विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. २३९५ - लेनदेन

 फैसला मिति:२०४२/०६/१०  डिभिजन वेन्च इजलास  १६३८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी गा.पं.मारदह वडा नं. ४ बस्ने सतनी यादवनी मरी मु.स.गर्ने ऐ. बस्ने मुगा लाल यादव बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. १ बस्ने मानमल कावरा

आधारभूत सबूद प्रमाणको अभावमा लिखत सद्दे भन्न नमिल्ने । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९४ - लिखत पास

 फैसला मिति:२०४२/०६/०३  डिभिजन वेन्च इजलास  १५३७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं. १९ यटखा टोल बस्ने भाइकाजी ताम्राकार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ घर भै हाल का.जि.बालाजु पावर हाउस अगाडि बस्ने नानी माया ताम्राकार समेत ।

अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९३ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०५/२४  डिभिजन वेन्च इजलास  १९१८
 पुनरावेदक/ प्रतिवादी : जि.सुन्सरी घुस्की हाट गा.पं. वार्ड नं.९ मा घर भै हल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बस्ने खलील मंसुरी मियाँ बिरुद्ध विपक्षी/वादी : श्री सुनसरी जिल्ला अदालत । श्री पूर्वान्चल क्षेत्रीय अदालत । श्री जिल्ला कार्यालय कारागार शाखा काठमाडौं ।

अदालतको तहतहबाट भएको ठहर फैसला बमोजिम थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न सकिने स्थिति नहुने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९२ - मोही निष्काशन गरी चलन चलाई पाउँ

 फैसला मिति:२०४२/०५/१८  डिभिजन वेन्च इजलास  १६०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके हसतापुर गा.पं.वडा नं. ६ बस्ने समद खाँ बिरुद्ध विपक्षी/वादी : जिल्ला बाँके बशन्तपुर गा.पं.वडा नं. ६ बस्ने इस्माइल खाँ । ऐ.बस्ने रमजान खाँ । ऐ.बस्ने मोहमत सरीफ खाँ ।

बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट गरेको फिरादलाई म्याद भित्रको भन्न नमिल्ने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९१ - क्षतिपूर्ति

 फैसला मिति:२०४२/०५/०९  डिभिजन वेन्च इजलास  १७०५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. ९ बत्तिसपुतली बस्ने रामहरि शर्मा । ऐ. वडा नं. ३१ लगनटोल बस्ने कृष्ण प्रसाद रिमाल । बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.९ वत्तिसपुतली बस्ने टेक बहादुर रायमाझी । ऐ.वडा नं. ३२ डिल्लीवजार बस्ने टंकनाथ उप्रेती । जि.मोरङ विराटनगर घर भै हाल का.जि.का.न.पं. वडा नं. २० वानेश्वर बस्ने मदन बहादुर कार्की।

स्थापित भएको मिल प्रा.लि.बन्द भई क्षतिभएकोमा मिलकै क्षति भएको भन्नु पर्ने । (प्रकरण नं.१४) मैदा मिल प्रा.लि.बन्द हुँदा भएको क्षतिमा मिलले नै उजूर गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०२१ को दफा ७ को उपदफा (२) अनुसार मिल प्रा.लि.तर्फबाट क्षतिपूर्तिमा दावी गरी नालिश परेको देखिँदैन, मैदा मिल प्रा.लि.तर्फबाट दावी गरी फिराद नपरेकोमा वादीहरूको फिराद दावी अ.बं. ८२ नं. ले हकदैया पुग्ने देखिएन । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९० - ज्यान

 फैसला मिति:२०४२/०६/१८  फूल बेन्च इजलास  १९५७
 पुनरावेदक/ प्रतिवादी : महाकाली अंचल,कन्चनपुर जिल्ला महेन्द्रनगर नगर पञ्चायत वा.नं. ७ बस्ने गोपाल जाग्री । बिरुद्ध विपक्षी/वादी : जयमल जाग्रीको जाहेरीले श्री ५ को सरकार ।

ज्यान सम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी गरेको इन्साफ नमिल्ने । (प्रकरण नं.४०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८९ - लुटपीट

 फैसला मिति:२०४२/०६/२५  फूल बेन्च इजलास  १६६१
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला बुधवारे गा.पं.वार्ड नं. ९ बस्ने भागिरथा न्यौपाने बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने लक्ष्मी प्रसाद कोइराला

कर्जा नतिरेसम्म धितो राखेको माल नेपाल बैंक लिमिटेडको हुने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८८ - लिखत पास

 फैसला मिति:२०४२/०६/२५  फूल बेन्च इजलास  १६४७
 पुनरावेदक/ प्रतिवादी : बाँके जिल्ला ईन्द्रपुर गा.पं.वडा नं. १ बस्ने सैफु तेली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. ३ बस्ने नारायण सिंह च्यामजुङ

अदालतको आदेश बमोजिम विशेषज्ञ जाँच हुँदा समेत बोल्न समर्थ देखिएको भन्ने विशेषज्ञको राय भएको वीर अस्पतालको पत्रबाट देखिएकोले अ.बं. २५ नं. को विपरीत कागज भएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८७ - लिखत पास जालसाजी

 फैसला मिति:२०४२/०६/१८  फूल बेन्च इजलास  १७३१
 पुनरावेदक/ प्रतिवादी : पाल्पा तानसेन नगर पञ्चायत वार्ड नं.९ असन टोल बस्ने महेश्वर प्रधान मरी मु.स.गर्ने ऐ.ऐ घर भै हाल का.जि.का.न.पं. वार्ड नं.५ हांडी गाउँ ब्लक नं. २५/१३७ बस्ने राजेन्द्र प्रधान बिरुद्ध विपक्षी/वादी : पाल्पा बौद्ध गुम्बा गा.पं.वार्ड नं. ८ आम डांडा जमुने बस्ने विष्णु प्रसाद घिमिरे ।

साक्षीहरूको रोहवरमा रूपैयाँ लिनदिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहर्याबएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/२५  फूल बेन्च इजलास  १८३७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वा.नं. १० बानेश्वर घर भई व्यावसायिक किट विज्ञान आयोजना खोपासीमा कार्यरत किटविज्ञ गोपाल प्रसाद काफ्ले बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं । बढुवा समिति सचिवालय,कृषि मन्त्रालय,सिंहदरबार,काठमाडौं । सचिव,श्री ५ को सरकार कृषि मन्त्रालय,सिंहदरबार काठमाडौं । कृषि मूल्यांकन समिति,मुकाम अनुसंधान महाशाखा । शिक्षाध्यक्षको कार्यालय,त्रिभुवन विश्वविद्यालय,कीर्तिपुर । विभागीय प्रमुख महानिर्देशक,कृषि विभाग हरिहर भवन,ललितपुर । का.जि.ठमेल घर भै किट विज्ञान शाखा,खुमलटारमा किटविज्ञको हैसियतमा कार्यरत श्रीमती राम बदन प्रधान ।

कृतिको मूल्यांकन गर्न पाउने अधिकार निजामती सेवा नियमावली, २०२१ को नियम ३,५(४) को देहाय (ज) बमोजिम गठित मूल्यांकन समितिलाई नै भएकोले कृति वापत भएको मूल्यांकन र सो आधारमा प्रदान गरिएको अंकको बारेमा अन्यथा हुने भन्ने प्रश्न उठ्न नसक्ने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/२२  फूल बेन्च इजलास  १६७५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. ४ भाटभटेनी बस्ने सुवर्ण शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, काठमाडौं । राजश्व न्यायाधिकरण,काठमाडौं । मध्यमान्चल क्षेत्रीय अदालत ।

खूद आयमा मात्र कर निर्धारण गर्नु पर्नेमा त्यसरी कर निर्धारण नगरी घर बहालको कूल आयमा नै कर निर्धारण गर्ने गरी कर कार्यालय काठमाडौंले गरेको आदेश त्रुटिपूर्ण हुने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु