विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. ४२७८ - परमादेश

 फैसला मिति:२०४८/०३/१८  पूर्ण इजलास  २१३४
 पुनरावेदक/ प्रतिवादी : भिमसोप फैक्ट्रीको प्रोप्राइटर परवेज अख्तर बिरुद्ध विपक्षी/वादी : श्री विराटनगर भन्सार कार्यालयसमेत

(१) उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई बिक्रीकर लगाएको भन्ने देखिन आउँदैन, तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुविधा पाउन सक्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४२७७ - उत्प्रेषण

 फैसला मिति:२०४८/०५/२७  पूर्ण इजलास  १९३०
 पुनरावेदक/ प्रतिवादी : जि.सिराहा इटारी गा.वि.स. वार्ड नं. २ बस्ने जगदीश मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : जि.सिरहा इटारी गा.वि.स. वार्ड नं. २ बस्ने सहदेव मण्डल धानुक

(१) जे जस्तो अचल सम्पत्ति बिक्री भएको हो त्यो त्यति नै सम्पत्ति निखनी लिन पाउँछ किनकी हक निखन्ने प्रकृया नयाँ हक हस्तान्तरण नभई क्रेताको प्रतिस्थापना (Substitution) मात्र हो । (प्रकरण नं. १३) (२) मोहीले खरिद गरेकोमा विक्रेताको छोराले निखनेपछि मोहीमा आएको धनीको हक कानुनी व्यवस्था अनुसार निखनी लिनेमा स्वतः जान्छ, मोहीले कुनै हक प्रदान गर्ने कार्य गरेकै हुँदैन । तसर्थ यसमा खरिदी पूर्व रहेको मोहियानी हक ज्युका त्युँ कायम रहन्छ । खरिद गर्ने कार्यले सृजना गरेको स्थिति कायम नरही खरिदी पूर्वको स्थिति कायम रहन आउँछ, यसरी हक निखन्ने सम्बन्धमा नेपाल कानुन र त्यसमा अन्तर्निहित सिद्धान्त समेतबाट मोहियानी हक पनि निखन्नेमा जान्छ भनी भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु