गर्न र दाबी नै लिन मिल्दैन भन्ने अर्थ गर्न खोजिएको भने होइन । श्वेतग्रिवी अपराधको रूपमा परिचित भ्रष्टाचारको कसुर गर्ने र भ्रष्टाचारबाट गरिएको आर्जन लुकाउने तौरतरिका अनेक हुन सक्दछन् । गैरकानूनी आर्जन गर्नेले सधैं आफू वा आफ्नो परिवारका सदस्यका नाममा मात्र सम्पत्ति राख्दछ वा राखेको हुनुपर्दछ भन्ने छैन । गैरकानूनी आर्जन गर्नेले त्यस्तो आर्जन लुकाउन भगीरथ प्रयत्नसमेत गर्नसक्छ भन्ने कुरा स्वाभाविक अनुमानको विषय हो । गैरकानूनी आर्जन भ्रष्टाचारको कसुरमध्येमा सबैभन्दा जटिल प्रकृतिको कसुर भएको र यस्तो कसुर गर्ने व्यक्तिले आफ्नो परिवारका सदस्यका नाममा सम्पत्ति राख्दा समातिने डरले परिवारका सदस्य बाहेकका नातागोता, इष्टमित्रलगायत अन्य चिनजानका साथीभाइ एवम् व्यापारीहरूका नाममा समेत सम्पत्ति लुकाउन सक्ने अवस्था र स्थितिलाई इन्कार गर्न सकिँदैन । त्यतिमात्र होइन आजको विश्वव्यापीकरणको युगमा एक देशमा गरिएको गैरकानूनी आर्जन लागु औषधको कारोबार गर्न, आपराधिक कार्य वा समूह परिचालन गर्न तथा अर्को मुलुकमा लगेरसमेत लुकाउने गरिएका दृष्टान्तहरू संसारभर पाइन्छन् । 

३७. भ्रष्टाचारजन्य कसुरको सङ्गठित प्रकृति, जटिलता, सम्पत्ति लुकाउने तौरतरिका र एक देशबाट अर्को देशसम्म त्यस्तो गैरकानूनी सम्पत्तिको हस्तान्तरण तथा सङ्ग्रहण हुनसक्ने परिस्थितिबाट सिर्जना हुनसक्ने असरको आँकलनबाटै भ्रष्टाचार विरूद्धको अभियानले राष्ट्रिय सीमा पार गरी अन्तर्राष्ट्रिय चरित्र वा स्वरूप ग्रहण गरेको छ । संयुक्त राष्ट्र संघले पारित गरेको भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय महासन्धिको प्रावधान र कार्यान्वयनमा देखाइएको तदारूकताबाट यसको गम्भीरतालाई सहजै आँकलन गर्न सकिन्छ ।

३८. सामान्यतः राष्ट्र सेवक कर्मचारीको सगोलका परिवारका सदस्यहरू बाहेक तेस्रो व्यक्तिसम्म पुगी त्यस्ता व्यक्तिका नाममा भएका कुनै सम्पत्तिसमेत राष्ट्रसेवक कर्मचारीको भ्रष्टाचारजन्य कसुर वा गैरकानूनी आर्जनबाट जोडिएको होला भनी अनुसन्धान र अभियोजन गर्दै जाने तथा गैरसदस्यहरूले समेत त्यसको जवाफदेहिता बहन गरिरहनु पर्ने भन्न मिल्दैन । तर कुनै राष्ट्रसेवक कर्मचारीको भ्रष्टाचारजन्य कसुर वा गैरकानूनी आर्जनबाट जोडिएको कुनै सम्पत्ति परिवारका सदस्यबाहेक अन्य व्यक्तिका नाममा रहेको कुरा अनुसन्धान गर्दै जाँदा विवेकसम्मतरूपमा देखिन आउँछ भने त्यतातर्फ हेर्नै नमिल्ने अर्थात्‌ अनुसन्धान गरी अभियोग लगाउन नसक्ने भन्न मिल्दैन । 

३९. प्रस्तुत मुद्दाको तथ्य हेर्दा प्रतिवादी उमेशकुमार रेग्मीको सम्पत्तिको स्रोत छानबिन गर्ने क्रममा निजको सासू पुनरावेदक प्रतिवादी उषादेवी काफ्ले, जेठी सासू सुशीलाकुमारी काफ्ले (अर्याल) तथा सालो सुधिरकुमार काफ्लेका नाममा रहेको बैंक खाताका सम्बन्धमा सिधै छानबिन गरेको नभई उक्त बैंक खातासँग सम्बन्धित कागजातहरू पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको घरबाट बरामद भएको तथा खाता खोली रकम जम्मा गर्ने, निकाल्नेलगायतका बैंकिङ्ग कारोबारसमेत निज उमेशकुमारले नै गरेको देखिएको र उषादेवी र सुधिरकुमार काफ्लेको नामको खातामा इच्छाएको व्यक्तिको रूपमा क्रमशः आफ्नै छोरी र श्रीमतीलाई राखेको देखिएबाट ती बैंक खाताहरूमा जम्मा भएको रकम प्रतिवादी उमेशकुमार रेग्मीको गैरकानूनी आर्जन हुनसक्ने अनुमान गरी अनुसन्धान केन्द्रित गरेकोलाई अन्यथा भन्न मिल्ने देखिएन ।

४०. अब प्रतिवादीहरूका नाउँमा रहेका अन्य चल अचल सम्पत्ति र आयस्रोतका सम्बन्धमा विशेष अदालतबाट भएको मूल्याङ्कन र विश्लेषण मनासिब देखिन्छ वा देखिँदैन भन्ने निर्णय दिनुपर्ने अर्को प्रश्नको निरूपण गर्नुपर्ने हुनआएको छ । प्रथमतः पुनरावेदक प्रतिवादीको जाँच अवधिको सम्पत्ति तथा गरिएको खर्चका सम्बन्धमा विशेष अदालतबाट भएको विश्लेषणका सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छः-

 

(क) जग्गा खरिद

४१. जाँच अवधिमा पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी तथा निजको श्रीमती संजना काफ्ले (रेग्मी) को नाममा जम्मा रू.३४,९६,२०२।५० पर्ने जग्गाहरू खरिद भएको भनी अभियोग पत्रमा दाबी लिइएको देखिन्छ । बकसपत्रबाट खरिद भएका जग्गाको स्रोत पुष्टि गर्नु नपर्ने तथा अन्य जग्गाहरूको समेत लिखत मूल्यका आधारमा बिगो कायम हुनुपर्ने भन्ने प्रतिवादीहरूको बयान जिकिर रहेको पाइन्छ । विशेष अदालतले बकसपत्रसमेतबाट खरिद गरेका जग्गाहरूको लिखतमूल्य अनुसार जम्मा रू.७,३४,२५०।– कायम हुने देखिएको भनी सो रकम प्रतिवादीको सम्पत्तिको मूल बिगोमा समावेश गरेको देखियो । वादी नेपाल सरकारको पुनरावेदन पत्रमा हालको मूल्याङ्कन अनुसार मूल्य कायम गरिनुपर्नेमा लिखत मूल्यअनुसार गरेको मिलेन भन्नेसमेत जिकिर लिएको पाइन्छ । त्यस्तै कसैलाई रिझाएबापत बकसपत्र प्राप्त गर्ने हुँदा बकस पत्रबाट प्राप्त सम्पत्तिलाई समेत खरिदअन्तर्गत समावेश गरेको मिलेन भन्ने प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको पाइयो ।

४२. वस्तुतः सम्पत्तिको मूल्य समयअनुसार घटबढ हुनु स्वाभाविक हुन्छ । गैरकानूनी आर्जनसम्बन्धी मुद्दामा गैरकानूनी सम्पत्ति र सोबाट बढे बढाएको समेत गरी सम्पत्तिको दुई वर्गीकरण गरिएको पाइन्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले स्रोत पुष्टि हुन नसकेको सम्पत्तिलाई गैरकानूनी आर्जन मानिने व्यवस्था गरेको देखिन्छ । साथै सोही उपदफा (२) मा त्यसरी गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा बिगोबमोजिम जरिवाना र कैद तथा गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्तिसमेत जफत गरिने कानूनी व्यवस्था भएको पाइन्छ । गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्तिको बिगोलाई आधार मानी जरिवाना र कैद सजाय निर्धारण हुने तथा बिगोसमेत जफत गरिने कानूनी व्यवस्था भैरहेको परिप्रेक्ष्यमा सजाय प्रयोजनको लागि प्रथमतः त्यस्तो सम्पत्तिको आधारभूत मूल्य नै यकिन गर्नुपर्ने देखिन्छ । सम्पत्ति खरिद गर्दा लगानी गरिएको आधारभूत मूल्यको स्रोत पुष्टि हुन सकेन भने सोही लगानीसम्म गैरकानूनी आर्जन हुनसक्दछ नकि त्यसबाट बढेबढाइएको हालको मूल्य । त्यसैले कुनै सम्पत्ति खरिद गर्दा के कति लगानी गरिएको थियो भनी त्यसको स्रोतसम्म माग्नु र प्रमाणित गर्नु यस प्रकृतिका मुद्दामा कानूनसम्मत र न्यायोचितसमेत हुन्छ । 

४३. अर्कोतर्फ भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति जफत हुने कानूनी व्यवस्था ऐनको दफा ४७ मा भएको देखिन्छ । अर्थात्‌ स्रोत प्रमाणित गर्न नसकेको सम्पत्तिबाट बढेबढाइएको सम्पत्ति जफतसम्म हुने कानूनको स्पष्ट व्यवस्था रहेको 

देखियो । वादी नेपाल सरकारको पुनरावेदन जिकिरअनुरूप बढे बढाएको सम्पत्तिलाई समेत गैरकानूनी आर्जनको बिगोमा समावेश गर्ने हो भने ऐनको दफा २० र ४७ को अन्तर नै समाप्त हुने देखिन्छ । यस अदालतबाट नेपाल सरकार विरूद्ध रामाज्ञा चतुर्वेदी भएको गैरकानूनी आर्जनसम्बन्धी यस्तै प्रकृतिका मुद्दादेखि नै यसै खालको व्याख्या भई सिद्धान्त कायम भैरहेको सोको विपरीत हुने गरी हाल प्रचलित मूल्यका आधारमा प्रतिवादीको अचलसम्पत्तिको मूल्याङ्कन हुनुपर्ने भन्ने वादी पक्षको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

 

(ख) बकसपत्रबाट प्राप्त जग्गा

४४. बकसपत्रबाट प्राप्त जग्गाहरूलाई समेत खरिद मानी बिगोमा समावेश गरेको विशेष अदालतको फैसला नमिलेको भन्ने प्रतिवादीहरू उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी) को पुनरावदेन जिकिर रहेको देखिन्छ । त्यस सम्बन्धमा समेत यस अदालतबाट नेपाल सरकार विरूद्ध चिरञ्जिवी वाग्लेको मुद्दादेखि नै सिद्धान्त कायम भइरहेको देखिन्छ । यस अदालतबाट खास गरी बकसपत्र दिने र पाउने व्यक्तिबिचको नाता र अन्य सम्बन्ध, बकसपत्रमा दिइएको सम्पत्तिको मूल्य आदि विषयबाट बकसपत्रलाई स्रोत पुष्टि गर्नुपर्ने र नपर्ने सम्पत्तिको वर्गीकरणमा राख्नुपर्ने गरी व्याख्या हुँदै आएको छ । सिद्धान्ततः रिझाएबापत दिइने भए पनि दस्तुर र अन्य प्रयोजनसमेतको लागि व्यवहारमा बकसपत्रका माध्यमबाट सम्पत्ति खरिद बिक्री गर्ने प्रचलन रहेको पाइन्छ । गैरकानूनी आर्जनसम्बन्धी यस प्रकृतिका मुद्दाहरूमा सो तथ्यलाई विचार नगरी जोसुकैबाट प्राप्त गरेका सबै प्रकृतिका बकसपत्रका सम्पत्तिलाई स्रोत पुष्टि गर्नु नपर्ने सम्पत्तिमा राख्ने हो भने परिणामतः गैरकानूनी आर्जन लुकाउने माध्यमका रूपमा बकसपत्र परिणत हुन जाने हुन्छ । त्यस्तै सबै प्रकृतिका बकसपत्रको स्रोत खोज्ने कुरा पनि न्यायोचित नहुन सक्दछ ।

४५. प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) ले बकसपत्रबाट प्राप्त गरेका भनिएका जग्गाहरू काठमाडौंको महत्त्वपूर्ण स्थानमा रही घडेरी प्रयोजनका जग्गाहरू हुन् भन्ने 

देखिन्छ । सहरी क्षेत्रका उक्त जग्गाहरूको मूल्याङ्कन पनि उल्लेखनीय नै रहेको देखिन्छ । साथै उक्त जग्गा बकसपत्र दिने अष्टरत्न शाक्यसमेतका व्यक्ति र पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) बिच उक्त अचल सम्पत्ति बकस दिनुपर्ने सम्मको नातासम्बन्ध रहेको तथा अन्य कुनै कारणबाट रिझाएको भनी तर्कसम्मतरूपमा अनुमान गर्न सकिने आधारसमेत पुनरावेदन पत्रमा उल्लेख हुन सकेको पाइँदैन । यस स्थितिमा उनाउ व्यक्तिबाट बकसपत्रबाट खरिद गरेका सम्पत्तिलाई समेत प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिमा राखेको विशेष अदालतको फैसला अन्यथा देखिन आएन ।

 

(ग) घर निर्माणसमेत

४६. अभियोगपत्र हेर्दा पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीका नाममा रहेको का.जि.का.म.न.पा. वडा नं. ९ कि. नं. ६३ को ०–६–२–० जग्गामा निर्मित घरको निर्माण लागत रू.२४,११,८४८।८४ भन्ने दाबी गरेको देखिन्छ । प्रतिवादीले उक्त घर बनाउँदा करिब रू.१७,००,०००।- मात्र परेको भनी अदालतसमक्षको बयानमा जिकिर लिएको 

पाइन्छ । विशेष अदालतबाट घरको निर्माण भएको सालको मूल्याङ्कन अनुसारको लागत रू. १८,९४,००७।८४ परेको भनी त्यसबाट ओभरहेड र ठेक्का कर २० प्रतिशत कटाई रू.१५,१५,२०६।२७ कायम गरेको देखियो ।

४७. त्यस्तै प्रतिवादीको घरमा रू.२,०५,८००।- पर्ने विद्युतीय उपकरण तथा रू.३,१२,०४१।- पर्ने फर्निचर रहेको भनी मूल्याङ्कन भै आएको देखिन्छ । विशेष अदालतबाट विद्युतीय उपकरणको मूल्य घट्दै जाने हुँदा सोही मूल्यलाई र फर्निचरको हकमा मोल बढ्दै गएको हुँदा ५० प्रतिशत घटाई फर्निचरबापतको रू.१,५६,०२०।-५० र विद्युतीय उपकरणबापतको मूल्य रू. २,०५,८००।- समेत जम्मा रू.३,६१,८२०।५० कायम गरेको देखियो । यसरी उपर्युक्त शीर्षकअन्तर्गत जम्मा रू.१८,७७,०२६।-७७ कायम गरेको देखियो ।

४८. घरको मूल्याङ्कन हालको मूल्यअनुसार हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदनमा जिकिर लिएको पाइन्छ भने सम्पूर्ण फिनिसिङसहित घर निर्माणको लागत अठार लाख परेको भनी बयानमा जिकिर लिएकोमा घरमा जडान भएका रेलिङ्ग र किचनको दराजसमेतलाई छुट्टै समावेश गरी मूल्याङ्कन गरेको तथा विवाहमा पाएका फर्निचर र विद्युतीय सामाग्रीको मूल्यलाई समेत बिगोमा समावेश गरेको विशेष अदालतको फैसला नमिलेको भन्ने प्रतिवादी उमेशकुमार रेग्मीसमेतको पुनरावेदन जिकिर रहेको पाइयो ।

४९. खास गरी जग्गाको मूल्याङ्कनमा ग्रहण गरिएको आधार जस्तै घर बनाउँदा लागेको वास्तविक खर्च नै घर निर्माणको लागत कायम हुने भन्ने यस अदालतको न्यायिक मापदण्ड वा व्याख्या रहेको देखिन्छ । त्यसैले हालको मूल्याङ्कनको आधारमा नभई घर निर्माण गरेको सालको प्राविधिकको मूल्याङ्कनबमोजिमको आधारभूत मूल्य नै घर निर्माणको वास्तविक लागत हुनेमा विवाद गरिरहन आवश्यक छैन । तर ओभरहेड र ठेक्का कर घटाई प्रतिवादीले विशेष अदालतसमक्षको बयानमा घर निर्माण गर्दा लागेको भनी स्वीकार गरेको हदभन्दा पनि कम रकमलाई घर निर्माणको लागत कायम गरेको विशेष अदालतको विश्लेषण मिलेको देखिँदैन ।

५०. यसरी नै घरको मूल्याङ्कनमा Interior Decoration लगायत विद्युतीय उपकरणसमेतको मूल्य समावेश भएकोमा किचन काउन्टर, भर्‍याङको रेलिङ तथा सिलिङ कार्नेससमेतलाई पुनः समावेश गरी दोहोरो मूल्याङ्कन गरी बिगो कायम गरेको 

देखियो । १४” टि.भि. विवाहमा पाएको भन्ने पुनरावेदक प्रतिवादीहरूको भनाइ रही पुनरावेदक प्रतिवादीले २०५० सालमा पेस गरेको सम्पत्ति विवरणमा समेत दाइजोबापत प्राप्त १४” को टि. भि. उल्लेख गरेको देखिन्छ । त्यस्तै २१” को टि.भि. बेलायतमा बस्ने दाजुले दिएको भन्ने पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) को जिकिरसमेत अन्यथा देखिँदैन । साथै पुनरावेदक प्रतिवादीको घरमा एकसरो पलङ, दराजलगायतका सामान्य फर्निचर रहेको देखिएको र सोसमेत विवाहमा दाइजोस्वरूप पाएको भन्ने निजहरूको जिकिर अविश्वसनीय देखिँदैन । यसप्रकार पुनरावेदक प्रतिवादीको घर निर्माणको लागततर्फ विशेष अदालतले कायम गरेको बिगो केही बढ्ने देखिन्छ भने विद्युतीय उपकरण र फर्निचरतर्फ केही घट्ने अवस्था देखिन्छ । त्यसैले यस शीर्षकअन्तर्गत पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले यस अदालतसमक्षको पुनरावेदन पत्रमा जिकिर लिएअनुरूप नै रू.१८,००,०००।- बिगो कायम हुने देखियो । 

 

(ङ)  बैंक मौज्दात

५१. अभियोग पत्र हेर्दा पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) का नाउँमा रहेको कृषि विकास बैंक, रत्नपार्क शाखामा रहेको ८२१७०४ को खाता खोल्दा शेषपछि इच्छाएको व्यक्तिमा आफ्नो आमा उषादेवी काफ्लेलाई राखेको देखिएको भनी सो खातामा रहेको रकम रू.१,४७,९९१।४८ लाई दाबीमा समावेश गरेको देखिएन । सो बाहेक पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी) का नाममा रहेका निम्न खाताहरूमा रहेको निम्नबमोजिमको रकमलाई प्रतिवादीले स्रोत खुलाउनु पर्ने सम्पत्तिको रूपमा समावेश गरेको देखिन्छः

सि.न. नाम थर बैंकको नाम खाता नं रकम रू.

१ संजना काफ्ले (रेग्मी) कृषि विकास बैंक चावहिल ०८१३८४ ५१,९२६।१२

२ ,, रा.वा.बैंक मैतिदेवी ४७४२ १,६५,५७४।२९

३ उमेश कुमार रेग्मी कृषि बिकास बैंक पुतलीसडक ११०१४० १,६०,९१९।४०

४ ,, रा.वा.बैंक सिंहदरबार २४८१० २४५६।८९

५ ,, ने.बै.लि. दुहवी शाखा २१३६ ९५१।६९              

जम्मा ३,८१,८२८।३९

 

 

उपर्युक्तबमोजिम पुनरावेदक प्रतिवादीहरूको नाममा रहेका बैंक खाताको रकमलाई विशेष अदालतले अभियोग दाबीअनुरूप नै बिगोमा समावेश गरेको देखिन्छ । त्यसमा वादी र प्रतिवादीहरू दुवै पक्षको पुनरावेदन परेको नदेखिँदा विवाद नभएको सो विषयमा थप विश्लेषण गरिरहन आवश्यक देखिएन । 

 

(च)  बचतपत्र

५२. प्रतिवादी संजना काफ्ले (रेग्मी) को नामको रू.३,००,०००।- को राष्ट्रिय बचतपत्रलाई समेत अभियोग पत्रमा स्रोत प्रमाणित गर्नुपर्ने सम्पत्तिका रूपमा दाबी लिएको र विशेष अदालतले सोहीबमोजिम ठहर गरेको पनि देखिन आउँछ । पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको श्रीमतीका नाममा जाँच अवधिभित्रै खरिद भएको उक्त बचतपत्रलाई पुनरावेदक प्रतिवादी उमेश रेग्मीको सम्पत्तिको बिगोभित्र गणना गरिएको अन्यथा 

देखिएन । 

 

(छ) सेयर

५३. पुनरावेदक प्रतिवादी उमेश कुमार रेग्मी, संजना काफ्ले (रेग्मी) तथा निजहरूका छोरा निकेश रेग्मी र छोरी निलिशा रेग्मीको नाममा विभिन्न बैंक र कम्पनीको रू.१,२३,१००।– को सेयर रहेको भनी अभियोगपत्रमा उल्लेख भएको देखिन्छ । नेशनल फाइनान्सको ३० कित्ता सेयरको रकम दोहोरो परेको देखिएको भनी सो घटाई विशेष अदालतबाट रू.१,२१,६००।- को सेयर देखिएको भनी विशेष अदालतले प्रतिवादी उमेशकुमार रेग्मीको सम्पत्तिको बिगोमा समावेश गरेको देखियो । आफ्नो नामको सेयर खरिद गरेको भए पनि श्रीमती र छोराछोरीका नामको सेयर टिकाटाला दानदक्षिणाको रकमबाट खरिद भएको हुँदा स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिमा समावेश गर्न नमिल्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेको पाइन्छ । तर दान दक्षिणाको रकमबाट ती सेयरहरू खरिद भएको प्रमाण पुनरावदेक प्रतिवादीले दिन गुजार्न नसकेको अवस्थामा जाँच अवधिभित्रै प्रतिवादी तथा निजका परिवारका सदस्यका नाममा खरिद भएका उक्तबमोजिमका सेयरको बिगोलाई प्रतिवादीको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा समावेश गरेको विशेष अदालतको विश्लेषण अन्यथा देखिएन ।  

५४. यसका अतिरिक्त पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लि. र एल.आई.सी. नेपाल लि. को रू.३,००,०००।– पर्ने सेयर आह्वानपत्र विभिन्न व्यक्तिहरूको नाममा आफैँले फाराम भरी तथा दस्तखतसमेत गरी खरिद गरेको भन्ने अभियोग पत्रको तालिका नं.१५ मा उल्लेख गरेको देखिन्छ । विशेष अदालतबाट उक्त तालिकाको क्रमसङ्ख्या १, २, ६, ७, ८, ९, १०, १४, १७, १८, १९, २०, २६, २७ र २८ मा उल्लिखित व्यक्तिमात्र पुनरावेदक प्रतिवादीको एकासगोलका परिवारका भएकाले सोबापत हुने रू.१,६१,०००।– सम्म प्रतिवादीको बिगोमा समावेश गरेको देखियो । सो विषयमा वादी र प्रतिवादी दुवै पक्षले पुनरावेदनमा कुनै जिकिर लिएको नदेखिँदा अन्यथा गरिरहनु परेन । 

 

(ज) गहना 

५५. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको घरबाट बरामद सुनका गहनाहरूमध्ये रू.१,७३,७३७।४४ मूल्यका गहनाहरू निजकी जेठी सासू सुशीलाकुमारी काफ्ले (अर्याल) को भएको भनी अनुसन्धानकै क्रममा फिर्ता दिई अभियोग दाबीमा समावेश गरेको देखिएन । त्यसरी फिर्ता दिई बाँकी रहेको मूल्य रू.२,४८,५६३।२३ बराबरका गहनामध्ये २० तोला पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) ले विवाहमा पाएको भनी प्रति तोला रू.९,०००।- का दरले हुन आउने रू.१,८०,०००।- लाई स्रोत खुलेको रूपमा र बाँकी रहने रू.५८,५६३।२३ का गहनालाई स्रोत नखुलेको सम्पत्ति मानी अभियोग पेस भएको देखिन्छ । उक्त  रू.५८,५६३।२३ को गहना पनि आफ्नो नभई सासू उषादेवी काफ्लेले राख्न दिएको भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर भएकोमा विशेष अदालतले सबुद प्रमाणको अभाव भएको भनी उक्त रू.५८,५६३।२३ का गहनाहरू प्रतिवादी उमेश रेग्मीको सम्पत्तिको बिगोमा समावेश गरेको देखियो ।

५६. चार थान सुनका चुरा छोरीलाई राख्न दिएको हुँदा उक्त चुरालाई प्रतिवादी उमेशकुमार रेग्मीको गैरकानूनी आर्जन मानेको फैसला नमिलेको भन्ने उषादेवी काफ्लेसमेतको पुनरावेदन जिकिर रहेको देखिन्छ । पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीका घरबाट बरामद भएका गहनामध्ये रू.१,७३,७३७।४४ का गहनालाई अनुसन्धानको क्रममा मौखिक जिकिर लिएको कारण निजकी जेठी सासू सुशीला कुमारी काफ्ले (अर्याल) लाई फिर्ता दिएको देखिन्छ । त्यस्तै २० तोला सुनका गहना प्रतिवादी संजना काफ्ले (रेग्मी) ले विवाहमा दाइजो पाएको भनेका कारणबाट दाइजो नै मानी अभियोजन भएको देखिन्छ । बाँकी रहेको रू.५८,५६३।२३ को गहनासमेत पुनरावेदकमध्येको उषादेवी काफ्लेको भएको भए अनुसन्धानको क्रममा नै जिकिर लिन नसकिने अवस्था देखिँदैन । यसरी मौकामा कुनै जिकिर नलिई अदालतको बयान र पुनरावेदन पत्रमा जिकिर लिएको भरमा विना प्रमाण ती सुनका गहनासमेत पुनरावेदक प्रतिवादी उषादेवीकै रहेछन् भनी मान्न सकिने आधार नदेखिएकोले विशेष अदालतको सोतर्फको विश्लेषण अन्यथा देखिएन । 

 

(झ) ऋण सापटी

५७. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले का.जि.कपन गा.वि.स. बस्ने केशव शाहलाई रू.१,००,०००।– ऋण सापट दिएको देखिएको भनी अभियोगपत्रमा उक्त रकमलाई समेत निज प्रतिवादीको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा समावेश गरेको देखिन्छ । उक्त तथ्यलाई पुनरावेदक प्रतिवादीले अन्यथा भन्न नसकेको भनी विशेष अदालतबाट निजको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको बिगोमा समावेश गरेको देखिन्छ । त्यस विषयमा वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन पत्रमा कुनै जिकिर रहेको नपाइँदा विवाद नभएको कुरामा अन्यथा विश्लेषण गरिरहनु 

परेन । 

 

(ञ)  घरबाट बरामद नगद 

५८. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको घरबाट बरामद भएको विभिन्न विदेशी मुद्रा ट्राभल चेक र नेपाली रूपैयाँमध्ये ने.रू.६,५२,५००।– का सम्बन्धमा अभियोगपत्रमा दाबी लिइएको 

पाइन्छ । उक्त बरामद रकममध्ये रू.६,००,०००।– सृजना काफ्लेले राख्न दिएकोले बिगोमा समावेश गर्न नहुने भन्ने निज प्रतिवादीहरूको बयान जिकिर रहेकोमा तत्सम्बन्धी जिकिर पत्यारिलो नभएको भनी उक्त पुरै रकम रू.६,५२,५००।- लाई विशेष अदालतले पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको सम्पत्तिको बिगोमा समावेश गरेको देखियो । उक्त बरामदी रकममध्ये रू.६,००,०००।- आफूहरूको साली तथा बहिनी सृजना काफ्ले (पोखरेल) ले धनुषा र महोत्तरीमा रहेको जग्गा बिक्री गरी राख्न दिएको हुँदा बिगोमा समावेश गरेको मिलेन भन्ने निज प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको देखिन्छ । विवाहित बहिनी तथा सालीले जग्गा बिक्री गरेको रकम यी पुनरावेदक प्रतिवादीहरूलाई राख्न दिएको भन्ने पुनरावेदन जिकिर विश्वसनीय नदेखिएकोले विशेष अदालतको विश्लेषण अन्यथा देखिएन ।

 

(ट) स्वयंकर घोषणा गर्दा दाखेल गरेको रकम 

५९. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले स्वयंकर घोषणा कार्यक्रमअन्तर्गत दाखिल गरेको रू.५०,०००।- लाई पनि विशेष अदालतले निज प्रतिवादीको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको बिगोमा समावेश गरेको देखियो । अभियोग पत्रमा उक्त रकमका सम्बन्धमा दाबी नै नभएकोमा विशेष अदालतले दाबीभन्दा बाहिर गई उक्त राज्यकोषमा दाखेल भएको रकमलाई समेत स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा समावेश गरेको नमिल्ने भन्ने पुनरावेदन जिकिर लिएको पाइयो । अभियोगपत्र हेर्दा उक्त स्वयम् कर तिरेको रकमलाई बिगोका रूपमा समावेश गरी दाबी लिएको देखिएन । यसप्रकार अभियोगमा दाबी नै नलिएको विषयलाई समेत विशेष अदालतले स्वयम् पक्षको स्थान ग्रहण गरी प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने बिगोमा समावेश गरेको त्रुटिपूर्ण देखिँदा सो रकमलाई प्रतिवादीको सम्पत्तिको बिगोमा समावेश गर्न मिलेन । 

(ठ) उषादेवी काफ्लेको बैंक खातामा जम्मा रहेको रकम 

६०. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले अवैधरूपमा आर्जन गरेको रकममध्ये सासू उषादेवी काफ्लेका नामको कृषि विकास बैंक, बत्तीसपुतली शाखाको खाता नं. ३११५६६ मा रू. ३४,२७,१२९।४८ तथा खाता नं. २३४९७५ मा रू.१०,००,०००।– समेत लुकाई राखेको जम्मा रू. ४४,२७,१२९।४८ लाई पनि निज प्रतिवादीको गैरकानूनी आर्जनमा समावेश गरिपाउँ भन्नेसमेत अभियोग मागदाबी रहेको देखिन्छ । उक्त रकम आफ्नो बेलायतमा बस्ने छोरा डा. सुरेश काफ्लेले पठाएको भन्ने प्रतिवादी उषादेवी काफ्लेको र जेठानले सासूलाई बेलायतबाट पठाएको रकम आफूले जम्मा गरिदिएकोसम्म हो, सो रकम आफ्नो होइन भन्ने पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको बयान जिकिर रहेको देखिन्छ । बेलायतबाट रकम पठाएको भन्ने पुष्टि नभएको भन्नेसमेत आधारमा विशेष अदालतबाट उक्त रकमलाई प्रतिवादी उमेशकुमार रेग्मीकै कायम गरेको देखियो ।

६१. विशेष अदालतको उक्त ठहर विश्लेषणउपर प्रतिवादी उमेशकुमार रेग्मी र उषादेवी काफ्लेसमेतको पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरूको पुनरावेदन पत्रमा मुख्यतः उक्त रकम बेलायत बस्ने उषादेवीको छोरा डा. सुरेश काफ्लेले घर किन्नको लागि डा. दुर्गा पोखरेलमार्फत पठाएको र ज्वाइँ उमेशकुमार रेग्मीले जम्मासम्म गरिदिएको हो । इच्छ्‌याएको व्यक्ति छोरीलाई राखिएको भन्ने आधारमा मात्र उक्त रकम उमेशकुमार रेग्मीको ठहर गर्न मिल्दैन भन्नेसमेत जिकिर लिएको पाइन्छ ।

६२. बेलायतमा रहेका उषादेवीका छोरा डा.सुरेश काफ्लेले अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई इमेलबाट पठाएको जवाफमा उमेशकुमार रेग्मी, संजना काफ्ले, सृजना काफ्ले, सुशीला काफ्ले र उषादेवी काफ्लेलाई मैले प्रत्यक्षरूपमा रकम पठाएको छैन । तर बाबु आमालाई विगत १२-१३ वर्षदेखि वार्षिक करिब तीन लाखका दरले बहिनी सुशीलामार्फत रकम पठाउने गरेको हुँ । बुबाको मृत्युपछि २००१ को जनवरीमा मेरी आमा काठमाडौं आउने र ५० लाखसम्मको घर किन्ने कुरा भएकोले सानिमा डा. दुर्गा पोखरेलको पति एन्थोनी विलेटको नामको बेलायत वा अमेरिकामा रहेको खातामा मैले ४० लाख जम्मा गरिदिन्छु भन्दा उहाँले सो कुरा स्वीकार गरी मेरी आमालाई जनवरी २००१ को लगत्तै पछि ४० लाख दिनु भएको हो भन्नेसमेत उल्लेख गरेको देखिन्छ ।

६३. त्यस्तै डा.दुर्गा पोखरेलले अनुसन्धानको क्रममा सुरेश काफ्ले आफ्नो साँहिली दिदीको छोरा भएको, निज सुरेश काफ्लेले मेरो श्रीमान्‌को बेलायत स्थित खातामा रकम जम्मा गरी मेरो नेपाल स्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकमा जम्मा भएको रकम २०५८ साल असारदेखि असोजसम्ममा २३ लाख, २०५८ माघमा रू.१० लाख, २०५७ साल माघमा रू. ७ लाख गरी जम्मा ४० लाख दिदी उषादेवी काफ्लेलाई दिएको भन्ने कागज गरेको पाइन्छ । मौकाको कागजअनुरूप नै पटकपटक गरी ४० लाख दिएको भनी निजले विशेष अदालतसमक्ष बकपत्र गरेको पानि देखियो ।

६४. मुख्यतः पुनरावेदक उषादेवी काफ्लेको नाममा निजका ज्वाइँ उमेशकुमार रेग्मीले मिति २०५८।१।११ मा कृषि विकास बैंक बत्तिसपुतलीमा रू.१० लाखको मुद्दती खाता खोलिदिएको भन्ने देखिएको छ । त्यस्तै निजै उमेशकुमार र निजको पत्नी संजनाले सोही बैंकमा मिति २०५८।१।५ मा रू. ५०,०००।– को बचत खाता खोली दिएको भन्ने देखिन्छ । उक्त बचतमा क्रमशः मिति २०५८।१।१९ मा रू.३ लाख, २०५८।१।२८ मा रू.३ लाख, २०५८।३।५ मा रू. ६ लाख, २०५८।३।१३ मा रू. ३ लाख ५० हजार, २०५८।४।५ मा रू. ६ लाख, २०५८।४।९ मा रू. ६ लाख, २०५८।६।२६ मा रू.२ लाख र २०५८।१२।२७ मा रू. ५ लाख गरी जम्मा रू.३५ लाख रकम जम्मा गरेकोसमेत देखियो ।

६५. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीका घरबाट बरामद भएका सुरू मिसिल संलग्न बैंक भौचरहरू हेर्दा उषादेवी काफ्लेको नाममा जम्मा भएको रकममध्ये मिति २०५८।३।५ देखि २०५८।१२।२७ सम्म ६ पटक पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले रू. २६,५०,०००।– तथा २०५८।१।५ देखि २०५८।१।२८ र २०५८।६।२६ सम्म जम्मा ४ पटक पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) ले रू. ८,५०,०००।– जम्मा गर्नुका साथै सो खाताबाटै मिति २०५८।९।१६ मा उमेशकुमार रेग्मीले २ लाख र २०५८।९।१८ मा संजना काफ्ले (रेग्मी) ले १ लाख झिकेकोसमेत देखियो ।

६६. अर्कोतर्फ डा.दुर्गा पोखरेलको स्टाण्डर्ड चार्टड बैंकमा रहेको खाताको स्टेटमेन्टबाट नेपाली मुद्राको खाताबाट मिति २०५८।१०।१७ मा रामबहादुर पौडेल खत्रीका नाममा रू.१८ लाखको चेक काटिएको र २०५८।१०।२२ मा रू.१५,५०,०००।– आफैँले झिकेको देखिन्छ । तर सो मितिमा उषादेवीको खातामा कुनै रकम जम्मा भएको देखिँदैन । साथै निज डा. दुर्गा पोखरेलको डलर खाताबाट मिति २०५७।१।५ मा अमेरिकी डलर १,०२,७७९।८१ (ने.रू.७०,२५,०००।–) नरेन्द्रबहादुर महर्जनलाई, मिति २०५७।१।१८ मा अमेरिकी डलर ७०,०५०।०४ (ने.रू. ४९,००,०००।–), बालकृष्ण साहीलाई, मिति २०५८।३।७ मा अमेरिकन डलर ६,५००।– नटराज ट्राभल्स एण्ड टुर्सलाई र विजय घिमिरेलाई मिति २०५८।८।२० मा ५००० डलर चेकमार्फत भुक्तानी गरेको देखिन्छ । उनाउ व्यक्तिका नाममा भुक्त्तानी दिइएका ति रकमसमेत उषादेवी काफ्लेका नाममा जम्मा भएको मान्न मिल्ने स्थिति छैन ।

६७. यसप्रकार डा. सुरेश काफ्लेले 

इमेलमार्फत दिएको जानकारी बमोजिम २००१ को जनवरी (२०५७ साल पुस/माघ) वा त्यसको लगत्तै पछिबाट पुनरावदेक प्रतिवादी उषादेवी काफ्लेका नाममा रकम जम्मा नहुनु, डा.दुर्गा पोखरेलको बैंक खाताबाट रकम निकालिएको समय र रकमसमेत उषादेवी काफ्लेको खातामा जम्मा भएको रकम र समयसँग मेल नखानु, उक्त खाताहरूमा पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र संजना काफ्लेबाटै रकम जम्मा गर्ने र निकाल्ने काम हुनु, स्वाभाविक रकम राखिएको एउटा खातामा आफ्नो एकासगोलको छोरालाई इच्छ्याइएकोमा उल्लेख्य रकम भएका उक्त बैंक खातामा उमेशकुमार रेग्मीको छोरी निलिशा र श्रीमती संजनालाई राखिनु र बैंकका सम्पूर्ण कागजातसमेत निजै प्रतिवादीका घरबाट बरामद भएको भन्नेसमेतका तथ्य प्रमाणको विश्लेषणबाट विशेष अदालत उक्त रकम उषादेवीका नाममा प्रतिवादी उमेशकुमार रेग्मीले लुकाएर राखेको भन्ने निष्कर्षमा पुगेको देखिन्छ । 

६८. पुनरावेदक प्रतिवादी उषादेवी काफ्लेका बेलायतमा रहेका छोरा डा. सुरेश काफ्लेले इमेलबाट गराएको जानकारीअनुसार त्यति ठूलो रकम बेलायतबाट पठाएको भए निजको भनाइअनुसार प्रथमतः सो रकम नगदै वा आफ्नो खाताबाट डा. दुर्गा पोखरेलका पति एन्थोनि बिलेटका नामको बैंक खातामा जम्मा भएको तथ्य प्रमाणित हुनु पर्दछ । इ-बैंकिङमा आधारित आधुनिक बैंकिङ प्रणाली र त्यसमा पनि बेलायत जस्तो मुलुकमा एक व्यक्तिको नामबाट अर्काको नामको बैंक खातामा रकम जम्मा वा स्थानान्तरण गरिएको कुराको अभिलेख प्रमाणित गर्न नसक्ने भन्ने पनि हुँदैन । तर डा. सुरेश काफ्लेले आफ्नो बैंक खाताबाट वा नगदै एन्थोनी विलेटका नाममा रहेको बैंक खातामा जम्मा गरेको प्रमाण देखाउन सकेको पाइएन । डा. सुरेश काफ्लेको इमेल व्यहोरा हेर्दा एन्थोनी विलेटका नाममा रकम जम्मा नै गरेको भनी किटानीसाथ उल्लेख गर्न नसकी केवल बेलायत वा अमेरिकामा रहेको निजको नामको बैंक खातामा आफूले रकम जम्मा गरिदिने कुरासम्म परेको देखिँदा त्यस्तो हचुवा भनाइलाई निजले एन्थोनी विलेटको बैंक खातामा रकम नै जम्मा गरेको अर्थमा ग्रहण गर्न मिल्ने देखिँदैन ।

६९. त्यस्तै डा. सुरेश काफ्लेको भनाई पुष्टि हुनको लागि निजले भनेबमोजिमकै मितिमा सोही परिमाणको रकम एन्थोनी विलेटको बेलायतस्थित बैंक खाताबाट डा. दुर्गा पोखरेलका नामको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खातामा ट्रान्सफर भएकोसमेत देखिनु पर्ने हुन्छ । तर निज सुरेश काफ्लेको भनाईअनुसार एन्थोनी विलेटको बैंक खाताबाट डा. दुर्गा पोखरेलको नेपालस्थित बैंक खातामा सोही समयमा त्यति नै रकम स्थानान्तरण भै आएको भन्ने प्रमाण पेस गर्न सकेको पनि पाइएन ।

७०. साथै डा. दुर्गा पोखरेलको नेपाल स्थित बैंक खाताबाट पुनरावेदक प्रतिवादी तथा कागज गर्ने व्यक्तिहरूले उल्लेख गरेअनुसारको समयमा निजहरूले उल्लेख गरे बराबरको रकम निकालिएको र पुनरावेदक उषादेवी काफ्लेको बैंक खातामा सो रकम जम्मा भएको तथ्य प्रमाणित हुनु पनि उत्तिकै आवश्यक हुन्छ । तर प्रस्तुत मुद्दामा डा. सुरेश काफ्लेको बैंक खाताबाट एन्थोनी विलेट र डा. दुर्गा पोखरेल हुँदै पुनरावेदक उषादेवी काफ्लेका नामको बैंक खातासम्म रकम हस्तान्तरण हुँदै आएको अटुट कडी (Chain of link) स्थापित भएको देखिँदैन । यस स्थितिमा सो रकम डा. सुरेश काफ्लेले बेलायतबाट पठाएको हो भन्ने प्रमाणित नभई खातामा रकम जम्मा गर्ने र निकाल्ने व्यक्ति, इच्छ्‌याइएको व्यक्ति र बैंकसँग सम्बन्धित कागजात बरामद भएको तथ्यसमेका परस्पर अन्तरसम्बन्धित प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले नै लुकाएर राखेको भन्ने तथ्य प्रमाणित भैरहेको देखिँदा विशेष अदालतको विश्लेषण अन्यथा देखिएन । 

(ड) सुशीलाकुमारी काफ्ले (अर्याल) को बैंक खातामा जम्मा रहेको रकमः 

७१. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले अवैधरूपमा आर्जन गरेको रकममध्ये जेठीसासू सुशीलाकुमारी काफ्ले (अर्याल) नामको कृषि विकास बैंक रत्नपार्क शाखाको खाता नं. ०७२०४१ मा रहेको रू. १९,९३,०५४।०३ लाई पनि निज प्रतिवादी उमेशकुमारको गैरकानूनी आर्जनमा समावेश गरिपाउँ भन्नेसमेत अभियोग मागदाबी रहेको देखिन्छ । उक्त रकममध्ये १२ लाख मसमेतका ६ जना दिदी बहिनीको दाइजो, पेवाको रकम र बाँकी ब्याज हो । दाइजो पेवामध्येको १२ लाखमध्ये प्रतिवादी संजना रेग्मीको भागको १ लाखमात्र हो भन्नेसमेत सुशीलाकुमारीको बयान जिकिर रहेको देखिन्छ । रकम जम्मा गर्ने कार्य उमेशकुमार रेग्मीबाट भएको भन्नेसमेत आधारमा विशेष अदालतबाट उक्त रकमलाई पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीकै कायम गरेको देखियो ।

७२. विशेष अदालतको उक्त ठहर विश्लेषणउपर प्रतिवादी उमेशकुमार रेग्मी र सुशीलाकुमारी काफ्ले (अर्याल) समेतको पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरूको पुनरावेदन पत्रमा मुख्यतः उक्त रकम सुशीलाकुमारी तथा निजका दिदी बहिनीहरूको साझा दाइजो पेवाको रकम हो । ज्वाईं उमेशकुमार रेग्मीले जम्मासम्म गरिदिएको आधारमा मात्र उक्त रकम उमेशकुमार रेग्मीको ठहर गर्न मिल्दैन भन्नेसमेत जिकिर लिएको पाइन्छ ।

७३. पुनरावेदक प्रतिवादी सुशीलाकुमारी काफ्लेका नामको उक्त खाता निज विद्यार्थी हुँदै २०४१।८।२६ मा खोलिएको भन्ने देखिए पनि ०५४ साल अगाडि उल्लेख्य रकम जम्मा भएको भन्ने देखिँदैन । सो खातामा मिति २०५४।६।२० पछाडि छ पटकमा जम्मा करिब रू. ३२ लाख रकम पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले नै जम्मा गरेको भन्ने निज उमेशकुमारको घरबाट बरामद भएका भौचरसमेतका कागज प्रमाणबाट देखिएको छ । त्यसरी रकम जम्मा हुँदै गएपछि सोही खाताबाट रू. १५ लाख अर्का प्रतिवादी अर्थात्‌ उमेशकुमारका साला सुधिरकुमार काफ्लेका नाममा रहेको बैंक खातामा स्थानान्तरण गरेको भन्ने पनि देखिएको छ । निज सुशीलाकुमारी काफ्लेका पति केदारमणि अर्यालले गरेको कागजमा सो खातामा रहेको ३२ लाख रकममा आफ्नो कुनै रकम समावेश नभएको, के कसरी रकम जम्मा भएको भन्ने आफूलाई थाहा नभएको भन्नेसमेत व्यहोरा लेखाएको देखिन्छ । त्यस्तै आ-आफ्नै बैंक खाता रहेका विवाह भएका दिदी बहिनीहरूको दाइजो पेवाको रकम यी पुनरावेदिका सुशीलाका नामको बैंक खातामा राखेको भन्ने कुनै प्रमाण दिन वा गुजार्न नसकेबाट उक्त रकम पुनरावेदन जिकिर अनुरूप दाइजो वा पेवाको ठहर गर्न मिल्ने देखिएन । रकम जम्मा गर्ने व्यक्ति र बैंकसँग सम्बन्धित कागजात बरामद भएको आधारसमेतबाट उक्त रकम पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले नै राखेको देखिएको भन्ने विशेष अदालतको विश्लेषण अन्यथा देखिएन ।

 

(ढ) सुधिरकुमार काफ्लेको खातामा जम्मा रहेको रकमः 

७४. पुनरावेदक प्रतिवादी सुधीरकुमार काफ्लेका नाममा रहेको कृषि विकास बैंक रत्नपार्क शाखाको खाता नं. ९३१०४४ को रू.२०,३५,४३७।४५ लाई समेत प्रतिवादी उमेशकुमार रेग्मीले लुकाएर राखेको गैरकानूनी आर्जन मानी अभियोग पेस भएको देखिन्छ । सो रकममध्ये ५ लाख मेरो स्वआर्जनको हो । बाँकी १५ लाख मेरो विवाह र दैनिक खर्चका लागि दाजु डा. सुरेश काफ्लेले दिदी सुशीलाकुमारी काफ्ले (अर्याल) लाई दिएको रकम हो । सोही रकम दिदीको खाताबाट मेरो खातामा ट्रान्सफर गरेको हो भनी निज पुनरावेदक प्रतिवादी सुधीरकुमार काफ्लेले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गरेको देखिन्छ । विशेष अदालतबाट अभियोग दाबीबमोजिम नै उक्त रकम प्रतिवादी उमेशकुमार रेग्मीको ठहर गरेको देखियो ।

७५. विशेष अदालतको उक्त ठहरउपर प्रतिवादीहरू सुधिरकुमार काफ्ले र उमेशकुमार रेग्मीसमेतको पुनरावेदन परेको देखियो । मुख्यतः उक्त रकम आफ्नो स्वआर्जन, बेलायतमा बस्ने दाजु डा. सुरेश काफ्लेले दिदी सुशीलाकुमारी काफ्ले (अर्याल) मार्फत पठाएको रकम र ब्याजसमेत भएकोले उमेशकुमार रेग्मीको ठहर गर्न नमिल्ने भन्ने नै प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको देखियो ।

७६. पुनरावेदक प्रतिवादीले उक्त रकम आफ्नो विवाहसमेतका लागि बेलायतमा बस्ने दाजु डा. सुरेश काफ्लेले दिदी सुशीलामार्फत पठाएको भन्ने जिकिर लिए पनि निज डा. सुरेश काफ्लेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष इमेलमार्फत दिएको जानकारीमा उक्त कुरा उल्लेख गरेको देखिएन । साथै इमेल व्यहोरा हेर्दा बहिनी सुशीला काफ्लेसमेतलाई प्रत्यक्षरूपमा कुनै रकम पठाएको छैन भन्ने उल्लेख भएको पाइयो । सो व्यहोराबाट नै पुनरावेदक प्रतिवादीको दिदी सुशीला काफ्लेको नाममा भएको खातामा डा. सुरेश काफ्लेले बेलायतबाट यी पुनरावेदक प्रतिवादीको विवाह खर्चसमेतका लागि रकम पठाएको भन्ने जिकिर विश्वसनीय 

देखिएन ।

७७. यसका अतिरिक्त पुनरावेदक प्रतिवादी सुधिरकुमार काफ्लेका नामको बैंक खातामा अर्का प्रतिवादी निजको दिदी सुशीलाकुमारी काफ्ले (अर्याल) का नामको बैंक खाताबाट रू.१५ लाख स्थानान्तरण भई आएको देखिएको छ । निज सुशीलाका नाममा रहेको खातामा भएको रकम प्रतिवादी उमेशकुमार रेग्मी स्वयम्‌ले जम्मा गरेको भन्नेसमेत आधारमा सुशीला काफ्लेका नामको खाताको रकमसमेत प्रतिवादी उमेशकुमार रेग्मीकै गैरकानूनी आर्जनको देखिएको भनी माथि विश्लेषण भैसकेको छ । साथै निजको खातामा इच्छ्याएको व्यक्तिमा प्रतिवादी उमेशकुमारको श्रीमती संजना रेग्मीको नाम राखिएको देखिन्छ । सो खातामा भएको रू. १५ लाखबाहेकको रकम प्रतिवादी सुधिर काफ्लेको निजि आर्जनको भए आफूसँगै बस्ने सगोलको अंशियार आमालाई नइच्छ्याई विवाह भएकी दिदी प्रतिवादी उमेशकुमार रेग्मीको पत्नी संजनालाई इच्छ्‌याउनु पर्ने कुनै युक्तिसङ्गत आधार र कारण पनि देखिँदैन । यी तथ्यगत आधारहरूबाट प्रतिवादी सुधीरकुमार काफ्लेका नाममा भएको उल्लिखित रकमसमेत प्रतिवादी उमेशकुमार रेग्मीले नै निजका नाममा राखेको मान्नु पर्ने देखिएकोले यस सम्बन्धमा भएको विशेष अदालतको विश्लेषणसमेत अन्यथा देखिएन । 

७८. उल्लिखित तथ्यगत विश्लेषण र विवेचित आधार कारणबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले निज तथा निजका एकासगोलका परिवार तथा एकासगोल बाहेकका सासू, जेठी सासू र सालासमेतका नातेदारहरूको नाममा राखिएको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति देहायबमोजिम रहेको देखियोः

क्र.

सं. सम्पत्तिको विवरण विशेष अदालतले कायम गरेको रू. यस अदालतको विश्लेषणबाट परेको भिन्नता रू. खुद कायम हुन आएको जम्मा रकम रू.

१. जग्गा खरिद ७,३४,२५०।– - ७,३४,२५०।–

२. घर निर्माण रू.१८,७७,०२६।७७ ७७,०२६।७७ घटी रू.१८,००,०००।

३. बैंक मौज्दात (प्रतिवादी संजना र उमेश) ३,८१,८२८।३९ - ३,८१,८२८।३९

४. बचतपत्र (संजना) ३,००,०००।– - ३,००,०००।–

५. सेयर २,८२,६००।– - २,८२,६००।–

६. गहना ५८,५६३।२३ - ५८,५६३।२३

७. बरामद नगद ६,५२,५००।– - ६,५२,५००।–

८. ऋण लगानी १,००,०००।– - १,००,०००।–

९. स्वयंकर घोषणा ५०,०००। ५०,०००। -

१०. नातेदारका नाममा राखेको रकम ८४,५५,६२०।९६ - ८४,५५,६२०।९६

   जम्मा रू. १,२८,९२,३८९।३५ १,२७,०२६।७७ १,२७,६५,३६२।५८

 

 

(२)   पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीसमेतको आयः

पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी तथा निजको श्रीमतीसमेतले जाँच अवधिमा आर्जन गरेको स्रोत खुलेको आयलाई देहायबमोजिम बुँदागतरूपमा विश्लेषण गरिएको छः 

 

(क) निजामती सेवामा प्रवेश गर्नुभन्दा अगाडिको आय

७९. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले सार्वजनिक सेवामा प्रवेश गर्नुअघि भिडियो देखाउने र सानोतिनो ठेक्काको काम गरी रू. ३,५०,०००।- आर्जन गरेको भनी बयान जिकिर लिएको देखिन्छ । अभियोग पत्रमा समेत निज प्रतिवादीको बैंक खातामा मिति २०४८।८।२५ मा रू.६५,०००।– र २०४९।४।२१ मा ३०,०००।– ड्राफ्टमार्फत जम्मा भएको देखिएको भनी सो रकमलाई निजको सार्वजनिक सेवामा प्रवेशभन्दा अगाडिको आयका रूपमा मान्यता दिएको देखिन्छ । उक्त रू. ९५,०००।– लाई विशेष अदालतले पनि सेवा प्रवेशपूर्वको प्रतिवादीको आयको मान्यता दिएको देखियो । सेवा प्रवेश अघि बयानमा जिकिर लिएअनुरूप रू.३,५०,०००।- आय कायम गर्नुपर्नेमा कम गरेको विशेष अदालतको फैसला नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेको देखियो ।

८०. उक्त जिकिर सम्बन्धमा अभियोग पत्रमा उल्लेख भएको निज प्रतिवादीले राजस्व समूहमा प्रवेश गर्दा २०५० सालमा पेस गरेको सम्पत्ति विवरणमा ऋण सापटी दिएको विवरणमा मोहन शाक्य मैतिदेवीलाई रू.५०,०००।– मिति २०५१ असारभित्र फिर्ता गर्ने गरी र गोविन्द पुडासैनी विराटनगरलाई रू.९५,०००।-२०५० चैतभित्र फिर्ता गर्ने गरी ऋण दिएको भन्ने उल्लेख भएको देखिन्छ । पुनरावेदक प्रतिवादीले सार्वजनिक पदमा प्रवेश गर्नुअघि समेत काम गरी आय आर्जन गरेको भन्ने मौकैदेखि जिकिर लिई ऋण दिएको भनी ०५० सालमा सम्पत्ति विवरण पेस गर्दा उल्लेख गरेको उक्त रकमलाई समेत निजको सेवा प्रवेशपूर्वको स्रोत खुलेको आयमा समावेश गर्नुपर्ने हुन्छ । यसबाट रू.१,४५,०००।– प्रतिवादीको यस शिर्षकअन्तर्गत थप हुने भई सेवा प्रवेशपूर्वको कुल आय रू. २,४०,०००।– कायम हुने देखियो ।

 

(ख) निजामती सेवामा प्रवेशपछिको तलब : 

८१. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको सार्वजनिक पदमा बहाल भएपछि तलब भत्ता, दशैं खर्च, निर्वाचन भत्ता, महङ्गी, दैनिक तथा भ्रमण भत्ता बिदाबापतको रकमबापत समेत जम्मा रू.५,६६,४१५।– आय प्राप्त गरेको भनी सो रकमलाई विशेष अदालतले प्रतिवादीको स्रोत खुलेको आयमा समावेश गरेको देखियो । विशेष अदालतको सो विश्लेषणउपर प्रतिवादीको पुनरावेदनमा कुनै जिकिर लिइएको पाइएन । वादी नेपाल सरकारको पुनरावेदनपत्रमा दशैं खर्च, महङ्गी भत्ता तथा दैनिक भ्रमण भत्ता सम्बन्धित प्रयोजनमा खर्च भै जाने हुँदा आयको रूपमा समावेश गर्न नमिल्ने भन्ने जिकिर लिएको पाइयो ।

८२. वस्तुतः के कति आय आर्जन गरिएको र त्यसरी आय आर्जन गरिएकोमध्ये के कति बचत हुने वा नहुने भन्ने कुरा एकै होइनन् । प्रस्तुत गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भन्ने मुद्दामा के कुन स्रोतबाट सम्पत्ति आर्जन गरिएको हो भन्ने कुरा नै निर्णायक 

हुन्छ । आर्जन गरिएको स्रोत वैध छ भने त्यसलाई आयको मान्यता दिनुपर्ने हुन्छ । आर्जन गरिएको आयबाट कुनै रकम खर्च गर्नुपर्ने प्रकृतिको देखिएको भन्नेमात्र आधारमा त्यस्तो सम्पत्तिलाई आयको मान्यता दिन नमिल्ने वा वैध नहुने भनी कोरा अनुमान गर्न मिल्दैन । कुनै वैध आयको रकममध्ये के कति खर्च हुने वा बचत हुने हो भन्ने कुरा वस्तुनिष्ठ आधार वा मापदण्ड बेगर मनोगतरूपमा निश्चित गर्न 

सकिँदैन । यसको लागि स्वीकृत राष्ट्रिय मापदण्ड हुनुपर्दछ । मापदण्ड भएकै अवस्थामा पनि सबै व्यक्तिको खर्च र बचत गर्ने शैली तथा तौरतरिका र त्यसको परिमाण एकै हुनुपर्छ भन्ने जरूरी हुँदैन । आम्दानी र खर्चको वस्तुनिष्ठ आधार तथा सोको माग दाबीको अभावमा केवल पुनरावेदन तहमा जिकिर लिएको भरमा वैध आयको रकमलाई खर्च हुने रकम मान्न मिलेन । सो रकमलाई समेत आयस्रोतमा गणना गरेको विशेष अदालतको फैसला अन्यथा देखिएन ।

 

(ग) प्रतिवादी संजना काफ्ले (रेग्मी) को तलब

८३. पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) मिति २०४८।७।६ देखि २०५१ जेठसम्म नेपाल दुरसञ्चार संस्थानमा कार्यरत रहँदा तलब र बोनसबापत रू.७१,४६८।७९ प्राप्त गरेको भनी सो रकमलाई अभियोग पत्रमा स्वीकारै गरेको र विशेष अदालतले सो रकमलाई आयमा समावेश गरेको देखियो । दुरसञ्चार संस्थानको नोकरी छाडि घरमा बस्दा ट्युसन पढाएर र सिलाई बुनाई गरी रू. ३,२०,०००।– आय प्राप्त गरेकोमा त्यसलाई विशेष अदालतले मान्यता नदिएको हुँदा आयको मान्यता दिनु पर्दछ भन्नेसमेत पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी) को पुनरावेदन जिकिर रहेको पाइन्छ । तर मिसिल हेर्दा पुनरावेदक प्रतिवादीले लिएको उक्त जिकिर प्रमाणित हुने कुनै प्रमाण पेस भएको नदेखिँदा मौखिकरूपमा लिइएको जिकिरअनुरूप आय कायम गर्न मिल्ने आधार देखिएन ।

 

(घ) दाइजो रकम

८४. पुनरावेदक प्रतिवादी संजना काफ्ले (रेग्मी) ले विवाहमा प्राप्त गरेको रू.१,५०,०००।– लाई अभियोगपत्रमा नै वैध आय मानी गणना गरेको र सो रकमलाई तदनुरूप नै विशेष अदालतले समेत मान्यता दिएको देखिँदा दुवै पक्षको पुनरावेदन जिकिर नभएको सो विषयमा थप विवेचना गरिरहनु परेन ।

 

(ङ) घर भाडा

८५. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीका नामको का.जि.का.म.न.पा. वडा नं. ९ कि. नं. ६३ मा रहेको घरको भाडाबापत रू.१,२६,०००।- प्राप्त गरेको भनी निज प्रतिवादीले बयानमा जिकिर लिई विशेष अदालतबाट त्यसलाई वैध आयमा समावेश गरेको पाइयो । उक्त घर निर्माणको सम्पुर्ण स्रोत नै पुष्टि हुन नआएको हुँदा घरभाडालाई मान्यता दिन नमिल्ने भन्नेसमेत नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखिन्छ । कुन सम्पत्ति वैध हो र कुन होइन भन्ने कुरा समग्र आय र सम्पत्तिको विश्लेषणपश्चात् मात्र यकिन हुने विषय भएकोले पहिले नै घर निर्माणको स्रोत पुष्टि नभएको भनी घर बहालबापत प्राप्त आयलाई मान्यता नदिने भन्ने कुरा न्यायोचित हुन सक्दैन । पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको काठमाडौंको सहरी क्षेत्रमा घर रहेको भन्ने कुरामा विवाद नभएको र अढाई तल्लाको घरको एक तल्ला भाडामा लगाएको भनी जिकिर लिएको देखिँदा उक्त जिकिर अस्वाभाविक देखिँदैन । घरभाडाबाट प्राप्त भएको भनी प्रतिवादी जिकिर लिएको सानोतिनो रकमलाई आयको मान्यता दिएको विशेष अदालतको विश्लेषणलाई छिद्रान्वेषण गरी अन्यथा गरिरहनु परेन ।

 

(च) जग्गा बिक्री 

८६. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीलाई जग्गा बिक्रीबाट रू.१६,५००।– आय प्राप्त भएको भनी विशेष अदालतबाट आयमा गणना गरेको र सो सम्बन्धमा दुवै पक्षको पुनरावेदनमा कुनै जिकिर नलिएको हुँदा पुनरावेदन जिकिर नै नभएको त्यस विषयमा यस अदालतले थप विचार गरिरहनु परेन । 

 

(छ) दीपक राईबाट प्राप्त रकम 

८७. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको कृषि विकास बैंक पुतलीसडकस्थित बचत खाता नं. ११०१४० मा रहेको रकममध्ये रू.१,२०,०००।– दीपक राईले नेपाल बैंक लिमिटेड रानी विराटनगरबाट ड्राफ्ट बनाई पठाइदिएको कुरा प्रमाणबाट देखिएको र सो रकम फिर्ता भएको नदेखिएको भनी विशेष अदालतले प्रतिवादीको आयमा समावेश गरेको 

देखिन्छ । त्यस सम्बन्धमा वादी नेपाल सरकारको पुनरावेदनमा अन्यथा जिकिर लिएको नदेखिँदा केही बोली रहनु परेन । 

(ज) कृषि आयः

८८. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले निज तथा निजको पिता/माता र दाजुभाइसमेतका परिवारका सदस्यहरू सगोलमै रहेको र कृषि आयबापत १८ लाख प्राप्त भएको भन्ने जिकिर लिएको देखिन्छ । विशेष अदालतबाट प्रतिवादीको जिकिरअनुरूप नै जाँच अवधिमा निजको पारिवारिक कृषि आय रू.१८,००,०००।– रहेको र प्रतिवादीसमेत ५ अंशियार भएको भनी ५ भागको १ भागसम्म रू.३,६०,०००।– प्रतिवादीको कृषि आयमा गणना गरेको देखियो । 

८९. वादी नेपाल सरकारको पुनरावेदनपत्रमा उक्तबमोजिम कृषि आय हुने होइन भन्ने जिकिर लिएको देखिँदैन । केवल कृषि आय पारिवारिकरूपमा खर्च भैजाने प्रकृतिको हुँदा खर्च नकटाई आयमा समावेश गर्न नमिल्ने भन्नेसम्मको जिकिर लिएको देखिन्छ । त्यस्तै पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी तथा अ.बं. १३९ नं. बमोजिम बुझिएका निजका बाबु र दाजुभाइहरूले पेस गरेको पुनरावेदन पत्रमा सबै परिवार सगोलमै रहेबसेको हुँदा एकमुष्टरूपमा रू.१८,००,०००।– लाई नै कृषि आयको मान्यता दिनुपर्ने भन्नेसमेत जिकिर लिएको देखिन्छ ।

९०. वस्तुतः कृषि आय निर्धारण सम्बन्धमा यस अदालतबाट यस्तै प्रकृतिका अन्य मुद्दाहरूमा यसअघि नै निश्चित मापदण्ड कायम भै व्याख्या भैसकेको देखिन्छ । तर विशेष अदालतबाट पुनरावेदक प्रतिवादीको कृषि आय कायम गर्न अवलम्बन गरिएको मापदण्डका सम्बन्धमा वादी पक्षको पुनरावेदन पत्रमा कुनै जिकिर नरहेकोले जिकिर नै नरहेको प्रस्तुत मुद्दाको तथ्यगत विषयमा बोली अन्यथा गरिरहन मिलेन । जहाँसम्म कृषि आयलाई प्रतिवादीको पारिवारिक खर्चमा समावेश गर्नुपर्नेमा छुट्टै आयको रूपमा गणना गरेको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको छ, सो सम्बन्धमा विचार गर्दा प्रतिवादीको पारिवारिक खर्च यो यति लाग्ने भनी अभियोग पत्रमा कुनै निश्चित मापदण्डमा आधारित भै ठोस दाबी लिन सकेको पाइँदैन । यसरी सुरू अभियोग पत्रमा दाबी लिन नसकेको विषयमा पुनरावेदन तहमा आएर मात्र लिइएको दाबी थप दाबी हुन जाने हुँदा त्यस्तो जिकिरका आधारमा कृषि आयलाई अन्यथा गर्न मिलेन ।

९१. त्यस्तै पुनरावेदक प्रतिवादीहरूले पुरै कृषि आयलाई उमेशकुमार रेग्मीको आयको रूपमा मान्यता दिनुपर्ने भनी लिएको जिकिर सम्बन्धमा विचार गर्दा, प्रतिवादी तथा निजका बाबु, आमा र दाजुभाइसमेतका अंशियारहरू सगोलमा रहेको भन्ने कुरालाई निज पुनरावेदक प्रतिवादीले नै स्वीकार गरेको देखिन्छ । तर पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी आफ्नो श्रीमती र छोराछोरीसहित काठमाडौंमा बस्दै आएको र परिवारका अन्य सदस्यहरू निजको साथमा नभई स्वतन्त्ररूपमा बसेको भन्ने देखिन्छ । छुट्टीभिन्न भएको भन्नेसम्म अवस्था नभए पनि सबै अंशियारहरूले आ-आफ्नैरूपमा व्यवहार चलाई स्वतन्त्ररूपमा बसेको स्थितिमा सगोलबाट प्राप्त भएको आयमा सबैको बराबर भाग लाग्ने अनुमान गर्ने कुरासम्म स्वाभाविक हुन्छ । पुनरावेदक प्रतिवादीका अन्य अंशियारको आयस्रोत तथा सम्पत्तिसमेतका सम्बन्धमा अनुसन्धान गरी अभियोजनको दायरामा ल्याएको भन्ने पनि 

देखिँदैन । सबै अंशियारसँग रहेको सम्पत्ति र आयस्रोतलाई अनुसन्धान र अभियोजनको दायरामा नल्याइएको यस स्थितिमा अन्य अंशियारको आयलाई प्रस्तुत मुद्दाका मुख्य प्रतिवादी उमेशकुमार रेग्मीको एकलौटी आयमा समावेश गर्न नमिल्ने हुँदा प्रतिवादीहरूको सोतर्फको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

 

(झ)  ब्याज रकम

९२. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र निजको श्रीमती संजना रेग्मीको नाममा विभिन्न बैंकमा रहेको निक्षेप र बचतपत्रको ब्याजबापत रू.२,५७,६२४।२७ प्राप्त गरेकोमा वैध र अवैध आयबाट आर्जन भएको रकमको ब्याज छुट्याउन सकिने अवस्था नभएकोले यस्तै प्रकृतिका अन्य मुद्दामा प्राप्त ब्याजको ३० प्रतिशतलाई आयमा गणना गर्ने गरिएबाट यस मुद्दामा पनि ३० प्रतिशतले हुने रू. ७७,२८७।२९ सम्म प्रतिवादीको आयमा समावेश हुने भनी विशेष अदालतबाट ब्याज आयमा समावेश गरेको देखियो । यस सम्बन्धमा वादी नेपाल सरकारको पुनरावेदन पत्रमा कुनै जिकिर रहेको नपाइँदा अन्यथा बोल्न मिल्ने देखिएन ।

९३. पुनरावेदक प्रतिवादीले ब्याजबापत रू.२,५७,६२४।२७ आय प्राप्त गरेको हुँदा ३० प्रतिशतले हुन आउने रू.७७,२८७।२९ लाई मात्र ब्याज आयमा समावेश गरेको त्रुटिपूर्ण हुँदा पुरै रकमलाई ब्याजको रूपमा मान्यता दिइनु पर्ने भन्नेसमेत पुनरावेदन जिकिर लिएको पाइयो । वस्तुतः पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी) नामका विभिन्न बैंक खाताबाट जाँच अवधिमा तीसौं लाखभन्दा बढीको कारोबार भएको भन्ने देखिएकोमा हाल कायम रहेको जम्मा रू.३,८१,८२८।३९ रकमलाई मात्र स्रोत पुष्टि गर्नुपर्ने बिगोमा समावेश गरेको 

देखिन्छ । अर्थात्‌ हाल कायम नरहेको रकमका सम्बन्धमा दाबी नै लिएको देखिँदैन । हाल कायम रहेको उक्त निक्षेप रकम रू.३,८१,८२८।३९ को ब्याज पुनरावेदनपत्रमा उल्लेख गरेबमोजिम रू.२,५७,६२४।२७ हो भन्ने नदेखिई साबिकदेखि गरिएको कारोबारबापत प्राप्त भएको कुल ब्याज रू.२,५७,६२४।२७ भएको भन्ने देखिन्छ । बैंक खातामा साबिकदेखि प्राप्त भएको ब्याज आयको दाबी लिने हो भने सो समयमा जम्मा भएको सम्पूर्ण निक्षेप रकमको स्रोत पुनरावेदक प्रतिवादीहरूले पुष्टि गर्नुपर्ने हुन्छ । जाँच अवधिमा बैंकमा जम्मा भएको निक्षेप रकमको स्रोत पुष्टि गर्न नपर्ने तर त्यसबाट प्राप्त भएको सम्पूर्ण ब्याजलाई आयको मान्यता दिनुपर्ने भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर आधारहीन देखिएकोले सहमत हुन सकिएन ।

 

(ञ) गोपाल शर्माबाट लिएको कर्जाको हकमा 

९४. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले आफ्नो ज्वाइँ गोपाल शर्माबाट रू.५,००,०००।– कर्जा लिएको हुँदा सो रकमलाई आफ्नो आयमा गणना गरिपाउँ भनी बयानमा जिकिर लिएको देखिन्छ । गोपाल शर्मा पौडेलको नाममा हिमालयन सहकारी संस्था लि.मा रहेको १०१९२ नं. को बचत खाताबाट एकाउण्ट पेयी गरी चेक नं.००१६८१ मिति २०५५।१।३० मा उमेशकुमार रेग्मीको सोही संस्थामा रहेको बचत खाता नं.१०२१९ मा रू.५०,०००।– ट्रान्सफर भएको देखिँदा सो रू.५०,०००।– सम्म निज पुनरावेदक प्रतिवादीले गोपाल शर्माबाट ऋण लिएको तथ्य समर्थित भएको भनी विशेष अदालतबाट आयमा समावेश गरेको देखियो ।

९५. यस विषयमा वादी पक्षको पुनरावेदन पत्रमा कुनै जिकिर लिएको नपाइए पनि घरसारको तमसुक गरी लिएको उक्त कर्जामध्येको बाँकी रू.४,५०,०००।- समेतको पुरै रकमलाई आयको मान्यता दिनुपर्ने भन्ने प्रतिवादी उमेशकुमार रेग्मीको पुनरावेदन जिकिर रहेको देखिन्छ । प्रथमतः पचास हजार रकम बैंकिङ प्रणालीबाट लिनेले बाँकी रकम घरसारमा लिएको भन्ने पुनरावेदन जिकिर विश्वसनीय देखिँदैन । यस प्रकृतिका मुद्दामा घरसारमा ऋण लिएको भनी प्रतिवादी पक्षले आफ्नो आयस्रोत बढाउन खोज्नु स्वाभाविक भएको हुँदा दुई व्यक्ति बिच परस्पर सहमति गरी जुनसुकै बखत घरसारको लिखत तयार पार्न सक्ने नै हुन्छ । त्यसमा पनि गोपाल शर्मा भन्ने व्यक्ति आफ्नो ज्वाइँ भएको भन्ने कुरालाई पुनरावेदकले यस अदालतसमक्षको पुनरावेदन पत्रमा नै स्वीकार गरेको हुँदा ज्वाइँ जेठानबिच भएको त्यस्तो घरसारको कागज र बकपत्रका भरमा आयको मान्यता दिन मिल्ने नदेखिएकोले यसतर्फको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।  

 

(ट) कर्जा फिर्ता 

९६. केशब साह भन्ने व्यक्तिलाई रू.१,००,०००।– कर्जा दिएकोमा सो फिर्ता भएको भन्ने पुनरावेदक प्रतिवादीको जिकिर रहेको र कर्जा फिर्ता गरेको तथ्य प्रमाणित भएकोले सो रकमलाई विशेष अदालतले पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको आयमा गणना गरेको देखियो । त्यस सम्बन्धमा वादी पक्षको पुनरावेदन पत्रमा कुनै जिकिर लिइएको नदेखिँदा थप विचार गरिरहनु परेन । 

 

(ठ)  अन्य विविध आय 

९७. पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मी र संजना काफ्ले (रेग्मी) को पुनरावेदन पत्रमा मुख्यतः सहोदर दिदी शोभादेवी अर्यालबाट जग्गा बिक्री गर्न बैनास्वरूप लिएको रू.३,२०,०००।–, साली सृजना काफ्लेले राख्न दिएको घरबाट बरामद भएको रू.६,००,०००।–, भाइ मधुसूधन भट्टराईले घर पठाउन भनी श्रीलंकाबाट पठाएको रू.२,००,०००।–, दाजु रमेश रेग्मीले काठमाडौंमा घर जग्गा किन्न पठाएको रू.१२,००,०००।– समेतको रकम आयमा गणना गरिपाउँ भन्नेसमेत जिकिर लिएको देखिन्छ । त्यस्तै विशेष अदालतले अ.बं. १३९ नं. बमोजिम बुझेका मुख्य प्रतिवादी उमेशकुमार रेग्मीका बाबु लक्ष्मीप्रसाद रेग्मी र दाजु रमेश रेग्मीले आफूहरू सगोलमा नै रहेको हुँदा सगोलको आय आर्जनबाट बढे बढाएको सम्पत्तिलाई प्रतिवादी उमेश रेग्मीको आर्जनबाट मात्र खरिद भएको मान्न नमिल्ने र रमेश रेग्मीले घर बनाउँदा बाह्र लाख पठाएकोमा त्यसलाई समेत आयमा समावेश गर्नुपर्ने भन्नेसमेत जिकिर लिएको पाइन्छ ।

९८. पुनरावेदकहरूले लिएको उपर्युक्त पुनरावेदन जिकिरका सम्बन्धमा विशेष अदालतको फैसलामा समेत विवेचना भई प्रमाणबाट समर्थित हुन नआएको भनी आयको मान्यता दिन नमिल्ने भन्ने निष्कर्षमा पुगेको देखिन्छ । पुनरावेदन अदालतले यस सम्बन्धमा गरेको विश्लेषण यो यति आधार कारण वा प्रमाणबाट नमिलेको भनी निश्चितरूपमा पुनरावेदनपत्रमा जिकिर लिन सकेको पाइँदैन । प्रमाणबाट समर्थित हुन नसकेको विषयमा पुनरावेदन पत्रमा जिकिर लिएका भरमा आयको मान्यता दिन मिल्ने देखिएन । 

माथिका प्रकरणहरूमा गरिएको विवेचनाबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको वैधानिक आयका स्रोतहरू देहायबमोजिम रहेको पाइयोः 

क्र.

सं. आय प्राप्त भएको स्रोत विशेष अदालतले कायम गरेको रू. यस अदालतको विश्लेषणबाट परेको भिन्‍नता रू. खुद कायम हुन आएको जम्मा रकम रू.

१. सेवा प्रवेश अगाडिको आय ९५,०००।– १,४५,०००।- थप २,४०,०००।-

२. तलब भत्ता ५,६६,४१५।– - ५,६६,४१५।–

३. प्र. संजना काफ्ले (रेग्मी) को तलबसमेत ७१,४६८।७९ - ७१,४६८।७९

४. प्र. संजना काफ्ले (रेग्मी) को दाइजो पेवा १,५०,०००।– - १,५०,०००।–

५. घर भाडा १,२६,०००।– - १,२६,०००।–

६. जग्गा बिक्री १६,५००।– - १६,५००।–

७. दीपक राईबाट कर्जा फिर्ता १,२०,०००। - १,२०,०००।

८. कृषि आय ३,६०,०००। - ३,६०,०००।

९. बैंक ब्याज ७७,२८७।२९ - ७७,२८७।२९

१०. ऋण रकम फिर्ता १,००,००० - १,००,०००

११. गोपाल शर्माबाट ५०,००० - ५०,०००

   जम्मा रू. १७,३२,६७१।०८ १,४५,०००।- १८,७७,६७१।०८

 

 

९९. विशेष अदालतले गरेको विश्लेषणका सम्बन्धमा माथि प्रकरण प्रकरणमा गरिएको विवेचनाबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले स्रोत पुष्टि गर्नुपर्ने जाँच अवधिको कुल सम्पत्ति रू. १,२७,६५,३६२।५८ देखिएकोमा सोही अवधिमा निजलाई वैधानिक स्रोतहरूबाट जम्मा रू. १८,७७,६७१।०८ प्राप्त भएको 

देखियो । यसप्रकार पुनरावेदक प्रतिवादीको आयस्रोत र सम्पत्तिको तुलना गरी हेर्दा निजले कानूनबमोजिम प्राप्त गरेको आयस्रोतबाट रू.१,०८,८७,६९१।५० बिगो बराबरको सम्पत्ति स्रोत पुष्टि भएको देखिएन ।

१००. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) तथा ४७ बमोजिम स्रोत पुष्टि नभई गैरकानूनी ठहर भएको तथा सोबाट बढे बढाएको सम्पत्ति जफत हुने भएकोले पुनरावेदक प्रतिवादीहरूको साथमा रहेको र अन्य व्यक्तिको बैंक खातामा लुकाएर राखेको सम्पत्तिमध्ये के कुन सम्पत्तिको स्रोत पुष्टि हुने हो र के कुन सम्पत्तिको स्रोत पुष्टि नहुने हो भन्ने विषयमा विश्लेषण गर्नुपर्ने हुन्छ । आरोपपत्रमा हालको मूल्यको आधारमा घरजग्गाको मूल्याङ्कन गरी स्रोत खुलेको र नखुलेको सम्पत्तिको भिन्नता गरिएको देखिन्छ । तर सम्पत्तिको मूल्याङ्कन हालको मूल्यका आधारमा नभई आर्जन गर्दाको तत्कालीन मूल्यका आधारमा हुनुपर्ने मान्यता अदालतबाट कायम भएकोले वादी पक्षले स्रोत खुलेको र नखुलेको भनी आरोपपत्रमा उल्लेख गरेको आधारमासमेत भिन्नता आउने स्पष्ट छ । प्रतिवादीको प्रत्येक आर्थिक वर्षको वैध आय स्रोत र निजले गरेको खर्च तथा आर्जन गरेको सम्पत्तिको यकिन, वस्तुनिष्ठ र तुलनात्मक आधारसहित दाबी नलिइएसम्म कुन सम्पत्तिको स्रोत पुष्टि भएको हो र कुन सम्पत्तिको स्रोत पुष्टि नभएको भनी निर्धारण गर्ने विषय जटिल बन्ने कुरा स्पष्ट छ । त्यसैले यस अदालतले न्यायिक विवेकका आधारमा आयस्रोत, सम्पत्तिको परिमाण र आर्जन गर्दाको अवस्थासमेतलाई विचार गरी जफत प्रयोजनको लागि स्रोत पुष्टि हुन नसकेको सम्पत्तिको निर्धारण गर्दै आएको छ । प्रतिवादीको आय स्रोत प्राप्त हुने अवस्था र अमूक सम्पत्ति आर्जन गरिएको समयसमेतलाई विचार गरी यससम्बन्धी न्यायिक निष्कर्षमा पुग्नु पर्ने हुन्छ । 

१०१. त्यसैले विशेष अदालतले जफत हुने ठहर्‍याएको सम्पत्तिमध्येबाटै यस अदालतको विश्लेषणबाट फरक परेको बिगोअनुरूप जफत हुने सम्पत्ति यकिन गर्नु अन्यथा हुने देखिएन । यस आधारबाट विश्लेषण गर्दा अभियोगपत्रमा दाबी लिएका सुशीला कुमारी काफ्ले (अर्याल) का नामको कृषि विकास बैंक रत्नपार्क शाखाको बचत खाता नं. ०७२०४०१ मा रहेको रू.१९,९३,०५४।०३, उषादेवी काफ्ले नामको कृषि विकास बैंक गौशालाको बचत खाता नं. ३११५६६ मा रहेको रू. ३४,२७,१२९।४८, ऐ.नामको ऐ. बैंकको मुद्दती खाता नं. २३४९७५ मा रहेको रू.१०,००,०००।–, सुधीर कुमार काफ्ले नामको ऐ. बैंक रत्नपार्क शाखाको बचत नं. ९३१०४४ मा रहेको रू. २०,३५,४३७।४५ समेतका मौज्दात र सोबाट बढे बढाएको रकम तथा पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको का.जि.का.म.न.पा वडा नं. ९ कि.नं. ६३ क्षेत्रफल ०–६–२–० रोपनी मोल रू. १,६२,५००।– पर्ने जग्गा र सोही जग्गामा बनेको रू. १८,००,०००।- पर्ने घर, प्रतिवादीको घरबाट बरामद भएको रू. ६,५२,५००।- मध्ये रू. ४,६९,५७०।५४ समेतको चल अचल सम्पत्ति जफत हुने देखियो ।

१०२. अब, विशेष अदालतको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने निर्णय दिनु पर्ने हुन आएको अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्दा विशेष अदालतको फैसलाका सम्बन्धमा माथिका विभिन्न प्रकरणहरूमा गरिएको सम्पत्तिको मूल्याङ्कन तथा आयको विवेचनाबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको जाँच अवधिको कुल सम्पत्ति रू. १,२७,६५,३६२।५८ देखिएकोमा सोही अवधिमा निजलाई वैधानिक स्रोतहरूबाट जम्मा रू. १८, ७७,६७१।०८ प्राप्त भएको देखियो । यस आधारमा प्रतिवादीको वैध आय स्रोतभन्दा रू. १,०८,८७,६९१।५० बिगो बराबरको सम्पत्ति बढी देखिन आएको छ । त्यसैले पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले स्रोत पुष्टि गर्न नसकेको रू. १,०८,८७,६९१।५० बराबरको सम्पत्ति नै निजले गैरकानूनीरूपमा आर्जन गरेको देखिन आयो ।

१०३. तसर्थ, पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले जम्मा रू. १,०८,८७,६९१।५० बराबरको चलअचल सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको नदेखिएकोले सोहीबमोजिम बिगो कायम गर्नुपर्नेमा रू. १,११,५९,७१८।२७ बिगो कायम गरेको हदसम्म विशेष अदालतको मिति २०६७।१।१४ को फैसला मिलेको नदेखिँदा बिगोको हकमा केही उल्टी भई उल्लिखित कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त र तथ्य एवम् प्रमाणहरूको विश्लेषणसमेतको विवेचित आधार कारणबाट पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीले जम्मा बिगो रू.१,०८,८७,६९१।५० बराबरको चलअचल सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरी आफ्नो साथमा तथा आफन्तहरूका नाममा लुकाई राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर गरेको ठहर्छ । सो ठहर्नाले निज पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार बिगोबमोजिम रू.१,०८,८७,६९१।५० जरिवाना र एक वर्ष कैद हुन्छ ।

१०४. साथै स्रोत पुष्टि हुन नसकेको पुनरावेदकहरू सुशीलाकुमारी काफ्ले (अर्याल) का नामको कृषि विकास बैंक रत्नपार्क शाखाको बचत खाता नं. ०७२०४०१ मा रहेको रू.१९,९३,०५४।०३, उषादेवी काफ्ले नामको कृषि विकास बैंक गौशालाको बचत खाता नं. ३११५६६ मा रहेको रू. ३४,२७,१२९।४८, ऐ. नामको ऐ. बैंकको मुद्दती खाता नं. २३४९७५ मा रहेको रू.१०,००,०००।–, सुधीरकुमार काफ्ले नामको ऐ. बैंक रत्नपार्क शाखाको बचत नं. ९३१०४४ मा रहेको रू.२०,३५,४३७।४५ समेतका मौज्दात र सोबाट बढे बढाएको रकम तथा पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको का.जि.का.म.न.पा वडा नं. ९ कि.नं. ६३ क्षेत्रफल ०–६–२–० रोपनी मोल रू.१,६२,५००।– पर्ने जग्गा र सोही जग्गामा बनेको रू.१८,००,०००।- पर्ने घर र प्रतिवादीको घरबाट बरामद भएको रू. ६,५२,५००।– मध्ये रू. ४,६९,५७०।५४ समेतको चल अचल सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ बमोजिम जफत हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम विशेष अदालतको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीलाई १ (एक) वर्ष कैद हुने ठहरी फैसला भएकाले निज प्रतिवादी मिति २०५९।४।३१ देखि २०५९।९।२९ सम्म जम्मा ।५।२ (पाँच महिना दुई दिन) थुनामा बसेको देखिएकोले सो अवधि कटाइ बाँकी कैद छ (६) महिना अठ्ठाइस (२८) दिनको लगत कसी असुलउपर गर्नु भनी प्रस्तुत फैसलाको प्रतिलिपिसहित काठमाडौं जिल्ला अदालतमा लगत दिनू ......................................१

विशेष अदालत, काठमाडौंको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीलाई रू.  १,०८,८७,६९१।५० जरिवाना हुने ठहर भएको हुँदा निजलाई लागेको उक्त जरिवानाको लगत कसी असुलउपर गर्न प्रस्तुत मुद्दाबाट रोक्का भएको सम्पत्तिको विवरणसहित काठमाडौं जिल्ला अदालतमा लगत पठाउनू ................................................२

माथि ठहर खण्डमा लेखिएबमोजिम निम्न लिखित प्रतिवादीहरूका नाममा रहेका निम्नबमोजिमको घरजग्गा, बैंक खातामा रहेको निक्षेप र बरामद भएको नगद भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ अनुसार जफत हुने ठहर भएकोले कानूनबमोजिम सदरस्याहा, लिलाम बिक्री गरी राजस्वमा आम्दानी बाँध्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू .................................३

(क) सुशीला कुमारी अर्याल नामको कृषि विकास बैंक रत्नपार्क शाखाको बचत खाता नं. ०७२०४१ मा मौज्दात रू. १९,९३,०५४।०३ 

(ख) उषादेवी काफ्ले नामको कृषि विकास बैंक गौशालाको बचत खाता नं. ३११५६६ मा रहेको रू.३४,२७,१२९।४८

(ग) ऐजनका नामको ऐजन बैंकको मुद्दती खाता नं. २३४९७५ मा रहेको रू. १०,००,०००।–

(घ) सुधीरकुमार काफ्ले नामको कृषि विकास बैंक रत्नपार्क शाखाको बचत खाता नं. ९३१०४४ मा रहेको रू. २०,३५,४३७।४५

(ङ) पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको घरबाट बरामद भएको रू.६,५२,५००।– मध्ये रू. ४,६९,५७०।५४

(च) पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीको नामको का.जि.का.म.पा. वडा नं. ९, कि.नं. ६३ को मोल रू.१,६२,५००।– पर्ने जग्गा

(छ) ऐजन जग्गामा निर्मित मोल 

रू.१८,००,०००।- कायम भएको घर ।

 

पुनरावेदक प्रतिवादी उमेशकुमार रेग्मीलाई प्रस्तुत फैसलाले लागेको कैद र जरिवाना असुलउपर भई प्रस्तुत फैसला पूर्णरूपमा कार्यान्वयन भएपछि रोक्का रहेको बाँकी सम्पत्ति र जेथा जमानत फिर्ता वा फुकुवा गरिपाउँ भनी निज पुनरावेदक प्रतिवादीको कानूनका म्यादभित्र दरखास्त परे नियमानुसार फिर्ता र फुकुवा गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाउनू .....................४

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमेतलाई पठाइदिनू ...५ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी विद्युतीय प्रति प्रविष्ट गराई मिसिल नियमानुसार गरी बुझाइदिनू .....६

 

उक्त रायमा सहमत छु । 

स.प्र.न्या.कल्याण श्रेष्ठ

 

इजलास अधिकृतः विश्वनाथ भट्टराई

इति संवत् २०७२ साल माघ १२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु