शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००२२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

भाग: ६० साल: २०७५ महिना: असोज अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७३।९।१४

०७१-NF-०००२

 

मुद्दाः गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

 

पुनरावेदक / प्रतिवादी : सप्तरी जिल्ला, धरमपुर गा.वि.स. वडा नं.६ बस्ने जयप्रकाश प्रसाद गुप्ता

विरूद्ध

प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत चेतनाथ घिमिरेको प्रतिवेदनले नेपाल सरकार

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन पत्र दर्ता शाखामा बुझाइसकेपछि दर्ताको प्रक्रियामा गइसकेको मान्नुपर्ने हुन्छ । यस अदालतको पुनरावेदन दर्ता शाखामा वादी पक्षले पुनरावेदन पत्र बुझाई भरपाई लिएको र यस अदालतको पुनरावेदन दर्ता शाखाबाट अदालतको दर्ता दायरीमा रीतपूर्वक दर्ता नभएकै कारणले हदम्यादभित्र पुनरावेदन पर्न नआएको भनी अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं.४)

अदालतमा दाखिल भई अदालतले आफ्नो नियन्त्रण (Custody) मा लिइसकेको लिखत पुनरावेदन शाखामा पछि दर्ता हुन गएको मितिलाई हदम्यादको गणना गर्न मिल्ने होइन । अदालतको कार्यबोझ, बिदा पर्न गएको अवस्था तथा मानवीय भुलको कारणबाट पनि अदालतमा दाखिल भइसकेको लिखत स्रेस्तामा रीतपूर्वक समयमा दर्ता गर्न कठिनाई हुन जाने अवस्थालाई परिकल्पना गरेर उक्त मुलुकी ऐन, अ.बं. १८ नं. को कानूनी व्यवस्था भएको देखिन्छ । अन्यथा अदालतमा लाभ माग्न आउने व्यक्तिको कुनै गल्ती नभएको स्थितिमा पनि अड्डाको भुलको कारण न्याय प्राप्त गर्ने हकमा कुठाराघात पर्न जाने हुन्छ । त्यसैले अड्डाको भुलको कारणले कसैको हक अधिकारमा असर पर्न जाने अवस्था हुन नहुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, बद्रीबहादुर कार्की, रामकृष्ण निराला, सतिशकृण खरेल तथा विद्वान्‌ अधिवक्ता श्री परशुराम कोइराला, सुरेन्द्रकुमार महतो

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री राजनप्रसाद भट्टराई तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक

अवलम्बित नजिर :

नेकाप २०६२, अंक ३, नि.नं.७५०६

नेकाप २०६४, अंक ९, नि.नं.७८७७

सम्बद्ध कानून : 

न्याय प्रशासन ऐन, २०४८

विशेष अदालत ऐन, २०५९

 

सुरू फैसला गर्नेः 

अध्यक्ष श्री भूपध्वज अधिकारी

सदस्य श्री कोमलनाथ शर्मा

सदस्य श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः 

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

 

फैसला

न्या.दीपककुमार कार्की : यसमा यस अदालतबाट मिति २०६८/११/०९ मा भएको फैसलाउपर मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी पर्न आएको निवेदन मिति २०७१/०६/०८ मा इजलाससमक्ष पेस हुँदा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले आफ्नो हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको र मन्त्री पदको आडमा गैरकानूनी कार्य गरी भ्रष्टाचार गरेको भन्ने बेहोराको उजुरी दर्ता नं.२२५२ मिति २०५९।५।२४ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न आएको उजुरी ।

आयोगमा पेस भएको व्यक्तिगत विवरण मैले पेस गरेको हो । मेरो नाममा रहेको तथा मेरो श्रीमतीको नाममा रहेको जग्गाहरूको विवरण र कागजातहरू यस आयोगसमक्ष पेस गरिसकेको छु । राजीनामामा उल्लिखित मूल्यमा नै ती जग्गाहरू खरिद गरिएको हो । सो जग्गाहरू मेरो स्वआर्जन पारिश्रमिक आदिको बचत रकम तथा पैतृक आय र पैतृक सम्पत्तिको बिक्री आदिबाट प्राप्त रकमहरूबाट खरिद गरिएको हो । सप्तरी जिल्ला, धरमपुर गा.वि.स. वडा नं.क कि.नं.१४ को जग्गा मेरो व्यक्तिगत उपभोगको लागि नभई सामाजिक कार्यको लागि खरिद गरिएको हो । हाम्रो पैतृक सम्पत्ति सगोलमा रहेको छ । हामी दाजुभाइहरू स्वतन्त्र रूपमा आ–आफ्ना व्यवहार चलाई आएका छौं । मैले आफूले गरेको घर निर्माण तथा कोल्ड स्टोरको व्यवसाय आदि प्रयोजनसमेतका लागि पैतृक जायजेथाको बिक्रीबाट आएको रकम प्रयोग गरेको हुँ ।

काठमाडौं सिनामंगलस्थित घरमा प्रयोग भएका काठ तथा केही निर्माण सामग्री गृह जिल्ला पैतृक घरबाट ल्याएको हो यसमा ढुवानी खर्च मात्र लागेको हो । यस अतिरिक्तको लागत मेरो पूर्व व्यवसायको आम्दानी पारिश्रमिकको बचत, विदेश भ्रमण आदिबाट भएको बचत, पैतृक सम्पत्तिबाट आएको रकम र ऋण सापटीसमेतबाट निर्माण गरेको छु ।

बा.३.च.७७३९ को ल्याण्डरोभर जीप रू.अठार लाखमा सेकेण्डह्याण्ड खरिद गरेको हो । यसअघि सांसद्‌ सुविधाअन्तर्गत खरिद गरेको निशान डिजेल कार रू.१५ लाखमा बिक्री गरी सोमा आफूसँग रहेको बाँकी रकम थप गरी सो जीप खरिद गरेको हो । सांसद्‌ सुविधामा खरिद गरेको बा.अ.ञ ९६०२ नं. को कार १० हजार यू.एस.डलरमा खरिद गरेको हो । यसको भन्सार महसुलबापत लगभग ९० हजार तिरेको हुँ । यो कार ऋण सापटी, स्वआर्जन, पारिश्रमिक र पैतृक सम्पत्तिबाट खरिद गरेको हो । यो कार रू.१५ लाखमा अविनाश पन्तलाई बिक्री गरिएको हो । यथा समयमा नामसारी गरिने, नगरिएमा लिखतबाट उसले नामसारी गर्न पाउने कागज गरेको हुँ । मेरा दुवै भाइहरू स्वतन्त्र रूपमा आफ्ना घर व्यवहार सञ्चालन गर्दै आएका 

छन् । यसरी सञ्चालन गर्ने क्रममा मेरो कुनै लगानी छैन् । निजहरूको नाममा कुनै जग्गा जमिन खरिद भएको भए पैतृक सम्पत्ति प्रयोग भएको हुनसक्छ । यस विषयमा मलाई कुनै जानकारी छैन ।

सप्तकोशी कोल्ड स्टोरलाई कृषि विकास बैंकले ऋण दिने क्रममा उल्लेख गरेको चालुपुँजी लिइएको छैन । ऋण स्वीकृत हुँदाका बखत तयार गरिएको अध्ययनमा निर्माण कार्यमा खर्च हुने भनी प्रक्षेपण गरिएको रकमभन्दा निकै कम खर्च भयो । यसको कारण निर्माण सामग्रीहरूको स्थानीय मूल्य र उपलब्धता तथा श्रममूल्य प्रक्षेपणभन्दा निकै कम रह्यो । यसको निर्माण कार्य ठेक्कामा नगराई आफ्नो रेखदेखमा आफैँले गराएकोमा पनि लगत निकै कम पर्न गयो । पहिले १४ कठ्ठा जग्गा प्रयोग गर्ने भनिएकोमा पछि २ विघा जति प्रयोग हुन थाल्यो । उपर्युक्तअनुसार स्वीकृत ऋणमध्येबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण लागत मूल्य निकै कम परेको हो । लिइएको कूल ऋणबाट निर्माण कार्य सम्पन्न भई केही रकमसमेत बचत भई कम्पनी सञ्चालनमा आएको छ । मेरो र मेरो परिवारको स्वामित्वमा रहेको बाँस, काठ, सावेल जस्ता निर्माण सामग्री खरिद गर्नु परेन । आफ्नै ट्याक्टर र ट्रकसमेत प्रयोग गरियो । उपर्युक्त यथार्थ कारणहरूले गर्दा निर्माणमा मैले व्यहोर्नुपर्ने स्वलागत खर्च गर्नु परेन ।

अहिले मलाई मेरो कारोबार र व्यवसायको यकिन जानकारी स्मरण छैन । मेरो र श्रीमतीको बैंक खाताहरू बन्द रहेकोले सबै तथ्यहरूबाट यथार्थ विवरण मलाई प्राप्त छैन । तसर्थ अहिले सबै तथ्यपरक विवरणहरू स्मरणको आधारमा यहाँ उल्लेख गर्नु सम्भव नहुनु अस्वाभाविक होइन । राजनीतिका अतिरिक्त स्थानीय तहमा मैले आफू स्वयं र साझेदारमा केही वर व्यवसायहरू गर्दै आएको विवरण आयोगलाई उपलब्ध गराइसकेको छु । यसै सन्दर्भमा बेलामौकामा घर घरायसी रूपमा ऋण सापटसमेत लिने गरेको 

हुँ । पैतृक सम्पत्तिबाट आएका तथा स्थानीय तहमा मैले सञ्चालन गरी आएका वर व्यवसायबाट आउने रकमहरू पनि सुरक्षाको दृष्टिकोणबाट राजधानीकै बैंकहरूमा आफ्नो तथा श्रीमतीको नाममा खाता खोली विभिन्न खाताहरूमा जम्मा गर्ने गरेको तथा आवश्यकताअनुसार खर्च लगानी एवं भुक्तानी गर्ने गरेको हुँ । घर आदि निर्माण गर्दा पनि यस्तै खाताहरू विभिन्न प्रयोजनका लागि चेकको माध्यमबाट भुक्तानी गर्ने गरिएको हो । मैले सम्झेअनुरूप २०५२ सालतिर बैंक अफ काठमाडौं आदिमा खाता खोलेको हुँ । यसैगरी मैले विभिन्न माध्यमबाट जम्मा रहेको नगद रकम, नगदको सुरक्षासमेतलाई विचार गरी यथासमयमा आवश्यक काममा खर्च लगानी गर्ने गरी श्रीमतीसमेतको नाममा बैंक खाता खोलिएको हो । समय समयमा मेरो नाममा मैले लिएको ऋण सापट तथा गर्नुपर्ने भुक्तानीहरूको लागि समय समयमा भाइ दीपकसमेतबाट आवश्यक रकम लिने गरेको 

हुँ । वि.सं.२०५८ सालको भदौ असोजतिर पनि ठूलै रकम लिएको हुँ । तिथि मिति यकिन जानकारी स्मरण 

भएन । भाइ दीपक कोल्ड स्टोरेजको कामसमेत हेर्ने भएकोले मलाई आवश्यक परेको बेला त्यहाँबाट समेत रकमहरू दिने गरेको हुनुपर्दछ ।

सामान्यतः बैंकमा भएको सबै डिपोजिटहरू सोझै कुनै बैंक वा संगठित निकायबाट नआई विभिन्न समयहरूमा आफ्ना विभिन्न वर व्यवसायहरूबाट जम्मा हुँदै आएका रकमहरू संकलन भई एकमुष्ट झिकी आवश्यकताअनुसार खर्च गर्ने गरिएकोले सबै कुराको एक प्रकारको पुष्टि हुन कठिनाई भएको अनुरोध गर्दछु । 

मेरो लागि खाता राख्न व्यावहारिक नभएकाले र रकम चाहिएकोले कृषि विकास बैंक बैकिङ कार्यालयको बैंक खाता बन्द गरेको हो । बैंक अफ काठमाडौंको खातामा जम्मा भएका रकमहरू एकमुष्ट रूपमा जम्मा गरिएको तथा मेरा अन्य आयस्रोतहरूबाट संकलित रकमहरू स्टाण्डर्ड चार्टर्ड बैंकको खाता क्रेडिटकार्ड प्रयोग गर्न खोलिएको हो । सो खातामा जम्मा भएका रकम मेरो आयस्रोतको 

हो । मैले सार्वजनिक पदधारण गर्नुभन्दा अघि छापाखाना सञ्चालन गरेको थिएँ । पछि त्यसैमा केही सामग्रीहरू भाइ विनयकुमार गुप्ताले प्रयोग गरी कारोबार सञ्चालन गरेका हुन् । मैले त्यो काम सार्वजनिक पदधारण गर्नु अगावै छोडिसकेको थिएँ । भाइको हालको कारोबारमा मेरो लगानी छैन । चल र अचल सम्पत्ति कसैलाई राख्न दिएको छैन । व्यक्तिगत विवरणमा पेस गरेको तथा बयानमा सोधिएका मेरो र श्रीमतीको नामको सम्पत्तिबाहेक अन्य सम्पत्ति छैन । भएका विवरणहरू स्पष्ट गरिसकेको छु भन्नेसमेत बेहोराको जयप्रकाश प्रसाद गुप्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान ।

हामी सबैजनाको आ–आफ्नै कारोबार 

छ । पैतृक सम्पत्ति बन्डा भएको छैन । मैले अस्थायी रूपमा २०४१ सालदेखि विभिन्न ठाउँमा जागिर गरेको थिएँ । २०५० सालदेखि स्थायी ओ.सी.भई हाल सडक डिभिजन लाहानमा ओ.सी. पदमा कार्यरत छु । जागिर समयपछि बाँकी समयमा सगोलमा रहेको सप्तकोशी कोल्ड स्टोरेजको रेखदेख गर्ने गरेको छु । मेरो नामको सप्तरी धरमपुर ढोलिया पोर्ताहाको जग्गा पैतृक र कोल्डस्टोरेजको पैसाबाट दिएर किनेको जग्गा हो । मोरङ जतुवा कठुवार कंचनबारी स्थित जग्गा पैतृक आयस्रोत, बुबाले दिएको र जागिरबाट आर्जन गरेको रकमले किनेको हो । मेरो शुभ श्री को-अपरेटिभमा रू.२०,०००।– को सेयर छ । मेरो आय स्रोतमा सरकारी जागिर खानुभन्दा पहिले प्राइभेट जागिरबाट भएको आम्दानी, सरकारी जागिरबाट प्राप्त तलब, टैक्टरबाट हुने आय, खरिद बिक्री कारोबारबाट प्राप्त आय हुन् । सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि. जयप्रकाश प्रसाद गुप्ता र उज्वल शर्माको नाममा दर्ता रहेको छ । उक्त प्रा.लि.ले ऋण लिँदा सगोलको तथा बुबा दाई, भाउजू, भाइ र मेरा नामका जग्गाहरू धितो राखेको छ । मेरो प्रबन्धकको हैसियत छ । सो कोल्ड स्टोरेजको नाममा सप्तरीको ने.बैं.लि. कञ्चनपुर शाखा र राष्ट्रिय वाणिज्य बैंक राजविराजमा खाता रहेको 

छ । सो बैंक खातामा मेरो दस्तखत चल्दछ । उक्त कोल्ड स्टोरेज २०५८ साउन भदौबाट परीक्षणका लागि सञ्चालन भएको र पूर्ण सञ्चालन २०५८ चैत्रदेखि भएको हो । मेरो नामको विराटनगर स्थित एस.वि.आई बैंक खातामा भएका रकम ने.बै.लि. कञ्चनपुर शाखा स्थित सप्तकोशी कोल्ड स्टोरेज खाताबाट झिकेका रकम हुन् । सो एस.वि.आई बैंकबाट झिकेका रकम कोल्ड स्टोरेजको काममा खर्च गर्नुका साथै रा.वा.बैंक राजविराज स्थित कोल्ड स्टोरेजको खातामा जम्मा गरेको छु । मेरो नामको रा.वा.बैंक राजविराजको बन्द भएको खातामा जम्मा भएको रकम सोही बैंकको कोल्ड स्टोरेजको खाताबाट झिकेको रकम जम्मा गरेको र सो खातामा बन्द गरी ब्याजसहितको सम्पूर्ण रकम सोही कोल्ड स्टोरेजको खातामा जम्मा गरेको छु । कोल्ड स्टोरेजलाई ब्याज फाइदा होस् भनेर यसो गरेको 

हो । मेरो नामको ने.बैं.लि.कञ्चनपुर शाखास्थित बचत खातामा कोल्ड स्टोरेज प्रयोजनकै रकम राख्ने झिक्ने गरेको हो । ब्याज आउने हुनाले सो खाता खोलेको हो । सो खातामा रहेको रकम कोल्ड स्टोरेजकै हो । दाजु जयप्रकाश प्रसाद गुप्ताले कोल्ड स्टोरेजको रकम समय समयमा लिने गरेको हो । मैले दाजु जयप्रकाश प्रसाद गुप्तालाई सानातिना लेनदेनबाहेक कुनै रकम दिएको छैन । दाजुलाई आवश्यकताअनुसार कोल्ड स्टोरेजसम्बन्धी सामान खरिद वा अन्य कामको लागि कोल्ड स्टोरेजको रकम लिने दिने गर्थें, कहिले कहिले दिएको यकिन थाहा छैन भन्नेसमेत बेहोराको दीपककुमार गुप्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान । 

मैले आफ्नो व्यवसाय १०–१२ वर्षदेखि गरिआएको छु । दाजुभाइको आफ्नै कारोबार छ । पैतृक सम्पत्ति सगोलमा छ । दाजुभाइको ऋण धन आ–आफ्नो हो । मेरो नामको सप्तरी कञ्चनपुर वडा नं.८ स्थित कि.नं. २७६ र २७८ को जग्गा शुभ श्री सहकारी संस्थाबाट ऋणलिई सो रकम सुधीर सिजापतिलाई ऋण स्वरूप दिई निजले सो ऋण नफर्काएसम्मको लागि मलाई पास गरिदिएको हो । मेरी श्रीमती रेखा गुप्ताको नाममा रहेको ललितपुर सुनाकोठी गा.वि.स वडा नं. ८(क) कि.नं. ७३४ को ०–१०–०–१ जग्गा मेरो श्रीमतीको माइतीतर्फबाट किनिदिएको हो । सो जग्गामा बनेको घर शुभश्री को-अपरेटिभबाट ऋण लिएर बनाएको हो । घर बनाउने क्रममा लिएको ऋण पुनः सो घर धितो राखी रू.३०,००,०००।– ऋण लिई तिरेको छु । हाल पनि सो ऋण बाँकी छ । मेरो नाममा रहेको कञ्चनपुर गा.वि.स. वडा नं. ७ स्थित कि.नं. २५३ र २५९ को जग्गा बुबाले खरिद गरेको हो र सोमा बनेको घर दाजु दीपककुमार गुप्ता र मेरो आय स्रोतबाट बनाएको हो । मेरो आयका मुख्य स्रोतहरूमा २०४६ सालतिर सगोलमा खरिद गरी घरेलु विभागमा दर्ता रहेको नेपाल प्रिन्टिङ सपोर्ट नामक प्रेसबाट प्राप्त हुने आय, शुभश्री को-अपरेटिभमा सञ्चालक पदमा रहेको हुँदा त्यहाँबाट प्राप्त हुने भत्ता, सुविधा, संयुक्त ऋण लिई गरिने सेयर कारोबारबाट प्राप्त रकम र कहिलेकाहीँ बुबाबाट लिने दिने रकम हुन्‌ । शुभश्री को-अपरेटिभमा मेरो बुबाको रू.२०,०००।–, आमाको रू.२०,०००।– दाजु दीपककुमार गुप्ताको रू.२०,०००।–, मेरो रू.२०,०००।–, को र थप ८०,०००।–, को सेयर रहेको छ । मेरो दाजु जयप्रकाश प्रसाद गुप्ताको नामको कृषि विकास बैक बैंकिङ कार्यालय रत्नपार्क र बैक अफ काठमाडौंबाट विभिन्न मितिमा ममार्फत जम्मा गरेको र झिकेको रकमहरू दाजुले भनेबमोजिम राखेको र झिकेको हो । सोको स्रोत र प्रयोजनका बारेमा दाजुलाई नै थाहा होला, मलाई थाहा छैन । मलाई मेरो दाजु जयप्रकाश प्रसाद गुप्ताले कुनै चल अचल सम्पत्ति र नगद राख्न दिनुभएको छैन । मैले शुभश्री को-अपरेटिभ र प्रिन्टिङ सपोटको आम्दानी दाजुलाई दिएको छैन भन्नेसमेत बेहोराको विनयकुमार गुप्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान ।

म पहिले शृङ्गार व्यवसाय गर्दथेँ । हाल घर व्यवहार हेरेर बस्छु । मेरो नामको सप्तरी धरमपुर गा.वि.स. वडा नं. ८ स्थित जग्गा २०५०।१०।२० मा खरिद गरेको हो । स्रोत पतिलाई थाहा छ । मेरो नामको भक्तपुर दुवाकोट स्थित जग्गा श्रीमान्‌ले किनिदिनु भएको हो । स्रोत मलाई थाहा छैन । मेरो नामको नेपाल बंगलादेश बैंक स्थित खातामा जम्मा भएको रू.६,००,०००।– बिक्रीबाट प्राप्त भएको रकम हो । जम्मा भएको रू.१०,००,०००।– रकम श्रीमान्‌ले दिनुभएको हो । स्रोत वहाँलाई नै थाहा छ । त्यस्तै जम्मा भएको १४,००,०००।– सोही बैंकको मेरो नामको मुद्दती खाताबाट सरेर आएको हो । सो बचत खाताबाट रू.३५,९०,०००।– श्रीमान्‌ले मागेबमोजिम झिकेर दिएको हो । मुद्दती खातामा जम्मा भएको रू.१४,००,०००।– को स्रोत श्रीमान्‌लाई थाहा छ भन्नेसमेत बेहोराको सरस्वती पुरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान । 

 

अनुसन्धानको क्रममा देखिएको सम्पत्तिः

जिल्लाः सप्तरी

सम्बन्धित ज.ध.का.नाम र अभियुक्तसँगको नाताः श्यामसुन्दर प्रसाद रौनियार (बाबु)

जिल्लाः सप्तरी, रूपनगर गा.वि.स

वार्ड नं. कि.नं. क्षे.फ. (विगाहा) मिति

७ ५२३ ०–१–१५ *२०४३।७।११

धरमपुर गा.वि.स

८(ग) ६० ११–१४–१८ २०३८

१ ६४५ ०३८।११।१५

१ ५८८ ०–६–०२ ०३८।११।१५

झरूवाखाल गा.वि.स

२ ३१ ०–१–१६ ०३८।११।१२

फत्तेपुर गा.वि.स

३ १४ ०–१–१६

जम्मा १२–८–१३

*कि.नं. ४१९ बाट कायम भएको नयाँ कित्ता ।

 

पैतृक सम्पत्तिबाट प्राप्त हुने आयः

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको परिवारमा पैतृक सम्पत्तिका हकवालाहरू बाबु, आमा, आफू तथा श्रीमती, सगोलका भाइ र बुहारीहरू गरी ८ जनाको रहेको छ । भाइ सबै आ–आफ्नो व्यवसाय गरी छुट्टै बसेका तर पैतृक सम्पत्तिको अंशबन्डा नभएको र पैतृक सम्पत्ति सगोलमा रहेको देखिन्छ । जयप्रकाश प्रसाद गुप्ताले सार्वजनिक पदधारण गर्नुपूर्व कृषि विकास बैंक, रत्नपार्क शाखा कार्यालयमा बचत खाता नं. २५२४९० मात्र रहेको छ । खातामा सार्वजनिक पदधारण गर्नुपूर्व मिति २०४६।५।८ देखि २०४८।३।३२ सम्म करिब २ वर्षको अवधिमा रू.२२ हजार मात्र जम्मा भएको देखिएको छ । निजको पैतृक सम्पत्तिबाट हुने आय तथा निजको स्वआर्जनको आय नगण्य रूपमा रहेको र केवल जीविकोर्पाजन मात्र हुने आय रहेको हुँदा निजको सार्वजनिक पदधारण गर्नुपूर्वको आर्थिक हैसियत सामान्य रहेको देखिन्छ । सार्वजनिक पदधारण गर्नुपूर्वको लामो समयावधिभित्र चल अचल सम्पत्ति आर्जन गरेको देखिएको छैन । सो कुरा निजको बयान कथनबाट समेत पुष्टि भएको छ । यसप्रकार निजको पैतृक सम्पत्तिबाट प्राप्त हुने सीमित कृषिको आय घर व्यवहारमा नै खर्च भई जाने भएकोले बचत हुने स्थितिसमेत नदेखिँदा पैतृक सम्पत्तिबाट हुने आयले कुनै प्रकारको चल अचल सम्पत्ति बढे बढाएको हुनसक्ने आधार स्थापित हुनसक्ने अवस्था छैन ।

 

पैतृक सम्पत्ति बिक्रीबाट भएको आय :–

मालपोत कार्यालय, सप्तरीबाट प्राप्त जग्गा बिक्रीको विवरणः 

प्रतिवादीका बाबु श्यामसुन्दर प्रसाद रौनियारले देहायका विभिन्न व्यक्तिहरूलाई देहायका मितिमा बिक्री गरेको जग्गाको विवरण यसप्रकार छ ।

खरिदकर्ता बिक्री मिति गा.वि.स. र वडा नं. साबिक बिक्री भएको पारित थैली अङ्क रू.

कि.नं.क्षे.फ.कि.नं.क्षे.फ.

हरिशंकर निरौला २०४१।३।१८ धरमपुर ४ १६३ १–१६–८ १६८ ०–८–० १४,०००।–

मनोरथप्र.साउ तेली भरूवाल ४ लाख २०४०।४।१९ भरूवाल ४ ख २ ०–७–११ २९२ ०–६–१२ १,५०,०००।–

रणजीतसिंह रौनियार

२०४२।८।१८भरूवाल ४ ख२९३०–९–१९३२२०–०–९२०,०००।–

अमनीदेवी रौनियार २०४२।८।१९ भरूवाल ४ ख ३२३ ०––०–१० ३२३ ०–०–१० २,०००।–

झमकसिंह राई २०३८।२।१४ भरूवाल २ ३०६ १–० ३०६ १–० ८,०००।–

२९०–८–५२९०–८–५५,००।–

१९७०–४–१११९७०–४–११२,५००।–

जिरलक्ष्मी राई २०४९।४।२१ धरमपुर १ ४३३ ०–३–३ ४६५ ०–१–१३ २,०००।–

रामकुमारी राई ०५४।१२।१३ धरमपुर १ ४६६ ०–१–० ६३८ ०–०–६ २,०००।–

नखतबहादुर राई २०४८।६।१३ धरमपुर १ ४१९ १–१–१३ ४२६

४२७ ०–२–०

०–३–० ५,०००।–

राधा भट्टराई२०४८।७।२५धरमपुर १४२८०–१६–१३४३००–०–१५

देवीकुमारी पोख्रेल २०४८।७।२५ धरमपुर १ ४२८ ०–१६–१३ ४३१ ०–१–० २,०००।–

लक्ष्मी भट्टराई २०४८।७।२५ धरमपुर १ ४२८ ०–१६–१३ ४२९ ०–२–५ ५,०००।–

गीतादेवी भट्टराई २०४८।११।९ धरमपुर १ ४२८ ०–९–१० ४४३ ०–१–० ५,०००।–

पस्पती देवी कटुवाल २०४८।४।२८ धरमपुर १ २१५ ०–९–१४ ४१४ ०–२–० २,०००।–

मायादेवी यादव २०४८।४।२८ धरमपुर १ २१५ ०–९–१४ ४१५ ०–१–० २,०००।–

अनारदेवी यादव २०४८।४।२८ धरमपुर १ २८३ ०–४–१३ ४१८ ०–१–६ २,०००।–

विनितादेवी पोख्रेल २०४८।४।२८ धरमपुर १ २८३ ०–४–१३ ४१६ ०–१–० ५,०००।–

सोमप्रसाद निरौला २०४८।४।२८ धरमपुर १ ४०९ ०–०–६ ४०९ ०–०–६ १,२००।–

२८३१–४–१३४१७०–०–४८००।–

पुण्यप्रसाद घिमिरे २०४८।४।२८ धरमपुर १ २१५ ०–९–१४ ४१३ ०–३–० ५,०००।–

सावित्रीदेवी घिमिरे २०४८।४।२८ धरमपुर १ २१५ ०–९–१४ ४१२ ०–३–१४ ५,०००।–

जिरलक्ष्मी राई २०५५।९।८ धरमपुर १ ६३९ ०–१–४ ६४४ ०–०–१४ २,०००।–

खड्गकुमारी पोख्रेल २०४१।३।१८ धरमपुर ४ १६३ १–१६–८ १७० ०–०–८ १४,५००।–

हेमराज पोख्रेल २०४१।३।१८ धरमपुर ४ १६३ १–१६–८ १६९ १–०–० ३४,५००।–

कुमारप्रसाद निरौला ०४८।२।२८ धरमपुर १ २८६ ०–२–६ ४०७ ०–१–० ५,०००।–

मिनादेवी निरौला ०४८।२।२८ धरमपुर १ २८६ ०–२–६ ४०८ ०–१–० ५,०००।–

निर्मला भट्टराई ०५३।१०।११ धरमपुर १ ४४४ ०–८–० ५८७ ०–१–८ २,०००।–

गीतादेवी भट्टराई ०५३।१०।११ धरमपुर १ ४४४ ०–८–० ५८६ ०–०–१० २,०००।–

 

 

प्रतिवादीहरूले सप्तरीको जग्गा बिक्रीको आम्दानी जम्मा रू.१४,३९,५००।– देखाएकोमा निजहरूको सगोलमा रहेको जग्गाहरूमध्ये २०३८ साल यता जम्मा ४–८–९ विगाहा जग्गा बिक्री गरेको र त्यसै बेला निजका कान्छा भाइ विनयकुमार गुप्ताका नाउँमा जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं.७ हालको मूल्याङ्कनअनुसार रू.३,७६,०००।– मूल्य पर्ने ०–२–६ विगाहा घडेरी जग्गा किनी मूल्य रू.१७,८२,४३२।– पर्ने आधुनिक पक्की घर निर्माण गरेको र सो समयसम्म निजहरूको काठमाडौंमा घर घडेरी केही नभएको अवस्था देखिन्छ । सप्तरीको उक्त जग्गा खरिदको स्रोतका सम्बन्धमा निज विनयकुमार गुप्ताले सो जग्गा खरिद पैतृक सम्पत्तिबाट भएको र २०४८ सालमै घर बनाउन सुरू गरी २०५० सालतिर घर बनाई सकिएको भन्ने कुरा बयानमा उल्लेख गरेको छ । घर निर्माण गर्दा गर्दैको अवस्थामा समेत सोही धरमपुर गा.वि.स.को केही जग्गा बिक्री भएको र सोबाट प्राप्त रकमसमेत त्यसै घरको निर्माणमा खर्च भएको देखिन्छ । यसैगरी निजहरूको फत्तेपुर ३ स्थित विटौरीको जग्गामा रहेको पुरानो घर भएको ठाउँमा समेत रू.११,५२,०४५।– मूल्य पर्ने नयाँ घर निर्माण भएको देखिन्छ । उक्त घर निर्माण गर्दासमेत निजहरूको पैतृक सम्पत्ति खर्च भई निर्माण भएको बयानबाट देखिन्छ ।

 

मालपोत कार्यालय, सुनसरीबाट प्राप्त जग्गा बिक्रीको विवरणः

खरिदकर्ता स्थान बिक्री मिति साबिक बिक्री भएको बिक्री मूल्य प्रतिवादीले पेस गरेको विवरणमा उल्लिखित मूल्य रू.

लखन महतो ०५३।११।२ २५९ ४–४–५ २६३ ०–५–० ५,०००।– २५,०००।–

अमुलियादेवी साहू ०५३।११।२ २५९ ४–४–५ २६२ ०–१५–० १२,२००।– ७५,०००।– विवरणमा सुर्य नारायण साहू भनेको

सत्यनारायण साहतेली ०५३।११।२ २५९ ४–४–५ २६४ ०–१०–० १०,०००।– ५०,०००।–

दीपनारायण साहू ०५३।११।२ २५९ ४–४–५ २६५ ०–१०–० १०,०००।– ५०,०००।–

जोगिन्द्र साहू ०५३।११।२ २५९ ४–४–५ २६१ ०–५–० ५,०००।– २५,०००।–

वसिर मिया ०५३।११।२ २५९ ४–४–५ २६६ ०–१०–० १०,०००।– बाँकी ०–१९–५ कि.नं.२६७ कायम २५,०००।– विवरण मजहिरमिया भनेको

हरिलाल साहू ०५३।११।२ २५९ ४–४–५ २६० ०–१०–० १०,०००।– ५,०००।–

हरिलाल साहू ०५३।९।२८ १ ७–७–५ २५७ २–१३–० ४१,०००।– २,१२,०००।–

मिश्रीलाल साहू ०५३।९।२८ १ ७–७–५ २५८ ०–१०–० ८,१००।– बाँकी जग्गा ४–४–५ कि.नं.२५९ कायम (४०,०००।–)

हरिलाल साहू

०५७।१०।१८२६७

५० ०–१९–५

२–१४–१६.५ २६७

३३४ १–०–१६.५ ८,१००।– १,४०,३७५।–

१,५६,१८७।५०

 

दन्नावती कुमारी महतो ०५७।१०।१८ ५० २–१४–१६.५ ३३१ १–०–० ४०,०००।– १,५०,०००।–

लखन महतो ०५७।१०।१८ ५० २–१४–१६.५ ३३० ०–५–० १०,०००।– ३७,५००।–

हसन मिया ०५७।१०।१८ ५० २–१४–१६.५ ३३३ ०–४–० ८,०००।– ३०,०००।–

बदामी साह ०५७।१०।१८ ५० २–१४–१६.५ ३३२ ०–५–० १०,०००।– ३७,०००।–

 

 

प्रतिवादी जयप्रकाश गुप्ताका बाबुको नाममा रहेका पैतृक सम्पत्ति २०५३ सालमा २ पटक र २०५७ सालमा १ पटक प्रतिवादीकै बयानबमोजिम रू.११,०३,०६२।– मा बिक्री गरिएको छ । जग्गा बिक्रीबाट प्राप्त आयबाट भएको खर्चतर्फ हेर्दा सोही अवधिभित्र निजका एकाघर सगोलका भाइ विनयकुमार गुप्ताको नाममा सप्तरी जिल्लाको कञ्चनपुर गाउँ विकास समिति स्थित रू.३२,०२,०००।– को जग्गा र दीपककुमार गुप्ताको नामको मोरङ जिल्ला साबिक जतुवा कठकुरया स्थित रू.२,८०,०००।– को जग्गा खरिद भएको छ । सगोलको जग्गा बिक्रीबाट प्राप्त गरेको रकमको दामासाही हिस्साको केही रकम जयप्रकाश गुप्ताले पनि प्राप्त गरेको हुनसक्ने व्यावहारिक परिस्थितिसमेत देखिँदा उक्त रू.११,०३,०६२।५० दामासाही हिसाबले ४ जना अंशियारहरूमा भाग लगाउँदा हुने २,७५,७६५।६२ प्रतिवादी जयप्रकाश गुप्ताले पाएको हुनसक्ने आधार स्थापित भएको छ । सो रकम निजले सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि को सेयरमा लगाएको हुनसक्ने भएकाले रू.२,७५,७६५।६२ लाई उक्त प्रा.लि स्थापना गर्दा निजले स्वलागत पुँजी (Equity Capital) मा लगाएको रकममा समायोजन गरी स्रोत नखुलेको रकम मात्र दाबीमा लिइएको छ । एकाघर सगोलका भाइहरू, बाबु र आमालगायतका कुनै पनि सदस्यहरू कम्पनीको सेयरधनी नभएबाट पैतृक सम्पत्तिको जग्गा बिक्री गरी प्राप्त भएको नगद सम्पत्ति दामासाही हिसाबले अंशियारहरूमा बाँडफाँड भएको स्पष्ट हुन्छ ।

प्रतिवादीले सार्वजनिक पदधारण गरेपछि एकाघर सगोलका परिवारको भाइ तथा भाइ बुहारीहरूको नाममा रहेको सम्पत्तिको विवरण निम्नानुसार देखिएको छः

जिल्लाः सप्तरी कञ्चनपुर ७, ८

विनयकुमार गुप्ता, भाइ

कि.नं. क्षे.फ. मूल्य      खरिद मिति

२५३ ०–२–६    ३,७६,०००।– २०४८।१२।३

२७६ ०–१–२    ३,२०,०००।–     ०५७।१।१५

दीपककुमार गुप्ता, भाइ मोरङ, साबिक कञ्चनपुर १(क)

४६१ ०–१–०    १,८०,०००।- २०५२।१।२५

सप्तरी धरमपुर गा.वि.स ४

२३२ १–०–०    ४,००,०००।–    २०५५।१।७

मोरङ, साबिक तुका कठकुरपा ८(क)

२३२ ०–०–१४   २,८०,०००।– ०५६।११।२९

रेखा गुप्ता भाइ बुहारी, ललितपुर, सुनाकोठी ८(क)

७३४ ०–१०–०–१ रोपनी १०,०६,२५०।– २०५७।९।१९

 

आरोप पत्रको तालिका नं. ५ देखि ९ सम्म प्रस्तुत गरिएका सम्पत्तिहरू प्रतिवादीले सार्वजनिक पदधारण गरेपश्चात् आर्जन गरेका सम्पत्तिहरू हुन् । सोही अवधिमा निजका भाइहरू २०४६ सालदेखि आ–आफ्नो व्यवसाय गरी भिन्नभिन्न बसोबास गरेको बयानमा समेत उल्लेख भएको छ । उनीहरूको नाममा रहेको सम्पत्तिहरू पैतृक सम्पत्तिको जग्गा बिक्री गरेर आर्जन गरेको नगद सम्पत्तिको अंशियार भएको नाताले प्राप्त गरेको देखिएको 

छ । प्रतिवादी जयप्रकाश गुप्ताले अधिकृत पुँजी ३ करोड र जारी पुँजी २ करोड राखी सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि. स्थापना गरेको देखिन्छ । उक्त प्रा.लि.को संस्थापकहरूले तत्काल लिन कबुल गरेको सेयर संख्यामा प्रति सेयर रू.१०० का दरले जयप्रकाश प्रसाद गुप्ताको ९७.७५ प्रतिशतले हुने १,८०,००० कित्ता र उज्वल शर्माको रू.२.२२ प्रतिशतले हुने ४००० कित्ता रहेको छ । यत्रो ठूलो लगानीमा एकाघर सगोलका कुनै पनि सदस्यहरू सेयरधनी रहेको नदेखिएको हुँदा सगोलको सम्पत्तिका अंशियारहरूमा बिक्री गरेको बाहेकको पैतृक सम्पत्ति बाँडफाँड नगरी यथास्थितिमा राखी आ–आफ्नो व्यवसाय गरी भिन्ना–भिन्नै बसेको भनी निजहरूले दिएको बयानबाट थप पुष्टि भएको छ । मानु छुट्टिएका अंशबन्डा नभएका तर स्वतन्त्र रूपमा अलग–अलग बसेको भाइहरूको सम्पत्ति र प्रतिवादीको सम्पत्तिमा अत्यधिक भिन्नता देखिएको छ । यस्तो अमिल्दो बेहोराले प्रतिवादीको कसुरमा संलग्नता रहेको थप पुष्टि गर्दछ ।

 

सार्वजनिक पदधारण गरेपछि आर्जन गरेको   सम्पत्ति :–

सार्वजनिक पदधारण गरेपछि जयप्रकाश प्रसाद गुप्ताले आर्जन गरेको चल अचल सम्पत्तिको विवरण देहायबमोजिम देखिएको छः

 

अचल सम्पत्ति (घरजग्गा):

घरजग्गाको विवरण जग्गाधनीको नाम र नाता खरिद मिति जग्गाको हालको मूल्य घरको हालको मूल्य

का.जि.का.म.न.पा.वडा नं.९ कि.नं २२५ क्षे.फ. ०–४–०–३ रोपनी जयप्रकाश 

प्रसाद गुप्ता२०५२।९।२३

का.जि.का.म.न.पा.वडा नं. ९ कि.नं ३७९ क्षे.फ. ०–१–२–० रोपनी ,, २०५९।४।१४ १०,५९,३७५।– ३४,६७,७८६।–

का.जि.का.म.न.पा.वडा.९कि.नं.३७९क्षे.फ.

०–१–२–०रोपनी,,२०५९।४।१४

जिल्ला सप्तरी धरमपुर गा.वि.स.वडा नं.८(क) कि.नं. १४ क्षे.फ०–१०–१९ विगाहा,,२०५६।१०।२५२,१९,०००।–

जिल्ला सप्तरी धरमपुर गा.वि.स वडा नं.८(ग) कि.नं.४९को क्षे.फ.०–९–० विगाहा, कि.नं.३५ को क्षे.फ.०–११–३, कि.नं.५३ को क्षे.फ.०–१६–०,कि.नं.५२ को क्षे.फ०–१०–०, कि.नं.५० को क्षे.फ ०–५–० गरी जम्मा२–१–३ विगाहा सरस्वती 

पुरी (गुप्ता श्रीमती)२०५२।२।२८१०,२३,०००।–

जिल्ला भक्तपुर दुवाकोट गा.वि.स.वडा नं.१ (घ) कि.नं.१२०९ क्षे.फ.०–४–०–०रोपनी,,२०५२।२।२८८७,५००।–

फत्तेपुर गा.वि.स.वडा नं.३ को कि.नं.१४ क्षे.फ.०–०–१–१६स्थित २०५२ सालमा निर्मित घर श्यामसुन्दर रौनियार, बाबु ,, ८,४६,६२०।१७

२०५० सालमा कञ्चनपुरमा निर्मित घरको मूल्याङ्कन रू. ........ विनयकुमार गुप्ता, भाइ ,, १,७,८२,४३१।९३

जम्मा २३,८८,८७५।– ६०,९६,८३८।१०

कूल८४,८५,७३१।१०

 

 

गाडीः

विवरण रकम रू.

जयप्रकाश प्रसाद गुप्ताको नाममा २०५८।१।३ मा खरिद गरेको बा.अ.चं. ७७३९ को ल्याण्डरोभर जीप खरिद गरेको मूल्य १८,००,०००।–

जयप्रकाश प्रसाद गुप्ताको नाममा भन्सार सुविधाअन्तर्गत २०५३ चैत्रमा लिएको बा.अ.ञ ९६०२ को निशान सन्नि कार खरिद गरेको मूल्य ६,६३,०१६।२५

जम्मा २४,६३,०१६।२५

 

 

बैंक मौज्दातः

क्र.सं. खातावालाको नाता अभियुक्तसँगको नाता बैंकको नाम खाता नं. रकम

१ जयप्रकाश प्रसाद गुप्ता स्वयं बैंक अफ काठमाडौं ०१००००००४६०९ ४,५८,०५५।–

२ ,, स्वयं स्टाण्डर्ड चार्टर्ड बैंक १८००९, ३७७७०१ २,०५,४१३।८

३ सरस्वती पुरी श्रीमती नेपाल बंगलादेश बैंक ००८८२१ एस ३६,७०३।५८

जम्माः ७,००१७२।२६

तत्कालीन अवस्थामा मन्त्रिपरिषद्‌को सदस्य रहेका निज गुप्ताले सम्पत्ति न्यायिक छानबिन आयोग गठन गर्न मन्त्रिपरिषद्‌बाट निर्णय भई उक्त आयोग गठन भएपश्चात् आफ्नो नाममा रहेको सम्पत्ति लुकाउने छिपाउने उद्देश्यले कृषि विकास बैंक, रत्नपार्कमा निजको बचत खाता नं. २५२४९० को खाता बन्द गरी झिकेको रू. ९,२२,३०६।९७

तत्कालीन अवस्थामा मन्त्रिपरिषद्‌को सदस्य रहेका निज गुप्ताले आर्थिक ऐन,२०५८ को व्यवस्था भएअनुसार आयको स्वेच्छिक घोषणा कार्यक्रम लागू हुने भएपछि २०५८।६।२३ मा नेपाल बंगलादेश बैंकमा रहेको श्रीमती सरस्वती पुरीका नामको खाताबाट निकालेको रकमले कुनै प्रकारको चल अचल सम्पत्ति खरिद नगरी लुकाएको छिपाएको रकम रू. 

बैंक अफ काठमाडौंको खाता नं.०१००००००४६०९ मा स्रोत खुल्न नसकेको रू.१५ लाख रकम मिति २०५६।६।२६ मा निजका भाइ विनयकुमार गुप्ताले दाजु जयप्रकाश प्रसाद गुप्ताले दिएको रकम राखेको भनी जम्मा गरेको रकममध्ये लुकाउने छिपाउने दुराशय राखी विभिन्न व्यक्तिहरूका नाममा चेकमार्फत भुक्तानी भएको रकम रू. ३५,९०,०००।–

 

 

१०,४४,४४५।–

कूलः ६२,५६,९२४।२३

 

 

सेयर (सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.)

विवरण रकम रू.

कृषि विकास बैंकबाट सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.लाई कर्जा दिँदा ऋण / स्वलागत अनुपात ७१:२९ ले हुने रू.८१,९२,०००।– स्वलागत पुँजीमध्ये आफ्नो पैतृक जग्गाको Land & Development बापत ११,०३,३०००।– घटाई आउने रू.७०,८९,०००।– मध्ये ९७.७८ प्रतिशत सेयर हिस्साको अनुपातअनुसार जयप्रकाश प्रसाद गुप्ताको स्वलागत पुँजी रू.६९,३१,६२४।२० मध्ये २०५३ सालदेखि २०५७ सालसम्म सुनसरीको पैतृक जग्गाको बिक्रीबाट निजको बयानबमोजिम प्राप्त भएको रू.११,०३,०६२।५० रकमका अंशियारहरूमा चार भाग लगाउँदा हुने रू.२,७५,७६५।६२ निजको भागमा पर्ने र सो रकम स्वलागत पुँजीमा रहेको हुनसक्ने भएको रू. ६९,३१,६२४।२०

 

 

 

अध्ययन खर्चः

विवरण रकम रू.

जयप्रकाश प्रसाद गुप्ताको छोरालाई बुढानिलकण्ठ आवासीय मा.वि. बुढानिलकण्ठमा मिति २०५७।२ देखि २०५९ मंसिर ५ गतेसम्म अध्ययन गराउँदाको खर्च १,९५,३८७।–

 

 

 

कूल सम्पत्ति (आरोप पत्रको तालिका नं.५–९ सम्म) :

विवरण रकम रू.

जयप्रकाश प्रसाद गुप्ताको कृषि विकास बैंक, रत्नपार्क, बैंक अफ काठमाडौं र निजको एकाघरकी श्रीमती सरस्वती पुरी (गुप्ता) को नेपाल बंगलादेश बैंक लि.का बैंक खाताहरूमा गैरकानूनी ढंगबाट आर्जन गरेको नगद सम्पत्ति जम्मा गरी लुकाउने छिपाउने दुराशय राखी झिकेको नगद सम्पत्ति रू. ५५,५६,७५१।९७

अध्ययन खर्च रू. १,९५,३८७।–

निजले लुकाउन छिपाउन नसकेको हालको सम्पत्ति (घर जग्गा, बैंक मौज्दात, गाडीहरू, सेयर पुँजी) रू. १,८५,८०,५२५।८१

सार्वजनिक पदधारण गरेपछि संग्रह गरेको कूल सम्पत्ति रू. २,४३,३२,६६४।७८

 

 

सार्वजनिक पदधारण गर्नुअघि र पछि बैंकमा जम्मा गरेको रकमको तुलनात्मक विवरण :–

जयप्रकाश प्रसाद गुप्ताले सार्वजनिक पदधारण गर्नुपूर्व आर्जन गरी बचत गरेको नगद सम्पत्ति र सार्वजनिक पदधारण गरेपश्चात् आर्जन गरेको रकममध्ये बचत गरी नेपाल अधिराज्यभित्रका विभिन्न बैंकहरूमा जम्मा गरेको रकमको तुलना गर्दा निम्नानुसार देखिएको छः

क्र.सं. बैंकको नाम खातावालाको नाम खाता नं. रकम जम्मा गरेको मिति सार्वजनिक पदधारण गर्नुपूर्व सार्वजनिक पदधारण गरेपछि

१ कृषि विकास बैंक, रत्नपार्क जयप्रकाश प्रसाद गुप्ता २०२४९० २०४६।५।८ देखि २०५८।१।२० सम्म २२,०००।– ३६,६१,८००।–

२ नेपाल बंगलादेश बैंक लि. सरस्वती पुरी (गुप्ता) ००८८२१ २०५५।६।६ देखि २०५८।६।१२ सम्म – ३६,०२,०००।–

३ बैंक अफ काठमाडौं जयप्रकाश प्रसाद गुप्ता ०१००००००४६०९ २०५३।१२।३० देखि २०५६।६।२६ सम्म – १७,२८,०००।–

४ स्टाण्डर्ड चार्टर्ड बैंक ,, १८००९३७७७०१ २०५७।१०।२ देखि

२०५९।३।१३ सम्म – (४,०९,७७१।–)

जम्मा २२,०००।– ९१,९१,८००।–

यस खातामा जम्मा भएको रकमको स्रोत खुलेको हुँदा यस तालिकामा उल्लेख गर्ने प्रयोजनका लागि मात्र देखाइएको छ । जम्मा रकममा गणना गरिएको छैन ।

 

 

उपर्युक्त तालिकामा जयप्रकाश प्रसाद गुप्ता र निजकी श्रीमती सरस्वती पुरी (गुप्ता) को नामको बैंक खातामा निजले सार्वजनिक पदधारण गर्नुपूर्व र पछिको समयमा जम्मा गरेको नगद सम्पत्तिको तुलनात्मक विवरण झल्कने प्रयोजनका लागि उल्लेख गरिएको छ । यस विवरणबाट प्रतिवादीले मुलुकले विश्वास गरी सुम्पेको सार्वजनिक जवाफदेहीको पदको दुरूपयोग गरी सम्पत्ति आर्जन गरेको देखिन्छ । 

 

स्रोत खुलेको सम्पत्तिः 

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको स्रोत खुलेको सम्पत्तिको विवरण देहायबमोजिम छ :–

नाम सम्पत्तिको विवरण मूल्य रू. कैफियत

जयप्रकाश प्रसाद गुप्ता सप्तरी जिल्ला धरमपुर ८ (क) कि.नं.१४ को क्षेत्रफल ०–१०–१९ २,१९,०००।– आरोप पत्रका तालिका नं.५ क्र.स.४

,, स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको मौज्दात २,०५,४१३।६८ आरोप पत्रका तालिका नं.७ क्र.सं.२

,, छोरा अनुस्क आनन्दको बुढानिलकण्ठ आवासीय मा.वि. मा २०५७ जेठदेखि २०५९ मंसिरसम्म अध्ययन खर्च १,९५,३८७।– आरोप पत्रका तालिका नं.९

श्यामसुन्दर प्रसाद रौनियार २०५२ सालमा फत्तेपुरमा निर्मित घर ८,४६,६२०।१७ आरोप पत्रका तालिका नं.५ क्र.सं.७

विनयकुमार गुप्ता २०५० सालमा कञ्चनपुरमा निर्मित घरको मूल्याङ्कन रू. १७,८२४३१।९३ आरोप पत्रका तालिका नं. ५ क्र.सं.८

जयप्रकाश प्रसाद गुप्ता २०५३ सालदेखि २०५७ सालसम्म पैतृक सम्पत्तिको बिक्रीबाट बयानबमोजिम प्राप्त रू.११,०३,०६२।५० अंशियारहरूमा चार भाग लगाउँदा रू.२,७५,७६५।६२ आरोप पत्रको तालिका नं. ८ क्र.सं.७

जम्मा३५,२४,६१८।४०

विटौरी जग्गामा बनेको घर

 

स्रोत खुलेको सम्पत्तिसम्बन्धी विश्लेषण :– 

(१) प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाममा २०५६।१०।२५ मा खरिद भएको क्र.सं.१ को १० कठ्ठा १९ धुर जग्गा निजले बयानमा सो जग्गा शहीदको स्मृतिमा सामाजिक कार्यको लागि उपयोगमा ल्याउन विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी खरिद गरेको भने तापनि त्यस्तो सामाजिक उद्देश्य राखी खरिद गरिएको जग्गा भए अन्य व्यक्तिसमेतको नाममा वा संस्थाको नाममा खरिद गर्नुपर्नेमा निजले आफ्नै नाममा खरिद गरेको देखिएको र निजले बयानमा उल्लेख गरेअनुसार पुष्टि गर्न सक्ने कुनै सबुद प्रमाणसमेत पेस हुनसकेको छैन । निज २०५१ सालदेखि २०५९ सालसम्म सांसद्‌ पदमा रहिरहेको र त्यसपछि बीचबीचमा संसदीय समितिको सभापति, कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा समाधान समितिको अध्यक्ष र पटकपटक मन्त्री भएको देखिएको हुँदा सो अवस्था निजले तलब, भत्ता र सुविधास्वरूप प्राप्त गरेको आयबाट आफ्नो परिवारको पालनपोषणमा हुने खर्च, राजनीतिक नेताका रूपमा रही कार्यकर्ता परिचालनमा हुने खर्च, बीचबीचमा भएका निर्वाचनमा सहभागी हुँदा त्यसमा हुने खर्च, औषधोपचारमा हुने खर्चसमेतका लागि ठूलो परिमाणमा प्रतिफल प्राप्त हुन नसक्ने खर्च हुने भएकोले निजको तलब भत्ता सुविधाबाट प्राप्त हुने रकममा बचत गरी चल अचल सम्पत्ति आर्जन हुनसक्ने अवस्था छैन । तापनि निजको सगोल परिवारमा रहेको कृषिउपजको सानोतिनो हिस्सा र अन्य काममा लगाई बाँकी रहन गएको जमिन बिक्रीको केही हिस्सा रकमसमेत जोडजम्मा गरी एकत्रित भएको सम्पत्तिबाट सो जग्गा खरिद गरेको हुनसक्ने अवस्थालाई विचार गर्दा निजको सो जग्गा खरिदमा खर्च भएको सम्पत्तिको स्रोत खुलेको मान्न सकिने अवस्था हुँदा रू.२,१९,०००।– बराबरको मूल्य पर्ने सो जग्गालाई स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ ।

(२) क्र.सं. २ मा उल्लेख भएको स्टार्डड चार्टर्ड बैकमा रहेको खाताको कारोबारको प्रकृति सामान्य नै देखिएको र निजले सार्वजनिक सेवाको पदधारण गरेको अवधिमा विभिन्न मुलुकको भ्रमण गरेको देखिएको, त्यसरी भ्रमणमा जाँदा प्राप्त हुने नेता भत्ता, लुगा भत्ता, फुटकर खर्च (Pocket Money) आदिको रूपमा प्राप्त हुने रकम सामान्यतः जुन प्रयोजनको लागि भ्रमणकर्तालाई प्राप्त हुने हो सोही काममा खर्च भएर जाने पनि त्यसको नगण्य बचत पनि विस्तारै जम्मा हुँदै जाँदा केही देखिन सक्ने र परिश्रमिकबाट प्राप्त हुने आयमा पनि केही बचत हुनसक्ने स्वाभाविकतालाई विचार गरी सो बैंकमा जम्मा भएको रकम रू.२०,५,४१३।६८ लाई विदेश भ्रमण गरी प्राप्त गरेको रकम तथा पारिश्रमिक एवं भत्ताको बचत रकम हुनसक्ने देखिएकोले स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ ।

(३) क्र.सं.३ मा उल्लिखित छोरा अनुस्क आनन्दलाई बुढानीलकण्ठ आवासीय माध्यमिक विद्यालयमा पढाउँदाको समयमा निज मन्त्री पदमा बहाल रहेको देखिन्छ । सो विद्यालयलाई विभिन्न शुल्कबापत हालसम्म बुझाएको रू.१,९५,३८७।– निजको पारिश्रमिक, भत्ता, विदेश भ्रमण आदिको बचत रकमबाट खर्च भएको हुनसक्ने भएकोले स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ । 

(४) क्र.सं.४ र ५ मा उल्लिखित जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं.७ स्थित घर र सोही जिल्लास्थित फत्तेपुर ३ स्थित घरहरूका सम्बन्धमा उक्त कञ्चनपुर स्थित घर २०४८ सालबाट बनाउन प्रारम्भ गरी २०५० सालमा निर्माण कार्य पूरा भएको भन्ने विनयकुमार गुप्ताको बयान कथन रहेको छ । त्यसैगरी फत्तेपुर स्थित निजहरूको कब्जामा रहेको विटौरी जग्गामा निर्मित साबिक पुरानो घरको सट्टा २०५० सालमा नयाँ घर निर्माण भएको पाइन्छ । यसरी २०५० सालसम्ममा सगोल परिवारका बाबु र भाइका नाममा बनेको घरको निर्माणमा परेको लागत हेर्दा कञ्चनपुर स्थित घरको मूल्य रू.१७,८२,४३१।९३ र फत्तेपुर स्थित घरको मूल्य रू.८,४६,६२०।१७ मूल्य बराबरको रहेको कुरा मूल्याङ्कन प्रतिवेदनबाट देखिएको छ । ती घर निर्माणका क्रममा खर्च भएको रकमको स्रोततर्फ हेर्दा निजहरूको बयानबाट पैतृक सम्पत्ति खर्च गरी बनाएको भनी बयान गरेको र २०४८ सालमा निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा रहेको जिल्ला सप्तरी धरमपुर गाउँ विकास समिति वडा नं.७ अन्तर्गतका विभिन्न जग्गा बिक्री भएका देखिन्छन् । ती जग्गाका लिखत बिक्री मूल्य भनी मालपोत कार्यालय सप्तरीबाट प्राप्त रेकर्ड हेर्दा २०४८ र २०४९ सालमा बिक्री भएको उक्त विभिन्न कित्ताहरूको जम्मा बिक्री मूल्य रू.२,६३,३००।– देखिन आएको । तर प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले बयानको क्रममा आफ्नो आम्दानीका स्रोत देखाउने क्रममा पेस गरेको कागजबाट जम्मा रू.१४,३९,५००।– मूल्य बराबरको जग्गा बिक्री गरेको भनी उल्लेख गरेको पाइन्छ ।

सो अवस्थासम्म निजहरूको सगोल परिवारमा निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा लगभग १० विगाहाभन्दा केही बढ्ता जग्गा सुनसरी जिल्लास्थित बसन्तपुर गा.वि.स. वडा नं. ९ मा देखिन्छ । सो जग्गा खेतीयोग्य जग्गा भए पनि सो समयमा निजको परिवारको स्थायी बसोबास सप्तरी जिल्लाको फत्तेपुर स्थित पुरानो घरमा रहेको, निज त्यस अवधिमा २०४८ सालदेखि २०५१ सालसम्म प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रूपमा कार्यरत रहेको अभिलेखबाट देखिन्छ । प्रतिवादीका भाइहरू दुवै अध्ययन गर्दै गरेको अवस्था छ । यसबाट सुनसरी जिल्लास्थित करिब (१०) विगाहा जग्गामा निजहरूले कृषकको हैसियतले कृषिकार्य नगरेको र अर्को व्यक्तिद्वारा खेतीको काम गराइएबाट “जो हात सोसाथ” गरी प्राप्त गरेको कृषि उपजको एउटा सीमित अंश मात्र निजहरूले पाउने देखिन्छ । सोबाहेकका सप्तरीस्थित जग्गाहरूमध्ये २०४८ साल र २०४९ सालमा बिक्री भई बाँकी रहेको जग्गाको अवस्था हेर्दा ती जग्गाहरू कुनै पनि धनहर खेत नदेखिएको र जग्गाधनी प्रमाण पुर्जा हेर्दा जग्गाको किसिममा पर्ती भनी उल्लेख भएको पाइएबाट निजले ती जगाबाट देखाएको कृषि आय आम्दानी भनी मान्न सक्ने अवस्था नरहेको र अर्कोतर्फ घरका जहान परिवारमध्ये छोराहरू सबै बाहिर आ–आफ्नो पेसा व्यवसायमा रहने र बाँकी २ जना बाबु र आमाबाट कृषि कार्य हुनसक्ने अवस्था देखिँदैन । जे जति कृषि उब्जनी वार्षिक रूपमा निजहरूलाई प्राप्त हुने हो सो सबै परिवारको पालन पोषण, पढाई खर्च, पाहुनापाछा, लुगाफाटो, चाडपर्व, सामाजिक व्यवहारलगायत प्रतिवादी र भाइहरू विवाह खर्च, अन्य भैपरी आउने व्यवहारसमेतलाई धान्ने अवस्था छैन । यस्तो अवस्थामा कृषि उपजबाट भएको बचतलाई अन्यन्त्र चल अचल सम्पत्ति आर्जन गर्न र लगानी गर्न सक्ने अवस्था छैन ।

हुनसक्ने आय र परिचालनको यस्तो परिस्थिति देखिए पनि घर निर्माण गर्नुपर्ने भई निजहरूले कञ्चनपुरमा नयाँ घर निर्माण गरेको र फत्तेपुर साबिक पुरानो घरको सट्टा नयाँ घर निर्माण गर्नु परेको अवस्थासमेतलाई हेर्दा घर निर्माणको लागि आवश्यक पर्ने जग्गा बिक्री गरेको पाइन्छ । ती जग्गा बिक्रीबाट प्राप्त सबै रकमलाई प्रयोग र त्यसमा थप खर्च गरी आधुनिक सिमेन्टेड घर निर्माण गरेको कुरा ती घरको मूल्याङ्कनबाट प्रस्ट हुन्छ । ती जग्गा बिक्री हुँदा बिक्री मूल्य सम्बन्धित मालपोत कार्यालयको रेकर्डभन्दा निज जयप्रकाश प्रसाद गुप्ताबाट पेस हुन आएको रकम निक्कै ठूलो देखिन्छ । यथार्थ मूल्य जे भए पनि उक्त जग्गा बिक्रीबाट अन्यन्त्र लगानी नगरी सोही ठाउँमा आधुनिक सिमेन्ट कंक्रिटको घर निर्माण गरेको कुरालाई अन्यथा मान्न मिल्ने अवस्था नहुँदा उक्त दुवै घरको क्रमशः रू.८,४६,२०।१७ र रू.१७,८२,४३१।९३ गरी जम्मा रू.२६,२९,०५२।१० को स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ । 

(५) जयप्रकाश प्रसाद गुप्ताले २०५३ सालदेखि २०५७ सालसम्म पैतृक सम्पत्तिको बिक्रीबाट निजको बयानबमोजिम रू.११,०३,०६२।५० रकम प्राप्त भएको कुरा उल्लेख गरेको देखिन्छ । उक्त रकम अंशियारहरूमा चार भाग लगाउँदा हुने रू.२,७५,७६५।६२ निजले पाएको हुनसक्ने भएकोले सो रकम पैतृक सम्पत्तिको बिक्रीबाट आम्दानी भएको र सोही रकम सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि. मा स्वलागत पुँजीको रूपमा लगानी गरेको हुनसक्ने देखिएकोले रू.२,७५,७६५।६२ लाई स्रोत खुलेको रूपमा गणना गरिएको छ ।

 

स्रोत नखुलेको सम्पत्ति :–

क्र.सं नाम सम्पत्तिको विवरण रकम रू. तालिका नं.र क्र.सं

१. जयप्रकाश प्रसाद गुप्ता का.जि.का.म.न.पा.९ कि.नं.२२५, ४६३र ३७९ क्षे.फ. क्रमशः ०–४–३,०–१–१–२ र ०–१–२–० जग्गा र सो जग्गामा निर्मित आधुनिक घर ४५,२७,१६१।– आरोप पत्रको तालिका नं.५ क्र.सं. १, २, ३

२. सरस्वती पुरी (गुप्ता) श्रीमती जिल्ला सप्तरी धरमपुर गा.वि.स.८(ग) कि.नं.४९, ३५, ५३, ५२ र ५० को जग्गा क्षे.फ.२–१–३ विगाहा १०,२३,०००।– आरोप पत्रको तालिका नं.५ क्र.सं.५

३. सरस्वती पुरी (गुप्ता) श्रीमती जिल्ला भक्तपुर दुवाकोट गा.वि.स.वडा नं.१(घ) कि.नं.१२०९ क्षे.फ.०–४–०–० रोपनी ८७,५००।– आरोप पत्रको तालिका नं.५ क्र.स..६

४. जयप्रकाश प्रसाद गुप्ता मिति २०५८।१।३ मा.बा.३च.७७३९ को ल्याण्ड रोभर जीप १८,००,०००।– आरोप पत्रको तालिका नं.६

५. जयप्रकाश प्रसाद गुप्ता मिति २०५३ चैत्रमा सांसद्‌ सुविधाअन्तर्गत लिएको बा.अ.ञ ९६०२ को निशान सन्नि कार ६,६३,०१६।२५ आरोप पत्रको तालिका नं.६

६. जयप्रकाश प्रसाद गुप्ता बैंक अफ काठमाडौंको खाता नं.४६०९ मा स्रोत खुल्न नसकेको रकम जम्मा गरी बाँकी रहेको मौज्दात ४,५८,०५५।– आरोप पत्रको तालिका नं.७ क्र.सं१

७. जयप्रकाश प्रसाद गुप्ता बैंक अफ काठमाडौंको खाता नं.४६०९ मा स्रोत खुल्न नसकेको रू.१५ लाख रकम मिति २०५६।६।२६ मा निजका भाइ विनयकुमार गुप्ताले दाजु जयप्रकाश प्रसाद गुप्ताले दिएको रकम राखेको भनी जम्मा गरेको रकममध्ये छिपाउने दुराशय राखी विभिन्न व्यक्तिहरूका नाममा चेकमार्फत भुक्तानी भएको रकम १०,४४,४४५।– आरोप पत्रको तालिका नं.७ क्र.सं.६

८. सरस्वती पुरी (गुप्ता) नेपाल बंगलादेश बैंक लि.खाता नं.००८८२१ एस मा स्रोत खुल्न नसकेको रकम जम्मा गरी बाँकी रहेको मौज्दात ३६,७०३।५८ आरोप पत्रको तालिका नं.७ क्र.सं.३

९. सरस्वती पुरी (गुप्ता) तत्कालीन समयमा मन्त्रिपरिषद्को सदस्य रहेका निज गुप्ताले आर्थिक ऐन, २०५८ को व्यवस्थाअनुसार आयको स्वेच्छिक घोषणा लागू हुने भएपछि गैरकानूनी रूपले आर्जन गरी श्रीमतीको नाममा नेपाल बंगलादेश बैंकमा पटकपटक गरी जम्मा गरेको रकम २०५८।६।१२ मा लुकाउने दुराशयले झिकेको रकम ३५,९०,०००।– आरोप पत्रको तालिका नं.७ क्र.सं.५

१०. जयप्रकाश प्रसाद गुप्ता तत्कालीन समयमा मन्त्रिपरिषद्को सदस्य रहेका निज गुप्ताले सम्पत्ति न्यायिक छानबिन आयोग गठन गर्न मन्त्रिपरिषद् निर्णय भई उक्त आयोग गठन हुनासाथ गैरकानूनी रूपले आर्जन गरेको सम्पत्ति लुकाउने छिपाउने उद्देश्यले कृषि विकास बैंक, रत्नपार्क शाखास्थित खाता नं.२५२४९० मा रहेको रू.९,२२,३०६।– रकम मिति २०५९।१।२३ मा खाता बन्द गरी झिकेको रकम ९,२२,३०६।९७ आरोप पत्रको तालिका नं.८

११.जयप्रकाश प्रसाद गुप्तासप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.मा लगानी गरेको सेयर पुँजी६६,५५,८५८।३८

जम्मा रू.२,०८,०८,०४६।३८

 

 

स्रोत नखुलेको सम्पत्तिसम्बन्धी विश्लेषण :–

(१) क्र.सं १ मा उल्लिखित का.जि.का.म.न.पा. ९ कि.नं.२२५,४६३ र ३७९ का जग्गाहरू २०५२ र २०५९ सालमा खरिद गरेको देखिएको छ । आधुनिक घर २०५३ सालमा निर्माण भएको छ । स्रोतको सम्बन्धमा घर जग्गाधनी जयप्रकाश प्रसाद गुप्ताले आफ्नो स्वआर्जन, पारिश्रमिकको बचत, पैतृक सम्पत्तिको आय आदिबाट जग्गा खरिद गरेको र सोमा निर्माण गर्दा पैतृक आय, ऋण सापटी र विदेश भ्रमणको आयबाट बनेको भनी बयान कथनमा उल्लेख गरेको पाइन्छ ।

तर निजले सार्वजनिक पदधारण गर्नुपूर्व निजको एक मात्र बैंक खाता रहेको कृषि विकास बैंक, रत्नपार्क शाखामा रू.२२ हजार मात्र जम्मा गरेको देखिएकोबाट निजको पैतृक सम्पत्तिबाट हुने आयको बचत नगण्य हुने भई सामान्य जीविकोपार्जनका लागि मात्र पुग्ने देखिएकोले पैतृक सम्पत्तिको आयको बचतबाट समेत जग्गा खरिद गरी घर निर्माण गरेको भन्ने जिकिरमा कुनै सत्यता पाइन्न ।

पैतृक सम्पत्तिको आय आर्जनको लामो समयावधिभित्र कुनै प्रकारको सम्पत्ति खरिद गरेको नदेखिनु तर, सार्वजनिक पदधारण गरेपश्चात् सम्पत्ति आर्जन गरेको देखिएको छ । श्रीमतीको नाममा जग्गा खरिद गर्ने कार्य आफ्नो नाममा दर्ता भएको जग्गामा आधुनिक घर निर्माण कार्य एकलौटी भएका छन् । जग्गा खरिद गर्न र घर निर्माण गर्न रकम उपलब्ध गराउन सक्ने पैतृक सम्पत्तिको आम्दानी पनि देखिँदैन । निजका एकाघरको कान्छा भाइ विनयकुमार गुप्ताको बयान कथनअनुसार ललितपुर जिल्ला सुनाकोठी गाउँ विकास समिति ढोलाहिटी स्थित निजको घर जग्गाको स्रोतमा जग्गा ससुरालीतर्फबाट पाएको भनी जिकिर गरेको र घर फाइनान्स कम्पनीको ऋणबाट निर्माण गरेको भनी पैतृक सम्पत्तिको कुनै पनि आय स्रोत त्यसमा लागेको कुरा उल्लेख नगरेबाट पनि पैतृक सम्पत्तिको आय बचत रहन नसक्ने स्पष्ट छ ।

एकै सगोल परिवारका छोराहरूमध्ये मन्त्री पदसमेतको जिम्मेवारी पाएका जयप्रकाश प्रसाद गुप्तालाई मात्र जग्गा खरिद गर्न र घर निर्माण गर्न पैतृक सम्पत्ति उपलब्ध हुने र निजको तुलनामा अरू भाइहरूलाई त्यस्तो सम्पत्ति प्राप्त नहुने भन्ने कुरामा विश्वास गर्न सकिँदैन । जयप्रकाश प्रसाद गुप्ताको पारिश्रमिक र अन्य वैध स्व–आर्जनबाट नगद सम्पत्ति बचत भई सो सम्पत्ति आर्जन हुनसक्ने देखिँदैन । अतः यस्तो वैधानिक स्रोत खुल्न नसकेको रू.४५,२७,१६१।- लाई माग दाबी लिइएको छ ।

(२) क्र.सं २ र ३ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा रहेको क्रमशः जि.सप्तरी धरमपुर गाउँ विकास समिति वडा नं. ८ र जिल्ला भक्तपुर दुवाकोट गाउँ विकास समिति वडा नं. १ (घ) कि.नं. १२०९ को एउटै मितिमा जग्गा खरिद गर्दाको स्रोत पनि स्वआर्जन, पैतृक सम्पत्ति आदिलाई देखाएको र सोको स्रोतका सम्बन्धमा आफ्ना पति जयप्रकाश प्रसाद गुप्तालाई नै जानकारी रहेको आफूलाई थाहा नभएको भनी निज पुरीको बयान कथन रहेको छ । प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको बयान कथन भने सो जग्गा खरिदको स्रोत पनि आफ्नो स्वआर्जन नै हो भन्ने छ । त्यस्तो स्वआर्जको स्रोत के हो देखाउन सकेको छैन । जग्गाधनी भनिएकी सरस्वती पुरी (गुप्ता) ले आफ्नो नाममा खरिद गरेको उक्त सम्पत्तिको स्रोतको विषयमा अनभिज्ञता प्रकट गर्नु तथा निजका श्रीमान् जयप्रकाश प्रसाद गुप्ताको पैतृक सम्पत्तिको आय र निजको स्वआर्जनको नगद प्रवाहबाट मौद्रिक बचत भई थप सम्पत्ति खरिद गर्न सक्ने स्थिति पनि देखिँदैन । वैधानिक स्रोत नखुलेको रू.११,१०,०५००।– मूल्य बराबरको जग्गालाई स्रोत नखुलेको सम्पत्ति भएकोले दाबीमा लिएको छ ।

(३) क्र.सं. ४ र ५ मा उल्लिखित प्रतिवादीको नामका मोटर गाडीहरूका सम्बन्धमा स्वआर्जन, पारिश्रमिक, पैतृक सम्पत्ति आदिबाट खरिद गरेको भन्ने बयान कथन छ । निजकै बयानअनुसार पनि ती दुवै मोटर गाडीको मूल्य क्रमशः १८ लाख र १५ लाख रहेको पाइन्छ । तीमध्ये मिति २०५८।१।२२ मा बा.३ च. ७७३९ नं. को ल्याण्ड रोभर जीप खरिद गर्दा आफूसँग सोअघि सांसद्‌ सुविधाअन्तर्गत खरिद गरेको बा.अ.ञ.९६०२ नं. को कार रू.१५ लाखमा बिक्री गरी प्राप्त रकममा आफूसँग रहेको रकम थप गरी सो जीप खरिद गरेको भनी बयान गरेको भए पनि निजले बिक्री गरेको भनेको उक्त कार निजले आफ्नै नाममा राखी राखेको स्वीकारेबाट सो कार बिक्री गरेको मान्ने अवस्था छैन । त्यसैगरी राज्यले सांसद्‌हरू कर्तव्यप्रति सचेत र उत्तरदायीसमेत हुन सकुन् भन्ने उद्देश्यले नब्बे प्रतिशत भन्सार छुट गरिदिएको मान्न सकिन्छ । यसरी भन्सार सुविधाबाट खरिद गरेको गाडी आफ्नो मर्यादित पदमाथि प्रतिकूल असर पर्ने गरी भाडामा लगाई आय आर्जनसमेत गरेको भनी निजले बयानमा जिकिर लिई प्रमाणसमेत पेस गर्ने प्रयास भएको छ । यस्ता काल्पनिक भनाइबाट आफूले गरेका गैरकानूनी कार्य ढाकछोप गरी नभएको स्रोतलाई वैधानिक स्रोत हो भन्ने देखाउने प्रयास गरिएको स्पष्ट नै छ । यस्तो भाडामा लगाएको भनिएको गाडी खरिद गर्दाको रकमको नै स्रोत खुल्न सकेको छैन ।

सांसद्‌ सुविधाअन्तर्गत रू.६,६३,०१५।२५ मा खरिद गरेको बा.अ.ञ.९६०२ नं. सन्नी कारको स्रोतको सम्बन्धमा स्वआर्जन, पारिश्रमिक र पैतृक सम्पत्ति भनी प्रतिवादीले बयानमा उल्लेख गरेको 

छ । सो समयसम्मको पारिश्रमिक वा स्वआर्जन भने पनि निजले २०४८ साल असारदेखि २०५० भाद्रसम्म प्रधानमन्त्रीको प्रेस सल्लाहकारका हैसियतमा रू.१,७५,०६८।८० आर्जन गरेको 

देखिन्छ । त्यसैगरी २०५१।२०५२ देखि २०५८।२०५९ सम्मको पूरै अवधिमा सांसद्‌को नाताले प्राप्त गरेको कूल रू.१३,०३,२७५।–र कोशीटप्पु जग्गा समस्या समाधान आयोगको अध्यक्षको हैसियतले काम गरेको १ वर्ष ७ महिनाको जम्मा आय रू.१,०२,७१०।– समेत गरी जम्मा रू.१४,०५,९८५।– प्राप्त गरेको देखिन्छ । आ.व२०५१।५२ देखि आ.व.२०५८।५९ गरी जम्मा रू.१४,०५,९८५।–लाई ९ वर्षले भाग लगाउँदा प्रति वर्ष रू.१,५६,२२०।५६ हुन आउँछ । उक्त गाडी खरिद गरेको आ.व.२०५३।५४ (२०५३ चैत्र) सम्म प्राप्त हुने रकम रू.४,६८,६६१।६८ र प्रधानमन्त्रीको सल्लाहकार हुँदा प्राप्त गरेको रकम रू.१,७५,०६८।८० गरी जम्मा रू.६,४३०।४८ प्राप्त गरेको देखिन्छ ।

निजले सो रकमबाटै आफ्नो र आफ्ना आश्रित परिवारको पालन पोषणमा खर्च गरेको, निर्वाचन प्रक्रियाद्वारा सार्वजनिक पदधारण गर्ने सिलसिलामा कानूनबमोजिम वैधानिक रूपमा आर्जन गरी बचत गरेको नगद सम्पत्तिको ठूलो हिस्सा चुनावको समयमा खर्च भई जाने र सो समयमा निजको उल्लिखित आयस्रोतबाहेक अर्को कुनै आय आर्जन हुने वैधानिक स्रोत रहेको पुष्टि भएको छैन । सांसद्‌ सुविधाबाट प्राप्त भएको पूरै रकम रू.६,६३,०१६।२५ खर्च गरी कार किन्न सक्ने आर्थिक हैसियत पनि देखिन्न । निजले आफ्नो आयको सम्पूर्ण रकम खर्च गरेको भनी मान्न सकिने अवस्था छैन ।

त्यसैगरी मिति २०५८।१।२२ मा रू.१८ लाख खर्च गरी बा.३च.७७३९ नं. को बेलायतमा निर्मित ल्याण्डरोभर जीप र मिति २०५३।११।६ मा रू.६,६३,०१६।२५ खर्च गरी बा.अ.ञ ९६०२ नं. को कारसमेत गरी दुवै गाडी खरिद गर्दाको वैधानिक स्रोत खुल्न नसकेकोले जम्मा रू.२४,६३,०१६।२५ को स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दाबीमा लिइएको छ ।

(४) क्र.सं ६ मा उल्लिखित प्रतिवादीका नाममा रहेको बैंक अफ काठमाडौंको खाता नं.०१००००००४६०९ मा मिति २०५३।१२।३० देखि २०५६।६।२६ सम्म रू.१७,२८,०००।– जम्मा गरेको रकममध्ये मिति २०५६।६।२६ मा एकै दिन एउटै बैंक भौचरबाट वैधानिक स्रोत नखुलेको रू.१५ लाख बैंकमा जम्मा गरेको देखिन्छ । उपर्युक्त जम्मा गरेको रकममध्ये हाल झिक्न बाँकी बैंक मौज्दात रू.४,५८,०५५।– को वैधानिक स्रोत खुल्न नसकेकोले दाबीमा समावेश गरिएको छ ।

त्यसै गरी क्र.सं ७ मा उल्लिखित जयप्रकाश प्रसाद गुप्ताका नाममा उक्त बैंक खातामा २०५६।६।२६मा रू.१५,००,०००।– निजका भाइ विनयकुमार गुप्ताले जम्मा गरेको छ । सो सम्बन्धमा विनयकुमार गुप्ताको दाजु जयप्रकाश प्रसाद गुप्ताले राख्न दिएको नगदै रूपैयाँ जम्मा गरेको हो, स्रोतको विषयमा थाहा छैन भन्ने विनयकुमार गुप्ताको बयान कथन रहेको छ । यसमा प्रतिवादीले वैधानिक स्रोत खुलाउन सकेको देखिँदैन । स्रोत खुल्न नसकेको उक्त रकम झिकी केमा खर्च भएको हो ? सो पनि खुलाउन सकेको छैन उक्त नगद सम्पत्ति बैंकबाट झिकेपश्चात् सो कार्य मात्र गरेको देखिन्छ । अतः उक्त खातामा गैरकानूनी रूपमा आर्जन गरेको नगद सम्पत्ति एकै दिन एकमुष्ट जम्मा गरेको रू.१५ लाख नगद सम्पत्तिमध्ये लुकाउने छिपाउने दुराशय राखी विभिन्न व्यक्तिहरूको नाममा चेक काटी झिकेको रू.१०,४४,४४५।– (१५ लाखमध्ये ४,५८,०५५।– हालसम्म मौज्दात रहेकोले मौज्दात रकममा नै दाबी लिई बाँकी रहेको) को स्रोत नखुलेकोले सम्पत्तिको रूपमा दाबीमा लिइएको छ ।

सोही खातामा मिति २०५३।१२।३० मा खाता खोल्दाको बचत जम्मा गरेको रू.७८,०००।– र मिति २०५४।१२।३ मा जम्मा गरेको रू.१,५०,०००।– समेत कूल रू.२,२८,०००।– स्वाभाविक पारिश्रमिक वा प्रतिवादीले भनेका अन्य आम्दानीबाट बचत भएको रकम नै हुनसक्ने भएकोले खर्च रकमलाई दाबीमा लिइएको छैन ।

क्र.सं. ८ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नेपाल बंगलादेश बैंक खाता नं.००८८२१ बैंक खाताहरूमा मिति २०५६।६।६ देखि २०५८।६।१२ नगद सम्पत्ति उक्त बैंकमा रू.३६,००,०००।– जम्मा गरेको रकमको स्रोतका सम्बन्धमा प्रतिवादी गुप्ताले घरायसी सरसापट, व्यवसायबाट आउने रकम, पैतृक सम्पत्तिसमेतबाट आएको भन्ने बयान कथन रहेको छ । तर रू.३६ लाख ठूलो परिमाणको नगद सम्पत्ति भएकोले कोबाट सापट लिएको, कुन कुन व्यवसाय गरी आर्जन गरेको, सो खुलाउन नसकेको हुँदा वैधानिक स्रोत खुल्न नआएको उक्त रकम रू.३६ लाखको स्रोत खुल्न सकेको पाइँदैन । उपर्युक्त जम्मा गरेको रकममध्ये बैंक मौज्दात बाँकी रू.३६,७०३।५८ रकम स्रोत खुल्न सकेको छैन । अतः यो झिक्न बाँकी मौज्दात रकमलाई स्रोत नखुलेको सम्पत्ति भएकोले दाबीमा लिइएको छ । झिकी सकिएको रकमका हकमा छुट्टै दाबी लिइएको छ ।

क्र.सं. ९ मा उल्लिखित श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा रहेको उक्त बैंक खातामा वैधानिक स्रोत नखुलेको रू.३६ लाख नगद सम्पत्तिमध्ये २०५८।६।१२ मा एकै पटक निकालेको रू.३५,९०,०००।– रकम आयको स्वेच्छिक घोषणा कार्यक्रम लागू हुने समयमा लुकाउने, छिपाउने उद्देश्य राखी झिकिएको देखिन्छ । उक्त रकम झिकेपछि निजले कुनै प्रकारको चल अचल सम्पत्ति संग्रह गरेको 

देखिँदैन । खातावाला भनिएकी सरस्वती पुरी (गुप्ता) को नाममा रहेको उक्त बैंक खातामा वैधानिक स्रोत नखुलेको रू.३६ लाख नगद सम्पत्तिमध्ये २०५८।६।१२ मा एकै पटक निकालिएको रू.३५,९०,०००।– रकम आयको स्वेच्छिक घोषणा कार्यक्रम लागू हुने समयमा लुकाउने, छिपाउने उद्देश्य राखी झिकिएको देखिन्छ । उक्त रकम झिकेपछि निजले कुनै प्रकारको चल अचल सम्पत्ति संग्रह गरेको देखिँदैन । खातावाला भनिएकी सरस्वती पुरी (गुप्ता) र निजका श्रीमान् जयप्रकाश प्रसाद गुप्ताले समेत सोको स्रोत र सो रकम केमा प्रयोग गरियो भनी खुलाउन सकेको छैन । स्पष्ट रूपमा लुकाउन झिकिएको सो रकमलाई स्रोत नखुलेको सम्पत्तिको रूपमा दाबी लिइएको छ ।

क्र.सं. १० मा उल्लिखित प्रतिवादी गुप्ताको नाममा रहेको कृषि विकास बैंक, रत्नपार्क स्थित खाता नं. २५२४९० मा निज सार्वजनिक जवाफदेहीको पदमा नियुक्त हुनुपूर्व खुलेको भए तापनि निजले सार्वजनिक जवाफदेहीको पद सम्हालेपछि गैरकानूनी तबरबाट आर्जन गरेको नगद सम्पत्ति रू.३८,६१,८००।– रकम पटकपटक जम्मा गरेको देखिन्छ । तत्कालीन मन्त्रिपरिषद्को सदस्यको हैसियतले सम्पत्ति न्यायिक छानबिन आयोग गठन गर्न संलग्न रहेका प्रतिवादीले आयोग गठन मिति २०५८।११।२४ मा भएपछि बैंक खातामा मौज्दात रहेको रू.९,२२,३०६।९७ रकम झिकी एकाएक उक्त बैंक खाता मिति २०५९।१।२३ मा बन्द गरी आफ्नो कसुर लुकाउने प्रयत्‍न गरी सार्वजनिक पदको समेत अवमूल्यन गरेको देखिन्छ । निजले उक्त रकम लुकाउने दुराशय राखी बेपत्ता पारेको सो रकमलाई स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दाबीमा लिइएको छ ।

त्यसैगरी उक्त बैंक खातामा सार्वजनिक पदधारण गरेपश्चात् पटकपटक गरी जम्मा गरेको ३८,६१,८००।– रकममध्ये २९ लाख ३९ हजारभन्दा बढी रकम विभिन्न मितिमा झिकेको देखिएको र सो समयमा प्रतिवादीले काठमाडौंमा जग्गा खरिद गरी घर निर्माण गरेको देखिएको हुँदा उक्त झिकेको रकमसमेत घर जग्गामा प्रयोग गरेको हुनसक्ने भएकोले सोही नगद सम्पत्ति स्थिर सम्पत्तिमा परिणत गरेको घर जग्गा नै दाबीमा लिइएको हुँदा उक्त रू.२९ लाख ३९ हजार रकमलाई यहाँ उल्लेख मात्र गरिएको छ ।

जयप्रकाश प्रसाद गुप्ताले आफ्नो र आफ्नी श्रीमतीको बैंक खाताहरूमा निजले सार्वजनिक पदधारण गरेपश्चात् करिब ९२ लाख रकम जम्मा गरेको विषयमा विभिन्न समयमा व्यापार व्यवसाय गरी आर्जन गरेको भनी बयान कथनमा उल्लेख गरेको पाइन्छ । तर, निजले सार्वजनिक पदधारण गरेपछि कुनै व्यापार व्यवसाय गरेको प्रमाण पेस गर्न नसकेको र आर्जन गरेको सम्पत्तिमध्ये रू.९२ लाख बचत गरी बैंकमा जम्मा गरेको रकमको कर तिरेकोसमेत नदेखिएको हुँदा २०४८ सालभन्दा पछि एकदशकको अवधिमा गैरकानूनी कार्य गरी कसुर ढाकछोप गर्ने दुराशय राखी झुठा बयान दिएको देखिन्छ । प्रतिवादीले वैधानिक व्यापार व्यवसायमा संलग्न रही सार्वजनिक पदधारण गरेको एकदशकको अवधिभित्र सम्पत्ति संग्रह गरेको भए संग्रह भएको रू.९२ लाख (रू.६ लाख रकमबाहेक) रकमको चेक ड्राफ्टबाट रकम जम्मा हुनुपर्ने, सो गरिएको छैन । ठूला परिमाणको अचानक स्रोत नखुलेको नगद सम्पत्ति निज र निजकी श्रीमतीको बैंक खातामा जम्मा भएबाट वैधानिक आय नभएको थप पुष्टि मिल्दछ ।

क्र.सं.११ मा उल्लिखित सप्तकोशी कोल्ड स्टोरेज कम्पनी प्रा.लि. नम्बर १३३००/०५७।५८ बाट मिति २०५७।३।२८ मा दर्ता भएको 

देखिन्छ । उक्त कम्पनीको अधिकृत पुँजी २ करोड र जारी पुँजी २ करोड रहेको देखिन्छ । कम्पनीको संस्थापक सेयरधनीमा जयप्रकाश प्रसाद गुप्ता र उज्वलप्रसाद शर्मा सापकोटा रहेका देखिन्छन् । कम्पनीको सेयर संरचनामा प्रतिसेयर रू.१००।– का दरले ३,००,०००।– थान साधारण सेयरमध्ये जयप्रकाश प्रसाद गुप्ताले लिन कबुल गरेको सेयर संख्या १,८०,००० थान र अर्का सेयरधनी उज्वलप्रसाद शर्मा सापकोटाको ४००० थान सेयर रहेको छ । यसरी कबुल गरिएका सेयरहरूमध्ये जयप्रकाश प्रसाद गुप्ताको ९७.७८ प्रतिशत र उज्वलप्रसाद शर्मा सापकोटाको २.२२ प्रतिशत रहेको देखिन्छ ।

कम्पनीलाई कृषि विकास बैंकको सञ्चालक समितिको मिति २०५७।७।२८ को बैठकले ऋण / स्वलागत अनुपात ७१:२९ हुने गरी स्थिर पुँजीतर्फ रू.१,९५,००,०००।– र चालु पुँजीतर्फ १९,४२०००।– गरी जम्मा रू.२,१४,४२,०००।– कर्जा स्वीकृत भएको देखिन्छ । कृषि विकास बैंकबाट प्राप्त प्रमाण कागजातको आधारमा जयप्रकाश प्रसाद गुप्ताको स्वलागत पुँजी गणना गर्दा रू.६९,३१,६२४।२० लगानी गरेको देखिन्छ ।

सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.ले कृषि विकास बैंकबाट बैंक कर्जा लिँदा ऋणी भनिएको उक्त कम्पनीको तर्फबाट संस्थापक सेयरधनी जयप्रकाश प्रसाद गुप्ताले पेस गरेको परियोजनाको वित्तीय विश्लेषणको आधारमा बैंकले निर्धारण गरेको ऋण / स्वलागत पुँजी अनुपात ७१:२९ ले स्वलागत पुँजी रू.८१,९२,०००।– मध्ये आफ्नो पैतृक जग्गाबापत रू.११,०३,०००।– उल्लेख भएको हुँदा सो स्वलागत पुँजीमा घटाई आउने रू.७०,८९,०००।– मध्ये बाँडफाँड गरिएको सेयरबमोजिम ९७.७८ प्रतिशत सेयर हिस्सा जयप्रकाश प्रसाद गुप्ताको रहेबाट निजको स्वलागत पुँजी रू.६९,३१,६२४।२० रहेको देखिन्छ ।

स्वलागत पुँजीको स्रोतको विषयमा २०५३ सालदेखि २०५७ सालसम्म बिक्री भएको पैतृक सम्पत्तिको आय रू.११,०३,०६२।५० का हिस्सेदारहरूमा चार भाग लगाउँदा हुने रू.२,७५,७६५।६२ प्रतिवादीले पाएको हुनसक्ने देखिएको छ । उक्त कुरा प्रतिवादीका भाइहरूको नाममा खरिद गरिएको जग्गाको स्रोतमा पैतृक सम्पत्तिको बिक्रीबाट भएको आम्दानीबाट समेत खरिद गरेको भनी बयानमा उल्लेख गरेबाट सो कुरा पुष्टि हुन आउँछ । उक्त रकम कम्पनी स्थापना गर्दा स्वलागत पुँजीमा लगाएको हुनसक्ने भएकोले स्वलागत पुँजी रू.६९,३१,६२४।२० मा जग्गा बिक्री गरी प्राप्त भएको रू.२,७५,७६५।६२ घटाउँदा हुन आउने रू.६६,५५,८५८।५८ को स्रोत नखुलेकोले दाबीमा लिइएको छ ।

सप्तकोशी कोल्ड स्टोरेज कम्पनीलाई कृषि विकास बैंक, कञ्चनपुर शाखाबाट मिति २०५८।६।११ सम्ममा २,०१,३८५।– कर्जा प्रवाह भएको देखिन्छ । प्रतिवादीका भाइ दीपककुमार गुप्ताको बयान कथनमा उक्त कम्पनी २०५८ साउनदेखि परीक्षणको रूपमा सञ्चालन भएको र २०५८ चैत्रदेखि व्यावसायिक रूपमा सञ्चालन गरेको भन्ने भनाई रहेको छ । यस कम्पनीले कर्जा लिएपश्चात् कुनै पनि रकम साँवा किस्ता भुक्तानी नगरेको र २०५९ साल पौष मसान्तसम्ममा रू.१२,०४,९९३।– ब्याज भुक्तानी गर्न बाँकी देखिएको हुँदा निजले उक्त कम्पनीबाट आय आर्जन गरी सम्पत्ति बढे बढाएको देखिँदैन ।

 

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको कसुरको झलकहरू :–

(१) निजले सार्वजनिक पदधारण गर्नुपूर्वको २ वर्षको अवधिभित्रमा कृषि विकास बैंक रत्नपार्क शाखामा रू.२२ हजार मात्र जम्मा गरेको, तर २०४८।३।३ देखि २०५१।३।३० सम्म रू.४,०४५००।– नगद जम्मा गरेको ।

(२) २०५४।८।१८ देखि २०५९।६।१८ सम्म अर्थात्‌ ३ वर्ष ९ महिना ८ दिनको अवधिमा सूचना तथा सञ्चार राज्यमन्त्री, मन्त्री कृषि तथा सहकारी मन्त्री रहेको समयमा करिब ८५ लाख ५५ हजारभन्दा बढी मूल्य बराबरको अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनी ढंगले आर्जन गरेको । 

(३) २०५१।८।१ देखि २०५४।८।१७ सम्म अर्थात्‌ ३ वर्ष १६ दिनको अवधिमा जननिर्वाचित प्रतिनिधि सभाको सदस्य हुँदा करिब रू.५३ लाख मूल्य बराबरको घर जग्गा र गाडी खरिद गरेको ।

(४) मिति २०५१।८।१ देखि २०५९।६।१८ सम्म अर्थात्‌ ७ वर्ष १० महिना १७ दिनको अवधिमा सार्वजनिक पदधारण गरेका बखत आफू र आफ्नी श्रीमतीका नाममा रहेका बैंक खाताहरूमा रू.८७,८५,३००।– नगद सम्पत्ति जम्मा गरेको ।

प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई देश र जनताप्रति निभाउनु पर्ने पदीय उत्तरदायित्व जति जति बढ्दै गएको छ, त्यति नै सम्पत्ति आर्जन गर्ने कार्यमा पनि तीव्रता देखिन्छ । 

 

पेस गरेको अमिल्दो सम्पत्ति विवरणः 

प्रतिवादीले आम्दानीका स्रोत भनी आयोगसमक्ष पेस गरेको विवरण हेर्दा देहायबमोजिम देखिएको छ ।

(१) प्रधानमन्त्री सल्लाहकार, प्रतिनिधि सभा सदस्य, परराष्ट्र तथा मानव अधिकार समितिको सभापति र विभिन्न समयमा मन्त्री पदमा बहाल रहँदा तलबभत्ता र विदेश भ्रमणका लागि तोकिएको खर्च र हवाई टिकटको रकमसमेत जम्मा रू.३८,८६,३१२।४१ निजले बुझी लिएको भनी सम्बन्धित कार्यालयहरूबाट लेखी आएको र कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्षको हैसियतले प्राप्त गरेको पारिश्रमिक भत्तालगायतका निजले उल्लेख गरेबमोजिमका रकम रू.१,८२,७००।– समेत जम्मा रू.४०,६९,०१२।४१

देखिन्छ । उक्त रकमहरू मध्ये विदेश भ्रमणका रकममा हवाई टिकटसमेतको रकम उल्लेख हुनुबाट सोबापत प्राप्त रकम त्यसै प्रयोजनमा खर्च भएको भन्ने स्पष्ट छ । सोबाहेकका रकम घर व्यवहार, जनसम्पर्क निर्वाचनमा उम्मेदवार हुँदा भएको खर्च, चाडपर्व, स्वदेशदेखि विदेश (बैंकक) मा भएका उपचार खर्चसमेतलाई दृष्टिगत गर्दा ती सबै खर्च भई बचत हुनसक्ने नदेखिँदा सोलाई खर्च भई गएको सम्पत्तिको रूपमा लिइएको छ । 

त्यसैगरी राजनीतिक क्षेत्रका व्यक्तिहरूले सार्वजनिक पदधारण गर्न सामान्यतः निर्वाचन प्रक्रियाबाट चुनिनु पर्दा उम्मेदवारीको प्रचार प्रसार, कार्यकर्ता तथा जन परिचालन, सञ्चार तथा यातायात इत्यादिमा खर्च भई सार्वजनिक पदधारण गरेको अघिल्लो कार्यकालबाट प्राप्त गरेको आम्दानीबाट हुने बचतले त्यसरी निर्वाचन प्रक्रियामा खर्च भई जाने अवस्था हुँदा निजहरूले प्राप्त गर्ने तलब, भत्ता सुविधामा अत्यन्त न्यून रकम मात्र बचत हुनसक्ने देखिन्छ ।

(२) जग्गा भाडाबापत आएको भनिएको रू.६३,५००।– प्राप्त गर्दाको समयमा निजको एकाघर सगोलको सप्तरी जिल्लाको कञ्चनपुर र फत्तेपुरमा जम्मा रू.३५,२९,०५२।१० मूल्य बराबरको घर निर्माण भइरहेको र सो रकम सोही प्रयोजनार्थ खर्च भएको हुनसक्ने देखिएको छ ।

(३) गाडी भाडाबापत रू.७,६८,००।– पाएको भनी निजले उल्लेख गरेको सम्बन्धमा भाडामा दिएको भनिएको गाडी सांसद्‌ सुविधाअन्तर्गत खरिद भएको र सो गाडी खरिद गरेपश्चात् निज लगातार सांसद्‌ मन्त्रीपदमा पदासिन रहेको देखिएको छ । राज्यले तत्कालीन मन्त्री र सांसद्‌लाई मुलुकको आवश्यकताअनुसार उत्तरदायी बन्न सकुन भनी राजश्वमा ठूलो हिस्सा छुट दिई गाडी सुविधा पाउने पदाधिकारीका हैसियतले सुविधाको गाडी खरिद गरिसकेपछि सांसद्‌ र मन्त्रीजस्तो मर्यादित पदको छविमा प्रतिकूल असर पर्नेगरी सांसद्‌ले पाउने सुविधामा खरिद गरेको गाडीलाई नै भाडामा लगाई भाडाबापत रकम संकलन गरेको वैधानिक स्रोत भनी मान्न मिल्ने अवस्था देखिन्न । यसको साथै गाडी खरिद गर्दाको सम्पत्तिको नै स्रोत खुल्न नआएको अवैध आयबाट खरिद भएको हुँदा सो गाडीलाई स्रोत नखुलेको आयको रूपमा दाबी लिइएको छ ।

(४) पैतृक सम्पत्तिको रूपमा रहेको घर भाडाबापत प्राप्त गरेको भनिएको कूल  रू.७,०१,१००।– निजको पैतृक सम्पत्तिको (जग्गा बिक्री गरेको रकम) बाट निर्मित घरहरू र ती घरमध्ये एउटामा निजका बाबु आमाको बसोबास रहेको र अर्कोमा निजको माहिलो भाइ दीपककुमार गुप्ता आफ्ना पत्नी, छोराछोरीसहितको परिवार लिएर बाबु आमाबाट अलग्गै बसेको निजहरूको बयानबाटै देखिनाले भाडामा लगाएको कुरा एकातिर पत्यारलायक देखिएन भने अर्कोतर्फ उक्त घरहरूमध्ये भाडामा लगाएको भए पनि सो भाडाबापत प्राप्त हुने सीमित मासिक आय निजका बाबु आमाको भरणपोषणमा खर्च भई जाने अवस्था देखिँदा उक्त आयबाट मौद्रिक बचत हुने अवस्था देखिँदैन ।

(५) निसान गाडी बिक्रीबाट रू.१५,००,०००।– आएको भनी निजले खुलाएको स्रोतका सम्बन्धमा सो गाडी निजले सांसद्‌को हैसियतले भन्सार सुविधामा प्राप्त गरेको देखिएकोले ५ वर्षसम्म बिक्री गर्न नै नपाउने, सोपछि बिक्री गरेको गाडीको नामसारी हुनुपर्नेमा सो भएको छैन । सांसद्‌ सुविधाबापत खरिद गरिएको निजको सो गाडी खरिद गर्दा लगानी गरेको सम्पत्तिकै स्रोत खुल्न नसकेको स्रोत खुलेको वैधानिक आयको बचतको सम्पत्तिले मात्र गाडी खरिद गर्न सक्ने देखिँदैन । तसर्थ सांसद्‌ सुविधाबापत खरिद गरेको गाडीको स्रोत खुल्ने आधार नरहेबाट उक्त गाडी जफतको दाबी लिई सकिएको अवस्थामा आफ्नै नाम र स्वामित्वमा रहेको सम्पत्ति बिक्री भएको र सोबाट प्राप्त रकमले अर्को गाडी खरिद गरेको भनेर मान्न सक्ने अवस्था छैन ।

(६) सुन्दरी पोल्ट्री फर्मबाट आ.व.२०४५।४६ देखि आ.व.२०५८।५९ सम्ममा कूल रू.२०,६२,४७६।– प्राप्त गरेको भन्ने सम्बन्धमा सो सुन्दरी पोल्ट्री फर्म जि. सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं. ६ बस्ने हेमराज तातेडको श्रीमती जयश्री तातेडको प्राईभेट फर्मको रूपमा दर्ता भएको देखिन्छ । ८०० कुखुरा पालन गरी मासु उत्पादन गर्ने उद्देश्य राखी दर्ता भएको सो फर्मको प्रोपाइटर जयश्री तातेडको आफ्नै नाममा सप्तरी कञ्चनपुर गा.वि.स वडा नं. ८(ख) को कि.नं.७७, १०१ र १०२ को जग्गा विगाहा १–१०–० र विलेती गोइतका नामको जग्गासमेत धितो राखी कृषि विकास बैंक कञ्चनपुर सप्तरी शाखाबाट मिति २०५२।५।२६ मा रू.१,००,००० ऋण लिएको र सो ऋण प्राप्त गर्नेसमेतका कामको लागि निज जयश्री तातेडले आफ्ना पति हेमराज तातेडका नाममा कर्जा लिने प्रयोजनका लागि धितो सुरक्षण बैंकमा राख्न मन्जुरनामा दिएको देखिन्छ । उक्त ऋण तिर्न नसकी ऋणबापत राखेको जयश्री तातेडका नामको उक्त धितो सुरक्षणमा रहेको जग्गा बैंकले मिति २०५८।६।१५ मा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरेपछि स्वयं बैंकले नै धितो सकार गरेको अवस्थासम्म पनि निज जयप्रकाश प्रसाद गुप्ताको सो फर्ममा कुनै प्रकारको व्यावसायिक संलग्नता रहेको देखिँदैन । जुन फर्मले ऋणबापत लिएको रकमको साँवा बुझाउन नसकी धितो लिलाम भई धितो सुरक्षण नै बैंकको नाममा आइसकेको अवस्थामा त्यस्ता फर्म नाफामा सञ्चालन भएको थियो भनेर विश्वास गर्ने कुनै आधार भेटिँदैन । यसरी लिलाम भइसकेको उक्त फर्ममा निजको कुनै व्यावसायिक संलग्नता नरहेकोले निजले रू.२० लाखभन्दा बढीको आय प्राप्त गरेको भनी उल्लेख गरेको कुरा अत्यन्त भ्रामक र कपोलकल्पित रहेको प्रस्ट हुन्छ ।

(७) आफ्नो वैधानिक आम्दानीको स्रोत देखाउने प्रसङ्गमा प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले २०४८ सालदेखि २०५९ सालसम्मको आँप बगैंचाबाट भएको खुद आम्दानी भनी रू.७,३५,०००।– देखाइएको छ । एक वर्षको खुद आँप १,००,०००।– सम्मको आँपको बिक्री हुन कति जग्गा आवश्यक 

पर्छ । त्यो बढी विचारणीय प्रश्न छ । निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा रहेको सबै जग्गाहरूको स्थिति र अवस्था हेर्दा जम्मा डेढ (१.१/२) कट्टा जग्गामा बगैंचा जनिएको पाइन्छ । त्यसै बगैंचालाई आँपको बगैंचा भनी मान्ने हो भन्ने पनि बगैंचाबाट सरदर प्रति वर्ष ६६,८१८।– को खुद आँप हुने कल्पनासम्म पनि गर्न सकिन्न । सोबाहेक खेतीपातीको कारोबार निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारले गर्ने गरेको भन्ने निज र निजका भाइहरूको बयान कथनअनुसार आँप बेचेको कुनै सीमित रकम प्राप्त हुने भए निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारलाई प्राप्त भई निजले नै खर्च गर्ने अवस्था देखिँदा निजको सो कथन पनि प्रतितलायक छैन ।

(८) खेतीको आम्दानी भनी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताद्वारा देखाइएको सुनसरीको जग्गाबाट खेतीको आम्दानीमा २०४० सालदेखि २०५२ सालसम्म भनी उल्लेख गरेको गहुँ २०२१ मनको हुने ४,७६,४१०।– र सोही जग्गाको धान मन ४९९२ हुने रू.१०,६४,१८१।- गरी जम्मा रू.१५,४०,५९१।– उल्लेख गरेको 

पाइन्छ । उक्त कुरा निजले सार्वजनिक पदधारण गर्नुपूर्वको निजको बैंक खातालगायतका अन्य सम्पत्तिहरूसँग आवद्ध गरी हेर्दा झुठा देखिएको छ । २०४० सालदेखि २०५२ सालसम्म जम्मा १३ वर्षको खेतीको आय रू.१५,४०,५९१।– भन्ने निजको भनाईतर्फ हेर्दा वार्षिक रूपमा प्राप्त हुने खेतीको आयस्थालाई अङ्कमा उल्लेख भएअनुसार एकमुष्ट हुने होइन । जयप्रकाश प्रसाद गुप्ता र निजका भाइहरूले विद्यार्थी जीवन समाप्त गर्नासाथ आ–आफ्नो छुट्टाछुट्टै पेसा र रोजगार गरेको देखिनाले खेतीमा बसी कृषकको हैसियतले खेती गरेको देखिँदैन । अरू व्यक्तिद्वारा खेती गराइएको स्थितिमा त्यति मूल्य बराबरको खाद्यान्न बाली प्राप्त गर्न सक्ने अवस्था हुँदैन । त्यसमा पनि कृषिमा लाग्ने मल, बिउ मानवीय श्रम आदिको हिसाब गर्दा अत्यन्त सीमित रूपमा मात्र आय आर्जन हुन्छ ।

सप्तरीको जग्गाको आम्दानीको सन्दर्भमा हेर्दा निजका बाबु श्यामसुन्दर प्रसाद रौनियारका नाममा रहेको जग्गामध्येबाट २०३८ सालमा १–०–० विगाहा, २०४० सालमा १–६–१२ विगाहा, २०४१ सालमा १–१६–८ विगाहा र २०४२ सालमा ०–०–१९ विगाहा जग्गा बिक्री गरेको देखिन्छ । त्यसैगरी २०४८ सालमा आएर १–३–१० विगाहा, २०४९ सालमा ०–१–१३, २०५३ सालमा ०–०–१४ विगाहा, जग्गा बिक्री गरेको देखिन्छ । यसरी एकातिर प्रतिवर्ष ती जग्गा बिक्री हुँदै जाने, अर्कोतर्फ माथि उल्लेख गरेबमोजिम जयप्रकाश प्रसाद गुप्ता र निजका भाइहरू विद्यार्थी जीवनपछि छुट्टाछुट्टै पेसा गरी छुट्टाछुट्टै रूपमा बस्दै आएको भन्ने बयान कथनबाट देखिँदा ती जग्गाहरूमा गरिएका खेती आफू स्वयंले नगरी अरू व्यक्तिहरूबाट गराइएको अवस्थामा प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले उल्लेख गरेबमोजिमको लागत र प्रतिफलको हिसाबले आय हुनसक्ने अवस्था नभई केही सीमित कृषि आम्दानी भएको हुनसक्ने र त्यसै आयबाट निजका बाबु आमा र परिवारका अन्य सदस्यहरूको पालनपोषण चाड पर्व आदिमा खर्च भई जान सक्ने देखिएको छ ।

यसप्रकार कृषि व्यवसायबाट प्राप्त गरे भनिएको मौद्रिक आय स्थानीय बैंक वा वित्तीय संस्थामा कुनैपनि रकम जम्मा नभएको हुँदा निजहरूका परिवारलाई चाहिने जति मात्र कृषिबाट खाद्यान्न बाली उत्पादन भएको प्रस्ट हुन्छ । यसरी आय आर्जन गरे भनिएको कुनैपनि आय निज जयप्रकाश प्रसाद गुप्ता र निजकी श्रीमतीको काठमाडौंस्थित बैंक खाताहरूमा ड्राफ्ट / चेकमार्फत रकम जम्मा भएको छैन । यदि, त्यस्तो रकम आम्दानी गरेको भएपनि हाल खर्च भइसकेको स्थितिमा पाइएकोले सार्वजनिक पदधारण गरेपछि आर्जन गरेको सम्पत्तिमा समाविष्ट हुनसक्ने अवस्था देखिएन । त्यसैगरी निजले धरमपुर प्रिप्रापूर्व र धरमपुर सप्तरीका जग्गाबाट भएको आम्दानी हेर्दा निजले उल्लेख गरेबमोजिमको आय आर्जन हुनसक्ने अवस्था नदेखिएको र त्यसरी आय आर्जन भएको प्रमाण पेस पनि भएको नदेखिँदा प्रतिवादीका ती सबै कथनहरू कपोलकल्पित र झुठ्ठा देखिन्छन्‌ ।

(९) कृषि आयबापत २०४० देखि २०५८ सालसम्म कूल रू.२०,५२,८२८।- आम्दानी भएको भनी प्रतिवादीले आयोगसमक्ष पेस गरेको विवरणमा खुलाए तापनि सो बराबरको आम्दानी हुने जग्गाहरू 

देखिँदैनन् । निज वा निजको परिवारका अन्य सदस्य खेतीपातीमा प्रत्यक्षरूपमा संलग्न रहेको नदेखिएको, कानूनबमोजिम तिर्नु बुझाउनु पर्ने दै-दस्तुरसमेत कहिँकतै नबुझाएको सन्दर्भमा सगोलको खेतीपातीबाट हुने आयस्ता निजको सगोलको परिवारका सदस्यहरूको भरण पोषणमा खर्च भई जाने वास्तविकतालाई विचार गर्दा निजलाई त्यति ठूलो रकम आय प्राप्त भएको मान्न सक्ने तार्किक आधार छैन ।

 

अतः उपर्युक्त आधार एवं पृष्ठभूमिमा हेर्दा प्रतिवादीले सार्वजनिक पदधारण गर्नुपूर्व पैतृक सम्पत्तिमा रहेको खेतीपातीबाट कुनै प्रकारको चल अचल सम्पत्ति खरिद गर्न सक्ने हैसियत नरहेको कुरा निजको बैंक खातामा रू.२२ हजार मात्र जम्मा भएको कुराले स्पष्ट गर्दछ । प्रतिवादीले सार्वजनिक पदधारण गरेपश्चात् निज र निजकी श्रीमतीका बैंक खाताहरूमा ठूलो परिमाणको रकम जम्मा हुँदै जानु, दुईवटा गाडी खरिद गर्नु, काठमाडौंको सिनामंगलमा जग्गा खरिद गरी आधुनिक घर निर्माण गर्नु, रू.६६ लाखभन्दा बढी स्वलागत पुँजीलगानी गरी कोल्ड स्टोरेज स्थापना गर्नु, सप्तरी जिल्लास्थित धरमपुर गाउँ विकास समितिमा आफ्नी श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा जग्गा खरिद गर्ने कार्य गरी करिब एक दशकको अवधिभित्र रू.२ करोड ८ लाख मूल्यभन्दा बढी रकमको सम्पत्ति आर्जन गरेको देखिएको छ । प्रतिवादीले मिति २०५१।३।३० देखि २०५१।८।१ (४ महिना १ दिन) सम्म सार्वजनिक पदमा नरहेको अवधिमा निजले बैंक खातामा नगद जम्मा गर्न तथा अन्य सम्पत्ति आर्जन गर्न नसकेको तर सार्वजनिक पदधारण गरेपछि मात्र आफू र आफ्नी श्रीमतीको नाममा चल अचल श्रीसम्पत्ति आर्जन गर्ने कार्य तीव्र रूपमा गरेको देखिएकोले राज्यले सुम्पेको मन्त्री र अन्य महत्त्वपूर्ण सार्वजनिक पदको अवधि र प्रतिवादीले आर्जन गरेको सम्पत्तिबीच सोझो सम्बन्ध स्थापित भएको छ ।

सार्वजनिक पदधारण गरेपश्चात् प्रतिवादीले तालिका नं. ५ देखि ९ सम्म उल्लिखित कूल सम्पत्ति रू.२,४३,३२,६६४।७८ आर्जन गरेको देखिएको छ । उक्त सम्पत्तिमध्ये तालिका नं.११ मा उल्लेख भएबमोजिम रू.३५,२४,६१८,४० को मात्र स्रोत खुल्न सकेको छ भने तालिका नं.१२ मा उल्लेख भएको चल अचल श्रीसम्पत्ति रू.२,०८,०८,०४६।३८ को वैधानिक स्रोत खुल्न सकेको छैन ।

उल्लिखित संकलित तथ्य विवरणका मूल्याङ्कनसमेतका आधारमा प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको तालिका नं.१२ मा उल्लिखित स्रोत नखुलेको अस्वाभाविक सम्पत्ति गैरकानूनी आर्जन हो भन्ने कुरा निर्विवाद स्थापित हुन्छ । भ्रष्टाचार जस्तो आर्थिक अपराधका चरित्रगत पक्षलाई विचार पुर्‍याएर साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले अनुमानित कसुरसम्बन्धी व्यवस्था गरी ऐ.ऐनको दफा १६ग ले जफतसम्बन्धी तथा दफा ७(१) ले दण्ड सजायसम्बन्धी व्यवस्था गरेको थियो भने सोही कानूनी व्यवस्था एवं अवधारणालाई अझ बढी प्रभावकारी र क्रियात्मक बनाउने उद्देश्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले यस्ता गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिलाई भ्रष्टाचार गरी प्राप्त गरेको कसुर मान्दै ऐ.ऐनको दफा २०(२) र दफा ४७ समेतले जफतसमेतका दण्डनीय प्रावधानलाई स्पष्ट रूपमा व्यवस्था गरेको छ ।

यसरी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जित सम्पत्तिमध्ये आरोपपत्रको तालिका नं.७ को क्र.सं.४,५ र ६ मा उल्लिखित रकम आफू मन्त्रिपरिषद्को सदस्य रहेकै अवस्थामा सम्पत्ति न्यायिक छानबिन आयोग गठन गरेपछि रू.९,२२,३०६।९७, आर्थिक ऐन, २०५८ को व्यवस्थाअनुसार आयको स्वेच्छिक घोषणा कार्यक्रमको निर्णय गरेपछि रू.३५,९०,०००।- र बैंक अफ काठमाडौंको बैंक खाताबाट रू.१०,४४,४४५।- समेत बैंकबाट झिकी हाल लुकाई छिपाई सकेको जम्मा रू.५५,५६,७५१।२६ को सम्पत्तिसमेतको बिगो रकम कायम गरी सो बराबरको रकम जरिवाना र जफतको माग गरिएको छ । स्रोत खुलेको तथा अन्य सम्पत्तिबाट यो बिगो बराबरको सम्पत्ति जफत हुन र सोबाट नपुग देखिएमा कानूनबमोजिम हुन र स्रोत खुल्न नसकेको हालसम्म प्राप्त सम्पत्तिको मूल्याङ्कन गराई तदनुरूप जफतको लागि दाबी लिइएको छ ।

अतः प्रतिवादी जयप्रकाश प्रसाद गुप्ता र श्रीमती सरस्वती पुरी (गुप्ता) का नाममा रहेको आरोप पत्रको तालिका नं.५ देखि ९ सम्म उल्लिखित कूल रू.२,४३,३२,६६४।७८ बराबरको चल अचल श्रीसम्पत्तिमध्ये आरोप पत्रको तालिका नं.१२ मा उल्लिखित रू.२,०८,०८,०४६।३८ बराबरको चल अचल श्रीसम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले गैरकानूनी रूपमा आर्जन गरेको उल्लिखित आधार प्रमाणबाट पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र दफा १५ अनुसार कसुर भई त्यसैलाई निरन्तरता प्रदान गरिएको प्रचलित नेपाल कानून भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले कसुर गरेको देखिन आयो । सो सम्पत्ति निज प्रतिवादी, जयप्रकाश प्रसाद गुप्ताले आफ्नी श्रीमती सरस्वती पुरी (गुप्ता) को नाममा समेत राखेकोले प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताको सम्पत्ति तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), दफा १५ तथा दफा १६ग तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसुरमा ऐ.दफा २०(२) बमोजिम रू.२,०८,०८,०४६।३८ बिगोबमोजिम जरिवाना गरी हदैसम्म कैद र निजको गैरकानूनी रूपमा आर्जित तालिका नं.१२ मा उल्लिखित आर्जनको वैधानिक स्रोत नखुलेको चल अचल श्रीसम्पत्ति जफत गरिपाऊँ ।

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ता २०४८ सालदेखि २०५१ सालसम्म प्रधानमन्त्रीको सल्लाहकार, २०५१ सालदेखि २०५९ सालसम्म प्रतिनिधि सभा सदस्य र बीचबीचमा विभिन्न मन्त्रालयको मन्त्रीसमेत भए रहेकोले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क बमोजिम र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत गरिपाऊँ ।

साथै प्रतिवादी श्रीमती सरस्वती पुरी (गुप्ता) का नाममा रहेको सोही आरोप पत्रको तालिका नं.१२ मा उल्लिखित अवैध आर्जनको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा दफा १६ग हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुने हुँदा यसका निमित्त ऐ.ऐनको दफा ३० बमोजिम कारबाही भई यो सम्पत्ति जफत गरिपाउँ भन्ने बेहोराको अभियोग माग दाबी ।

उजुरीकर्ता केदार कोइरालाले उजुरीमा उल्लेख गरेबमोजिमको मैले कुनै भ्रष्टाचार गरेको 

छैन । आरोप पत्रमा वैध र अवैध भनेका मेरा सम्पत्ति तथ्यहीन रूपमा देखाइएको छ । सम्पत्तिको मूल्याङ्कन वास्तविकताभन्दा बढी छ । मेरो सम्पत्तिको सृष्टिको मिति नै गलत छ । मेरो बिक्री भएको सम्पत्तिको समेत मूल्याङ्कन गरिएको छ । म सार्वजनिक पदमा रहँदा ऐन नियमबमोजिम पाएको तलब भत्तालाई मेरो आयमा समावेश गरिएको छैन । सरकारी कामबापत विदेश जाँदा प्राप्त भत्ताबाट स्वाभाविक रूपमा जोगिने रकमलाई समेत आयमा समावेश गरिएको छैन । मेरा जे जति सम्पत्ति छन् ती सबै पैतृक सम्पत्तिबाट जोडिएको वैध सम्पत्ति हो । पैतृक सम्पत्ति सगोलमा छ । हामी तीन दाजुभाइ छुट्टाछुट्टै व्यवहार गरी बसेका छौं । हाम्रो ठूलो संख्यामा जग्गा बिक्रीको रकम र कृषि आयको रकमलाई आयमा समावेश गरिएको छैन । मेरो आय आम्दानीका स्रोतहरू वि.सं.२०४८ साल असारदेखि विभिन्न सार्वजनिक पद तथा ओहोदामा रही नियमबमोजिम प्राप्त गरेको तलबभत्ता तथा अन्य रकमहरू हुन् । मेरो पैतृक सम्पत्तिमध्येका जग्गा तथा जिल्ला सप्तरी, फत्तेपुर गा.वि.स. वडा नं.३ मा रहेको घरबाट आएको बहाल मेरो आय हो । यसै गरी मैले मेरो निजी गाडी भाडामा दिएबापत आएको रकम, गाडी बिक्रीबाट आएको रकम, पोल्ट्री फर्मबाट भएको आय रकम, आँपको बगैंचाबाट आएको आय रकम साथै खेतीबाट आएको आय रकम तथा जग्गा बिक्रीबाट आएको रकमहरू मेरा आयका स्रोतहरू हुन् । मैले निम्नबमोजिम आम्दानी गरेको छु :– 

(१) मिति २०४८।३।३ देखि २०५१।३।३० सम्म प्रधानमन्त्रीको सल्लाहकार पदमा रहँदा तलबभत्ताबापत प्राप्त रू.३,९०,०००।-, 

(२) २०५१ पुसदेखि २०५२ असारसम्म, २०५२ साउनदेखि २०५२ मंसिर मसान्तसम्म, २०५६ साउनदेखि २०५६ फागुनसम्म, २०५७ जेठदेखि २०५७ असारसम्म, २०५८ वैशाखदेखि २०५८ असारसम्म प्रतिनिधि सभाको सदस्य पदमा रहँदा तलब र भत्ताबाट प्राप्त रू.५,५२,६६२।-, 

(३) प्रतिनिधि सभाको परराष्ट्र तथा मानव अधिकार समितिको सभापति पदमा रहँदा तलब र भत्ताबापत प्राप्त रू.४,१९,५९४।-, 

(४) राज्यमन्त्री पदमा रहँदा मासिक तलबबाट प्राप्त रू.४०,०००।-, 

(५) प्रथम पटक मन्त्री पदमा रहँदा मासिक तलबबापत प्राप्त रू.५१,०००।-, 

(६) पुनः मन्त्री पदमा रहँदा प्राप्त मासिक तलबबाट प्राप्त रू.१,५३,०००।- 

(७) यसैगरी कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्ष पदमा रहँदा तलब र भत्ताबापत प्राप्त रू.१,८२,७००।- 

यसरी मैले सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको अवधिमा तलब र भत्ताबापत मात्र रू.१७,८८,९५६।- प्राप्त गरिसकेको छु । यसमा नियमानुसारका प्राप्त हुने अन्य भत्ताहरू समावेश गरेको छैन । यसैगरी मन्त्री भएको बखत नेपाल सरकारबाट प्राप्त हुने अन्य भत्ताहरू समावेश गरेको छैन । यसैगरी म नेपाल सरकारबाट गठित भारत नेपालबीच सन् १९५० को सन्धि पुनरावलोकन गर्ने उच्च स्तरीय समितिको सदस्यमा कार्यरत रहँदा प्राप्त रकम यसमा समावेश गरेको छैन । यसैगरी नेपाल सरकारको तर्फबाट गठित नागरिकता समस्या समाधान उच्च स्तरीय समितिको सदस्य पदमा कार्यरत रहँदा प्राप्त गरेको रकम यसमा समावेश गरेको छैन ।

उक्त रकमहरूको तथ्याङ्क नेपाल सरकारबाट झिकाई प्रमाण लगाई पाऊँ । यसैगरी इरकोन रेल्वे कम्पनीलाई जग्गा भाडामा दिँदा प्राप्त गरेको रू.७३,५००।- सोको प्रमाणसमेत पेस गरेको छु । यसैगरी मेरो निजी कार लुम्बिनी एयरवेज, काठमाडौंलाई बहालमा दिँदा प्राप्त आय रू.७,६८,०००।- मेरो निजी कार बा.अ.ञ ९६०२ नं.को काठमाडौं धापासी बस्ने अविनास पन्तलाई रू.१५,००,०००।- मा बिक्री गरी समयानुकूल पारी नामसारी गर्ने सर्त थियो । मेरो पैतृक सम्पत्तिको रूपमा रहेको सप्तरी जिल्लामा करिब १४ बिघा र सुनसरी जिल्लामा करिब १० बिघा जग्गा विभिन्न मितिमा विभिन्न व्यक्तिलाई बिक्री गरी प्राप्त रू.२५,६८,०६२।- सोको राजीनामाको केही कागजहरू यसैसाथ पेस गरेको छु । अन्य राजीनामाका कागजहरू पछि पेस गर्ने छु । मेरो सप्तरी फत्तेपुरको घरको २०५७ फागुनसम्मको भाडा रू.६,२७,६००।- मेरो काठमाडौं सिनामंगलको घर बिक्री गर्ने भनी बैना लिएको रू.२०,००,०००।- मेरो आफ्नो जग्गामा निर्माण भएको पोल्ट्री फर्मबाट प्राप्त रू.२०,६२,४७६।– आँपको बगैंचाबाट प्राप्त रू.७,३५,०००।- पैतृक जग्गाको खेतीबाट प्राप्त रू.३०,५२,८२५।- र विभिन्न समयमा विदेश भ्रमण गर्दा प्राप्त रू.६,६०,८०६,६४।- मेरो आय हो । त्यसैगरी सार्वजनिक पदधारण गर्नु अगाडि विभिन्न प्रकाशनसँग आवद्ध भई आम्दानी गरेको 

थिएँ । अभियोग पत्रको तालिका नं.१२ को सि.नं.७ को बैंक खाता मुलुकको शान्ति सुरक्षाको स्थिति बिग्रँदै गएकोले मेरो गाउँको घरमा नगद पैसा राख्न असुरक्षित भएकोले र गाउँका बैंकहरूमा नगद राख्दा गोपनीयता हुन नसक्ने भएकोले आफ्नो परिवारसँगै भएका बाबुआमाका रकम रूपैयाँसमेत सुरक्षाको दृष्टिकोणले राजधानीको बैंकमा मेरो तथा श्रीमतीको नाउँमा विभिन्न प्रकारका खाता खोली रू.१५ लाख जम्मा भएको हो । यो रकम मेरो भाइ विनय गुप्ताले राख्नु भनेको हुँदा निजकै हस्ते मेरो खातामा राखिएको हो । यो रकमपछि समय समयमा आवश्यकअनुसार आफ्ना तथा घरघरायसी आवश्यक खर्चहरूका लागि बैंकबाट झिकिएको हो । यसैगरी क्र.सं.८ को सम्बन्धमा नेपाल बंगलादेश बैंक, लिमिटेडको खाता नं. ००८८२१ एस.बचत खातामा रहेको रकम सोही बैंकमा रहेको मेरी श्रीमतीको अर्को मुद्दती खाताबाट सरी आएकोसमेतको रकम हो । यो स्रोत नखुलेको रकम होइन । मेरो वैध आर्जनको रकम हो । आरोप पत्रको तालिका नं.१२ को सि.नं.९ को सम्बन्धमा मैले आर्थिक ऐन, २०५४ लागू हुनुभन्दा पहिले पनि मन्त्री भएको बखत मन्त्रिपरिषद् सचिवालयमा आयको स्वेच्छिक घोषणा गरिसकेको छु । नेपाल बंगलादेश बैंकबाट झिकिएको रू.३५ लाख ९० हजार रकम एकमुष्ट जम्मा गरेको नभई केही रकम मुद्दती खातामा २ वर्षको लागि जम्मा गरिएको हो । सोही खातामा मैले बिक्री गरेको निसान कारबाट प्राप्त भएको नगद र चेकबाट जम्मा हुन आएको रकम पनि यसमा समावेश छ । निसान कारको खरिदकर्ताले नै सोझै चेकबाट केही रकम जम्मा गरेको हो । मुद्दती खाताबाट प्राप्त ब्याजको राम्रो रकम पनि सोही बैंकको बचत खातामा सरेको छ । साथै यस खातामा मेरो र मेरो परिवारमार्फत आर्जन भएको आयका अन्य रकम पनि समावेश भएका छन् ।

यी रकमहरू पटकपटक विभिन्न समयमा झिकिएको र आवश्यक कार्यहरूमा खर्च भएको हो । आरोप पत्रमा उल्लेख गरे जस्तो लुकाउने उद्देश्यले झिकिएको छैन । आरोप पत्रको तालिका १२ को क्र.सं.१० को सम्बन्धमा कृषि विकास बैंक, रत्नपार्क शाखामा मैले खोलेको बचत खाता विभिन्न प्रकाशन कार्य गर्दाको समयमा खोलेको खाता हो । यसमा सोही समयदेखिका रकम समावेश भई आएको छ । यस खाताको सम्बन्धमा मैले न्यायिक सम्पत्ति जाँचबुझ आयोगलाई बुझाएको सम्पत्ति विवरणमा पनि उल्लेख गरेको छु । पछि मेरो असुविधालाई विचार गरी यसबाट रकम झिकी यो खाता बन्द गरिएको हो । यसबाट झिकाएको रकम आवश्यकताअनुसार विभिन्न कार्यमा खर्च भएको हो । यो रकम मेरो वैध आर्जन हो । आरोप पत्रको तालिका नं.१२ को क्र.सं.११ को सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि.मा मैले रू.६५,५५,८५८।३८ पैसा सेयरबापत लगानी गरेको भन्ने बेहोरा सरासर झुठ्ठा छ । सप्तकोशी कोल्ड स्टोरेज प्रा.लि. स्थापनाका बखत मैले अत्यन्तै न्यून रकम सेयरबाट लगानी गरेको छु । मैले कृषि विकास बैंकबाट कोल्ड स्टोरेजको लागि लगानी गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले विशेष अदालतमा गरेको बयान ।

विशेष अदालतको मिति २०५९।१०।१०।२ को आदेशबमोजिम रू.२,०२,५०,०००।– (दुई करोड दुई लाख पचास हजार) धरौटीबापत जेथा जमानत दिई प्रतिवादी जयप्रकाश प्रसाद तारिखमा रहेको ।

मेरो नाममा रहेको सबै सम्पत्ति वैध स्रोतबाट आर्जित भएको हो । सो सम्पत्तिहरू जफतको मागदाबी लिनुपर्ने होइन । घर परिवारको प्रायः सबै व्यवहार मेरो श्रीमान्‌बाट चल्ने हुनाले, मेरो श्रीमान्‌को पैतृक सम्पत्तिबाट हुने आम्दानी, कृषि आम्दानी र जायजेथा बिक्री गरी आएको रकमहरू साथै उहाँको घर व्यवहारको आम्दानी ऋण सापटी, सगोलका अन्य परिवारले आर्जित गरेको रकम, मलाई दाइजोबाट आएको सुनचाँदीसमेत बिक्री गरी मेरो नाउँमा रहेको अचल सम्पत्ति खरिद गरी दिनुभएको हो । मेरो श्रीमान् राजनीतिमा लागेको र घुमफिर गरी रहने हुनाले हाम्रो पैतृक आम्दानीसमेतको रकम सुरक्षाको लागि तथा खर्च आदि गर्ने सहुलियतको लागि मेरो नाउँमा बैंक खाता खोलिएको हो । सो बैंक खातामा मेरो सञ्चित रकम, पैतृक आम्दानी, गाडी भाडा, गाडी बिक्रीको रकमसमेतबाट बैंकमा खाता खोली रकम जम्मा गरिएको हो । उक्त सम्पत्तिहरू बैंक स्रोतहरूबाट जम्मा भएकोले जफत हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सरस्वती पुरीले विशेष अदालतमा गरेको बयान ।

विशेष अदालतको आदेशबमोजिम प्रतिवादी सरस्वती पुरी (गुप्ता) साधारण तारिखमा रहेको ।

प्रतिवादीका साक्षी देवेन्द्र जोशी, हेमराज तातेड, अविनास पन्त र मूल्याङ्कनकर्ता इन्जिनियर नवराज प्याकुरेल, ई.जागेश्वर महासेठ, पुष्करप्रसाद पोखरेल, फर्निचर तथा फर्निसिङको मूल्याङ्कनकर्ता जयन्तकुमार राजवंशीको समेत बकपत्र मिसिल सामेल रहेको ।

जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं.८ कि.नं.२७६ को क्षेत्रफल ०–१–२५ जग्गा बुबाले किनी दिनुभएको हो । सो जग्गामा भाइ विनयकुमार गुप्ता र अर्का भाइ दीपककुमार गुप्ताको आय आर्जनले घर बनाएका हुन् भनी दाजुले दिएको निवेदनमा उल्लिखित वतन उक्त घर बनेको जग्गाको नभई मेरै नाउँमा रहेको अर्को जग्गाको हो । घर बनेको जग्गा जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं.७ कि.नं.२५३ को ज.०–२–६ हो । उक्त कुरालाई सच्चाई पाऊँ । साथै मेरो नाउँमा रहेको उक्त जग्गा जसमा घर बनेको छ, सो जग्गा मेरो बुबाले २०४८ सालमा खरिद गरी दिई मेरा नाउँमा राखेको हो । घरचाँही माइला दाजु दीपककुमारले २०४१ सालदेखि ओभरसियरको काम गरी गरेको आय आर्जन र मैले २०४६ सालदेखि जय नेपाल अफिस सपोर्टमा काम गरी प्राप्त तलब सुविधा तथा सोही अवधिदेखि जग्गा जमिन खरिद बिक्रीको काम गरी प्राप्त हुने कमिसनको आयबाट २०५० सालमा करिब ४।५ लाख रूपैयाँमा घर बनाएको हो । सो घर बनाउँदा वा जग्गा जोड्दा दाजु जयप्रकाश प्रसाद गुप्ताको कुनै लगानी वा संलग्नता रहेको थिएन । उक्त घर जग्गा दाजु जयप्रकाश गुप्ताको हो भनी लिएको दाबी मिलेको छैन गलत छ भन्नेसमेत बेहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका विनयकुमार गुप्ताको बयान ।

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ता मेरो जेठा दाजु हुनुहुन्छ । प्रतिवादीहरूसँग एकासगोलमा छौं । अंशबन्डा भएको छैन । दाबीको सम्पत्ति दाजुको आफ्नै आर्जनको भएको हुनाले त्यसमा मेरो कुनै हकदाबी लाग्ने होइन । २०५० सालमा बनेको घर भएको जग्गा जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स.वडा नं.७ कि.नं.२५३ को ज.०–२–६ हो । सो जग्गामा मैले २०४१ सालदेखि विभिन्न प्राइभेट कम्पनीहरूमा ओभरसियर पदमा काम गरी २०४९ सालसम्म कमाएको सम्पत्तिमा भाइ विनयको आयसमेत जोडी घर बनाएको हो । उक्त घर बनेको जग्गा बुबाले २०४८ सालमा खरिद गरी भाइको नाउँमा राखेको हो । सो घर जग्गामा जेठा दाजु जयप्रकाश प्रसाद गुप्ताको कुनै लगानी 

छैन । उक्त घर बनेको जग्गाको ठेगाना २०६१।६।१२ मा दाजु जयप्रकाश प्रसाद गुप्ताले दिएको निवेदनमा वडा नं.७ को कि.नं.२७६ क्षेत्रफल ०–१–२.५ भनी भाइ विनयको नाउँमा रहेको कञ्चनपुरको अर्को छुट्टै जग्गा उल्लेख भएकाले सोसमेत सच्याई पाउँ भन्ने बेहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका दीपककुमार गुप्ताले गरेको बयान ।

जिल्ला सप्तरी फत्तेपुर गा.वि.स.वडा नं.३ को बिटौरी जग्गामा बनेको पुरानो जस्ताको घर ६०।७० वर्ष पहिला बनेको हो । मेरो बुबा र मेरो बुबाको काकाहरूको बीचमा २०१० सालमा अंशबन्डा हुँदासमेत सो घर उल्लेख भएको छ । उक्त बिटौरी जग्गामा २ वटा घर जोडिएर बनेका छन् । सोमध्ये जस्ताको छाना भएको घर माथि नै उल्लेख गरेको छु । जोडिएको आर.सी.सी.ढलानको घर जसलाई २०५२ सालमा बनेको भनी दाबी लिइएको छ, उक्त घर म आफैँले २०३२ सालमा निर्माण गरेको हुँ । उक्त बिटौरी जग्गामा अरू घर छैन । हाल मेरो परिवारमा म र मेरो श्रीमती तथा छोराहरू जयप्रकाश, दीपक र विनयसमेत सगोलमै छौं । दाबीको सम्पत्ति सम्बन्धमा छोरा आफैँले आय आर्जन गरी जोडेको हुँदा मेरो हक लाग्ने होइन । जिल्ला सप्तरी, कञ्चनपुर गा.वि.स. वडा नं.८ कि.नं.२७६ क्षेत्रफल ०–१–२.५ को जग्गा मैले २०४८ सालमा किनी दिएको हुँ र त्यसमा छोराहरू विनय र दीपकले आफ्नो आय आर्जनबाट घर निर्माण गरेका हुन् । छोरा जयप्रकाश प्रसाद गुप्ताले आर्जन गरेको घर जग्गा 

होइन । तर मैले किनी दिएको जग्गा जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं.७ कि.नं.२५३ को ज.०–२–६ हो । जसमा २०५० सालमा घर बनेको हो । उक्त जग्गा मैले २०४८ सालमा किनी कान्छा छोरा विनयको नाउँमा राखी निज छोरा विनय र अर्को छोरा दीपककुमारले घर बनाएको हो । जयप्रकाश प्रसाद गुप्ताले सो घर जग्गा जोडेको हो भनेको मिलेको छैन । मैले २०३२ सालमा बनाएको भनी उल्लेख गरेको घर कृषि आय आर्जन एवं व्यवसायले निर्माण गरेको थिएँ भन्नेसमेत बेहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका श्यामसुन्दर प्रसाद रौनियारले गरेको बयान ।

प्रतिवादीले उल्लेख गरेको आयको स्रोत र पेस भएको प्रमाणपत्रमा विश्लेषणबाट देहायका स्रोतबाट देहायबमोजिमको आय भएको देखिन्छ । आयोगले आयका ती स्रोतमध्ये केही स्रोत स्वीकारेको भए पनि स्वीकारेको स्रोतसमेतमा सबैमा आयको रकम किटान गरेको पाइँदैन । तर पनि देखाइएको स्रोत र विश्लेषणबाट प्रतिवादीको आयको स्रोत देहायबमोजिम भएको कुरा देखिन आउँछः

पारिश्रमिक ४४,३८,०६२।–

विदेश भ्रमण ५,८९,८७६।–

जीप बिक्री ४,२५,०००।–

कार भाडा ७,६८,०००।–

कार बिक्री ८,३६,९८४।–

जग्गा भाडा ८३,१२५।–

घर भाडा ४,२२,७००।–

जग्गा बिक्री २,७५,७६६।–

कृषि आय ९,४७,६२०।–

आँप खेती ७,३५,०००।–

बैंक ब्याज १०,३५,१०८।–

जम्मा १,०५,५७,२४१।–

 

यी उल्लिखित आयको स्रोतहरू बाहेकमा अरू आयका स्रोतहरू पनि रहेको र ती स्रोतबाट अरू पनि आय भएको भन्ने प्रतिवादीको जिकिर रहेको छ । साझेदारीमा पोल्ट्री फर्म रहेको त्यस पोल्ट्रीबाट रू.२०,६२,४७६।– आय भएको काठमाडौं सिनामंगलस्थित घर बिक्रीको लागि बैनाबापत लिएको रकम रू.२०,००,०००।– समेत आफ्नो आयमा जोडिनु पर्ने भन्ने निजको भनाई रहेको छ । प्रतिवादीले देखाएको आयका स्रोतको बेहोराअनुसार रकम प्राप्त नभएको भनी अस्वीकार गर्न नसकिने भए पनि सो रकमको प्राप्तिको स्रोतको रूपमा रहेको फर्म निजको नाममा नरहेको हुँदा त्यसको कानूनी हैसियत र वैनाबापत प्राप्त गरेको भनेको रकम कुन प्रयोजनमा उपयोग भएको भने कुरा स्पष्ट नहुँदा त्यसलाई सम्पत्ति जोड्ने प्रयोजनको लागि उपयोग भएको मान्न 

सकिएन । आपसी व्यवहार र सहमतिको आधारमा पनि आय आर्जन गर्न सकिने भए पनि सो रकमलाई प्रतिवादीको आयमा समावेश गर्न सकिने अवस्था उल्लिखित कारणबाट नरहेकोले सो आयलाई निजको समग्र आयमा समायोजन हुनसक्ने स्थिति देखिएन ।

प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताउपर भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा २०(१) मा उल्लेख भएको मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको भन्ने आरोप लगाइएको छ । सो आरोप प्रतिवादीको आर्थिक पक्षसँग जोडी आयका स्रोत र मौजुदा सम्पत्ति र खर्चसँग सम्बन्धित भएको भनी देखाइएको छ । जीवनस्तरको मापदण्ड निर्धारणमा पारिवारिक पृष्ठभूमि, पैतृक सम्पत्ति, सामाजिकस्तर, पदीय हैसियत, आर्थिक कारोबार जस्ता कुराहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यिनै कुराले निजको जीवनयापनको स्तर निर्धारण हुन्छ । ऐनको सो व्यवस्था पनि मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको प्रमाणित भएमा आरोपित कसुर स्थापित हुने देखिन्छ । आरोप पत्रमा प्रतिवादीको आर्थिक पक्षसँग सम्बन्धित व्यवहारलाई आधार बनाइएको छ । निजको आर्थिक सम्पत्तिलाई अवैधानिक स्रोतबाट आर्जन गरेको भनी सम्पत्तिको विश्लेषणसमेत गरिदिएको छ । आयोगको सो विश्लेषण र देखाइएको सम्पत्तिको हालको मोलको आधारमा बढी देखिएको भए पनि त्यसलाई माथि प्रकरणमा उल्लेख भएअनुसार आधिकारिक प्रमाणको आधारमा पाइएको यथार्थ मूल्य र भएको खर्चको हिसाबबाट माथि उल्लेख भएबमोजिम निजले वैधानिक आयस्रोत पुष्टि गर्नुपर्ने कूल सम्पत्ति र खर्च रू.१,१२,६३,३८०।– देखिएको र माथि उल्लेख भएबमोजिमको वैध आयका स्रोतबाट निजलाई रू.१,०५,५७,२४१।– प्राप्त भएको देखिँदा रू.७,०६,१३९।– को सम्पत्तिसम्म आयको निजको स्रोतबाट पुष्टि नभएको देखिन आउँछ । सो रकम निजको कूल सम्पत्तिको ७ प्रतिशतभन्दा कम रहेको छ ।

आय र व्ययको हिसाब गर्दा घरायसी व्यवहारलाई कानूनी मान्यताप्राप्त हुने प्रचलन आय र व्ययको लेखा राख्न नपर्ने परम्परा, सामाजिक प्रचलन र आयको स्रोत र खर्च भएर जाने विषयको लामो समयसम्म स्मरण नहुने तथा आधिकारिक रेकर्डसमेत नरहने भएबाट यथार्थ रूपमा आयको स्रोत र खर्चको रकमको यकिनरूपमा किटान हुनसक्ने स्थिति पनि रहँदैन । सामाजिक यथार्थतालाई अस्वीकार गर्न पनि नहुने र त्यसलाई प्रमाणबाट पुष्टि पनि गर्न नसकिने आयका स्रोत र खर्चहरूलाई न्यायोचित अनुमानको भरमा त्यस विषयको सम्बद्धतालाई हेरेर आय र व्ययको निर्धारण गर्नुपर्ने अवस्था रहेको छ । व्ययको लेखाजोखा अनुसन्धानको क्रममा पनि हुन नसकी अनुमान र अड्कलको आधारमा निष्कर्षमा पुगेको यस स्थितिले सबै कुराको प्रमाणको परिधिभित्र आउन नसकेको र आउन नसक्ने कुरा माथि उल्लेख भएका तथ्य विश्लेषणबाट देखिएको छ । यसै परिवेशमा आय र व्ययको बीचमा देखिएको यो अन्तर न्यायोचित अनुमान, सामाजिक परिवेश र प्रचलनको आधारमा स्वाभाविक हो होइन भनी विचार गर्नु पर्दा प्रमाणको अभावमा यी प्रतिवादीले जिकिर लिएको आयको स्रोत र रकम आयमा गणना हुन नसके पनि आयको सम्भावित स्रोत हुन नसक्ने भने होइनन् तर पनि समुचित कारण र प्रमाणको अभावमा आयमा समावेश गर्न नसकिएको कारणबाट ऐनको सो व्यवस्थाको अमिल्दो र अस्वाभाविक जीवनस्तर निर्धारण गर्ने मापदण्ड प्रतिवादीको सामाजिक र आर्थिक पक्ष रहेको र जाँच अवधिमा देखिएको प्रतिवादीको आर्थिक कारोबार, निजको पारिवारिक पृष्ठभूमि पैतृक सम्पत्तिको आधारमा माथि उल्लेख भएअनुसारको आय व्ययको हिसाब गर्दा देखिएको अन्तर स्वाभाविक नै रहेको र यो अन्तरले ऐनले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक जीवनस्तरयापन गरेको कुरा देखिन नआएकोले प्रतिवादीउपरको सो आरोपको पुष्टि हुन आएन ।

तसर्थ उल्लिखित आधार र कारण तथा मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले वैध आयस्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा निज प्रतिवादीले दाबीको कसुर गरेको नठहरी प्रस्तुत आरोपबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंको मिति २०६४।२।२८ को फैसला ।

विशेष अदालत, काठमाडौंले प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई अभियोग मागदाबीबाट सफाइ दिँदा निजको आय र व्ययको लगत निकाली केही रकमसम्म आयस्रोतले नपुग हुने देखाइएको पाइन्छ । कूल आयव्ययबाट ५ प्रतिशतभन्दा कम रहेको भन्ने देखाई निजको आर्थिक हैसियत सामान्य रहेको पाइन्छ भन्ने आधारमा सफाइ पाएको देखिन्छ । यसरी निज प्रतिवादीको सार्वजनिक पदमा प्रवेशपछिका प्रत्येक सम्पत्ति र खर्चका सम्बन्धमा तत्‌तत् अवस्थाका आय र व्ययलाई सूक्ष्म किसिमले विश्लेषण गरेर फैसला गरेको देखिँदैन । तत्कालीन अवस्थाको आयले उक्त सम्पत्ति या खर्चलाई धान्न सक्ने अवस्थाको छ छैन भनेर हेरिनु पर्ने हो तर त्यसतर्फ कुनै विश्लेषण भएको देखिँदैन । गोलमटोलरूपमा एकमुष्ट आय र व्ययलाई आधार बनाई फैसला गरिएको छ । जसले कुन सम्पत्ति तथा खर्चको कस्तो अवस्था छ त्यसलाई तत्कालीन आयले पुष्टि गर्न सक्छ सक्दैन भन्ने कुरालाई देखाउन सक्दैन । पछाडिको आयले अगाडिको सम्पत्ति तथा खर्चलाई आयस्रोतको अवस्था देखाउन मिल्ने 

हुँदैन । सोतर्फ प्रस्तुत फैसलाले कुनै विश्लेषण गरेको देखिँदैन । यसरी गोलमटोल रूपमा समग्र आय र व्ययको योगलाई आधार बनाई भएको फैसला न्यायसङ्गत, कानूनसङ्गत तथा तर्कसङ्गत नहुँदा बदरभागी छ । 

प्रतिवादीको आयस्रोतको मूल्याङ्कन गर्दा विशेष अदालत काठमाडौंले कुनै तथ्यगत प्रमाणको आधारमा निश्चित मापदण्ड बनाई विश्लेषण नगरी प्रतिवादीको भनाइलाई आधार मानी आयस्रोतको मूल्याङ्कन गरेको देखिन्छ । प्रतिवादीले आफूलाई कसुरबाट जोगाउने उद्देश्यले बढीभन्दा बढी आयस्रोतहरू देखाउनु स्वाभाविक नै हुन्छ । यसलाई कतिसम्म मान्ने भन्ने कुरालाई आयसम्बद्ध ठोस प्रमाणहरूसँग साक्षेपरूपमा हेरिनु पर्छ । निश्चित मापदण्डको आधारमामात्र आयस्रोतको यकिन हुनपर्ने देखिन्छ । तर प्रस्तुत फैसलामा प्रतिवादीले भनेको कुरालाई मात्र आधार मानी कतिपय आयस्रोतहरू निर्धारण गरिएको देखिन्छ । प्रतिवादीको कृषि आयको रूपमा बगैंचाको आय, विदेश भ्रमणको आयसमेतका आयहरूलाई प्रतिवादीको बयानलाई आधार मानी निकालिएको देखिन्छ । निज प्रतिवादीको आफ्नै निजी आर्जनको खेती जग्गा नभई पैतृक सगोलको जग्गा देखिएकोले सो खेतीको आयलाई सबै अंशियारहरूमा बाँडफाँड गरी निजको भागमा पर्न आउने अंशलाई मात्र कायम गरिनु पर्नेमा सोसमेत गरेको नदेखिएको साथै निजले आफू खेती नगर्ने हुँदा मिति २०२८।५।१४ मा राजपत्रमा प्रकाशित सूचनाबमोजिम मोहीबाट जग्गाधनीलाई बुझाउनुपर्ने कुतको मात्रालाई कायम गरिनु पर्ने तथा कृषि विकास कार्यालयले दिएको मूल्यको दररेटलाई आधार कायम गरिनुपर्ने देखिन्छ । सरकारी कागजातमा उल्लिखित कुरालाई समेत आधार कायम नगरी हचुवाको भरमा प्रतिवादीले भनेको आयको रकमलाई कायम गरिएको बगैंचाको आयलाई समेत यथार्थपरकरूपमा विश्लेषण नभएको, वैदेशिक आयको सम्बन्धमा पनि तथ्यलाई एकातिर पन्छाएर प्रतिवादीकै भनाईलाई कायम गरिएको, सप्तरी फत्तेपुरको घर निर्माणको स्रोतलाई समेत प्रतिवादीकै भनाईलाई कायम गरिएको, गाडी बिक्री गरिएकोलाई आयमा देखाई आय कायम गरिएको तर ती गाडीहरू खरिदको स्रोत नहेरिएको र खर्चमा समेत कायम नगरिएको समेतबाट प्रतिवादीलाई सफाइ दिने नियोजित आशयले मनोगत ढंगले प्रतिवादीकै भनाईलाई आधार बनाई आय–व्ययको रकम निर्धारण गरिएको पाइन्छ । अदालतले फैसला गर्दा लिएको आधारमा “यथार्थरूपमा आयको स्रोत र खर्चको रकम यकिनरूपमा किटान हुनसक्ने स्थिति नहुने हुँदा आयको स्रोत र खर्चलाई न्यायोचित् अनुमानको आधारमा निर्धारण गर्नुपर्ने” भन्ने उल्लेख भएबाट समेत तथ्यगत विश्लेषणमा आधारित छैन ।

प्रतिवादीको अमिल्दो र अस्वाभाविक जीवनस्तर निर्धारण गर्ने मापदण्ड निश्चयरूपमा निजको सामाजिक र आर्थिक पक्ष रहेको हुन्छ । सार्वजनिक पदमा रहेका अवधिमा देखिएको प्रतिवादीको आर्थिक कारोबार, निजको पारिवारिक पृष्ठभूमिसमेतलाई सूचकको रूपमा लिन सकिन्छ । अदालतले समेत सो कुरालाई स्वीकार गरेको अवस्था छ । तर प्रतिवादीको सार्वजनिक पदमा प्रवेश अघिको आर्थिक हैसियत र पछिको अवस्थालाई विश्लेषण गरेर निजको जीवनस्तर निर्धारण गर्नुपर्नेमा सोतर्फ कुनै व्याख्या विश्लेषण भएको पाइँदैन । निज २०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सार्वजनिक जवाफदेहीको पदमा रहेको देखिन्छ । सोही अवधिमा निजको आर्थिक हैसियत पनि एक्कासी वृद्धि भएको अवस्था छ । जुन निजको आयस्रोतको तुलनामा स्वाभाविक देखिँदैन । निज सार्वजनिक पदमा प्रवेश पूर्वसम्म बैंक मौज्दात रू.२२,०००।– रहेकोमा सार्वजनिक पदमा प्रवेश गरेपछि बैंक मौज्दात रू.९१,९१,८००।– पुगेको देखिन्छ । जुन आयको तुलनामा स्वाभाविक मान्न सकिँदैन । सार्वजनिक पदमा प्रवेश पूर्वसम्म निजको नाममा सगोलको घर जग्गादेखि बाहेक कुनै अचल सम्पत्ति घरजग्गा रहेको देखिँदैन । सार्वजनिक पदमा प्रवेशपछि काठमाडौं तथा सप्तरीमा घरजग्गा खरिद तथा निर्माण गरेको देखिएको सप्तकोशी कोल्ड स्टोरेजमा लगानी गरेको २ वटा गाडी खरिद गरेको देखिएको बैंक मौज्दात उल्लेख रहेको लगायतका साम्पत्तिक विवरणहरूले समेत निजको आर्थिक हैसियतमा द्रुत गतिले वृद्धि भएको स्पष्ट देखिन्छ । ती सम्पत्तिका मूल आयस्रोतको रूपमा पैतृक आयलाई देखाएको पाइन्छ । पछि पैतृक आयले ती सम्पत्तिहरू आर्जन भएको थियो भने सार्वजनिक पदमा प्रवेश पूर्व पनि हुनुपर्ने थियो । तर त्यस्तो देखिँदैन । सार्वजनिक पदमा प्रवेशपछिको आर्जित सम्पत्ति र खर्चको प्रकृतिलाई हेर्ने हो भने निजको तत्कालीन वैधानिक आयले धान्न सक्ने देखिँदैन । तसर्थ निजको आयको तुलनामा आर्जित सम्पत्ति र खर्च उल्लेखनीय रूपमा वृद्धि भएको देखिँदा प्रतिवादीले आयस्रोतको तुलनामा अमिल्दो र अस्वाभाविक जीवनस्तर बिताइरहेको भन्ने स्पष्ट हुन्छ । सोतर्फ कुनै पनि विश्लेषण नै नगरी अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिई भएको फैसला आफैँमा बदरभागी छ । 

प्रतिवादीले लुकाउने छिपाउने उद्देश्यले बैंकबाट झिकिएका भनिएका बैंक कारोबारका रकमको सम्बन्धमा प्रस्तुत फैसलामा सो रकमको स्रोतका सम्बन्धमा केही उल्लेख गरेको पाइँदैन । प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताकी पत्नीको नाममा रहेको नेपाल बंगलादेश बैंकमा रहेको खाता नं. ००८८२१ मा २०५६।६।६ देखि २०५८।६।१२ सम्मको अवधिमा रू.३६,००,०००।– जम्मा गरेको, सोमध्ये २०५८।६।१२ मा रू.३५,९०,०००।– एकैपटकमा निकालेको देखिन्छ । सो रकम के कुन प्रयोजनको लागि निकालिएको हो वा केमा लगानी भएको हो सोको कुनै हिसाब किताब देखिँदैन । प्रतिवादीको नाममा रहेको कृषि विकास बैंक स्थित खाता नं.२५२४९० मा सार्वजनिक पदमा प्रवेशपछि पटकपटक गरेर रू.३८,६१,८००।– जम्मा भएको र सोही रकममध्ये विभिन्न मितिमा झिकी बाँकी रहेको रू.९,२२,३०६।९७ मिति २०५९।१।२३ मा झिकी खाता बन्द गरेको देखिन्छ । प्रतिवादीकै नाममा रहेको बैंक अफ काठमाडौंको खाता नं. ०१००००००४६०९ मा मिति २०५६।६।२६ मा रू.१५,००,०००।– जम्मा भई विभिन्न व्यक्तिका नाममा सोमध्ये रू.१०,४४,४४५।– झिकिएको देखिन्छ । उल्लिखित झिकिएका रकम तथा जम्मा हुँदाको रकमलाई सो स्रोतको प्रसङ्ग सापेक्षिक ढंगले विश्लेषण गरेको पाइँदैन । हचुवाको भरमा प्रतिवादीको समग्र आयव्ययको योगलाई जोड घटाउको रूपमा कायम गरी फैसला गरिएको पाइन्छ, जुन न्याय तथा कानूनसङ्गत छैन । विशेष अदालतले मिति २०६४।२।२८ मा गरेको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी पक्षको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा पुनरावेदक प्रतिवादी ईश्वर पोखरेल प्रत्यर्थी वादी नेपाल सरकार भएको भ्रष्टाचार मुद्दा पूर्ण इजलासबाट फैसला भएपछि सो फैसलाको नक्कलसाथ राखी पेस गर्नू । यसमा विशेष अदालतको फैसलाको पृष्ठ ४१ मा प्रतिवादीले वैधानिक स्रोत देखाएको बाहेक रू.७,०६,१३९।– को वैधानिक आयस्रोत पुष्टि नभएको भन्ने उल्लेख भएको देखिँदा सो सम्बन्धमा उक्त अदालतको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त विपक्षी झिकाई नियमानुसार पेस गर्नु साथै यसमा सुरू विशेष अदालतको फैसलामा रू.७,०६,१३९।– को सम्पत्तिसम्म आयको निजको स्रोतबाट पुष्टि नभएको र सो रकम निजको कूल सम्पत्तिको ७ प्रतिशतभन्दा कम रहेको भन्ने उल्लेख भएको साथै यस अदालतबाट प्रत्यर्थी झिकाउने क्रममा समेत प्रतिवादीले वैधानिक स्रोत देखाएको बाहेक रू.७,०६,१३९।– को वैधानिक आयस्रोत पुष्टि नभएको भनी १० प्रतिशतभन्दा कम आयस्रोत नखुलेको सम्पत्तिमा भ्रष्टाचारजन्य कसुर ठहर्‍याउन नमिल्ने भनी नेपाल सरकार वादी र प्रतिवादी कल्याण तिमिल्सिना भएको २०६३।५।२७ को प्रतिवादी किरण गौतम भएको २०६३।५।१२ को र प्रतिवादी बसन्तराज कुँवर भएको २०६३।१२।६ को फैसलामा उल्लेख भएको र सोउपर पुनरावेदन नपरी सोलाई सिद्धान्ततः स्वीकारेको भनी जिकिर लिएकोसमेत पाइँदा उक्त फैसलासहितको सक्कल मिसिल विशेष अदालतबाट झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।

प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई सफाइ दिएको विशेष अदालत काठमाडौंको मिति २०६४।२।२८ को फैसला नमिली त्रुटिपूर्ण देखिन आएकोले सो फैसला उल्टी भई निज प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले रू.८४,०९,९२८।०७ बराबरको चलअचल सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर गरेको ठहर्छ । सो ठहर्नाले स्रोत पुष्टि हुन नसकेको उक्त चल अचल सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ बमोजिम जफत भई दफा २०(२) अनुसार बिगोबमोजिम रू.८४,०९,९२८।०७ जरिवाना र छ महिना कैद तथा प्रतिवादीले संसद्‌ सदस्य र मन्त्री जस्तो जिम्मेवारी पूर्ण पदमा रहेको अवस्थामा सो कसुर गरेको हुँदा दफा २४ बमोजिम थप एक वर्ष कैदसमेत जम्मा एक वर्ष छ महिना (१।६) कैद भई विभिन्न बैंकबाट निकाली लुकाई छिपाई राखेको रकम रू.५३,६१,३६५।- प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्तिसमेतबाट भराउने ठहर्छ भन्नेसमेत बेहोराको यस अदालतको संयुक्त इजलासको मिति २०६८/११/९ को फैसला ।

विपक्षी वादीले सम्मानित सर्वोच्च अदालतसमक्ष दायर गरेको पुनरावेदन पत्र हेर्दा उक्त पुनरावेदन पत्र फौ.पु.नं. २३७ को भई मिति २०६४/७/२२/५ मा सम्मानित अदालतसमक्ष दर्ता भएको स्पष्ट छ । निज विपक्षीले आफ्नो उक्त पुनरावेदन पत्रमा उल्लेख गरेअनुसार निजलाई पुनरावेदनको म्याद मिति २०६४/५/९ मा प्राप्त भएको भन्ने 

देखिन्छ । यसमा विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार विशेष अदालतको फैसला अन्तिम आदेशउपर चित्त नबुझ्ने पक्षले त्यस्तो फैसला वा अन्तिम आदेश भएको मितिले पैंतीस दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ भने ऐजन दफा ११ मा वर्णित म्याद तारेख थाम्ने व्यवस्थाबमोजिम विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसलाउपर परेको मुद्दामा र सो अदालतको फैसलाउपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न काबुबाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो बेहोरा मनासिब ठहरिएमा एक पटक बढीमा पन्ध्र दिनसम्मको म्याद तारेख थाम्न सकिने अवस्था हुँदाको अवस्थामा उपर्युक्त दफा १७ र दफा ११ को कानूनी व्यवस्थाको अधीन रही उक्त जम्मा ५० दिनको हदम्यादभित्र पुनरावेदन पत्र सम्मानित अदालतसमक्ष परिसक्नु पर्ने कुरा निर्विवाद छ । तर विपक्षीको पुनरावेदन पत्र सम्मानित अदालतमा दर्ता भएको मिति हेर्दा उक्त पुनरावेदन पत्र माथि उल्लिखित कानूनी व्यवस्थाको रोहमा तोकिएको हदम्याद ५० दिनभित्र नपरी निज विपक्षीलाई पुनरावेदनको म्याद प्राप्त भएको मितिले हदम्याद नघाई जम्मा ७३ दिनको दिन मात्र पुनरावेदन पत्र दर्ता भएको स्पष्ट रहे भएकोले विपक्षीको पुनरावेदन पत्र विशेष अदालत ऐन, २०५९ को दफा १७ को रोहमा हदम्यादको आधारमा प्रथमदृष्टिमा (Prima Facie) नै ठाडै खारेज गर्नुपर्नेमा नगरी उल्टै वादी दाबीबमोजिम हुने गरी हदम्याद जस्तो आधारभूत एवं सैद्धान्तिक कुराको विचार नगरी उक्त संयुक्त इजलासबाट भएको फैसला बदरभागी रहेको छ । जबकि हदम्याद सम्बन्धमा पक्ष विपक्षले प्रश्न नउठाएको अवस्थासमेत अदालत स्वयंले नै निर्क्यौल गर्नुपर्ने हो । तसर्थ हदम्यादको अभावका वादीले प्रस्तुत गरेको पुनरावेदन पत्र खारेज गर्नुपर्नेमा सजाय ठहर हुने गरी गरिएको फैसला मिलेको छैन । त्यसैगरी उक्त संयुक्त इजलासले गरेको फैसलाले आय निर्क्यौल गर्ने सम्बन्धमा अत्यन्त कठोर भई आय प्रमाणित गर्न नसकिने कुरालाई आधार लिएर दोषी करार गरिएको छ । सुरू विशेष अदालतले स्वीकार गरेको प्रमाणित आयलाई हचुवाको भरमा बेवास्ता गरी न्यायिक मनको अभावविना फैसला गरिएको छ । अस्तित्वमा नै नरहेको रकमलाई गैरकानूनी आर्जनमा जोडिएको 

छ । तसर्थ यस अदालतको संयुक्त इजलासबाट भएको फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावलोकनको निवेदनपत्र ।

यसमा प्रतिवादीले दाबीअनुसारको कसुर गरेको नदेखिई वादीको आरोपबाट सफाइ पाउने ठहर गरेको सुरू विशेष अदालतको फैसला यस अदालतको संयुक्त इजलासबाट उल्टी भएको 

देखिन्छ । विशेष अदालतबाट मिति २०६४/२/२८ मा भएको फैसलाको प्रतिलिपिसहित पुनरावेदन गर्ने सूचना म्याद वादीले मिति २०६४/५/९ मा प्राप्त गरेको मिसिलबाट देखिन्छ । विशेष अदालतको उक्त फैसलाउपर वादी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पुनरावेदन पत्र यस अदालतमा मिति २०६४/७/२२ मा दर्ता भएको देखिन्छ । विशेष अदालत ऐन,२०५९ को दफा १७ अनुसार विशेष अदालतको फैसला वा अन्तिम आदेशउपर चित्त नबुझ्ने पक्षले पैंतीस दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको र सोही ऐनको दफा ११ अनुसार विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसलाउपर परेको पुनरावेदनमा म्याद थाम्न काबुबाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो बेहोरा मनासिब ठहरिएमा एकपटक बढीमा पन्ध्र दिनसम्मको म्याद थाम्न सकिने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा विशेष अदालतको फैसलाउपर वादी पक्षले पुनरावेदन म्याद प्राप्त गरेको मिति २०६४/५/९ बाट विशेष अदालत ऐन, २०५९ को दफा १७ र ११ बमोजिम पचास दिनभित्रै यस अदालतमा पुनरावेदन पत्र दर्ता गर्नुपर्नेमा उक्त म्याद नघाई पुनरावेदन दायर भएको अवस्थामा मुद्दाको तथ्यभित्र प्रवेश गरी इन्साफ गरेको यस अदालतको संयुक्त इजलासको मिति २०६८/११/९ को फैसलामा ने.का.प. २०६०, अंक ३/४, निर्णय नं. ६९९९, पृष्ठ २२९ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रही न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान रहेको देखिँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ । प्रत्यर्थी झिकाई नियमबमोजिम पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७१/६/८ को यस अदालतको पूर्ण इजलासबाट भएको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी जयप्रकाश गुप्ताको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, श्री बद्रीबहादुर कार्की, श्री रामकृष्ण निराला, श्री सतिशकृण खरेल तथा विद्वान्‌ अधिवक्ता श्री परशुराम कोइराला, श्री सुरेन्द्रकुमार महतोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रतिवादीका विरूद्ध यस अदालतमा पुनरावेदन पत्र दायर गर्दा विशेष अदालत ऐन, २०५९ को दफा १७ को हदम्याद नघाई दायर गरेको छ । हदम्यादको अभावमा दायर भएको पुनरावेदनबाट तथ्यमा प्रवेश गरी निर्णय गर्न 

मिल्दैन । हदम्यादविहीन फिरादपत्र खारेज गर्नुपर्नेमा सुरू विशेष अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सजाय ठहर गरेको मिलेको छैन । यस अदालतको पूर्ण इजलासले पनि सोही आधारमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरेको अवस्था छ तसर्थ यस अदालतको संयुक्त इजलासको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सजाय ठहर गरिपाउँ भन्नेसमेत बेहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।

विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री राजनप्रसाद भट्टराई तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले विशेष अदालतले गरेको फैसलाउपर वादी पक्षको यस अदालतमा पुनरावेदन गर्दा विशेष अदालत ऐन, २०५९ को दफा १७ को हदम्यादभित्रै पुनरावेदन दायर गरेको अवस्था छ । सम्मानित अदालतमा ४६ दिनमा पुनरावेदन दर्ता भएको अवस्था छ । विशेष अदालत ऐन, २०५९ को दफा १७ तथा दफा ११ ले थाम्न पाउने म्यादभित्र पुनरावेदन परेको   र सो कुरा अदालतमा दर्ता भएको पत्रबाट स्पष्ट देखिँदा कर्मचारीले समयमा पुनरावेदन दर्ता नगरिदिएको कारण त्यसबाट पुनरावेदकलाई कुनै असर पर्ने अवस्था हुँदैन भन्नेसमेत बेहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।

पक्ष विपक्षका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ कानून व्यवसायीहरूले गरेको बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा विपक्षी वादीले सम्मानित सर्वोच्च अदालतसमक्ष दायर गरेको पुनरावेदन पत्र हेर्दा विशेष अदालतको मिति २०६४/२/२८ को फैसलाउपर मिति २०६४/७/२२/५ मा सम्मानित अदालतसमक्ष दर्ता भएको स्पष्ट छ । विपक्षी वादीले पुनरावेदनको म्याद मिति २०६४/५/९ मा प्राप्त भएको भन्ने देखिन्छ । विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार विशेष अदालतको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने पक्षले त्यस्तो फैसला वा अन्तिम आदेश भएको मितिले पैंतीस दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ भने ऐजन दफा ११ मा वर्णित म्याद तारेख थाम्ने व्यवस्थाबमोजिम विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसलाउपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न काबुबाहिरको परिस्थिति परे कारण र आधार खुलाई निवेदन परेमा सो बेहोरा मनासिब ठहरिएमा एक पटकमा बढीमा पन्ध्र दिनसम्मको म्याद तारेख थाम्न सकिने अवस्थामा उपर्युक्त दफा १७ र दफा ११ को कानूनी व्यवस्थाको अधीन रही जम्मा ५० दिनको हदम्यादभित्र पुनरावेदन पत्र सम्मानित अदालतसमक्ष परिसक्नु पर्नेमा हदम्याद नघाई जम्मा ७३ दिनमा पुनरावेदन पत्र दर्ता भएको स्पष्ट रहे भएकोले विपक्षीको पुनरावेदन पत्र विशेष अदालत ऐन, २०५९, को दफा १७ को रोहमा हदम्यादको आधारमा प्रथमदृष्टिमा (Prima Facie) नै खारेज गर्नुपर्नेमा विशेष अदालत काठमाडौंको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सजाय हुने ठहर्‍याएको संयुक्त इजलासको फैसला उल्टी गरी विशेष अदालत काठमाडौंको फैसला सदर गरिपाउँ भन्ने बेहोरा उल्लेख भएको देखियो ।

३. प्रतिवादी पक्षले मुख्य रूपमा हदम्यादको आधारमा पुनरावेदन खारेज गर्नुपर्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी फैसला गरेको विषयलाई प्रमुख रूपमा उठाएको देखिन्छ । यस अदालतको पूर्ण इजलासबाट मिति २०७१/६/८ मा पुनरावलोकनको निस्सा प्रदान गर्दा विशेष अदालतबाट मिति २०६४/२/२८ मा भएको फैसलाको प्रतिलिपिसहित पुनरावेदन गर्ने सूचना म्याद वादीले मिति २०६४/५/९ मा प्राप्त गरेकोमा उक्त फैसलाउपर वादी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पुनरावेदन पत्र मिति २०६४/७/२२ मा मात्र दर्ता भएको देखिएकोले विशेष अदालत ऐन, २०५९ को दफा १७ र ११ को हदम्यादभित्र दर्ता भएको नदेखिँदा म्याद नघाई पुनरावेदन दायर भएको अवस्थामा मुद्दाको तथ्यभित्र प्रवेश गरी इन्साफ गरेको यस अदालतको संयुक्त इजलासको मिति २०६८/११/९ को फैसला फरक पर्न सक्ने भनी मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको देखिन्छ ।

४. विशेष अदालत काठमाडौंबाट मिति २०६४/२/२८ मा भएको फैसलाउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदनको म्याद मिति २०६४/५/९ मा प्राप्त गरेको 

देखिन्छ । पुनरावेदनको म्याद प्राप्त गरिसकेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिति २०६४/६/२३ मा च.नं. १३४ बाट यस अदालतमा पुनरावेदन पत्र पेस गरेको र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेस गरेको उक्त पत्रको पिठमा सर्वोच्च अदालतको दर्ता शाखाबाट सोही मिति २०६४/६/२३ मा पुनरावेदन पत्र बुझिलिएको भरपाई गरिदिएको देखिन्छ । बीचमा बडादशैंलगायतका महत्त्वपूर्ण चाडहरू परेको कारणले गर्दा यस अदालतबाट मिति २०६४/७/२२ मा मात्र अदालतको पुनरावेदन दर्ता दायरीमा दर्ता भएको देखिन्छ । पुनरावेदनको म्याद प्राप्त गरेको मिति २०६४/५/९ देखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिति २०६४/६/२३ मा पुनरावेदन पत्र दर्ता गर्दा जम्मा ४६ दिनभित्र पुनरावेदन पत्र यस अदालतसमक्ष पेस भएको देखिन्छ । विशेष अदालत ऐन, २०५९ को दफा १७ मा विशेष अदालतको फैसला वा अन्तिम आदेशउपर चित्त नबुझ्ने पक्षले त्यस्तो फैसला वा अन्तिम आदेश भएको मितिले पैंतीस दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । त्यसैगरी ऐजनको दफा ११ मा म्याद तारेख थाम्नेसम्बन्धी व्यवस्था रहेको र विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसलाउपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न काबुबाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो बेहोरा मनासिब ठहरिएमा एकपटक बढीमा पन्ध्र दिनसम्मको म्याद तारेख थाम्न सकिनेछ भन्ने व्यवस्था रहेको देखिन्छ । यसरी हदम्यादको गणना गर्दा यस अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पुनरावेदन पत्र ४६ औं दिनमा दर्ता भएको मान्नुपर्ने हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन पत्र दर्ता शाखामा बुझाइसकेपछि दर्ताको प्रक्रियामा गइसकेको मान्नुपर्ने हुन्छ । यस अदालतको पुनरावेदन दर्ता शाखामा वादी पक्षले पुनरावेदन पत्र बुझाई भरपाई लिएको र यस अदालतको पुनरावेदन दर्ता शाखाबाट अदालतको दर्ता दायरीमा रीतपूर्वक दर्ता नभएकै कारणले हदम्यादभित्र पुनरावेदन पर्न नआएको भनी अर्थ गर्न मिल्दैन । मुलुकी ऐन अ.बं. १८ नं.मा कानूनबमोजिम रीत पुगेको आफ्ना अड्डामा दर्ता हुने फिरादपत्र, प्रतिउत्तर पत्र, पुनरावेदन पत्र, निवेदनपत्र इत्यादि अड्डामा दाखिल हुनासाथ तुरून्त दर्ता 

गरिदिनुपर्छ । अड्डामा दाखिल भएपछि रीत पुर्‍याई स्रेस्तामा नदरिएको कारणले मात्र म्याद जान सक्दैन भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको देखिन्छ । वस्तुतः विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस अदालतको दर्ता शाखामा पुनरावेदन पत्र मिति २०६४।६।२३ मा दर्ता गरिसकेको तथ्यमा विवाद छैन । वस्तुतः अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट परेको पुनरावेदन पत्र यस अदालतमा २०६४।६।२३ मा नै दर्ता शाखामा प्राप्त भई दाखिल भइसकेको छ । अदालतमा दाखिल भइसकेको पुनरावेदन पत्र पुनरावेदन शाखाको स्रेस्तामा मौकामा नै दरिन सकेकोसम्म देखिएन । 

५. पुनरावेदन दर्ता भएपछि बडादशैंको लामो बिदामा अदालत बन्द रहेको कारणले समयमा नै पुनरावेदन शाखामा पठाउन नसकेको भन्ने पनि देखिन आएको छ । अदालतमा लिखत दाखिल भएपछि सोही दाखिल भएको मिति नै हदम्यादको लागि महत्त्वपूर्ण हुने भन्ने मुलुकी ऐन अ.बं. १८ नं. को कानूनी व्यवस्थाको मनसाय रहेको पाइन्छ । अदालतमा दाखिल भइसकेपछि पुनरावेदन शाखाको दर्ता किताबमा रीतपूर्वक पछि दर्ता भएको आधारले मात्र म्याद नाघेको भन्न मिल्ने देखिएन । सर्वोच्च अदालतको दर्ता शाखाले मिति २०६४।६।२३ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त पुनरावेदन पत्र बुझी अदालतमा दाखिल भइसकेको देखियो । सो अदालतमा दाखिल हुन आएको मितिलाई नै पुनरावेदन दर्ता गर्ने म्यादको गणना हुने मान्नु पर्ने उक्त अ.बं. १८ नं. को कानूनी व्यवस्थाले स्पष्ट पारेकै छ । 

६. अदालतमा दाखिल भई अदालतले आफ्नो नियन्त्रण (Custody) मा लिइसकेको लिखत पुनरावेदन शाखामा पछि दर्ता हुन गएको मितिलाई हदम्यादको गणना गर्न मिल्ने होइन । अदालतको कार्यबोझ, बिदा पर्न गएको अवस्था तथा मानवीय भुलको कारणबाट पनि अदालतमा दाखिल भइसकेको लिखत स्रेस्तामा रीतपूर्वक समयमा दर्ता गर्न कठिनाई हुन जाने अवस्थालाई परिकल्पना गरेर उक्त मुलुकी ऐन १८ नं. को कानूनी व्यवस्था भएको देखिन्छ । अन्यथा अदालतमा लाभ माग्न आउने व्यक्तिको कुनै गल्ती नभएको स्थितिमा पनि अड्डाको भुलको कारण न्याय प्राप्त गर्ने हकमा कुठाराघात पर्न जाने हुन्छ । त्यसैले अड्डाको भुलको कारणले कसैको हक अधिकारमा असर पर्न जाने अवस्था हुनु हुँदैन । मूलतः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदनको म्याद मिति २०६४/५/९ मा प्राप्त गरी मिति २०६४/६/२३ मा यस अदालतमा पुनरावेदन पत्र दर्ता शाखामा पेस गरेको र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेस गरेको पत्रको पिठमा सर्वोच्च अदालतको दर्ता शाखाबाट सोही मिति २०६४/६/२३ मा पुनरावेदन पत्र बुझिलिएको भरपाई गरिदिएको अवस्थामा हदम्याद नघाई आएको अर्थ गर्न मिल्ने नदेखिँदा यस अदालतबाट मिति २०७१/६/८ मा पुनरावलोकनको निस्सामा उल्लिखित बेहोरा उक्त कानून तथा न्यायका मान्य सिद्धान्तहरू समेतबाट मनासिब देखिन नआएकोले सो पुनरावलोकनको निस्सा दिँदा लिइएको आधारहरूसँग सहमत हुन सकिएन ।

७. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेस गरेको पुनरावेदन पत्र हदम्यादभित्रकै देखिन आएको र सो पुनरावेदन पत्रको बारेमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८/११/९ मा भएको फैसला हदम्याद नघाई आएको भन्न मिल्ने देखिएन । हदम्यादभित्र दर्ता भएको पुनरावेदन पत्रको बारेमा प्रमाणको मूल्याङ्कन गरी विस्तृत विवेचना भई संयुक्त इजलासबाट भएको फैसला हदम्यादसम्बन्धी कानूनी व्यवस्थाअनुकूल नै रहेको देखिँदा अब पुनरावलोकनको निस्सामा उल्लिखित मूल आधार नै स्वीकारयोग्य देखिएन ।

८. अब, पुनरावलोकन गरी मुद्दाको सुनुवाइ गर्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ मा पुनरावलोकन गर्न निस्सा प्रदान गर्दा ग्रहण गरिएका आधारमा नै सीमित रही हेर्नु पर्ने हो, वा विवादका अन्य सम्बद्ध तथ्य र प्रश्नउपर पनि विचार गरी निर्णय गर्न सकिन्छ भन्ने सम्बन्धमा विचार गर्दा, दफा १३ मा “दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा वा दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्दा सर्वोच्च अदालतले जुन आधारमा मुद्दा पुनरावलोकन गर्ने वा दोहोर्‍याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्छ” भनी उल्लेख भएको देखिन्छ । यसै सन्दर्भमा यस अदालतबाट नेकाप २०६४ अंक ९ निर्णय नं. ७८७७ पूर्ण इजलास निवेदक प्रतिवादी मचाभाइ महर्जनसमेत विरूद्ध प्रत्यर्थी वादी दानबहादुर महर्जन भएको अंश चलन मुद्दामा भइरहेको कानूनी व्यवस्थाबाट मुद्दा पुनरावलोकन गर्दा वा दोहोर्‍याई हेर्दा जुन आधारमा पुनरावलोकन गर्ने वा दोहोर्‍याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा सिमित रही मुद्दा किनारा गर्नुपर्ने भन्ने सिद्धान्त स्थापित भएको पाइन्छ भने नेकाप २०६२ अंक ३ निर्णय नं. ७५०६ निवेदक / प्रतिवादीः वैकुण्ठप्रसाद भण्डारी विरूद्ध विपक्षी / वादीः श्री ५ को सरकार, विशेष प्रहरी विभाग भएको मुद्दामा पुनरावलोकनको निस्सा भएको मुद्दामा निस्सा दिँदाको आधार नै निराधार असङ्गत एवं असम्बद्ध छ वा बेरीतको छ कि छैन पछि मुद्दा सुनुवाई गर्ने इजलासले सो हेरीकन मात्र निष्कर्षमा पुग्नपर्ने, निस्सा दिँदाको मूल आधार नै मुद्दामा तात्त्विक महत्त्व राख्ने नभई सान्दर्भिक देखिन नआएमा तत्पश्चात् सम्बद्ध अन्य तथ्यहरू के थिए ? भनी हेरिरहनुको कुनै औचित्य रहन नसक्ने भन्ने सिद्धान्त स्थापित भएको पाइन्छ । प्रस्तुत मुद्दामा यस अदालतबाट हदम्याद नघाई पुनरावेदन पत्र दायर हुन आएको भन्ने आधारमा पुनरावलोकनको निस्सा प्रदान गरिएको देखिएको र माथि गरिएको विश्लेषणका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत ऐन, २०५९ को दफा १७ ले तोकेको म्यादभित्र पुनरावेदन पत्र दर्ता भई सोही आधारमा यस अदालतको संयुक्त इजलासबाट फैसला भएको देखिन आएको र पुनरावलोकनको निस्सा प्रदान गर्दा लिइएको आधार नै मिल्दो रहेको नदेखिएको अवस्थामा संयुक्त इजलासका अन्य विषयवस्तुमा प्रवेश गर्नुको औचित्यमाथि प्रवेश गरिरहनु पर्ने देखिएन ।

९. तसर्थ माथि विश्लेषण गरिएका आधार कारण र प्रमाणसमेतबाट प्रस्तुत मुद्दामा पुनरावलोकनको निस्सा प्रदान गर्दा न्याय प्रशासन ऐन, २०४८ मा भएको कानूनी व्यवस्थाका आधारमा पुनरावलोकनको निस्सा प्रदान गरिएको र उल्लिखित कानूनी व्यवस्थाका आधारमा मुद्दा पुनरावलोकन गर्दा लिइएका आधारमा सीमित रही निर्णय गर्नुपर्ने देखिएको र यस अदालतको पूर्ण इजलासको मिति २०७१/६/८ को निस्साको आदेशले हदम्यादको अभावमा दायर भएको पुनरावेदन पत्रको आधारमा फैसला भएकोले संयुक्त इजलासको फैसला फरक पर्न सक्ने भनी लिइएको निस्साको आदेशसँग सहमत हुन सकिएन । यस अदालतको संयुक्त इजलासको मिति २०६८/११/९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

न्या.डा. आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत: रामप्रसाद बस्याल

इति संवत् २०७३ साल पुष १४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु