विस्तृत खोजी

 
 
 
 
 
      

२४ खोजी नतिजाहरु

निर्णय नं. १०२५८ - निर्णय दर्ता बदर हक कायम दर्ता

 फैसला मिति:२०७५/१०/२९  संयुक्त इजलास  १७६१
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला खड्का भद्रकाली गा.वि.स. वडा नं. ७ हाल बुढानिलकण्ठ न.पा. वडा नं.२ बस्ने गोपीलाल महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

छुट जग्गा दर्ताको दाबी लिएर आउने पक्षले आफ्नो हकको स्रोतलाई निर्विवाद रूपमा पुष्टि गराउन सक्नु पर्ने । कानूनले निर्दिष्ट गरेको प्रक्रियाबमोजिम ७ नं. फाँटवारीसमेत भरेको नदेखिएको र कसैको पनि हकभोग, तिरो, दर्ताको रूपमा नरहेको जग्गा नापी हुँदा जग्गाधनी र जोताहा महल खाली राखी पर्ती जनिई फिल्डबुक तयार भई नेपाल सरकारको नाममा दर्ता भएको जग्गामा वादीको हक कायम हुन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२५७ - उत्प्रेषण

 फैसला मिति:२०७४/१०/२५  पूर्ण इजलास  २३२५
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला राजपुर फरहदवा गा.वि.स. वडा नं. २ बस्ने हजारी साह तेली बिरुद्ध विपक्षी/वादी : पुनरावेदन अदालत हेटौंडासमेत

तजबिजी अधिकारको प्रयोग दुरासयका साथ भएको वा कानूनले तोकेको कार्यविधिको उल्लङ्घन गरेको कुरालाई निवेदकले प्रमाणित गर्नुपर्ने । जायजात हुन लागेको जग्गा समानको साँध सिमानामा जोडिएको अन्य जग्गाको तत्कालको बिक्री व्यवहारको मूल्य बुझी त्यस सम्बन्धमा साँध सँधियारसँगको स्थानीय सर्जमिनसमेत गरी उक्त जग्गाको जायजात एवं पञ्चकिर्ते मोल कायम गर्नुपर्ने । विषयवस्तुको अन्तिम टुंगो लाग्न बाँकी नै रहेको अवस्थामा असाधारण अधिकार क्षेत्र आकर्षित नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२५६ - अंश चलन

 फैसला मिति:२०७६/०२/१६  पूर्ण इजलास  ९६५५
 पुनरावेदक/ प्रतिवादी : ओमबहादुरको बुहारी सूर्यराम सुनुवारको श्रीमती ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने लक्ष्मीसरा सुनुवार राई बिरुद्ध विपक्षी/वादी : मानबहादुरको नाति पदमबहादुरको छोरा ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने ओमबहादुर सुनुवार

सगोलको सम्पत्ति भन्नाले पुर्खौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने । अर्कालाई हक छोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२५५ - अंश दपोट

 फैसला मिति:२०७५/११/०९  पूर्ण इजलास  २३५७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने बतियादेवीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने अशोक राय यादवसमेत

कुनैपनि चल अचल सम्पत्ति दपोट ठहर हुन अंशियारहरूबिच त्यस्तो सम्पत्ति बन्डा हुने अवस्थाको देखिनु पर्दछ । बन्डा नहुने अवस्थाको सम्पत्ति दपोट ठहर नहुने । निजी आर्जनको सम्पत्ति बन्डा नहुने भई त्यस्तो सम्पत्ति कानूनतः दपोट नठहर्ने । अंश मुद्दामा प्रतिवादी नबनाएकै कारण अंशियारमध्येका श्रीमतीका नाउँमा भएको बन्डायोग्य सम्पत्ति तायदातीमा देखाउनु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु