शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४०८ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल 

फैसला मिति : २०७६।८।२

०७१-CR-०६५९

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / वादी : ‘घ’ कुमारीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. २ बस्ने खेमराज भट्टको छोरा सागर भट्टसमेत

 

जबरजस्ती करणी व्यक्तिको शरीर र आत्मसम्मानमाथि समेत आघात लाग्ने जघन्य अपराध हो । सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्‍तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्कालै कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै Rape Trauma Syndrome को अवस्था हो । यस्ता अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनु पर्ने । 

(प्रकरण नं.७)

जबरजस्ती करणी अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । अन्य अपराधमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा स्थिरताको विद्यमानता हुनुपर्छ भने जबरजस्ती करणीमा पीडितको भनाइमा पीडाको आघातको कारणले केही विरोधाभाष आउन सक्ने ।

जबरजस्ती करणीको वारदातमा घटना घट्‍यो कि घटेन भन्‍ने विषय बढी महत्त्वपूर्ण हुने र अदालतले पनि सोही कुरा नै विचार गर्नुपर्ने देखिन्छ । जबरजस्ती करणीको कसुरमा मुख्य वारदातस्थल नै पीडितको शरीर हुने ।

(प्रकरण नं.८)

प्रभावकारी अनुसन्धान गरी पीडित तथा प्रतिवादीहरूको आर्थिक विवरण संकलन गर्नुपर्ने दायित्व राज्यको हो । यद्यपि अनुसन्धानको क्रममा अभीलेखीकरण गर्न नसक्नु वा अनुसन्धानमा अकर्मण्यता हुनुको परिणाम स्वरूप क्षतिपूर्ति नपाउने स्थिति सिर्जना हुन दिनु हुँदैन । साथै राज्यको निष्क्रियतालाई कम क्षतिपूर्तिको आधार बन्‍न दिनु तर्कसङ्गत समेत नहुने ।

(प्रकरण नं.३६)

पीडितमाथि परेको पीडा मात्र नभई हिंसाको त्रासको कारणले निजको मानसिक स्वास्थ्यमा परेको आघातको असरलाई समेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नु उपयुक्त देखिने ।

(प्रकरण नं.३९)

जबरजस्तीपूर्वक करणी गरेको कार्य कानूनको मात्र नभई मानवीयता, व्यक्तिगत अस्मिता र सामाजिक नैतिकताको समेत विपरीत हुन जाने ।

(प्रकरण नं.४३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल, श्री उद्धव पुडासैनी र अधिवक्ता श्री स्वागत नेपाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ

अवलम्बित नजिर :

ने.का.प.२०७५, अंक ५, नि.नं.१०००७

ने.का.प.२०७४, अंक ९, नि.नं.९८७९

ने.का.प.२०७२, अंक ९, नि.नं.९४७२

ने.का.प.२०७२, अंक २, नि.नं.९३४६

ने.का.प.२०६७, अंक ११, नि.नं.८५०७

ने.का.प.२०६७, अंक ९, नि.नं.८४६९

ने.का.प.२०६६, अंक ४, नि.नं.८१२७

ने.का.प.२०६३, अंक १०, नि.नं.७७७२

ने.का.प.२०६२, अंक १०, नि.नं.७६११

ने.का.प.२०६०, अंक ५, नि.नं.७२१६

सम्बद्ध कानून :

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

अपराध पीडित संरक्षण ऐन, २०७५

 

सुरू तहमा फैसला गर्ने:

मा.जिल्ला न्या. श्री हिमालय राज पाठक

बैतडी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी

माननीय न्यायाधीश श्री नरबहादुर शाही 

पुनरावेदन अदालत महेन्द्रनगर

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- 

तथ्य खण्ड

मिति २०६८।१२।०९ गते एस.एल.सी. परीक्षा दिन भनी पाटनमा आएकी छात्रा “घ” कुमारी (परिवर्तित नाम) लाई पाटन बजारमा पसल गरी बस्ने अमरराज अवस्थी र सागर भट्टले जबरजस्ती करणी गरेकोले निज दुवैजनाउपर कडा कारबाही गरिपाउँ भन्‍ने बेहोराको श्री शिद्धेश्वर उच्च माध्यमिक विद्यालय मेलचौराका प्रधानाध्यापक लालुराम वि.क. र व्यवस्थापन समिति अध्यक्ष गणेशदत्त भट्टराईको इलाका प्रहरी कार्यालय पाटनमा परेको संयुक्त    निवेदन । 

मिति २०६८।१२।०९ गतेको दिउँसो १२:०० बजेको समयमा पाटन बजारमा गेस पेपर किन्‍न गएको अवस्थामा चाँदनी डिजिटल फोटो स्टुडियोका सञ्चालक अमरराज अवस्थी र सागर भट्टले मलाई जिस्क्याउनुका साथै केही समयपछि सम्बन्धित फोटो स्टुडियोमा विभिन्‍न किसिमका औषधी सुईको प्रयोग गरी मलाई अचेत अवस्थामा पारी सामूहिकरूपले करणी गरेकाले निजहरूलाई कानूनी कारबाही गरिपाउँ भन्‍ने बेहोराको मिति २०६८।१२।१० गतेको पीडित “घ” कुमारीले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिएको जाहेरी दरखास्त ।

यसमा जिल्ला बैतडी पाटन गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा श्रीकृष्ण उ.मा.वि जाने पक्‍की सडक, पश्चिम गोइडा खोला, उत्तरमा टेक सिंह रावलको पक्‍की घर, दक्षिणमा समेत उ.मा.वि जाने बाटो यति चार किल्लाभित्र सागर भट्टको जगन्‍नाथ स्टोर, सोही स्टोर पसलमा मिति २०६८।१२।०९ गते सागर भट्टसमेतले “घ” कुमारीलाई बोलाई जबरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थल हेर्दा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला नपरेको चार किल्लासहितको घटनास्थल ठिक छ । सोही पसलको अगाडि पक्‍की सडक भई पूर्वपट्टि दक्षिणमा रामदत्त जोशीको पसल, उत्तर दिपक भट्टको पसल, पश्चिम बजारदेखि पाटन क्याम्पस जाने पक्‍की सडक, पूर्व पेरेनियल इनर्जीको कार्यालय यति चार किल्लाभित्र गणेश भट्टको तिन तल्ले पक्‍की घरको भुइँ तलामा चाँदनी फोटो स्टुडियो रहेको, सोभित्र एउटा कोठा र बाहिर अर्को कोठा रहेको, बाहिर कोठामा कम्प्युटरलगायत श्रृंगारका सामानहरू रहेको, भित्र कोठामा सुत्‍ने खटियासमेत रहेको अन्य घटनासँग सम्बन्धित कुनै सबुत प्रमाण फेला नपरेको ठिक छ भन्‍ने मिति २०६८।१२।११ को घटनास्थल मुचुल्का । 

पीडित तथा प्रतिवादीहरूलाई स्वास्थ्य परीक्षण गराउन पठाएको मिति २०६८।१२।१० गतेको च.नं. २८९७ र २८९८ को पत्र ।

पीडितले घटना हुँदा लगाएको कपडाहरू निज बस्ने गरेको घरबाट बरामद गरिएको भन्‍ने मिति २०६८।१२।११ गतेको बरामदी मुचुल्का । 

...................... (बायाँ आँखामुनि र पाखुरामा निलडाम), ................................ भन्‍नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले पठाएको मिति २०६८।१२।१० को पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले मलाई सामूहिक बलात्कार गरेका हुन् भन्‍ने बेहोराको मिति २०६८।१२।१३ गते पीडित “घ” कुमारीले महिला तथा बालबालिका कार्यालय पाटन बैतडीमा दिएको निवेदन सो कार्यालयको च.नं. ८९ को पत्रसाथ जिल्ला प्रहरी कार्यालय, बैतडीमा प्राप्त भएको ।

मिति २०६८।१२।०९ गतेको वारदातको समयमा पीडितले लगाएका कपडा तथा प्रतिवादीहरूको रक्त समूहको मेडिकल रिपोर्ट केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगञ्ज काठमाडौंबाट प्राप्त भएको ।

मिति २०६८।१२।०९ गते एस.एल.सी. परीक्षा दिन पाटन आएकी छात्रा “घ” कुमारीलाई प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले पाटन बजारमा चियामा नसालु पदार्थ मिलाएर फकाई फुलाई सेवन गर्न लगाई सामूहिक बलात्कार गरेको जघन्य अपराधमा निज प्रतिवादीउपर कडा कारबाही हुन भनी श्री कैलपाल विकास तथा संरक्षण समाज नेपालले सम्मानित प्रधानमन्त्रीज्यूलाई लेखी जिल्ला प्रहरी कार्यालय बैतडीलाई समेत बोधार्थ दिएको पत्र ।

पीडित "घ" कुमारी मेरो काकाको छोरी बहिनी नाता पर्ने र निज मेरो घरमा बसेर परीक्षा दिइरहेकी थिइन् । मिति २०६८।१२।०९ गते साँझ १९ बजेतिर मेरो मोबाइल चलाएर कोठामा बसिरहेकी थिइन् । मैले मोबाइल लिएर किताब पढ् भनी खाना बनाउन लागेँ र निजले आधा रोटी मात्र खाइन् । यो मोबाइलबाट मलाई कसैले जिस्काइरहेको छ भनेर भन्दै थिइन् तर मैले फोन लिएपछि कसैले फोन गरेन । त्यसपछि निज पीडितले असामान्य हर्कत गर्न थालिन् र बाहिर आएर सुतिन् । अनि मैले अन्य वरपरका मानिसहरूलाई समेत बोलाई निजलाई भित्र राखी झारफुकसमेत गर्न लगाएँ र भित्र तोडफोड गर्न थालेपछि निजको हात बाँधेर राखेपछि बिहान मात्र खोलेका हौं । उक्त वारदात मेरो घरमा घटेको होइन बरू ऐ. ९ गते निज आफ्नो परीक्षाको सामग्री लिन पाटन बजार गएको अवस्थामा निजसँग उक्त जबरजस्ती करणीको वारदात घट्न गई सोही कारणले निजको मानसिक अवस्था बिग्रेको हुनुपर्दछ भन्‍ने कमला विष्टको कागज । 

मिति २०६८।१२।०९ गते म निज सागर भट्टको पसलमा बसेको अवस्थामा निज पीडित “घ” कुमारी आई सागर भट्ट कहाँ छ भनी सोधी रहेकी थिइन् भन्‍ने बेहोराको निर्मला भट्टको कागज ।

प्रतिवादी दुवैजना पहिलेदेखि नै राम्रो चरित्रका व्यक्तिहरू नभएकाले निज दुवैजना मिली उक्त वारदात गरेको हुनुपर्दछ भन्‍नेसमेत बेहोराको रमेश बोहराको कागज ।

मिति २०६८।१२।०९ गते दिउँसो अन्दाजी १३ः०० बजे निज मेरो पसलमा आई ..................., गणितको गेस पेपर र क्याल्कुलेटर किनेर लगेकी हो, त्यसपछि निज कहाँ गई मलाई थाहा भएन, पीडित पक्षसँग मेरो कुनै रिसइवी थिएन, हामी २ जनाको नाम लिएर कसैले त्यस्तो घटना गरेको पनि हुन सक्छ । भन्‍ने बेहोराको मिति २०६८।१२।२० गते पाना ७ को प्रतिवादी सागर भट्टको बयान ।

मिति २०६८।१२।०९ गते म मेरो पसलमा नै थिएँ, अन्दाजी मध्यान्हको १२/१ बजेतिर निज "घ" कुमारी प्रतिवादी सागर भट्टको पुस्तक पसलमा आएकी मैले आफ्नै पसलबाट देखेको हुँ, निज उक्त सागरको पसलमा ४/५ मिनेटजति उभिएको होली, त्यसले त्यहाँ के के कुरा गर्‍यो र त्यसपछि कहाँ गई थाहा भएन र मिति २०६८।१२।१० गते बिहान अन्दाजी ७ बजेतिर जाहेरवालीलाई प्रतिवादी सागर भट्टको पसलमा आएको देखेको हुँ, मेरो जाहेरवालीसँग कुनै पूर्वरिसइवी थिएन, मेरो नाममा समेत किन किटानी जाहेरी पर्न आयो मलाई थाहा भएन भन्‍ने बेहोराको ऐ. मितिको पाना ७ को प्रतिवादी अमरराज अवस्थीको बयान ।

पीडितले वारदातका समयमा लगाएका कपडाहरूमध्ये कट्‍टुमा प्रतिवादीहरूको .................... (मानवको शुक्रकिट भेटिएको), ....................... (रक्त समूह निश्चित गर्न नसकिएको) र .....................(रौंहरू भेटिएको) भन्‍ने केन्द्रीय विधि विज्ञान प्रयोगशालाको मिति २०६८।१२।२१ गतेको च.नं. २९७२ को पत्रसाथ प्राप्त हुन आएको प्रतिवेदन । 

मिति २०६८।१२।०९ गते निज पीडितलाई मैले पाटन बजारमा सामान किन्‍न आएको बेला देखेको र दोस्रो दिन म परीक्षा दिन सक्दैन भनी रोई कराई देखी के भयो भनी सोधपुछ गर्दा मिति २०६८।१२।०९ गते सामान लिन बजार आएका बखत प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले विभिन्‍न लोभ लालचमा पारी चाँदनी फोटो स्टुडियोको अमरराज अवस्थीको सुत्‍ने कोठामा लगी पहिले सागर भट्ट र पछि अमरराज अवस्थीले मलाई जबरजस्ती करणी गरेको र उम्कन खोज्दा मेरो आँखामा चोट लागेको भनी पीडितले मलाई भन्दा मैले थाहा पाएको र प्रतिवादीहरूसमेतको पूर्वचालचलनसमेत ठिक नभएकाले निज दुवैजना प्रतिवादीहरूले उक्त घटना गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्‍नेसमेत बेहोराको मिति २०६८।१२।२५ गतेको गगन सिंह भण्डारीको कागज ।

मिति २०६८।१२।१० गते बिहान म काम विशेषले पाटन बजार आएको अवस्थामा निज पीडितलाई सोध्दा २०६८।१२।९ गते दिउँसो सामान किन्‍न आएका बेला प्रतिवादी सागर भट्ट र प्रतिवादी अमरराज अवस्थीले मलाई विभिन्‍न किसिमको लोभलालचमा पारी भित्र लगी दुवैजनाले पालैपालो जबरजस्ती करणी गरेको र मैले उम्कन खोज्दा मेरो आँखामा चोट लागेको भनी पीडितले भन्दा घटनाबारे थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको ईन्द्र सिंह बोहराको कागज ।

मिति २०६८।१२।९ गते पीडित पाटन बजार आएको अवस्थामा प्रतिवादी अमरराज अवस्थी र प्रतिवादी सागर भट्टले निजलाई ललाई फकाई अमरराज अवस्थीको फोटो स्टुडियोमा लगी दुवै प्रतिवादीहरूले पालैपालो जबरजस्ती करणी गरेको भनी सुनी थाहा पाएकी हुँ भन्‍नेसमेत बेहोराको धना पहरीको कागज ।

मिति २०६८।१२।०९ गते पीडित “घ” कुमारीलाई पाटन बजारमा जबरजस्ती करणी गरेको छ भन्‍ने खबर फोनबाट थाहा भएपछि २०६८।१२।०९ गते म पाटन बजार आएको र घटना सम्बन्धमा बुझ्दा मिति २०६८।१२।०९ गते निज पीडित सामान किन्‍न पाटन बजार आएको अवस्थामा प्रतिवादी दुवैजनाले पीडितलाई भित्र लगी पालैपालो जबरजस्ती करणी गरेको भन्‍ने सुनी थाहा पाएको र निज पीडितको बायाँ आँखामुनि निलडाम रहेको हुँदा प्रतिवादी दुवैजनाले उक्त घटना गरेको भन्‍नेमा मलाई पूर्ण विश्‍वास लाग्छ भन्‍ने श्री केदार उच्च माध्यमिक विद्यालय मेलचौराको प्रधानाध्यापक लालुराम वि.क. को कागज ।

मिति २०६८।१२।०९ गते बिहान घटना सम्बन्धमा फोनमार्फत जानकारी पाएपछि म पाटन आएको र तत्काल पीडितको आँखामुनि निलडाम रहेको र पीडितलाई के भएको भनी सोध्दा मिति २०६८।१२।०९ गते दिउँसो गेस पेपर किन्‍न प्रतिवादी सागर भट्टको पसलमा आएको अवस्थामा प्रतिवादी अमरराज अवस्थीसमेत त्यहाँ आई मलाई चाँदनी फोटो स्टुडियोभित्र लगी दुवै प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी पीडितले भन्दा घटनाको बारे जानकारी पाएको र दुवै प्रतिवादीले उक्त घटना गरेकोमा मलाई पूर्ण विश्‍वास लाग्छ भन्‍ने बेहोराको श्री शिद्धेश्‍वर उच्च माध्यमिक विद्यालय मेलाचौराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश दत्त भट्टराईको कागज ।

मिति २०६८।१२।०९ गते दिउँसो पीडित “घ” कुमारी आफ्नो परीक्षाको सामग्री किन्‍न पाटन बजार स्थित सागर भट्टको पसलमा आएको अवस्थामा चाँदनी फोटो स्टुडियोका सञ्चालक अमरराज अवस्थीसमेत त्यहाँ आई नाई भन्दाभन्दै मलाई ललाई फकाई फोटो स्टुडियोभित्र लगी पहिला प्रतिवादी सागर भट्ट र पछि अमरराज अवस्थीले जबरजस्ती करणी गरेका हुन् भनी पीडितले भन्दा मैले सुनी थाहा पाएको र प्रतिवादी दुवैजनाले मिलि उक्त वारदात गराएकोमा मलाई पूर्ण विश्‍वास लाग्छ भन्‍ने बेहोराको गगन सिंह बोहरासमेतका ७ जनाको मिति २०६८।१२।२५ गतेको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले पीडित “घ” कुमारीलाई मिति २०६८।१२।०९ गते दिउँसो चाँदनी फोटो स्टुडियोको कोठाभित्र जबरजस्ती करणी गरेको र प्रतिवादीहरूले आफ्नो पसल साँझ ७ बजेपछि बन्द गर्ने गरेकोमा उक्त दिन ३ बजेतिर नै बन्द गरिसकेकाले प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्‍वास लाग्छ भन्‍नेसमेत बेहोराको जिल्ला बैतडी पाटन गा.वि.स.वडा.नं.९ बस्ने चमन भण्डारीको कागज ।

मिति २०६८।१२।१० गते पीडितलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याई मैंले पीडितलाई घटनाबारे सोधपुछ गर्दा मिति २०६८।१२।०९ गते अन्दाजी १३:०० बजेतिरको समयमा म गणित विषयको गेस पेपर किन्‍न पाटन बजार स्थित सागर भट्टको पुस्तक पसलमा गई गेस पेपर माग्दा ऊ त्यो अगाडिको पसलमा गेस पेपर पाइन्छ भनी मलाई चाँदनी स्टुडियोमा पठाई एकछिनपछि सागर भट्ट पनि स्टुडियोमा आई मलाई दुवै मिली जबरजस्ती भित्र लगी मैले नाई भन्दाभन्दै पहिला सागर भट्ट र पछि अमरराज अवस्थीले पालैपालो गरी जबरजस्ती करणी गरेका हुन् भनी पीडितले भनेको र पीडितको बायाँ आँखामुनि तथा पाखुरामा निलडाम रहेको भन्‍नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला सेवा केन्द्रमा कार्यरत प्र.ह. मनमाया वि.क. को कागज ।

यसमा जाहेरी निवेदन, जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, खानतलासी बरामदी मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण रिपोर्ट, प्रतिवादीहरूको बयान, घटना विवरणका मानिसहरूको कागज तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको कथनसमेतका आधार प्रमाणहरूबाट मिति २०६८।१२।९ गते दिउँसो पीडित “घ” कुमारीलाई प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले डर त्रासमा पारी बेहोस बनाउने सुई दिई, बलपूर्वक पसलभित्र लगी खटियामा पल्टाई पीडितलाई सामूहिक रूपमा पालैपालो गरी जबरजस्ती करणी गर्ने गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं.बमोजिमको कसुर अपराध कायम हुन आएकोले निज प्रतिवादी दुवैजनालाई सोही ऐन महलको ३(४) नं. बमोजिम सजाय गरी सोही ऐन महलको ३(क) नं. बमोजिम थप सजाय हुन सामूहिक बलात्कारबापतको सजायसमेत थप गरी ऐ. ऐन महलको १० नं. बमोजिम मानसिक क्षतिपूर्तिसमेत पीडित “घ” कुमारीलाई दिलाई भराई पाउनसमेत मागदाबी लिई पक्राउ परेका प्रतिवादीहरू र मिसिल यसै अभियोग पत्रसाथ पेस गरिएको बेहोरा अनुरोध छ । साथै पीडितले आफ्नो उपचारका क्रममा महिला विकास अधिकृतलाई सम्बोधन गरी लेखिएको निवेदनमा यी प्रतिवादी दुवैजनाले सामूहिक जबरजस्ती करणी गर्दा आफू अचेत भएकीले अन्य पनि व्यक्तिहरूबाट आफू बलात्कृत हुनसक्ने वा आफूलाई अरू थाहा नभएका व्यक्तिसमेत थप भई जबरजस्ती करणी गरेका हुनसक्ने भनी लेखिदिएको देखिँदा पछि अनुसन्धानको क्रममा अन्य व्यक्तिहरूसमेत खुल्न आए अ.बं. ८८ नं. बमोजिम पछि छुट्टै पूरक अभियोग पत्रसमेत पेस गरिने बेहोरासमेत अनुरोध छ भन्‍नेसमेत बेहोराको मुख्य अभियोगपत्र ।

मिति २०६८।१२।९ गतेको दिनमा प्रतिवादी सागर भट्ट आफ्नो दोकानमा थियो । म आफ्नो दोकानमा नै थिएँ । पीडित “घ” कुमारीलाई मैले दिउँसो २०६८।१२।९ गते १२-१ बजेको समयमा प्रतिवादी सागर भट्टको पसलमा देखेको हुँ, त्यहीबेला सागर भट्टले पनि करणी गरेन, अरू पनि थिए जबरजस्ती करणी गर्ने मौका नै भएन, मैले पनि सो दिन र राति करणी गरेन । मिति २०६८।१२।१० गतेको बिहान ७ बजेको समयमा परीक्षा दिन जान लागेकी सागर भट्टको दोकानमा सागर भट्टसँग कुरा गरिराखेको देखेको हुँ । मलाई प्रहरी चौकीमा लगेपछि केटीलाई जबरजस्ती करणी गर्‍यो भनी भनेपछि थाहा पाएको हुँ । हामीहरूले जबरजस्ती करणी गरेनौं । जबरजस्ती करणी गर्नेहरूलाई सजाय होस् हामी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अमरराज अवस्थीले सुरू बैतडी जिल्‍ला अदालतमा गरेको बयान ।

मिति २०६८।१२।९ गतेको दिन पीडित “घ” कुमारी दिउँसो ११:०० बजे म कोठामा खाना पकाउन लागेको बेला पसलमा आएकी थिइन् । पछि १ बजे मेरो पसलमा आई किताब, क्यालकुलेटर र ‌औजार बक्स किनी लगिन् । म उहाँलाई परीक्षा सिधिने बेलाको तीन दिन अगाडिदेखि चिन्दछु । प्रतिवादी अमरराज अवस्थी र मैले करणी गरेनौं । १० गतेपछि मैले पीडित “घ” कुमारीलाई पाटनमा आफ्नै दिदीको कोठामा जबरजस्ती करणी गर्‍यो भन्‍ने चौकीमा आएपछि सुनेँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सागर भट्टले सुरू बैतडी जिल्ला अदालतमा गरेको बयान ।

प्रस्तुत मुद्दामा आरोपित कसुर अपराध गरेतर्फ प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीले प्रहरीसमक्ष र यस अदालतमा बयान गर्दा कसुरमा इन्कार भई बयान गरेको भए तापनि प्रस्तुत मुद्दामा परेका मिसिल संलग्न अन्य किटानी जाहेरी निवेदनहरू, पीडित “घ” कुमारी (नाम परिवर्तन) ले दिएको किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, बरामदी मुचुल्का, वस्तुस्थिति मुचुल्काका गगन सिंह बोहरा, देवेन्द्र खड्कासमेतले गरिदिएको किटानी कागज, योनिमा दुईवटा औँला सजिलै प्रवेश हुने गरी योनिद्वार खुला भएको, बायाँ आँखा तल निलडाम भएको, दायाँ हातको पाखुरामा समेत १.५ x १.५ से.मी.को घाउ भएको भन्‍ने पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट तथा पीडितले वारदातको समयमा लगाएको कपडामा human sperm ce।।s found (मानवको शुक्रकिट) र कपडामा रौं भेटिएको भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्ट एवम् मिसिल संकलित अन्य सबुद प्रमाणसमेतका तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी सागर भट्ट र अमरराज अवस्थी कसुरदार देखिएकाले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन अ.बं. ११८ को देहाय २ बमोजिम निजहरूलाई अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई जिल्ला कारागार कार्यालय बैतडीमा पुर्पक्षका लागि थुनामा राख्‍न पठाइदिनु भन्‍नेसमेत बेहोराको बैतडी जिल्ला अदालतको आदेश ।

श्री सिद्धेश्‍वर उ.मा.वि. मेलचौराका अध्यक्ष गणेशदत्त भट्टराई, प्र.अ. लालुराम वि.क., जाहेरवाली तथा पीडित “घ” कुमारी, घटनास्थल मुचुल्काका मानिसहरू, घटना विवरण कागजका मानिसहरू, वस्तुस्थिति मुचुल्काका मानिसहरूसमेतलाई जि.स.व.का. बैतडीमार्फत उपस्थित गराउनु भनी जि.प्र.का. बैतडीलाई लेखी पठाई र प्रतिवादीहरूका साक्षीहरू निजैहरूमार्फत उपस्थित गराउन लगाई बुझी नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको बैतडी जिल्ला अदालतको आदेश ।

पीडित “घ” कुमारीलाई चमन सिंह भण्डारीले हिजो राति तपाइँसँग घटना भयो कि भनी सोधनी गर्दा मसँग कुनै केही घटना भएन भनेर “घ” कुमारीले जवाफ दिँदै थिई, तिमीलाई औषधी खुवायो कि भनेर सोध्दा पनि मलाई कुनै औषधी खुवाएन भनेर जवाफ दिइरहेकी थिइन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने निर्मला भट्टले बैतडी जिल्ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।१२।९ गते मेरो घरमा आइसकेपछि “घ” कुमारीले आफ्नो घरमा आमा बुबालाई फोन गर्दै छु भनेर त्यो फोन मेरो आफ्नो भएकोले अनावश्यक फोन नगर पैसा सकिन्छ भन्दा मलाई कोही बिरानो केटाले मिसकल गरिरहेको छ फोन गर्दिनँ भनेर भनी निजबाट मैले फोन खोसेर आफूसँगै राखेँ । त्यसपछि निज कोठामा बस्दा लाइट पनि जलाइराख्‍ने टर्च पनि जलाइराख्‍ने गरी रहेकोले किन यसो गरिरहेको भन्दा मसित नबोल्नुस् मेरो भावना अर्कै छ भन्‍न थालिन् । अब सुतौँ भनेर कोठामा जाँदा निज “घ” कुमारी घरबाहिर निस्केकीले म पनि निजसँगै बाहिर आएर किन यसो गरिरहेकी भन्दा मैले के खाएको हुँ, तैंले भोलि जान्लिस् भनी कराउन थालिन् । निज “घ” कुमारीको रेखदेखमा रातभरी सुत्‍न पाएनौ भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने कमला विष्टले बैतडी जिल्ला अदालतमा गरेको   बकपत्र ।

चाँदनी फोटो स्टुडियो भवन तीन तला छ । कोठाहरू कति छ थाहा छैन, अगाडिको कोठामा श्रृंगारका सामानहरू थिए । पछाडिको कोठामा फोटो लाइट पर्दासमेत थियो । श्रृंगार सामान रहेको कोठामा बिच भागमा प्लाई लगाई पार्टेसन गरी पछाडि ३,४ फिट चौडा भएको एउटा खटियासमेत थियो, पक्षको भनाइअनुसार केटीको फुपू कमला विष्टको घरमा घटना भएको हो भन्‍ने थियो, प्रहरीको कागजमा चादँनी फोटो स्टुडियो देखाइयो त्यसैले यो घटना बनावटीजस्तो लाग्छ भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस जयराज जोशीले बैतडी जिल्ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।१२।१० गते पाटन बजारमा श्याम दमाईको पसलमा “घ” कुमारीलाई भेटेको थिएँ । ऐ. १० गते बिहान ७ बजे “घ” कुमारीलाई बजारमा भेटेँ र मलाई आफ्नो प्रवेश पत्र देखाउँदै सागर भट्टले कोरिदिएको छ भनी देखाइन् । “घ” कुमारी र रमेश बोहरासमेत सागर भट्‍टको पसलमा थिए । निज “घ” कुमारीलाई कहाँ कसले बलात्कार गर्‍यो भन्‍ने सम्बन्धमा मलाई केही थाहा छैन भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका मानिस गगन सिंह भण्डारीले बैतडी जिल्ला अदालत गरेको बकपत्र ।

मिति २०६८।१२।१० गते बिहान पाटन स्कुलको आसपासमा म पुग्दा छोरी “घ” कुमारीलाई भेटेँ । मैले छोरीलाई सोधपुछ गर्दा, निजले मिति२०६८।१२।९ गतेका दिन गेसपेपर किन्‍न भनी पाटन पुस्तकालयको दोकान आएकी थिएँ । गेसपेपर खरिद गरेँ । पुस्तकालयवालाले तिमी कहाँ आएकी हौ ? कहाँ बस्छौ भनी सोधपुछ गरेँ । त्यस बखत फोटोग्राफर पनि त्यहीँ थिए । निजहरूले बहिनी म पनि परीक्षा दिँदै छु, चिया पानी खाउँ भनी एकजनाले भने चिया र पानी मगाएर खाए, १०, १५ मिनेटपछि म बेहोस भएँ । त्यसपछि केके भयो मलाई थाहा भएन भनेर भनेकी हुन् । आँखामा निलडाम देख्दा सो के भएको हो भनी सोध्दा फोटोग्राफरले मलाई चेपेजस्तो लाग्यो भनी भनेकी हुन् । छोरी “घ” कुमारी माथि गलत व्यवहार प्रतिवादी सागर भट्ट पुस्तकालयवालाको दोकान पसलमा भएको हो भन्‍नेसमेत बेहोराको बरामदी मुचुल्काका मानिस राम सिंह बोहराले सुरू बैतडी जिल्ला अदालतमा (स.ज. ६ र स.ज. १४ मा) गरेको बकपत्र ।

घटनाको बारेमा मलाई केही पनि थाहा छैन । एक दिनअगाडि घटना भएको रहेछ दोस्रो दिन ३ बजे हामीलाई बोलायो । जाहेरवालीलाई टाढाबाट देखेँ कुराकानी केही भएन भन्‍नेसमेत बेहोराको घटना विवरणका मानिस गणेश दत्त भट्टराईले (स.ज. ६ र स.ज. ७ मा) सुरू बैतडी जिल्ला अदालतमा गरेको बकपत्र ।

चियामा जाहेरवालीलाई औषधी खुवाई जबरजस्ती करणी गर्‍यो भन्‍ने मलाई विश्‍वास छैन । मेरो र प्रतिवादीहरूको आमने सामने पसल छ । घटनाबारे सुनी थाहा पाएको हो । मलाई उक्त कागज गराउन आठ दिनपछि प्रहरीले बोलाएको हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस तेजबहादुर चन्दले सुरू बैतडी जिल्ला अदालतमा (स.ज. ६ मा) गरेको बकपत्र । 

मैले प्रतिवादीहरूले जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास छ भनी लेखाएको थिइनँ । सो कुरा लेखाइदिएछ । प्रहरीमा मलाई पढीबाची सुनाएन । मलाई प्रहरीमा पनि बोलाएन, प्रहरी गाडी लिएर मेरो होटेलमा गई लौ छिटोछिटो सही गर भनी मेरो सहीछाप गरी ल्याएका हुन् भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस देवेन्द्रबहादुर खड्काले सुरू बैतडी जिल्ला अदालतमा (स.ज.५ मा) गरेको बकपत्र । 

पीडितलाई लागेको निलडाम मैले आफैँले देखेकी हुँ । सुई लगाएको देखेन । सुई लगाएको हो भनेर पीडितले भनेकी हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने प्र.ह.मनमाया वि.क. ले सुरू बैतडी जिल्ला अदालतमा (स.ज. ६ मा) गरेको बकपत्र । 

मिति २०६८।१२।११ गते बेलुका “घ” कुमारीलाई निजकै बाबु तथा अन्य गाउँलेहरूले पनि सोधपुछ गर्दा, निजले मेरो जीवनमा चारजना आए भनेपछि जे पायो त्यही बोल्दछे भनी निजको कपाल समातेर कुटपिटसमेत गरेका थिए । अरूले पनि बहानाबाजी नगर भनी विभिन्‍न किसिमले मानसिक यातना दिइराखेका थिए । यसरी बारबार घटना, तथ्य, बेहोरा फरक फरक लेखाउने देखाउने गरेको यो मुद्दा झुट्ठा बनावटी हो भन्‍नेसमेत बेहोराको प्रतिवादीहरूका साक्षी शिवदत्त पन्तले सुरू बैतडी जिल्ला अदालतमा (स.ज.१२ मा) गरेको बकपत्र ।

मैले प्रतिवादीहरूलाई बुझ्दा, १० गते बिहान परीक्षा दिन जाने क्रममा “घ” कुमारी र निजकै दाजु नाता पर्ने रमेश बोहरा दुवैजना सँगै प्रतिवादी सागर भट्टको पसलमा आई मेरो बहिनीसँग किन झगडा गरिस् ? किन जिस्काइस् ? परीक्षा दिएर आएपछि तेरो नाउँमा मुद्दा हाल्छु भनी धम्काएर गएको हुँदा यो मुद्दा सुनियोजित ढङ्गले चलाएको छ भन्‍ने प्रस्ट हुन्छ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरूका साक्षी नवराज अवस्थीले सुरू बैतडी जिल्ला अदालतमा (स.ज. १० मा) गरेको बकपत्र ।

मैले जिल्ला अस्पतालमा निज “घ” कुमारीलाई मानसिक अवस्था बिग्रेको हालतमा देखेको हुँ । घाउ खत आँखाको माथिपट्टि थियो, कुन आँखा हो थाहा भएन । पाटनमा लागेको हो भन्दै थिई । त्यही कुरा साँचो हो । प्रहरीमा कागज गर्दा मलाई बेहोरा सुनाएन, दस्तखत गर भनेको हुँदा दस्तखत गरिदिएको छु भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस तर्क सिंह ठगुन्‍नाले सुरू बैतडी जिल्ला अदालतमा (स.ज.९ मा) गरेको बकपत्र ।

२०६८।१२।९ गते म घरमै छु । प्रहरीमा गरेको कागज मलाई पढीबाची सुनाएन । प्रहरीमा कागज गर्दा मैले भनेको बेहोरामा, मैले केटीलाई भेटेको थिएँ । उसको आँखामा चोट लागेको थियो । चोटपटकको बारेमा सोध्न पाएन । अरू कुरा निजसँग केही पनि भएन । त्यही कुरासम्म मैले लेखाएको छु । यसले करणी गर्‍यो भनी लेखाएको छैन । घटना “घ” कुमारीको फुपूको घरमा ९ गते भएको हो भन्‍ने सुनेको हुँ भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस विर सिंह ठगुन्‍नाले सुरू बैतडी जिल्ला अदालतमा (स.ज.५ र स.ज. ६ मा) गरेको बकपत्र । 

२०६८ चैत्र ९ गतेको दिन पाटन स्थित सागर भट्टको पसलमा गेस पेपर किन्‍न जाँदा विभिन्‍न किसिमका गेसपेपर हेर्दाखेरी अबेर भयो । मैंले सागर भट्टसँग एक गिलास पानी मागी खाएँ । त्यहाँ अमरराज अवस्थी बसिरहेको थियो । मैले पानी खाइसकेपछि टाउको दुख्यो, रिङ्गटा लागेजस्तो भयो । त्यहाँबाट दिदीको घरमा गएँ, घरमा जाँदा आधी बाटासम्म ती दुवैजना प्रतिवादी अमरराज अवस्थी र सागर भट्ट मेरो पछिपछि लागे मलाई मतलब भएन । म ६ बजे घर पुगेँ र दिदीले खाना पकाउनु भयो र मैले खाना खाएँ । रिङ्गटा झन्झन् बढ्न थाल्यो । दिदीको छोरी मसँगै सुत्‍ने भएकीले मैले ढोका लगाइन । म सिरकमा गुटमुटिएर सुतिरहेकी थिएँ, त्यही बेला मेरो कोठाभित्र १०:३० बजे यी दुवैजना प्रतिवादी सागर भट्ट र अमरराज अवस्थी आएर सिरानीले मेरो मुखको पूरै भाग छोपी त्यहाँबाट उठ्न र बोल्न नमिल्ने गरी च्याप्यो त्यसपछि सुई खुट्टामा र दायाँ पाखुरामा घोच्यो अनि दुवैजनाले मलाई के के गर्‍यो त्यो बेला थाहा भएन । राति ११:३०-१२:०० बजेतिर निन्द्रा खुलेपछि यी दुवैजना प्रतिवादीहरू बाहिर गई राखेका थिए । मैंले आफ्नो जिउ हेर्दा खेरी बायाँ गालामा निलडाम थियो । आफूले अनुभव गर्दा जिउ तल माथि दुवैतिर दुखेको थियो । मैंले लगाइराखेको लुगाहरू फेरिएका थिए, भित्रपट्टिका कट्टु र गन्जी थिएन । त्यसपछि दिदीले पानी ल्याएर आइन्, पानी खाएँ । दिदीले तिमीलाई के भयो भनी सोध्दा मैले भन्‍नै सकिनँ, निन्द्रा पनि झन्झन् लाग्यो । ‍ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा परेँ । अनि भोलिपल्ट अर्को लुगा लगाएर परीक्षा दिन भनेर बजारतिर गएँ । पाटन बजारको छेउमा प्रहरी भेटेँ, उहाँलाई आफूमाथि भएको घटनाको बारेमा अलिअलि भनेँ, त्यहाँबाट परीक्षा केन्द्रमा गएर केन्द्राध्यक्षज्यूसँग मेरो घटनाक्रम बताएर आज म परीक्षा दिन सक्दिनँ गाह्रो भएको छ भनी भनेँ । उहाँले जति सक्दछौ गर भनी प्रश्न पत्र दिनुभयो । मैंले अलि अलि लेख्‍न सकेँ । टाउको दुख्दै थियो लेख्दा खेरी हात काम्न थाल्यो त्यसपछि पेपर दिएर दिदीको घर पुगेँ । दिदीले बुबालाई बिहानै फोन गर्नु भएको रहेछ । मेरो दिदीको नाम कौसी बोहरा हो । पाटन प्रहरी चौकीमा केन्द्राध्यक्षसमेतले लगी गएका हुन् । म बेहोस थिएँ । मलाई कहाँकहाँ लगे थाहा भएन भन्‍नेसमेत बेहोराको जाहेरवाली “घ” कुमारीले सुरू बैतडी जिल्ला अदालतमा (स.ज. ५ मा) गरेको बकपत्र ।

यसमा जाहेरवाली पीडित “घ” कुमारीले यस अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरूले खुट्टामा र दायाँ पाखुरामा सुई घोचे, म बेहोस भएँ । मलाई सागर भट्ट र अमरराज अवस्थीले जबरजस्ती करणी गरेको हो । मेरो जिउमा हेर्दा कपाल जुकुल्टो परेको, मुखमा निलडाम भएको, योनि दुखेको थियो । मेरो गुप्‍ताङ्गमा वीर्य लागेको थियो, वीर्य प्रतिवादीहरूको हो, घटना भएको हो । त्यो घटना प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीले मलाई जबरजस्ती करणी गरेको हो । मेरो जीवन बर्बाद पारेको छ । कडा सजाय होस् भनी लेखाई दिएको देख्दा अध्ययनरत अविवाहित कुमारी कन्याले यिनै प्रतिवादीहरूउपर जाहेरी दिई आफ्नो भविष्यलाई समेत त्यतिकै दागी बनाउने काम सामान्य समझको विपरीत देखिनु, पीडितले बिचमै एस.एल.सी. जस्तो महत्त्वपूर्ण परीक्षासमेत छोड्नुसमेतका आधार प्रमाणहरूबाट पीडित “घ” कुमारीलाई प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीले सामूहिकरूपमा जबरजस्ती करणी गरेको तथ्य स्वतः सिद्ध हुन आएको देखिँदा प्रस्तुत मुद्दामा मिसिल संकलित सबुत प्रमाणको आधारमा प्रतिवादी सागर भट्ट र प्रतिवादी अमरराज अवस्थीले अभियोग मागदाबीबमोजिम पीडित “घ” कुमारी (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम प्रतिवादी सागर भट्ट र प्रतिवादी अमरराज अवस्थीलाई जनही ८(आठ) वर्ष कैद हुने ठहर्छ । उक्त वारदातमा दुवैजना प्रतिवादीहरूले पीडित “घ” कुमारीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको हुँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ (क) नं. बमोजिम प्रतिवादी सागर भट्ट र प्रतिवादी अमरराज अवस्थीलाई जनही ५(पाँच) वर्ष थप कैदको सजाय हुने ठहर्छ । साथै मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीबाट जनही रू.५०,०००।– (पचास हजार) का दरले पीडित “घ” कुमारीलाई क्षतिपूर्ति भराई दिने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू बैतडी जिल्ला अदालतको फैसला । 

जाहेरवालीको लुगा कपडा परीक्षण गरी आएको प्रतिवेदन (रिपोर्ट) मा जाहेरवालीले लगाएको कट्‍टुमा मानव शुक्रकिट भेटिएको भने पनि उक्त शुक्रकिटको रक्त समूह मेरो रगत समूहसँग मेल नखाएको हुँदा उक्त शुक्रकिटसँग मेरो कुनै सम्बन्ध छैन । जबरजस्ती करणी भएको कुरामा नै शंका देखिएको अवस्थामा मलाई कसुरदार ठहर्‍याएको फैसला फौजदारी न्यायको सिद्धान्तविपरीत छ । वादी पक्षको साक्षी कमला विष्टको बकपत्रबाट समेत मेरो निर्दोषिता प्रस्ट भइरहेको छ । मैले आरोपित कसुरमा इन्कार रही बयान गरेको छु । सो कुरालाई मेरा साक्षीहरू नवराज अवस्थी र शिवदत्त पन्तले गरेको बकपत्रबाट पुष्टि भइरहेको छ । वादी पक्षको गवाह निर्मला भट्ट, गणेश दत्त भट्टराई, कमला विष्टसमेतका मानिसहरूले प्रतिवादी अमरराज अवस्थीले कसुर गरेकोमा विश्‍वास लाग्दैन, कसुर गरेको छैन भनी सुरू अदालतसमक्ष बकपत्र गरी दिएबाट मेरो आरोपित कसुरमा संलग्नता नभएको पुष्टि भई मेरो निर्दोषिता प्रमाणित भएकोले सुरू अदालतबाट मलाई कसुरदार ठहर्‍याएको फैसला बदर गरिपाउँ, अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अमरराज अवस्थीको पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन ।

पीडितको कट्‍टुमा देखिएको शुक्रकिटलाई सुरू अदालतले आफ्नो ठहरमा मेरै हो भनी आत्मनिष्ठ तर्क गरिएको छ । मेरो रक्त समूहसँग उक्त शुक्रकिटको कुनै सम्बन्ध छैन । प्रमाण ऐन, २०३१ को दफा २५ मा दाबी प्रमाणित गर्ने दायित्व वादीको हुने र हाम्रो कानूनी मान्यता पनि त्यही छ । अदालतमा आई अनुसन्धानको क्रममा गरिएका कागजहरूको सत्यापन गरिनु पर्ने अनिवार्यता कानूनमा सुनिश्‍चित छ । वादी पक्षका गवाह कमला र निर्मलाले अपराध भएको होइन र म त्यसमा संलग्न छैन भन्‍ने विषयलाई पुष्टि गरिदिएका छन् । जसबाट पूरै खण्डित रहन्छ र अरू बुझिएका व्यक्तिहरूले परस्पर विरोधाभाषपूर्णका साथै सुनी थाहा पाएको विषयले प्रमाणित मूल्य प्राप्त गर्न सक्दैन । तिनलाई प्रमाण मान्‍नु प्रमाण ऐनको प्रतिकूल हुन्छ । त्यस्तै मेरा साक्षीहरूले कथित वारदात समयमा र कथित घटनासँग मेरो कुनै संलग्नता छैन भनी मैले गरेको इन्कारी बयानलाई पुष्टि हुने गरी गरिदिएको बकपत्रले मेरो निर्दोषिता प्रस्ट देखिराखेको अवस्थामा मलाई दोषी ठहर गर्नु न्यायोचित नभएकोले सुरू फैसला बदर गरी मलाई निर्दोष घोषणा गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सागर भट्टको पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन । 

यसमा सबुद प्रमाणको मूल्याङ्कनको रोहमा सुरू बैतडी जिल्ला अदालतको फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित हुन आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने मिति २०७०।३।१७ गतेको पुनरावेदन अदालत महेन्द्रनगरको आदेश ।

जाहेरवालीको जाहेरी दरखास्त निवेदन र निजको अदालतमा भएको बकपत्र तथा घटनास्थल प्रकृति मुचुल्का र बुझिएका मानिसहरूको भनाइमा एकरूपता नभई परस्पर बाझिएको देखिनुका साथै स्वास्थ्य परीक्षण रिपोर्ट, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टबाट घटनाको वास्तविक तथ्यलाई शंकारहित तवरले प्रमाणित गर्न नसकेको हुँदा जाहेरवालीको उक्त विरोधाभाष भनाइको आधारमा मात्र मनोगत ढङ्गबाट अनुमान गरी भएको सुरू जिल्ला अदालतको फैसलासँग सहमत हुन सकिएन । केवल अनुमानको भरमा मात्र मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं.बमोजिम प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीलाई जनही ८ (आठ) वर्ष कैद गरी र ऐ.जबरजस्ती करणीको महलको ३(क) नं. ले थप ५ (पाँच) वर्ष कैद र ऐ. को १० नं. बमोजिम प्रतिवादीहरूबाट जनही रू.५०,०००।– (पचास हजार) यी प्रतिवादीहरूबाट पीडितालाई क्षतिपूर्ति भराउने गरी भएको सुरू बैतडी जिल्ला अदालतको मिति २०६९।११।२२ को फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।०१।१५ को फैसला ।

सुरू बैतडी जिल्ला अदालतको फैसलालाई उल्टी हुने गरी मिति २०७१।१।१५ मा पुनरावेदन अदालत महेन्द्रनगरबाट भएको फैसलामा चित्त बुझेन । मिति २०६८।१२।९ गते दिउँसो पीडित “घ” कुमारी प्रतिवादी सागर भट्टको पसलमा गेस पेपर खरिद गर्न गएको अवस्थामा निज प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीको पाटन बजार स्थित चाँदनी फोटो स्टुडियोमा लगी बेहोस हुने सुई लगाई अचेत बनाई सामूहिक जबरजस्ती करणी गरेको भनी पीडित “घ” कुमारीले किटानी जाहेरी दरखास्त दिएको र सोपश्‍चात् पीडित “घ” कुमारीले मानसिकरूपमा विक्षिप्‍त भई होससमेत गुमाएको भन्‍ने मिसिल संलग्न मेडिकल प्रतिवेदनबाट समेत देखिएको अवस्थामा पीडितले आफूलाई जबरजस्ती करणी गरेको वारदात स्थान नै यकिन गर्न नसकेको भन्‍ने आधारमा प्रतिवादीलाई सफाइ दिइएको देखिन्छ । पीडित “घ” कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट योनिद्वार खुला रहेको बायाँ आँखा तल निलडाम भएको, दायाँ हातको पाखुरामा समेत घाउ चोटपटक लागेको देखिएको, पीडितले वारदातका समयमा लगाएका कपडाहरूमध्ये कट्‍टुमा human sperm ce।।s  found (मानवको सुक्रकिट भेटिएको) र रौंहरू भेटिएको भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगञ्ज काठमाडौंको प्रतिवेदनले समेत पीडितको किटानी जाहेरी र बकपत्रलाई समर्थन गरेको देखिन्छ । जहाँसम्म वीर्य यी प्रतिवादीहरूको होइन भन्‍ने प्रतिवादीहरूको जिकिर रहेको छ, सो प्रमाण पुर्‍याउने भार यी प्रतिवादीहरू स्वयंको हुन्छ । सो सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा २७ ले "सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजको हुनेछ" भनी व्यवस्था गरेको छ । भर्खर आफ्नो सुखद् भविष्यको लागि प्रयासरत एउटा कुमारी केटीले आफ्नो भविष्यमा दाग लाग्ने गरी विनाकारण कुनै परपुरूषले आफूसँग जबरजस्ती करणी गरेको हो भनी पटकपटक किटानी जाहेरी एवं सोही मुताबिक अदालतमा समेत बकपत्र गर्दा यथार्थरूपमा खुलाउनु पर्ने प्रश्‍न रहँदैन । पीडित “घ” कुमारीको किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, अदालतमा गरेको किटानी बकपत्रसमेतलाई नजरअन्दाज गरी मिसिल संलग्न प्रमाणसमेतलाई मूल्याङ्कन नगरी सुरू बैतडी जिल्ला अदालतको अभियोग मागदाबीबमोजिम कसुर ठहर गरेको फैसलालाई उल्टी गरी निज प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको “घ” कुमारीको जाहेरीले वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

यसमा पीडित परिवर्तित नाम “घ”कुमारीलाई यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी पीडितको किटानी जाहेरी परेको, पीडितले वारदातका समयमा लगाएका कपडाहरू परीक्षण गर्दा .............. भेटिएको, पीडितको शारीरिक परीक्षण हुँदा बायाँ आँखामुनि र पाखुरामा निलडाम, ..................... भन्‍ने उल्लेख भई अस्वाभाविकरूपमा यौनाङ्ग फैलिएको देखिएको, पीडितलाई सुई दिई विक्षिप्‍त अवस्थामा करणी गरेको भनी अदालतमा आई पीडितले बकपत्र गरेको अवस्थामा पुनरावेदन अदालत महेन्द्रनगरबाट प्रतिवादीहरूलाई कसुरदार नठहर्‍याई सुरू अभियोग दाबीबाट सफाइ पाउने भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७४।९।५ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल, विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी र पीडितको तर्फबाट अधिवक्ता श्री स्वागत नेपालले पीडित "घ" कुमारीले आफ्नो जाहेरी दरखास्त तथा अदालतमा गरेको बकपत्रमा प्रतिवादीहरूले फोटो स्टुडियोमा औषधी सुई प्रयोग गरी मलाई अचेत अवस्थामा पारी सामूहिक रूपले करणी गरी मानसिक विचलनसमेत पारी मेरो जीवन बर्बाद पारेको भनी बेहोरा खुलाएको अवस्था छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितले वारदातका समयमा लगाएका कपडाहरू परीक्षण गर्दा .......... भेटिएको, शारीरिक परीक्षण हुँदा बायाँ आँखामुनि र पाखुरामा निलडाम, .............. भन्‍ने उल्लेख भएसमेतबाट पीडितलाई जबरजस्ती करणीको कार्य भएको पुष्टि हुन्छ । जबरजस्ती करणी हुनको लागि तीनवटा आधारभूत तत्त्व: मनसाय, कार्य र पीडितको मन्जुरी नभएको अवस्था हुनु अनिवार्य हुन्छ र प्रस्तुत मुद्दामा सोको विद्यमानता रहेको छ । वारदातको मितिदेखि बकपत्रको समयसम्म पीडित मानसिकरूपमा विक्षिप्‍त भएकोबाट बकपत्रको बेहोरा जाहेरीसँग केही हदसम्म फरक पर्नु अस्वाभाविक होइन । बलात्कारबाट पीडितलाई पुगेको आघात ....... को अवस्थालाई अदालतले गम्भीरतापूर्वक लिनुपर्दछ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटना विवरण कागज, अदालतसमक्ष भएको बकपत्र, बरामदी मुचुल्का, प्रतिवादीहरूले वारदातस्थल र समयमा उपस्थिति स्वीकार गरी गरेको बयानसमेतका प्रत्यक्ष प्रमाणका आधारमा प्रतिवादीहरूले सफाइ पाउने गरी पुनरावेदन अदालत महेन्द्रनगरबाट भएको फैसला त्रुटिपूर्ण देखिँदा उक्त फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठले जाहेरवाली "घ" कुमारी स्वयंको जाहेरी र बकपत्रको बेहोरामा भिन्‍नता रहेको छ, जाहेरवालीले वारदात फोटो स्टुडियोमा भएको हो वा निजको दिदी कमला विष्टको घरमा भएको हो र कुन समयमा भएको हो सोसमेत प्रस्ट रूपमा खुलाउन नसकेको अवस्था छ । पीडितकी दिदी कमला विष्टले वारदात आफ्नो घरमा नभएको र पीडितले असामान्य व्यवहार गर्न थालेको हुनाले झारफुक गरेको जसबाट पीडितको शरीरमा निलडाम पर्न गएको हो भनी उल्लेखसमेत गरेकी छन् । बुझिएका व्यक्तिहरूसमेतले घटना विवरण कागजलाई अदालतमा आएर समर्थन गरेका छैनन् साथै हरेकका भनाइ एकआपसमा बाझिएको अवस्था छ । त्यस्तै प्रतिवादीहरूको इन्कारी बयानलाई समर्थन गर्ने गरी स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको कपडामा भेटिएका मानव वीर्य निज प्रतिवादीहरूकै हो भन्‍ने पुष्टि हुन नसकेको बेहोराबाट जबरजस्ती करणीको वारदात भएको देखिने अवस्था नहुँदा शंकाको सुविधा प्रतिवादीहरूले पाउने हुँदा पुनरावेदन अदालत महेन्द्रनगरबाट प्रतिवादीहरूले सफाइ पाउने गरी भएको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।  

पुनरावेदक तथा प्रतिवादीहरूका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा निम्न प्रश्‍नहरूमा विचार गरी निर्णय दिनुपर्ने देखिन आयो -

(१) वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम जबरजस्ती करणीको वारदात घटेको हो वा होइन ? 

(२) उक्त वारदात यी प्रतिवादीहरूले घटाएको हो वा होइन ? यदि हो भने सामूहिक जबरजस्ती करणीको कसुर स्थापित हुन्छ वा हुँदैन ?

(३) सुरू बैतडी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको छ वा छैन ?

 

२. पहिलो प्रश्नतर्फ विचार गर्दा प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(४) नं. को कसुरमा सोही महलको ३(४) नं. बमोजिम सजाय हुन र सोही महलको ३(क) नं. बमोजिम सामूहिक बलात्कारबापतको सजायसमेत थप गरी ऐ. महलको १० नं. बमोजिम पीडित “घ” कुमारीलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्‍ने अभियोग मागदाबी भएकोमा सुरू बैतडी जिल्ला अदालतले जबरजस्ती करणीको कसुर ठहर गरी जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीलाई जनही ८ वर्ष कैद हुने र निजहरूले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा ऐ. महलको ३(क) नं. बमोजिम प्रतिवादीहरूलाई जनही ५(पाँच) वर्ष थप कैदको सजाय हुने साथै ऐ. महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट जनही रू.५०,०००।- को दरले क्षतिपूर्ति भराई पाउने ठहर्‍याई भएको फैसला उल्टी भई प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो । 

३. सो सन्दर्भमा मुद्दासँग सम्बन्धित मिसिल प्रमाण हेर्दा, मिति २०६८।१२।०९ गतेको दिउँसो १२:०० बजेको समयमा पाटन बजारमा गेसपेपर किन्‍न गएको अवस्थामा चाँदनी डिजिटल फोटो स्टुडियोका सञ्चालक अमरराज अवस्थी र सागर भट्टले मलाई जिस्क्याउनका साथै केही समयपछि सोही फोटो स्टुडियोमा विभिन्‍न किसिमका औषधी सुईको प्रयोग गरी मलाई अचेत अवस्थामा पारी सामूहिकरूपले करणी गरेकाले निजहरूलाई कानूनी कारबाही गरिपाउँ भनी पीडित “घ”  कुमारीले जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दरखास्त दिएको देखिन्छ ।

४. प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीउपर मौकामा किटानी जाहेरी परेको र सो जाहेरीमा आरोप लागेका निज व्यक्तिहरूले नै आफूलाई जबरजस्ती करणी गरेको भनी अदालतमा समेत उपस्थित भई जाहेरवाली पीडित परिवर्तित नाम "घ" कुमारीले बकपत्र गरी दिएको पाइन्छ । पीडितको जाहेरी बेहोरालाई समर्थन हुने गरी जिल्ला स्वास्थ्य कार्यालय बैतडीको मिति २०६८।१२।१० को पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ................ (पीडितको बायाँ आँखामुनि र पाखुरामा निलडाम), ............... भन्‍नेसमेत बेहोरा उल्लेख भएको र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको मिति २०६८।१२।२१ को च.नं.२९७२ को पत्रसाथ प्राप्त प्रतिवेदनमा  पीडित "घ" कुमारीले वारदातका समयमा लगाएका कपडाहरूको परीक्षण गर्दा ........... (मानव शुक्रकिट भेटिएको), ............. (रक्त समूह निश्चित गर्न नसकिएको) र .............. (रौंहरू भेटिएको) भनी लेखिएको पाइन्छ । 

५. यसरी पीडितले दिएको किटानी जाहेरी, वारदात भएको पुष्टि हुने गरी पीडित स्वयंले अदालतसमक्ष आई गरेको बकपत्र र पीडितको बायाँ आँखामुनि र पाखुरामा निलडाम जस्ता सङ्घर्षका चिह्नहरू ............. हुनु तथा पीडितको कपडामा मानव वीर्य भेटिनु र पीडितको स्वास्थ्य परीक्षण गर्दा योनिमा करणी भएको अवस्थाको विद्यमानता रहेको तथा घटनाको कारण ............. परीक्षा दिन नसकेको र मानसिक तनावको कारण ‌औषधी उपचार गर्न परेको अवस्था देखिँदा पीडितउपर जबरजस्ती करणीको वारदात भएको देखिन्छ ।

६. जहाँसम्म वारदातस्थल र समयलाई लिएर पीडितको जाहेरी र बकपत्रमा देखिएको भिन्‍नताको प्रश्‍न रहेको छ, सो सम्बन्धमा हेर्दा पीडितले जाहेरीमा फोटो स्टुडियोमा गेसपेपर किन्‍न जाँदा प्रतिवादीहरूले आफूमाथि जबरजस्ती करणी गरेका भनी उल्लेख गरेको देखिन्छ भने अदालतमा गरेको बकपत्रको स.ज ५ मा १०:३० बजे दिदी कमला विष्टको घरमा सुतिरहेको समयमा प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थी आएर सिरानीले मुख च्यापी सुईले खुट्टामा र दायाँ पाखुरामा घोची अनि दुवैजनाले के के गरे त्यो बेला थाहा भएन र राति ११:३०-१२:०० बजेतिर निन्द्रा खुलेपछि यी दुवैजना प्रतिवादीहरू बाहिर गइराखेका देखेको भनी यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेका हुन् भनेको पाइन्छ । त्यसैगरी पीडितले गरेको बकपत्रको स.ज.८ मा "मेरो मानसिक स्थिति विक्षिप्‍त भएपश्‍चात् मेरो होस आउन एक महिना समय लाग्यो र उपचार चार महिनासम्म गरेँ, अहिले ठिक छ, उपचार पाटन मानसिक अस्पतालमा भएको हो ।" भन्‍नेसमेत उल्लेख गरेको अवस्थालाई यस अदालतले नजरअन्दाज गर्न मिल्दैन । निजको दिदी कमला विष्टले पीडितले अचानक घटना घटेको भनिएको दिनबाट असामान्य व्यवहार देखाउन थालेको भनी आफ्नो बकपत्रको स.ज. ५ मा गरेको भनाइबाट समेत पीडितले आफूमाथि यौनजन्य हिंसाजस्तो गम्भीर घटना घटी आफ्नो मानसिक अवस्था गुमाएको बेहोरा समर्थित हुन आउँछ । मिसिल संलग्न कागजातबाट पीडितको भनाइमा घटनास्थलको हकमा केही फरक परेको देखिएको अवस्था भए तापनि पीडितको भनाइमा फरक पर्नुपछाडिको कारण निजमाथि भएको जबरजस्ती करणीबाट पुग्न गएको आघात .................... को परिणाम हो भन्‍ने देखिन आउँछ । जबरजस्ती करणीमा पीडितको केही विरोधाभाषपूर्ण भनाइ हुनु .................... को एक स्वरूप हो । ................... भनी उल्लेख गरिएको छ । .................... लाई ................ भनी परिभाषित गरेको छ । यसै सन्दर्भमा .................... द्वारा प्रकाशित .................... मा जबरजस्ती करणी भएपश्‍चात् पीडितमा देखिने ट्रमाका लक्षणहरू .................... बारे व्याख्या गरिएको छ जसमा ................. भनी पीडितले जबरजस्ती करणी भएपछि सो घटनासँग सम्बन्धित केही तथ्यहरू बिर्सन सक्दछ भनि उल्लेख गरेको पाइन्छ । त्यसैगरी ट्रमा विशेषज्ञ .................... ले .................... मा प्रकाशन गरेको लेखमा यौन हिंसाजस्ता दर्दनाक घटनाहरू जीवनको दैनिक अनुभवहरूभन्दा भिन्‍नै तरिकाले अनुभूति गरिएको हुन्छ । परिणामस्वरूप हामी दिनहुँका घटनाहरूभन्दा भिन्‍न रूपमा चोटपटकका घटनाहरू सम्झन्छौं र वर्णन गर्छौं । भय, खतरा वा गहन तनावको प्रभावको नतिजाको रूपमा तीव्र पुनः स्मरण वा विखण्डित वा बिग्रेको स्मृति हुन सक्छ भनी उल्लेख गरेको पाइन्छ । .................

७. जबरजस्ती करणी व्यक्तिको शरीर र आत्मसम्मानमाथि समेत आघात लाग्ने जघन्य अपराध हो । सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्‍तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्कालै कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै .................... को अवस्था हो । यस्ता अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनुपर्दछ ।” जबरजस्ती करणीजस्तो गम्भीर अपराधमा अन्य मुद्दामा जस्तो अंक गणितीय हिसाबबाट हेर्नुभन्दा पनि नारीको अस्मितामा गम्भीर आँच आउने विषय भएकोले अदालतले संवेदनशील रूपमा विचार गर्नु पर्दछ ।” भनी बमबहादुर कठायत विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको छ । 

८. जबरजस्ती करणी अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । अन्य अपराधमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा स्थिरता .................... को विद्यमानता हुनुपर्छ भने जबरजस्ती करणीमा पीडितको भनाइमा पीडाको आघात .................... को कारणले केही विरोधाभाष आउन सक्दछ । जाहेरी बेहोरा र पीडितको बकपत्रमा रहेको सामान्य भिन्‍नतालाई प्रमाण ग्राह्य मान्‍नु पर्ने गरी वादी नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी राजेश के.सी.समेत भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट "अनुसन्धानको क्रममा दिएको जाहेरीमा र अदालतमा आई बकपत्र गर्दा जाहेरवालीको कथनमा केही झिनामसिना कुरा फरक परेको कुरालाई अस्वाभाविक मान्‍न नसकिने" भनी व्याख्या गरिएको छ । यसैगरी "जाहेरी र बकपत्रमा पाइने सामान्य भिन्‍नता .................... लाई प्रधानता दिँदै सबुद प्रमाणको गलत मूल्याङ्कन गरी प्रतिवादीलाई सफाइ दिने ठहर्‍याएको सुरूको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने" भनी पुनरावेदक / वादी नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी दीपक तुलसी बाख्यो भएको जबरजस्ती करणी मुद्दामा सिद्धान्त प्रतिपादन भएको अवस्था छ । भारतको सर्वोच्च अदालतबाट भएको .................... को मुद्दामा "...................” भनेर अपराधको घटनाले पीडितलाई त्रासको अवस्थामा .................... पुर्‍याउन सक्ने हुँदा उक्त घटनाको सम्बन्धमा पीडितलाई हरेक कुरा याद रहेको हुनु पर्ने अपेक्षा राख्‍न नमिल्ने भनेर उल्लेख गरिएको पाइन्छ । यसरी पीडितको जाहेरी बेहोरा र बकपत्रमा भएको वारदातस्थलसम्बन्धी भिन्‍नतालाई नै आधार मानेर घटना नै नभएको भनी अर्थ गर्नु न्यायोचित देखिँदैन । पीडितमा .................... भेटिनु, रौं भेटिनु शरीरको विभिन्‍न भागमा निलडाम र चोट हुनु आदिबाट घटना घटेको भनी स्थापित भएको नै देखिन्छ । जबरजस्ती करणीको वारदातमा घटना घट्‍यो कि घटेन भन्‍ने विषय बढी महत्त्वपूर्ण हुने र यस अदालतले पनि सोही कुरा नै विचार गर्नुपर्ने देखिन्छ । जबरजस्ती करणी कसुरमा मुख्य वारदातस्थल नै पीडितको शरीर हो अर्थात् “....................” । यसै सम्बन्धमा “जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्‍नु पर्छ” भनी पुनरावेदक / वादी नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी सरोज हिङमाङसमेत भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादित भएको छ । माथि उल्लेख गरिएका विभिन्न आधार कारणहरूबाट तथा मिसिल संलग्न किटानी जाहेरी दरखास्त, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा आफूमाथि जबरजस्ती करणी भएको भन्‍ने किटानी जाहेरी बेहोरालाई समर्थन गर्ने गरी भएको पीडितको बकपत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका आधारमा पीडितमाथि जबरजस्ती करणीको वारदात घटेको देखिन आयो ।   

९. अब दोस्रो प्रश्‍नतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा पीडितले आफ्नो जाहेरी र बकपत्रको स.ज. ५ र २३ मा समेत यी प्रतिवादीहरूको नाम स्पष्ट रूपमा खुलाई दिएको अवस्था छ । बलात्कारजस्तो लुकाएर छिपाएर एक्लै पारेर गरिने अपराधमा, सामान्यतया देख्ने व्यक्ति पीडितबाहेक अरू तेस्रो पक्ष उपस्थित रहँदैनन् । यसै सन्दर्भमा “जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्ने” भनी पुनरावेदक / प्रतिवादी दिपक रावल विरूद्ध विपक्षी / वादी नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट व्याख्यासमेत भएको पाइन्छ ।

१०. कुनै पनि महिलाले आफ्नो अस्मिता र आफ्नो परिवारको इज्जतमा आँच आउने गरी र त्यसमा पनि एस.एल.सी. जस्तो जीवनको अहम् क्षणमा आफ्नो परीक्षालाई बेवास्ता गरी विनाकारण कुनै व्यक्तिउपर जबरजस्ती करणीजस्तो गम्भीर आरोप लगाई आफ्नो भविष्यमाथि खेलवाड गर्ने कार्य गर्छिन् भनी अनुमान लगाउनु तर्कसङ्गत हुँदैन । पीडितलाई घटनापछिको मानसिक विक्षिप्‍तताको कारणले एस.एल.सी.को बाँकी परीक्षा पनि दिन नसक्ने स्थितिमा पुर्‍याएको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) मा “पीडित व्यक्तिले व्यक्त गरेको कुरा अदालतले प्रत्यक्ष प्रमाणको रूपमा ग्रहण गर्नु पर्ने” कानूनी व्यवस्था रहेको हुँदा प्रस्तुत वारदातकी पीडितले व्यक्त गरेको कुरालाई प्रमाणमा लिनु पर्ने देखिन्छ । 

११. भारतमा .................... पश्चात् अपराध कानूनको संसोधन गर्न बनेको .................... को .................... मा "....................." भनी विश्लेषण गरिएको छ । तसर्थ जबरजस्ती करणीको कसुर स्थापित गर्न पीडितको भनाइ नै पर्याप्त हुन्छ । "पीडितले अदालतमा समेत आई आफूउपर घटेको घटनाको सम्बन्धमा सविस्तार वर्णन गरी मौकामा दिएको जाहेरीलाई समर्थित हुने गरी बकपत्र गरिदिएको तथा पीडितको शरीरको विभिन्‍न भागहरूमा निलडामहरू रहेको भन्ने पीडितको तत्काल भएको शारीरिक परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट करणी गर्ने कार्यमा पीडितको मन्जुरी नभएको पुष्टि हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने" भनी पुनरावेदक / वादी पट्टु वि.क. (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी वासुदेव सावद भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट व्याख्यासमेत भएको अवस्थामा पीडित स्वयंले किटानीका साथ दिएको जाहेरी र मानसिक उपचारबाट स्वास्थ्यमा सुधार आएपश्चात् अदालतमा आई गरेको बकपत्रबाट पनि प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीले नै पीडित "घ" कुमारी माथि जबरजस्ती करणीको वारदात घटाएको पुष्टि हुन आउँछ ।

१२. प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीले अदालतसमक्ष आफूहरूले जबरजस्ती करणी नगरेको भनी इन्कारी बयान गरेको भए तापनि पीडितको प्रतिवादीहरूसँग कुनै पूर्वरिसइवीको कारणबाट प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको हो भनी भन्‍नसकेको देखिँदैन । यी प्रतिवादीहरूलाई नै आरोप लगाउनु पर्ने पूर्वनियोजित कुनै कारण भएकोसमेत देखाउन नसकेको अवस्थामा पीडितको किटानी जाहेरी बेहोरा एवं अदालतमा समेत आई गरेको बकपत्रलाई नजरअन्दाज गर्न मिल्ने देखिएन । प्रतिवादीहरूले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको भए पनि अदालतसमक्षको बयानको सवाल जवाफ ४ मा वारदात मितिमा पीडितसँग भेट भएको कुरा स्वीकार गरेको र बुझिएका व्यक्ति चमन भण्डारीले प्रतिवादीहरूले आफ्नो पसल ७ बजे बन्द गर्ने गरेकोमा उक्त दिन ३ बजे नै पसल बन्द गरेको मिसिल संलग्न कागजातबाट देखिरहेको अवस्थामा प्रतिवादीहरूको इन्कारी बयानलाई मात्र आधार मानेर पीडितको बकपत्र तथा मिसिल संलग्न स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितको कपडामा मानव वीर्य भेटिएको तथ्यलाई अवमूल्यन गर्न मिल्ने देखिएन । 

१३. जहाँसम्म केन्द्रीय विधि विज्ञान प्रयोगशालाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा .................... र रौंहरू भेटिएको तथा .................... भनी उल्लेख गरिएको आधारमा प्रतिवादीहरू निर्दोष भएको भन्‍ने प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीको जिकिर रहेको छ । सो सम्बन्धमा विचार गर्दा, रक्त समूह निश्‍चित गर्न नसक्नु वा भेटिएका रौंको तुलनात्मक गरी परीक्षण गर्न नसकेको आधारमा मात्र प्रतिवादीले सफाइ पाउने आधार बन्‍न सक्ने देखिँदैन । जबरजस्ती करणी अपराधमा पीडितको भनाइ अन्य प्रमाणको तुलनामा महत्त्वपूर्ण हुने देखिएको र पीडितले यी प्रतिवादीहरूले नै जबरजस्ती करणी गरेको भनी किटानीसाथ लेखाइरहेको अवस्थामा पीडितको कपडामा भेटिएको रौंको तुलनात्मक परीक्षण गर्न सकिएन भन्‍ने आधारमा मात्र सामूहिक बलात्कारमा प्रतिवादीहरूले शंकाको सुविधा पाउने र सोही आधारमा आरोपित कसुरबाट उन्मुक्ति पाउनुपर्ने जिकिर खम्बिर हुन सक्दैन । यसै सम्बन्धमा "करणी गरेको तथ्य शङ्कारहित तवरबाट पुष्टि नभएको भनी फौजदारी न्यायको शङ्काको सुविधा प्रतिवादीले पाउँछ भन्‍ने सिद्धान्तको गलत व्याख्या एवं प्रयोग गरी आरोपित कसुरबाट सफाइ दिन नमिल्ने" भनी नेपाल सरकार विरूद्ध वीरबहादुर टमाटा भएको जबरजस्ती करणी मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । पीडितको कपडा परीक्षण गर्दा मानव वीर्य भेटिएको भए पनि उक्त वीर्य आफूहरूको नभएको भनि प्रतिवादीहरूले प्रतिवाद गरिरहेको सन्दर्भमा हेर्दा उक्त वारदातमा दुईजना प्रतिवादीहरू संलग्न भएको भनी पीडितले खुलाइरहेको तथा दुईजनाको वीर्य नै कपडामा परी दुवैजनाको वीर्य मिसिएको कारण कपडामा भेटिएको नमुना यी प्रतिवादीहरूको नमुनासँग तुलनात्मक भिड्न सक्ने सम्भावना नरहेको देखिन्छ । पीडितको कपडामा भेटिएको वीर्यलाई छुट्टाछुट्टै रूपमा संकलन गर्न सक्ने सम्भावना नभएको र प्रस्तुत वारदात भएको जिल्लाको भौगोलिक विकटता तथा परीक्षण प्रयोगशालालगायतका साधन स्रोतको अवस्थालाई समेत विचार गर्नु पर्ने देखिन्छ । 

१४. अब प्रतिवादीहरूले गरेको कसुर सामूहिक रूपमा गरिएको जबरजस्ती करणीको कसुर हो वा होइन भन्‍ने सम्बन्धमा विचार गर्दा तत्कालीन मुलुकी ऐनको जबरजस्ती करणीको महलको ३क नम्बरमा कतिजना भई गरेको करणी सामूहिक रूपमा गरिएको जबरजस्ती करणी भएको मानिने भन्‍ने सम्बन्धमा संख्या खुलाइएको पाइँदैन । केवल उक्त नम्बरमा ‘महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गर्नेलाई थप पाँच वर्ष कैद गर्नुपर्दछ’ भनी उल्लेख गरिएको पाइन्छ । विधायिकाले कानूनमा संख्या यकिन नगरेको सन्दर्भमा एक जनाभन्दा बढी जति जना संलग्न भएर कसुर गरेको भए पनि उक्त कार्य सामूहिक रूपमा गरिएको मान्‍नुपर्ने हुन्छ । तसर्थ प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थी दुईजना मिली मतसल्लाहमा फसी पीडितलाई जबरजस्ती करणी गरेको देखिएकोले उक्त करणी सामूहिक रूपमा भएको पुष्टि हुन आउँछ । यसै सन्दर्भमा यसै अदालतबाट पुनरावेदक / प्रतिवादी दीपक चन्द विरूद्ध विपक्षी / वादी नेपाल सरकार भएको जबरजस्ती करणी, जबरजस्ती चोरी मुद्दामा यस अदालतबाट "जबरजस्ती करणी गर्दाको बखत एक जनाभन्दा बढीको सामूहिक संलग्नता रहेको तथ्य निर्विवाद रूपमा स्थापित भएको र करणी स्वेच्छिक नभई जबरजस्ती भएको पुष्टि भएको अवस्थामा प्रतिवादीहरूबाट भएको कार्य सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा रहेको देखिन आउने" भनी सिद्धान्त प्रतिपादन भएको अवस्था छ । उक्त नजिरहरूका व्यवस्थाले पनि सामूहिक जबरजस्ती करणी हुनको लागि संख्या यकिन नगरी समूहमा भएका व्यक्तिहरूमध्ये एकजना वा धेरैले करणी गरेमा पनि सामूहिक करणीको वारदात स्थापित हुने देखिन्छ । 

१५. यसरी पीडितको इच्छाविपरीत करणी गर्ने उद्देश्यले एक जनाभन्दा बढीको सामूहिक संलग्नता रहेको तथ्य निर्विवाद रूपमा स्थापित भएमा त्यस्तो करणीको वारदात सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा परिणत हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू दुवैजनाले करणी गर्ने उद्देश्यसाथ पीडितमाथि त्यस्तो वारदात घटाएको देखिँदा निज प्रतिवादीहरूबाट भएको कार्य सामूहिक जबरजस्ती करणी देखिन आयो । अत: माथि विवेचित आधार, प्रमाण र कारणसमेतबाट सामूहिक जबरजस्ती करणीको अपराधको प्रकृति अपराधभन्दा भिन्‍न हुने हुँदा केवल पीडितको जाहेरी बेहोरा र बकपत्र बेहोरामा देखिएको भिन्‍नता तथा प्रतिवादीहरूको इन्कारी बयानको आधारमा सुरू बैतडी जिल्ला अदालतको मिति २०६९।११।२२ को फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।०१।१५ को  फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीले अभियोग दाबीबमोजिम पीडित "घ" कुमारीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ क नं. बमोजिमको कसुर गरेको ठहर्छ भन्‍नेसमेत बेहोराको यस अदालतको  मिति २०७६।७।७ मा भएको ठहर फैसला । 

१६. प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ क नं. बमोजिमको कसुर अपराध गरेको ठहर भएको र प्रतिवादीहरूउपर ऐ. महलको ३ नं. बमोजिम सजाय तथा ३ क नं. बमोजिमको थप सजाय र १० नं. बमोजिमको क्षतिपूर्तिको मागदाबी रहेको देखिएकोले निजहरूको कसुरको गम्भीरता बढाउने र घटाउने अवस्थाहरूसमेत विचार गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८, ९ र १० समेतका आधारमा कानूनबमोजिम सजाय निर्धारणका लागि प्रतिवादीहरू तथा महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई मिति २०७६।८।२ मा सजाय निर्धारणका लागि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७६।७।७ को आदेश ।

सजाय निर्धारण

१७. मिति २०७६।७।७ मा प्रतिवादीहरूले अभियोग दाबीबमोजिम कसुर गरेको ठहर गरी आज प्रतिवादीहरूलाई के कति सजाय हुने भनी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८, ९ र १० समेतका आधारमा सजाय निर्धारणको लागि पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनीले सजाय गर्नुपूर्व सजायको उद्देश्य विचार गर्नु पर्ने हुन्छ । यस मुद्दामा सजाय गर्नुको उद्देश्यअन्तर्गत कसुरदार वा अन्य व्यक्तिलाई हतोत्साहित गर्ने, समाजलाई सुरक्षित गर्ने साथै पीडितलाई क्षतिपूर्तिसहितको न्याय प्रदान गरी कसुरदारसमेतलाई पुनर्स्थापना गर्न सहयोग गर्ने सम्बन्धमा विचार गरी प्रतिवादीहरूलाई कानूनबमोजिम सजायको दायराको मध्यविन्दुलाई आधारविन्दु .................... बनाई अधिकतम सजाय गरिनुपर्दछ । साथै क्षतिपूर्तिको हकमा प्रतिवादीहरू दुवैको आर्थिक अवस्था मध्यमवर्गीय भएकोले पीडित “घ” कुमारीलाई हालसम्मको पढाई खर्च र जीवनयापनको लागि सहज हुने गरी प्रतिवादीहरूले बेहोर्न सक्नेसम्मको मनासिब क्षतिपूर्तिसमेत दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

१८. प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठले प्रतिवादीहरूलाई दोषी ठहर गर्ने गरी अदालतले फैसला गरिसकेको भए पनि प्रतिवादीहरूलाई दोषी स्थापित गर्ने प्रमाणको पर्याप्‍तता कम रहेकोले कम सजाय गर्नुपर्ने हुन्छ । प्रतिवादीहरूलाई कैद सजाय गर्दा सजायको दायराको मध्यविन्दुलाई आधारविन्दु .................... बनाई निर्धारण नगरी न्यायाधीशको विवेकको आधारमा कमसेकम सजाय हुनुपर्दछ । प्रतिवादीहरूको आर्थिक अवस्था खुल्ने प्रमाण तथा अभियोगपत्रमा नैतिक पतन देखिने मागदाबी नभएको हुँदा त्यस्तो सजाय गर्न मिल्दैन । प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीको स्टेशनरी र फोटो स्टुडियो रहेको तथ्य मिसिल संलग्न कागजातबाट देखिन्छ । प्रतिवादीहरूको नाममा कुनै सम्पत्ति अनुसन्धानको क्रममा नखुलेकोले निजहरूबाट क्षतिपूर्ति भराउनु पर्ने होइन । अमरराज अवस्थी विवाहित रहेको र निजको बालबच्चाहरूसमेत रहेको हुँदा सोलाई मध्यनजर गरी न्यूनतम मात्राको सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

१९. सजाय निर्धारणको दिन    प्रतिवादीहरूलाई समेत उपस्थितिको लागि सूचना पठाइएको भए तापनि निजहरू उपस्थित भएको देखिएन । सजाय निर्धारणको उद्देश्य कसुरदारलाई आफ्नो गल्तीको अनुभूत गराउने वा घटनाको परिस्थिति, उनका सामाजिक, शारीरिक अवस्थाहरूको बारेमा आफ्नो भनाइहरू राख्‍ने, क्षतिपूर्तिका वा सुध्रिने विकल्पहरू प्रतिवादीहरू स्वयम्‌बाट आओस् पनि भन्‍ने रहेकोमा सोतर्फ विचार गर्नुपर्ने अवस्था रहेन ।

२०. पुनरावेदक वादी नेपाल सरकारका तथा प्रतिवादीहरूका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई के कति सजाय हुनुपर्ने हो र पीडितले के कति क्षतिपूर्ति पाउनु पर्ने हो भन्‍ने विषयमा विचार गर्नु पर्ने देखियो ।

२१. यसमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा २५ मा पीडित प्रभाव प्रतिवेदन पेस गर्न सकिने व्यवस्था रहेको भए तापनि सो कानूनी व्यवस्था यो वारदात घटी, अनुसन्धान, अभियोजन भएपश्‍चात् मात्र लागू भएको देखिन्छ । यस परिप्रेक्ष्यमा त्यस्तो प्रतिवेदन प्राप्‍त गर्न सक्ने अवस्था नभएको हुँदा विद्यमान कानूनका आधार, दण्डका सिद्धान्त तथा मिसिल संलग्न कागजातका आधारमा नै सजाय निर्धारण गरिनु पर्ने देखियो ।

२२. सजाय निर्धारण गर्दा अपराधको प्रकृति, अपराध गर्दाको परिस्थिति, कसुरदारको जिम्मेवारी, कसुरबाट पीडितलाई पुग्न गएको हानिलगायतका मिसिल संलग्न प्रमाणसमेतको समुचित विश्‍लेषण गरिनु पर्दछ । सजायले भविष्यमा अपराध गर्न सक्ने सम्भाव्य अपराधीहरूलाई दुरूत्साहित गरी वास्तविक अपराधीलाई थप अपराध गर्नबाट रोक्नुका साथै उसलाई सुधारेर कानूनको सम्मान गर्ने नागरिकमा रूपान्तरण गरी समाजको रक्षा गर्नेसमेतको उद्देश्य राखेको हुन्छ ।" अपराध समाजकै उपज भएको र अभियुक्त एवं पीडित पनि समाजकै सदस्य रहेकोले हरेक न्याय प्रणालीले अपराधको रोकथाम गरी समाजको रक्षा गर्नुका साथै पीडितलाई क्षतिपूर्तिसहितको न्याय तथा पीडकलाई समाजमा पुनर्स्थापना गर्ने उद्देश्य राख्‍नु उपयुक्त हुने देखिन्छ । 

२३. कानूनअनुसार अभियुक्तलाई सजाय गर्दा त्यसभित्र समग्र समाजको सुरक्षा तथा अभियुक्तले गरेको अपराधबाट पीडित तथा पीडितको परिवारलाई परेको सामाजिक र व्यक्तिगत प्रभावसमेतलाई मूल्याङ्कन गरिनु पर्दछ । त्यस्तै दोषीका असल वा खराब चरित्र उसको परिस्थितिसमेत मध्यनजर गरिनु पर्दछ । मूलत: सजाय गर्दा कसुरको गम्भीरता र तोकिएको सजायबिचको समानुपातिकतासमेत हेरिनु पर्दछ । प्रस्तुत मुद्दामा एस.एल.सी. परीक्षा दिन आएकी र कम उमेर भएकी महिलामाथि सामूहिकरूपमा गरिएको जबरजस्ती करणीलाई एक गम्भीर प्रकृतिको अपराध मानिनु पर्ने र त्यस्तो अपराधलाई हतोत्साहित गर्ने सन्देश दिने गरी तथा दोषीलाई सुधारको अवसरसमेत प्रदान गर्ने गरी सजाय गरिनु उपयुक्त हुने देखिन्छ ।

२४. कसुरदारलाई सजाय निर्धारण गर्दा सर्वप्रथम सजायको उद्देश्य विचार गर्नुपर्ने हुन्छ । महिला विरूद्ध हुने अपराधमा सजायको उद्देश्य त्यसमा संलग्न दोषीलाई सजाय गर्नु, महिलामाथि हुने हिंसालाई हतोत्साहित गर्नु, महिलाको आत्मसम्मान र सामाजिक आत्मसम्मान मात्र नभई राज्यले महिलाहरूलाई डरबाट उन्मुक्त गरी सुरक्षाको सुनिश्चितता गर्नु पनि हो । सजाय निर्धारण गर्दा अदालतले विचारमा लिनु पर्ने कुरा र सोको उद्देश्य सम्बन्धमा विश्लेषण गर्दै भारतको .................... को फैसलामा “..................” भनिएको पाइन्छ । त्यसैगरी भारतको सर्वोच्च अदालतले .................... को मुद्दामा "...................." भनी सजाय निर्धारणमा पीडित केन्द्रित न्यायको दृष्टिकोणलाई अवलम्बन गरेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि सजाय निर्धारण गर्दा पीडित केन्द्रित न्यायको अवधारणालाई केन्द्रविन्दु बनाइएको छ ।

२५. यस कसुरमा कसुरदारलाई हुने कैदको माथिल्लो र तल्लो हदको व्यवस्था सम्बन्धमा हेर्दा वारदात हुँदाका बखत प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. अनुसार पीडितको उमेरको आधारमा ५ वर्षदेखि ८ वर्षसम्‍म कैद सजाय हुने व्यवस्था रहेको देखिन्छ । विधायिकाले निर्धारण गरेको तल्लो र उपल्लो हद ननाघ्ने गरी कति सजाय गर्दा उचित हुन जान्छ भन्‍ने कुराको निर्धारण गर्नु पर्ने देखिन्छ । यसरी सजाय निर्धारण गर्दा उल्लिखित दायराको मध्यविन्दु यकिन गरी कसुरको गम्भीरता बढाउने .................... वा घटाउने .................... अवस्थाहरूलाई विश्‍लेषण गर्नु आवश्यक देखिन्छ । अपराधको गम्भीरता बढाउने तत्त्वअन्तर्गत सामान्यतया कसुरदारको अभिप्राय, अधिकारको दुरूपयोग, पीडितलाई पुगेको शारीरिक, मानसिक वा आर्थिक क्षतिको हद, पीडितको उमेर र अवस्था, कसुरदारको आपराधिक रेकर्ड, हतियारको प्रयोग, पटके कसुरदार ...................., कसुरदारको संख्‍यासमेतका आधार पर्दछ  भने अपराधको गम्भीरता घटाउने तत्त्वअन्तर्गत अपराध गर्ने व्यक्तिको अपराध गर्नुपूर्वको चरित्र, निजले गरेको पश्चाताप, पक्राउपछि देखाएको असल आचरण, पीडितलाई स्वेच्छिक रूपमा क्षतिपूर्ति प्रदान गरेको अवस्था, सम्बन्धित अधिकारीसमक्ष गरेको आत्मसमर्पण तथा निजको उमेर, स्वास्थ्य र सामाजिक अवस्थाहरू पर्दछन् । 

२६. प्रस्तुत मुद्दामा सजाय घटाउने वा बढाउने आधारहरूको विश्‍लेषण गर्दा प्रतिवादीहरूले गाउँबाट शहरमा परीक्षा दिन आएकी एक विद्यार्थी (महिला) माथि गरेको कसुरका कारणले पीडितको मानसिक अवस्था विक्षिप्त भएको तथा एस.एल.सि. जस्तो अध्ययनको महत्त्वपूर्ण खुड्किलोमा केही अवधि अवरोधसम्म आउन गएको कारणले निजको वृत्ति विकासमा पर्न सक्ने क्षतिलाई समेत विचार गर्नुपर्ने देखिन्छ । माथि गरिएको विश्लेषणका आधारमा  निज प्रतिवादीहरूलाई तल्लो हद मात्र सजाय गर्दा पीडितमाथि पर्न गएको क्षतिलाई कम आँकलन गर्न पुगेको देखिन्छ भने उपल्लो हदको सजाय गर्दासमेत अभियुक्तको उमेर, निजहरूको समाजमा पुनर्स्थापना गर्ने उद्देश्यमाथि नै नकारात्मक असर गर्न सक्ने देखिँदा प्रतिवादीहरूलाई तल्लो र उपल्लो हदको मध्यविन्दुअनुसार कैद सजाय गर्दा कानूनको मक्सद पूरा हुने र प्रतिवादीहरूले कसुरअनुसारको सजायसमेत पाउने नै देखिँदा निज प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीलाई जनही ६ वर्ष ६ महिना कैदको सजाय हुने ठहर्छ । साथै यी प्रतिवादीहरूले पीडितउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेको देखिँदा सोही महलको ३ क नं. बमोजिम थप ५ वर्ष कैद सजायसमेत हुने ठहर्छ । 

२७. अब पीडितलाई क्षतिपूर्ति के कति दिने, क्षतिको निर्धारणको आधार के हुने र क्षतिपूर्तिको दायित्व कसको हुने सम्बन्धमा विचार गर्दा, यससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधान तथा आधारहरू पनि हेर्नु सान्दर्भिक देखिन्छ । 

२८. कुनै पनि न्याय प्रणालीको सफलता त्यसले पीडितलाई पुग्न गएको क्षतिलाई यथोचित सम्बोधन गरी निजको मनमा पर्न गएको त्रासलाई हटाई न्यायको अनुभूति दिलाउनु, समाजलाई सुरक्षा तथा अभियुक्तलाई समाजमा पुनर्स्थापना गरी समाजमा शान्ति, सहअस्तित्व तथा मानवीयता कायम गर्न सफल रहनुमा नै हुन्छ । साथै अपराध गर्ने व्यक्तिलाई कति सजाय निर्धारण गरियो भन्‍ने आधारमा नभई अपराधबाट पर्न गएको क्षति कति हदसम्म सम्बोधन गरियो भन्‍ने आधारमा सफलता नापिनु पर्ने हुन्छ । माथि विश्लेषण गरिएबमोजिम फौजदारी न्याय प्रणालीले सम्बोधन गर्नुपर्ने धेरै विषयहरूमध्ये एउटा महत्त्वपूर्ण विषय भनेको पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पनि हो । जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी कसुरको सन्दर्भमा क्षतिपूर्तिको उपयोगिता भनेको पीडितलाई अपराध हुनुपूर्वको स्थिति अर्थात् .................... मा पुनर्स्थापना गर्ने र अपराधबाट परेको मानसिक र शारीरिक पीडाबाट उन्मुक्ति प्राप्त गराई सहज सामाजिक जीवनलाई निरन्तरता दिन सहयोग गर्ने हो । पछिल्लो समय बनेका नेपालका कानूनहरूले पनि यस्तै मान्यतालाई आत्मसात् गरेको देखिन्छ । उदाहरणको लागि नेपालको संविधानको धारा २१(२)ले अपराध पीडितलाई कानूनबमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हक हुने भनी व्यवस्था गरिएको छ । त्यसैगरी नेपालको संविधानको धारा ३८(२) का अनुसार महिला विरूद्ध कुनै पनि आधारमा कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिएको खण्डमा पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको छ । नेपालको संविधान, अन्तर्राष्ट्रिय कानून तथा नेपालका राष्ट्रिय कानूनहरूले न्यायको हकभित्र सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्यायको व्यवस्थासमेत गरेको देखिन्छ ।

२९. क्षतिपूर्तिसहितको न्याय पाउने हकलाई कानूनले मान्यता दिइरहँदा त्यस्तो क्षतिपूर्ति कसबाट भरिपाउने हो भन्‍ने सन्दर्भमा हेर्दा सामान्यतया क्षतिपूर्ति पीडकबाट पीडितलाई उपलब्ध गराउनु पर्ने देखिन्छ । तर यदि पीडकको आर्थिक अवस्था एवं अन्य कारणबाट पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन नसकिने भएमा राज्य त्यसबाट पन्छिन नमिल्ने देखिन्छ । हालै जारी भएका कानूनहरूले समेत यही मान्यतालाई आत्मसात् गरेको देखिन्छ । उदाहरणको लागि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४१ मा क्षतिपूर्ति तत्काल बुझाउनु पर्ने र क्षतिपूर्ति नबुझाएमा त्यस्तो कसुरदारको सम्पत्ति जायजात गरी पीडितलाई क्षतिपूर्ति भराइदिनु पर्नेछ भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ भने ऐ. ऐनको दफा ४८ मा कसुरबाट पीडितलाई राहत उपलब्ध गराउन पीडित राहत कोष खडा गरिनेछ भन्‍ने व्यवस्था रहेको पाइन्छ । मुलुकी अपराध संहिताको दफा २२८ अनुसार पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था रहेको छ । तर कसुरदारको कुनै सम्पत्ति नभएको अवस्थामा पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानूनबमोजिमको पीडित राहतकोष स्थापना भइनसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिकाको विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरूप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्तिबापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ ।

३०. अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३०(१) मा अदालतले मुद्दाको अन्तिम किनारा गर्दा कसुरदारबाट पीडितलाई मनासिब माफिकको रकम क्षतिपूर्ति स्वरूप भराइदिने गरी आदेश गर्न सक्नेछ भन्‍ने व्यवस्था भएकोमा ऐ. ऐनको उपदफा (४) मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसुरदारको कुनै सम्पत्ति नभई पीडितले क्षतिपूर्ति नपाउने देखिएमा वा कसुर स्थापित भएको तर कसुरदार कायम हुन नसकेको अवस्थामा वा कसुरसँग सम्बन्धित मुद्दा प्रचलित कानूनबमोजिम फिर्ता भएमा अदालतले कोषबाट क्षतिपूर्ति स्वरूप उचित रकम पीडितलाई भराई दिने गरी आदेश गर्न सक्नेछ भन्‍ने व्यवस्था रहेको देखिन्छ ।

३१. प्रस्तुत वारदात हुँदाका बखत बहाल रहेको मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. मा ‘कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराइदिनु पर्नेछ’ । त्यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भीर्य, कसुरबाट पीडित व्यक्तिको मृत्यु भइसकेको रहेछ भने निजमा आश्रित नाबालक छोराछोरी भए निजहरूलाई पर्न गएको पीडासमेत विचार गरी निर्धारण गर्नु पर्नेछ भन्‍ने व्यवस्था रहेको देखिन्छ । सो व्यवस्थाबमोजिम नै पीडितलाई क्षतिपूर्ति भराइ पाउन मागदाबीसमेत रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाले क्षतिपूर्तिको अंक निर्धारण नगरी सोको निर्धारणको जिम्मा सम्बन्धित इजलासलाई दिएको देखिन्छ । यसरी क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भीर्य, पीडितलाई परेको असर तथा पीडकको आर्थिक अवस्थासमेतलाई मध्यनजर गरेर सन्तुलित हिसाबले मनासिब क्षतिपूर्ति निर्धारण गर्नुपर्ने देखिन्छ । 

३२. क्षतिपूर्ति निर्धारणका सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डहरूबारे विचार गर्दा, नेपालले अनुमोदन गरेका सन्धि, अन्य अन्तर्राष्‍ट्रिय तथा क्षेत्रीय कानूनलाई हेर्न आवश्यक देखिन्छ । .................... अनुसार स्थापित .................... को .............. को प्रकरण ४६ मा ".................." भन्‍ने उल्लेख भएको पाइन्छ । त्यसैगरी सोही समितिको .................... को प्रकरण १९ मा “..................” भन्‍ने प्रावधान रहेको देखिन्छ । 

३३. .................... को प्रकरण १२ मा “..............” भनी उल्लेख गरिएको छ । त्यसैगरी प्रकरण १३ मा “.................” भन्‍ने उल्लेख भएको पाइन्छ ।

३४. यसरी माथि उल्लेख गरिएका क्षतिपूर्तिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको अध्ययन गरी विश्लेषण गर्दा निम्न दुईवटा विधिहरू अवलम्बन गरी क्षतिपूर्तिको रकम भुक्तानी गर्नुपर्ने देखियो:

१. अभियुक्तबाटै पीडितलाई क्षतिपूर्ति भराइने ।

२. सरकारी बजेटलगायत शुल्क जरिवाना जम्मा गरी स्थापना गरिएको कोषको रकमबाट पीडितलाई क्षतिपूर्ति भराइने ।

 

३५. प्रस्तुत मुद्दामा पीडित स्वयंले अदालतसमक्ष गरेको बकपत्रको स.ज.८ मा “मलाई मानसिक स्थिति विक्षिप्तपश्चात् एक महिना होस आउन लाग्यो र उपचार चार महिनासम्म गरेँ र अहिले ठिक छ । उपचार पाटन मानसिक अस्पतालमा भएको हो ।” भनी उल्लेख गरेको अवस्था रहेको छ भने निजको दिदी कमला विष्टले "पीडितले असामान्य व्यवहार देखाउन थालेको" भनी आफ्नो बकपत्रको स.ज. ७ मा गरेको भनाइबाट समेत  मानसिक आघात .................... को कारण पीडितको मानसिक स्थिति गुमेको बेहोरा समर्थन हुन आउँछ ।

३६. वारदातपश्‍चात् पीडितको अवस्था एवम् मिसिल संलग्न पीडितको शारीरिक मानसिक परीक्षण एवं उपचार गराएको अवस्थासमेतलाई मध्यनजरमा राखी क्षतिपूर्ति निर्धारण गर्दा, पीडितको शारीरिक, मानसिक, भावनात्मक तथा आर्थिक अवस्थालाई विचार गर्नुपर्ने देखिन्छ । एस.एल.सी. को परीक्षाजस्तो जीवनको अहम् क्षणमा जबरजस्ती करणीजस्तो गम्भीर अपराधको पीडित हुन गई पीडित "घ" कुमारीको पढाइमा समेत प्रतिकूल असर परेको कुरालाई अदालतले मध्यनजर गर्नुपर्ने हुन्छ । बहसको क्रममा विद्वान्‌ सहन्यायाधिवक्ताले निज पीडित “घ” कुमारीको आर्थिक अवस्था कमजोर रहेको र हाल पीडित “घ” कुमारीले कानूनको अध्ययनलाई निरन्तरता दिइरहको भनी उल्लेख गरेको अवस्था छ । त्यसैगरी प्रतिवादीहरूको आर्थिक अवस्थालाई हेर्दा, अनुसन्धान र अभियोग दर्ता गर्दा निजहरूको आर्थिक विवरण प्रस्ट पारिएको अवस्था नभएको र बयानमा प्रतिवादीहरूमध्ये सागर भट्टको स्टेशनरी पसल र अमरराज अवस्थीको फोटो स्टुडियो रहेको भन्‍ने बेहोराबाहेक अन्य कुनै आर्थिक अवस्था खुलाउने आधार रहेको देखिएन । प्रभावकारी अनुसन्धान गरी पीडित तथा प्रतिवादीहरूको आर्थिक विवरण संकलन गर्नुपर्ने दायित्व राज्यको हो । यद्यपि अनुसन्धानको क्रममा अभिलेखीकरण गर्न नसक्नु वा अनुसन्धानमा अकर्मण्यता हुनुको परिणाम स्वरूप क्षतिपूर्ति नपाउने स्थिति सिर्जना हुन दिनु हुँदैन । साथै राज्यको निष्क्रियतालाई कम क्षतिपूर्तिको आधार बन्‍न दिनु तर्कसङ्गतसमेत हुँदैन ।

३७. “अपराधबाट पीडितलाई भराइने क्षतिपूर्तिले पीडितलाई पीडित हुनुभन्दा पूर्वको अवस्थामा पुर्‍याउनु वा पुनर्स्थापना गर्न सक्नुपर्छ । तसर्थ अपराध पीडितलाई वास्तविक र प्रभावकारी क्षतिपूर्तिको लागि क्षतिपूर्तिसम्बन्धी कानून बनाएर मात्रै हुँदैन, सो कानून आफैँमा उपयुक्त र प्रभावकारी हुनुको साथै सोको प्रभावकारी एवम्‌ यथार्थपरक कार्यान्वयनसमेत हुनु अपरिहार्य हुने” भनी पुनरावेदक / प्रतिवादी लोकबहादुर कार्कीसमेत विरूद्ध विपक्षी / वादी नेपाल सरकार भएको मानव बेचबिखन, बालविवाह, जबरजस्ती करणी मुद्दामा सिद्धान्त प्रतिपादित भएको छ । 

३८. पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्यायको हक अपराध पीडितको नैसर्गिक हकको रूपमा स्वीकार्नु पर्ने हुन्छ । यस हकलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु अदालतको दायित्व हो र अदालतको आदेशबमोजिम पीडितलाई न्याय प्रदान गर्नु राज्यको कर्तव्य पनि हो । राज्यले अपराधबाट पीडितलाई परेको व्यापक प्रभावको पहिचान गर्ने दायित्वको निर्वाह गर्दा पीडितलाई Hea।ing process अर्थात् उपचारको प्रक्रियाको अनुभूति गराउनसमेत मद्दत पुग्दछ । यसरी पीडितलाई न्याय प्रदान गर्ने सम्बन्धमा राज्यको अहम् भूमिका हुने भनी भारतको .................... को .................... ले उल्लेख गरेको निम्न व्यवस्था मननीय देखिन्छ । यसमा भनिएको छ: “................................”

३९. कसुर स्थापित गर्ने कानूनी प्रणाली तथा कार्यविधिबाट अब पीडा तथा पीडाका असरहरूसमेत स्थापित गर्न आवश्यक छ । यसै सम्बन्धमा .................... को .................... को प्रकरण १७ मा "......................" भनी महिलाउपरको हिंसालाई बुझ्नको लागि लैंगिक संवेदनशीलतालाई आत्मसात् गरी निर्णय गरिनुपर्ने कुरा उल्लेख गरिएको देखिन्छ । त्यसैगरी .................... को .................... ले “..........” भनिएको छ । जबरजस्ती करणी केवल महिलाको शरीरउपर मात्र नभई, व्यक्तित्वमाथि नै हुने अपराध हो । प्रस्तुत मुद्दामा पीडित एस.एल.सी. जस्तो भविष्य निर्माणको पहिलो खुड्किलोको रूपमा रहेको परीक्षामा सहभागी हुँदाको अवस्थामा सामूहिक जबरजस्ती करणीबाट पीडित हुन पुगी एस.एल.सी. परीक्षासमेत दिन नपाई शैक्षिक उपलब्धि हासिल गर्न ढिला भई पीडितको भविष्य निर्माणमा समेत प्रतिकूल असर परेको देखिन्छ । यस स्थितिमा पीडितमाथि परेको पीडा मात्र नभई हिंसाको त्रास .................... को कारणले निजको मानसिक स्वास्थ्यमा परेको आघात .................... को असरलाई समेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नु उपयुक्त देखिन्छ ।

४०. अपराधबाट परेका यी प्रभावहरूले दीर्घकालीन रूपमा प्रतिकूल परिणामहरू निम्त्याई पीडितलाई व्यक्तित्व विकासका अवसरबाट वञ्‍चित गराउने सम्भावना हुन सक्दछ । त्यसमाथि सुदुरपश्चिमको परम्परागत समाजमा सामाजिक लाञ्छनाबाट भएको पीडासमेतलाई विचार गरी अब शैक्षिक, आर्थिक र सामाजिक सशक्ततासहित जीवन निर्माणमा समेत मद्दत होस् भनी यस इजलासले क्षतिपूर्ति निर्धारण गर्नु पर्ने देखिन्छ । अब कति क्षतिपूर्ति उचित .................... हुनेभन्दा पनि कति क्षतिपूर्ति पर्याप्त .................... हुने भन्‍ने अवधारणाबाट क्षतिपूर्ति निश्चित गर्नु पर्ने हुन्छ । .................... को धारा १४ ले पनि ".............." भनिएको छ । तसर्थ अब क्षतिपूर्तिको निर्धारण गर्दा उचित .................... क्षतिपूर्ति मात्र नभई तत्काल र पर्याप्त क्षतिपूर्तिको .................... को सुनिश्चितता गर्नु पर्दछ । .................... को .................... को .................... मा "................” भनी पीडितलाई पुग्न गएको आर्थिक एवं गैरआर्थिक क्षतिको समेत आँकलन गरी सबै प्रकारका क्षतिबापत क्षतिपूर्ति प्रदान गर्नुपर्दछ भनी थप विस्तार गरिएको छ । क्षतिपूर्तिको सर्तमा कसुरदारले मात्र नभई राज्यले पनि क्षतिपूरण गर्ने र पीडितलाई सहयोग पुर्‍याउने कोष र स्रोतहरू जुटाउन संस्थागत संयन्त्र निर्माण र स्थापना गर्ने जिम्मेवारी लिनु पर्दछ । अनुसन्धान र अभियोजन पक्षले पीडितले भोगेको क्षति स्थापित गर्न असफल हुनुको कारण वा क्षतिपूर्ति प्रदान गर्न अपराधीको आर्थिक अवस्था पर्याप्‍त नहुनुको कारणले अन्यायको निरन्तरता हुनु सह्य हुँदैन । तसर्थ पीडितको उमेर, शिक्षा र जीविकोपार्जनको अवस्था हेरी निजलाई आत्मनिर्भर हुनका लागि सहज हुने गरी तथा प्रतिवादीहरूको आर्थिक अवस्थासमेतलाई ध्यानमा राखी पीडितलाई प्रतिवादीहरूबाट जनही रू.२,५०,०००/-(दुई लाख पचास हजार) साथै नेपाल सरकार पीडित राहत कोष भए सोबाट र सो नभए नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्रालयबाट रू.५,००,०००/- (पाँच लाख) क्षतिपूर्ति भराइ दिने ठहर्छ । 

४१. विद्वान् सहन्यायाधिवक्ताले सजाय निर्धारणको बहसको क्रममा नैतिक पतनको दाबीसमेत लिएको सम्बन्धमा, यस अदालतमा सामूहिक रूपमा गरिएको जबरजस्ती करणीमा नैतिक पतनको अपराध मान्‍न सकिन्छ वा सकिँदैन भन्‍ने सम्बन्धमा विश्‍लेषण गर्नु पर्ने देखियो । नैतिक पतनको व्यवस्थाको अवलोकन गर्दा यस सम्बन्धमा भारतको सर्वोच्च अदालतले .................... मा नैतिक पतनलाई “..................” भनी व्याख्या गरेको देखिन्छ । नैतिक पतनको सर्वमान्य कानूनी परिभाषा नभए तापनि न्याय, इमान्दारिता, सभ्यता र नैतिकताविपरीतको कार्यलाई नैतिक पतन देखिने कार्य भन्‍न सकिन्छ ।

४२. संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले नैतिन पतन भनेको “....................” भनी .............. को मुद्दामा उल्लेख गरेको देखिन्छ ।

४३. नैतिक पतनको सम्बन्धमा नेपालको कानूनले समेत स्पष्‍ट व्यवस्था गरेको नपाइएको भए पनि सर्वोच्च अदालतले ज्योति लम्साल पौडेल विरूद्ध विपक्षी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसमेत भएको उत्प्रेषणयुक्त परमादेश मुद्दामा “महिलालाई इच्छाविपरीत अनतिक्रम्य शरीरको पवित्रताको अपहरण गरी जबरजस्ती करणी गर्नु कानूनविपरीत मात्र नभई गम्भीर अपराध पनि भएकाले सभ्य मानव समाजले यस्तो कार्यलाई नैतिकताविहीन कार्य मान्दछ । यस्तो नैतिकताविपरीतको कार्यलाई नै नैतिक पतन देखिने फौजदारी अपराध मान्‍नुपर्ने” भनी व्याख्यासमेत गरेको कुरा सान्दर्भिक देखिन्छ । यस मुद्दामा पनि एक महिला जो परीक्षाको लागि गेसपेपर किन्‍न गएकी थिइन्, उनी माथि यी दुई प्रतिवादीले निजको मन्जुरीबेगर जबरजस्तीपूर्वक करणी गरेको कार्य कानूनको मात्र नभई मानवीयता ...................., व्यक्तिगत अस्मिता .................... र सामाजिक नैतिकता .................... को समेत विपरीत भएको भन्‍न मिल्ने अवस्था रहेको छ । यद्यपि वादीतर्फबाट अभियोग पत्रमा यसतर्फ कुनै पनि जिकिर र दाबी लिएको नदेखिँदा प्रस्तुत मुद्दाको सन्दर्भमा नैतिक पतनको सम्बन्धमा थप केही बोलिरहन पर्ने अवस्था रहेन ।

४४. महिलाले वास्तविक न्याय तब प्राप्‍त गर्छन् जब विधायिकाद्वारा निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन, कानूनले व्यवस्था गरेका संस्थागत संरचनाको स्थापना, कार्यविधिगत प्रक्रियाको सुनिश्चितता, महिलाको हक अधिकारप्रतिको संवेदनशीलता, महिलाउपर हुने हिंसा विरूद्ध लड्न सबै स्तरमा यथोचित निगरानी .................... तथा व्यापक मनोवृत्तिगत परिवर्तन सुनिश्चित गरेर, कारक तत्त्वलाई हतोत्साहित गर्दै आवश्यक रोकथामको उपायहरू हासिल गर्न सकिन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा सजाय निर्धारणको सुनुवाइ गर्दा र क्षतिपूर्ति निर्धारण गर्दा, स्वच्छ सुनुवाइ, पुनर्स्थापकीय न्यायको सुनिश्चिततामा देखिने जटिलता सम्बोधन गर्नका लागि प्रणालीगत एवं संस्थागत सुधार गर्नु भनी नेपाल सरकारका नाममा देहायबमोजिम निर्देशनात्मक आदेश जारी हुने ठहर्छः

१. यस्ता प्रकृतिका मुद्दामा सजाय निर्धारण गर्न, प्रमाण प्राप्‍त गर्न र दण्डको सुधार नीतिलाई अवलम्बन गर्न तथा दोषीलाई सजायको गम्भीरता र सजायको समानुपातिकता यकिन गर्न फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १२ बमोजिम सजायपूर्वको प्रतिवेदन प्रोवेसन अधिकृत .................... वा प्यारोल अधिकृत .................... ले तयार गर्ने भन्‍ने व्यवस्था रहेको तर ऐ. दफा ले परिकल्पना गरेबमोजिम हालसम्म सो व्यवस्थालाई सक्रिय गरी कार्यान्वयन गर्न नसकेको भन्‍ने विद्वान् सहन्यायाधिवक्ताले बहसको क्रममा समेत उल्लेख गर्नुभएको र सजाय निर्धारण गर्नसमेत अदालतलाई असहज भएको हुँदा ऐ. दफामा भएको व्यवस्थाबमोजिमको संरचना र आवश्यक बजेट विनियोजन ३ महिनाभित्र गर्नु भनी नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ । सोको जानकारी नेपाल सरकारलाई लेखी पठाई दिनू । उक्त आदेश कार्यान्वयन भएपछि १५ दिनभित्र मातहतका अदालतले प्रोवेशन वा प्यारोल अधिकृतको नियुक्त गरी सक्नू ।

२. वर्तमान कानूनले क्षतिपूर्तिसहितको न्यायको परिकल्पना गरेको र क्षतिपूर्ति भर्ने पहिलो कर्तव्य पीडकको हुने र पीडकले भर्न नसक्ने अवस्था भए मात्र राज्यबाट क्षतिपूर्ति भराइदिने अवस्था भएकाले अपराध अनुसन्धान तथा अभियोजनका क्रममा पीडितलाई पर्न गएको शारीरिक, मानसिक, सामाजिक र आर्थिक क्षतिको प्रमाण संकलन र विश्लेषण गर्नु गराउनु साथै अभियुक्तको चल अचल सम्पत्ति एवं आम्दानीसम्बन्धी विवरणसमेत अनुसन्धानकै दौरानमा संकलन गरी मिसिलसाथ राख्‍ने व्यवस्था मिलाउनु भनी महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउनू ।

३. विशेष ऐनहरू तथा मुलुकी फौजदारी संहिता, २०७४ र  फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले पीडित राहत कोषको परिकल्पना गरेको तर आज कानून कार्यान्वयनमा आएको १ वर्ष व्यतित हुँदासम्म पनि पीडित राहत कोष स्थापना भएको जानकारी नभएको हुँदा तत्काल स्थापना गरी सोको जानकारी उपलब्ध गराउनु भनी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउनू ।

४. कसुरदारहरूलाई आफूले गरेको गल्तीको अनुभूत गर्न लगाउने, उनीहरूको सुधार र समाजमा पुनर्स्थापना गर्नु महत्त्वपूर्ण विषय हो । सजाय अपराधलाई गरिएको हो । राज्य र कानूनको उद्देश्य त्यस्तो अपराधलाई रोकथाम गर्नु हो । अपराधमा संलग्न व्यक्तिहरू अपराधका प्रतिकात्मक रूप मात्र भएकाले निजहरूको सुधार र समाजमा पुनर्स्थापना राज्यको दण्ड नीतिको आधारभूत विषय भएको हुँदा यस्ता अपराधीहरूलाई कानूनको उद्देश्य पूरा हुने गरी कारागार, खुल्ला कारागार, सामुदायिक सेवा, पारिवारिक मिलन जस्ता विषयमा मध्यनजर गर्दै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले व्यवस्था गरेको सुधारात्मक दण्ड प्रणाली अवलम्बन गर्न आवश्यक कानूनी र संरचनात्मक व्यवस्था आदेश प्राप्‍‍त भएको मितिले एक वर्षभित्र तयार गरिसक्नु र सो सम्बन्धमा भएका प्रगति प्रत्येक तीन-तीन महिनामा यस अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा पठाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय एवम् गृह मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि उल्लेख भएबमोजिम प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी सजाय निर्धारण भएकोले र निज प्रतिवादीहरू सुरू बैतडी जिल्ला अदालतको आदेशले थुनामा बसेको अवधि कट्टा गरी बाँकी कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू बैतडी जिल्ला अदालतमा लेखी पठाउनू ------१

यसमा पीडितले नेपाल सरकारबाट क्षतिपूर्तिबापतको रकम तत्कालै पाउने ठहर भएकाले उक्त क्षतिपूर्तिको रकम रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) नेपाल सरकारबाट पीडित "घ" कुमारीलाई तत्काल उपलब्ध गराउनु भनी महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्रालयमा लेखी पठाउनू ----------२

पीडित "घ" कुमारीलाई फैसलाबमोजिम प्रतिवादीहरूबाट जनही रू.२,५०,०००।– (दुई लाख पचास हजार) क्षतिपूर्ति ६० दिनभित्र भराई दिनू भनी सुरू बैतडी जिल्ला अदालतमा लेखी पठाउनू ------३

माथी ठहर खण्डमा उल्लेख भएबमोजिमका निर्देशनात्मक आदेशहरूको यथाशीघ्र कार्यान्वयन गर्नु भनी फैसलाको प्रतिलिपिसहित सम्बन्धित निकायमा पत्राचार गर्नु भनी फैसलाको प्रतिलिपि पनि साथै राखी महान्यायधिवक्ताको कार्यालयमा लेखी पठाउनू -----४

यो फैसलामा उल्लिखित निर्देशनात्मक आदेशहरू कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गर्नु भनी फैसला कार्यान्वयन निर्देशनालय र यसै अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा फैसलासहित लेखी पठाउनू ----५

प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ----६

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : धनसिंह गिरी, मतिना शाक्य, श्रेया संजेल

इति संवत् २०७६ साल मङ्सिर २ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु