विस्तृत खोजी

 
 
 
 
 
      

६ खोजी नतिजाहरु

निर्णय नं. ८६ - आशय, डाका, थुनछेक

 फैसला मिति:२०१५/०१/०९  डिभिजन वेन्च इजलास  २८५६
 पुनरावेदक/ प्रतिवादी : भागवत राउत अहिर बिरुद्ध विपक्षी/वादी : हेड कान्सटेबल गुदर सा तेली समेत

१. अ.बं.१५२ नं. का २ दफाको देहायको १ दफा कस्तो वारदातमा लागू हुने ?–वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने । डाका गर्न जाने कुराको सल्लाह गरेको ठाउँमा पक्रदा हात हालाहाल भएको वारदातलाई सो उपरोक्त दफा लाग्न नसक्ने– अ.बं.१५२ नं. को १० दफाअनुसार तारिखमा राखी कारवाई गर्नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८५ - ज्यान

 फैसला मिति:२०१५/०४/२६  डिभिजन वेन्च इजलास  २४४०
 पुनरावेदक/ प्रतिवादी : रेशमी रजपुतनी समेत बिरुद्ध विपक्षी/वादी : जुगल सिंह राजपुत समेत

१. ज्यानसम्बन्धीको ३३ नं.–एउटालाई तर्साउना छोडेको चोट आर्कोलाई लागि मरेमा–झुक्की चोट प्रहार गर्नेलाई कैद महिना ६ हुने । लाल विहारीका चोटबाट मर्न गएको भनी ठहराएको अमिनी अपील सदर अमिनी गोश्वाराको इन्साफ मनासिव झुक्की तर्साउनालाई आर्का पर छोडेको चोट विलटलाई लागि मरेकोले लालविहारीलाई ज्यानसम्बन्धी ३३ नं. कैद महिना ६ छ महिना मात्र गर्नु । (प्रकरण नं. ६) २. किटानी नलेखेमा झुट्टा बकेको भनी सजाय गर्न नहुने । चोट छाडेकै देख्यौं भनी सर्जमिनले किटानी लेखेको नहुँदा झुट्टा बकेको भनी सजाय लाग्न नसक्ने हुँद केही गर्न पर्दैन । (प्रकण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८४ - बन्धकी थैली बुझाई पाउँ

 फैसला मिति:२०१६/१२/२४  सिङ्गल बेञ्च इजलास  २५३२
 पुनरावेदक/ प्रतिवादी : रोहीणीप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : इन्द्रप्रसाद उपाध्याय

१. मनासिव माफिकाको कारण बताई थैलि बुझी लिन मञ्जुर नगरेमा नालिस गर्नु भनी सनद सदर भएकोमा मनासिव माफिकको कारण केही नबताई पास नभएको चिट्ठीको भरबाट पास भएको बन्धकी लिखत थैली बुझ्न मञ्जुर नगरे मनासिव नदेखिने । झिकाई आएका निखन्ने विषयको सनद ०३।१२।८।६ को नभई मिसिल सामेल रहेको ०४।४।६ मा सदर भएको सनदको उतार देखिएको त्यसको ३ दफा उतारमा धरौटी रुपैया साहुले बुझ्न मञ्जुर नगरेमा अदालतमा नालिस गर्न जानु भनी सुनाई दिने गरी जाहेर भएकोमा मनासिव माफिकको कारण बताई थैली बुझी लिई मन्जूर नगरेमा नालिस गर्नु भनी सुनाई दिने व्यहोराका सनद सदर भएको देखिएकोमा मनासिव माफिकको कारण केही नबताई पास नभएको चिठ्ठीको भरबाट पास भएको बन्धकी लिखत बमोजिम थैली बुझ्न मञ्जुर नगरेको साहुको जिकिर मनासिव नदेखिएकोले समेत १५।११।२१ को सर्वोच्च अदालत पश्चिम दौडाहाका सिंगलबेञ्चबाट भएको इन्साफ मनासिव छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३ - वन काट्यो

 फैसला मिति:२०१६/१०/२५  डिभिजन वेन्च इजलास  ३३४४
 पुनरावेदक/ प्रतिवादी : जगन्नाथ उपाध्याय बिरुद्ध विपक्षी/वादी : दिल्लीराम पाध्याय

१. सनद हुँदा आवादी भएका बाहेक अरु संरक्षण गर्नु भन्ने लेखिएकोमा–सो सनद अगावै आवादी भएकोलाई कायम गर्नुपर्ने र सनद पछि रुख काटी आदावद गरे गरायमा सजायको भागी हुने । ७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा आवादी बाहेक अरुजङ्ग संरक्षण गर्नु भन्ने लेखिएको र भँगेरी भन्ने जग्गाको हकमा बनपाला सनद हुनु भन्दा अगाडिको आवादी दर्ता देखिएको सो बाहेक मुलपानी भनी प्रतिवादीले देखाएको जग्गा सनद हुनु भन्दा पछाडी ९४ सालको हालावादी देखिएको त्यस्तो सनदीय वनपालाको जग्गा सनद हुनुभन्दा पछि हाल अवाद हुन्न भन्न मनासिव नभएको र अरु रुखहरू बुझिएका सरजमिनका लेखाई समेतबाट प्रतिवादीले काटेकै देखिन ठहर्न आएकोले भड्डेरी भन्ने जग्गा प्रतिवादैकै आवादी देखिँदा निजलाई थाम्ने गरेको र सो बाहेक मुलपानी जग्गा समेत आवाद गरेको बझ्याउने र अरु रुख काटेमा समेत प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु स्याङजा अदालत र सिंगलबेञ्चको राय मनासिव । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२ - ज्यान

 फैसला मिति:२०१६/११/२६  डिभिजन वेन्च इजलास  २४७०
 पुनरावेदक/ प्रतिवादी : हाकुचा ज्यापु बिरुद्ध विपक्षी/वादी : आशामाया ज्यापुनी

१. अघि देखिनै रिस कुनै इवी अदवत नभएमा र मार्छु नै भनी चोट प्रहार नगरेको भए–रिसको उद्वेगबाट हान्दा मर्न गएमा–सर्वस्व गरी दामलको सजाय गर्न मनासिव नहुने अ.बं.२३५ नं. बमोजिम कैद १२ बर्षको सजाय हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८१ - हक सफा

 फैसला मिति:२०११/०३/१४  सिङ्गल बेञ्च इजलास  २२६२
 पुनरावेदक/ प्रतिवादी : लादुराम माडवारी बिरुद्ध विपक्षी/वादी : जडाउकुमारी माडवारनी

१. राजिनामा पास भई प्र. ले सो नै जग्गामा घर बनाई बसेमा र हक सफा गरी पाउँ भन्ने वादी पनि सोही नै ठाउँमा रहे बसेकोमा–मौकामा थाहा हुने नै हुँदा मौकामा थाहा पाइन भन्ने कुरा मान्य नहुने हुँदा म्याद पछिको उजुरबाट हक सफा गर्न नपाउने । ५ सालमा राजिनामा पास भए तापनि प्र. लादुरामले घर बनाइ बसेको एकै ठाउँको यो वादीलाई मौकैमा थाहा हुने भई मौकैमा थाहा पाएन होला भन्न नहुने भई ५ महिना पछिमात्र थाहा पाएँ भन्ने वादीको जिकिर पत्यार लाएक नदेखिएकोले समेत अघि देखि घर बनाई बसी भोग चलन गरी आएको प्रतिवादीको घर उठाई यो वादीलाई हक सफा गर्न पाउँछ भन्न मनासिव नपरेकोले हक सफा गर्न पाउँ भन्ने वादीको उजूर पुग्न सक्तैन इन्साफ मोरङ्ग वीराटनगर अमिनीको मनासिव । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु