विस्तृत खोजी

 
 
 
 
 
      

५ खोजी नतिजाहरु

निर्णय नं. ३२ - थैली बुझाइ पाउँ

 फैसला मिति:२०१६/०२/१०  डिभिजन वेन्च इजलास  २१८०
 पुनरावेदक/ प्रतिवादी : अकल सिंह जीमी बिरुद्ध विपक्षी/वादी : अम्बर सिंह जीमी

(१) रजिष्ट्रेशनको ३ नं.–कसैबाट जग्गामा हक छुटाई वा बकसपत्र गराई लिएको लिखतमा–रजिष्ट्रेशन पास हुनपर्ने– पास नभएकोमा हक नपुग्ने । जब्रुमा जीवितै रहेको भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हक नपुग्ने । (प्रकरण नं. ८) २. अदालती बन्दोबस्तको १०६ नं.–हक नपुग्ने वादीको मुद्दा दायर भई छिनिएको भएमा–फैसला बदर भई मुद्दा खारेज हुने । हकै नपुग्ने यो वादीको उजुर अ.बं. १०६ नं. ले लाग्न नसक्नेमा मुद्दा दायर गरी २ अड्डाले छिनेको सदर नहुने हुँदा दुवै अड्डाको फैसला बदर गरी यो मुद्दा खारेज गरीदिनु । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१ - ज्यान

 फैसला मिति:२०१५/०५/०६  फूल बेन्च इजलास  २४४२
 पुनरावेदक/ प्रतिवादी : पद्मबहादुर दाहाल खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : सेम्वो थामी

यस मुद्दामा पनि निज मेजर्नीका घरमा गई खुन गर्ने मानिसहरू अन्तै गाउँका अरू हुन भन्ने विशेष शंकासम्म पनि कतैबाट नदेखिई कुनै किसिमको हल्ला र कुकुरसम्म पनि भुक्न कराउन नपाउने प्रवन्ध मिलाई जानेबुझेको समेत त्यस घरको परिचयवाला व्यक्तिबाटै घटना घट्न आएकोमा गोपिलाल, पद्मबहादुर, अम्बरबहादुरहरू सारा गाउँ घरका सामुन्नेमा वारदातको परिबन्द पुर्याुई राधाकृष्णलाई अड्डालो हाली एकमुख भई सावित भएका वीरबहादुरले कुटी सिकाई सावित गराएको भन्ने उजुर गरे पनि दोहार्याएई सरजमिन हुँदा समेत कुटपिट वा सिकाई झुठ्ठा सावित गराएको नदेखिएको । नोकर्नी असारमाया समेत विशेष त्यस घटनामा सहमतै ठहरी अपीलले सजाय गरेमा निजले अपील उजुर गर्न पनि नसकेकी र वास्तविक गाउँ घरमा भएको घटना जतिसुकै कसूर छिपाउन खोजे पनि यस्तो अपराधको कुनै न कुनै छिद्रबाट प्रकाश हुन धेरै सम्भव हुने भएकोमा उसै बखत मौकामै स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको । अरू बुझिएको यावत् प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीका घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धनमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर, अम्बरबहादुर गोपिलालले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिन पछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी साविती र सबुदले कुसुरदार ठहरेको व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलामा लेखिएका बुँदा प्रमाणबाटसमेत इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३० - बेरीतसँग थुने

 फैसला मिति:२०११/०३/३१  डिभिजन वेन्च इजलास  २८३७
 पुनरावेदक/ प्रतिवादी : श्री ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : आई.जी.पी.

राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफा लगाइएको अभियोग निम्न अवस्थामा नलाग्ने । (१) जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा सहयोगी भन्ने अभियोगमा, मुद्दा अदालतलाई सुम्पी सकेपछि अदालतबाट कारवाई ठहर नहुँदै । (२) नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्नेमा सहयोगी भन्ने अभियोगमा कागज गराई ऐन सवालबमोजिम गर्ने भनी छाडी सकेपछि बिना कारवाई तहकिकात फेरी दोषारोपण गरेमा । (३) खानतलासीबाट बेपासको हातहतियार बरामद भयो भन्ने अभियोगमा बरामत भएको हातहतियार भू.पु.मिनिष्टरको नाउँमा दर्ता भई खर्च भई बाँकी रहेको अभियोगीकै जिम्मा छोडिएको देखिएमा अडरबमोजिम तोकिएको ठाउँमा दाखिल गरेको भर्पाई समेत दाखिल भई लाईसेन्सको लागि पनि कारवाई भईरहेको देखिएमा । (४) मनाही भएको माल झिकायो भन्ने अभियोगमा, आएको माल भईराखेको सनद सवालको मनाही भएको मालको लिष्ट भित्रको नभएमा, केही बाहेक अरू सवै जाँची रहनु पर्दैन । छोडी दिनु भन्ने मेमो सदर समेत भएकोमा, रोकिएका माल जँचाउने कारवाई भईरहँदा थुनामा राख्नु भन्ने कुनै ऐन नभई दिइएको थुनुवा गर्ने बोधार्थमा पनि यो यो अपराधमा यो यो एन अन्तर्गत थुनामा राखेको भन्ने नखुलेकोमा ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९ - घूस

 फैसला मिति:२०१४/१२/०५  फूल बेन्च इजलास  ३३६१
 पुनरावेदक/ प्रतिवादी : भ्र.नि.अफिसर बिरुद्ध विपक्षी/वादी : विष्णुमान तुलाधर

(१) शंकाको भरमा अपराधि ठहर्याकउने नहुने– अपराधमा सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्ने । शंकाको भरबाट अंजामले कुनै व्यक्तिलाई अपराधि ठहराई सजाय दिन न्यायसंगत कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नुपर्छ । (प्रकरण नं. २७) (२) सरकारी कर्मचारी उपर लगाएको घूसको अभियोगमा–दिइएको मुख्य साक्षीको बयान र अभियुक्तको अड्डैका मानिसहरूको मुचुल्का पनि–नियमबमोजिम खडा भएको श्रेस्तालाई झुठ्ठा गराउने देखिएमा–विश्वास गर्न लायक प्रमाण मान्न नहुने र उन माथि लगाएको सवै आरोप मिथ्या सावित हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८ - मात थैली बुझाई पाउँ

 फैसला मिति:२०१५/०१/२९  फूल बेन्च इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : प्रताप गिरी बिरुद्ध विपक्षी/वादी : परमानन्द उपाध्याय

(१) नासिएका सक्कल कागज अङ्गमा दाखिल गरिसकेको भनी ऐन सवालबमोजिमको अड्डाको भर्पाई दाखिल गर्नुपर्ने, दाखिल नभएमा सो दाखिल गर्न नसक्नेले सच्चा कुरामा चलेको नदेखिने । अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकोले शुरूको राय फैसलाबमोजिम यिनी प्रतिवादी सच्चा कुरामा नचली अंक बढाई हाल दावी गरेको प्रष्टै देखिन आएको । (प्रकरण नं. १२) (२) साहु आसामीको ६ नं.–उमेर नपुगेका १६ बर्ष मुनिका नावालकसँग गराई लिएको लिखत ऐनले सदर नहुने । उमेर नपुगेका १६ बर्ष मुनीका नावालकसँग गराई लिएको लिखत साहु आसामीको ६ नं.का ऐनले सदर नहुने हुँदा ऐनले सदर नहुने सो लिखत प्रमाण लागि जग्गामा प्रतिवादीको हक पुग्नै नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु