विस्तृत खोजी

 
 
 
 
 
      

५ खोजी नतिजाहरु

निर्णय नं. १४९४ - उत्प्रेषण

 फैसला मिति:२०३८/०७/०६  डिभिजन वेन्च इजलास  २०८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक तर्फबाट : ल.पु.जिल्ला चापा गा.पं.वार्ड नं. ७ मुडडोल बस्ने ओमप्रसाद दुलाल बिरुद्ध विपक्षी/वादी : विपक्षी तर्फबाट : श्री प्र.जि.अ.जिल्ला कार्यालय ललितपुर, श्री भूमिप्रशासक भूमिप्रशासन कार्यालयको हाल भूमिसुधार कार्यालय ललितपुर, ललितपुर जिल्ला ठेचो गाउँ परिषद् वार्ड नं. १ मालीगाउँ बस्ने चक्रबहादुर ज्यापु

रजिष्ट्रेशनको ३५ नं. को देहाय २ बमोजिम नालेस गर्नु भनी सुनाउनु पर्नेमा भू.प्र.का.ललितपुरले त्यसरी नसुनाई आफैं अधिकार ग्रहण गरी सन्धिसर्पन पर्ने ठहराई निखनाई दिने ठहराई गरेको निर्णयलाई प्र.जि.अ.ललितपुरले सदर गरेको निर्णय अधिकारक्षेत्र बाहिर भई अधिकार क्षेत्रात्मक त्रुटि देखिनाले भू.प्र.का.को र प्र.जि.अ.ललितपुरको दुवै निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९३ - गैरकानूनी

 फैसला मिति:२०३८/०४/०८  डिभिजन वेन्च इजलास  २४०७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : काठमाडौं जिल्ला का.न.पं.वडा नं. ९ अन्तर्गत बत्तिसपुतली बस्ने द्वारिकादास श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)

लगतबमोजिम मुआब्जा पाउने व्यक्तिले पाएको छैन भन्ने यो उजूरी नभएको भू–आर्जन कार्यालयले पठाएको लगतबमोजिम पाउने रुपैयाँको बैंकको चेकमा सहिछाप गर्ने कर्तव्य तोकिएको अफिसर यी प्रतिवादीहरू देखिन्छन् लियो खायो भन्ने यिनीहरू उपरको उजूरी नभई गुठी उपरको मुआब्जाको रुपैयाँ महत पुरुषोत्तम दासलाई दिएको भन्ने आरोप लागेकोमा भू–आर्जनको लगतलाई चेक गर्ने, बिना उजूरको निर्णय गर्ने अधिकार नभएको व्यक्तिले त्यो काम गरेन भनी दोष लगाउन हुँदैन तसर्थ पुनरावेदक प्रतिवादीलाई जरिवाना गर्ने गरेको बागमती विशेष अदालतको सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिव भएन । पुनरावेदकलाई जुन कसूरमा जरिवाना लागेको हो, त्यो जरिवाना नलाग्ने ठहर भएपछि त्यसै सरहको से.अ.लिलाप्रसादलाई पनि अ.बं.२०५ नं. ले सजाय नलाग्ने हुनाले निजसँग लिने गरेको जरिवाना पनि लाग्ने भएन । (प्रकरण नं. १३ र १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/१०/०२  फूल बेन्च इजलास  २११९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी भोक्राहा गा.पं. वडा नं. ८ बस्ने महादेव महतोकोइरी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.सुनसरी वविया गा.पं.वार्ड ४ बस्ने भगीयादेवी कोइरीन

अंश भागमा परी चलन पाइसकेको जग्गामा विपक्षीको भूस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन, यस्को अतिरिक्त ३२ सालमा जग्गाधनी भनेकोले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भनी गरेको कबुलीयतको दुवैको सहिछाप परेको १ प्रति कबुलीयत भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम स्थानीय पञ्चायतमा जग्गाधनीबाट दाखिल भएको भन्ने देखिन आएको छैन, यस स्थितिमा उक्त दफा ३४ को कार्य पुरा नभएको जग्गा कमाउन दिएको भनेको कबुलीयतको कानूनी मान्यता दिन मिल्ने पनि देखिँदैन त्यस्तो कानूनी मान्यता दिन नमिल्ने कबुलीयतको आधारमा मोही कायम हुनसक्ने पनि नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९१ - चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने

 फैसला मिति:२०३८/०८/२६  फूल बेन्च इजलास  २३४१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.जि.ठमेल १५।१०७ बस्ने केशवप्रसाद घिमिरे

विशेषज्ञलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सो हेर्दा चेकमा लेखिएको मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टाेक मिलेको भनी बकपत्र गर्नुभएको पाइन्छ उक्त वाक्यांशमा प्रयोग भएका सबै शब्दहरू नमिली कुनै शब्द समान भएको नाताबाट मात्र सम्पूर्ण लेखाई मिलेको भन्ने स्थितिमा पुग्ने अवस्था पर्दैन विशेषज्ञले आफ्नो बकपत्रमा र प्रतिवेदनमा समेत हस्ता मिलेको भरपर्दो आधार खोली दिनसकेको समेत नदेखिँदा त्यत्तिकै आधारबाट चेक कीर्ते गरेको भन्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९० - हक सफा

 फैसला मिति:२०३८/०८/०५  फूल बेन्च इजलास  ३५०२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला कपिलवस्तु गा.पं.सिद्धिपुर वार्ड नं. ८ बस्ने पिताम्बर भुसाल बिरुद्ध विपक्षी/वादी : वादी : ऐ.ऐ. बस्ने कृष्णराज उपाध्याय

लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६,१७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेचे किनेको लिखतमा उल्लेख भएको थैलीलाई मानेको र खण्डे थैलीको व्यवस्था समेत नगरेको कानूनको बनावट देखिँदा थैली भन्नाले लेनदेन व्यवहारको १६ नं. मा उल्लेख भएको “थैली” नै किने बेचेको लिखतमा लेखिएको थैली सम्झनु पर्ने स्थिति छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु