विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. ३०८८ - अंश

 फैसला मिति:२०४४/०३/०४  संयुक्त इजलास  १९३८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:जिल्ला बांके नेपालगञ्ज न.पं.वा.नं. ४ बस्ने जसोदा कसोधन बानियाँको मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने बाबुदेई बनैनी । बिरुद्ध विपक्षी/वादी : वादी: ऐ. ऐ. बस्ने रामप्रसाद कसौधन बनिया । ऐ.ऐ बस्ने राम दुलारे कसौधन बनिया ।

मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतिस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८७ - ज्यान मार्ने उद्योग ।

 फैसला मिति:२०४४/०५/२३  पूर्ण इजलास  १९८२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी: जिल्ला कालिकोट खिम गाउँपञ्चायत वडा नं. ५ बस्ने महेन्द्रराज बम । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: अज बहादुरको बमको जाहेरीले श्री ५ को सरकार

मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३½ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेका भनी देखाइएका ठाउँहरू जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिम कै देखिन आएबाट केश फारामको अघिल्ला महलहरूमा लेखिएका र जनिएका कुराहरू नै साँचो हो भन्न सकिने अवस्था रहन नआउने । (प्रकरण नं. ३३) हाजिरीमा देखाइए बमोजिम साउन १ गते देखि हाजिर भई कामकाज गरेको नदेखिने भनी साउन भाद्र महीनाको समेत हाजिरी फाराम पठाएकोमा निज दर्शनकला साउन २६ गते सम्म विरामी नै रही ऐ. २७ गते देखि मात्र हाजिर रहेको देखिन आएबाट निज दर्शनकला साउन १ गते देखि नै हाजिर रही काम गरिआएको भनी देखाउने असफल प्रयास गरेको देखिन आउने । (प्रकरण नं. ३४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८६ - ज्यान ।

 फैसला मिति:२०४४/०५/२३  पूर्ण इजलास  १८६२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी: जिल्ला महोत्तरी सहरवा गाउँ पञ्चायत वडा नं. ७ हरिदिया बस्ने बद्री नारायण यादव । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: श्री ५ को सरकार ।

प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ, बेहोशी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भए पनि स्वेच्छा वेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन, यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रहरीमा गरेको बयान प्रमाण लिन सकिने । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०५/११  पूर्ण इजलास  २०८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रत्यर्थी: संञ्चालक समिति नेपाल बैंक लिमिटेड तर्फबाट महाप्रबन्धक आनन्दभक्त राजभण्डारी । का.जि.का.न.पं. वडा नं.२६ यटखा बस्ने दुर्गेशमान सिंह । बिरुद्ध विपक्षी/वादी : विपक्षी/रिट निवेदक:जिल्ला ललितपुर ल.पु.न.पं. वडा नं.१ लक्ष्मी सदन चाकुपाट बस्ने बल्लभ शमशेर ज.ब.रा.।

कुनै तोकिएको म्याद लागि नियुक्त भएको पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणबस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०५/१३  पूर्ण इजलास  १८२८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.का.न.पं. वडा नं.२० भीमसेन स्थान बस्ने शिवराज श्रेष्ठ । ऐ.ऐ बस्ने मोहन राज श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री मालपोत विभाग, बबरमहल, काठमाडौं । श्री मालपोत कार्यालय,काठमाडौं । श्री मालपोत कार्यालय,काठमाडौं जि.का.को प्रतिनिधि र पंच सदस्य समेत भएको समिति।

दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गाधनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८३ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०५/०२  पूर्ण इजलास  १७७१
 पुनरावेदक/ प्रतिवादी : निवेदक/रिट निवेदक : जि.दाङ विजौरी गा.पं. वडा नं. मनिकापुर बस्ने जेराम थारु । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/विपक्षी : अर्थ मन्त्रालय मालपोत विभाग, मालपोत कार्यालय, दाङ

रिट क्षेत्रबाट निर्विवाद हकको प्रचलन हुन सक्ने हो, विवादित हकमा रिट क्षेत्रबाट हक कायम गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८२ - जग्गा दर्ता बिक्री बदर

 फैसला मिति:२०४४/०४/२८  पूर्ण इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी: जि.झापा बाहुन डाँगी गा.पं. वार्ड नं.४ बस्ने चन्द्रबहादुर सुवेदी । ऐ.ऐ चन्द्र बहादुर सुवेदी । ऐ.ऐ बस्ने अम्वर बहादुर कार्की । ऐ.ऐ बस्ने लोक बहादुर प्रधान । ऐ.ऐ बस्ने शेर बहादुर बुढाथोकी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. बस्ने दुखीसरी मेचे

संग बसेको अन्य हकवाला नभएको स्थितिमा बाबुको अपुताली छोरीलाई प्राप्त हुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३०८१ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/१४  पूर्ण इजलास  १८४६
 पुनरावेदक/ प्रतिवादी : निवेदक/रिटनिवेदक:जिल्ला धनुषा बटेश्वर गा.पं वडा नं.६ को हाल गाउँ पञ्चायत शान्तिपुर वडा नं. १ बस्ने गोदावरी देवी कायस्त । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रत्यर्थी : ऐ.ऐ. बस्ने फौडी ठाकुर बडही । श्री भूमि सुधार कार्यालय,धनुषा ।

रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न, यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु