विस्तृत खोजी

 
 
 
 
 
      

७ खोजी नतिजाहरु

निर्णय नं. ७५ - सम्पूर्ण निर्वाचन बदर गरी पाउँ

 फैसला मिति:२०१६/०७/२७  डिभिजन वेन्च इजलास  ३८६१
 पुनरावेदक/ प्रतिवादी : डाक्टर कुवर इन्द्रजीत सिंह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषदका प्रमुख सचीव, श्री ५ को सरकार अन्तर्गत निर्वाचन आयोगको अध्यक्ष, श्री ५ को सरकार कानून तथा संसदीय प्रवन्ध मन्त्रालयका सचीव, तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष, श्री सुवर्ण शम्शेर ज.ब.रा., तत्कालिन गृह मन्त्रि श्री दिल्लीरमण, तत्कालिन कानून तथा संसदीय मन्त्रि, श्री रणधीर सुब्बा तत्कालिन यातायात तथा संचार मन्त्रि, श्री चन्द्रभूषण पाण्डे

(१) सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११–सर्वोच्च अदालको असाधारण अधिकार क्षेत्र । प्रचलित कानूनद्वारा नागरिक तथा अरुहरूलाई प्रदत्त अधिकारको प्रचलनका लागि कानूनमा अरु कुनै उपायको व्यवस्था नगरिएको भए त्यस्का निमित्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जस्मा परमादेश (म्यान्डेमश) इत्यादी जारी गर्ने सर्वोच्च अदालतको अख्तियार हुनेछ । (प्रकरण नं. २३) (२) अन्तरिम शासन विधान, २००७ को दफा ७२ (ख) ले सर्वोच्च अदालत ऐन दफा ११ लाई बाहेक गरेको छैन । भईसकेको महानिर्वाचन बदर गरी अर्को निर्वाचन गराई पाउँ भन्ने निवेदकले दावी लिएकोबाट निर्वाचनसम्बन्धी कुरा हुनाले ७२ (ख) दफा भित्रकै सम्झेको पक्षमा पनि ७२ (ख) दफामा पनि यो भनिएको छैन कि ज.प्र. ऐन वा ज.प्र. नियम अनुसार गठित ट्राइबुनलमा मात्र उजुर दायर हुन्छ । त्यो दफामा त स्पष्ट तवरले भनिएको छ कि श्री ५ महाराजाधिराज र मन्त्रिमण्डलले बनाएको नियममा लेखिएको रीतबमोजिम र तोकिएको अफिसर छेउ उजुर लाग्छ । यसबाट ज.प्र. ऐन वा ज.प्र. नियमावलीमा नलेखिएको कुरालाई सोही अन्तरिम शासन विधान दफा ३२ र सर्वोच्च अदालत ऐनको दफा २३ अनुसार, सर्वोच्च अदालत ऐन पनि श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलकै सल्लाह अनुसार बनाई जारी गरी बक्सेको हुँदा, अन्तरिम शासन विधान, २००७ को दफा ७२ (ख) ले सर्वोच्च अदालत ऐन ११ लाई बाहेक गरेको छ भन्न मिल्दैन । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७४ - बाली बिगो

 फैसला मिति:२०१६/०३/१९  डिभिजन वेन्च इजलास  २५२५
 पुनरावेदक/ प्रतिवादी : त्रिलोचन विक्रम शाह समेत बिरुद्ध विपक्षी/वादी : घानानन्द उपाध्याय समेत

१. वादीका झगडाका २० नम्बर र डं.स.का ५३ नम्बर–झगडा परेको बखतको बालीमा मुद्दा छिनिएको १ बर्षभित्र बिगो भराउन नालिस दिनुपर्ने–सो म्याद पछि बिगो भराई पाउँ भनी नालिस गरेमा डं.स. ५३ नम्बरले खारेज हुने । वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको । सो अघिको मुद्दा प्र.न्या. तेश्रा फाँटबाट ०६।७।२५ गते अन्तिम फैसला भएको । बालीका झगडाका २० नं. अनुसार झगडा परेको बालीमा मुद्दा छिनिएको १ बर्ष भित्र यो नालिस परेको नदेखी ०७।८।२९ मा बर्ष दिनको म्याद नघाई उजुर परेको देखिनाले सो बाली बिगो भराउन नमिली नलाग्ने उजुर लिई कारवाई गरेको डं.स. ५३ नं. बमोजिम खारेज हुनेठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७३ - लेनदेन

 फैसला मिति:२०१५/१०/१९  डिभिजन वेन्च इजलास  २४२६
 पुनरावेदक/ प्रतिवादी : नररत्न रंजितकार बिरुद्ध विपक्षी/वादी : मैनेजर टंकनाथ पाध्या

१. साहु आसामीको २० नम्बर–एक पटक बाँकी ठेगाना गरी तमसुक भएकोमा–हिसाब नमिलेको भए तमसुकको मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने–सो म्याद पछिको उजुर खारेज हुने । यसमा ०५ साल भाद्र १ गतेदेखि कामबाट हटाई हरहिसावबाट देखिएको रुपैयाँको तमसुक भएको र त्यसमा मुद्दा परी तह तहबाट फैसला भईसकेको र यो फिराद ०८।३।२९।३ मा दायर भएको देखिएकोले समेत एक पटक बाँकी ठेगान गरी ०५।५।१ मा तमसुक भएको भए पछि सो हिसाब नमिलेको भए सो तमसुक भएका मिति ०५।५।१ का मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने, नगरे उजुर लाग्न सक्दैन भन्ने समेत साहु आसामीका २० नं. ऐनमा प्रष्ट उल्लेख भएको देखिएकाले समेत वादीको म्याद भित्रको उजुर नदेखिएकाले यो उजुरबाट खारेज हुने ठहर्छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७२ - बकसपत्र बदर

 फैसला मिति:२०११/०१/१०  डिभिजन वेन्च इजलास  ३३८६
 पुनरावेदक/ प्रतिवादी : सिवनारायण ग्वार बिरुद्ध विपक्षी/वादी : फेकनी ग्वारनी मसेत

१. विधवा अंशधनको १ नम्बरको १ दफा र ३ दफाको व्याख्या–ऐनको व्याख्या गर्दा शब्दबमोजिमको अर्थ गर्नुपर्ने । २ दफाको रुल मिलाई दशौंद बाँकी राखी बकसपत्र दिएकोमा सो सदर हुने । ऐनको व्याख्या गर्ने विषयको ऐनमा जुन शब्द प्रयोग भएको छ, सोही शब्दबमोजिम अर्थ गर्नु भन्ने लेखिएको र विधवा अंशधनको १ नम्बरको १ दफामा जेठाजु देवर शब्द प्रयोग भएकोमा जेठानी देवरानी भन्ने अर्थ गर्न नमिल्ने । यस मुद्दामा १ दफा लागू हुन नसक्ने र सोही ऐनको ३ दफामा पनि बाजे भन्ने शव्द लेखिएकोमा पनि ससुराको आर्जन भन्ने अर्थ गर्न नहुने । छट्टुको बाबुको आर्जन नदेखिएकोले ३ दफा पनि लागू हुन नसक्ने र प्रमाणको मिसिलबाट अघि देखि इबि अदावत परेको देखिएकोले हेरचाह गरेको भन्ने समेत देखिन नआई ४० बर्ष नाघिसकेकी प्रतिवादी फेकनीले दशौद बाँकी राखी छोरोको छोरा नाति राम विश्वासलाई सोही ऐनको २ दफाको रुल मिलाई बकसपत्र गरिदिएको देखिएकोले सोही २ दफाको ऐन यस मुद्दामा लागू हुने देखिएकोले सुरुको सदर गरी अपीलले छिनेको मनासिव छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७१ - झुक्याई कागज गराए

 फैसला मिति:२०१३/०६/१०  फूल बेन्च इजलास  २४४१
 पुनरावेदक/ प्रतिवादी : मणिदीप थपलिया बिरुद्ध विपक्षी/वादी : ले.ज.कल्याण शम्शेर ज.ब.रा.

१. झुक्याई कागज गराए भन्ने मुद्दाको हदम्याद–किर्ते कागजका १ नम्बरमा उल्लेखित भएको भित्र पर्न जाने भएकाले ऐजन ऐनको २१ नम्बर मुताविक २ बर्षको हदम्याद भित्र मुद्दा दायर गर्नुपर्ने । एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्को व्यहोराको लिखतमा लगाई वा अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भन्ने र सो कागज किर्ते ठहरी बात लाग्छ भन्ने समेत किर्ते कागजका १ नं. मा र सरकारिया छाप लागेको कागजहरू र सरकारिया अड्डामा रहेको कागजपत्रहरू बाहेक अरु किर्ते गर्योक भन्ने वा मुखका परिपन्चले किर्ते कुरा गर्ने अथवा नपाएको पगरी पाएँ भनी पर पजनी गर्योक भने सो भएका २ बर्ष भित्र सो कुरा गर्योन भन्ने नालेस नदिए त्यस्ता कुराको नालेस नसुन्नु भन्ने ऐजन २१ नं. मा लेखिएको हुनाले झुक्यायो भन्ने मुद्दा उक्त १ नं. मा उल्लेखित भएको अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भित्र पर्न जाने भएकोले हदम्यादै छैन भन्न नहुने । उक्त २१ नं. ले २ बर्षको हदम्याद भई म्याद भित्र नालेस परेको देखिनाले खारेज गर्न मनासिव नभएकोले इन्साफ गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७० - हुण्डाबाली

 फैसला मिति:२०१६/०७/०५  डिभिजन वेन्च इजलास  १९५७
 पुनरावेदक/ प्रतिवादी : अनहोजीलाल साह कलवार बिरुद्ध विपक्षी/वादी : शेषसफी महमद

१. बालीका झगडाको २० नं.–३ बर्षको म्याद नघाई कबुलियत बाहेक अरु कुनै कागज भाकापत्र समेत नभएमा–दावी लाग्न नसक्ने । खारेज हुने । ०८।०९ सालको बालीलाई ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको । ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने र पेश हुन आएको समेत नदेखिनाले बालीका झगडाको २० नं. ऐनबमोजिम ३ बर्षको म्याद नघाई दावी गरेको वादी दावी उजुर खारेज हुने ठहराई सुरु क.बं.अमिनीको उल्टि गरी क.बं.अपीलले छिनेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६९ - गर्भ तुहाउने उद्योग गर्यो. भन्ने

 फैसला मिति:२०१६/०६/१५  डिभिजन वेन्च इजलास  २४७५
 पुनरावेदक/ प्रतिवादी : मिश्रीलाल साहु कलवार बिरुद्ध विपक्षी/वादी : कैलासपति कलवारनी

१. गर्भपतन गराउने उद्योग गर्नेलाई दण्डसजाय–ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा सो उद्योग गर्नेलाई दण्डसजाय नखुलेको भए तापनि सो महलको ६१ नं. को कसुरसँग मिल्ने हुँदा २ बर्ष कैद हुने–पोली सावित गर्न नसक्नेलाई ऐ. को ६८ नं. ले १ बर्ष कैद हुने । सजायका हकमा ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा गर्भपतन गराउने उद्योग गर्नेलाई यो सजाय गर्ने भन्या खुल्दैन तापनि ६१ नं. को अन्तिम हरफमा सो काम गर्दा गराउदा पनि तुहेन भने आधा सजाय गर्नु भन्ने लेखिएकोले यस्ता कलममा सोही ६१ नं. को अन्तिम हरफ मिल्न जाने हुँदा गर्भपतन गराई सक्यो भन्या उजुर नभएबाट सो ६१ न्ां. को अन्तिम हरफबमोजिम प्रतिवादीलाई कैद २ बर्ष हुनेमा पोलि सावित गर्न नसकेकाले ऐ.६८ नं. ले आधा कैद बर्ष १ वादीलाई हुन्छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु