निर्णय नं. ९९३२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७४।२।२८
मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
०७२-CR-०५७८
पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा.२९ सामाखुशी बस्ने देवेन्द्र डंगोलसमेत
०७२-CR-०६४३
पुनरावेदक / प्रतिवादी : जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. २ बस्ने अनुजबहादुर सिंह
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार
०७२-CR-१२३७
पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा.२९ सामाखुशी बस्ने देवेन्द्र डंगोल
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा अभियोजन पक्षले अभियुक्त (क) सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवक हो र (ख) निजसँग निजको वैध आयस्रोतसँग अमिल्दो वा अस्वाभाविक सम्पत्ति छ भन्ने मुद्दा हेर्ने निकायलाई देखाउनुपर्छ । अभियोजन पक्षले त्यति गरेको स्थितिमा निर्दोषिताको प्रमाण प्रतिवादी पक्षले गुजार्नुपर्छ । अर्थात् उसले अदालतलाई आफूसँग रहे भएको सम्पत्तिको वैधता तर्कसङ्गत रूपमा स्थापित गर्नुपर्ने ।
(प्रकरण नं.८)
गैरकानूनी सम्पत्तिको आर्जनको मुद्दामा घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तो अभियोग शंकारहित तवरबाट प्रमाणित हुन आवश्यक हुँदैन । यस्ता मुद्दाहरूमा प्रमाणको प्रचुरता (Preponderance of evidence) कता छ सो हेरी अदालत निर्णय निष्कर्षमा पुग्दछ । यो नै अस्वाभाविक सम्पत्ति आर्जनको मुद्दाको महत्त्वपूर्ण आयाम हुने ।
(प्रकरण नं.९)
अकुत सम्पत्तिको सम्बन्धमा कानूनले ग्रहण गरेको प्रमाणको भार अभियुक्तमा सर्ने र दोषी वा निर्दोषिताको निर्णय प्रमाणहरूको प्रचुरताको आधारमा हुने यी दुई सिद्धान्तहरू स्खलित हुन पुग्दछन् । परिणामतः "समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्ने" ऐनको उद्देश्य निस्तेज हुनपुग्ने ।
(प्रकरण नं.१०)
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा राष्ट्रसेवकको हैसियतमा बिताएको अवधि, त्यसबीचमा निजको चल अचल सम्पत्तिमा भएको वृद्धि, निजले गरेको खर्चमा लिखतबाट देखिएको स्थितिमा लिखतलाई आधार गरी र लिखत नभएकोमा अनुमानसमेत गरी कुल सम्पत्ति, सोमध्ये पैतृक रूपबाट प्राप्त, वैध स्रोतबाट आर्जन भएको पुष्टि भएको र वैध स्रोतबाट पुष्टि हुन नसकेको के कति छ प्रमाणहरूको प्रचुरता (Preponderance of evidence) हेरी निर्णय निष्कर्षमा पुगिने ।
(प्रकरण नं.१४)
अकुत सम्पत्तिमा न्याय निरूपणको क्रममा प्रमाणहरूको प्रचुरतालाई हेर्दा र दोषी वा निर्दोषिताको प्रमाण परीक्षणको आधार मान्दा अभियोगपत्रमा के कुन सम्पत्तिलाई स्रोत खुलेको वैध मानिएको रहेछ भन्ने कुराहरूतर्फ पनि अदालतले ध्यान दिई अभियोग पत्र र प्रमाणको समग्रतामा नै निर्णय निष्कर्षमा पुग्नुपर्छ । अभियोगपत्रमा कुन सम्पत्तिलाई वैध मानिएको छ भन्ने कुरालाई बिर्सी स्रोत नखुलेको सम्पत्तिलाई मात्र वैध ठहर्याउन खोजिएमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पनि प्रमाणहरूको प्रचुरताको सिद्धान्त प्रतिस्थापित हुन गई घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तै अकुत सम्पत्तिको कसुरमा पनि आरोप शंकारहित तवरबाट प्रमाणित हुनुपर्ने (Beyond reasonable doubt) सिद्धान्त नै हावी हुनपुग्ने ।
(प्रकरण नं.१५)
सरकारी सेवामा रहेको राष्ट्रसेवकको सम्पूर्ण समय सरकारको हुन्छ । कार्यालय समय बाहिर गर्दा पनि काम गर्न अख्तियारवालाबाट अनुमति लिएको हुनुपर्छ । त्यसरी कार्य गर्न अनुमति लिई रकम आर्जन गरेकोमा पनि प्राप्त रकमको कर तिरेको आदि प्रमाणहरू पेस गरेको हुनुपर्छ । प्रमाण पेस नगरेको अवस्थामा त्यसलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं.२०)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डे
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री पूर्णमान शाक्य र श्री कृण्ण सापकोटा तथा विद्वान् अधिवक्ता श्री तीलप्रसाद गौतम
अवलम्बित नजिर :
ने.का.प. २०४८, नि.नं.८६३०, पृ.९१७
ने.का.प. २०६४, नि.नं.८७२२, पृ.१८९०
ने.का.प. २०६६, नि.नं.८२००, पृ.१२३५
ने.का.प. २०६७, नि.नं.८५१९, पृ.२००७
ने.का.प. २०६८, नि.नं.८६६७, पृ.१३२९
ने.का.प. २०६९, नि.नं.८८३२, पृ.७७१
ने.का.प. २०७२, नि.नं.९४६१, पृ.१५५५
ने.का.प. २०७२, नि.नं.९५०५, पृ.२०५७
ने.का.प. २०७३, नि.नं.९७५१, पृ.१२९
सम्बद्ध कानून :
भ्रष्टाचार निवारण ऐन, २०५९
सुरू तहमा फैसला गर्ने :
सदस्य मा. न्यायाधीश श्री भूपेन्द्रप्रसाद राई
सदस्य मा. न्यायाधीश श्री पवनकुमार शर्मा
सदस्य मा.न्या. श्री नरेन्द्र कुमार शिवाकोटी
फैसला
न्या. डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
काठमाडौं महानगरपालिका कार्यालयका देवेन्द्र डंगोल (पहिले नक्सामा कार्यरत) ले अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गरेको हुँदा कानूनी कारबाही गरिपाउँ भन्ने उजुरी ।
म र मेरो श्रीमती संगिता सिंहले जर्मनीमा अध्ययन गर्दा छात्रवृत्ति तथा अन्य सुविधाबापत करिब १८ वर्षअगाडि ६४ लाख २५ हजार १ सय ४२ आर्जन गरेका थियौं सो रकमलाई सन १९९५ देखि २००० सम्म बैंक तथा विभिन्न व्यक्तिलाई सापटी दिएबापत ५ वर्षको सरदर ब्याज रू.४० लाख प्राप्त गरेको हो । जर्मनमा अध्ययन गरेको प्रमाण पेस गरेको छु ।
म र श्रीमती दुवै जना इन्जिनियर भएको हुँदा कार्यालय समयबाहेक इन्जिनियरिङ नक्सा डिजाईन ड्रईङ्ग निर्माण सुपरीवेक्षणलगायतको काम गरि ६२ लाख ४० हजार आम्दानी गरेको छु । उक्त आम्दानीको भुक्तानी लिएको प्रमाण मसँग छैन सो काम आफन्त नातेदार तथा सर्वसाधारणको लागि गरेको हुँ । Individually काम गरेको हुँदा कर तिरेको छैन ।
का.म.पा. २९ को कि. नं. १४९८ र कि.नं. ३३७ जग्गा बिक्री गरेको लिखतमा १० लाख ५० हजार र १६ लाख उल्लेख छ । सो जग्गा क्रमशः २४ लाख र ५६ लाखमा बिक्री गरेको हो । सो रकम प्राप्त गरेको प्रमाण मसँग छैन । उक्त जग्गा मैले २०४७ साल तिर ३ लाख २० हजारमा खरिद गरेको हो । जग्गा खरिद गरेको प्रमाण कागज मसँग नभएकोले पेस गर्न सक्दिन । दाइजो तथा पैतृकसमेत गरी २५ तोला सुन रहेकोमा २० तोला बिक्री गरी १० लाख प्राप्त गरेको छु । सुन प्राप्त तथा बिक्री गरेको प्रमाण मसँग छैन । सनराईज बैंक लिमिटेड गैरीधारामा शाखामा रहेको खाता नं. ००२१००६२४३३०१३ मा जम्मा भएको १ करोड १० लाख रकम अनुजबहादुर सिंहको रकम हो, निजको सनराईज बैंक लिमिटेडमा जम्मा गर्न चाहेको हुँदा सो बैंकमा निजको बचत खाता नखोलेको कारण उक्त रकम मेरो खातामा हस्तान्तरण भएको र सोही दिन निजले बचत खाता खोली निजको खातामा ट्रान्सफर भएको हो । मेरो भतिजा अनुजबहादुर सिंहको नाममा रहेको सिभिल बैंकको खातामा १ करोड ८ लाख मैले जम्मा गरेको हो । मेरो छोरा छोरी सानै भएको र छोराछोरीको पछिसम्म हेरविचार भतिजा अनुजबहादुर सिंहले गर्ने हुँदा अनुजबहादुर सिंहको घरसँग जोडिएको जग्गामा घर बनाउने योजनाअनुसार निजको खातामा जम्मा गरिएको हो । साथै निजको नाममा रहेको बा.७ च ६७५३ नं. को गाडी मेरो हो सो गाडी खरिदको लागि १६ लाख २२ हजार मेरो खाताबाट भुक्तानी गरिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र डंगोलको अनुसन्धानको क्रममा भएको बयान ।
मेरो नाममा खरिद गरिएको बा.७ च ६७५३ नं. को गाडी मेरो काका देवेन्द्र डंगोलले खरिद गर्नुभएको हो । उक्त गाडीको खरिद गरेको रकम देवेन्द्र डंगोलले ग्लोबल बैंकको निजको खाताबाट भुक्तानी दिएको हो ।
देवेन्द्र डंगोलले रू.१ करोड १० लाखको चेक दिनुको कारण मेरो नेपाल ईन्भेष्टमेण्ट बैंकमा रहेको रकम सनराईज बैंकको मुद्धति खातामा जम्मा गर्न जाँदा सोही सनराईज बैंकले पहिले चल्ती खातामा जम्मा गर्नुपर्छ भनेको हुँदा उक्त बैंकको मेरो चल्तीखाता नभएकोले सो रकम देवेन्द्र डंगोलको चल्ती खातामा जम्मा गरिएको हो सोही दिन मेरो नाममा मुद्धति खाता खोली सो खातामा जम्मा भएको हो उक्त रकम मेरो व्यक्तिगत हो देवेन्द्र डंगोलको होइन सो रकमको स्रोत मेरो हजुरआमा, हजुरबुबा नेपाल एयरलाइन्समा वरिष्ट इन्जिनियर र असिसटेण्ट अफिसर भएर ३० वर्ष काम गरेको र बुबा पनि नेपाल एयरलाइन्समा सिनियर ग्राउण्ड हेण्डलिङ्ग पोष्टमा २८ वर्ष काम गरेको रकमबाट जम्मा भएको रकमको सावाँ तथा ब्याजलगायत सुन चाँदी बिक्रीबाट प्राप्त रकम हो ।
सिभिल बैंक लिमिटेडमा मेरो खातामा जम्मा भएको रू.१ करोड २७ लाखमध्ये अन्दाजी रू.७७ लाख २०७० वैशाखमा मेरो नामको ईन्भेष्टमेन्ट बैंकको खाताबाट सो खातामा ट्रान्सफर गरिएको हो । सो रकममध्ये १९ लाख मेरो हो । अन्य रकम देवेन्द्र डंगोलले मेरो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको खातामा हालेको रकम र त्यसको ब्याजसमेत हो । त्यसबाहेक अन्य रकमसमेत निजले मेरो खातमा जम्मा गरिदिएका हुन् । कहिले कति रकम जम्मा गरे स्पष्ट खुलाउन सक्दिन । देवेन्द्र डंगोलको सानेपामा रहेको जग्गामा संयुक्तरूपमा घर बनाउनको लागि सो रकम मेरो खातामा राखिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अनुजबहादुर सिंहको अनुसन्धानको क्रममा भएको बयान ।
पैतृक अचल सम्पत्तिसम्बन्धी विवरण: देवेन्द्र डंगोलको कायम रहेको यसप्रकार देखिन्छ
घर धनीको नाम बाबुको नाम बाजेको नाम घर र घरले चर्चेको जग्गाको विवरण नक्सा पास गर्नु पर्ने
क्षेत्रमा भए घर तला संख्या कैफियत
जिल्लान.पा.वडा नं.कित्ता नं.क्षेत्रफलनक्सा पास गर्ने कार्यालय र मितिनिर्माण मितिनिर्माण लागततल्ला
देवेन्द्र डंगोल गंगाबहादुर सिंह मानबहादुर सिंह काठमाडौं का.म.न.पा. २९ २७७ ०–४–२–० - ८ लाख २ तला र आधा (साँढे दुई) बाबु आमाको नोकरीको पारिश्रमिकबाट निर्माण
जग्गा धनीको नाम बाबुको नाम बाजेको नाम जग्गाको विवरण कैफियत
जिल्लान.पा.वडा नं.कित्ता नं.क्षेत्रफलखरिद मितिपरल मूल्य
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहकाठमाडौंका.म.न.पा.२९२७७०–४–२–०२०४४।०८।१२दुवै कित्ता जग्गाको मूल्य रू. ५३,२००।–
,,,,२७६०–४–०–०२०४४।०८।१२
ललितपुरउपम.न.पा.२३३००–५–१–२२०४०।०२।१६मूल्य रू.१०,०००।–
स्वआर्जित सम्पत्तिसम्बन्धी विवरण:- देवेन्द्र डंगोलले सो आर्जन गरेको भनिएको सम्पत्ति यसप्रकार देखिन्छजग्गा धनीको नाम बाबु / पतिको नाम बाजे / ससुराको नाम जग्गाको विवरण कैफियत
जिल्लागा.वि.सवडा नं.सिट नं.कित्ता नं.क्षेत्रफलखरिद मितिपरल मूल्य
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहकाठमाडौंविष्णु गा.वि.स.७ (ग)क्षेत्रफलखरिद मितिपरल मूल्य११,७५,०००।–
६९७०–२–३–०
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहकाठमाडौंझौखेल८ (च)८०७०–८–२–३०६४।११।०९१,१०,०००।–
८०८०–२–०–०
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहभक्तपुरझौखेल८ (च)४२००–४–३–००६४।११।०९४९,४००।–
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहभक्तपुरझौखेल८ (च)९१५०–१–०–२०६४।११।०९११,८००।–
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहभक्तपुरझौखेल८ (च)१२४००–०–०–२०६६।०१।१५६,५००।–
विपना श्रेष्ठदेवेन्द्र डंगोलगंगाबहादुर सिंहभक्तपुरझौखेल८ (च)९८८०–१०–२–००६५।०४।२२१,४७,०००।–
विपना श्रेष्ठ देवेन्द्र डंगोल गंगाबहादुर सिंह दोलखा भि.न.पा. ९ ६४ ०००५९ वर्ग मि. ०६७।०९।०२ १,५०,०००।– दाइजो रूपमा प्राप्त
२६३०००६० वर्ग मि.
देवेन्द्र डंगोल गंगाबहादुर सिंह मान बहादुर सिंह काठमाडौं का.म.न.पा. २९ १४९८ ०–१०–२–० २०४७ ३,२०,०००।– दुवै कित्ता जग्गा हाल रू. २६,५०,०००।– बिक्री भइसकेको
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहकाठमाडौंका.म.न.पा.२९३३७१–०–०–०२०४७
देवेन्द्र डंगोलले खरिद गरेको सवारी साधन:-
क्र.सं. सवारी धनीको नाम सवारीको
किसिम र नम्बर खरिद / बिक्री मिति खरिद/बिक्री मूल्य कैफियत
१देवेन्द्र डंगोलबा २२ प ६८५३२०६४ साल१०,५०००।–
२ अनुज सिंह बा ७ च ६७५३ (कार) २०१० फेब्रुअरी २५ १६,२२०००।– आफ्नो भतिजा अनुज सिंहको नाममा सवारी धनी दर्ता कायम भएको देवेन्द्र डंगोलले (आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगरेको तर देवेन्द्र डंगोलले खरिद गरेको भनी बयानबाट खुल्न आएको)
देवेन्द्र डंगोलले लिएको कर्जा :-
क्र.सं. ऋण लिने व्यक्तिको नाम ठेगाना ऋण दिने व्यक्ति / संस्थाको नाम ठेगाना ऋण लिएको रकम ऋण लिएकोे मिति कैफियत
१ देवेन्द्र डंगोल कर्मचारी सञ्चयकोष ९४,३००।– २०५५।१०।९ तिर्न बाँकी
२ देवेन्द्र डंगोल कर्मचारी सञ्चयकोष ७,८७,२४५।– २०६९।०३।३२ तिर्न बाँकी
देवेन्द्र डंगोलको तलब छात्रवृत्ति र अन्य सुविधाबापत प्राप्त रकम :-
क्र.सं. विवरण रकम कैफियत
देवेन्द्र डंगोलले सन् १९९३ देखि सन् १९९५ सम्म (वि.सं. ०४९ देखि ०५१ सम्म) The University of Stuttgard German मा अध्ययन गर्दा छात्रवृत्ति तथा अन्य सुविधाबापत आर्जन गरेको आय रकममा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम१२,४२,८९९.७सम्बन्धित विश्व विद्यालयले लेखेको पत्रअनुसार
देवेन्द्र डंगोलको जेठी श्रीमती (हाल सम्बन्ध बिच्छेद भइसकेको) सन् १९९३ देखि सन् १९९५ सम्म (वि.सं. ०४९ देखि ०५१ सम्म) The University of Stuttgard German मा अध्ययन गर्दा छात्रवृत्ति तथा अन्य सुविधाबापत आर्जन गरेको आय रकममा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम१२,४२,८९९.७सम्बन्धित विश्व विद्यालयले लेखेको पत्रअनुसार
देवेन्द्र डंगोलको आ.व. ०४१।०४२ देखी आ.व ०६९।०७० सम्मको परिश्रमिक तलब भत्ता, विदेश भ्रमण भत्तासमेतको आयमा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम२९,३१,८९४.७६का.म.पा. बाट प्राप्त तलब विवरण अनुसार
विभिन्न बैंकमा जम्मा भएको देखिएको रकम :-
क्र.स विवरण रकम कैफियत
१. देवेन्द्र डंगोलको नाममा रहेको नेपाल बैंक लिमिटेडको खाता नं. २१०४८६२०२ मा जम्मा भएको रकम ५,३५०।४१ बैंक स्टेटमेण्ट अनुसार
२. देवेन्द्र डंगोलको श्रीमती विपना श्रेष्ठको नाममा ग्लोबल बैंकको खाता नं. ०१०७०१०००११९२० मा जम्मा भएको रकम १,१२,२४०।३५ बैंक स्टेटमेण्ट अनुसार
३. देवेन्द्र डंगोलको नाममा ग्लोबल आई.एम.ई बैंकको खाता नं.०१०७०१००६२२३ मा जम्मा भएको रकम १०,९८,३६३।४७ बैंक स्टेटमेण्ट अनुसार
४. देवेन्द्र डंगोलको नाममा ग्लोबल आई.एम.ई बैंकको मुद्दति खाता नं. ०११६०१००६०६२ मा जम्मा भएको रकम ७५,००,०००।- बैंक स्टेटमेण्ट अनुसार
५. देवेन्द्र डंगोलको नाममा नबिल बैंकमा रहेको खाता नं.०२१००१७५५४५२३ मा जम्मा भएको रकम १४,३८८।- बैंक स्टेटमेण्ट अनुसार
६. देवेन्द्र डंगोलको भतिजा अनुजबहादुर सिंहको नाममा सिभिल बैंक लिमिटेडको खाता नं. ००२१२१००२९३६७०१३ मा रहेको १,२७,००,०००।– मध्ये देवेन्द्र डंगोलको रकम भने आफ्नो बयानमा स्वीकार गरेको रकम १,०८,००,०००।- बैंक स्टेटमेण्ट अनुसार
स्रोत खुलेको सम्पत्तिको विवरण:- माथि उल्लिखित सम्पत्तिहरू मध्ये निम्न सम्पत्ति स्रोत खुलेको सम्पत्ति मानिएको छ
घर धनीको नाम बाबुको नाम बाजेको नाम घर र घरले चर्चेको जग्गाको विवरण नक्सा पास
गर्नुपर्ने क्षेत्रमा भए घर तला संख्या कैफियत
जिल्लान.पा.वडा नं.कित्ता नं.क्षेत्रफलनक्सा पास गर्ने कार्यालय र मितिनिर्माण मितिनिर्माण लागततल्ला
देवेन्द्र डंगोल गंगाबहादुर सिंह मानबहादुर सिंह काठमाडौं का.म.न.पा २९ २७७ ०–४–२–० - ८ लाख २ तला र आधा - साँढे दुई) बाबु आमाको नोकरीको पारिश्रमिकबाट निर्माण
जग्गा धनीको नाम बाबुको नाम बाजेको नाम जग्गाको विवरण कैफियत
जिल्लान.पा.वडा नं.कित्ता नं.क्षेत्रफलखरिद मितिपरल मूल्य
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमानबहादुर सिंहकाठमाडौंका.म.न.पा.२९२७७०–४–२–०२०४४।०८।१२दुवै कित्ता जग्गाको मूल्य रू. ५३,२००।–
,,२७६०–४–०–०२०४४।०८।१२
ललितपुरउप–म.न.पा.२३३००–५–१–२२०४०।०२।१६मूल्य रू.१०,०००।–
ग्गा धनीको नाम बाबु / पतिको नाम बाजे/ ससुराको नाम जग्गाको विवरण कैफियत
जिल्लागा.वि.स / न.पा.वडा नं.सिट नं.कित्ता नं.क्षेत्रफलखरिद मितिपरल मूल्य
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहकाठमाडौंविष्णु’ गा.वि.स.७ (ग)७०२०–९–०–००६३।०८।२९११,७५,०००।–
६९७०–२–३–०
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहभक्तपुरझौखेल८ (च)८०७०–८–२–३०६४।११।०९१,१०,०००।–
८०८०–२–०–०
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहभक्तपुरझौखेल८ (च)४२००–४–३–००६४।११।०९४९,४००।–
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहभक्तपुरझौखेल८ ९च०९१५०–१–०–२०६४।११।०९११,८००।–
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहभक्तपुरझौखेल८ (च)१२४००–०–०–२०६६।०१।१५६,५००।–
विपना श्रेष्ठदेवेन्द्र डंगोलगंगाबहादुर सिंहभक्तपुरझौखेल८ (च)९८८०–१०–२–००६५।०४।२२१,४७,०००।–
विपना श्रेष्ठ देवेन्द्र डंगोल गंगाबहादुर सिंह दोलखा भि.न.पा. ९ २६४ ०००५९ वर्ग मि. ०६७।०९।०२ ३,००,०००।– दाइजो रूपमा प्राप्त
२६३०००६० वर्ग मि.
देवेन्द्र डंगोल गंगाबहादुर सिंह मान बहादुर सिंह काठमाडौं का.म.न.पा. २९ १४९८ ०–१०–२–० २०४७ ३,२०,०००।– द’बै कित्ता जग्गा हाल रू २६,५०,०००।– बिक्री भइसकेको ।
देवेन्द्र डंगोलगंगाबहादुर सिंहमान बहादुर सिंहकाठमाडौंका.म.न.पा.२९३३७१–०–०–०२०४७
क्र.सं. सवारी धनीको नाम सवारीको किसिम र नम्बर खरिद / बिक्री मिति खरिद / बिक्री मूल्य कैफियत
१देवेन्द्र डंगोलबा २२ प ६८५३२०६४ साल१०,५०००।–
क्र.सं. ऋण लिने व्यक्तिको नाम ठेगाना ऋण दिने व्यक्ति / संस्थाको नाम ठेगाना ऋण लिएको रकम ऋण लिएकोे मिति कैफियत
१ देवेन्द्र डंगोल कर्मचारी सञ्चयकोष ९४,३००।– २०५५।१०।९ तिर्न बाँकी
२ देवेन्द्र डंगोल कर्मचारी सञ्चयकोष ७,८७,२४५।– २०६९।०३।३२ तिर्न बाँकी
क्र.स विवरण रकम कैफियत
१. देवेन्द्र डंगोलको नाममा रहेको नेपाल बैंक लिमिटेडको खाता नं. २१०४८६२०२ मा जम्मा भएको रकम ५,३५०.४१ बैंक स्टेटमेण्टअनुसार
२. देवेन्द्र डंगोलको श्रीमती विपना श्रेष्ठको नाममा ग्लोबल बैंकको खाता नं. ०१०७०१०००११९२० मा जम्मा भएको रकम १,१२,२४०.३५ बैंक स्टेटमेण्टअनुसार
३. देवेन्द्र डंगोलको नाममा ग्लोबल आई.एम.ई बैंकको खाता नं.०१०७०१००६२२३ मा जम्मा भएको रकम १०,९८,३६३.४७ बैंक स्टेटमेण्टअनुसार
४. देवेन्द्र डंगोलको नाममा नबिल बैंकमा रहेको खाता नं. ०२१००१७५५४५२३ मा जम्मा भएको रकम १४,३८८।- बैंक स्टेटमेण्टअनुसार
क्र.सं. विवरण रकम कैफियत
देवेन्द्र डंगोलले सन् १९९३ देखि सन् १९९५ सम्म (वि.सं. ०४९ देखि ०५१ सम्म) The University of Stuttgard German मा अध्ययन गर्दा छात्रवृत्ति तथा अन्य सुविधा बापत आर्जन गरेको आय रकममा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम१२,४२,८९९.७सम्बन्धित विश्व विद्यालयले लेखेको पत्र अनुसार
देवेन्द्र डंगोललको जेठी श्रीमती (हाल सम्बन्ध बिच्छेद भइसकेको) सन् १९९३ देखि सन् १९९५ सम्म (वि.सं. ०४९ देखि ०५१ सम्म) The University of Stuttgard German मा अध्ययन गर्दा छात्रवृत्ति तथा अन्य सुविधाबापत आर्जन गरेको आय रकममा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम१२,४२,८९९.७सम्बन्धित विश्व विद्यालयले लेखेको पत्र अनुसार
देवेन्द्र डंगोलको आ.व. ०४१।०४२ देखि आ.व. ०६९।०७० सम्मको पारिश्रमिक तलब भत्ता, विदेश भ्रमण भत्तासमेतको आयमा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम२०,७६,३७२.२९का.म.पा. बाट प्राप्त तलब विवरण अनुसार
देवेन्द्र डंगोलको आ.व.०५८/०५९ देखि हालसम्मको विदेश भ्रमण भत्ता आयमा ३०% जीवन निर्वाह खर्च कटाई हुन आउने रकम८,५५,५२२.४७का.म.पा. बाट प्राप्त तलब विवरण अनुसार
देवेन्द्र डंगोलको स्रोत नखुलेको सम्पत्तिको विवरण:-
क्र. स. विवरण रकम कैफियत
देवेन्द्र डंगोलको भतिजा अनुजबहादुर सिंहको नाममा सिभिल बैंक लिमिटेडको खाता नं. ००२१२१००२९३६७०१३ मा रहेको १,२७,००,०००।– मध्ये १९,००,०००।- आफ्नो र बाँकी रकम देवेन्द्र डंगोलको रकम भनी आफ्नो बयानमा स्वीकार गरेको रकम१,०८,००,०००।-बैंक स्टेटमेण्ट अनुसार
देवेन्द्र डंगोलको नाममा ग्लोबल आई.एम.ई बैंकको मुद्दाती खाता नं.०११६०१००६०६२ मा जम्मा भएको रकम रू. ७५,००,०००।- मध्ये निजको वैध आय रू.४१,०६,०५१.९३ घटाई हुन आउने रकमरू.३३,९३,९४८.०७बैंक स्टेटमेण्ट अनुसार
क्र.सं. सवारी धनीको नाम सवारीको किसिम र नम्बर खरिद / बिक्री मिति खरिद / बिक्री मूल्य कैफियत
१ अनुज सिंह बा ७ च ६७५३ नं.को सेब्रोलेट स्पार्क गाडी २०१० फेब्रुवरी २५ १६,२२०००।– आफ्नो भतिजा अनुज सिंहको नाममा सवारी धनी दर्ता कायम भएको (देवेन्द्र डंगोलले आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगरेको तर बयानमा देवेन्द्र डंगोलको भन्ने खुलेको)
अनुसन्धानको क्रममा निज देवेन्द्र डंगोलले यस आयोगमा पेस गरेको सम्पत्ति विवरण, आयोगसमक्ष निज देवेन्द्र डंगोल तथा निजको भतिजा अनुजबहादुर सिंहले गरेको बयान, विभिन्न बैंकबाट प्राप्त स्टेटमेन्ट, निजको आय व्ययका सम्बन्धमा माथि विवेचना गरिएको विश्लेषणसमेतका आधारमा निज प्रतिवादी देवेन्द्र डंगोलले सेवा प्रवेश गरेदेखि हालसम्म तलब भत्ताबापत रू.२०,७६,३७२.२९ विदेश भ्रमण भत्ताबापत रू.८,५५,५२२.४७, विदेश अध्ययनको क्रममा प्राप्त छात्रवृत्ति सुविधाबापत रू.२४,८५,७९९.०४, सञ्चयकोष सापटीबाट रू.८,१५,४००।-, जग्गा बिक्रीबाट प्राप्त रू.२६,५०,०००।- समेत गरी जम्मा रू.८८,८३,०९४.१६ आम्दानी गरेको देखिन्छ भने निजले गाडी खरिदमा रू.१६,२२,०००।-, मोटर साइकल खरिदमा रू.१,०५,०००।-, जग्गा खरिदमा रू.१८,१९,७००।-समेत गरी रू.३५,४६,७००।– खर्च तथा लगानी गरेको देखिन्छ ।
देेवेन्द्र डंगोलको भतिजा अनुजबहादुर सिंहको नाममा रहेको नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड गोंगबुको ०२१०५०२००२९१८४ नं. को खाताबाट सिभिल बैंक लिमिटेड कमलादीमा रहेको निजको नामको खाता नं. ००२१००२९३६७०१३ मा १३।०५।२०११ मा ७७ लाख र विभिन्न मितिमा अन्य रकमसमेत गरी १ करोड २७ लाख जम्मा भएको देखिन्छ, सो रकममध्ये १९ लाख मात्र आफ्नो भएको र अन्य रकम देवेन्द्र डंगोलको भएको भनी निजले बयानमा स्वीकार गरेको देखिन्छ ।
अनुजबहादुर सिंहले १८।०८।२०१० मा नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड दरबारमार्गमा ००१०५२१०२५०६१० नं. को खाता खोली रू.१२ लाख जम्मा गरेको र विभिन्न मितिमा देवेन्द्र डंगोल र अनुजबहादुर सिंहले उक्त खातामा थप रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट देखिन्छ जुन कुरा देवेन्द्र डंगोल र अनुजबहादुर सिंहको बयानबाट समेत पुष्टि हुन्छ । अनुजबहादुर सिंहले सो खाताको रकम सोही बैंकको गोगंबु शाखामा ०३।११।२०११ मा ०२१०५०२००२९१८४ नं. को खाता खोली रू.१,६२,९४,८५५।६४ स्थानान्तरण गरेको देखिन्छ । सो रकममध्येबाट ०३।११।२०११ मा सोही शाखामा ०२१०३१५०२५००३० नं. को मुद्दति खाता खोली रू.१,३५,४०,०००।- जम्मा गरेको देखिन्छ । सो रकम मुद्दति खाताबाट परिपक्व भई पुन: सोही बैंकको बचत खातामा फिर्ता जम्मा गरेको देखिन्छ । ०८।०५।२०११ मा सो रकममध्येबाट १ करोड १० लाख सनराईज बैंक लिमिटेड गैह्रीधारा शाखामा रहेको देवेन्द्र डंगोलको बचत खाता नं. ००२१००६२४३३०१३ मा नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको ५३५४ नं. को चेकबाट जम्मा भएको देखिन्छ भने सो रकम पुन: सोही बैंकमा सोही दिन खोलिएको अनुजबहादुर सिंहको एल.डि. १३१२८६६७७८ नं. को मुद्दति खातामा जम्मा भएको बैंक स्टेटमेन्टबाट देखिएको हुँदा सो रकम अनुजबहादुर सिंहको देखिन आयो ।
देवेन्द्र डंगोल, निजकी कान्छी श्रीमती विपना श्रेष्ठ, भतिजा अनुजबहादुर सिंहको नाममा हालसम्म पनि विभिन्न बैंकहरूमा रहेको मौज्दात रू.१,९५,३०,३४२.२३ (माथि प्रकरण ४(ङ) मा उल्लिखित) समेत गरी सम्पत्ति रू.२,३०,७७,०४२.२३ देखिन आएको हुँदा निजको स्रोत खुलेको सम्पत्ति रू.८८,८३,०९४.१६ भन्दा बढी देखिन आएको रू.१,४१,९३,९४८.०७ (एक करोड एकचालीस लाख त्रियानब्बे हजार नौ सय अठचालीस रूपैयाँ सात पैसा) को स्रोत खुल्न नसकेको देखिँदा निज देवेन्द्र डंगोलले काठमाडौं महानगरपालिकाको इन्जिनियर तथा वरिष्ठ इन्जिनियरको हैसियतमा सार्वजनिक पदमा रहि आफ्नो पदको दुरूपयोग गरी गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी निजसँग अमिल्दो परिमाणमा सम्पत्ति रहेको र सो सम्पत्तिको स्रोतसमेत निजले प्रमाणित गर्न नसकेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा २० (२) बमोजिम रू.१,४१,९३,९४८।०७ (एक करोड एकचालीस लाख त्रियानब्बे हजार नौ सय अठचालीस रूपैयाँँ सात पैसा) बिगो कायम गरी सजाय हुन र अनुजबहादुर सिंहको सिभिल बैंक लिमिटेड मुख्य शाखा कमलादीको खाता नं. ००२१००२९३६७०१३ मा रहेको रू.१,२७,०००००।– लाखमध्ये रू.१,०८,००,०००।– र अनुजबहादुर सिंहकै नाममा रहेको बा.७ च. ६७५३ नं. को सेब्रोलेट स्पार्क गाडी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत हुन सादर अनुरोध गरिन्छ भन्नेसमेत व्यहोराको आरोपपत्र ।
मैले जर्मनीबाट ईन्फ्रास्ट्रकचर्स प्लानिङमा मास्टर्स पास गरेको छु । म २०४१ सालदेखि काठमाडौं महानगरपालिकामा इन्जिनियर पदमा कार्यरत छु । मैले शहरी विकाससम्बन्धी योजनाहरू प्रवर्धन गरी विदेशी संघ संस्थाबाट स्रोतहरू जुटाई काठमाडौंको विकासको लागि आयोजनाहरू कार्यान्वयन गर्ने गरी अन्यसमेत कार्य गर्दछु । म जर्मनीमा स्कलरसीपमा पढ्न जाँदा त्यस ठाउँमा पार्ट टाईम काम गरेको, मेरी श्रीमती संगिता सिंह पनि जर्मनीमा पढ्न त्यस ठाउँमा पार्ट टाईम काम गर्ने गरेको, जर्मनीबाट नेपाल फर्केपछि पनि मैले कमाएको सम्पत्तिहरू छिमेकमा ब्याजमा लगाएको, नेपालमै समेत कन्सलटेन्सीको रूपमा काम गरेको, मेरो सामाखुसीमा रहेको घर बहालमा लगाएको, सानेपामा रहेको मेरो नामको कि.नं.३३० को जग्गा भाडामा लगाएको छ । मेरो नाममा दर्ता रहेको जिल्ला ललितपुर उप म.न.पा. ०–५–१–२ जग्गा, का.म.न.पा. २९ को कि.नं.२७७ को ०–४–२–० र ऐ.कि.नं.२८६ को ०–४–० जग्गा र सो जग्गामा बनेको घरसमेत मेरो निजी आर्जनको नभई पैतृक सम्पत्ति हो । मेरो नाउँमा दर्ता रहेको का.म.न.पा.वडा नं.२९ कि.नं.१४९८ को ०–१०–२ जग्गा र कि.नं.३३७ को १–०–० जग्गा मेरो निजी आर्जनको हो । मेरो नाममा रहेको नेपाल बैंकको खाता ग्लोबल बैंक, सनराईज बैंक, लुम्बिनी बैंक, एस.बि.आई बैंक तथा पत्नी विपनाको नाममा रहेको ग्लोबल बैंकको र भतिजा अनुजको नाममा रहेको गोङ्गबु शाखा (ईनभेस्टमेण्ट बैंक) र दरबार मार्ग शाखाबाट समेत ब्याजको रूपमा ९४,८५,२६५।– समेत प्राप्त भएको छ । त्यसैले अभियोगपत्र मागदाबीबमोजिम रू.१,४१,९३,९४८।०७ बराबरको रकमलाई स्रोत नजुटेको भनी लगाएको आरोप झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्र.देवेन्द्र डंगोलले विशेष अदालतमा गरेको बयान ।
मेरो ठूलो बुबा देवेन्द्र डंगोल वरिष्ठ इन्जिनियर भएकोले अफिसियल कामले पटकपटक विदेशमै रहने हुनाले सो अवस्थामा वहाँको घरको रेखदेख तथा अन्य कारोबारसमेत मैले नै गरी आएको छु । मेरो ठूलो बुबा प्र.देवेन्द्र डंगोलले नै विभिन्न बैंक तथा सिभिल बैंकमा समेत रकम जम्मा गरी दिने गर्नुभएको थियो । त्यसरी जम्मा भएको रकमहरूमध्ये मेरो आफ्नो १९ लाख मात्र हो । अरू ठूलो बुबाको रकम हो । मेरो अख्तियारमा भएको बयान म आफैँले लेखिदिएको ठिक हो । गाडीको हकमा पैसा प्रतिवादी देवेन्द्र डंगोलकै भएकोले त्यसरी लेखाएको हुँ । मेरो सिभिल बैंक कमलादीमा रहेको रू.१,२७,००,०००।– मध्ये रू.१,०८,००,०००।– र गाडी जफत भई भ्रष्टाचार निवार ऐन, २०५९ को दफा २०(२) बमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्र.अनुजबहादुर सिंहले यस अदालतमा गरेको बयान ।
प्रतिवादी देवेन्द्र डंगोलसँग मैले २०५२ सालमा रू.२,८०,०००।– सापटी लिएको र सो रकमको ब्याजबापत मैले रू.१६,८०,०००।– २०५८ सालमा फिर्ता गरेको हुँ, निजको घरमा तथा जग्गामा समेत भाडा लागेको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र डंगोलको साक्षी हेमराज श्रेष्ठको बकपत्र ।
प्रतिवादी देवेन्द्र डंगोलको जग्गा निर्माणसम्बन्धी सामाग्री राख्ने प्रयोजनको लागि भाडामा लिएको हुँ । भाडा २०४५ सालदेखि २०७० साल कार्तिकसम्म प्रतिमहिना रू.१,०००।– देखि पछिल्लो समय रू.४,०००।– सम्म तिरेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र डंगोलको साक्षी द्वारिका महर्जनको बकपत्र ।
मेरो र प्रतिवादी देवेन्द्र डंगोलबीच मागी विवाह भएको हो । हामीबाट २ छोरीको जायजन्म भएको हो । यसरी २ छोरीको जन्म भएपश्चात् मलाई काम गर्न कहीँ जान नदिने भएकोले २००२ मा निवेदन दिई काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गरेका हौं । म जर्मन बस्दा त्यहाँको कानूनअनुसार पार्ट टाइम काम गरेको छैन भन्नेसमेत व्यहोराको बुझिएको व्यक्ति संगिता सिंहले गरेको बयान ।
मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी देवेन्द्र डंगोलले राष्ट्रसेवकको रूपमा सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेकाबखत आर्जन गरेको सम्पत्ति रू.१,३२,०८,४८७।७० को मात्र स्रोत खुलेको पुष्टि हुन आएको हुँदा सोबाहेक स्रोत खुल्न नसकेको रू.९८,६८,५५४।४६ (अन्ठानब्बे लाख अठसठ्ठी हजार पाँच सय चौवन रूपैयाँँ छ्यालीस पैसा) को सम्पत्ति सो हदसम्म आरोपपत्र मागबमोजिम गैरकानूनीरूपमा आर्जन गरी आफ्ना भतिजा अनुजबहादुर सिंहसमेतका नाममा राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर गरेको ठर्हछ । सो ठहर्नाले तलब भत्ताबापत रू.३०,४४,६३५।३० (तीस लाख चौवालीस हजार छ सय पैंतिस रूपैयाँँ तीस पैसा) वैदेशिक भ्रमणबापत रू.९,७१,५२२।३५(नौ लाख एकहत्तर हजार पाँच सय बाइस रूपैयाँँ पैंतीस पैसा) विदेश अध्ययनको क्रममा प्राप्त छात्रवृत्ति सुविधाबापत रू.२७,५६,७८५।०५ (सत्ताइस लाख छपन्न हजार सातसय पचासी रूपैयाँँ पाँच पैसा) सञ्चयकोष सापटीबापत रू.८,८१,५४५।-(आठ लाख एकासी हजार पाँच सय पैंतालीस रूपैयाँँ) जग्गा बिक्रीबाट रू.२६,५०,०००।- (छब्बीस लाख पचास हजार) ललितपुर उपमहानगरपालिकाको कि.नं. ३३० को जग्गा भाडाबापत रू.९,००,०००।-(नौ लाख) का.म.न.पा. वडा नं. २९ को सामाखुसीको घरभाडाबापत रू.२०,०४,०००।- (बीस लाख चार हजार) समेतको स्रोत खुलेका रू.१,३२,०८,४८७।७० (एक करोड बत्तीस लाख आठ हजार चार सय सतासी रूपैयाँँ सत्तरी पैसा) चल अचल सम्पत्तिबाहेकका आरोप पत्रमा दाबी लिइएको देवेन्द्र डंगोलका नाममा ग्लोवल आइ.एम.इ. बैंकमा मुद्दति खाता नं. ०११६०१००६०६२ मा जम्मा भएको मौज्दात रकम रू.७५,००,०००।- (पचहत्तर लाख) मध्ये रू.३१,५०,५२१।०९ (एकतीस लाख पचास हजार पाँच सय एक्काइस रूपैयाँँ नौ पैसा) र निज देवेन्द्र डंगोलको भतिजा अनुजबहादुर सिंहका नाममा सिभिल बैंक लि को खाता नं. ००२१२१००२९३६७०१३ मा रहेको रू.१,२७,००,०००।- (एक करोड सत्ताइस लाख) मध्ये रू.१९,००,०००।- (उन्नाइस लाख) अनुजबहादुर सिंहको देखिएकोले सोबाहेक रू.१,०८,००,०००।- (एक करोड आठ लाख) मध्ये रू.६७,१८,०३३।४६ (सतसठ्ठी लाख अठ्ठार हजार तेत्तीस रूपैयाँँ छयालीस पैसा) समेत गरी जम्मा रू.९८,६८,५५४।४६ (अन्ठानब्बे लाख अठसठ्ठी हजार पाँच सय चवन्न रूपैयाँ छयालिस पैसा)अनुजबहादुर सिंहका नाममा दर्ता रहेको बा. ७ च. ६७५३ नं. को सेप्रोलेट स्पार्क गाडीसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ बमोजिम जफत भई प्रतिवादी देवेन्द्र डंगोललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम बिगोअनुरूप रू. ९८,६८,५५४।४६ (अन्ठानब्बे लाख अठसठ्ठी हजार पाँच सय चवन्न रूपैयाँ छयालीस पैसा) जरिवाना र तीन महिना कैद हुन्छ भन्ने विशेष अदालत काठमाडौंको मिति २०७१।११।१ को फैसला ।
मेरो नाममा रहेको कूल वास्तविक सम्पत्ति रू. १,२९,७०,७७६।२६ रहेको र मेरो परिवारको ३० वर्षे सेवा अवधिमा कुल आय स्रोत रू. ३,०७,०८,१३३।५४ बराबर भएकोले स्रोत नखुलेको भनी सो सम्पत्ति र अनुजबहादुर सिंहको नाममा रहेको बा.७च. ६७५३ नं. को सवारी साधन गाडी जफत हुने ठहरी स्रोत नखुलेको सम्पत्ति बराबर जरिवाना र ३ महिना कैद गरेको विशेष अदालत काठमाडौंको मिति २०७१।११।१ को फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी आरोपित कसुरबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक देवेन्द्र डंगोलको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादीहरूउपर आयोगबाट प्रस्तुत गरिएको आरोप पत्रबमोजिमको कसुर निज प्रतिवादीहरूको नाममा रहेको कुल सम्पत्तिको विवरणबाट स्वतः पुष्टि भइरहेको अवस्थामा अभियोग माग दाबीबमोजिम सजाय गरिनुपर्नेमा मिसिल संलग्न रहेका प्रमाणहरूलाई एकातर्फ ग्रहण गर्ने तर त्यसको प्रमाणिक मूल्याङ्कन नगरी विभिन्न शीर्षकहरूमा न्यायोचित अनुमानबाट आयमा समावेश हुनुपर्ने भनी आत्मनिष्ठ रूपमा करिब त्रिचालीस लाख रूपैयाँ प्रतिवादीको आयमा थप गरी अभियोग दाबीभन्दा कम बिगोमा कसुर ठहर गरी बाँकी बिगोबाट उन्मुक्ति दिने गरी भएको त्रुटिपूर्ण फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
मेरो नाममा सिभिल बैंकमा रहेको खाता नं.००२१२१००२९३६७१३ मा मौज्दात रकममध्ये रू.६७१८०३३।४६ र मेरो नाममा दर्ता रहेको बा७च ६७५३ नं. को सेप्रोलेट गाडी जफत गर्ने भनी भएको विशेष अदालत काठमाडौंको मिति २०७१।११।१ को त्रुटिपूर्ण फैसला सो हदसम्म बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक अनुजबहादुर सिंहको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डेले प्रतिवादी देवेन्द्र डंगोलका पति पत्नीले जर्मनीमा पाएको छात्रवृत्तिको रकममा पतिले पाएको रकमबाट ३० प्रतिशत र पत्नीले पाएको रकमबाट १५ प्रतिशत कटाउँदा ४५ प्रतिशत हुने भएपनि दुवैको शालाखाला गर्दा २२.५ प्रतिशत हुन्छ । सामाखुशीको घरको घरभाडा रकम दाबी गरिएपनि निजले भाडाको सम्झौतापछिबाट पेस गरेको र कर तिरेको कुनै निस्सा पेस गरेको छैन । तलब भत्ताको हकमा असार मसान्तलाई चेक पिरियड मानी गरिएकोमा पुष मसान्तको हिसाब गरिदिएको मिलेको छैन । जग्गा बिक्रीबाट आएको रकमको हकमा लिखतमा उल्लेख भएको रकमलाई नै मान्यता दिने हो । तसर्थ प्रतिवादीको यससम्बन्धी जिकिर स्वीकारयोग्य छैन । बैंक ब्याजको हकमा मूल रकम वैध भएमा मात्र ब्याजको रकमको हिसाब गर्न मिल्ने हो । विदेश भ्रमणको रकमको हकमा पासपोर्टमा विदेशी विनियम साटेको आधारमा दिइने होइन । वैध स्रोतबाट हिसाब गरिने हो । तसर्थ उक्त हदसम्म विशेष अदालतको फैसला केही उल्टी भई प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्छ भन्ने बहस गर्नुभयो । प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री पूर्णमान शाक्य र श्री कृष्ण सापकोटा तथा अधिवक्ता श्री तीलप्रसाद गौतमले अभियोगपत्रमा वैध स्रोतबाट गाडी, मोटरसाइकल तथा जग्गा खरिद गरेको भनी उल्लेख गरेपछि फेरी गाडी जफत गर्ने भन्न मिल्दैन । लगनको घर प्रतिवादीले मिति २०६३।३।२२ को अंशबन्डाबाट प्राप्त गरेको हुँदा घरभाडामा लगाएको भन्ने कुरालाई स्वीकार गरिनुपर्छ । प्रतिवादी २०६३ सालसम्म सगोलमा बसेको र बाजे बाबुसमेतको नोकरी हुँदा जीवन निर्वाहबापत ३० प्रतिशत कटाउन मिल्दैन । प्राविधिक कर्मचारी हुँदा कन्सल्टेन्सी गर्नु स्वाभाविक हो । सोको दाबी स्वीकार गरिएको छैन, त्यस्तै वैध रकमको ब्याज हिसाब नगरेको मिलेको छैन । विदेश भ्रमणबापत प्राप्त भएको रकम र घरभाडासमेतको सही ढंगबाट हिसाब गरिएको छैन । यी सबै हिसाब गर्दा प्रतिवादीहरूसँग स्रोत नखुलेको सम्पत्ति देखिँदैन । अतः प्रतिवादीहरूले अभियोग दाबीबाट सफाई पाउनु पर्छ भन्नेसमेतको बहस गर्नुभयो ।
पुनरावेदनसहितको मिसिल कागज र विद्वान् उपन्यायधिवक्ता, वरिष्ठ अधिवक्ताहरूको बहससमेत सुनी निर्णयतर्फ हेर्दा, प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरूपण हुनुपर्ने देखियो ।
१) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कसुर के कस्तो प्रकृतिको कसुर हो ।
२) प्रतिवादीबाट दफा २० को कसुर भएको हो वा होइन ।
३) सुरू विशेष अदालतको फैसला मिलेको छ वा छैन, वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ।
२. सर्वप्रथम पहिलो प्रश्नतर्फ हेर्दा, यी प्रतिवादीमध्येका देवेन्द्र डंगोल काठमाडौं महानगरपालिकाको वरिष्ठ नगर इन्जिनियर पदमा कार्यरत व्यक्ति हुन् भन्नेमा विवाद भएन । निज २०४१।५।१४ मा महानगरमा इन्जिनियर पदमा नियुक्त भएको र मिति २०४३।१२।२४ देखि मिति २०७०।९।३ मा विशेष अदालत, काठमाडौंमा अभियोग पत्र पेस हुँदासम्म वरिष्ठ नगर इन्जिनियर पदमा कार्यरत देखिन्छ । यस अर्थमा निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २(क) द्वारा परिभाषित "राष्ट्रसेवक" हो भन्नेमा विवाद भएन ।
३. भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ अन्तर्गत भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था गरिएको छ । सोही परिच्छेदअन्तर्गत यी प्रतिवादी उपर कुनै घटना विशेष वा कार्य विशेषसँग सम्बन्धित कसुर गरेको अर्थात् रिसवत, दान दातव्य, उपहार लिएको भन्ने आदि आरोप लागेको नभई निजले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएको हुँदा निजले राष्ट्रसेवकको हैसियतमा कार्य गर्दा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भनी दफा २० अन्तर्गत अभियोग लगाइएको पाइयो । यद्यपि यस्तो अभियोग लागाइएको मुद्दाहरूमा यस अदालतबाट यसपूर्व पनि धेरै फैसलाहरू भएका छन् तर अझै पनि यो अभियोगको प्रकृति, कसुर पुष्टि हुने वा नहुने सन्दर्भमा हेरिने प्रमाण, त्यसको मापदण्ड र प्रमाणको भारबारेमा यस अदालतबाट स्पष्ट दृष्टिकोण बनिसकेको वा व्यक्त भएको पाइँदैन । तसर्थ "गैरकानूनी सम्पत्ति आर्जन" वा चलन चल्तीको भाषामा भन्दा "अकुत सम्पत्ति आर्जन" लाई कसुर मान्नु पर्ने कारण, यस्तो कसुरको प्रकृति बारेमा प्रारम्भमा नै स्पष्ट गरिनु आवश्यक देखिन आयो ।
४. वस्तुतः गैरकानूनी सम्पत्ति आर्जनको कसुरले भ्रष्टाचारसम्बन्धी कानूनहरू पछिल्लो समयमा प्रवेश पाएको हो । नेपालमा भष्ट्राचार निवारण ऐन, २०१७ को दफा १५ मा "अनुमानित कसुर" को व्यवस्था रहेपनि त्यसमा उक्त "ऐनअन्तर्गत सजाय हुने कुनै कसुरमा अभियोग लागेको राष्ट्रसेवक" को हकमा सम्म सो व्यवस्था जोडिएको कारण यो स्वतन्त्र रूपमा हेरिने कसुर हो वा होइन भन्ने एउटा द्विविधापूर्ण स्थिति रहेको थियो । यस अदालतले इश्वर पोखरेलको मुद्दामा (ने.का.प. २०६६, नि.नं. ८२०० , पृ.१२३५) मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) लाई भ्रष्टाचार निवारण ऐन, २०१६ को दफा १५ को निरन्तरता हो भनी व्याख्या गरेको कारण गैरकानूनी सम्पत्ति आर्जनको विषयलाई अब स्वतन्त्र अपराधको रूपमा हाम्रो अदालतले बुझ्न थालेको प्रतित हुन्छ ।
५. भ्रष्टाचार निवारण ऐनमा एउटा स्वतन्त्र अपराधको रूपमा गैरकानूनी सम्पत्ति आर्जनलाई राखिनुलाई भ्रष्टाचार विरूद्धको लडाईको एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरिनुपर्ने हुन्छ । गैरकानूनी सम्पत्ति आर्जनलाई स्वतन्त्र अपराधको रूपमा ग्रहण गरिनुको पछाडि घटना विशेषमा आधारित भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान र न्याय निरूपणमा मिलेको निरूत्साहजनक स्थिति नै हो । विशेष गरी विकासशील तेस्रो विश्वका मुलुकहरूमा शासन सञ्चालन एवं आर्थिक गतिविधिहरूको सञ्चालनमा पारदर्शिताको अभावले गर्दा आर्थिक अपराधीहरू छुट्ने, तिनै व्यक्तिहरू राजनीतिमा हावी हुने र भ्रष्टाचार विरूद्धको अभियानलाई निस्तेज पार्ने गरेको पाइन्छ । एकातर्फ आर्थिक कारोबारको अभिलेख राम्रोसँग नराखिने वा राखेपनि लुकाउने वा नष्ट गरिने, अर्कोतर्फ भ्रष्टाचार मुद्दामा पनि अन्य फौजदारी मुद्दामा जस्तै निर्दोशिताको अनुमान अभियुक्तको पक्षमा रहँदा मुलुक चाहीँ भ्रष्टाचारमय हुने तर भ्रष्टाचारी भने कतै नभेटिने, सेवामा रहँदा घुस नलिई काम नगर्ने तर सेवा निवृत्त हुँदा निरापद एवं सुकिलो मुकिलो रूपमा निस्कने एउटा विडम्बनापूर्ण स्थिति रहन जान्छ । यस्तो स्थिति रहन दिनु लोकतन्त्र, विधिको शासन, मानव अधिकार र स्वस्थ सामाजिक जीवन कुनै कुराको पनि हितमा हुँदैन । भ्रष्टाचारलाई प्लेग रोगसँग तुलना गर्ने संयुक्त राष्ट्रसंघको पूर्वमहासचिव कोफि अन्नानको देहायको भनाइ निकै नै मर्मस्पर्शी छ । उनी भन्छन्
"Corruption is an insidious plague that has a wide range of corrosive effects on societies. It undermines democracies and the rule of law, leads to violation of human rights, distorts market, erodes the quality of life and allows organized crime terrorism and other threats to human security to flourish.
६. भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि २००३ ले भ्रष्टाचारको अपराधीकरण, रोकथाम नियन्त्रण, न्याय निरूपण, भ्रष्टाचार गरी विदेशमा लुकाएको सम्पत्ति फिर्ता र यस विषयमा अन्तर्राष्ट्रिय सहयोगसहितको नियन्त्रणात्मक र निरोधात्मक व्यवस्थाहरू बारेमा समेत व्यवस्था गरेको छ । उक्त महासन्धिको धारा २० ले गैरकानूनी सम्पत्ति आर्जनलाई कसुर मानी अन्तर्राष्ट्रियरूपमा नै यसको नियन्त्रण गरिनुपर्ने कुराको उदघोष गरेको छ । यसो गरिनुपर्ने वस्तुगत तथ्यलाई आत्मसात् गर्दै कुनै कसुरमा सोझै जोडिने स्थिति नभएपनि सार्वजनिक सेवामा संलग्न राष्ट्रसेवकसँग उसको घोषित आयसँग अस्वाभाविकरूपमा अमिल्दो सम्पत्ति रहेको देखिएमा त्यसलाई भ्रष्टाचारको कसुर मानी सजाय गर्ने र त्यस्तो सम्पत्ति जफत गर्ने व्यवस्था गर्नु परेको हो । हाम्रो भ्रष्टाचारसम्बन्धी कानूनले अव यो अवधारणालाई आत्मसात् एवं अनुमोदन गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) देहायबमोजिम छः
"प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान दातब्य उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नुपर्ने छ र त्यस्तो नगरेमा त्यस्तो सम्पत्ति गैरकानूनीरूपमा आर्जन गरेको मानिने छ ।"
७. उपर्युक्त कारणी व्यवस्थाको विश्लेषण गर्दा यसले सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकको हकमा देहायको तीनवटा अवस्थाहरूलाई कसुरजन्य अवस्था भनी मानेको देखिन्छः
क) पेस गरेको सम्पत्ति विवरण निजको वैध आयस्रोतसँग अमिल्दो वा अस्वाभाविक पाइनु ।
ख) मनासिब कारण विना अमिल्दो वा अस्वाभाविक जीवनस्तरयापन गर्नु ।
ग) आफनो हैसियतभन्दा बढी कसैलाई दान दातब्य उपहार सापटी चन्दा वा बकस दिएको प्रमाणित हुनु ।
८. उपर्युक्त तीन अवस्थामध्ये कुनै अवस्था छ भनी सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकको हकमा प्रमाणित हुन आएमा यसमा प्रमाणको भार पुर्याई आफू निर्दोष छु भन्ने कुरा निजले प्रमाणित गर्नुपर्छ । अर्थात् आफूसँग भएको सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा अभियोग लागेको राष्ट्रसेवकले प्रमाणित गर्नुपर्छ । अर्को शब्दमा, गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा अभियोजन पक्षले अभियुक्त (क) सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवक हो र (ख) निजसँग निजको वैध आयस्रोतसँग अमिल्दो वा अस्वाभाविक सम्पत्ति छ भन्ने मुद्दा हेर्ने निकायलाई देखाउनुपर्छ । अभियोजन पक्षले त्यति गरेको स्थितिमा निर्दोषिताको प्रमाण प्रतिवादी पक्षले गुजार्नुपर्छ । अर्थात् उसले तर्कसङ्गत रूपमा अदालतलाई आफूसँग रहे भएको सम्पत्तिको वैधता स्थापित गर्नुपर्छ ।
९. संक्षेपमा भन्दा गैरकानूनी सम्पत्तिको आर्जनको मुद्दामा घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तो अभियोग शंकारहित तवरबाट प्रमाणित हुन आवश्यक हुँदैन । यस्ता मुद्दाहरूमा प्रमाणको प्रचुरता (Preponderance of evidence) कता छ सो हेरी अदालत निर्णय निष्कर्षमा पुग्दछ । यो नै अस्वाभाविक सम्पत्ति आर्जनको मुद्दाको महत्त्वपूर्ण आयाम हो । अस्वाभाविक सम्पत्ति आर्जनको विषयमा भारतीय कानूनमा रहेको व्यवस्था र सो सम्बन्धमा प्रमाणको भारबारेमा भारतीय उच्चतम न्यायालयले State of Maharastra Vs. Washudeo Ramchandra Kaidalar को मुद्दामा व्यक्त गरेको अवधारणा यँहा सान्दर्भिक देखिन्छ । उक्त मुद्दामा न्यायालयले भनेको छः
To substantiate the charge of crimainal misconduct under section ५(२) read with section ५(१),(e), the prosecution must prove (a) that the accused was a public servant (b) the nature and extent of pecuniary resources or property in his possession (c) his known sources of i.e. known to the prosecution, (d) that such sources or property were disproportionate to his known source of income. Once these are established the offence of criminal misconduct under section ५(१) (e) would be complete. The burden then shifts to the accused to substantially account for possession by him of assets disproportionate to his income. The extent and nature of burden of proof resting upon the public servant cannot be higher than establishing his case by preponderance of probability.
१०. यसरी हेर्दा अकुत सम्पत्ति आर्जनको मुद्दामा हाम्रो भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) मा उल्लिखित अस्वाभाविक देखिएको सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने भार प्रतिवादीमा राखिएको अवस्था भारतीय कानूनको माथि उल्लिखित व्यवस्था र संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरूद्धको महासन्धिको धारा २० मा उल्लिखित व्यवस्थासँग सारतः मिल्न आउँछ । यस स्थितिमा कुनै राष्ट्रसेवकको सम्पत्ति उल्लेखनीय रूपले वृद्धि भएको अवस्था (अर्थात् Illicit enrichment) को तर्कसङ्गतरूपमा व्याख्या (Reasonably explain) गर्नुपर्ने स्थिति आदि समग्र कुराहरूलाई अदालतहरूले उद्देश्यमूलक ढंगले हेरेर व्याख्या गर्नुपर्छ । अन्यथा अकुत सम्पत्तिको सम्बन्धमा कानूनले ग्रहण गरेको प्रमाणको भार अभियुक्तमा सर्ने र दोषी वा निर्दोषिताको निर्णय प्रमाणहरूको प्रचुरताको आधारमा हुने यी दुई सिद्धान्तहरू स्खलित हुन पुग्दछन् परिणामतः "समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्ने" ऐनको उद्देश्य निस्तेज हुन पुग्दछ ।
११. अस्वाभाविक सम्पत्ति आर्जनबारे दफा २० मा वर्णित कसुरको प्रकृति, प्रमाणको भार र मापनबारेमा यति कुरा भनेर अब प्रतिवादीहरूले दफा २० को कसुर गरेको देखिन्छ वा देखिँदैन भन्ने दोस्रो प्रश्नतर्फ हेर्दा, यँहा प्रतिवादीहरूमध्ये देवेन्द्र डंगोल मूल प्रतिवादी र निजका भतिजा अनुजबहादुर सिंहलाई देवेन्द्र डंगोलले कमाएको सम्पत्ति लुकाउनेमा मतियार भनिएको आरोपपत्रको अध्यनबाट देखिन्छ । देवेन्द्र डंगोलउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कसुर गरेको देखिएको भन्दै दफा २०(२) बमोजिम सजाय हुन र अनुजबहादुर सिंहउपर सोही ऐनको दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम हुन माग लिइएको देखिन्छ ।
१२. प्रतिवादी देवेन्द्र डंगोल मिति २०४१।५।१४ देखि काठमाडौं महानगरपालिकाको इन्जिनियर पदमा नियुक्त भई मिति २०४३।१२।२४ देखि वरिष्ठ नगर इन्जिनियर पदमा बढुवा भई आरोपपत्र दर्ता हुँदासम्म सो पदमा बहाल रहेको कुरा माथि उल्लेख भइसकेको छ । अनुसन्धानबाट चेक जाँच अवधिमा निजसँग रू.२,३०,७७,०४२।२३ बराबरको सम्पत्ति देखिएकोमा सोमध्ये स्रोत खुलेको सम्पत्ति ८८,८३,०९४।१६ मात्र देखिएको र स्रोत नखुलेको सम्पत्ति रू.१,४१,९३,९४८।०७ देखिएको भन्दै सो सम्पत्ति जफत गरी प्रतिवादीलाई सजायसमेत हुन माग गरिएको देखिन्छ भने सुरू विशेष अदालतबाट फैसला हुँदा निज प्रतिवादीको साथमा स्रोत खुलेको सम्पत्ति रू.१,३२,०८,४८७।७० देखिएको र स्रोत नखुलेको सम्पत्ति रू.९८,६८,५५४।४६ देखिन आएको भन्दै उक्त बिगोको सम्पत्ति र अनुजबहादुर सिंहको नाममा राखेको गाडीसमेत गैरकानूनीरूपमा आर्जन गरेको ठहर गर्दै सो बिगो जफत गरी निज प्रतिवादीलाई उक्त बिगोबमोजिम जरिवाना र तीन महिना कैदसमेत हुने ठहर गरेको देखियो । आरोप पत्र र विशेष अदालतको ठहरको विस्तृत विवरण देहायबमोजिम छः
आरोप पत्र विशेष अदालत
स्रोत खुलेको सम्पत्ति स्रोत खुलेको सम्पत्ति
तलब भत्ता रू.२०,७६,३७३।२९ रू.३०,४४,६३५।३०
विदेश भ्रमण रू. ८,५५,५२२।४७ रू.९,७१,५२२।३५
छात्रवृत्तिबापत रू.२४,८५,७९९।०४ रू. २७,५६,७८५।०५
सञ्चयकोष सापटी रू. ८,१५,४००।- रू. ८,८१,५४५।-
जग्गा बिक्री रू.२६,५०,०००।- रू. २६,५०,०००।-
ललितपुर कि.नं. ३३०को जग्गा भाडा(हिसाब नगरिएको) रू.९,००,०००।-
काठमाडौं सामाखुसीको घरभाडा(हिसाब नगरिएको) रू.२०,०४,०००।-
स्रोत खुलेको सम्पत्ति रू ८८,८३,०९४।१६ रू. १,३२,०८,४८७।७०
कुल सम्पत्ति रू. २,३०,७७,०४२।२३ रू. २,३०,७७,०४२।२३
स्रोत नखुलेको सम्पत्ति रू १,४१,९३,९४८।०७ रू. ९८,६८,५५४।४६
१३. विशेष अदालतबाट फैसला भएकोमध्ये सञ्चय कोष सापटी, छात्रवृत्तिको आय छुट, तलबको गणना, ललितपुरको कि.नं. ३३० को जग्गा भाडाको रकमबारेमा विशेष अदालतको फैसलामा प्रतिवादीले चित्त बुझाएको पाइयो । सोबाहेक तलब भत्ता र विदेश भ्रमणमा ३० प्रतिशत जीवन निर्वाह कट्टी गरेको, लगनको घरको आय गणना नगरेको, जग्गा बिक्रीबाट प्राप्त यथार्थ रकमको गणना नगरेको, विदेश भ्रमणको क्रममा काठमाडौं महानगरपालिकाबाट प्राप्त रकमबाहेक पनि आयोजक विदेशी संघ संस्थाबाट उपलब्ध गराइएको, पासपोर्टमा जनिएको रकम गणना नगरिएको, कार्यालय समय बाहिर निजी कन्सल्टेन्सी सेवा गरेबापतको पारिश्रमिक, सुन बिक्रीबाट प्राप्त रकम लरलगानी गरी बढे बढाएको रकम, विदेशमा कार्यक्रममा सहभागी भएबापत उपलब्ध गराइएको रकम र अनुजबहादुर सिंहको नाममा भएको गाडी जफत गरेको विषयमा प्रतिवादीले चित्त नबुझाई पुनरावेदन गरेको पाइयो । अनुजबहादुर सिंहको पुनरावेदनमा पनि गाडी जफत नहुनुपर्ने भन्ने नै मूल जिकिर रहेको पाइयो । नेपाल सरकारको पुनरावेदन जिकिर हेर्दा तलबभत्ता, विदेश भ्रमण भत्तामा रकम थपिएको, सामाखुसीको घर भाडा र ललितपुरको जग्गा भाडा हिसाब गरेकोमा चित्त नबुझाएको देखियो ।
१४. उपर्युक्त पुनरावेदन जिकिरहरूको सन्दर्भमा हेर्दा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा राष्ट्रसेवकको हैसियतमा बिताएको अवधि, त्यसबीचमा निजको चल अचल सम्पत्तिमा भएको वृद्धि, निजले गरेको खर्चमा लिखतबाट देखिएको स्थितिमा लिखतलाई आधार गरी र लिखत नभएकोमा अनुमानसमेत गरी कुल सम्पत्ति, सोमध्ये पैतृकरूपबाट प्राप्त, वैध स्रोतबाट आर्जन भएको पुष्टि भएको र वैध स्रोतबाट पुष्टि हुन नसकेको के कति छ प्रमाणहरूको प्रचुरता (Preponderance of evidence) हेरी निर्णय निष्कर्षमा पुगिने हो ।
१५. प्रस्तुत मुद्दामा प्रतिवादी देवेन्द्र डंगोलले राष्ट्रसेवकको २०४१ साल देखि २०७० सालसम्म बिताएको करिब ३० वर्षको अवधिमा निजको श्रीमती विपना श्रेष्ठ र भतिजा अनुजबहादुर सिंहको सबै सम्पत्तिलाई गैरकानूनी आर्जनको संज्ञा दिइएको अवस्था होइन । निजको नाउँमा काठमाडौं, ललितपुर र दोलखामा रहेका १६ कित्ता जग्गाहरूलाई पैतृक एवं वैध स्रोतबाट आर्जित भनिएको अभियोगपत्रबाट देखिन्छ । सञ्चय कोषको कर्जा सापटीको हिसाब गरिएको छ, मोटरसाइकल खरिदलाई वैध भनिएको छ भने बैंकमा रहेको रकममध्ये पनि सबै रकमलाई अवैध मानिएको छैन । आरोपपत्रमा यी सबै कुराको उल्लेख गरिएको छ । अदालतले पनि कतिपय कुराहरूलाई न्यायोचित अनुमानको आधारमा स्वीकार गरेको छ । अकुत सम्पत्तिमा न्याय निरूपणको क्रममा प्रमाणहरूको प्रचुरतालाई हेर्दा र दोषी वा निर्दोषिताको प्रमाण परीक्षणको आधार मान्दा अभियोगपत्रमा के कुन सम्पत्तिलाई स्रोत खुलेको वैध मानिएको रहेछ भन्ने कुराहरूतर्फ पनि अदालतले ध्यान दिई अभियोग पत्र र प्रमाणको समग्रतामा नै निर्णय निष्कर्षमा पुग्नुपर्छ । अभियोगपत्रमा कुन सम्पत्तिलाई वैध मानिएको छ भन्ने कुरालाई बिर्सी स्रोत नखुलेको सम्पत्तिलाई मात्र वैध ठहर्याउन खोजिएमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पनि प्रमाणहरूको प्रचुरताको सिद्धान्त प्रतिस्थापित हुन गई घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तै अकुत सम्पत्तिको कसुरमा पनि आरोप शंकारहित तवरबाट प्रमाणित हुनुपर्ने (Beyond reasonable doubt) सिद्धान्त नै हावी हुन पुग्दछ ।
१६. पुनरावेदन जिकिरको सन्दर्भमा प्रारम्भमा यति भनेर प्रस्तुत मुद्दामा प्रतिवादीले लिएको जिकिरहरूतर्फ हेर्दा तलब र भत्ताको हकमा नगरपालिकाबाट प्राप्त विवरणलाई आधार मानिएको र २०७० को पुषमा मुद्दा दायर भएको हुँदा २०७० साल श्रावणदेखि पुषसम्मको अवधिको हिसाब गरिएको नै देखियो । तलबमा जीवन निर्वाह गर्ने सबै राष्ट्रसेवकहरूलाई प्राप्त तलबको कति प्रतिशत जीवन निर्वाहबापत खर्च हुन्छ र के कति बचत हुन्छ भन्नेबारेमा अनुमान हुन्छ । यहाँ प्रतिवादीको तलबमा ३० प्रतिशत रकम मात्र जिवन निर्वाहको लागि खर्च हुने भनी कटाई बाँकी तलब हिसाब गरिएको छ । जहाँसम्म २०६३ सालसम्म मात्र सगोलमा रहेकोले १० प्रतिशतसम्म मात्र जीवन निर्वाहबापत कटाईनुपर्ने भन्ने जिकिर छ सोबारेमा हेर्दा हुर्के बढेको, आयस्रोत भएको र परिवारसमेत भएको छोराले चुल्हो बाल्नको लागि संयुक्त परिवारमा खर्च नै गर्दैन होला भनी अनुमान गर्नु तर्क र विवेकसम्मत देखिँदैन । यसरी हेर्दा तलब भत्ताको हकमा विशेष अदालतको फैसलालाई अन्यथा भन्नुपर्ने देखिएन ।
१७. जहाँसम्म छात्रवृत्तिको रकमको हिसाबको कुरा छ निज र निजकी जेठी श्रीमती संगिता डंगोलले सन् १९९३ देखि १९९५ सम्म जर्मनीको University of Stuttgard मा अध्ययन गर्दाको अवधिको देवेन्द्र डंगोलको छात्रवृत्तिबाट ३० प्रतिशत र संगिता डंगोलको १५ प्रतिशत जीवन निर्वाहबापत हिसाब गरी कट्टा गरेकोतर्फ नेपाल सरकारको तर्फबाट तथ्यपूर्ण नरहेको भनी जिकिर लिइए तापनि सोको आधार कारण खुलाइएको पाइएन । श्रीमान् श्रीमती एकै ठाँउमा छन् र दुवैले छात्रवृत्ति पाएका छन् भने दुवैको उति नै रकम जीवन निर्वाहबापत खर्च हुन्छ भन्न मिल्ने हुँदैन । तसर्थ सोतर्फको विशेष अदालतको फैसलालाई अन्यथा भन्नु पर्ने देखिएन ।
१८. अब जग्गा बिक्रीबाट प्राप्त रकम रू.२६,५०,०००।- कायम गरिएकोमा रू.८०,०००००।- कायम गर्नुपर्ने भन्ने पुनरावेदन जिकिरको हकमा आरोप पत्र र विशेष अदालतबाट काठमाडौं महानगरपालिका वडा नं. २९ को कि.नं. ३३७ र १४९८ को जग्गा बिक्री गर्दा लिखतमा उल्लिखित मूल्यलाई नै आधार गरेको पाइयो । यतिमात्र नभई यी पुनरावेदकले खरिद गरेको भनिएको वैध स्रोतभित्रको भनी देखाइएको जग्गाको हकमा पनि लिखत मूल्यलाई नै आधार गरी मूल्याङ्कन गरिएको पाइन्छ । बिक्री गर्दा बढी मूल्य आयो भन्दा खरिद गर्दा बढी मूल्य तिरियो भनी मान्नुपर्ने पनि हुनसक्छ । यो दुई धारे तरवारको अवस्था हुन आयो । यस अदालतले लामो समयदेखि लिखतको मूल्यलाई आधार गरी सम्पत्तिको मूल्याङ्कन गरेको पनि छ । (ने.का.प., २०७१, नि.नं. ९४६१, पृ.१११५) यो परिपाटीलाई अनुशरण गर्न नपर्ने कुनै आधार कारण नहुँदा सोतर्फको पुनरावेदन जिकिर स्वीकार गर्न सकिएन ।
१९. विदेश भ्रमणमा जाँदाको रकमको हकमा काठमाडौं महानगरपालिकाबाट प्राप्त भएको भनी देखाइएको र छुट भएको रकम, जापान भ्रमणबापतको रकम हिसाब गरिएको नै पाइयो । विदेश भ्रमणमा जाने सबैले भ्रमण स्वीकृत भएपछि राष्ट्र बैंक वा अन्य बैंकबाट यात्राको अवधि, दूरी एवं सम्भावित खर्चलाई समेत हेरी निजी स्रोतको रकमबाट पनि सटही सुबिधा लिएको हुन्छ । त्यस्तो सटही गरेको भनी पासपोर्टमा देखिएको सबै रकम आय रहेछ भनी मान्न न्यायोचित हुँदैन । त्यस्तै गरी छोटो अवधिको लागि विदेशमा गोष्ठी सेमिनार आदिमा जाँदा प्राप्त हुने रकमहरू हवाई टिकट, होटल बास र खानामा नै खर्च हुन्छ । एकपटक युरोप अमेरिकाको यात्रा गरी फर्कंदा हजारौं डलर टिकट, बास र खानामा खर्च हुने यथार्थलाई बिर्सन मिल्दैन । यी प्रतिवादी जर्मनीमा लामो समय बसेको अवधिमा छात्रवृत्तिको हिसाब गरिएकै पाइयो । सोबाहेक अन्य भ्रमणका क्रममा प्राप्त रकम हिसाब हुनुपर्ने भनी जिकिर लिँदा हवाई टिकट, बास र खानाको प्रबन्ध यसरी गरिएको थियो, गोष्ठी सेमिनारमा रजिस्ट्रेसन शुल्क कसले तिरेको थियो वा लागेको थिएन भने सोबारेमा स्पष्टरूपमा पत्रबाट देखिनु र सो स्पष्टरूपमा प्रमाणसहित खुलाउनु पर्ने हुन्छ । पुनरावेदनमा सोबारे कुनै कुरा खुलाइएको नपाइँदा सोतर्फको जिकिर स्वीकारयोग्य देखिएन ।
२०. अब जहाँसम्म कार्यालय समय बाहिर कन्सल्टेन्सीको कुरा छ सरकारी सेवामा रहेको राष्ट्रसेवकको सम्पूर्ण समय सरकारको हुन्छ । कार्यालय समय बाहिर गर्दा पनि काम गर्न अख्तियारवालाबाट अनुमति लिएको हुनुपर्छ । त्यसरी कार्य गर्न अनुमति लिई रकम आर्जन गरेकोमा पनि प्राप्त रकमको कर तिरेको आदि प्रमाणहरू पेस गरेको हुनुपर्छ । प्रमाण पेस नगरेको अवस्थामा त्यसलाई मान्यता दिन मिल्दैन ।
२१. प्रतिवादी देवेन्द्र डंगोलउपर लागेको एउटा प्रमुख आरोप निज, निजकी श्रीमती विपना श्रेष्ठ र भतिज अनुजबहादुर सिंहको नाममा ठूलो रकम बैंकमा रहेको देखिनुलाई लिइएको पाइन्छ । अनुसन्धानबाट अनुजबहादुर सिंहको नाममा सिभिल बैंक लिमिटेडको खाता नं.००२१२१००२९३६७०१३ मा रहेको रू.१,२७,७०,०००।- मध्ये आफ्नो रू. १९,००,०००।- मात्र हो र बाँकी रकम देवेन्द्र डंगोलको हो भनी निज अनुजबहादुरले बयान गरेको र देवेन्द्र डंगोलको नाममा ग्लोबल आई एम ई बैंकको मुद्दति खातामा रू. ७५,००,०००।- र देवेन्द्र डोगोल, अनुजबहादुर सिंह र विपना श्रेष्ठसमेतको नाममा गरी विभिन्न बैंकमा रू.१,९५,३०,३४२।४३ रहेको कुरा अभियोग दाबीमा उल्लेख छ । सोमध्येबाट स्रोत नखुलेको सम्पत्ति जफतको पनि दाबी गरिएको छ । अभियोगपत्रमा विभिन्न खातामा समय समयमा रकम थपिएको, एउटाको खाताबाट अर्काको खातामा रकम सारिएको दृष्टान्तहरू दिइएका छन् । यी कार्य भएका होइनन् भन्ने प्रतिवादीहरूको भनाइ छैन । यसले प्रतिवादीहरूका व्यवहारलाई अरू शंकास्पद बनाएको देखियो । वैध स्रोतको सम्पत्ति भएमा अर्काको खातामा त्यति धेरै रकम सामान्यतः राखिँदैन । त्यसरी भतिजाको खातामा राखिनुपर्ने बाध्यात्मक र विश्वासिलो कारण पनि प्रतिवादीबाट आउन सकेको छैन । जब स्रोत नै वैध हुँदैन त्यसको ब्याज वैध हुन सक्दैन भन्ने कुरालाई यस अदालतले मानेको पनि छ । विभिन्न व्यक्तिलाई ब्याजमा लगाई बढे बढाएको रकम बैंकमा राखिएको हुँदा ब्याजको रकमलाई मान्यता दिनुपर्ने भन्ने प्रतिवादीको जिकिर विश्वसनीय प्रमाणबाट पुष्टि हुनसकेको नपाइँदा स्वीकारयोग्य देखिएन ।
२२. जहाँसम्म घरजग्गा भाडाको कुरा छ ललितपुरको कित्ता नं. ३३० को जग्गा भाडा लगाएको कुराको हिसाब गरिएकै पाइयो । यसमा पुनरावेदकले चित्त बुझाएको पनि देखियो । सामाखुसीको घरभाडाको हकमा न्यायोचित अनुमानबाट रू.२०,००,०००।- हिसाब गरिएको नै देखियो । लगनको कित्ता नं. १२३ को घर मिति २०६३।३।२२ को अंशबन्डाको लिखतबाट प्रतिवादी देवेन्द्र डंगोल र भाइ जितेन्द्र डंगोलको भागमा परेको भन्ने देखियो । प्रतिवादी सामाखुसीको घरमा बस्ने कुरालाई उक्त घरभाडा हिसाब गर्दा स्वीकार गरिएको छ । लगनको घरमा २०६३ देखि २०७० सम्म रू.७,४४,०००।- गणना गरिनुपर्ने भन्ने पुनरावेदन जिकिर भएपनि कसलाई के कतिमा भाडामा लगाएको हो सो नखुलेको र घरभाडा कर तिरेको प्रमाणसमेत पेस भएको नपाइँदा न्यायोचित अनुमानको आधारमा घरभाडाको गणना गर्नुपर्ने हुन आयो ।
२३. अब प्रतिवादीमध्येको अनुजबहादुर सिंहको नाममा रहेको बा.७ च. ६७५३ को सेभ्रोलेट स्पार्क गाडीको हकमा उक्त गाडी काका देवेन्द्र डंगोलको हो भन्ने प्रतिवादी अनुजबहादुर सिंहको जिकिर रहेको देखियो । मिसिल संलग्न आरोपपत्र हेर्दा अभियोग दाबी खण्डमा प्रतिवादी देवेन्द्र डंगोलको जम्मा आम्दानी रू.८८,८३,०९४।१६ देखाई सोमध्ये "निजले गाडी खरिदमा रू.१६,२२,०००।- मोटरसाइकल खरिदमा रू.१,०५,०००।-, जग्गा खरिदमा रू.१८,१९,७००।- समेत गरी जम्मा ३५,४६,७००।- खर्च तथा लगानी गरेको देखिन्छ " भन्ने उल्लेख भएको पाइन्छ । यसबाट गाडी खरिदलाई वैध स्रोतको रकमबाटै खरिद गरेको देखाइएपछि उक्त गाडी जफत गर्नुपर्ने भनी माग गर्न र जफत गर्न मिल्ने नदेखिँदा सो हकमा विशेष अदालतको फैसला मिलेको देखिएन ।
२४. यसरी समग्रमा हेर्दा यी प्रतिवादी देवेन्द्र डंगोल काठमाडौं महानगरपालिकाको वरिष्ठ नगर इन्जिनियर पदमा कार्यरत राष्ट्रसेवक हो र उक्त पद सार्वजनिक दायित्वको पद हो भन्नेमा विवाद देखिएन । चेकजाँच अवधिको लामो समय संयुक्त परिवारमा रहेको भए पनि संयुक्त परिवार पनि एउटा निश्चित तलबमा बाँच्ने कर्मचारीको परिवार रहे भएको स्थितिमा पैतृक सम्पत्तिभन्दा तीन सय प्रतिशतभन्दा बढी अचल सम्पत्ति निजले जोडेको अवस्था र सोबाहेक पनि करोडौंको सम्पत्ति बैंकमा राखेको पाइएकोसमेतबाट अघोषित सम्पत्ति सम्बन्धमा माथि पहिलो प्रश्नको निरूपण गर्ने क्रममा उल्लिखित प्रमाणको प्रचुरता (Preponderance of evidence) को दृष्टिबाट हेर्दा यी प्रतिवादी देवेन्द्र डंगोलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुर गरेकै देखिन आयो । निज प्रतिवादीले पेस गरेको सम्पत्ति विवरण र बयानमार्फत पेस गरेको स्पष्टीकरणबाट सबै सम्पत्तिको स्रोतबारे सन्तुष्ट हुन सकिएन । निजको घोषित आयस्रोतभन्दा अस्वाभाविकरूपमा अमिल्दो सम्पत्ति निजसँग रहे भएको पाइयो । अकुत सम्पत्तिसम्बन्धी मुद्दामा प्रतिवादीको पारिवारिक पृष्ठभूमि, स्रोत खुलेको र नखुलेको सम्पत्तिसमेतलाई समग्रमा मूल्याङ्कन गरी एउटा न्यायोचित अनुमान र न्यायिक निष्कर्षमा अदालत पुग्नुपर्ने हुन्छ । मिसिलको वस्तुतथ्यसमेत विपरीत हुने, कानूनलाई सार्थकता नदिने, कसुरलाई बेकसुर कायम हुने गरी कानूनको व्याख्या र प्रयोग कदापि गरिनु हुँदैन । यस दृष्टिबाट मिसिलको समग्र वस्तु तथ्यलाई मूल्याङ्कन गर्दा प्रतिवादी देवेन्द्र डंगोल निर्दोष रहेछन् भन्न सकिएन ।
२५. अब सुरू विशेष अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा सुरू विशेष अदालतबाट यी प्रतिवादी देवेन्द्र डंगोलको हकमा तलब भत्ता, विदेश भ्रमण, छात्रवृत्ति, सञ्चयकोष सापटी, जग्गा बिक्री, ललितपुर कित्ता नं. ३३० को जग्गा भाडा, सामाखुसीको घर भाडाको हकमा गरेको हिसाब मिलेको देखियो । लगनको घरको हकमा घरभाडाको हिसाब गर्नुपर्ने देखिँदा न्यायोचित अनुमानबाट रू.२,००,०००।- घरभाडासमेत हिसाब गर्नुपर्नेमा सो नगरेको र अनुजबहादुर सिंहको नाममा रहेको बा.७ च. ६७५३ नं. को सेप्रोलेट स्पार्क गाडी वैध स्रोतबाट खरिद गरेको भन्ने आरोपपत्रमा उल्लेख गरी अन्त्यमा जफत गर्नुपर्ने भन्ने दाबी लिएको र सो जफत गरेको मिलेको नदेखिँदा सो हदसम्म विशेष अदालतको मिति २०७१।११।१ को फैसला मिलेको देखिएन । उक्त फैसला केही उल्टी भई प्रतिवादी देवेन्द्र डंगोलको सँगसाथमा बिगो रू.९६,६८,५५४।४६ को स्रोत नखुलेको सम्पत्ति रहे भएको पाइँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २०(२) र दफा ४७ बमोजिम उक्त बिगो जफत भई निज प्रतिवादी देवेन्द्र डंगोललाई बिगोबमोजिम जरिवाना र ३ महिना कैदसमेत हुने ठहर्छ । अन्यमा वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम विशेष अदालतको मिति २०७१।११।१ को फैसला केही उल्टी भई यी प्रतिवादी देवेन्द्र डंगोलको नाममा बिगो रू. ९६,६८,५५४।४६ को स्रोत नखुलेको सम्पत्ति रहे भएको पाइँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ बमोजिम उक्त बिगो जफत भई निज प्रतिवादी देवेन्द्र डंगोललाई बिगोबमोजिम जरिवाना र ३ महिना कैदसमेत हुने ठहरी फैसला भएकोले बिगो रू. ९६,६८,५५४।४६ र बिगोबमोजिम रू.९६,६८,५५४।४६ जरिवाना हुने भएकोले प्रतिवादी देवेन्द्र डंगोलले अदालतको आदेशानुसार मिति २०७०।११।२९ मा र.नं. २०१४ बाट रू.२५,००,०००।– धरौट राखेको देखिँदा सो धरौट रकमबाट र बाँकी नपुग रकमको हकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको च.नं. १०६५ मिति २०७०।५।२० को पत्रबाट प्रतिवादी देवेन्द्र डंगोलको नाउँमा रहेको ग्लोबल आइएमइ बैंकको रू. ७५,००,०००।- र अनुजबहादुर सिंहको नाउँमा रहेको सिभिल बैंकको रू. १,०८,००,०००।- समेतको रकम रोक्का राखिएको खाताबाट बिगो जफत गरी र बिगो बमोजिमको जरिवानाबापतको रकमसमेत कटाई निजलाई लागेको कैद भुक्तान भएपछि बाँकी रकम फुकुवा गरिदिनु र कैदको हकमा प्रतिवादी बयानको क्रममा विशेष अदालतमा उपस्थित हुँदा मिति २०७०।११।२८ देखि २०७०।११।२९ सम्म थुनामा रहेको देखिँदा उक्त थुनामा रहेको दिन १ कट्टा गरी बाँकी रहेको २ महिना २९ दिन प्रतिवादी देवेन्द्र डंगोलको नाउँमा कैदको लगत कसी असुलउपर गर्नु भनी निजको स्थाई ठेगाना भएको जिल्ला अदालतमा लेखी पठाउनू ----१
अनुजबहादुर सिंहको नाममा रहेको बा.७ च. ६७५३ नं. को सेभ्रोलेट स्पार्क गाडी जफत गरेको मिलेको नदेखिई सो हदसम्म विशेष अदालतको मिति २०७१।११।१ को फैसला केही उल्टी भएको हुँदा जफत भएको उक्त बा.७ च. ६७५३ नं. को सेभ्रोलेट स्पार्क गाडी नियमानुसार फिर्ता माग्न आएमा निजलाई फिर्ता गर्नु भनी निजको स्थाई ठेगाना भएको जिल्ला अदालतमा लेखी पठाउनू ---------------------२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ----------------३
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
इजलास अधिकृतः सुमन पाण्डे
इति संवत् २०७४ साल जेठ २८ गते रोज १ शुभम् ।