विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १५९९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

 फैसला मिति:२०३९/०९/११  डिभिजन वेन्च इजलास  २७६३
 पुनरावेदक/ प्रतिवादी : निवेदिका : का.जि.का.न.पं.वडा नं.११ थापाथली प्रसुती गृह बस्ने डा.दिव्यश्री मल्ल बिरुद्ध विपक्षी/वादी : विपक्षी : बागमती अञ्चल अदालत काठमाडौं नगर पञ्चायत कार्यालय धर्मपथ सचिव का.न.पं.वडा नं.१५ वडा समिति

(१) एउटा निश्चित पूर्वावस्थाको विद्यमानतामा प्रयोग गर्न सकिने अधिकारलाई हक बेहक समेतको प्रश्न समावेश भएको सो भन्दा एकदमै भिन्नै कुरामा प्रयोग गरेकोलाई अधिकार नाघी निर्णय गरेको भन्नु पर्ने हुन्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९८ - जग्गा खिचोला

 फैसला मिति:२०३९/१०/२०  डिभिजन वेन्च इजलास  ३०४२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी : जिल्ला चितवन भरतपुर गा.पं.वार्ड नं.११ बस्ने रामबहादुर गुरुङ्ग बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : जि.चितवन बसन्तपुर बस्ने बोधकुमारी घिमिरे समेत, चितवन जिल्ला भरतपुर गा.पं.वार्ड नं.३ नौरंगे बस्ने शनिल्चरा दराई

(१) जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी डिसमिस फैसला भैसकेको कुरामा अब फेरि सोही जग्गामा खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन। (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९७ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/१०/११  डिभिजन वेन्च इजलास  २५६४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सिं.पा.जि.बार्हुबिसे गा.पं.वडा नं.९ जम्बुटोल बस्ने धनबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : शा.अ.श्री रामप्रसाद अमात्य, जिल्ला भूमिसुधार शाखा सिन्धुपाल्चोक, सिं.पा.जि.रामचे मानेश्वर गा.पं.वर्डा नं.५ को हाल मानेश्वर गा.पं.वडा नं.२ बस्ने आइत सामी भन्ने ठूलो आइते साल्मी

(१) कुनै सबूत प्रमाण नखुलाई आधार समेत नदेखाई गरेको निर्णयलाई न्यायिक मन प्रयोग गरी निर्णय गरेको भन्न सकिने अवस्था रहँदैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९६ - अपुताली

 फैसला मिति:२०३९/१०/०६  डिभिजन वेन्च इजलास  २३२२
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : भ.पु.जि.बोडे नछु टोल बस्ने जगतनरसिंह अकल बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.प.जि.वनेपा भोलाखा टोल बस्ने लाटीपुतली श्रेष्ठ

(१) छोरा पाएको कारणले सो छोरा पाउने सम्बन्धको विषयमा पनि वादीलाई अघि नै थाहा थियो भनी अनुमान गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९५ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/१०/१८  डिभिजन वेन्च इजलास  २३००
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ना.अं.जि.म.हे.न.पं.वडा नं.१बस्ने जंगलचा नेवार भन्ने जनकलाल तजु श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.म.हे.न.पं.वडा नं.१ हेटौडाबजार बस्ने सोममाया पिठाकोटी मगरसमेत

(१) भूमिसुधार शाखाले सरजमिनको आधारमा भू.सं.ऐन, २०२१ को दफा २५ (२) अन्तर्गत मोही कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९४ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/०९/१९  डिभिजन वेन्च इजलास  २७८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : रौतहट जिल्ला कटहरिया गा.पं.वडा नं.३ बस्ने सरपलाल राय यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय, गौर रौतहट समेत

(१) प्रतिवाद नगरेपछि मिसिल साथ रहेका प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/१०/२५  डिभिजन वेन्च इजलास  २३४४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सिं.पा.व.सिंधुकोट गा.पं.वार्ड नं.६ को हाल बाँसवारी गा.पं.वडा नं.२ आपचौर घर भई हाल सिं.पा.जि.चौतारा कारागारमा गैरकानूनी थुनामा रहेको माधवप्रसाद नेपालको हकमा शिवलोचन नेपाल बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय सिं.पा.जि.चौताराका प्रमुख जिल्ला अधिकारी

(१) केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को संशोधन सहितको दफा ५ (३) बमोजिम चित्त नबुझ्नेको पुनरावेदन सुन्ने अञ्चल अदालतमा उजुर लाग्न सक्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/१०/२१  फूल बेन्च इजलास  २३८५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.महोत्तरी मनराकट्टी गा.पं.वार्ड नं.६ बस्ने अरुणकुमार सिंहराजपुत बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री महाप्रबन्धकज्यू, साझा प्रकाशन, (साझा संस्था लिमिटेड) केन्द्रिय कार्यालय ललितपुर समेत

(१) एक महिनाको तलब दिने गरी निवेदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु