४ खोजी नतिजाहरु
(१) बाजेको पालाको आर्जन हो भन्ने सबूद वादीले नै पेश गर्नु पर्ने । पेश गर्न नसकेमा दसौंद बाँकी राखी बकसपत्र गरी दिएकोमा सो सदर हुने । चलमा दसौंद बाँकी नराखी गरिदिएको बकसपत्रमा अचलमा दसौंद बदर भई वादीले पाउने र अरू बकसपत्र सदरै हुने ।
सो जग्गाहरू बाजे बराजुको आर्जनको हो भन्ने सबूद भए लिई आउनु भनी वादीलाई झिकाउनु भन्ने आदेश भई निज पुर्णनारायण झिकी बुझ्दा दर्ता नाउँ सारी हुँदा जितवीरका नाउँमा दर्ता भएको भनी निजको वा. इन्द्र नाराणले कागज गरी दिएको । बराजु भिमनरको बाबुको नाउँमा दर्ता भएको र सबूद दिन नसकेको जितविर भन्ने वादीकै साहिँलो बाबु भएको निज पुनाराणले लेखेकै पुस्तावारबाट देखिएकोले समेत इन्साफ प्र. न्यायालय डिभिजन बेञ्चबाट भएको १२।३।२७।२ को फैसला मुनासिब छ ।
(प्रकरण ४)
बाजेका पालाको आर्जन भन्ने वादीले सबूद पेश गर्न नसकेकोले विधवा अंश धनको १ नं. २ दफाले अचलमा दसौंद बाँकी राखी अरू खुस गर्न पाउने हुँदा वा. लक्ष्मीले गरी दिएको २०००।१०।७ को बकसपत्रका अचलमा दसौंद बदर भई वादीले पाउने हुँदा अरू बकसपत्र सदरै हुन्छ भन्ने प्र. न्या. डिभिजन बेञ्चबाट १२।३।२७।२ मा फैसला भएको ।
(प्रकरण नं. ३)
पूर्ण पाठ हेर्नुहोस्
(१) अ. बं. १०६ नम्बरमा उल्लिखित “हकदैया” शब्दको बुझाउने अर्थ ।
अ. बं. १०६ नं. मा उल्लिखित हकदैया शब्दले सबै किसिमको हक अर्थात कुनै सम्पत्तिमा अरू कसैको कुनै किसिमको हक नभई एक व्यक्ति वा व्यक्तिहरूको एकलौटी हक र दुई व्यक्ति वा व्यक्तिहरूको आपसी सम्झौताबाट उत्पन्न हक र उत्तरदायित्वलाई समेत बुझाएको देखिन्छ ।
(प्रकरण नं. ४)
(२) परस्पर हक र उत्तरदायित्वमा बाँधिएका व्यक्तिहरू भएमा त्यस्ता व्यक्तिहरू मध्ये आफ्नो बस्तुको स्थितिमा असर पर्ने देखेमा असर पर्ने व्यक्तिलाई बिरोध गर्ने नालिस उजुर गर्न हक हुने ।
पूर्ण पाठ हेर्नुहोस्
(१) तमसुकका साक्षी श्रोताका रोहवरमा रूपैंयाँ दिनुपर्ने र कारणीको र लिखत साक्षी, फड्के साक्षी समेतको रोहवरमा सहीछाप हुनुपर्ने । त्यसो भए गरेको नभएमा झुक्याई कागजमा कारणीको सहीछाप गरेको ठहर्ने ।
तमसुकमा साक्षी लेखिएका व्यक्तिहरूले लिनु दिनु गरेको देखि सहीछाप गरेको भन्न नसकी लेखक साक्षीले रूपैंया लिए दिएको देखिंन भन्ने र अरू अन्तरसाक्षीले पनि विश्बासमा सहीछाप गरी दिएको हुँ भनी बयान गरेकोले समेत इन्साफ शुरु बाग्लुङ अदालतको मनासिब ठहराएको सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगल बेञ्चको राय मनासिब ।
(प्रकरण ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) शंकाजनक भए अरू समर्थनको प्रमाण पुर्या०उनु पर्ने । पक्का लिखत बेगर हक टुट्न नसक्ने । पास नभएको लिखतले हकवाला भन्ने नदेखिने ।
९५ सालको नापी मोठमा लागेको पुण्यराजको सहीछापसँग भिडाउँदा सिरमा लागेको दायाँ ल्याप्चे मसी बढ्ता भएकोले बुझिंदैन । बायाँ ल्याप्चेसँग मिल्दैन । केरेको ठाँउमा लागेको ल्याप्चे मिल्छ भनी रेखा विशेषज्ञको रिपोर्ट भएकोबाट शंकाजनक भई अरू समर्थनको प्रमाण नभएको । पुण्यराजका नाउँमा दर्ता तिरो भरो भएको जग्गा निजको हक टुटेको र रजिष्ट्रेशन पास भएको पक्का लिखत बेगर पुण्यराजको हक टुट्न नसक्नेमा पनि मुख्य सहीछाप लाग्ने ठाँउमा लागेको ल्याप्चे नबुझिने, नमिल्ने भएको र सो भरपाई शुरु प्रतिवादीमा प्रमाण दिन र पेश दाखिल गर्न नसकेको । त्यस्तो पास नभएको लिखतले जितबहादुरको हक भन्न नहुने । सो जग्गाहरूको दर्ता बुझी पाउँ भन्ने निज जितबहादुरको जिकिरमा सक्कलै मोठ र दर्ता समेत झिकाई हेरेमा आमा चिरीमायाको नाउँमा दर्ता भएको कतै कुनै पनि श्रेस्ता नभई साविक गौंडामा र हालमा समेत पुण्यराजकै नाउँमा दर्ता भएको देखिएकोले समेत इन्साफ शुरुको केही सदर गरी छिनेको अपील पहिलाको सदर गरेको प्रधान न्यायालय सिंगल बेञ्चको ०१३।२।२३ को राय मुनासिब छ ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्