निर्णय नं. १०८०० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति स् २०७७।१०।१९
मुद्दाः( कर्तव्य ज्यान
०७०(ऋच्(१७२१
पुनरावेदक र प्रतिवादी स् शम्भुकुमार जोशीको छोरा जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका वडा नं। १ घर भई हाल कारागार कार्यालय भिमफेदी थुनामा बस्ने संजोक श्रेष्ठ भन्ने संजोक जोशी
विरूद्ध
प्रत्यर्थी र वादी स् सुमन कार्कीको जाहेरीले नेपाल सरकार
०७१(ऋच्(००४६
पुनरावेदक र वादी स् सुमन कार्कीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी र प्रतिवादी स् जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर बस्ने तुलबहादुर पाठकको छोरा विजय पाठकसमेत
मनसायसहित ज्यान मार्ने कार्य गरेकोमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९३० नं। बमोजिम तथा मनसायसहित ज्यान मार्ने वचन दिएमा ऐ। १३९४० बमोजिम सजाय हुने ।
बन्दकर्ता र बन्द खुलाउने समूहबिच दोहोरो झडप हुँदा घटना भएको, यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने स्पष्ट रूपले खुल्न आएको नपाइएको । प्रतिवादीले मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत गर्न नसकेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। मा उल्लेख भएको वचन दिने कार्यको अर्थ सामान्य र सतही रूपमा ग्रहण गरिनु
नहुने । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनुपर्ने ।
९प्रकरण नं।५०
वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरी बञ्जाडे
प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, तथा अधिवक्ताहरू श्री टिकाराम भट्टराई, डा। श्री दिनमणी पोखरेल र श्री मुकुन्द न्यौपाने
अवलम्बित नजिर स्
सम्बद्ध कानून स्
सुरू तहमा फैसला गर्नेस्(
माननीय न्यायाधीश श्री टेकनारायण कुँवर
मकवानपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेस्(
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री सरिता शर्मा
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या।हरिप्रसाद फुयाल स् तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः
तथ्यगत बेहोरा
जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर स्थित सडकमा मिति २०६७र१र२२ गते प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको भन्ने स्थानमा साना ठुला रोडभरि छरपष्ट ढुङ्गा देखिएको भन्नेसमेत घटनास्थल मुचुल्का ।
मोटरसाइकलमा औषधी लिई लोथरतर्फ गइरहेका काकाको छोरा भाइ सुदिप कार्कीलाई संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतका अभियुक्तहरूले ढुङ्गा प्रहार गरी टाउकोमा हानी गम्भीर घाइते बनाइदिएकाले उपचारको लागि मेडिकल कलेज भरतपुरमा पुर्याई जचाउँदा डाक्टरले मृत्यु भएको घोषणा गरेको हुँदा वारदातमा संलग्न दोषीहरूलाई कर्तव्य ज्यान मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सुमन कार्कीको जाहेरी दर्खास्त ।
बायाँ कञ्चटसमेतमा निलडाम देखिएको भन्नेसमेत बेहोराको मृतक सुदिप कार्कीको लासप्रकृति मुचुल्का ।
टाउकोको चोटको कारण मृत्यु भएको हो भन्नेसमेत बेहोराको मृतक सुदिप कार्कीको शव परीक्षण प्रतिवेदन ।
मिति २०६७र१र२२ गते बेलुका अं। ५स्३० बजेको समयमा साथीहरू लोथर बजारमा रहेका अवस्थामा मोटरसाइकलमा आएका सुदिप कार्कीसमेतसँग वादविवाद झै(झगडा हुँदा संजोक, म र रोहितले हान ठोक भनेपछि हाम्रो ग्रुपका साथीहरूले ढुङ्गा प्रहार गर्दा सुदिपलाई टाउकोमा लागेको चोटले घाइते भई उपचारको क्रममा लाँदै गर्दा मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विजय पाठकको मौकाको बयान ।
मिति २०६७र१र२२ गते साँझ ५र६ बजेको समयमा मृतक सुदिप कार्कीलाई विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजाले हान ठोक भनेपछि निजहरू, म र विकास कार्कीसमेतले ढुङ्गा प्रहार गरेका हौं । ढुङ्गा प्रहारबाट सुदिप कार्कीको टाउकोमा चोट लागी निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी उत्तम श्रेष्ठको मौकाको बयान ।
मिति २०६७र१र२२ गते अन्दाजी ५स्३० बजेको समयमा लोथर बजारमा सुदिप कार्कीलाई कर्तव्य गरी मारिएको वारदात साँचो हो । मृतक पक्षका समूह र हाम्रो समूहबिच भएको झगडामा हाम्रो पक्षका संजोक श्रेष्ठ भन्ने संजोक जोशी, विजय पाठक, रोहित प्रजा, मसमेतका व्यक्तिहरूले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरेको र सोही ढुङ्गा प्रहारबाट निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विकास कार्कीको मौकाको बयान ।
मिति २०६७र१र२२ गते घरअगाडिबाट सुदिपलाई एम्बुलेन्समा राखी लाँदै गरेको देखेको हुँ । घटनास्थलमा म थिइनँ र घटना को कसले घटाएका हुन् सो पनि थाहा छैन भन्नेसमेत बेहोराको कविराज पन्तको मौकाको बयान कागज ।
मिति २०६७र१र२२ गते साँझ १७स्३० बजेको समयमा लोथरमा थिएँ । सो समयमा मनहरी बजारमा बस्ने सुदिप कार्कीलगायतका मानिसहरू मोटरसाइकलमा चढी आई लोथर पुलमा पुगी फर्कने क्रममा लोथर बजारमा बस्ने संजोक श्रेष्ठ भन्ने संजोक जोशीलगायतका ८र९ जना केटाहरू आई बन्दमा किन मोटरसाइकल चलाएको, दादागिरी देखाउन आएको हो भन्दै निज संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजासमेतले ढुङ्गा हान हान भनी वचन दिएपश्चात् ढुङ्गा प्रहार हुँदा सुदिप कार्कीलाई टाउकोमा ढुङ्गा लागी घाइते भएको हो । उपचारको लागि लिएर जाँदै गर्दाको अवस्थामा निज सुदिप कार्कीको मृत्यु भएको हो । सो वारदातस्थलमा प्रतिवादी विजय पाठक, उत्तम श्रेष्ठ र विकास कार्कीलाई देखेको थिएँ भन्नेसमेत बेहोराको क्षेत्रबहादुर मोक्तानको मौकाको कागज ।
साथीहरूसँग घुमफिर गर्न गएका मेरो छोरा सुदिप कार्कीलाई लोथर बजारमा संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतले ढुङ्गा प्रहार गरेको र उपचारको लागि भरतपुर लाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलमा उपस्थित व्यक्तिहरू बुझिपाउँ भन्नेसमेत बेहोराको शिव कार्कीको कागज ।
मिति २०६७र१र२२ गते मसमेतका साथीहरू मोटरसाइकलमा चढी मनहरीबाट लोथरमा घुम्न गएको र फर्कने क्रममा संजोक श्रेष्ठ भन्ने संजोक जोशीले मलाई बोलाउँदै तिमीहरू झगडा गर्न आएको हो रु भनी निहुँ खोजी रोहित प्रजाले हान ठोक भनेपछि संजोक जोशीसमेतले ढुङ्गा प्रहार गरी सुदिपको टाउकोमा लागी घाइते भई उपचारको क्रममा लाँदै गर्दा मरेका हुन् भन्नेसमेत बेहोराको बासुदेव उप्रेतीको कागज ।
हामीहरू लोथरमा घुम्न गएको अवस्थामा संजोक श्रेष्ठ भन्ने संजोक जोशीले हामीलाई तिमीहरू दादागिरी देखाउन आएको हो रु भनी हान ठोक भनेका हुँदा उनीहरूले ढुङ्गा प्रहार गरेकाले मोटरसाइकलमा बसेका सुदिपको टाउकोमा ढुङ्गा लागी सोही चोटले निज मरेका हुन् । घटनास्थलमा संजोक जोशी, विजय पाठकलाई देखेको हुँ भन्नेसमेत बेहोराको खुसीलाल प्रजाको कागज ।
मिति २०६७र१र२२ गते अं। ५स्०० बजेको समयमा लोथर घुम्न गई लोथरबाट फर्कने क्रममा हामीसँग संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय पाठकसमेतका ग्रुपले वादविवाद गर्न थाले । वादविवाद बढ्दै जाँदा हामीले जाउँ भनी मोटरसाइकल चढी अगाडि बढ्न लाग्दा एक्कासी हामीमाथि संजोकको ग्रुपले ढुङ्गा प्रहार गरे । सुदिपलाई टाउकोमा ढुङ्गा लागी भुइँमा लडे । त्यसै बखत संजोक जोशीले यही खोज्न आएको त हो नि, ठिक भयो भन्दै थिए । सो वारदातमा संलग्न हुने मैले चिनेका संजोक जोशी, रोहित प्रजा, विजय पाठकलाई प्रत्यक्ष देखेको
हुँ । सुदिपको मृत्यु प्रतिवादीहरूले प्रहार गरेको ढुङ्गाको चोटबाट भएको हो भन्नेसमेत बेहोराको राजकुमार न्यौपानेको मौकाको कागज ।
मिति २०६७र१र२२ गते अं। ५स्३० बजेको समयमा सुदिप कार्कीले चलाएको मोटरसाइकलको पछाडि बसी लोथर पुगी फर्कंदै गर्दा सोही लोथर बजारको कर उठाउने ढाटमा संजोक श्रेष्ठ भन्ने संजोक जोशीलगायतका केटाहरू बसेका रहेछन् । संजोकले हामीसँगै गएका बासुलाई तिमीहरू किन दादागिरी देखाउन आएको भन्दै गाली गलौज गरेपछि आपसमा वादविवाद भयो । प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी, विजय पाठक, रोहित प्रजा, यति नगरकोटीलगायतका केटाहरू थिए । वादविवादकै क्रममा रोहित प्रजा, संजोक श्रेष्ठ भन्ने संजोक जोशीलगायतका मानिसले हान ठोक भनी वचन दिएपछि हामीमाथि एक्कासी ढुङ्गा प्रहार गर्न थाले । सुदिप कार्कीलाई ढुङ्गाले चोट लागेपछि निज बेहोस भएको र उपचारको लागि लैजाँदै गर्दा सुदिपको मृत्यु भएको हो भन्नेसमेत बेहोराको नविन सुवेदीको मौकाको कागज ।
मिति २०६७र१र२२ गते अं। ५स्३० बजेको समयमा लोथर पुगी फर्कंदै गर्दा विजय पाठक र संजोक श्रेष्ठ भन्ने संजोक जोशीले तिमीहरू यहाँ दादागिरी गर्न आएको हो भनी भन्दा सुदिप कार्कीलगायतकाले हामी घुम्न आएका हौं भन्दाभन्दै संजोक जोशी, विजय पाठक, रोहित प्रजाले हान ठोक भनी वचन दिए । सो वचन दिएपछि हामीमाथि एक्कासी ढुङ्गा बर्साउन थाले । सुदिप कार्कीको टाउकोमा ढुङ्गा प्रहार भई सख्त घाइते भएको र उपचार गराउँदा मृत्यु भएको हो । सो वारदातमा संलग्न व्यक्ति संजोक श्रेष्ठ भन्ने संजोक जोशी, विजय पाठक, रोहित प्रजा, उत्तम श्रेष्ठ, विकास कार्कीलाई प्रस्ट देखेको हुँ भन्नेसमेत बेहोराको हरिचन्द्र ठकुरीको मौकाको कागज ।
दुई पक्षबिच वादविवाद भई ढुङ्गा हानाहान भएको थियो । यत्तिकैमा सुदिप कार्कीलाई टाउकोमा ढुङ्गा लाग्न गई मोटरसाइकलबाट ढलेका र उपचारको लागि चितवन लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने सुनेको हुँ । सुदिप कार्कीलाई को कसले हानेको ढुङ्गाले लाग्यो यकिन रूपमा भन्न सक्दिन भन्नेसमेत बेहोराको मौकामा बुझिएका प्रविण शर्माको कागज ।
मिति २०६७र१र२२ गते मनहरीतर्फका केटाहरू मोटरसाइकल चढी हर्न बजाउँदै लोथर आएका थिए । लोथर पुलमा एकछिन बसी फर्की आउँदा जि।वि।स। को ढाटमा आइपुगेपछि दुवैतर्फबाट ढुङ्गा हानाहान भयो । ढुङ्गा प्रहारबाट सुदिप कार्कीलाई टाउकोमा ढुङ्गा लागी ढलेको हुँदा उपचार गर्न लैजाँदा मृत्यु भयो भन्ने थाहा पाएको हुँ । सुदिपलाई ढुङ्गा लागेपछि विजय पाठक र वासु उप्रेतीबिचमा वादविवाद भएको मैले देखेको हुँ । निज सुदिपलाई को कसले हानेको ढुङ्गाले लाग्यो, हुल भिड भएकोले थाहा पाइन भन्नेसमेत बेहोराको मौकामा बुझिएका गिता उप्रेतीको कागज ।
प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय पाठकले सुदिप कार्कीउपर ढुङ्गा हान भनी वचन दिएको देखिँदा निजहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं। को कसुरमा ऐ। महलको १३९४० नं। बमोजिमको सजाय हुन र प्रतिवादी उत्तम श्रेष्ठ, विकास कार्की र यति नगरकोटीउपर ऐ। महलको १ नं। को कसुरमा १३ ९३० नं।अनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मिति २०६७र१र२२ गते बेलुका ४स्३० बजेको समयमा मसमेतका केटाहरू १५र२० जना फुटबल खेल्न भनी लोथर बजारभन्दा अलि तल रहेको चौरमा जम्मा भई केही फुटबल खेल खेल्ने र केहीले गफ गरी बसिरहेको अवस्थामा २०र२१ वटा मोटरसाइकलमा ३र३ जना बसी हेडलाइट बाली मनहरी बजारबाट आइरहेका थिए । उक्त दिन एकीकृत माओवादीको बन्द भएको हुँदा सोही समयमा चितवन तर्फबाट पनि माओवादीहरूको जुलुस आइरहेको अवस्थामा लोथर बजारनजिक जम्काभेट भई भनाभन भएको हुँदा मसमेत भई झगडा गर्न हुन्न भनी सम्झाउन भनी घटनास्थलमा पुग्यौं । मैले ढुङ्गा नहान नहान भनी कराउँदा कराउँदैको अवस्थामा एक्कासी भिडबाट सुदिप ढल्यो भनी आवाज आएको हुँदा त्यहाँ गई हेर्दा निजलाई ढलेको देखेँ । उनी पहिला पनि मुटुको रोगी थिए । एम्बुलेन्सलाई फोन गर्दा फेला नपरेको हुँदा केहीबेरमा मनहरीतर्फबाट बिरामी पुर्याई फर्की आएको एम्बुलेन्स रोकी निज सुदिप कार्कीलाई उपचारको लागि भरतपुर पठाएको हुँ । मैले ढुङ्गा हानेको र अरूलाई ढुङ्गा हान्न वचन दिएकोसमेत छैन । निजलाई को कसले हिर्काएको ढुङ्गाले लाग्यो, मलाई थाहा
भएन । घटनास्थलमा धेरै मानिसहरू थिए । म निर्दोष छु । मैले अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विजय पाठकले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७र१र२२ गते एकीकृत माओवादीको बन्द भएको हुँदा म फुटवल खेल्न भनी लोथर बजारनजिकै चौरमा गएको थिएँ । बेलुका ४स्३० बजेको समयमा मनहरी बजारबाट २५र२६ वटा मोटरसाइकलमा ३र३ जना बसी हर्न बजाउँदै, बत्ती बाल्दै आएको देखेको थिएँ । चितवनतर्फबाट पनि माओवादीको मानिसहरू जुलुसमा नारा लगाउँदै आएको अवस्थामा दुवै पक्षको जम्काभेट भई भनाभन वादविवाद भएको थियो । त्यसो हुँदा म पनि के भएको रहेछ भनी हेर्न जाँदा दुवैतर्फबाट ढुङ्गा हानाहान भएको हुँदा मैले झगडा नगर भनी छुट्टाउने कोसिस गर्दागर्दै एक्कासी सुदिप कार्की लड्यो भनी भिडबाट कराएको आवाज आयो । मैले ती मानिसहरूलाई पन्छाई हेर्दा सुदिप कार्की सडकमा लडिरहेको देखेँ । निजलाई को कसले हिर्काएको ढुङ्गाले लाग्यो मैले देखिन । धेरै मानिसहरू जम्मा भएका थिए । निजलाई प्रविण शर्मा, विजय पाठकसमेत भई एम्बुलेन्समा राखी उपचारको लागि पठाएको देखेको हुँ । मैले निजलाई हिर्काएको वा ढुङ्गाले हिर्काउन वचन दिएको होइन । म निर्दोष हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन । सुदिप कार्कीको मृत्यु भएको भन्ने कुरा बेलुका ९स्०० बजेतिर मात्र थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी उत्तम श्रेष्ठले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७र१र२२ गते दिउँसो ४स्३० बजेको समयमा एकीकृत कम्युनिष्ट पार्टी माओवादीको बन्द भएको हुँदा लोथर बजारनजिकै रहेको चौरमा फुटबल खेल्न भनी म, विजय, उत्तम, प्रविण शर्मासमेत भई कोही फुटबल खेल्ने, कोही बसिरहेको अवस्थामा मनहरीतर्फबाट २०र२५ वटा मोटरसाइकलमा हर्न बजाउँदै, बत्ती बाल्दै आएका थिए । चितवनतर्फबाट पनि माओवादीका मानिसहरू जुलुससहित आइरहेको हुँदा घटनास्थलमा जम्काभेट भई हान ठोक भन्ने शब्द सुनी मसमेतका विजय, उत्तम, प्रविण गई एक आपसमा नजुध, ढुङ्गा नहान भनी रोक्ने प्रयास गरेको हुँ । सो गर्दा गर्दै मानिसहरूको भिडबाट सुदिप ढल्यो भन्ने आवाज आयो । मैले हेर्दा पनि सुदिप लडिरहेको देखेँ । निजको पहिला पनि मुटुको रोग भएको भन्ने सुनेको थिएँ । एम्बुलेन्सलाई फोन गर्दा लगेन । केहीबेरमा मनहरीतर्फबाट एम्बुलेन्स आएको हुँदा त्यही एम्बुलेन्समा राखी उपचारको लागि भरतपुर पठाएको हो । मैले सुदिप कार्कीलाई ढुङ्गाले हानेको होइन । अरूलाई ढुङ्गा हान्न भनेकोसमेत छैन । निज सुदिपको मृत्यु भयो भन्ने कुरा राति ९स्०० बजेतिर मात्र थाहा पाएको हुँ । म निर्दोष छु, मेरो गल्ती छैन । मैले गल्ती नगरेको हुँदा अभियोग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विकास कार्कीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७र१र२२ गते ने।क।पा। माओवादीले गरेको बन्दको कारण राजमार्ग सुनसान नै थियो । त्यस्तै दिउँसो ३र४ बजेको समयमा सडकमा एक्कासी मोटरसाइकलहरू चलेको आवाज सुनी बन्द खुलेछ भनी आफ्नो घरबाट लोथर बजारमा आएँ । सो समयमा मनहरीतिरबाट मोटरसाइकलमा आएका मान्छेहरू र लोथर बजारका मान्छेहरूबिच बन्दको समयमा मोटरसाइकल चलाएको विषयमा वादविवाद भइरहेको रहेछ । मसमेत भई वादविवाद नगर भनी छुट्टाई दिँदै गर्दा मृतक सुदिप कार्की ढलेको, लडेको देख्यौं । निज मृतक ढुङ्गाले लागेर हो वा आफैँ लडेको हो थाहा भएन । मृतक लडेपछि उपचारको लागि भरतपुर पठाइदिएको हो । मैले मृतकलाई ढुङ्गा प्रहार गरेको होइन, छैन, को कसले ढुङ्गा हानेको हो मलाई थाहा छैन । म निर्दोष छु, अभियोगबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय, उत्तम, विकाससमेतले ढुङ्गाले हानी सुदिप कार्कीलाई मारेका हुन् भनी बुझिएका जाहेरवाला सुमन कार्कीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशीलगायतका केटाहरूले तिमीहरूलाई मर्न काल आएको हो, दादागिरी देखाउन आएको हो भन्दै अपशब्द प्रयोग गरी विजय पाठकले हातमा लठ्ठी लिई हान भनी आदेश दिने काम भएपछि अन्य केटाहरूले ढुङ्गा हान्न थाले । मेरो पनि टाउकोमा ढुङ्गा लाग्यो, म पनि भागेँ । निज प्रतिवादीहरूले हानेको ढुङ्गा लागी सुदिप कार्की बेहोस भई उपचारको क्रममा मृत्यु भएको हो भनी मौकामा बुझिएका हरिचन्द्र ठकुरीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
संजोक, विजय, रोहितले ढुङ्गा हान ठोक नछोड भनी भनेपछि ढुङ्गा बर्सियो । मसँगै बस्ने मोटरसाइकल चालक सुदिप कार्कीलाई पनि टाउकोमा ढुङ्गा लागी लर्याक लुरूक भएकोले मैले समातेँ । चारैतिरबाट ढुङ्गा हानिरहेका थिए । ढुङ्गा हान्ने आदेश दिने व्यक्तिहरूले नै ढुङ्गा प्रहार गरेको हुनुपर्छ भनी मौकामा बुझिएका नविन सुवेदीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
सुदिप कार्कीको मृत्यु प्रतिवादीहरूले हानेको ढुङ्गाले चोट लागी भएको हो । संजोक, विजय पाठक, रोहितसमेतले हान ठोक भनी ढुङ्गा हान्न आदेश दिएका थिए । ढुङ्गा प्रहार गर्ने धेरै थिए । सबैको नाम मलाई थाहा छैन भनी मौकामा बुझिएका क्षेत्रबहादुर मोक्तानले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी, विजय पाठक, रोहित प्रजाले यिनीहरू झगडा नै गर्न आएका हुन्, हान हान भनेपछि ढुङ्गाहरू बर्सिन थाल्यो । त्यसै बेला सुदिप कार्कीलाई ढुङ्गाले लाग्यो । तत्पश्चात् निजलाई उपचार गराउन अस्पताल पठाएको हो । सो घटना संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा र विजय पाठकले घटाएका हुन् भनी मौकामा कागज गर्ने राजकुमार न्यौपानेले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
घटनास्थलमा विजय पाठक, रोहित प्रजा, संजोक श्रेष्ठ भन्ने संजोक जोशी थिए । ढुङ्गा हान्ने आदेश रोहित प्रजा र संजोक श्रेष्ठ भन्ने संजोक जोशीले दिएका हुन् । कसले हानेको ढुङ्गा सुदिप कार्कीलाई लाग्यो मैले देखिनँ । ढुङ्गाको चोटको कारण सुदिप कार्कीको मृत्यु भएको हो भनी मौकामा कागज गर्ने वासु उप्रेतीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय पाठकसमेतले बन्दको बेलामा दादागिरी देखाउन आएको भन्दै एक्कासी हान ठोक भनेपछि त्यहाँ जम्मा भएका मानिससमेतले ढुङ्गा प्रहार गर्दा सुदिप कार्कीको कञ्चटमा लागी बेहोस भएको र उपचारको क्रममा मृत्यु भएको हो भनी घटना विवरणका मानिस शिव कार्कीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी यति नगरकोटीले ढुङ्गा प्रहार गरेको होइन । निजले दुवै पक्षलाई सम्झाउने बुझाउने काम गरेका थिए भन्नेसमेत बेहोराको प्रतिवादी यति भन्ने दिलबहादुर श्रेष्ठका साक्षी नवराज सिलवालले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजाले हान ठोक भनी वचन दिएका छैनन् । उत्तम, विकास, यतिसमेतले मृतकलाई ढुङ्गा हानेको नहुँदा निज प्रतिवादीहरू निर्दोष हुँदा सजाय हुनुपर्ने होइन भनी प्रतिवादीहरू उत्तम श्रेष्ठ, विकास कार्की र विजय पाठकको साक्षी गिता उप्रेतीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
के कारणबाट सुदिप कार्कीको मृत्यु भएको हो मलाई थाहा छैन । प्रतिवादी विजय पाठकसमेतले घाइते सुदिप कार्कीलाई उपचार गर्न लैजानको लागि सहयोग गरेका थिए । उत्तम र विकासलाई मैले उक्त घटनामा देखिन । सहयोग गर्नु अपराध हो भने मेरो भन्नु केही छैन । मेरो विचारमा निजहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीहरू उत्तम श्रेष्ठ, विकास कार्की र विजय पाठकको साक्षी प्रविण शर्माले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
उक्त समयमा प्रतिवादी विकास कार्की फुटबल खेल्ने चउरमा थिए । प्रतिवादी विकास कार्कीले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरी मारेको होइन । निज निर्दोष हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विकास कार्कीको साक्षी मिना विष्टले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजा फरार रहेको हुँदा निजहरूको हकमा मुलुकी ऐन, अ।बं। १९० नं। बमोजिम मुलतबिमा राखिदिएको छ । उपस्थित अन्य प्रतिवादीहरूको हकमा प्रतिवादीहरूमध्येका विजय पाठकलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं। को कसुरमा सोही महलको १३९४० नं। बमोजिम जन्मकैद हुने, अर्का प्रतिवादीद्वय उत्तम श्रेष्ठ, विकास कार्कीको हकमा ज्यानसम्बन्धीको महलको १७९३० नं। बमोजिम जनही २ वर्ष कैद हुने र प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू मकवानपुर जिल्ला अदालतको मिति २०६८र९र२८ गतेको फैसला ।
फरार रहेका प्रतिवादीहरू रोहित प्रजा र संजोक श्रेष्ठ भन्ने संजोक जोशीको हकमा मुलुकी ऐन, अ।बं।१९० नं। बमोजिम मुल्तबी रहने ठहरी यस अदालतबाट मिति २०६८र९र२८ गते फैसला भएकोमा निज फरार प्रतिवादीहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरको च।नं। ३३१७ मिति २०६८र११र२८ पत्रसाथ उपस्थित गराएको देखिँदा निज प्रतिवादीहरूको हकमा मुल्तबीबाट जगाई दिएको छ । कानूनबमोजिम गर्नु भन्ने सुरू मकवानपुर जिल्ला अदालतको मिति २०६८र११र२८ गतेको आदेश ।
मिति २०६७र१र२२ गते म आबुखैरेनी सिनो हाइड्रो प्रोजेक्टमा टिपर चलाई काम गरी आएको
थिएँ । म उक्त दिन घटनास्थलमा थिइनँ । मैले मृतकलाई ढुङ्गाले हानी कर्तव्य गरी मारेको होइन । निज मृतकको के कसरी मृत्यु भयो मलाई थाहा छैन, घटना घटेको दुई तीन महिनापछि मात्र मैले थाहा पाएको
हुँ । मैले मृतकलाई कर्तव्य गरी मारेको नहुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन, म निर्दोष छु भन्नेसमेत बेहोराको प्रतिवादी रोहित प्रजाले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
उक्त वारदात भनिएको मितिमा म मेरो गाउँघरमा नभई भारतमा काम गर्न गएको थिएँ । मैले २०६५र३र२२ गतेदेखि भारतमा काम गरी भर्खरै एक महिना पहिला मात्र आफ्नो घर फर्केको हुँ । मैले त्यहाँ ग्रेण्ड हायत होटलमा काम गर्थे । काम गरेको सिफारिसपत्र मसँग छ । घर आउनुपूर्व घटना भएकोसम्म सुनेको थिएँ । तर मलाई पनि प्रतिवादी बनाएको भन्ने थाहा थिएन । प्रहरीले पक्राउ गरेपछि मात्र थाहा पाएको हो । मृतक मेरो आफ्नो सालो नातासमेत पर्छ । म नेपालमा नै नरहेकोले मउपरको अभियोग झुट्ठा हो । किन मउपर यस्तो झुठा अभियोग लगाएको हो भन्न सक्दिन । म वारदातमा संलग्न नभएकोले मलाई सजाय हुनुपर्ने होइन, अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी संजोक जोशीले सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
अभियोग दाबी झुट्ठा हो । वारदात भएको भनिएको समयमा प्रतिवादी संजोक जोशी नेपालमा नै नभएको हुँदा सजाय हुनुपर्ने होइन भनी प्रतिवादी संजोक जोशीको साक्षी धुर्व शाही र हरि नगरकोटीले एकै मिलान बेहोराको सुरू मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
घटना हुँदा प्रतिवादी रोहित प्रजा घटनास्थलमा थिएनन् । निज सिनु हाइड्रोपावर प्रोजक्टमा काम गर्न गएका थिए । घटनास्थलमा हुँदै नभएको व्यक्तिले सुदिप कार्कीलाई मार्न निम्ति हान ठोक भनी वचन दियो भन्ने भनाइ झुट्ठा हो । निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी प्रतिवादी रोहित प्रजाको साक्षी विकास थापा मगर र मनोज शर्माले एकै मिलान बेहोराको सुरू मकवानपुर जिल्ला अदालतमा बकपत्र गरेको ।
यस अदालतबाट भएको यसै मुद्दाको पूर्व फैसलामा गरिएको विवेचनाको आधारमा यी हाल उपस्थित प्रतिवादीहरूसमेत उक्त वारदातका सहभागीको रूपमा शंकारहित तवरबाट देखिन आएको हुँदा प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजालाई अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३ ९४० नं। बमोजिम जनही बिस वर्ष कैद ९जन्म कैद० हुने ठहर्छ भन्ने सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६९र६र२५ गते भएको फैसला ।
अपराध हुन मानसिक र शारीरिक तत्त्व अनिवार्य हुन आवश्यक छ । ज्यानसम्बन्धीको १३ नं। आकृष्ट हुन मनसाय तत्त्वको अनिवार्यता
हुनुपर्दछ । वारदातमा संलग्न भएकोसम्मलाई पनि ऐ।१३९४० नं। आकृष्ट हुन सक्दैन । हान भन्ने शब्द कस्तो परिस्थितिमा कसलाई भनेको हो सो विचारणीय कुरा छ । कसलाई हान भनेको हो, के उद्देश्यको लागि भनेको हो, कस्तो परिवेशमा भनिएको हो, व्याख्या गर्नुपर्ने देखिन्छ । प्रस्तुत घटनामा कुनै व्यक्तिलाई मार्नको निम्ति मान्छे जम्मा भएको होइन । मार्नुपर्ने कुनै कारण र क्रिया थिएन । मार्नको लागि कोही पनि हतियार लिएर बसेका थिएनन् । प्रस्तुत मुद्दामा आरोप लगाइएको म विजय पाठकले ढुङ्गा हान भनेको होइन । झगडा छुट्याउने कार्य गरेको हो । सुदिप कार्कीलगायत कुनै पनि व्यक्तिलाई ढुङ्गा हान्न वचन दिएको छैन । मैले ढुङ्गा नहानेको कुरा मिसिल संलग्न प्रमाणबाट प्रस्ट देखिएको हुँदा मिति २०६८र९र२८ को सुरू मकवानपुर जिल्ला अदालतको फैसला उल्टी गरी प्रस्तुत मुद्दाको अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विजय पाठकको पुनरावेदनपत्र ।
घटनाको प्रत्यक्षदर्शीले गरेको बकपत्रसमेतबाट कसुरदार देखिने स्थितिमा पनि प्रतिवादी उत्तम श्रेष्ठ र विकास कार्कीलाई गढाउ गर्ने प्रत्यक्ष प्रमाणको अभाव रहेको भनी सानो कसुरमा कम सजाय गर्न मिल्ने होइन । यी प्रतिवादीहरूको मौकाको साबिती बयान र प्रतिवादी विजय पाठकको पोलसहितको साबितीबाट पनि यी २ जना प्रतिवादी मुख्य आरोपीको रूपमा देखा परेका
छन् । अभियोग दाबी प्रमाणित गर्ने तथ्य र सबुदलाई विश्लेषण नगरी लगाउनुपर्ने प्रमाण नलगाई अमिल्दो भिन्न सानो कसुरमा कम सजाय हुने ठहर्याई गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण छ । प्रतिवादी यति नगरकोटीको वारदातको समयमा घटनास्थलमा उपस्थिति रहेको तथ्यमा विवाद छैन । यी प्रतिवादीले पनि सो तथ्यलाई स्वीकार गरेकै छन् । प्रहार गर्नमा संलग्न रहे नरहे सम्बन्धमा हेर्दा प्रतिवादी विकास कार्कीको बयानबाट ढुङ्गा प्रहार गर्नमा यी प्रतिवादीहरूको पनि संलग्नता रहेको देखिन्छ । निज प्रतिवादी पक्षका ग्रुपका देखिएका र घटनास्थलमा मृतकसमेतउपर ढुङ्गा प्रहार हुँदै गर्दा निजको उपस्थिति रहेको कारणसमेतबाट यी प्रतिवादी दोषी सिद्ध भएको हुँदा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादी उत्तम श्रेष्ठ, विकास कार्कीलाई दाबीभन्दा कम सजाय गरेको र यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठलाई अभियोग दाबीबाट सफाइ दिएको फैसला बदर गरी निजलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
हामीलाई वारदात स्थलमा वारदातै हुन सक्ने पूर्वसङ्केत केही थाहा थिएन । मृतक स्वयं लोथरमै जन्मे हुर्केको हाम्रो अति मिल्ने साथी हुनुहुन्थ्यो । बुझिएका पीडित परिवार, प्रत्यक्षदर्शी र हाम्रो बयान बेहोराबाट हामी मतलबमा पसेको
देखिँदैन । ज्यानसम्बन्धी महलको ५ र ६ नं। सम्म पनि हाम्रो हकमा आकर्षित नहुनेमा ऐ।१७ नं। बमोजिम २ वर्ष कैद सजाय गरिएको फैसला मिसिल प्रमाणको न्यायोचित मूल्याङ्कन नगरी भएबाट हाम्रो हकमा भएको सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीद्वय उत्तम श्रेष्ठ र विकास कार्कीको संयुक्त पुनरावेदनपत्र ।
म पुनरावेदक वारदातको समयमा भारतको मुम्बई स्थित हायात होटलमा काम गरी आएको थिएँ । उक्त वारदातमा मेरो कुनै किसिमको भूमिका छैन । अभियोगपत्र र जाहेरी दर्खास्तमा मेरो नाम र ठेगानासमेत मिलेको छैन । अभियोगपत्रमा उल्लिखित पिताको नाम र मेरो पिताको नामसमेत भिडेको
छैन । यस्तो अवस्थामा मलाई दोषी करार गरी जन्म कैद ९२० वर्ष कैद० हुने गरी मकवानपुर जिल्ला अदालतबाट मिति २०६९र६र२५ गते भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी संजोक जोशीको पुनरावेदनपत्र ।
म पुनरावेदक वारदातको समयमा आबुखैरहनी सिनो हाइड्रो प्रोजेक्टमा टिपर चलाई काम गरी आएको थिएँ । जाहेरीमा मेरो नाम उल्लेख नगरेको, अभियोगपत्रमा चैते प्रजाको छोरा रोहित प्रजाउपर अभियोग लगाइएको तर मेरो पिताको नाम काशीबहादुर प्रजा हो । म घटनाको बेला अन्यत्र रहेको कुरा मेरा साक्षी प्रमाणहरूबाट समेत पुष्टि भएकोमा सोतर्फ कुनै किसिमको विवेचना नै नगरी मलाई दोषी करार गरी जन्म कैद ९२० वर्ष कैद० हुने गरी मकवानपुर जिल्ला अदालतबाट मिति २०६९र६र२५ गते भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रोहित प्रजाको पुनरावेदनपत्र ।
वादी नेपाल सरकार तथा प्रतिवादीहरूको पनि पुनरावेदन परी दोहोरो पुनरावेदन परेको अवस्था भएकाले अ।बं। २०२ नं। को प्रयोजनार्थ वादी र प्रतिवादीहरूको तर्फबाट परेको पुनरावेदन एकआपसमा परस्पर जानकारी गराई प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठको हकमा म्याद जारी गरी झिकाई मिसिल नियमानुसार पेस गर्नु होला भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।
प्रस्तुत मुद्दा पेसीमा तोकी पेसीभन्दा तीन दिनअगावै पक्ष विपक्षका कानून व्यवसायीहरूबाट बहसनोट पेस गर्न सम्बन्धित कानून व्यवसायीहरूलाई जानकारी गराई नियमानुसार गरी पेस गर्ने भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।
आदेशानुसार वादी प्रतिवादीहरूको तर्फबाट लिखित बहसनोट पेस भएको ।
प्रस्तुत वारदातमा ज्यान मार्ने नियत नदेखिएको, जोखिम हतियार प्रयोग भएको अवस्था नदेखिएको, पूर्वरिसइवी नभई मानिस मर्न सक्ने अवस्था नभई दुई पक्षबिच सामान्य विवाद भई होस नपुर्याई हेलचेक्रयाईं गरी एक पक्षबाट ढुङ्गा प्रहार हुँदा टाउकोमा चोट लागी भवितव्यबाट मृत्यु भएको देखिँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी १३९४० र १७९३० नं। अनुसार सजाय हुने गरी भएको सुरू अदालतको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी दिलबहादुर श्रेष्ठ भन्ने यति नगरकोटीबाहेक अन्य प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६९२० नं। बमोजिम जनही २ दुई वर्ष कैद तथा रू। ५००र( जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०र९र३० मा भएको फैसला ।
सर्वप्रथम म पनरावेदकले बयान गर्दा घटना भएको दिन मिति २०६७र१र२२ गते म घटनास्थलमा थिइनँ । मिति २०६५र३र२२ गतेदेखि भारतको हायात होटलमा काम गर्न गएको थिएँ । म नेपाल आएको भरखरै १ महिनाजति भएको छ । घर आउनुपूर्व घटना भएकोसम्म सुनेको थिएँ । तर मलाई प्रतिवादी बनाएको थाहा थिएन । प्रहरीले पक्राउ गरेपछि मात्र थाहा पाएको हो । मृतक मेरो सालो नाता पर्छ, म अन्य प्रतिवादीहरूलाई चिन्दिनँ । जाहेरीमा जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर बस्ने संजोक श्रेष्ठउपर जाहेरी दिएको छ भने अभियोग पत्रमा जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर बस्ने शम्भुबहादुर जोशीको छोरा संजोक जोशीउपर अभियोग लगाइएको छ । मैले अदालतसमक्ष बयान गर्दा जिल्ला मकवानपुर, हेटौंडा न।पा। वडा नं। १ चौकी टोल बस्ने शम्भुकुमार जोशीको छोरा संजोक जोशी हुँ भनी बयान गरिरहेको र सोअनुरूपको मेरो नागरिकताको फोटोकपीसमेत पेस गरेको छु । म पुनरावेदकको ठेगाना नमिलेको मेरो पिताको नाम नमिलेको र मेरो नाम पनि मिलेको छैन । उक्त घटना मैले घटाएको होइन । म भारतको हायात होटलमा काम गर्छु । एक महिनाअगाडि मात्र नेपाल आएको हुँ । उक्त घटना घटाउने व्यक्ति म होइन भन्ने कुरा प्रस्ट रूपमा खुल्दाखुल्दै पनि मलाई सजाय हुने गरी भएको मकवानपुर जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण छ । उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी संजोक जोशीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
मुद्दामा प्रतिवादीहरूको मार्नुपर्ने नियत ९क्ष्लतभलतष्यल० जरिया ९ऋबगकभ या अचष्mभ० प्रस्ट
छ । ब्गतयउकथ च्भउयचत र लास प्रकृति मुचुल्कालाई प्रतिवादीहरूले मनासिब प्रमाण र जिकिरबाट खण्डित गर्न सकेका छैनन् । अदालतमा गरेको आफ्नो इन्कारी बयानलाई प्रतिवादीहरूले विश्वासयुक्त तथ्यले पुष्टि गर्न नसकेका, ब्गतयउकथ रिपोर्ट, लास प्रकृति मुचुल्कालगायतका प्रमाणले समर्थित प्रतिवादीहरूको पोलापोलसहितको साबितीलाई प्रतिवादीले भनेकै भरमा अग्राह्य गर्न नमिल्ने स्थिति रहेको, चितवनबाट आएको जुलुससँग झगडा भएको हो भन्नेलगायतका प्रतिवादीहरूको म्ष्खभचतभम कतबतझभलत अपत्यारिलो रहेकोसमेतका कारणले उक्त वारदात कर्तव्यबाट भएको पुष्टि भएको छ । सुदिप कार्कीको मृत्यु प्रतिवादीहरूको पूर्वरिसइवीसमेतको कारणबाट कर्तव्य गरी भएको पुष्टि हुँदाहुँदै निज प्रतिवादीहरूलाई उन्मुक्ति दिने प्रयोजनले प्रतिवादीमध्येका यति नगरकोटी भन्ने दिलबहादुर नगरकोटीलाई अभियोग दाबीबाट सफाइ दिई अन्य प्रतिवादीहरूको हकमा प्रस्तुत मुद्दालाई भवितव्यमा परिणत गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६९२० नं। बमोजिम जनही २ वर्ष कैद र रू।५००।( जरिवाना गर्ने गरी भएको उक्त फैसला त्रुटिपूर्ण रहेको देखिँदा सो फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूमध्ये यति नगरकोटी भन्ने दिलबहादुर नगरकोटीलाई सफाइ दिई प्रतिवादीहरू विजय पाठक, उत्तम श्रेष्ठ, विकास कार्की, रोहित प्रजा, संजोक जोशीसमेतको हकमा ज्यानसम्बन्धी महलको ६९२० नं। बमोजिम २ वर्ष कैद र रू। ५००।( जरिवाना गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति ०७०र९र३० को फैसला नमिलेको हुँदा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६९२० नं। बमोजिम सजाय गरेको मिलेको छैन सफाइ पाउँ भनी प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीको यस अदालतसमक्ष दोहोरो पुनरावेदन परेको देखिँदा वादी नेपाल सरकारको पुनरावेदनपत्रको जानकारी पुनरावेदक प्रतिवादी संजोक जोशीलाई दिई संजोक जोशीको पुनरावेदनपत्रको जानकारी वादी नेपाल सरकारलाई दिनु र प्रस्तुत मुद्दामा प्रतिवादी विजय पाठक, उत्तम श्रेष्ठ, विकास कार्की, रोहित प्रजालाई सजाय गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिएकोमा प्रमाण मूल्याङ्कनको रोहमा पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा उल्लिखित प्रतिवादीहरूलाई मुलुकी ऐन, अ।बं। २०२ नं। तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६७ बमोजिम झिकाई आएपछि वा अवधि व्यतीत, भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४र११र२ को आदेश ।
मैले अदालतमा बयान गर्दा घटनास्थलमा भएको तथ्यसम्मलाई स्वीकार गरेको भए तापनि आरोपित कसुरमा पूर्ण इन्कार छु । जाहेरीमा मेरो नाम उल्लेख छैन । मैले अदालतमा उपस्थित भई बयान गर्दा लोथर बजारमा बन्दको समयमा मोटरसाइकल चलाएको विषयमा वादविवाद भइरहेकोले मसमेत भई वादविवाद नगर भनी छुट्याइदिने प्रयत्न गरेको
थिएँ । घटना विवरणमा कागज गर्ने क्षेत्रबहादुर मोक्तान, बासुदेव उप्रेती, खुशीलाल प्रजा, हरिशचन्द्र ठहुरी, प्रविण शर्मा र राजकुमार न्यौपानेले मेरो नाम मौकाको कागजमा कहीँकतै उल्लेख गरेका छैनन् । घटनाका प्रत्यक्षदर्शी मृतक सुदिप कार्कीसँगै रहेका नविन सुवेदीले मौकाको कागज गर्दा सो घटना घटाउने व्यक्ति यति नगरकोटीसमेत हो भनी उल्लेख गरेका
छैनन् । मैले मृतकलाई मार्ने कार्यमा कुनै प्रकारको भूमिका निर्वाह गरेको छैन । यति नगरकोटीले झगडा छुट्याएको थियो भनी मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको छ । यस अवस्थामा घटनास्थलमा उपस्थित भएकै एक मात्र आधारमा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी यति नगरकोटीको लिखित प्रतिवाद ।
घटनास्थलमा उपस्थित भएको तथ्यसम्मले म दोषी हुने होइन । मैले कसुर स्वीकार गरेको
छैन । ज्यान जाने कार्यको मतलबमा पसेको भन्ने कुनै वस्तुनिष्ठ ठोस प्रमाण वादी नेपाल सरकारले पेस गरेको छैन । मृतकलाई मारौं भन्ने कुनै योजना, तयारी, सल्लाह भएको अवस्था छैन । मैले कसैलाई ढुङ्गा प्रहार गरेको छैन, कसको ढुङ्गा प्रहारबाट सुदिप कार्कीको मृत्यु भयो, मलाई थाहा भएन । सुरू मकवानपुर जिल्ला अदालतबाट ज्यानसम्बन्धी महलको १७९३० नं।अनुसार गरेको फैसलालाई परिवर्तन गरी ऐ।को ६९२० नं।अनुसार भवितव्य ठहर गरी मिति २०७०र९र३० मा पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलालाई नै सदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उत्तम श्रेष्ठ र विकास कार्की एउटै बेहोराको अलग अलग लिखित प्रतिवाद ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरी बञ्जाडेले प्रतिवादीमध्येका यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीलाई सफाइ तथा अन्य प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६९२० नं। बमोजिम भवितव्यमा सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला नै त्रुटिपूर्ण छ । भवितव्यमा mभलक चभब हुँदैन । तर यहाँ संजोक जोशी, रोहित प्रजा, विजय पाठकसमेतका प्रतिवादीहरूले ढुङ्गा हानहान भनिरहेको अवस्था छ । ढुङ्गा लागेर सुदिप कार्कीको मृत्यु भएको छ । उक्त कुरा प्रतिवादीमध्येका विजय पाठकसमेतको मौकाको बयान, क्षेत्रबहादुर मोक्तानसमेतले गरिदिएको मौकाको कागज, लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागजातबाट प्रस्तुत वारदात कर्तव्य ज्यान नै हो भन्ने पुष्टि भएकोले सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा तथा अधिवक्ताहरू श्री टिकाराम भट्टराई, डा। श्री दिनमणी पोखरेल र श्री मुकुन्द न्यौपानेले नेपाल बन्द भएको बेला बन्द गराउने र बन्द खुलाउने दुवै पक्षको झडप भएको बेला यी प्रतिवादीहरू झडप छुट्याउन गएको अवस्था हो । प्रतिवादीहरूले कसैलाई ढुङ्गा हान भनेको होइन र आफैँले पनि कसैलाई ढुङ्गा हानेको होइनन् । प्रतिवादीहरूले प्रहार गरेको ढुङ्गाको चोटबाट नै सुदिप कार्कीको मृत्यु भएको र ढुङ्गा हान भनी वचन दिएको भन्ने कुरा वादी पक्षले शंकारहित तवरले पुष्टि गर्न नसकेकोले सबै प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
अब यसमा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०र९र३० मा भएको फैसला मिलेको छ, छैन रु वादी नेपाल सरकार तथा प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो रु सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२। निर्णयतर्फ विचार गर्दा प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा र विजय पाठकले सुदिप कार्कीसमेतलाई ढुङ्गा हान भनी वचन दिएको देखिँदा निजहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। बमोजिम सजाय हुन र प्रतिवादी उत्तम श्रेष्ठ, विकास कार्की र यति नगरकोटीउपर ऐ। १३९३० नं। बमोजिम सजाय हुन माग दाबी लिई मकवानपुर जिल्ला अदालतमा अभियोग दायर भएको देखियो । मकवानपुर जिल्ला अदालतबाट फरार प्रतिवादीहरूमध्येका संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजाको हकमा मुद्दा मुलतबी राखेको पाइयो । प्रतिवादीहरूमध्येको विजय पाठकलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। बमोजिम जन्मकैद तथा प्रतिवादीमध्येका उत्तम श्रेष्ठ र विकास कार्कीलाई ऐ। १७९३० नं। बमोजिम २ वर्ष कैद तथा प्रतिवादीमध्येको यति नगरकोटीलाई अभियोग दाबीबाट सफाइ दिने गरी मिति २०६८।९।२८ मा फैसला भएको पाइयो । पछि पक्राउ परेका प्रतिवादीमध्येका संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। बमोजिम जन्मकैद ठहर गरी मकवानपुर जिल्ला अदालतबाट मिति २०६९।६।२५ मा फैसला भएको देखियो । सो फैसलाउपर दोहोरो पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाबाट यति नगरकोटीको हकमा अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने तथा अन्यको हकमा केही उल्टी भई प्रतिवादीहरूमध्येका संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय पाठक, उत्तम श्रेष्ठ र विकास कार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६९२० नं। बमोजिम २ वर्ष कैद र रू।५००।( जरिवाना हुने ठहरी फैसला भएको
देखियो । सो फैसला त्रुटिपूर्ण भएकोले सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तथा अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीमध्येका संजोक जोशीको पुनरावेदन पर्न आएको देखियो ।
३। जिल्ला मकवानपुर, मनहरी गा।वि।स। वडा नं। १ लोथर स्थित सडकमा संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतका प्रतिवादीहरूले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको र उपचारको लागि मेडिकल कलेज भरतपुरमा लैजाँदै गर्दा मृत्यु भएकोले प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भनी परेको जाहेरी दर्खास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । घटनास्थल मुचुल्का हेर्दा मकवानपुर जिल्ला, मनहरी गा।वि।स। वडा नं। १ लोथर स्थित सडकमा मिति २०६७र१र२२ गते प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीसमेतले सुदिप कार्कीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको स्थानमा साना ठुला सडकभरि छरपष्ट ढुङ्गा देखिएको भन्ने देखिन्छ । मृतक सुदिप कार्कीको बायाँ कञ्चटमा समेत निलडाम देखिएको भन्ने लासजाँच प्रकृति मुचुल्का रहेको देखिन्छ । पोष्टमार्टम प्रतिवेदन हेर्दा, ऋबगकभ या मभबतज ष्क मगभ तय ष्लतचबअचबलष्ब िजझबतयmब जझयचचजबनभ ९ज्भबम ष्लवगचथ० भन्ने देखिन्छ ।
४। प्रतिवादीमध्येका विजय पाठकले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मोटरसाइकलमा आएका सुदिप कार्कीसमेतको समूहसँग हाम्रो समूहको वादविवाद भई झै(झगडा हुँदा संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा र मसमेतले हान ठोक भनेपछि सुदिप कार्कीको टाउकोमा चोट लागी घाइते भएका र उपचारको लागि लाँदै गर्दा मृत्यु भएको भनी उल्लेख गरेको पाइन्छ । निजले अदालतमा बयान गर्दा माओवादीले बन्द आह्वान गरेको समयमा लोथर बजारमा जम्काभेट भई दुई पक्षबिच ढुङ्गा हानाहान भएको र झगडा गर्न हुँदैन भनी सम्झाउन उक्त घटनास्थलमा गएको थिएँ । मैले ढुङ्गा हानेको होइन र ढुङ्गा हान्न वचन दिएको पनि होइन भनी इन्कारी बयान गरेको पाइन्छ । प्रतिवादी उत्तम श्रेष्ठले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजासमेतले हान ठोक भनेपछि मसमेतले प्रहार गरेको ढुङ्गा सुदिप कार्कीको टाउकोमा लागी निजको मृत्यु भएको भनी बयान गरे तापनि अदालतमा बयान गर्दा माओवादीका मानिसहरू नारा जुलुस लगाउँदै आएको र वारदातस्थलमा दुवै पक्षको जम्काभेट भई झडप हुँदा सुदिप कार्कीलाई चोट लागी ढलेका हुन् । सुदिप कार्कीलाई ढुङ्गाले हानेको वा हान्न वचन दिएकोसमेत होइन भनी इन्कारी बयान गरेको पाइयो । प्रतिवादी विकास कार्कीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतक पक्ष र हाम्रो समूहबिच झगडा भएको थियो । संजोक श्रेष्ठ भन्ने संजोक जोशी, विजय पाठक, रोहित प्रजा, मसमेतका अन्य व्यक्तिहरूसमेतले ढुङ्गा प्रहार गर्दा सुदिप कार्कीको टाउकोमा चोट लागी ढलेको र उपचारको लागि लाँदै गर्दा मृत्यु भएको भनी बयान गरेको पाइन्छ । निजले अदालतमा बयान गर्दा माओवादीका मानिसहरू जुलुसमा आइरहेका र वारदातस्थलमा जम्काभेट भई एकआपसमा हानाहान गर्दा सुदिप कार्कीलाई चोट लाग्न गई मृत्यु भएको हो । आफूले सुदिप कार्कीलाई ढुङ्गाले नहानेको र ढुङ्गा हान्न वचन दिएको पनि होइन भनी इन्कारी बयान गरेको पाइयो । त्यसैगरी प्रतिवादीमध्येका संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजाले वारदात हुँदाको अवस्थामा आफू अन्यत्र रहेको, घटनामा आफूहरू संलग्न नरहेको भनी इन्कारी बयान गरेको पाइन्छ । मौकामा कागज गर्ने क्षेत्रबहादुर मोक्तानसमेतका व्यक्तिहरूले संजोक जोशीसमेतका व्यक्तिहरूले ढुङ्गा हान भनी वचन दिएपश्चात् ढुङ्गा प्रहार भएबाट सुदिप कार्की घाइते भएको र उपचारको क्रममा लैजाँदै गर्दा मृत्यु भएको भनी लेखाई दिएको पाइन्छ । यसरी दुई पक्षबिच भएको दोहोरो झडपको क्रममा घाइते भएका सुदिप कार्कीको उपचारको लागि लाँदै गर्दा मृत्यु भएको कुरामा विवाद देखिएन ।
५। मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९३० नं। मा “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिन ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसैगरी ऐ। १३९४० नं। “जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समातिदिनेलाई जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइयो । उक्त कानूनी व्यवस्थाअनुसार मनसायसहित ज्यान मार्ने कार्य गरेकोमा १३९३० नं। बमोजिम तथा मनसायसहित ज्यान मार्ने वचन दिएमा ऐ। १३९४० बमोजिम सजाय हुने देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०६७र१र२२ गते एकीकृत माओवादीको बन्द आह्वान भएको कुरा प्रतिवादीहरू र बुझिएका व्यक्तिहरूको बयानबाट स्थापित भएको छ । उक्त घटनामा बन्द समर्थक तथा बन्द उल्लङ्घनकर्ताबिचमा वादविवादका कारण उक्त घटना भएको देखिन्छ । घटनामा सुदिप कार्कीको मृत्यु टाउकोमा लागेको ढुङ्गाको चोटबाट भएको भए तापनि यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने प्रस्ट रूपले खुल्न आएको पाइँदैन । घटनामा बन्दकर्ता र बन्द खुलाउने समूहबिच विवाद उत्पन्न भई एक अर्को समूहलाई तर्साउने भगाउने मनसायबाट दोहोरो झडप भएको अवस्थामा ढुङ्गा प्रहार भएको र अकस्मात सुदिप कार्कीको टाउकोमा चोट लाग्न गई मृत्यु भएको देखिन्छ । जुन कुरा साना, ठुला रोडभरि छरप्रस्ट ढुङ्गा देखिएको भन्ने घटनास्थल मुचुल्कालगायत परिस्थितिजन्य प्रमाणबाट समेत खुल्न आएको देखिन्छ । प्रतिवादीहरू उत्तम श्रेष्ठ, विकास कार्की, संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, विजय पाठकसमेत वारदातस्थलमा मौजुद रहेको कुरा प्रमाणबाट खुल्न आएको छ । प्रतिवादीहरू संजोक जोशी र रोहित प्रजाले अदालतको बयानमा वारदातका बखत आफूहरू घटनास्थलमा नभएको भनी लिएको दाबी ९बष्दिष्० निजहरूले वस्तुनिष्ठ प्रमाणका आधारमा पुष्टि गर्न सकेको देखिँदैन । यी प्रतिवादीहरूको नामसमेत उल्लेख गरी जाहेरी परेको र जाहेरीलाई समर्थन हुने गरी बकपत्रसमेत भएको देखिन्छ । तसर्थ हुलहुज्जत गरी झडप गर्ने कार्यमा प्रतिवादीहरू उत्तम श्रेष्ठ, विकास कार्की, संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा र विजय पाठकको संलग्नता रहेको देखिन आयो ।
६। प्रतिवादी विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजालाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा प्रतिवादी विजय पाठकले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा र मसमेतले हान ठोक भनेपछि हाम्रो समूहका साथीहरूले ढुङ्गा प्रहार गर्दा सुदिप कार्कीको टाउकोमा चोट लागी ढलेका र उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो भनी बयान गरेको देखिन्छ । निजले अदालतमा उपस्थित भई बयान गर्दा दुई पक्षबिच झडप हुँदा सम्झाउन गएको
थिएँ । मैले ढुङ्गा हानेको होइन र ढुङ्गा हान्न वचन दिएको पनि होइन भनी बयान गरेको पाइयो । प्रतिवादीहरू संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजाले आफूहरू वारदातको दिन घटनास्थलमा नभएको र सुदिप कार्कीलाई हान ठोक भनी वचन नदिएको भनी अदालतमा बयान गरेको पाइन्छ । प्रतिवादीहरूले सुदिप कार्कीलाई मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । ज्यानसम्बन्धी महलको १३९४० नं। मा उल्लेख भएको वचन दिने कार्यको अर्थ सामान्य र सतही रूपमा ग्रहण गरिनु हुँदैन । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनुपर्दछ । प्रस्तुत विवादको घटनाक्रमतर्फ दृष्टिगत गर्दा दुई राजनीतिक समूहबिच सार्वजनिक यातायात बन्द गर्ने र खुलाउने क्रममा आ(आफ्नो उपस्थितिको अस्तित्व बोध गराउने सिलसिलामा प्रतिवादीहरूले आवेशमा आई स्वाभाविक रूपमा कुनै प्रकारको अभिव्यक्ति प्रकट गरेका थिए होलान् भन्ने कुरालाई नकार्न सकिँदैन । सो अभिव्यक्तिलाई दुई प्रतिद्वन्द्वी समूहहरूबिच भएको आक्रोशपूर्ण अभिव्यक्तिको रूपमा लिनुपर्ने अवस्था देखिन्छ । कुनै आपराधिक परिणाम हासिल होस् भन्ने अभिप्रायले प्रतिवादीहरूले वचन दिएको देखिएन । प्रतिवादीहरूको उक्त परिस्थितिमा बन्द सफल बनाउन प्रतिद्वन्द्वी समूहलाई भगाउने उद्देश्यका साथ गरिएको ढुङ्गा प्रहारबाट त्यसको चोटपटकबाट सुदिप कार्कीको मृत्यु भएको देखिन्छ ।
७। प्रतिवादीमध्येको यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीको हकमा हेर्दा मिति २०६७र१र२२ गते ने।क।पा। माओवादीले गरेको बन्दको कारण सडक सुनसान थियो । दिउँसो ३र४ बजेको समयमा मनहरीतिरबाट मोटरसाइकलमा आएका मान्छेहरू र लोथर बजारका मान्छेहरूबिच बन्दको समयमा मोटरसाइकल चलाएको विषयमा वादविवाद भएकोले मसमेत भई वादविवाद नगर भनी छुट्याइदिन प्रयत्न गरेको थिएँ । मैले सुदिप कार्कीलाई ढुङ्गाले प्रहार गरेको होइन भनी इन्कारी बयान गरेको पाइयो । मिसिल संलग्न प्रमाण तथा कागजातबाट यी प्रतिवादी दुई पक्षबिच भएको भिडन्त छुट्याउन गएको भन्ने देखिएको र निज ढुङ्गा प्रहार गर्नेमध्येका थिए भन्ने शंकारहित तवरबाट प्रमाणित हुन सकेको
पाइएन । निजको नाम जाहेरीमा उल्लेख भएको पनि देखिँदैन । मौकामा बुझिएका व्यक्तिहरूको भनाइ, साक्षीहरूको बकपत्र, वस्तुस्थिति मुचुल्काका मानिसहरूको कथनसमेतबाट निजउपरको अभियोग दाबी समर्थित हुन आएको देखिएन । अन्य कुनै पनि विश्वसनीय र भरपर्दो प्रमाणबाट निजउपरको आरोप समर्थित भएको नदेखिँदा बन्द समर्थक र बन्द उल्लङ्घनकर्ता दुई समूहबिचको झडपमा प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीको समेत संलग्न रहेको हुनुपर्छ भन्ने अनुमान गरी कसुरदार ठहर गर्नु न्यायोचित देखिन आएन ।
८। अब, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६९२० नं। बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं। मा “ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै कुरा गर्दा त्यसैद्वारा मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको र ऐ। ६९२० नं। मा “होस नपुर्याई वा हेलचेक्र्याईं गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखियो । उक्त कानूनी व्यवस्थाअनुसार इविलाग वा मनसाय केही नभएको अवस्थामा कुनै काम कुरा गर्दा मानिस मर्न गएमा भवितव्य ठहरिने देखिन्छ । प्रस्तुत वारदातमा दुई राजनीतिक समूहबिच सार्वजनिक यातायात बन्द गर्ने र खुलाउने क्रममा आ(आफ्नो पक्षको उपस्थितिको अस्तित्व बोध गराउने सिलसिलामा दुई पक्षबिच दोहोरो झडप भएको भन्ने देखिन्छ । सो दोहोरो झडपको क्रममा सुदिप कार्कीको टाउकोमा ढुङ्गाले चोट लाग्न पुगेको देखिन्छ । सुदिप कार्कीको ज्यानै लिनुपर्नेसम्मको कुनै कारण वा रिसइवी रहेको देखिँदैन । सुदिप कार्कीको टाउकोमा ढुङ्गा प्रहार भई ढलिसकेपछि निजलाई अरू कसैले फेरी पनि चोट प्रहार गरेको देखिँदैन । घाइते सुदिप कार्कीलाई यिनै प्रतिवादी विजय पाठकसमेतले तत्कालै उपचारको लागि एम्बुलेन्स बोलाई भरतपुर पठाएको मिसिल संलग्न प्रतिवादीहरूको बयान, मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्रसमेतका कागजातबाट पनि देखिन्छ । मानिस नै मार्नेसम्मको योजना बनाई कार्य भएको भन्न सकिने अवस्था देखिँदैन । तसर्थ, विवादित वारदातलाई भवितव्य ठहर गरेको फैसला मनासिब नै देखियो ।
९। अतः माथि विवेचित आधार प्रमाणहरूसमेतबाट प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीलाई अभियोग दाबीबाट सफाइ तथा प्रतिवादीहरू विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशी र रोहित प्रजालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। बमोजिम जन्मकैद हुने र प्रतिवादीहरू उत्तम श्रेष्ठ र विकास कार्कीलाई ऐ। १७९३० नं। बमोजिम २ वर्ष कैद हुने ठहर्याई सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई प्रतिवादीहरू विजय पाठक, संजोक श्रेष्ठ भन्ने संजोक जोशी, रोहित प्रजा, उत्तम श्रेष्ठ र विकास कार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं। को कसुरमा ऐ। ६९२० नं। बमोजिम जनही २ वर्ष कैद र रू। ५००।( जरिवाना हुने तथा प्रतिवादी यति नगरकोटी भन्ने दिलबहादुर श्रेष्ठ नगरकोटीलाई अभियोग दाबीबाट सफाइ दिने गरेको सुरू अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०र९र३० को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादी संजोक श्रेष्ठ भन्ने संजोक जोशीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या।ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतस्( डल्लुराम चौधरी
इति संवत् २०७७ साल माघ १९ गते रोज २ शुभम् ।