विस्तृत खोजी

 
 
 
 
 
      

५ खोजी नतिजाहरु

निर्णय नं. १५२५ - उत्प्रेषण

 फैसला मिति:२०३८/१०/०५  डिभिजन वेन्च इजलास  ४२९३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : भोजपुर जिल्ला भैसिपंखा गा.पं. वडा नं. ३ खुरिल बस्ने धनपति रिजालसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : १ नं. नापी गोश्वारा भोजपुरका नापी अधिकृत नारायणसुन्दर श्रेष्ठ समेत

(१) एकपटक दर्ता गर्न नमिल्ने भनी निर्णय गरेकोमा सो निर्णय कायम छँदा–छँदै सो निर्णयको विपरीत हुने गरी सो जग्गा कित्ता काट गरी निर्णय गरेको अ.बं.८५ नं. विपरीत हुँदा नापी गोश्वाराबाट भए गरेको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५२४ - भ्रष्टाचार

 फैसला मिति:२०३८/१२/११  डिभिजन वेन्च इजलास  २८१२
 पुनरावेदक/ प्रतिवादी : प्रतिवादी : का.जि.यटखा टोल बस्ने सत्यनारायण चित्रकार समेत बिरुद्ध विपक्षी/वादी : वादी : श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय समेत

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(२) अन्तर्गत मागिएको स्पष्टीकरण भन्दा भिन्दै आरोपमा कानूनको रीत नपुर्या्ई पुनरावेदकहरू लाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय कानून अनुरूप नहुँदा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५२३ - लिखत बदर

 फैसला मिति:२०३८/११/०४  डिभिजन वेन्च इजलास  २६७७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक प्रतिवादी : जिल्ला मुस्ताङ्ग कागवेनी गा.पं.वार्ड नं. ३ धागरजुङ बस्ने मोती गुरुङस्यानी बिरुद्ध विपक्षी/वादी : विपक्षी, वादी : ऐ.ऐ. बस्ने क्षस गुरुङ्ग

विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा वादीले ०३५।१।१८ मा नक्कल सारी लिई थाहा पाई ०३५।३।२० मा फिराद गरेकोबाट सो १० नं. मा लेखिएको एकवर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा प्रस्तुत फिरादपत्र थाहा पाएको पैंतीस दिन नघाई परेको र यसरी हक म्याद नघाई परेको फिरादबाट कारवाई किनारा गर्न नपर्नेमा पुनरावेदीका प्रतिवादीको जिकिर बमोजिम गरेको कारवाई मिलेको नदेखिनाले पुनरावेदन जिकिर अनुसार वादी खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५२२ - ज्यान

 फैसला मिति:२०३८/१२/०९  डिभिजन वेन्च इजलास  २५१६
 पुनरावेदक/ प्रतिवादी : वादी : वीरबहादुर मल्लको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : जि. कालीकोट गा.पं.दाहा बस्ने मोहनबहादुर शाही

अभियुक्तले मार्ने नियतले नै छुरी हानेको हुँ भनी स्पष्ट रूपले बयान गरेको देखिन आएकाले छुरीले हानेमा सूदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यान सम्बन्धीको १४ नं. ले दश वर्ष कैद गर्ने गरेको इन्साफ मनासिव देखिएन । निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । (प्रकरण नं. १०

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५२१ - कर्तव्य ज्यान

 फैसला मिति:२०३८/१२/३१  फूल बेन्च इजलास  २७७८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : तमोरखोला रखानु गा.पं.सुनसावु घर भई हाल इलाम कारगारमा थुना परी बस्ने मनिराज लिम्बूको हकमा संजयराज लिम्बू बिरुद्ध विपक्षी/वादी : विपक्षी : पद्मलालको जाहेरीले श्री ५ को सरकार

मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकार के बाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मिको मौसम देखिन्छ, त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लाशमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त लासजाँच मुचुल्का शंकायुक्त भई अदालतले भर गर्ने स्थितिको छैन । (प्रकरण नं. २७) (२) लबेदा शुरूवालमा लागेको रगतको रासायनिक जाँचको अभावमा केवल अनुमान र शंका लिई प्रहरीमा भएको प्र.साविती स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म प्र.मनिराजले कालिमा लिम्बुनीलाई मारेको भनी दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्र.ले सफाई पाउने ठहर्छ । (प्रकरण नं. २८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु