विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. १९९८ - कीर्ते जालसाजी

 फैसला मिति:२०४१/०५/२९  डिभिजन वेन्च इजलास  १९७९
 पुनरावेदक/ प्रतिवादी : जि. सिरहा पिपरा गा.पं. वार्ड नं. ५ हाल गौरीपुर गा.पं. वार्ड नं. ७ बस्ने गोपी यादव बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने जसोविद्य यादवनी

 राजीनामामा लागेको ल्याप्चे र अदालतबाट लिएको नमूना ल्याप्चेको जात फरक देखिँदा कीर्ते ठहर गरेको मनासिब ठहर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२१  डिभिजन वेन्च इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला र्इटहरी गा.पं. वडा नं. २ हाल का.जि. का.न.पं. वडा नं. ४ सिफल बस्ने देवेन्द्र बजगाई बिरुद्ध विपक्षी/वादी : त्रिभुवन विश्वविद्यालय, त्रिपुरेश्वर शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखा केशर महल काठमाडौं त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल

 पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्नेसमेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदकबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखाको नाउँमा परमादेशको आदेश जारी गरी दिने ठहर्छ। (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/१२  डिभिजन वेन्च इजलास  १९०८
 पुनरावेदक/ प्रतिवादी : का.जि. महाकाल गा.पं. वा.नं. ४ बस्ने भैरवबहादुर अधिकारी बिरुद्ध विपक्षी/वादी : भू.सु.का.काठमाडौं, का.जि. महांकाल गा.पं.५ बस्ने सेती तामाङनी

 मोही कट्टा भई ज.ध.कै मोही भइसकेको हुँदा एकपटक यस कार्यालयबाट निर्णय भइसकेपछि यही जग्गाको एउटा कारबाही भएकोले अ.बं.८५ नं. ले अर्को निर्णय दिन मिल्ने देखिँदैन । उजूरी तामेलीमा राख्नु भनी भू.सु.का.काठमाडौंले गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९५ - लिखत पारित

 फैसला मिति:२०४१/०५/०८  डिभिजन वेन्च इजलास  १८२९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला दाङ वनमारे गा.पं. वार्ड नं. ४ बस्ने टेकबहादुर वली बिरुद्ध विपक्षी/वादी : बर्दिया जिल्ला नौलापुर गा.पं वडा नं. ७ बस्ने लोटन थारू ऐ ऐ बस्ने मुन्सीराम थारु

 लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएकोले लिखत पास हुने स्थिति नदेखिएकोले वादीले दावी गरेको लिखत पास नहुने ठहर्यालएको ईन्साफ मनासिब छ । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९४ - ज्यान

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  १९२३
 पुनरावेदक/ प्रतिवादी : रामशंकर कुर्मीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. बाँके फत्तेपुर गा.पं. वा.नं. ६ बस्ने जोद्धि भन्ने अयोध्याप्रसाद कुर्मीसमेत

 घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चिज सम्भवत लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२९  डिभिजन वेन्च इजलास  १८६१
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी लोनिया गा.पं. वडा नं. ९ मौजे लोनिया बस्ने फनिकलाल पासवान बिरुद्ध विपक्षी/वादी : ऐ ऐ गा.पं. वडा नं. ५ बस्ने ननुलाल मण्डल धानुक भूमि सुधार कार्यालय सप्तरीका भूमि सुधार अधिकारी

 कबुलियत गरेको कुरा जग्गाधनीले इन्कार गर्दैमा सो इन्कारीकै भरमा निवेदकले जग्गा जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२९  डिभिजन वेन्च इजलास  १७१३
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी लोनिया गा.पं. वा.नं. ७ बस्ने गोसाई मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने बेचन मण्डल धानुक भूमि सुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी

 गाउँ पञ्चायतले विवादको जग्गा निवेदकले जोतेको छैन भनी लेख्दैमा सोही पत्रको आधारमा विवादको जग्गा निवेदकले जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९१ - उत्प्रेषणको आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२२  फूल बेन्च इजलास  १७८७
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी भनरी नवलपरासी गा.पं. वा.नं. ३ बस्ने मनिराम थारू बिरुद्ध विपक्षी/वादी : लुम्बिनी अञ्चालधिश कार्यालय मुद्दा शाखा, बुटवल जि. रुपन्देही आनन्दबन गा.पं. वा.नं. ठ गणेशपुर बस्ने विसुन थारु ऐ ऐ बस्ने वाशुदेव थारु जि. नवलपरासी मनरी गा.पं. वा.नं. ३ बस्ने बेचु थारु ऐ ऐ सरावल गा.पं. वा.नं. ७ जनकपुर बस्ने विश्वेश्वर फौजदार

 अञ्चलाधीश कार्यालयको कोठाभित्र र कार्यालयको प्राङ्गणमा भएको कागजलाई अलग–अलग स्थितिमा राख्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९० - दर्ता बदर हक कायम

 फैसला मिति:२०५१/०५/२६  फूल बेन्च इजलास  १८८३
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपञ्चायत वडा नं. २२ तापाहिटी बस्ने रूद्रलाल खड्गी बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वडा नं. १२ लगनखेल बस्ने निरकुमारी कार्की

 नापी भई प्रतिवादीले जग्गाधनी पूर्जा समेत प्राप्त गरिसकेपछि जग्गा मिच्नेको हदम्याद नघाई परेको वादीको फिराद खारेज गर्ने गरेको मनासिब हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२६  फूल बेन्च इजलास  १७१९
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभाग विराटनगर बिरुद्ध विपक्षी/वादी : . मोरङ बिराटनगर दुहवी स्थित नेपाल स्टावोर्ड कम्पनी (प्रा.) लि.को तर्फबाट ऐ के संचालक मोरङ बिराटनगर न.पं. वा. नं. ४ मेनरोड बस्ने किसनलाल दुगड

 भन्सारबाट के कस्ता सूचना प्राप्त भएका छन् तथा प्रज्ञापनपत्रहरूबाट के कस्ता कुराहरू देखिएका छन् उक्त निर्णयमा खुल्दैन अधिक विजकीकरण तथा न्यून विजकीकरण गर्ने आम प्रचलन रहेको भन्नेसमेत आधारमा निवेदकले पनि त्यस्तैकिसिमको कार्य गर्योत भनी पूर्वधारणा बनाई अजमाइसी आधारमा खूद आय कायम गर्न मिल्ने पनि नदेखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२९  फूल बेन्च इजलास  १७०९
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला लेटाङ गा.पं. वडा नं. १ बस्ने गंगाप्रसाद घिमिरे बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय मोरङ विराटनगर श्री कोशी अंचलाधीश कार्यालय विराटनगर

 कित्ता नापीका अवस्थामा जो जस्तो स्थितिमा रहेको छ सो कायम राख्ने भनी मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा २,३,४ बमोजिम मालपोत कार्यालयले गरेको निर्णयमा कुनै किसिमको कानूनी त्रुटि नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८७ - बाबु कायम गरी अंश दिलाई पाउँ

 फैसला मिति:२०४१/०५/१५  फूल बेन्च इजलास  ३३४३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने तेजरत्न तुलाधार मरी मुद्दा सकार गर्ने ऐ ऐ बस्ने निजको छोरा रत्नसंभव तुलाधर बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला का.न.पं. वडा नं. ३० असन धलासीको बस्ने सोनाम तुलाधर विपक्षी/प्रतिवादी : ऐ ऐ वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने कुलवीर सिंह तुलाधर ऐ ऐ बस्ने निमा तुलाधर

 आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तविक तथ्यको आधारमा हुन सक्तैन । यो जहिले पनि अनुमानकै भरमा हुन्छ ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९८६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/०८  फूल बेन्च इजलास  २१३८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय ललितपुरको पत्रले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : ललितपुर न.पं. वा.नं. ३ झम्सिखेल बस्ने एलिजाबेथ तामाङ

 नेपाल नागरिकता ऐन, २०२० को दफा १५ अन्तर्गतको विवादको निरोपण निमित्त न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा ९ आकर्षित हुने नै देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु