विस्तृत खोजी

 
 
 
 
 
      

६ खोजी नतिजाहरु

निर्णय नं. १७ - गैरकानूनी सस्पेन्ड समेत

 फैसला मिति:२०१५/०८/१०  फूल बेन्च इजलास  ३०९६
 पुनरावेदक/ प्रतिवादी : सेक्रेटरी, वन मन्त्रालय बिरुद्ध विपक्षी/वादी : डे.से. गजेन्द्रबहादुर प्रधानाङ्ग

(१) ऐन सवालको रीत पुर्या ई सस्पेन्ड गरेको भन्नेतर्फ केही नभनेमा–अरू ऐनबमोजिम काम नगर्नु भएकोसम्म लेखी आएमा–कानून काटी काम भएको देखिने । पहिले सस्पेन्ड गर्दा ऐन सवालको ख्याल विचार राखी यो ऐन सवालको रीत पुर्या्ई सस्पेन्ड गरेको भन्नेतर्फ केही नभनी कागजपत्र बुझाउने तर्फ यो यो ऐनबमोजिम काम नगर्नु भएको भन्नेसम्म लेखिएबाट कानूनबमोजिम काम कारवाई सवैले गर्नुपर्ने । सो कुरा ज्ञात हुँदा हुँदै कानून काटी भएको देखिन्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६ - अंश

 फैसला मिति:२०१५/११/२८  फूल बेन्च इजलास  २१२२
 पुनरावेदक/ प्रतिवादी : इन्दु शम्शेर बिरुद्ध विपक्षी/वादी : ज्यानी राणाजीनी समेत

(१) २००७ सालभन्दा अघिको १।२ छापे खड्गनिशाना–ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने। २००७ सालभन्दा अघि १।२ छोप खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) अंशबण्डाको ६१ नं.–बण्डा हुन बाँकी रहेकोमा–भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजुर लाग्ने– तायदाती लिई बण्डा छुट्याई दिनु पर्ने । सो २ छापे सदर भएको बण्डापत्रमा गोश्वारा अंशबण्डा रहेको बण्डा गर्नुपर्ने, बाँकीमासम्म अंशबण्डाको ६१ नम्बरले भिन्न हुनेको जीउ जीउसम्म उजुर लाग्ने हुँदा अंशबण्डाको २।४।६ नं. का ऐनबमोजिम वादीहरूले अंश पाउने देखिंदा सो बण्डापत्रमा गोश्वारा रहेको बण्डा गर्न बाँकी रहेको अबण्डा मात्रबाट ऐनबमोजिम पाउने अंशमा ऐनबमोजिम प्रतिवादीबाट तायदाती लिई बण्डा छुट्याई दिनुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५ - डाका

 फैसला मिति:२०१५/०६/०८  डिभिजन वेन्च इजलास  २३६३
 पुनरावेदक/ प्रतिवादी : गोकुलबहादुर बिरुद्ध विपक्षी/वादी : पद्मबहादुर

(१) अभियोगीले सुराक पत्ता दिने भनी कसैलाई पोलेकोमा–परिस्थिति सबुद प्रमाणबाट सुराक पत्ता दिएको वा वारदातमा साथ दिएको नदेखिएमा–पोलिएकोलाई कसुरदार ठहर्यााउन नहुने । विशेष अदालतले कसूरदार ठहर्यााउँदा सुराक पत्ता बुझी वारदात गराएको भन्ने कुरालाई गोकुलबहादुरले पाडो बाँध्ने ठाउँमा र अड्डेनामा धनमाल गाडेको छ भनी सर्वजीतको बयान मुताविक धनमाल ननिस्की चौकीबाट धनमाल लगेको र वादीले पनि स्वयम चौकी देखाएको हुँ भन्ने लेखेको र सर्वजीत बाहेक अरू कुनै सावितीले पनि सो वारदात भएको समयमा गोकुलबहादुर सो ठाउँमा मौजूद थियो भनी पोल नगरेको र सर्वजीतकै शुरू मौका कागजमा पनि डुंडे (गोकुलबहादुर) घरमा बसी भाग खाने भनी पहिले लेखेको र पछि सोही मौका कागजमा वारदातको समय साथैमा थियो भन्ने लेखेकोबाट पोल गरेको कुरा परस्परमा बाझीएको देखिन आएपछि सर्वजीतको कुरा डुंडेको हकमा साँचो रहेछ भनी मान्न नहुने । जुठे भन्ने स्यालसिंहको पनि शुरू कागज पुलिसमा हुँदा मित डुंडेको भाग रू. ५५। लिई राखेको भन्ने लेखेकोबाट पनि साथैमा भएको भए सो समयमा जूठेले लिई राख्नु पर्ने अवस्थै पर्न सम्भव नहुने र सो वारदात विषयमा डुंडे (गोकुलबहादुर) सँग कुनै किसिमको राय सल्लाह भएको पनि निजको भनाई नभएको र साक्षी सर्जमीनले पनि डुंडे (गोकुलबहादुर) लाई देखे चिन्हे शंका समेत नगरेकोले डुंडे (गोकुलबहादुर) यो वारदातमा सरिक भई डाका गरे गराएको ठहर्दैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४ - कुटपीट

 फैसला मिति:२०१४/११/०९  डिभिजन वेन्च इजलास  २२१८
 पुनरावेदक/ प्रतिवादी : पूर्णनारायण प्रधान समेत बिरुद्ध विपक्षी/वादी : बृजराज राजभण्डारी

(१) रिभ्यूको निवेदन परी खारेज नभई दायर रहेकोमा–त्यस टाइमको मुद्दा शाही आदेशबमोजिम दोहराउनु पर्ने भएमा–डिभिजन बेञ्चले शाही आदेशबमोजिम निवेदनलाई कायम राखी दोहराई हेर्नुपर्ने ठहराएमा–शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्या ई हेर्नु पर्ने । सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । रिभ्यू गरी फेरी हेरी पाउँ भनी दिएको निवेदन खारेज नगरी दायर रहेकै अवस्था त्यस टाइमका मुद्दा दोहर्याीई हेरी दिने शाही आदेश जारी भई सोही निवेदन कायम राखी शाही आदेशबमोजिम दोहर्याीई हेर्नु पर्ने ठहराई डिभिजन बेञ्चबाट आदेश दिई दोहरिई दायर भएको देखिनाले शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्याभई हेर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३ - थैली बुझाई पाउँ

 फैसला मिति:२०१२/०१/१३  डिभिजन वेन्च इजलास  ३९९६
 पुनरावेदक/ प्रतिवादी : उदयबहादुर गौली समेत बिरुद्ध विपक्षी/वादी : टेकबहादुर गौली क्षेत्री

(१) पेश गरिएका तमसुकहरूमा–कुनै पास भएको र कुनै पास नभएको भएमा–पास गराउनु नपर्ने भए पनि–हदम्याद गुज्रेको देखिएमा–लख सारेको भए पनी–पास भएको थैली मात्र बुझाउनु पर्ने । धनी धनबहादुर ऋणी बलबहादुर भएको मोरू १३०। को ९७।९।१६ को रजिष्ट्रेशन पास भएको लिखत बाहेक अरू मिति मितिको तमसुक पास गर्नु नपर्ने अवस्थाको भोगबन्धकी दृष्टीबन्धकीको तमसुक देखिए तापनि सो तमसुकहरूमा यति जग्गा यति तिरो यस ठाउँमा गर्नुपर्ने भन्ने केही नखुलेको । जग्गाको नाउँसम्म लेखेको । दृष्टीबन्धकमा भएको भाखा बाद र भोगबन्धकीमा भोग लिएका मितिदेखि सो लिखतमा लेखेका जग्गा तिरो भरो गरेको कुनै रसिद प्रतिवादीले दिन नसकेकोबाट हदम्याद गईसकेको देखिनाले यस्तो हदम्याद गईसकेको लिखत दाताहरू बेपत्ता भईसकेपछि लख लिई हाल मात्र भोग गरेको देखेको हुँदा अरू शुरू अपीलका फैसलामा लेखेका बुँदा प्रमाणबाट समेत सो रजिष्ट्रेशन पास पर्ने भएको तमसुक समेत सौपाई घरायसमा लख लिई सो पास भएकै तमसुकका नाताबाट प्र. उदयबहादुरले जग्गा खाईरहेकै हुँदा सो रजिष्ट्रेशन पास भएको थैली मोरू. १३०। फुल बेञ्चका आदेशबमोजिम बुझाई निखनी लिन पाउने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२ - जग्गा हटक जालसाज

 फैसला मिति:२०१५/०३/३१  फूल बेन्च इजलास  २१३३
 पुनरावेदक/ प्रतिवादी : मनोरथ उपाध्याय बिरुद्ध विपक्षी/वादी : विष्णुप्रसाद उपाध्याय समेत

(१) आखिरी तह आईसकेको मुद्दामा–कानूनले समेत बाधा अड्काउ नहुने भए आखिरी तहबाटै इन्साफ तहकिकात गरी दिने । यस्तो १ तह इन्साफ गरिसकेको मुद्दामा अरू तहबाट खारेज गर्ने गरेको भए पनि आखिरी तह आईसकेको फेरी फिर्ता पठाउने गर्दा मुद्दावाला रैती दुनियाँलाई असुविधा दुख हुन जाने हुनाले र कानूनले समेत बाधा अड्काउ नहुने भएबाट यस्तोमा अब उप्रान्त आखिरी तह आईपुगेकोमा जो ठहर्छ आखिरी तहबाटै ईन्साफ तहकिकात गरी दिने ०१४।९।१९।५ को डिभिजन बेञ्चको राय फैसला मनासिव छ ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु