विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १४१४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं

 फैसला मिति:२०३७/०७/१०  डिभिजन वेन्च इजलास  २४६३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं. १९ यटखा दमाई टोल सुन्ता गाउँ बस्ने साइतमान मुनिकार बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला भूमिसुधार कार्यालय काठमाडौं समेत

एकपटक यौटालाई जग्गावाला हो भनी निवेदक स्वयंले भनेको कुरालाई फरक गरी सफा हात शुद्ध नियतले रिट निवेदन आएको नदेखिने । (प्रकरण नं. ८) (२) दर्ता प्रमाण समेतको आधारमा कूत भरी पाउने र वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भनी तथ्यको निरोपण गरी विपक्षी भू.प्र.का.बाट गरेको निर्णयमा कुनै कानुनको त्रुटि गरी निर्णय गरेको नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१३ - उत्प्रेषण लगायत रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउं

 फैसला मिति:२०३७/०९/०२  डिभिजन वेन्च इजलास  २५६२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी त्रिकोल गा.पं.वडा नं. ५ मौजा मेना कडेरी बस्ने शिवनारायण मिश्र बिरुद्ध विपक्षी/वादी : जि.सप्तरी त्रिकोल गाउँ पञ्चायत वडा नं. ६ बस्ने भुखनी खग खत्वेसमेत

न्यायिक मन र न्यायिक कारणहरूको अभावमा व्यक्तिगत धारणालाई आधार बनाई गरेको भू.सु.का.सप्तरीको निर्णय कानुनी त्रुटि देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३७/०९/०१  डिभिजन वेन्च इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : सिराहा जिल्ला करगहा पञ्चायत वडा नं. ९ बस्ने जखलाल बडही बिरुद्ध विपक्षी/वादी : का.मु.भूमिसुधार अधिकारी रामबहादुर खड्का, जि.भू.सु.का.सिराहासमेत

बदर भइसकेको निर्णय बमोजिम भएको कुनै कुरा पछिको निर्णयमा कायम राख्नलाई त्यसको अधार निर्णयमा उल्लेख हुन नितान्त आवश्यक छ । बदर भइसकेको निर्णय पछिको निर्णयमा कायम राख्ने आधारमा उल्लेख हुन नसकी त्यसको अभावमा गरेको निर्णय आधारहीन भई त्रुटिपूर्ण हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४११ - उत्प्रेषणको आदेश जारी गरी पाउं

 फैसला मिति:२०३७/०९/११  डिभिजन वेन्च इजलास  २३३८
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी ध.न.पं.वडा नं. ४ बस्ने सुरेसप्रसाद ढुड्डेल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मालपोत कार्यालय मोरङसमेत

अड्डामा रहेको श्रेस्ताबाट देखिएपछि निवेदक तथा निजको दातालाई बुझी निर्णय गर्नुपर्नेमा सो नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४१० - उत्प्रेषणको आदेश जारी गरी पाउं

 फैसला मिति:२०३७/०९/११  डिभिजन वेन्च इजलास  २३२१
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. १२ लाकोलाछे बस्ने नानीमाया सुवाल्नी बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. वार्ड नं. १२ बस्ने मोतीबहादुर सुवालसमेत

गुठी संस्थान ऐन, २०३३ को दफा ६२ मा “यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाही र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने अन्य उपचारको बाटो भएकै देखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०९ - लुटपिट

 फैसला मिति:२०३७/०९/०४  डिभिजन वेन्च इजलास  २२११
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला कलैया आदर्श गाउँ पञ्चायत वडा नं. ८ बस्ने ऋषिकुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : ऐ ऐ. बरेवा गा.पं.नं. ८ बस्ने रामानन्दप्रसाद चौरसियासमेत

माटो काट्न लगाई खाल्डो पारेको र सो कारणबाट नोक्सान पारी दिएकोले नोक्सानी बिगोपाउँ भन्ने लुटपिटको १ नम्बर...परिभाषाभित्र नपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०८ - उत्प्रेषणको आदेश जारी गरी पाउं

 फैसला मिति:२०३७/०९/०३  फूल बेन्च इजलास  २३६९
 पुनरावेदक/ प्रतिवादी : जनकपुर न.पं.वडा नं. ७ बस्ने राम असिस साहू बिरुद्ध विपक्षी/वादी : म.क्षेत्रीय अदालत सिंगलबेञ्चका माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलसमेत

उजूर परी तह–तह अदालतबाट सबूत प्रमाणको आधारमा फैसला भएको देखिँदा निवेदकको माग बमोजिम हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४०७ - अंश

 फैसला मिति:२०३७/०९/०५  फूल बेन्च इजलास  ३३४८
 पुनरावेदक/ प्रतिवादी : जि. काठमाडौं न.पं. काठमाडौं वडा नं. २२ खिचापोखरी बस्ने काशिराज पाण्डेसमेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.खिचापोखरी साविक वडा नं. ८ हाल वडा नं. २२ देवकुमारी पाण्डे

वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो आर्जनको चल, अचल सबै आफ्नो खुसी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२) मा लेखिएबमोजिम हुने । (प्रकरण नं. २९) (२) बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश बकस गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहरो हक दिलाउन नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिने । (प्रकरण नं. २९) (३) प्रतिवादीले पहिले तायदाती नखुलाए पनि पछि आफ्नो जिम्माको भनी खुलाउन आई बण्डा हुने हो

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु