विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. २५०५ - करकाप

 फैसला मिति:२०४२/०९/२६  फूल बेन्च इजलास  २०१९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं नगर पञ्चायत वडा नं.७ बस्ने रेणु कनौडिया । बिरुद्ध विपक्षी/वादी : जि. कपिलवस्तु कृष्णनगर आर्दश गा.पं.घर भै हाल काठमाडौं खिचापोखरी बस्ने रतनलाल कनौडिया ।

मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई बयान गराउँदा बिन्तिपत्रमा माग भएको कुराभन्दा अरु खुलाई त्यस्तो खुलाइएको कुराबाट छुट्टै मुद्दा कायम गर्न मिल्ने देखिँदैन पक्षले स्पष्टरुपले माग दावी गरेको विषयभन्दा बाहिर गई छुट्टै मुद्दा सिर्जना गर्ने अधिकार अदालतलाई दिने हो भन्ने अदालतले अदालतको स्थानमात्र नभई पक्षको स्थानसमेत ग्रहण गर्न पुग्छ, जुन कानुन एवं न्यायका सर्वमान्य सिद्धान्तहरूको समेत प्रतिकूल हुन जान्छ । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०४ - लेनदेन

 फैसला मिति:२०४२/१०/०४  फूल बेन्च इजलास  २०५६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा वीरगन्ज नगर पञ्चायत वडा नं.६ बस्ने जीत बहादुर श्रेष्ठ। बिरुद्ध विपक्षी/वादी : ऐ. वडा नं.१४ बस्ने भुवनेश्वरी उपाध्याय ।

धनी ऋणी खडा भई वापत जनाई कागज भएकोलाई प्रतिवादी जिकिर बमोजिम करारको कागज भन्न मिल्ने देखिँदैन, विवादको कागज नै करारनामाको कागज नदेखिएको साथै वादी करार सम्बन्धी ऐन अन्तर्गत दावी लिई नआएको यस्तो स्थितिमा विवादको लिखतमा करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) को हदम्याद लाग्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/०४  फूल बेन्च इजलास  १९६०
 पुनरावेदक/ प्रतिवादी : जि.काठमाडौं जिल्ला का.नगर पंचायतवडा नं. ३२ डिल्लीबजार घट्टेकुला बस्ने दिर्घ कुमारी पन्त । बिरुद्ध विपक्षी/वादी : जि.लमजुङ सुन्दर बजार गा.पं.वडा नं.९ तार्कुटार घर भै का.जि.का.नगर पंचायतवडा नं. ९ बत्तिसपुतली बस्ने गोपाल प्रसाद पन्त ।

निवृत्तिभरण लगायतका सुविधाहरू कसले पाउने भन्ने विषयमा रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु