७ खोजी नतिजाहरु
निवेदकले पेश गरेको हिसाव कितावलाई अमान्य घोषित नगरी अघिकै निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको निर्णय बदर हुने ।
(प्रकरण नं. ७)
(२) राजस्व न्यायाधीकरणबाट कर निर्धारण बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धित पक्षलाई राखी निर्णय गरेको देखिएन साथै जे जति रकम निर्धारण भएको थियो सोही रकम रू.१७०१०। पुनः कायम पनि गरिएकोबाट कानूनले निर्धारित गरेको प्रक्रिया नअपनाई रीत सम्म पुर्याधउने उद्देश्यले पर्चासम्म खडा गरेको हुँदा राजस्व न्यायाधीकरणबाट बदर गर्ने गरेको निर्णय निरर्थक हुन गएको छ । तसर्थ पक्षलाई समेत उपस्थित गराई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको हुँदा कर अधिकृतको निर्णय बदर हुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
जग्गा खरीद गरी लिनुदिनु भएको र यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार नगर्नु भएकोले वादीको नाति, छोरा र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नातीले बिक्री गरेको लिखत व्यवहार प्रमाण र दर्ता भोगबाट समेत वादी प्रतिवादीको बीच बण्डा भइसकेको लिखत बदर भई बण्डा हुने ठहराएको बदर हुने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
बण्डापत्र मध्येको घर रू.१९९९।– मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन भनी वादीले भन्न सकेको छैन । अंशबण्डा नहुँदै अंश लाग्ने घर हकै टुटिने गरी व्यवहार मिलाउन बिक्री व्यवहार भए गरेको होला भन्ने सम्झन मिल्ने अवस्था देखिँदैन, व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रष्ट देखिन आएको हुनाले अंशबण्डा गरिरहन पर्ने अवस्था नहुने ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
(१) रिट निवेदकले नियमावलीमा तोकिए बमोजिमको विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषयको परीक्षा दिनु भएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अधिकार प्राप्त निकाय परीक्षा नियन्त्रण कार्यालयले निजको उपरोक्त नियमावली अनुरूप नदिएकोमा परीक्षालाई मान्यता नदिने गरेको कानून अनुरूप देखिने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
) प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कारी भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोडले घाँटी माडेको कारणबाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिपोर्टबाट समर्थित हुन आएको छ । निवेदकहरूले प्रहरी समक्ष गरेको उक्त बयान निजहरूको इच्छा विरुद्ध भएको भनी भन्न सकिने कुनै आधार देखिँदैन तसर्थ प्रतिवादी जलिल भन्नेलाई ज्यान सम्बन्धीको १३(४) र मोहर अलि मुसलमानलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्
स्वयम निवेदक प्रतिवादीले यो यस कारण परिवन्ध परी रिस थाम्न नसकी साधारण लठ्ठी, ढुंगा, हात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । चश्मदिद् बाबुरामले ढुंगाले मर्ने जोखे तामाङको छातीमा हिर्काएको भनी बकपत्र गरेबाट जोखे तामाङको मृत्यु कर्तव्यबाटै भएको रहेछ भन्ने सिद्ध हुने आयो, अभियुक्त उपर किटानी जाहेरी दरखास्त परेको र अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरे पनि वारदात स्थलमा आफू रहे भएको कुरामा सावित भएको र घटना घटेको समय भन्दा अगावै उक्त स्थानबाट आफ्नो घर तर्फ गए भन्ने कुराको प्रमाण बाबुरामले दिन गुजार्न सकेको पाइंदैन । चश्मदिद साक्षीले ढुंगाले छातीमा हिर्काएको भन्ने कुरा लासप्रकृति मुचुल्काले समर्थन गरेकोबाट प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा (६) को त्रुटिपूर्ण व्याख्या गर्दै ऐ.ऐनको दफा १३ को समेत गलत प्रयोग गरी “हालसम्म कायम भइरहेको” भन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्न शाक्यलाई विवादको जग्गाको मोही कायम गर्ने गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्