विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. ४२५६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/१२/२१  संयुक्त इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : सल्यान कारागारमा थुनामा रहेका रविन्द्र श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी सल्यान

(१) केही सार्वजनिक (अपराध र सजायँ) ऐन, २०२७ को दफा ५ को उपदफा (२) ले प्रमुख जिल्ला अधिकारीलाई विशेष अदालत ऐन, २०३१ बमोजिमको कार्यविधि अपनाउन पाउने भनिएकोबाट विशेष अदालत ऐन, २०३१ को दफा ९ को उपदफा (१) अनुसारको कार्यविधिसम्म अपनाउन सक्ने अधिकार प्रदान गरेको भन्नु पर्ने हुन्छ तर विशेष अदालत ऐन, २०३१ को दफा ९ को उपदफा (२) बमोजिमको (साविक पेज नं. ५४) विशेष अदालतको अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४२५५ - फैसला दर्ता बदर दर्ता

 फैसला मिति:२०४८/०३/११  पूर्ण इजलास  १८५४
 पुनरावेदक/ प्रतिवादी : सप्तरी बरमझिया गा.वि.स.वा.नं. १ बस्ने काशीलाल चौधरी थारु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने कोकनीवति थरुनी

(१) क्षेत्रीय अदालतले दोश्रो तहको पुनरावेदन हेरी फैसला गरे उपर पुनरावेदनको अनुमति पाउँ भनी सर्वोच्च अदालतमा निवेदन लाग्ने न्यायप्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३ को उपदफा (५) र (७) मा व्यवस्था भएको नदेखिँदा त्यस्तो लाग्नै नसक्ने पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनको आधारमा पुनरावेदनको अनुमति प्रदान गरी सो पुनरावेदनबाट तथ्यमा प्रवेश गरी सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरुले गर्नु भएको राय फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु