विस्तृत खोजी

 
 
 
 
 
      

३ खोजी नतिजाहरु

निर्णय नं. १२४ - जालसाजी

 फैसला मिति:२०१५/०६/२१  डिभिजन वेन्च इजलास  १८४३
 पुनरावेदक/ प्रतिवादी : भिमकान्त पाँडे जैसी बिरुद्ध विपक्षी/वादी : खगेश्वर पाँडे

(१) अघिनै पोइल गएकी र पछीमात्र पोइल गइसकेको मानिससँग राजीनामा गरी लिएको भन्ने उजुरी परेमा प्रतिवादीले नै होइन भन्ने प्रमाण गुजार्नु पर्ने । फाल्गुनमा जातक पायो । अघी नै पोइल गइसकेको मानिससँग सोही सालको पौष १ गते राजीनामा गरी लिएको भन्ने समेत उजुरी दिएकोमा प्रतिवादीले सो कुरा होइन भन्न नसकेको (प्रकरण नं. ९) (२) बिधुवा अंश धनका १ नम्बरको देहाय ४ दफा बाजेको आर्जनमा अचलनमा रु. ५०० सम्म खुश गर्न पाउने । सो भन्दा हकवालाको मन्जुरी लिनु पर्ने । हकवालाको मन्जुरी बेगरको सदर नहुने । बाजेको पालाको आर्जनको जग्गा देखिन आएकाले त्यस्तो जग्गा ३ पुस्ता भित्रका हकदार वादीहरूलाई नदेखाई रु. ५०० भन्दा माथिको लिखत देखिनाले बिधवा अंश धनका १।४ नं. ले बिधुवा नैनाले गरी दिएको राजिनामा सदर नहुने हुनाले सो राजिनामा कायम गरी शुरुको सदर गरी छिनेको वुटौल अपीलको इन्साफ गल्ती । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२३ - उत्प्रेषणको रीट

 फैसला मिति:२०१८/०१/०६  डिभिजन वेन्च इजलास  २७८३
 पुनरावेदक/ प्रतिवादी : विश्वेश्वरलाल गुप्ता बिरुद्ध विपक्षी/वादी : वाणिज्य बिभागका डा. शिवनारायण समेत

(२) मदेश गोश्वाराका बडाहाकिम र उपत्यकाको मेजिष्ट्रेट समान स्तरको, मदेश गोश्वाराका बडाहाकिमले छिनेको मुद्दा उपर सम्बन्धित मन्त्रालयबाट अपील हेरिने सिभिल सप्लाइज बिभागले होइन । मधेश गोश्वाराको बडाहाकिमको र उपत्यकाको मेजिष्ट्रेटको समान स्तर भएको र मेजिष्ट्रेट कमिश्नर सवालको २१ को उपदफा (ज) को देहायमा का. मेजिष्ट्रेट कमिश्नरको मातहतमा राखिएको अड्डाहरूको नाउँ उल्लेख भएको । नं. ७८ मा सिभिल सप्लाईज पनि उल्लेख भएको समेत हुँदा उक्त मदेश गोश्वारा ऐन, २०१२ को दफा २ को उपदफा (ख) को (क) को दफा ३ मा मदेश गोश्वाराका बडाहाकिमले मुद्दा छिने उपर बडाहाकिम उपरको अपील सिभिल सप्लाइज बिभागले हेर्ने व्यवस्था भएको भन्न नहुने समेत हुँदा सो मदेश गोश्वारको ऐनको दफा २ को दफा (ख) को (क) को दफा ३ मा लेखिएको सम्बन्धीत बिभाग भनेको हालको मन्त्रालय उस बखतको बिभागलाई भनेको मान्नु पर्ने हुन आई हालको सम्बन्धीत मन्त्रालयबाट सो बडाहाकिम उपरको अपील हेर्ने व्यवस्था भएको हुनु पर्ने आउँछ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२ - बेहिसावको नालिस खारेज गरी पाउँ

 फैसला मिति:२०१८/०२/१३  फूल बेन्च इजलास  २८५३
 पुनरावेदक/ प्रतिवादी : कृष्णप्रसाद न्यौपाने बिरुद्ध विपक्षी/वादी : कालुमान शाक्य

(१) अ. बं. ९० नम्बर – वारिस दिन हुने मुद्दामा अख्तियारनामा ऐन बमोजिम रीत नपुगेको भएमा रीत नपुगेको जति कुरा खोली ल्याएमा लाग्ने । ऐनले वारिस दिन हुने मुद्दामा वारिस हुनेलाई वारिस गरी पठाएमा वारिस भई आउनेले पेश गरेको अख्तियारनामा ऐन बमोजिमको रीत नपुगेको भए रीत नपुगेको जति कुरा खोली रीत पुर्यानई ल्याए लाग्नेछ भनी सो अख्तियारनामाको पिठमा लेखि फिर्ता पठाउनु पर्ने अ. बं. ९० नं. मा व्यवस्था भएको । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु