विस्तृत खोजी

 
 
 
 
 
      

१९ खोजी नतिजाहरु

निर्णय नं. १११५७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/१२/२३  संयुक्त इजलास  १०५५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट साबिक औरैया गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित ईशनाथ नगरपालिका वडा नं.३ पिपरटोल, हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ शिवनगरटोल बसोबास गरी हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका WLC College Nepal का सञ्चालक अध्यक्ष बाकेश्वर झाको छोरा संजयकुमार झा बिरुद्ध विपक्षी/वादी : श्री उच्च अदालत पाटनसमेत

प्रमाणको मूल्याङ्कनको विषय रिट क्षेत्राधिकारको विषय नभए पनि प्रत्यक्ष देखिने समान अभियोग र सजायको माग भएको मुद्दामा कुनै प्रतिवादीका हकमा धरौट माग गरिनु र कुनै प्रतिवादीका हकमा थुनामा नै राख्ने आदेश गर्नुलाई औचित्यपूर्ण र न्यायसम्मत मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५५ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७८/०४/२९  संयुक्त इजलास  ८६६
 पुनरावेदक/ प्रतिवादी : ओखलढुङ्गा जिल्ला, ओखलढुङ्गा-५ बस्ने उदय चन्द्र श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

अदालतबाट विवादको निरूपण भइसकेको सन्दर्भमा सरकारका सम्बद्ध निकायबाट सोको कार्यान्वयनको प्रतीक्षा गरेको कुरामा अनुचित विलम्ब नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५४ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७८/०४/२९  संयुक्त इजलास  ८३९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, महादेवस्थान गा.वि.स. वडा नं. ५ बस्ने तेजबहादुर मानन्धरको छोरा वीरबहादुर मानन्धरसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

उपचार प्राप्तिको लागि रिट निवेदन दायर नगरेको भन्ने आधारमा मात्र एउटै संस्थानमा कार्यरत रही एकैपटक अवकाश पाएका समान स्तरका कर्मचारीमध्ये एकले सुविधा पाउने र अर्कोले सुविधा नपाउने भन्ने नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५३ - कर्तव्य ज्यान

 फैसला मिति:२०७९/११/२९  संयुक्त इजलास  १७९०
 पुनरावेदक/ प्रतिवादी : पक्कर सिंह कुँवरको छोरा जिल्ला दार्चुला, अपी नगरपालिका वडा नं. ४ घर भई कारागार कार्यालय दार्चुलामा थुनामा रहेको रमेशसिंह कुँवर बिरुद्ध विपक्षी/वादी : मानविर सिंह कुँवरको जाहेरीले नेपाल सरकार

सामान्य ज्ञानको विषयभित्र पर्ने कुनै कार्यको परिणामस्वरूप सोको नतिजाका रूपमा कुनै घटना घट्छ भने त्यो निजले चाहेरै गरिएको मानिन्छ र सो घटना घटाउने निजको चाहना मनसाय तत्त्व हुन्छ । कहिलेकाहीँ चाहना एउटा तर परिणाम अर्कै हुन पनि सक्दछ । यस्तो हो भने मात्र त्यो कार्य मनसाययुक्त नभई भवितव्यजन्य कार्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५२ - मूल्य अभिवृद्धि कर (०५५/०५६)

 फैसला मिति:२०७८/०९/१२  संयुक्त इजलास  १४५५
 पुनरावेदक/ प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं. ३, लाजिम्पाटको तर्फबाट ऐ.का प्रमुख कर प्रशासक राममणि दुवाडी बिरुद्ध विपक्षी/वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नं. १३ वाफलस्थित उज्वल पोलिथिन उद्योगका प्रो. श्री तारा ढुङ्गाना

मुद्दाको पुनरावेदन अनुमतिको लागि दिइने निवेदन हदम्यादभित्र नपरेको अवस्थामा पुनरावेदनको अनुमति प्रदान भए पनि त्यस्तो पुनरावेदन कायम नरहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५१ - मोही नामसारी

 फैसला मिति:२०७९/०९/१८  संयुक्त इजलास  १०३९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट, डुमरिया गा.वि.स. वडा नं. २ बस्ने पुण्यप्रसाद दुलालको छोरा गोविन्दप्रसाद दुलाल बिरुद्ध विपक्षी/वादी : जिल्ला रौतहट, गौर नगरपालिका, वडा नं.१ अवस्थित लक्ष्मीनारायण देवताको संरक्षक जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. ४ बस्ने सत्यमाया मानन्धरसमेत

मोहीले जग्गाको कुतबाली बुझाएमा भरपाई गरिदिनु र मोहीको मृत्युपश्चात् निजको हकदारमध्ये कुनै हकदारलाई मोही पत्याउनु पृथक् प्रयोजनमा गरिने कार्य भएकाले कुतबाली बुझाएको भरपाईको आधारमा मात्र मोहीमा पत्याएको मानी मोही हक स्थापित भएको मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५० - अंश चलन

 फैसला मिति:२०७९/०१/०४  संयुक्त इजलास  २७४९
 पुनरावेदक/ प्रतिवादी : मंगलप्रसाद श्रेष्ठको छोरा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ पाटेचौर बस्ने राजेन्द्रकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : मंगलप्रसाद श्रेष्ठको श्रीमती ऐ.ऐ. बस्ने गुनमाया भन्ने मिनकुमारी श्रेष्ठसमेत

कानूनद्वारा हदम्याद तोकिएको अवस्थामा हदम्यादलाई अनदेखा गरी जहिलेसुकै पनि निवेदन दिने लिने र मुद्दाको सुनुवाइ गर्ने गरिएमा विधायिकाले तोकेको हदम्यादको अस्तित्व नै नरहने । हदम्यादको सिद्धान्त समयसीमामा आधारित हुने । हदम्यादको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुने हुनाले तोकिएको समयसीमालाई ध्यान नदिई वा कपटपूर्ण तवरबाट तथ्य लुकाई निवेदकको तर्फबाट दायर हुन आएको निवेदनलाई ग्रहण गरी निर्णयमा पुग्नु न्यायसङ्गत नहुने । तोकिएको समयमा नै आफ्नो अधिकारको प्रयोग नगरी समयसीमा बिताई अदालतमा प्रवेश गर्ने पक्षलाई अदालतले सहयोग गर्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४९ - जबरजस्ती करणी उद्योग

 फैसला मिति:२०७९/०६/०९  संयुक्त इजलास  ३७७२
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम जिल्ला सिमरा, (E) को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं. १४ बस्ने हरिप्रसाद सापकोटा

जबरजस्ती करणी उद्योगको वारदात स्थापित हुनका लागि पीडितलाई जबरजस्ती करणी गर्न लाग्दा पीडित स्वयं वा तेस्रो पक्षको हस्तक्षेप वा अन्य कुनै कारणले करणी गर्ने कार्य पूरा नभएको तर मनसाय तथा तयारीका साथ करणी गर्न प्रयत्नशील रहेको अवस्था हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४८ - अधिकार पत्र बदर

 फैसला मिति:२०७९/०७/२५  संयुक्त इजलास  १०१०
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही, मानपकडी गाउँ विकास समिति वडा नं .५ बस्ने ज्ञान्तीदेवी कसौधन बिरुद्ध विपक्षी/वादी : रूपन्देही, बुटवल महानगरपालिका वडा नं. ३ बस्ने जगदम्बाप्रसाद कसौधन

अधिकारपत्र गरिदिने व्यक्तिको मृत्यु भएको अवस्थामा त्यस्तो व्यक्तिले गरिदिएको अधिकारपत्र जीवित नरहने र कानूनी मान्यता शून्य भएर जाने । त्यस्तो अधिकारपत्रले अधिकारपत्र दिनेवालाको मृत्युपछि सक्रिय रही कुनै हक अधिकार सिर्जना गर्ने सामर्थ्य नराख्ने । अधिकारपत्र दिनेवालको मृत्युपश्चात् शून्यतामा गएको अधिकारपत्रले मृत्यु भइसकेको कुनै व्यक्तिको सम्पत्तिमा हक स्थापित गर्न नसक्ने हुँदा शेषपछि लागु हुने गरी सम्पत्तिमाथिको हक हस्तान्तरण अधिकारपत्रमार्फत गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४७ - दूषित दर्ता बदर

 फैसला मिति:२०७९/०४/१७  संयुक्त इजलास  ९६३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ को हाल वडा नं.२६ ठमेलस्थित दिगुख्यो गुथी (दिवाली गुठी) का थकाली गुठियारहरू रत्नमानको छोरा ऐजन ऐजन वडा नं.३० को हाल वडा नं.२७ असन बस्ने द्रव्यमान सिंह तुलाधरसमेत बिरुद्ध विपक्षी/वादी : उर्मिला श्रेष्ठसमेतको निवेदनले नेपाल सरकार, मालपोत कार्यालय, डिल्लीबजार काठमाडौं

ऐनले नै पुनरावेदन लाग्ने सम्बन्धमा विशेष व्यवस्था गरी कुनै खास दफाअन्तर्गत भएका निर्णयमा मात्र पुनरावेदन लाग्ने व्यवस्था गरेकोमा अदालतले विधायिकाले कोरिदिएको सीमारेखा बाहिर गई पुनरावेदन लाग्न नसक्ने विषयका निर्णयमा समेत पुनरावदेन सुनी निर्णय गर्नु अदालतको क्षेत्राधिकारसम्बन्धी स्वीकार्य मान्यताको विपरीत हुने । आफ्नो क्षेत्राधिकार नभएको विषयमा अदालतले उजुरी वा पुनरावेदन सुनी विवादको निरूपण गर्न मिल्ने र सक्ने स्थिति नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४६ - कर्तव्य ज्यान

 फैसला मिति:२०८०/०२/०९  संयुक्त इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : रामबहादुर थापाको छोरा, साबिक जिल्ला प्युठान, धर्मावती गा.वि.स. वडा नं.२ घर भई जिल्ला दाङ, राप्ती गाउँपालिका, वडा नं.१ बस्ने हाल कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेको संजितकुमार थापा बिरुद्ध विपक्षी/वादी : रामबहादुर कार्कीको जाहेरीले नेपाल सरकार

कसुरदारले कसैको हत्या गरिसकेपछि गरिने हिंस्रक प्रकृतिको कसुरजन्य कार्यले पनि त्यस्तो कसुर क्रूर अमानवीय हो वा होइन भन्ने कुरा निर्धारण हुने । कसैको मृत्यु क्रूर यातनाबाट वा निर्ममतापूर्वक भएको हो, होइन भनी छुट्याउन मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र नभई कसुर गर्ने व्यक्तिले हिंसात्मक रूपमा र क्रूरतापूर्वक ज्यान मार्ने मनसाय राखी सोअनुसारको क्रियाकलाप गरेको छ वा छैन भन्ने कुरा हेर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४५ - अंश चलन

 फैसला मिति:२०७९/०७/२७  संयुक्त इजलास  १३५१
 पुनरावेदक/ प्रतिवादी : स्व.धनबीर तामाङको नाति स्व. रामबहादुर तामाङको छोरा जिल्ला सुनसरी धरान नगरपालिका, वडा नं.७ बस्ने मणीकुमार तामाङ मरी मुद्दा सकार गर्ने निजको श्रीमती सावित्री लामा (तामाङ) बिरुद्ध विपक्षी/वादी : स्व. धनबीर तामाङको छोरा जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं.७ बस्ने लोककुमार तामाङसमेत

बन्डापत्रमा अबन्डा भनी उल्लेख गरे पनि वा अबन्डा उल्लेख नगरे पनि विधिवत् रूपमा त्यस्तो सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन नसक्ने । त्यस्तै योभन्दा बाहेक बन्डा गर्नुपर्ने सम्पत्ति बाँकी नरहेको र उप्रान्त बन्डा गर्न बाँकी छ भनी कहीँकतै उजुर नालेस गर्ने छैनौं भनी बन्डापत्रमा उल्लेख भएको बेहोराले व्यक्तिको अंश पाउने हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४४ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७९/०८/०६  संयुक्त इजलास  १७९५
 पुनरावेदक/ प्रतिवादी : ध्रुवनारायण झाको छोरी धनुषा जिल्ला, विदेह नगरपालिका वडा नं. ३ बस्ने निक्कीकुमारी झा बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत

मौलिक हक उपभोग गर्ने, रोजगार प्राप्त गर्ने, सार्वजनिक पद धारण गर्ने, राजनीतिक अधिकार उपभोग गर्ने, सामाजिक सुरक्षा प्राप्त गर्ने र मतदान गर्ने आदि विभिन्न मौलिक हकहरू राज्यले आफ्ना नागरिकलाई प्रदान गर्दछ । राजनीतिक हक नागरिकबाहेक अन्य व्यक्तिलाई प्राप्त हुँदैन । नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हुँदा सारभूतरूपमा नागरिक हो भन्ने देखिएको स्थितिमा कार्यविधिको स-सानो अत्तो थापेर समस्यामा पार्नु न्यायपूर्ण नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४३ - लागु औषध (इन्जेक्सन)

 फैसला मिति:२०७९/०५/३०  संयुक्त इजलास  १७६८
 पुनरावेदक/ प्रतिवादी : प्र.नि.केदारराज पन्तको प्रतिवेदनले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला काठमाडौं गोलढुङ्गा गा.वि.स. वडा नं.२ बस्ने राजु महर्जन

एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने भन्ने कुनै अकाट्य व्यवस्था रहेको नदेखिने । सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७८/१०/२६  संयुक्त इजलास  ११९०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ, रंगेली न.पा. वडा नं. ६ घर भई हाल कारागार कार्यालय वीरगन्ज पर्सामा रहेको सुरज भुसालको तर्फबाट अधिवक्ता दिनेश लामिछाने बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला अदालतसमेत

पुनरावेदन सुन्ने अदालतले नियमित न्यायिक प्रक्रियाबाट हेर्ने विषयमा अन्यथा पर्याप्त र मनासिब कारण विद्यमान नभएसम्म रिट क्षेत्राधिकारबाट हेर्न मनासिब नहुने । पुनरावेदन सुन्ने अदालतबाट प्रदान गरिने कानूनी उपचारको वैकल्पिक व्यवस्थाको रूपमा रिट क्षेत्राधिकारलाई प्रयोग गर्न नमिल्ने । पक्षको रूचि, चाहना वा सुविधाका आधारमा मात्रै नियमित न्यायिक प्रक्रियाबाट प्राप्त हुने उपचारको मार्ग छाडेर रिट क्षेत्राधिकारमा प्रवेश गर्नु उचित र तर्कसङ्गत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४१ - लिखत दर्ता बदर

 फैसला मिति:२०७९/०५/३०  संयुक्त इजलास  १६२७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने राजकुमार चौधरी (कुर्मी) बिरुद्ध विपक्षी/वादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने शिवकुमार चौधरी (कुर्मी)

वादी प्रतिवादीहरूका बिचमा अंशबन्डा नभएको अवस्थामा एकासगोलको सम्पत्ति अन्य व्यक्तिहरूलाई बेचबिखन गरी हक हस्तान्तरण गर्दा अन्य हकदारको समेत मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएकोमा वादीको मन्जुरी नलिई पुनरावेदक प्रतिवादीले राजीनामा पारित गरिदिएको लिखतमध्ये वादीको हकको हदसम्म उक्त लिखतले वैधता प्राप्त गर्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४० - जबरजस्ती करणी

 फैसला मिति:२०७९/०६/०४  संयुक्त इजलास  २८४६
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम सङ्केत नं. ५२(१८५) को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : परिवर्तित नाम सङ्केत नं. ५२(१८८)

अभियुक्तउपरको प्रत्येक कसुर शंकारहित तवरले पुष्टि भएमा मात्र अभियुक्त सो कसुरमा कसुरदार ठहर हुने हो । अभियुक्तउपरको अनुमान र अपुष्ट कथनको आधारमा कसुर स्थापित हुन नसक्ने । शंका र अनुमान जतिसुकै प्रबल भए पनि यसलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । प्रतिवादीउपरको अभियोग दाबी सप्रमाण पुष्टि हुन नसकेको अवस्थामा पीडितले वा जाहेरवालाले भनेको, अभियोग पत्रमा पीडित र प्रतिवादी हाडनाता सम्बन्धको व्यक्ति रहेको भन्ने उल्लेख भएका जस्ता आधारमा मात्र कसुरदारलाई थप सजाय गर्न न्यायसम्मत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११३९ - बकसपत्र बदर

 फैसला मिति:२०७९/०८/१८  संयुक्त इजलास  १४२२
 पुनरावेदक/ प्रतिवादी : रोल्पा जिल्ला, बुढागाऊँ गा.वि.स. वडा नं.४ लिङदुङ बस्ने नेत्रबहादुर भण्डारी बिरुद्ध विपक्षी/वादी : जगविर रावतको छोरा साबिक दाङ जिल्ला, हेकुली गा.वि.स. वडा नं. ७ मनिकापुर हाल बाँके कोहलपुर नगरपालिका वडा नं.५ बस्ने लिलाधर रावतसमेत

बकस दिँदा आफ्नो हक नपुग्ने सम्पत्तिमा सगोलका अन्य अंशियार वा हकवालाहरूको मन्जुरीनामा लिई वा निजहरूलाई साक्षी राखी बकस प्राप्त गरेमा मात्र पक्का हुने । अंशियार तथा हकवालाको मन्जुरीनामा नलिई वा निजहरूलाई साक्षी नराखी गरेको बकसपत्र सदर नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११३८ - अंश चलन

 फैसला मिति:२०७९/१२/०९  पूर्ण इजलास  ३०४५
 पुनरावेदक/ प्रतिवादी : स्व. खुवराम अग्रवालको नाति, स्व. मुरलीधर अग्रवालको छोरा, जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं. ५ बस्ने भगवानदास अग्रवाल बिरुद्ध विपक्षी/वादी : स्व. खुवराम अग्रवालको नाति, स्व. मुरलीधर अग्रवालको छोरा, जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं. ५ बस्ने मनोहरलाल अग्रवालसमेत

अलग अस्तित्व र मोल कायम भएको सम्पत्तिउपरको अधिकार पनि अलगअलग हुनसक्ने । निजी आर्जन गरेका वा निजी आर्जनबाट घर निर्माण गरेका पक्षले स्वस्फूर्त रूपमा आफ्नो निजी आर्जनको सम्पत्ति अन्य पक्षलाई हस्तान्तरण गरे वा आफ्नो स्वामित्व त्याग गरेमा मात्र स्वामित्वमा परिवर्तन आई उक्त सम्पत्ति सगोलको कायम हुनसक्ने हो । तर निजी आर्जन गरेको व्यक्तिले सो सम्पत्तिमा आफ्नो स्वामित्व त्याग नगरेसम्मको अवस्थामा उक्त सम्पत्ति निजी नै हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु