विस्तृत खोजी

 
 
 
 
 
      

५ खोजी नतिजाहरु

निर्णय नं. ०५ - संविधानको धारा २३, ८८(१) अन्तर्गत जो चाहिने आदेश जारी गरी पाउँ

 फैसला मिति:२०५१/०८/२९  विशेष इजलास  २८८२
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. लोकन्थली गा.वि.स. वडा नं. २ बस्ने पत्रकार तिर्थ कोइराला बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालयसमेत

निवेदकले निजामती सेवा नियमावली, २०५० को नियम १०६ को खण्ड (घ) को उपखण्ड (८) मा श्री ५ को सरकारले मिति २०५०।७।३ मा गरेको संशोधन संविधान प्रतिकुल भएकोले संविधानको धारा ८८(१) बमोजिम अमान्य र बदर घोषित गरी पाउँ भनी दावी लिएको र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) ले कुनै कानून संविधान सँग बाझिएको हुँदा बदर घोषित गरी पाउँ भनी कुनै पनि नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्ने व्यवस्था गरेको र निवेदक एउटा पत्रकार नेपाली नागरिक भएबाट प्रस्तुत रिट निवेदन दिने हकदैया निवेदकलाई नभएको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ०४ - परमादेश मिश्रित उत्प्रेषण

 फैसला मिति:२०५२/०७/१४  पूर्ण इजलास  १४१७३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पा. हाल रामशाहपथ स्थित लिडर्स ईक (प्रा.) लि. का तर्फबाट अधिकार प्राप्‍त हाल का.जि.का.न.पा. वडा नं. ३२ डिल्ली बजार डेरा गरी बस्ने लिडर्सईक (प्रा). लि.का संचालक समितिका अध्यक्ष सूर्यप्रसाद शर्मा ढुंगेल बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला गोदावरि आदर्श गा.पं. स्थित गोदावी मार्वत ईण्डष्ट्रिज प्रा.लि.

नेपालको संविधानको धारा ११(१) मा कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको ज्यान अपहरण नहुने हक अधिकार उक्त धाराले प्रत्याभूत गरेको छ, प्रदूषित वातावरणमा मानव जीवन खतरामा हुन्छ । प्रदूषित वातावरणको सृजनाबाट कुनै पनि व्यक्तिको जीउ ज्यानको अपहरण हुन्छ । त्यस्तो प्रदूषित वातावरणबाट मुक्ति पाउने व्यक्तिको हक अधिकारको कुरा हो । यस अर्थमा पर्यावरणको संरक्षणको सम्बन्ध परोक्ष रूपमा मानिसको जिउ ज्यानसँग सम्बन्धित हुँद प्रस्तु विषय नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) भित्र समावेश भएको मान्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ०३ - उत्प्रेषण

 फैसला मिति:२०५२/०४/१८  विशेष इजलास  ५६९५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पा. जय वागेश्वरी बस्ने वर्ष ४९ को कृष्ण प्रसाद लम्साल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय हरिहर भवनसमेत

शासन व्यवसथाको सामान्य निर्देशन नियन्त्रण र संचालन गर्ने अभिभारा संविधानको धारा ३५(३) ले मन्त्री परिषद् उपर रहेकोले सो बमोजिमको दायित्व निर्वाह गर्नुपर्ने भई नयाँ निजामती सेवा ऐन र नियमावली बमोजिमको काम गर्नुपर्ने अवस्था पर्न गएको देखिन्छ । किनभने संविधान प्रारम्भ भएको मितिले एक वर्ष ०४८ साल कार्तिक २३ गतेदेखि निजामती सेवा ऐन, ०४९ मिति ०५०।२।४ मा लागू हुनुभन्दा अघिसम्मको अवधिमा निजामती सेवा ऐन, ०१३ र निजामती सेवा नियमावली, ०२१ शुन्य अवस्थामा पुगेको संझी निष्कृय भएको मानी सरकारी कर्मचारीको सेवाको शर्त अनिश्तिच र अव्यवस्थित स्थितिमा रहेको र जसले जे गरे पनि हुने अवस्थाको श्रृजना भएको मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ०२ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०५१/०५/२७  विशेष इजलास  ३३८२
 पुनरावेदक/ प्रतिवादी : पाल्पा जिल्ला सहथौली -४ घर भई हाल काठमाडौं बबरमहल बस्ने विघठीत प्रतिनिधि सभाका सदस्य हरीप्रसाद नेपाल । नुवाकोट जिल्ला शिरबेसी गा.वि.स. घर भै हाल का.जि.गोंगबु बस्ने विघठीत प्रतिनिधि सभाका सदस्य गणेश पंडीत । मोरङ जिल्ला विराटनगर न.पा. वडा नं. ४ बालुवाटार बस्ने लोककृष्ण भट्टराई । बिरुद्ध विपक्षी/वादी : सम्माननीय प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइराला । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौं । श्री ५ को सकारर मन्त्री परिषद् सचिवालय सिंहदरबार । निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोग, बहादुर भवन ।

प्रतिनिधि सभा जनताको प्रतिनिधित्व गर्ने निकाय भएको, प्रतिनिधि सभाको माध्यमबाट जनताको हक हितमा विचार हुने कुरामा दुई मत हुन सक्ने स्थिति देखिन्न, तसर्थ आफ्नो प्रतिनिधित्व गर्ने निकायको विघटनबाट जनताको हक हितमा असर परेको देखिनाले प्रतिनिधि सभा विघटनको सिफारिसलाई चुनौती दिने हक अधिकार निवेदकहरूको नभएको प्रत्यर्थी तर्फको जिकिर तर्कपूर्ण नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ०१ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०५२/०५/१२  विशेष इजलास  १८७०१
 पुनरावेदक/ प्रतिवादी : अधिवक्ता रबि राज भण्डारीसमेत बिरुद्ध विपक्षी/वादी : सम्माननीय प्रधानमन्त्री श्री मनमोहन अधिकारी, राजदरवार सम्बन्धी, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाडौं

राजनैतिक प्रश्नको अवधारणा वस्तुतः अदालतको अधिकारलाई सीमित वा कुण्ठित गर्नको लागि संविधान वा कानूनले नै परिभाषित गरेको कुनै अवधारणा नभएर न्यायपालिकाले स्वयं प्रतिपादित गरेको एउटा सैद्धान्तिक अवधारणा हो । यसको एउटै प्रयोजन संवैधानिक अगहरूका बीच अनावश्यक द्वन्द्व र टकरावको स्थितिको सृजना हुन नदिई ती सबै अगहरूले आफू आफ्नो कार्य क्षेत्र र अधिकारको प्रयोग स्वतन्त्रतापूर्वक गर्न सकुन भन्ने हो ? त्यसको अर्थ अदालत समक्ष विचाराधिन विवादहरू कार्यपालिका वा व्यवस्थापिकाले गरेको निर्णयसँग सम्बन्धित छन् भन्दैमा अदालतले त्यसबाट पन्छने दृष्टिकोण लिनु पर्छ भन्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु