शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१९१ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।३।४।४

२०६८–CR–०९४३

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक/ प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बालुवा गाउँ विकास समिति वडा नं. ६ सेरा गाउँ घर भै हाल कारागार कार्यालयडिल्लीबजारमा कैदमा रहेको चित्रबहादुर दनुवार

विरूद्ध

प्रत्यर्थी/ वादी : जुरेली सार्कीको जाहेरीले नेपाल सरकार

 

२०६८-CR- ११६७

पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बालुवा गा.वि.. वडा नं. ६ बस्ने रामबहादुर दनुवारसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : जुरेली सार्कीको जाहेरीले नेपाल सरकार

 

२०६८-CR- १०३६

पुनरावेदक/वादी : जुरेली सार्कीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, बालुवा गा.वि..वडा नं. ६ बस्ने रामबहादुर दनुवारसमेत

 

§  मृतकको शरीरको नाजुक भागमा जोखिमी हतियार खुकुरीले पटकपटक प्रहार गर्दा मानिस मर्ने कुरा एकदम निश्चित कुरा भएकाले यस्तो परिणाम हुने कार्यको जानकारी हुँदाहुँदै सो गर्नु मनसायभित्रै पर्ने कुरा भएको र गम्भीर घाचोट serious injury पार्ने मनसायका साथ भएको प्रहारबाट मानिस मरेमा सो कसुर manslaughter वा culpable homicide नभै murder हुने हुँदा मृतकको ज्यान लिने मनसाय नरहेको भन्ने यी प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।

(प्रकरण नं. )

§  मृतकले खुकुरी समाउनु भन्दा पहिल्यै प्रतिवादीले सो खुकुरी खोसी सकेपछि पनि मृतकबाट प्रतिवादीको ज्यानमा तत्काल खतरा रहेको कुरा मान्न सकिंदैन । त्यस अवस्थामा यी प्रतिवादीले हारगुहार गरेर वा भाग्ने उम्कने काम गरेर वा प्रहरीसँग सुरक्षा लिएर आफूलाई बचाउनुपर्ने पहिलो काम कुरा गर्नुपर्ने तर सो हुन्जेल ज्यान जाने प्रबल सम्भावना देखिएमा आत्मरक्षाको लागि नभै नहुने अत्यन्त कम बल प्रयोग गर्नुपर्नेमा बडो क्रूरतापूर्वक मृतकलाई बोल्न चटपटाउन नदिई खुकुरीको अनगिन्ति प्रहार गरी मारेको वारदात आत्मरक्षाभित्र पर्ने नदेखिने ।

(प्रकरण नं. )

§  आफूसमक्ष आएकी मृतकलाई पूरा होसहवासमा रहेका प्रतिवादीले बिनाकारण अथवा अत्यन्त मामुली कुरामा क्रूरतापूर्वक खुकुरीले अनगिन्ति हानी मारेको प्रस्तुत वारदात मुलुकी ऐन, .बं. १८८ नं. को परिधिभित्र पर्ने नदेखिने ।

(प्रकरण नं. )

§  प्रतिवादी चित्रबहादुर दनुवारलाई अभियोगदावी अनुसार ज्यानसम्बन्धीको महलको १ र १३() नं. को कसुरमा सोही १३() नं. अनुसार सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू रामबहादुर दनुवार र लक्ष्मी दनुवारलाई ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार ६ महिना कैद सजाय हुने ठहर्याएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।३।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ।

(प्रकरण नं. )

§  परिवर्तित फौजदारी न्यायको पृष्ठभूमिमा प्रतिवादीलाई सर्वस्वको सजाय गर्दा प्रतिवादीमा आश्रित व्यक्तिहरूका अतिरिक्त पीडितले समेत कुनै राहत नपाउने र त्यसबाट निजहरूको पनि बिचल्ली हुने अवस्थाप्रति कानूनले आँखा चिम्लन मिल्दैन । विश्वका कतिपय मुलुकमा पीडितको ज्यान लिने प्रतिवादीबाट उसमा आश्रितले क्षतिपूर्ति पाउने व्यवस्था रहेको परिप्रेक्ष्यमा बिल्कुल बेग्लै कालखण्डमा निर्माण भएको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को सर्वस्व पनि गर्ने व्यवस्थालाई हामीले यथावत्रूपमा पालन गर्नु उचित हुँदैन । कानूनको प्रत्येक कमी र दोषको अदालतले निराकरण गर्नु भन्दा यसमा विधायिकाले ध्यान दिनु शक्ति पृथक्कीकरणको सिद्धान्तअनुकूल हुन्छ । तसर्थ सर्वस्वसम्बन्धी वर्तमान विधिशास्त्र र कानूनहरूको अध्ययन गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को सर्वस्व गर्नुपर्ने व्यवस्थाको उपयुक्तताको बारेमा विचार गरी परिमार्जन तथा परिशीलन गर्नका लागि नेपाल सरकार कानून तथा न्याय मन्त्रालय एवम्नेपाल कानून आयोगसमेतलाई जानकारी गराइ निजहरूको ध्यानाकर्षण गराइदिने ।

(प्रकरण नं. )

 

वादीका तर्फबाट : विद्वान्‍  उपन्यायाधिवक्ता पुष्कर सापकोटा

प्रतिवादीका तर्फबाट : विद्वान्‍  अधिवक्ता लक्ष्मण थपलिया

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ४ र १३() नं.

मुलुकी ऐन, .बं. १८८ नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.न्या.श्री उदयप्रकाश चापागाईं 

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी 

            मा.न्या.श्री मीरा खड्का

 

फैसला

            न्या.गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, पाटनको मिति २०६८।३।२८ गतेको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ठहर यस प्रकार छ :

            काभ्रे जिल्ला, खरेलथोक गा.वि.. वडा नं. ६ स्थित पूर्वमा कच्ची बाटो, पश्चिममा झिगुखोलाको डिल, उत्तर र दक्षिणमा झिगुखोला यति चार किल्लाभित्र अवस्थित कच्ची सडकको २५ फिट पश्चिमतर्फ खोलाको डिलमा माटो खनिएको, सोदेखि २ फिट पूर्वतर्फ रगत जस्तो रातो पदार्थ लागेको, सोदेखि ५ फिट पूर्व पाखोमा कागजमा रगत लागेको खोल सहितको सिरक छुट्टाछुट्टै रहेको, सोदेखि १० मिटर सडक डिलमा कानमा लगाउने रिङ थान १ रहेको र नाम थर वतन नखुलेकी महिलाको लास रहेको भन्ने लास जाँच प्रकृति मुचल्का ।

            मृतक नाम थर वतन नखुलेको महिलाको मृतकको लास पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा लगेको हुँदा कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन ।

            मेरो भतिजी माया रम्तेलले केदार गौतमसँग प्रेम विवाह गरी काठमाडौं असनमा डेरा लिई बस्दै आएकी थिइन् । केदार गौतम मलेसिया गएका थिए । निजहरूको १ छोरा र १ छोरीको जन्म भएको थियो । निज भतिजी मिति २०६५।७।२७ गते बिहानको समयमा घरबाट हिँडेकोमा बेलुकासम्म नआएपछि खोजी कार्य भएको

थियो । प्रतिवादी चित्रबहादुर दनुवारले आफ्नो कोठामा लगी रकम लिन गएकोमा मिति २०६५।७।२७ गते काभ्रे जिल्ला, खरेलथोक स्थितमा एकजना नाम थर वतन नखुलेको महिलाको लास फेला पारी शिक्षण अस्पतालमा गई हेर्दा देखी चिनेको हो । निज प्रतिवादीसमेतको मिलोमतोमा कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त ।

            काभ्रे जिल्ला, बालुवा गा.वि.. वडा नं. ६ स्थित पूर्वमा माइली दनुवारको खेतबारी, पश्चिममा रामबहादुरको घर, उत्तर चित्रबहादुर दनुवारको खेतबारी र दक्षिणमा चित्रबहादुर दनुवारकै खेतबारी यति चार किल्लाभित्र रहेको ढुङ्गाले बनेको २ तले घर, सो घरको उत्तरतर्फको खुल्ला आगन भएको, सो आगनको अगाडिपट्टि डेढ फिट भएको काठको बिँड हालेको कोदाली र साँढे २ फिट भएको कोदालो, ४ इन्च लम्बाइ ३ इन्च मोटाइ भएको फलामको खुकुरी बरामद भएको भन्नेसमेत व्यहोराको बरामद मुचुल्का ।

            काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं१० बानेश्वरस्थित पूर्वमा उषा राणाको घर, पश्चिममा सि.टी. एकेडेमी स्कुल, उत्तरमा पक्की घर, दक्षिणमा पिच सडक यति चार किल्लाभित्र अवस्थित ३ तले पक्की घर । सो घरको भुइँ तलाको दक्षिणतर्फको कोठामा  काभ्रे जिल्ला, बालुवा गा.वि.. वडा नं. ६ बस्ने चित्रबहादुर दनुवार बसेको डेरा कोठा खुल्ला रहेको, सो कोठामा कुनै सामान नभएको र सोही कोठामा माया रम्तेल गौतमलाई चित्रबहादुर दनुवारले कर्तव्य गरी मारेको भन्ने घटनास्थल मुचुल्का ।

            जाहेरवालासँग मेरो चिनजान छैन । हाल पक्राउ परेका प्रतिवादी रामबहादुर दनुवार दाजु र कान्छी दनुवार मेरी श्रीमती हुन् । माया रम्तेल गौतमले आफ्नो श्रीमान्सँग सम्बन्ध विच्छेद भएको भनेकी थिईन । हामी खाने बस्ने

गर्दथ्यौं । निजको छोरा र मेरो छोरा एउटै स्कुलमा पढ्ने गरेको थियो । हामीहरूको २०६४ साल पुसदेखि चिनजान भएकोमा कोठामा आउने जाने गरी शारीरिक सम्पर्क भएपछि नजिक हुन थाल्यौं । मिति २०६५।७।२७ गते बानेश्वरमा भेट भयो । १२ बजेको समयमा बा.१ज. ७०८२ नं. को ट्याक्सीमा चढेर बसुन्धारा मेनपावरमा

गयौं । बाटोमा दुबैजना रक्सी खाई करिब १६: ०० बजेको समयमा कोठामा फर्क्यौ । मायालाई तिमी सुत, म ट्याक्सी चलाउन जान्छु भनें, निजले मेरो कपालमा समातेर हुत्त्याई दिई कराउन थालिन् । मेरो सिटको मुनी सिरानीमा खुकुरी थियो । सो निकाली मैले सो खुकुरीले निजलाई टाउको, घाँटीमा प्रहार गरेँ । कति पटक हानेँ थाहा भएन, एकछिनपछि चल्न छाडिन् । म कोठामा ताल्चा लगाई ट्याक्सी लिएर आफ्नो घर पुगेँ । घरमा श्रीमती र दाइलाई छिटो ट्याक्सीमा बस भनी काठमाडौं कोठामा आउँदा करिब ११.०० बजेको थियो होला । रगताम्य अवस्थामा भएकी माया रम्तेललाई देखेपछि श्रीमती कराउन थालिन् । कोठा बन्द गरी तिमीहरूलाई पनि मार्छु भनी खुकुरी देखाएपछि लास उठाउन सहमत भए । कोठामा भएको सिरकले सो लास बाँधी ट्याक्सीमा राखी काभ्रे जिल्ला, तीनघरे गा.वि.. मा रहनुभएका काली दिदीको घरमा कोदालोहरू मागी बोडे दोभानमा पुगी दाजु र मैले खाल्डो खनी मङ्गलसूत्र र रिङ खोली सिरक छाडी मृतकको लासलाई खाल्डोमा गाडी दाजुलाई घरमै छाडी म र श्रीमती काठमाडौं आयौं । ट्याक्सी साहुलाई बुझाइ सालोकोमा गई श्रीमतीलाई त्यहीँ छाडी म सालोको ससुराली उदयपुर गएँ । उदयपुरमा प्रहरीबाटै म पक्राउ परेको हो । खुकुरी घरायसी प्रयोजनको लागि राखेको

हो । अनावश्यक रकमको विषयमा विवाद भई सोही खुकुरीले प्रहार गरी मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर दनुवारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            म वैदेशिक रोजगारको लागि मलेसियामा गएको थिएँ । मलेसियाबाट रकम पठाउने

गर्दथेँ । मेरी श्रीमती माया रम्तेल गौतम काठमाडौं असनमा डेराकोठा गरी बस्ने गर्दथिन् । छोरा बोर्डिङ स्कुलमा पढ्ने गर्दथे । हाल पक्राउमा परेको प्रतिवादी चित्रबहादुर दनुवारको छोरा पनि सोही स्कुलमा पढ्ने भएकाले चिनजान भएको रहेछ । मैले विदेशबाट पठाएको रू. ,००,०००।निजले सापट लिएको रहेछन् । सोही रकम बानेश्वर १० स्थितमा माग्न जाँदा सोही विषयमा विवाद भई खुकुरीले प्रहार गरी कर्तव्य गरी मारी काभ्रे खरेलथोक स्थित झिगुखोलामा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हुँदा निज प्रतिवादीहरूले योजना बनाई रकम खाने मनसायले खुकुरी प्रहार गरी मारेको हुँदा कानूनबमोजिम गरी पाउँ भन्ने केदार गौतमको जाहेरी दरखास्त ।

            मिति २०६५।७।२७ गते म आफनो घरमा थिएँ । मेरो सहोदर भाइ चित्रबहादुर दनुवार काठमाडौं ट्याक्सी चलाउने काम गर्ने गर्थे । ७-८ बजेको समयमा घरमा चित्रबहादुरले ट्याक्सी लिएर आएका रहेछन् । भाइ मेरो घरमा आएर काठमाडौं जाउँ भने, निजको छोरा काठमाडौं पढ्ने गर्दथे । छोरालाई केही भयो कि भनी ११.०० बजेको समयमा काठमाडौं पुगी कोठा खोले । बुहारी कोठाभित्र रून थालिन् । मभित्र पसेँ भाइ पनि पसे, भुइँमा मृतकको लास लडेको देखेपछि निजले खुकरी देखाई तिमीहरूले यो लास लैजान सहयोग नगरे यही खुकुरीले काटी मारी दिन्छु भनेकोले लास ट्याक्सीमा हाल्न भने, सिरकमा गुटमुटाएर सो लास गाडीमा हाली, काभ्रे तीनघरे गा.वि.. स्थित काली दिदीको घरमा पुगी कोदालो मागी, बोडे दोभानमा पुगी भाइ र मैले खाल्डो खनी मङ्गलसूत्र र रिङ खोली बुहारीले राखिन् । मृतकको लासलाई खाल्डोमा गाडी हामी फर्कियौँ । मलाई घर नजिक छाडी भाइ बुहारी काठमाडौं आए । के कहाँ गए थाहा भएन । मङ्गलसूत्र र रिङ मृतकको हो खुकुरी

भाइको हो । मैले मान्छे मारेको होइन । लास दबाउने कार्यमा सहयोग गरेको सम्म हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर दनुवारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            हाल पक्राउ परेका चित्रबहादुर दनुवार मेरो श्रीमान्हुन् । रामबहादुर दनुवार मेरो जेठाजु हुन् । मिति २०६५।७।२७ गते म घरमा थिएँ । श्रीमान्र १२ वर्षको छोरा काठमाडौंको बानेश्वरमा बस्ने गर्नुभएकोले छोरा स्कुल पढ्दैछ । सो दिन ८:०० बजेको समयमा श्रीमान्ट्याक्सी लिएर घरमा आई मलाई र जेठाजुलाई काठमाडौं जाउँ भनेकाले छोरालाई केही भएछ भनी ११:०० बजेको समयमा काठमाडौं आयौं । श्रीमान्ले ढोका खोल्नुभयो । कोठामा मृतक महिलाको लास देखी म रून कराउन थालेँ । श्रीमान्भित्र पसी कि त मलाई मार, कि त तिमीहरूलाई मार्छु भन्नुभयो । हामीहरूले लासलाई गुटमुटाएर ट्याक्सीमा राखी काभ्रे तीनघरे गा.वि.. स्थित काली दिदीको घरमा पुगी, जेठाजुले कोदालो मागी ल्याई बोडे दोभानको झिगुखोलामा पुगी, श्रीमान्र जेठाजुले खाल्डो खने । मैले लास कुरेँ र निजले लगाएको गहना फुकाली लिएको हो । मृतकको लासलाई खाल्डोमा पुरी सिरक सोही नजिक फाली फर्कियौँ । जेठाजुलाई घर नजिक पुर्याई काठमाडौं आयौं । गैह्रीगाउँमा साहुलाई ट्याक्सी बुझाइ श्रीमान्मेरो भाइको कोठा सुन्धारामा गई भाइको ससुराली जान्छु भनी श्रीमान्‍ ‍उदयपुर

जानुभयो । काभ्रेबाट प्रहरी आई मलाई र जेठाजुलाई पक्राउ गरे । श्रीमान्लाई उदयपुरमा नै प्रहरीले पक्राउ गरेको हो । सुनको मङ्गलसूत्र र मुन्द्रा मृतकको हो । वारदातमा प्रयोग गरेको खुकुरी श्रीमान्चित्रबहादुर दनुवारको हो । श्रीमान्बस्दै आएको काठमाडौंको डेरा कोठा मैले सारेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कान्छी भन्ने लक्ष्मी दनुवारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            मिति २०६५।७।२७ गते म असनमा थिएँ । मृतक मेरी आमा हुन् । हाल पक्राउ परेको प्रतिवादी चित्रबहादुर दनुवारसँग चिनजान छ । बुवा वैदेशिक रोजगारीको लागि मलेसिया जानुभएको थियो । मेरो भाइ र चित्रबहादुरको छोरा एउटै स्कुलमा पढ्छन । निजसँग मेरो आमाको चिनजान भएको रहेछ । निज चित्रबहादुरले आमासँग रकम सापट लिएका रहेछन् । सोही रकम लिनको लागि सो मितिमा आमा बानेश्वर जानुभएको थियो । सो दिन आउनुभएन । आफन्तकोमा सोधपुछ गर्दा फेला पर्नुभएको थिएन । मिति २०६५।७।२८ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेको प्रहरीले एकजना महिलाको लास फेला परेको छ भन्ने जानकारी पाई मसमेत काभ्रे जाँदा सो मृतकको लास पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा ल्याएको रहेछ । त्यहाँ गई हेर्दा चिने, मेरी आमाको लास पो रहेछ । निज प्रतिवादीहरूले रकम सापट लिएको र सोही रकम सापट माग्न जाँदा कर्तव्य गरी मारेको हो भन्ने व्यहोराको मृतकको छोरी रञ्जना गौतमले गरेको कागज ।

            बा. १ ज७०८२ नं. ट्याक्सी ओल्ड मर्चेन्ट फाइनान्स कम्पनीबाट म ऋणी भई ३ वर्ष पहिला लिएको हो । उक्त ट्याक्सी चित्रबहादुरले दैनिक रू ८००।बुझाउने गरी जिम्मा लिई चलाउँदै आएका थिए । एक हप्ताको भाडाको रकम हिसाब गरी दिन्थे । मिति २०६५।७।२९ गते बिहान ५: ३० बजेको समयमा निजले मलाई फोन गरी मेरो आमा साह्रै बिरामी परेकोले गर्दा बिते जस्तो छ भनेकोले गाडी निजको श्रीमती र सालोसमेत भई आई बुझाएका हुन् । हतारहतार गाडी बुझाएका थिए । माया रम्तेल गौतमलाई कर्तव्य गरी मारेको सम्बन्धमा मलाई केही थाहा छैन । प्रहरीले पक्राउ गरेको भन्ने थाहा पाएँ । को कसले कर्तव्य गरी मारे थाहा भएन भन्नेसमेत व्यहोराको गाडी धनी सोमहरि गौतमले गरेको कागज ।

            मृतक र प्रतिवादीहरू जिल्लाबासी हुन् । प्रतिवादीमध्येका चित्रबहादुर दनुवार ट्याक्सी चलाउने गर्थे । घर काभ्रे जिल्ला जाँदा कहिलेकाहीँ मात्र जाने गर्थे । मिति २०६५।७।२९ गते बिहान राती ४:०० बजेको समयमा सुतिरहेको अवस्थामा मलाई बोलाई निज प्रतिवादी हतारिँदै मैले चलाएको ट्याक्सीले मान्छे मार्यो । के गरौं भन्न थाले । तिमीहरूको ट्याक्सी सङ्गठन छ । केही हुँदैन भनें, नआत्तिनु प्रहरीमा हाजिर हुन जाउँ भनेको हुँ भन्नेसमेत व्यहोराको राजन सापकोटाको कागज ।

            मिति २०६५।७।२७ गते म घरमा नै थिएँ । हाल पक्राउ परेका प्रतिवादी तथा जाहेरवाला मृतकसँग चिनजान छ । मृतक माया रम्तेलको छोरा र हाल पक्राउ परेको प्रतिवादी चित्रबहादुर दनुवारको छोरा एउटै स्कुलमा पढ्ने भएकोले चिनजान भएको रहेछ । निज प्रतिवादी चित्रबहादुरले माया रम्तेलका श्रीमान्केदार गौतमले विदेशबाट पठाएको रकम सापट लिएका रहेछन् । सोही रकम माग्न जाँदा मिति २०६५।७।२७ गते निजको कोठा बानेश्वर १० मा सोही रकमको विषयमा विवाद भई मादक पदार्थसमेत सेवन गरी खुकुरीले काटी हत्या गरी काभ्रे जिल्ला खरेलथोक ७ झिगुखोलामा पुर्याई खाडल खनी पुरी फरार भएको र सो मृतकको लास प्रहरीले फेला पारी शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि लगेको रहेछ । गई हेर्दा चिनी सनाखत भएको हो । सोही रकम खाने उद्देश्यले प्रतिवादी चित्रबहादुर दनुवारसमेतले कर्तव्य गरी माया रम्तेललाई मारेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने दले मिजारसमेतको घटना विवरण कागज ।

            मिसिल संलग्न प्रहरी प्रतिवेदनसहितको लास जाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, प्रतिवादीहरू चित्रबहादुर दनुवाररामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, बुझिएका मानिसहरूले गरिदिएको कागजसमेतको आधार प्रमाणहरूबाट प्रतिवादी चित्रबहादुर दनुवार र मृतक माया रम्तेलको छोरा एउटै स्कुलमा पढ्ने भएकाले चिनजान भई मृतकको श्रीमान्केदारबहादुर गौतम विदेश मलेसिया गएको, चित्रबहादुर दनुवार र माया रम्तेलबीच रकम सापट लिनेदिने व्यवहार भएकोमा मिति २०६५।७।२७ गते माया रम्तेल गौतम चित्रबहादुर दनुवारको कोठामा रकम माग्न जाँदा सोही विषयमा विवाद भई चित्रबहादुर दनुवारले माया रम्तेललाई खुकुरी प्रहार गरी हत्या गरी आफ्नै श्रीमती कान्छी भन्ने लक्ष्मी दनुवारको सहयोगमा मृतकको लास आफैँले चलाउने गरेको बा १ ज ७०८२ नं. को ट्याक्सीमा राखी काभ्रे खरेलथोक ७ स्थित झिगुखोलामा लगी लासलाई गाडेको हुँदा मृतक माया रम्तेल गौतमसँग चित्रबहादुर दनुवारले लिएको रकम तथा निजले लगाएको सुनका गरगहनाहरू रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारसमेत मिली लिने खाने मनसायले निजहरूको मिलेमतोमा मृतक माया गौतमको हत्या गरी तीनैजना मिली लाससमेत गाडेको पुष्टि भएको देखिँदा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३() नं. बमोजिम कसुर अपराध हुँदा निज प्रतिवादीहरू चित्रबहादुर दनुवारलाई सोही महलको १३() नं. बमोजिम र उक्त कार्यमा सहयोग गर्ने प्रतिवादीहरू रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारलाई सोही महलको १७() नं. बमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

            मृतक माया रम्तेलसँग १२-१५ वर्षअगाडिदेखि नै फुटपाथको व्यापारको सिलसिलामा चिनजान भएको हो । मैले गाउँतिर विवाह गरेँ ।१ वर्षअगाडि निजसँग भेटघाट भएकोमा हामीबीच आउने जाने भयो । निज माया र मबीच शारीरिक सम्पर्कसमेत हुने गर्थ्यो । मेरो २ छोरा छोरी र श्रीमती गाउँमै छन् । मायाले मलाई तिमी पनि विदेश जानुपर्छ पैसा कमाइ विवाह गरीसँगै बसौँला भनेकी थिइन् । त्यसैले विदेश जानको लागि बसुन्धारामा अल्दावीया नामको मेनपावरमा ३-४ महिनाअगाडि दुबैसँगै गएको र मिति २०६५।७।२७ मा पनि मैले चलाउने ट्याक्सीमा सो मेनपावरमा गयौं । सो दिन १२:०० बजेतिर होटलमा गै रक्सी खाई झगडा भएकोले कोठामा ल्याएँ । बाटोमा झगडा परेकोले मोबाइलसमेत फुटाएको थियो। कोठामा पुगेपछि मलाई जान नदिएकीले झगडा भयो । त्यतिकैमा रिसले खुकुरी उचाली मलाई हानिन् । मलाई मार्छु भनिन् । खुकुरी समाइ रोक्न खोज्दा सो खुकुरीले उनको घाँटीमा लाग्न गयो । उनी ढलिन् र उनको मृत्यु भयो । त्यसपछि मलाई छटपटी भई मैले चलाउने बा. १ ज. ७०८२ नं. को ट्याक्सीमा राखी काभ्रेको खरेलथोक बोडे दोभानमा लगी लास गाडी त्यहीँबाट ट्याक्सी साहुलाई बुझाइ उदयपुर गई बसेकोमा त्यहीँबाट पक्राउ परेको हुँ । मैले मृतकको कुनै रकम लिए खाएको छैन । बरू मैले कमाएको रकम खर्च गर्न दिने गर्थें । मौकाको बयान ठीकै हो । अचानक मृतकको मृत्यु भएपछि कसैलाई खबर नगरी लास दबाउन खोजेको हुँ । मैले योजना बनाइ मृतकलाई मार्न खोजेको थिइन । साहाराको लागि घर गै खबर पनि नभनी श्रीमती र दाजुलाई काठमाडौं ल्याई लास लैजान सहयोग लिएको हुँ । सजाय भए मलाई मात्र हुनपर्छ । सहप्रतिवादीहरूले कुनै कसुर गरेका छैनन् । निजहरूले सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर दनुवारले अदालतमा गरेको बयान ।

            मिति २०६५।७।२७ गते म आफ्नै घर काभ्रेमा थिएँ । चित्रबहादुर दनुवार काठमाडौं जानुपर्यो भनी उसको श्रीमती लक्ष्मी दनुवार र मलाई पनि ट्याक्सीमा राखी काठमाडौंमा आफ्नो कोठामा लगे । कोठा खोली हेर्दा लास देखेपछि भाग्न लाग्दा लास लैजान सहयोग नगरे मार्छु भनी खुकुरी देखाएकोले ज्यान बचाउनको लागि बाध्य भई लास उठाइ लैजानको लागि भाइलाई सहयोग गरी मृतकको लास ट्याक्सीमा राखी काभ्रेको बोडे दोभानमा लगी भाइ र मैले खाल्डो खनी मृतकको लास गाड्नसम्म सहयोग गरेको हो । सो कार्य मेरो राजीखुसीले गरेको होइन । डरले ज्यान बचाउनको लागि त्यस्तो कार्य गरेको हो । डरले सो घटनाको बारेमा कसैलाई नभनेको हुँ । मौकाको बयान ठीकै हो । अभियोग दावीबमोजिमको कसुर मैले नगरेको हुँदा मलाई सजाय हुने होइन । अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर दनुवारले अदालतमा गरेको बयान ।

            मेरो श्रीमान्चित्रबहादुर दनुवारले के कसरी त्यस्तो घटना घटाई त्यस्तो कर्तव्य गर्नु भएको हो सोबारेमा मलाई थाहा भएन । मिति २०६५।७।२७ गते काठमाडौंबाट घरमा आई काठमाडौं जाउँ भनी जेठाजु र मलाई ट्याक्सीमा राखी, काठमाडौंको डेरा कोठामा ल्याई कोठा खोली हेर्दा घटना अर्कै रहेछ । कोठाभित्र जाँदा एक महिलाको लास पो रहेछ । म डरले रून कराउन लागेँ । यो लास लैजान सहयोग नगरे खुकुरीले काटी मार्छु भनेकोले मृतकको लास लैजान सहयोग गरी ट्याक्सीमा राखी काभ्रेको खरेलथोक बोडे दोभानमा लगी श्रीमान्र जेठाजुले खाल्डो खनी लास गाडी फर्केको हो । मैले राजीखुसीले मृतकको लास गाड्न सहयोग गरेको होइन । काठमाडौंको श्रीमान्को कोठाको सामान घरमा लगेपछि पक्राउ परेको हुँ । पक्राउ परेकोले सो घटनाको बारेमा खबर गर्न समय भएन । मौकाको बयान ठीकै हो । श्रीमान्र मृतकबीच लेनदेन व्यवहारबारे थाहा भएन । श्रीमान्लाई बचाउनको लागि सहयोग गरेको छैन । त्यसैले मैले अभियोग दावीबमोजिमको कसुर नगरेको हुँदा सजाय हुने होइन । अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी कान्छी भन्ने लक्ष्मी दनुवारले अदालतमा गरेको बयान ।

            बरामद भएको खुकुरी र कोदालो मेरो होइन । सुनको मङ्गलसूत्र १, सुनको रिङ १, मुन्द्रा जोर तथा मोबाइल सेट मेरी श्रीमती मृतक माया गौतमको हो । सो सामान मृतकको लास भएको ठाउँबाट फेला परेको हो । फिर्ता पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला केदारबहादुर गौतमले काठमाडौं जिल्ला अदालतमा गरेको सनाखत बयान ।

            बरामद भएको दसीका सामानहरू कहाँबाट बरामद भए थाहा भएन । बरामदी सामानमध्ये मोबाइल सेट मेरो हो । श्रीमान्चित्रबहादुर दनुवारले प्रयोग गर्ने गरेकोले उहाँ प्रक्राउ परेपछि बरामद भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कान्छी भन्ने लक्ष्मी दनुवारले अदालतमा गरेको सनाखत बयान ।

            बरामदी सामानहरू कसको हो र कहाँबाट बरामद भएको हो, थाहा छैन । मबाट बरामद भएको पनि होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर दनुवारले अदालतमा गरेको सनाखत बयान ।

            बरामद सामानहरू सुनको मङ्गलसूत्र १, सुनको रिङ १, सुनको मुन्द्रा १ जोर मृतक माया गौतमको हो । मोबाइल सेट मेरी श्रीमती कान्छी भन्ने लक्ष्मी दनुवारको हो । सो मोबाइल सेट मैले प्रयोग गरेको थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर दनुवारले अदालतमा गरेको सनाखत बयान ।

            मृतक माया गौतम काठमाडौंको असनमा डेरा गरी बस्ने गरेकी । निजका श्रीमान्केदारबहादुर गौतम वैदेशिक रोजगारमा मलेसिया गएको अवस्थामा मृतक माया गौतमसँग प्रतिवादीहरू आउने जाने लेनदेन व्यवहार कारोबार गर्ने गरेको हुँदा मिति २०६५।७।२७ गते काठमाडौं जिल्ला बानेश्वरमा चित्रबहादुरको कोठामा निजले लगेको सापटी रकम माग गर्न जाँदा निज चित्रबहादुरले खुकुरीले घाँटी, टाउकोमा काटेर हत्या गरी काभ्रेको खरेलथोक बोडे दोभानमा लगी लास गाडेका रहेछन् । मृतक माया गौतमको हत्या प्रतिवादी चित्रबहादुर दनुवारले गरी लास दबाउने प्रतिवादीहरू रामबहादुर दनुवार र लक्ष्मी दनुवारले सहयोग गरेका हुन् भन्नेसमेत व्यहोराको बुभिएका मानिस मृतककी आमा कान्छी अछामी, रामबहादुर सुर्खेती, दले मिजार, जाहेरवाला जुरेली सार्की, केदारबहादुर गौतम र मृतकको छोरी रञ्जना गौतमसमेतले अदालतमा गरेको एकै व्यहोराको अलगअलग बकपत्र ।

            माया रम्तेललाई मार्न सहयोग गर्ने मानिस यी प्रतिवादी रामबहादुर र लक्ष्मी दनुवार होइनन् । घटना भएको भनिएको मिति २०६५।७।२७ गते यी प्रतिवादी लक्ष्मी दनुवार र रामबहादुर दनुवार काभ्रेस्थित आफ्नै घरमा थिए भन्ने प्रतिवादी लक्ष्मी दनुवारसमेतका साक्षी लक्ष्मण दनुवार, रामबहादुर दनुवारका साक्षी गोपी दनुवारसमेतले अदालतमा गरेको बकपत्र ।

            प्रतिवादी लक्ष्मी दनुवार र रामबहादुर दनुवार मिति २०६५।७।२७ गते आफ्नै घर काभ्रेमा थिए । प्रतिवादीमध्येका चित्रबहादुर दनुवार ट्याक्सी चलाउने गर्छन् । चित्रबहादुरले माया गौतमलाई मारेको भन्ने कुरा मिति २०६५।८।५ गते भक्तपुरमा सुनेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी चित्रबहादुर दनुवारका साक्षी गोपाल दनुवार र विष्णु दनुवारले अदालतमा गरेको एकै व्यहोराको अलगअलग बकपत्र ।

            प्रतिवादी चित्रबहादुर दनुवारले मृतक माया रम्तेल (गौतम) लाई आफनो डेरा कोठामा लगी झै झगडा र भनाभनको क्रममा जोखिम हतियार खुकुरीले निजको टाउको र घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको र मृतकको लास दबाउन सहयोग गर्ने प्रतिवादीहरू रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवार हुन् भन्ने घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति मुचुल्का, जाहेरी दरखास्त, प्रतिवादीहरूको बयान, बुझिएको मानिसले गरेको कागज, पोष्टमार्टम रिपोर्टसमेतबाट पुष्टि भई रहेको देखिन आएकोले प्रतिवादी चित्रबहादुर दनुवारले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३() नं. बमोजिम कसुर अपराध गरेकोले प्रतिवादी चित्रबहादुर दनुवारलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादी रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारको हकमा मृतक माया रम्तेललाई मार्ने मराउने कार्यमा संलग्नता नदेखिएको तर वारदातपश्चात मुख्य अभियुक्तसँगै वारदात स्थलमा गै लास उठाई लास दबाउने कार्यमा संलग्न रहेको पुष्टि हुन आएको र यी प्रतिवादीहरू मुख्य अभियुक्त चित्रबहादुर दनुवारको भाइ र पत्नी नाताको व्यक्ति रहेभएको स्थितिमा अभियुक्तलाई भगाउने वारदात तथ्यलाई दबाउने कार्यसँग मात्र सम्बद्ध हुने देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. ले निर्दिष्ट गरेको सजायको हकमा उन्मुक्ति पाउने अवस्था नहुँदा सोही ४ नं. बमोजिम प्रतिवादी रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारलाई जनही ६() महिना कैद सजाय हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।२।२४ को फैसला ।

            सुरू तहमा मैले मृतकसँग लिएको सापटी रकम सम्बन्धमा वादविवाद भई मृतकको हत्या गरेको भनी ठहर गरिएको छ । तर मैले मृतकसँग कुनै सापटी रकम लिएको छैन । मैले गैर सुनियोजित हत्या गरेको स्वीकारेकै छु । तसर्थ मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम १० वर्ष कैदको राय व्यक्त गरिनुपर्थ्यो र गरिनुपर्छ भन्ने मेरो पुनरावेदन जिकिर छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्न हत्या सुनियोजित हुनुपर्छ । अपराधिक मनसाय राखी पूर्वयोजना अनुसार हत्या गरिएको देखिनुपर्छ । मैले सुनियोजित हत्या गरेको भए मृतकको हत्या आफनै कोठामा कदापि गर्ने थिइन । मैले निजलाई अन्यत्र एकान्त ठाउँमा लगी मार्ने थिएँ । गैरसुनियोजित हत्याको ठोस र विवादरहित प्रमाण तथ्यलाई स्वीकार्दै सुनियोजित हत्याको ठहर गरी सर्वस्वसहित जन्मकैदको चर्को सजाय गर्ने गरी सुरूको कैद सजाय बदर गरी १० वर्षमात्र कैद सजाय गरी पाउँ भन्नेसमेत प्रतिवादी चित्रबहादुर दनुवारको पुनरावेदनपत्र ।

            वारदात भएको कुरा म रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारलाई थाहा नदिई छोरा विरामी भएको भनी राति ट्याक्सीमा राखी काठमाडौं बानेश्वर डेरामा ल्याई चित्रबहादुरले डेरा कोठा खोलेपछि मात्र माया रम्तेलको लास देखेका हौं । लास देखेपछि भाग्न लाग्दा चित्रबहादुरले खुकुरी देखाई मार्ने धम्की दिई यो लास लैजान सहयोग गर्न बाध्य भै जीउज्यानको सुरक्षाको लागि लासलाई उठाई गाडीमा हाली दबाएको सम्म कुरालाई मनन् नगरी ज्यानसम्बन्धी महलको ४ नं. अनुसार ६ महिना कैद सजाय गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निर्दोष साबित गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको रामबहादुर दनुवार र कान्छी भन्ने लक्ष्मी दनुवारको पुनरावेदनपत्र ।

प्रतिवादी चित्रबहादुर दनुवारलाई ज्यानसम्बन्धीको महलको १३() नं. अनुसार सर्वस्वसहित जन्मकैद र प्रतिवादी रामबहादुर दनुवार र लक्ष्मी दनुवारलाई ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार ६ महिना कैद हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।४।३० को फैसला । 

            नियमबमोजिम पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन जिकिर सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी चित्रबहादुर दनुवारको तर्फबाट उपस्थित विद्वान्‍  अधिवक्ता श्री लक्ष्मण थपलियाले मेरो पक्ष अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष कसुरमा साबित भै न्याय सम्पादन गर्नमा निजले अदालतलाई मद्दत गरेको छ । मृतकले मादक पदार्थ सेवन गरी मेरो पक्षसँग विवाद गरी ओछ्यानमुनि रहेको खुकुरी झिकी प्रतिवादीलाई प्रहार गर्दा आत्मरक्षासमेतको अवस्था परी सो खुकुरी खोसी मृतकलाई प्रहार गर्न पुगेको यस वारदातमा मार्नैपर्ने पूर्व रिसइबि नरहेको र प्रतिवादीको छोरा र छोरी नाबालक रहेकोले मेरो पक्षलाई भएको सर्वस्वसहित जन्मकैदको सजाय चर्को भएकोले अ.बं. १८८ नं. बमोजिम घटी सजाय गरी पाउँ भनी र नेपाल सरकारको तर्फबाट विद्वान्‍  उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटाले प्रतिवादी चित्रबहादुर दनुवारले मृतकको हत्या गर्ने नियतका साथ जोखिमी हतियार खुकुरी पटकपटक प्रहार गरी निर्ममताका साथ हत्या गरी त्यसपछि मृतकको धनमाल पनि लिई लास दबाएकोले निजको हकमा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ । माया रम्तेलको रकम तथा सुनका गहना प्रतिवादीहरू रामबहादुर र लक्ष्मीसमेत मिली लिने खाने मनसायले निजहरूको मिलेमतोमा माया गौतमको हत्या गरी लास गाडी अपराध लुकाउन छिपाउन प्रतिवादी चित्रबहादुर दनुवारलाई मद्दत गरेको हुँदा निजहरूलाई अभियोगदावीको ज्यानसम्बन्धीको महलको १७() नं. अनुसार सजाय नगरी ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार ६ महिना सजाय गरेको नमिलेकोले निजहरूको हकमा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी अभियोगदावी अनुसार सजाय गरी पाउँ भनी बहस गर्नुभयो ।

            प्रतिवादी चित्रबहादुरको छोरा र मृतक माया रम्तेलको छोरा एउटै स्कुलमा पढ्ने भएकोले निजहरूबीच चिनजान र रकम सापटी लिनेदिने व्यवहार भएको, माया रम्तेल २०६५।७।२७ गते चित्रबहादुरको कोठामा रकम माग्न जाँदा विवाद भै चित्रबहादुरले माया रम्तेललाई खुकुरी प्रहार गरी हत्या गरी श्रीमती लक्ष्मी र दाजु रामबहादुरको सहयोगमा ट्याक्सीमा राखी काभ्रेको झिगु खोलामा लगी गाडेको र माया रम्तेलको रकम तथा सुनका गहना रामबहादुर र लक्ष्मीसमेत मिली लिने खाने मनसायले निजहरूको मिलेमतोमा माया गौतमको हत्या गरी लास गाडी फरार भै मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. को कसुर गरेकोले प्रतिवादी चित्रबहादुरलाई सोही ऐनबमोजिम सजाय हुन र सहयोगी रामबहादुर दनुवार र लक्ष्मी दनुवारलाई ऐ को १७() नं. अनुसार सजाय हुनका लागि प्रतिवादीहरू विरूद्ध अभियोगपत्र दायर भएकोमा प्रतिवादी चित्रबहादुर विरूद्धको अभियोगदावी पुग्ने ठहराइ निजलाई ऐ को १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादीहरू रामबहादुर तथा लक्ष्मी दनुवार विरूद्धको अभियोगदावीमा परिवर्तन गरी निजहरूलाई सो महलको ४ नं. बमोजिम जनही ६ महिना कैद हुने ठहराइ सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, पाटनको मिति २०६८।३।२८ र २०६८।४।३० को फैसलाबाट सदर भएको पाइयो ।

ती फैसलाहरूमा चित्त नबुझाइ कमाउनका लागि विदेश जान र तत्पश्चात विवाह गर्नका लागि मृतकसँग सल्लाह भएको अवस्थामा मृतकलाई मार्नुपर्ने रिसइबि र कारण नरहेको र मादक पदार्थको सुरमा सिरानीमा राखेको खुकुरीले मृतकले मलाई हिर्काउन लागेकीले आत्मरक्षा खातिर समात्न रोक्न खोज्दा खोसाखोसको क्रममा मृतकको शरीरमा लाग्न गै घटना घटेको यसमा सर्वस्वसहित जन्मकैद हुँदा श्रीमती र बालबच्चाको बिचल्ली हुने र पढाइमा अवरोध पुग्ने हुँदा मुलुकी ऐन, .बं. १८८ नं. को प्रयोग गरी सजाय घटाइ पाउँ भनी नेकाप २०४२, अङ्क ६ को नि.नं. २३०८ र नेकाप २०४५ को पृष्ठ १६२, नि.नं. ३३७१ का नजिरहरूसमेत उद्धृत गर्दै प्रतिवादी चित्रबहादुरले पुनरावेदन गरेको देखियो ।

प्रतिवादीहरू रामबहादुर र लक्ष्मी दनुवारले प्रतिवादी चित्रबहादुरले छोरो विरामी छ भनी काठमाडौंको कोठामा बोलाई लगेपछि लास देखी भाग्न लाग्दा मार्छु भनेकाले ज्यान बचाउनका लागि लासलाई उठाई खाल्डो खनी सहयोग गरेको घटनामा लास दबाउने मतलब मनसाय नभएको भन्ने कुराको पुष्टि हुँदाहुँदै ज्यानसम्बन्धीको महलको ४ नं. लगाई ६ महिना कैद गरेको फैसला नेकाप २०४५ को पृष्ठ ३६९ मा प्रकाशित नि. नं. ३४२८ को फैसलामा प्रतिपादित सिद्धान्तविपरीत हुँदा पुनरावेदन अदालतसमेतको फैसला उल्टी गरी पाउँ भनी पुनरावेदन गरेको देखियो ।

प्रतिवादीहरू रामबहादुर र लक्ष्मी दनुवारलाई अभियोगदावीबमोजिम सजाय नगरी ज्यानसम्बन्धीको महलको ४ नं. ऐ को २४ नं.सँग जोडी सजाय गरेको मिलेन । उक्त ४ नं. थप सजायको प्रावधान हो । अतः लाग्दै नलाग्ने कानून लगाई निजहरूलाई कम सजाय गरेको पुनरावेदन अदालतसमेतको फैसला उल्टी गरी निज प्रतिवादीहरूलाईसमेत अभियोगदावीबमोजिम नै सजाय गरी पाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन गरेको देखियो ।

पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन । प्रतिवादीहरूको र नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो होइन निर्णय दिनुपर्ने देखियो ।

. .बं. १८८ नं. को प्रयोग गरी घटी सजाय हुनुपर्ने भन्ने पुनरावेदक चित्रबहादुरको पुनरावेदन जिकिर रहेको सो जिकिरबाटै आफूबाट अभियोगदावीको कसुर भएको भन्ने कुरालाई निजले पुनरावेदनपत्रमा समेत स्वीकार गरेको भन्नुपर्छ । यस स्थितिमा आत्मरक्षाको लागि खुकुरी प्रहार गरेको, मनसाय र पूर्व रिसइबि नरहेको भन्ने पुनरावेदन जिकिरको कुनै सान्दर्भिकता छैन । तथापि प्रतिवादी चित्रबहादुरको मौकाको बयानमा मृतकले मलाई कठालोमा समातिन्। मैले कपाल समातेर हुत्याई दिएँ । त्यसपछि पनि उठेर कराउन थालिन्खाटको सिरानको खुकुरी निजले निकाल्न खोजिन्मैले सो लिएर निजको घाँटी टाउकोमा प्रहार गरें निजलाई मार्न भनी एकसुरले हानी रहें कतिपटक लाग्यो हानेँ यकिन भएन । त्यसपछि खुकुरी त्यहीँ छोडी ढोकामा ताल्चा लगाएर ट्याक्सी लिएर आफ्नो घरमा साँझ ७।८ बजे पुगें र दाजु र श्रीमतीलाई घटनाको बारेमा बताई गाडीमा राखेर राती अं ११ बजेतिर काठमाडौं आइपुगेँ । भित्र रगताम्य अवस्थामा मृतकलाई देखेपछि श्रीमती कराउन थालिन्दाजु पनि आत्तिएर भाग्न थाले । मैले ढोका बन्द गरेर तिमीहरू भाग्यौ भने मारीदिन्छु कि मलाई मार कि लास उठाओ भनी मैले खुकुरी समातेपछि लास उठाउँछौं भनी लासलाई ट्याक्सीको डिकीमा राख्यौं । बोडे दोभानमा पुग्यौं । राति अं १२।१ बजेजति भएको थियो । दाजु र मैंले खाल्डो खन्यौं । श्रीमतीले लास रूँघेर बसिन्। दाजु र मैले लासको मङ्गलसूत्र, कानको रिङ् निकाल्यौं, सिरकमाथि नै छाडी लास खाल्डोमा गाडेर पुरीदियौं भनी उल्लेख भएअनुसारको साबिती २०६५।७।२८ को लासजाँच मुचुल्कामा मृतकको टाउकोको दायातर्फ अगाडि ठाउँठाउँमा छियाछिया हुने गरी काटिएको, दाया गालामा ५ इन्च लामो ३ इन्च गहिरो काटिएको चोट, दाया कानमा छियाछिया हुने गरी काटिएको चोट, घाँटीको दायातर्फ गालासम्ममा ३ स्थानमा ७ इन्च लामो ३ इन्च गहिरो काटिएको चोट, दाया कुममा काटिएको सानो चोट रहेको कुरा लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा multiple chop wound of the head and neck भनी उल्लेख भएको व्यहोरा र यी पुनरावेदकले अदालतमा बयान गर्दासमेत अधिकारप्राप्त अधिकारीसमक्षको बयान राजीखुसीको हो भनी उल्लेख गरेको व्यहोराबाट समर्थित हुन्छ । यस प्रकार मृतकको शरीरको नाजुक भागमा जोखिमी हतियार खुकुरीले पटकपटक प्रहार गर्दा मानिस मर्ने कुरा एकदम निश्चित कुरा भएकोले यस्तो परिणाम हुने कार्यको जानकारी हुँदाहुँदै सो गर्नु मनसायभित्रै पर्ने कुरा भएको र गम्भीर घाचोट serious injury पार्ने मनसायका साथ भएको प्रहारबाट मानिस मरेमा सो कसुर manslaughter वा culpable homicide नभै murder हुने हुँदा मृतकको ज्यान लिने मनसाय नरहेको भन्ने यी प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

. आत्मरक्षासम्बन्धी यी प्रतिवादीको पुनरावेदन जिकिरमा पनि कुनै सार छैन । मृतकले खुकुरी निकाल्न खोजिन्भन्नु र खुकुरी निकाली प्रतिवादीलाई ताकी हान्न खोजिन्वा हानिन्भन्नु एउटै कुरा होइन । एक अदना महिलाले यी बलिया प्रतिवादीकै सामु प्रतिवादीलाई नियन्त्रणमा लिई खुकुरी हान्न सक्ने कुरा आफैंमा विश्वसनीय देखिँदैन । तथापि मृतकले खुकुरी समाउनु भन्दा पहिल्यै प्रतिवादीले सो खुकुरी खोसी सकेपछि पनि मृतकबाट प्रतिवादीको ज्यानमा तत्काल खतरा रहेको कुरा मान्न सकिंदैन । त्यस अवस्थामा यी प्रतिवादीले हारगुहार गरेर वा भाग्ने उम्कने काम गरेर वा प्रहरीसँग सुरक्षा लिएर आफूलाई बचाउनुपर्ने पहिलो काम कुरा गर्नुपर्ने तर सो हुन्जेल ज्यान जाने प्रबल सम्भावना देखिएमा आत्मरक्षाको लागि नभै नहुने अत्यन्त कम बल प्रयोग गर्नुपर्नेमा बडो क्रूरतापूर्वक मृतकलाई बोल्न चटपटाउन नदिई खुकुरीको अनगिन्ति प्रहार गरी मारेको वारदात आत्मरक्षाभित्र पर्ने देखिँदैन ।

. यी प्रतिवादीले स्वेच्छापूर्वक (voluntarily) मादक पदार्थ सेवन गरेको पाइन्छ । स्वेच्छाको मादक पदार्थको सेवनले आपराधिक दायित्वबाट उन्मुक्ति दिंदैन । त्यसमा पनि मादक पदार्थको सेवनको फलस्वरूप प्रतिवादीको मानसिक चिन्तन, समझ र विचारमा प्रभाव परेको र प्रतिवादीको सबै होशहवास समाप्त भएको पनि देखिँदैन । यो कुरा वारदातका सम्बन्धमा निजले यावत कुरा खुलाई सिलसिलाबद्ध तवरबाट गरेको बयानबाट स्पष्ट हुन्छ । मादक पदार्थको हरेक सेवनपछि जँड्याहाले नियत निर्माण गर्न सक्तैन भन्न कदापि नमिल्ने भएकोले नै जँङ्याहाको मनसाय (drunken intent) को अवधारणाको विकास भएको हो । जँड्याहाको मनसायलाई (drunken intent) भनिन्छ ।

. यसप्रकार आफूसमक्ष आएकी मृतकलाई पूरा होशहवासमा रहेका प्रतिवादीले बिनाकारण अथवा अत्यन्त मामुली कुरामा क्रूरतापूर्वक खुकुरीले अनगिन्ति हानी मारेको प्रस्तुत वारदात मुलुकी ऐन, .बं. १८८ नं. को परिधिभित्र पर्ने देखिँदैन । मृतकको हत्यामा प्रतिवादीलाई कुनै पश्चात्ताप भएको देखिँदैन । उल्टो वीभत्स दृश्य हेरेपछि विह्वल र भयभीत भएका दाजु र श्रीमतीलाईसमेत धम्की दिएर मृतकको गहनासमेत लिन सकेका र मृतकको सद्गतमा समेत बेवास्ता गरेर मृतकको परिवारलाई खबर गर्ने कामसमेत नगर्ने यी प्रतिवादीले स्वास्नी सन्तानको दुहाइ दिनु एकदम नसुहाउने कुरा देखिन्छ । यी प्रतिवादीले उल्लेख गरेको नजिरको तथ्य के कसरी प्रस्तुत मुद्दामा सान्दर्भिक रहेको सो कुरालाई यी प्रतिवादीले स्पष्ट गर्न सकेको देखिएन । वीभत्स हत्या गर्ने पिता पति परिवारमा रहँदा बस्दा स्वास्नी सन्तानमा झन त्रास र भय हुने त्यसबाट परिवारका सदस्य जहिले पनि अशान्त हुने अवस्था पर्ने देखिँदा प्रतिवादी कम सजायका पात्र देखिन आएनन्। 

. आफूहरूलाई प्रतिवादी चित्रबहादुर दनुवारले दबाब र धम्की दिएको कारणबाट मृतकको लासलाई उठाउन र गाड्न सहयोग गरेको र गहना फुकालेको भनी प्र. चित्रबहादुरको बयान अनुरूप प्र. रामबहादुर दनुवार र प्र. कान्छी भन्ने लक्ष्मी दनुवारले मौकामा बयान गरेको र अदालतमा प्र. रामबहादुर र लक्ष्मी दनुवारले सो घटनाले सक (Shock) परी बेहोस र बिरामी जस्तो भएकोले उजूर गर्नुपर्ने कुराको होश नै भएनछ घटना लुकाउन खोजेको होइन भन्नेसम्मका थप जिकिर लिई बयान गरेको ती बयानसमेतका प्रमाणको आधारमा  पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो त्यसतर्फ विचार गर्दा यी प्रतिवादीहरूलाई प्रतिवादी चित्रबहादुरले खुकुरीको डरत्रास देखाउनासाथ तत्काल यिनीहरूले लास दबाउने कार्य गरेको नभै प्र. चित्रबहादुरको डर त्रास समाप्त भएको धेरै समयपश्चात पनि चित्रबहादुरको साथ लागी लास दबाउनका लागि घटनास्थलमा गै खाल्डो खन्ने र उपस्थित हुने तथा लासको गहनासमेत झिकेको मिसिलप्रमाणको अवस्थाबाट यी प्रतिवादीहरूले दबाउने काम जानाजान नियतवश गरेको देखिन्छ । प्रतिवादीहरूले उल्लेख गरेको नजिरको तथ्य के कसरी प्रस्तुत मुद्दामा सान्दर्भिक रहेको सो कुरालाई यी प्रतिवादीहरूले स्पष्ट गर्न सकेको देखिएन । तसर्थ आफूहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम सजाय गर्न नमिल्ने भन्ने यी प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

. अब वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा ज्यानसम्बन्धीको महलको १७ नं. को शीरमा ज्यान मार्नालाई मतलबमा पसेको मतलबीहरूका हकमा त्यसको सबै देहाय आकर्षित हुने र ऐ १७() नं. आकर्षित हुनका लागि १७() () नं. बाहेक अरू किसिमसँग मतसल्लाहमा पसेको देखिनु अनिवार्य हुन्छ । तदनुसार प्र चित्रबहादुरले मृतकको हत्या गर्ने कुराको यी प्रतिवादीहरूलाई पूर्व जानकारी रहेको वा त्यस कुरामा सहमत भै कुरा बात गरी मतलबमा पसेकोसमेतको कुन काम कुरा गरे सो कुराको कुनै प्रमाण मिसिलमा मौजुद रहेको पाइदैन । हत्या भैसकेपछि सो कुराको जानकारीसमेत नदिई प्र चित्रबहादुरले यी प्रतिवादीहरूलाई झुक्याई वारदातस्थलमा लगेको भनी स्वयम्वादीले नै यी प्रतिवादीहरूको हकमा स्वीकार गरेको स्थितिको प्रस्तुत कार्यमा उक्त १७() नं. लाग्ने कुनै गुन्जाइस छैन । तसर्थ अभियोग दावीमा परिवर्तन गरी यी प्रतिवादीहरूलाई सो महलको ४ नं. बमोजिम जनही ६ महिना कैद हुने ठहराएको फैसला उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरी पाउँ

भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन ।

. तसर्थ प्रतिवादी चित्रबहादुर दनुवारलाई अभियोगदावी अनुसार ज्यानसम्बन्धीको महलको १ र १३() नं. को कसुरमा सोही १३() नं. अनुसार सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू रामबहादुर दनुवार र लक्ष्मी दनुवारलाई ज्यानसम्बन्धीको महलको ४ नं. अनुसार ६ महिना कैद सजाय हुने ठहर्याएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।३।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

. आजको विकसित र परिवर्तित फौजदारी न्यायको पृष्ठभूमिमा प्रतिवादीलाई सर्वस्वको सजाय गर्दा प्रतिवादीमा आश्रित व्यक्तिहरूका अतिरिक्त पीडितले समेत कुनै राहत नपाउने र त्यसबाट निजहरूको पनि बिचल्ली हुने अवस्थाप्रति कानूनले आँखा चिम्लन मिल्दैन । विश्वका कतिपय मुलुकमा पीडितको ज्यान लिने प्रतिवादीबाट उसमा आश्रितले क्षतिपूर्ति पाउने व्यवस्था रहेको परिप्रेक्ष्यमा बिल्कुल बेग्लै कालखण्डमा निर्माण भएको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को सर्वस्व पनि गर्ने व्यवस्थालाई हामीले यथावतरूपमा पालन गर्नु उचित हुँदैन । कानूनको प्रत्येक कमी र दोषको अदालतले निराकरण गर्नु भन्दा यसमा विधायिकाले ध्यान दिनु शक्ति पृथक्कीकरणको सिद्धान्तअनुकूल हुन्छ । तसर्थ सर्वस्वसम्बन्धी वर्तमान विधिशास्त्र र कानूनहरूको अध्ययन गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को सर्वस्व गर्नुपर्ने व्यवस्थाको उपयुक्तताको बारेमा विचार गरी परिमार्जन तथा परिशीलन गर्नका लागि नेपाल सरकार कानून तथा न्याय मन्त्रालय एवम्नेपाल कानून आयोगसमेतलाई जानकारी गराई निजहरूको ध्यानाकर्षण गराइदिनेसमेत ठहर्छ । प्रस्तुत मुद्दाको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।                                      

न्या. दीपकराज जोशी

 

इति संवत् २०७१ साल असार ४ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : जवाहरप्रसाद सिंह

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु