विस्तृत खोजी

 
 
 
 
 
      

२ खोजी नतिजाहरु

निर्णय नं. १२६ - बन्धकी जग्गा निखनाई पाउँ

 फैसला मिति:२०१७/०९/२०  फूल बेन्च इजलास  २३३४
 पुनरावेदक/ प्रतिवादी : महेन्द्र नाथ बिरुद्ध विपक्षी/वादी : पुतली

(१) दर्ता उपर चित्त नबुझेमा जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर गर्नु पर्ने । ९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसै बखत देखि नै पुतलीको हक टुटी सकेको देखिन आउने (प्रकरण नं. १२) वादी पुतलीकै मन्जुरीले महेन्द्रनाथका नाउँमा ९७ सालमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो समेत चलेको । सो दर्ता उपर चित्त नबुझी जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर नगरी ०६ सालमा मात्र वादीको उजुर परेको । (प्रकरण नं. ११) (२) मुद्दा दायर छँदै उही जग्गा राजिनामा गर्नु बेमुनासिब हुने । झगडा पर्दा पर्दैका अवस्था अपुतलीबाट दोलराजले राजिनामा गराई लिएको सदर पक्का नठहर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२५ - जग्गा

 फैसला मिति:२०१७/१०/०४  फूल बेन्च इजलास  २२५१
 पुनरावेदक/ प्रतिवादी : मानकुमारी बिरुद्ध विपक्षी/वादी : हरिबहादुर प्रधान

(१) बेगर सबुदले, फैसला कायम ठहरेको कुत भन्दा बढी लिन नमिल्ने । जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको । मुद्दा परी फैसलाले कायम ठहरेको कुत ५०। भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न नहुने (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु