विस्तृत खोजी

 
 
 
 
 
      

१५ खोजी नतिजाहरु

निर्णय नं. ११२०५ - धर्मलोपसमेत

 फैसला मिति:२०७९/११/१८  संयुक्त इजलास  ५४४
 पुनरावेदक/ प्रतिवादी : रत्नबहादुरको नाति, भैरवबहादुरको छोरा, साबिक भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.९ चोछें घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.६ बौद्ध बस्ने रामकाजी कायस्थ बिरुद्ध विपक्षी/वादी : रत्नमानको नाति, रत्नलालको छोरा, गोपाल कायस्थ परलोक भई निजकी पत्नी काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१६ बस्ने भवानी कायस्थसमेत

शेषपछिको दानपत्रबमोजिम गुठी राखिएका जग्गाहरू गुठीको लिखतबमोजिमको काममा प्रयोग नभई बेचबिखनलगायतको कार्यहरू गरी धर्मलोप गरेको भन्ने प्रश्न समावेश भएको देखिएको र यस्तो विषयमा मुलुकी ऐन, गुठीको महलको १६ नं. ले निश्चित अवधिभित्रै नालिस गर्नुपर्ने गरी हदम्यादको व्यवस्था गरेको नदेखिँदा ४७ वर्षपछि नालिस पर्न आएको बेहोरालाई आधार बनाई विवादको तथ्यभित्रै प्रवेश नगरी फिराद हदम्यादभित्रको नदेखिएको भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८० नं. बमोजिम भनी फिराद खारेज गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२०४ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०८०/०३/०४  संयुक्त इजलास  ११६६
 पुनरावेदक/ प्रतिवादी : तेह्रथुम जिल्ला सावला गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला का.म.पा.वडा नं.२९ बस्ने वर्ष ४१ को अधिवक्ता खगेन्द्र सुवेदीसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

फेवाताल प्राकृतिक, जैविक विविधता, वातावरण तथा पारिस्थितिक प्रणालीका रूपमा संवेदनशील र रमणीय सौन्दर्यले भरिपूर्ण भएको सार्वजनिक महत्त्व बोकेको संरक्षित सम्पदाहरूलाई सार्वजनिक हितबाहेक अन्य निजी तथा व्यावसायिक लाभका लागि निजी सम्पत्तिसरह प्रयोग गर्नु वा गर्न दिनु सार्वजनिक विश्वास तथा हितविपरीत हुन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२०३ - हक कायम

 फैसला मिति:२०७९/०८/१४  संयुक्त इजलास  १०६४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, नयाँपाटी गा.वि.स. वडा नं.९ बस्ने वेदनाथ भण्डारीको नाति पोथरनाथ भण्डारीको छोरा अर्जुनप्रसाद भण्डारी बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १३ चोभार बस्ने भक्तबहादुरको नाति नरेन्द्रबहादुरको छोरा नरेश कटुवाल

कुनै पनि विवाद लिएर कुनै पक्षले अदालतमा प्रवेश गर्दा पक्षले के कति दाबी लिएको छ सो दाबीमा सीमित भएर अदालतले फैसला गर्नुपर्ने । वादीले लिएको दाबीभन्दा बाहिर गएर अदालतले बोल्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२०२ - कर्तव्य ज्यान

 फैसला मिति:२०८०/०५/३१  संयुक्त इजलास  ९३२
 पुनरावेदक/ प्रतिवादी : नित्यानन्द साहको छोरा, भारत बिहार राज्यको अररिया जिलाल जोगबनी हरिपुर महेश्वरी वडा नं.१६ घर भई हाल कारागार कार्यालय, सप्तरी राजविराजमा थुनामा रहेको वर्ष २६ का जिवछ साह बिरुद्ध विपक्षी/वादी : शिवानन्द साहको जाहेरीले नेपाल सरकार

प्रतिवादीहरूबिच चिनजान र फोन सम्पर्क स्थापित हुनु मात्र पनि कसुर प्रमाणितका पर्याप्त आधार हुन नसक्ने । तर उक्त चिनजान र फोन सम्पर्कले प्रतिवादीहरूको मौकामा आरोपित कसुरमा साबित रही गरेको बयानमा उल्लिखित तथ्य स्थापित हुने । फरक फरक समय र लामो समयको अन्तरालमा भएको प्रतिवादीहरूको मौकाको साबिती बयानमा गरिएको वारदातको विस्तृत र सिलसिलेवार विवरणमा तथ्यगत तादम्यता देखिनुबाट समेत प्रतिवादीहरूको मौकाको बयान समर्थित हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२०१ - अंश चलन

 फैसला मिति:२०७९/०९/२०  संयुक्त इजलास  ११६०
 पुनरावेदक/ प्रतिवादी : गुरूप्रसाद भन्ने रविरमण शर्माको छोरा काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३२ घर भई हाल Nagoya City Tempakuku Montea Kuroishi 2-105 Kuroishi 1st Floor जापान बस्ने वर्ष ४६ को कृष्णप्रसाद शर्माको अ.वा. लम्जुङ जिल्ला, कुन्छा गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, टोखा न.पा. वडा नं. ८ बस्ने मिनाकुमारी शर्मा गौली बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ४६ की सुभद्रादेवी विष्ट शर्मासमेत

अंश दिनु पर्ने व्यक्तिले मेरा यी यी व्यक्तिहरू अंशियार हुन् भने पनि निजहरूबिच अंश बन्डा नभएको तथा एकासगोलमै रहेको भन्ने प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिउपर नै प्रमाणको भार रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२०० - दूषित नामसारी निर्णय लिखत दर्ता बदर

 फैसला मिति:२०७९/१०/१८  संयुक्त इजलास  २६५६
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. २० बस्ने सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति भई आफ्नो हकमा समेत ऐ. बस्ने अमिरराज जोशी बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २० विच्छेवहाल बस्ने गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत ऐ. वडा नं. १६ नयाँबजार बस्ने उत्तमलाल जोशीको छोरा सुनिललाल जोशीसमेत

सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने । शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९९ - उत्प्रेषण

 फैसला मिति:२०७९/०३/१५  संयुक्त इजलास  ७४४
 पुनरावेदक/ प्रतिवादी : डोटी जिल्ला, साबिक लाटामाडौं गाउँ विकास समिति वडा नं. २ हाल परिवर्तित शिखर नगरपालिका वडा नं. ७ बस्ने जंगबहादुर रावलको नाति नरबहादुर रावलको छोरा काठमाडौं उपत्यका खानेपानी कार्यालयमा प्राविधिक सेवाअन्तर्गत सिभिल समूहको इन्जिनियर पदमा कार्यरत सुरेन्द्रबहादुर रावलसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

संविधान र कानूनको हदमा रही विशेष व्यवस्था गर्ने गरी समावेशी राज्य संरचनाको निमित्त गरिएको व्यवस्था समानताको प्रतिकूल भनी बुझ्न नमिल्ने । समावेशिताको निमित्त ल्याइएको विशेष व्यवस्थालाई कुनै वर्ग वा व्यक्तिको हक हित प्रतिकूल नभई सामाजिक वा भौगोलिक कारणले कुनै लिङ्ग, जाति, भाषा, धर्म, क्षेत्रको कारणले पछाडि परी सिर्जित खाडललाई परिपूर्ति गरी सन्तुलित समाज निर्माण गर्ने अल्पकालीन उपाय (temporary measures) को रूपमा हेर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९८ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७९/११/११  संयुक्त इजलास  ८५५
 पुनरावेदक/ प्रतिवादी : जुम्ला जिल्ला, साबिक कार्तिकस्वामी गा.वि.स., वडा नं. ३ परिवर्तित चन्दना नगरपालिका, वडा नं. १० स्थायी ठेगाना भई शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लामा शाखा अधिकृत (इकाइ प्रमुख) पदमा कार्यरत मक्करबहादुर भण्डारी बिरुद्ध विपक्षी/वादी : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

कानूनमा उपचारको मार्ग स्पष्ट रूपमा तोकिदिएको अवस्थामा सो वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी असाधारण क्षेत्राधिकारमा प्रवेश गरी आएको रिट निवेदनको आधारमा कानूनले तोकेका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी न्यायिक निरूपण गर्दाको अवस्थामा मातहतका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकार कुण्ठित हुन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९७ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७९/१०/१२  संयुक्त इजलास  ७६८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ललितपुर, साबिक ठेचो गा.वि.स., वडा नं.७ परिवर्तित गोदावरी नगरपालिका वडा नं.२ बस्ने सुशिल डंगोलसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

समानता सर्वव्यापी वा निरपेक्ष हुन नसक्ने र असमान वर्ग वा समानहरूका बिच मात्र लागु हुने गरी बेग्लै कानून निर्माण गर्न वा कुनै खास प्रशासकीय निर्णय गर्न सकिने भए तापनि त्यस्तो कानून वा निर्णय बोधगम्य हुनुपर्ने र कानून तथा त्यस्तो निर्णयको उद्देश्य र हासिल गर्न खोजेको लक्ष्यका बिचमा स्पष्ट सम्बन्ध रहेको देखिनुपर्ने । वर्गीकरण नै हुन नसक्ने अवस्थामा बनावटी प्रकारको वर्गीकरण गरी कुनै कानून जारी भएमा वा कुनै निर्णय भएमा भेदभाव गरेको मानिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९६ - परमादेशसमेत

 फैसला मिति:२०७९/०४/०६  संयुक्त इजलास  ६३८
 पुनरावेदक/ प्रतिवादी : भारतको हिमाञ्चल प्रदेश भोजपुरमा मुख्य कार्यालय रही नेपालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा शाखा कार्यालयको रूपमा दर्ता गरी रामेछाप जिल्ला, रामेछाप न.पा.१ साँघुटारमा शाखा कार्यालय रहेको पर्वत इनर्जी प्रा.लि.का. तर्फबाट अख्तियार प्राप्त ऐ. कम्पनीका सञ्चालक भारतको कुल्लु जिल्ला ढालपुर स्थायी ठेगाना भई रामेछाप न.पा. वार्ड नं.१ बस्ने नानापनेनी गंगाधर राव बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमेत

यदि कुनै साधिकार निकायबाट अनुमति लिनुपर्नेमा त्यस्तो अनुमतिपत्र प्राप्त नभई वा नवीकरण हुनुपर्नेमा सो नभई कुनै व्यक्ति वा निकायले कार्य गर्न सक्दछ / पाउँछ भन्ने अनुमान गर्न नसकिने । तथापि आफूले गर्दै गरेको कार्य प्रगति अवरूद्ध गरी कुनै पनि काम नगरी बस्नुपर्छ भन्ने कानूनको मनसाय पनि नहुने । नवीकरणको कार्यविधिले पूर्णता पाउनुअघि पनि अनुमति प्राप्तकर्ताको जिम्मेवारी तथा दायित्वसमेतले निरन्तरता पाउने अवस्थाका सम्बन्धमा सम्बन्धित निकाय संवेदनशील हुनुपर्ने । अभिभावकीय भूमिकामा समेत रहेको राज्यले यसको लागि केही सकारात्मक पहल गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९५ - कर्तव्य ज्यान

 फैसला मिति:२०७९/०५/१५  संयुक्त इजलास  १२२७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पश्चिम रूकुम, साबिक पिपल गा.वि.स., वडा नं. २ हाल बाँफिकोट गाउँपालिका, वडा नं. १ लागिम घर भई हाल कारागार कार्यालय, अर्घाखाँचीमा थुनामा रहेका रमेश वि.क.समेत बिरुद्ध विपक्षी/वादी : बिना घर्ती मगरको जाहेरीले नेपाल सरकार

आवेश प्रेरित हत्यामा पीडितको कारणबाट पनि प्रतिवादीले आफूले आफैँलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भई आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा सोही आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने । यो उत्तेजना योजनाबद्ध वा पहिलेदेखि नै विद्यमान रहेको नभई तत्काल नै मृतकको व्यवहारका कारणले जन्मेको हुनुपर्ने र आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन घटनाको परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९४ - उत्प्रेषण

 फैसला मिति:२०७८/११/११  संयुक्त इजलास  ६५५
 पुनरावेदक/ प्रतिवादी : स्व. प्रताप राउत अहिरको नाति स्व. क्षत्री राउतको छोरा जिल्ला पर्सा गा.वि.स. हरपतगन्ज वडा नं.२ हाल परिवर्तित वीरगन्ज म.न.पा. वडा नं. २० बस्ने अ. वर्ष ७२ को देवनाथ राउतसमेत बिरुद्ध विपक्षी/वादी : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जसमेत

लेनदेनको तमसुक लिखत हुँदाको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ८ र ९ नं. मा रहेका व्यवस्थाअनुसार घरका मुख्य भई व्यवहार गर्ने व्यक्तिको सहमति रहेको नदेखिएको अर्थात् तमसुक लिखतमा निजको सहीछाप नरहेको अवस्थामा अन्य अंशियारहरूको हक लाग्ने गोश्वारा धनबाट भरिभराउ गर्न नमिल्ने । यस अवस्थामा ऋणीको आफूखुस गर्न पाउने सम्पत्तिबाट मात्र बिगो भरिभराउ गरिदिनुपर्ने । मुद्दाका पक्षहरूबिच कानूनबमोजिम भएको मिलापत्रलाई निष्प्रयोजन तुल्याउने गरी व्यवाहारिक सुविधा वा असुविधाको कारण देखाएर ऋणीबाहेकका अंशियारहरूको अंशभागमा परेको सम्पत्तिबाट बिगो भराउन नमिल्ने; ऋणीकै नामको सम्पत्तिबाट बिगो भराइदिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९३ - उत्प्रेषण

 फैसला मिति:२०७९/०५/१९  संयुक्त इजलास  ३६३
 पुनरावेदक/ प्रतिवादी : गोली राउतको नाति, बाबुलाल राउत अहिरको छोरा, जिल्ला बारा, गा.वि.स. कवहीगोठ, वडा नं. ७ घर भई सशस्त्र प्रहरी गण नं. ३ गुल्म नं. ४ रातोमाटे मकवानपुर दरबन्दी भई वडा प्रहरी कार्यालय, श्रीपुर, पर्सामा कार्यरत पूर्व प्रहरी हवल्दार केशव (केश्वर) प्रसाद यादव बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय, पर्सासमेत

सुरक्षासँग सम्बद्ध प्रहरी सङ्गठन Chain of Command मा सञ्चालित हुने । जुनसुकै सङ्गठनमा पनि अनुशासनको अत्यधिक महत्त्व रहेको हुने । अहोरात्र जनताको जिउधनको सुरक्षार्थ खटिनुपर्ने कर्तव्यमा तत्पर रहनुपर्ने प्रहरी कर्मचारीले विना सूचना लामो समयसम्म कार्यालयमा गैरहाजिर रहँदा निजलाई कानूनबमोजिम विभागीय कारबाही हुनु मनासिब नै हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९२ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७९/११/०४  संयुक्त इजलास  ७४५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं.२८ डिल्लीबजार चारखालस्थित रजिस्टर्ड कार्यालय रहेको दी मेडिकल सोलुसन प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ.को सञ्चालक अशोककुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : का.जि.का.म.न.पा.वडा नं.१३ स्थित सार्वजनिक खरिद पुनरावलोकन समिति, रेडक्रस मार्ग, ताहाचल, काठमाडौंसमेत

सार्वजनिक खरिदको मूल उद्देश्य सार्वजनिक खरिदलाई गुणस्तरीय, सामयिक र लागत प्रभावकारी (qualitative, timely and cost effective) बनाई मालसामान, सार्वजनिक निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवाहरूको प्राप्ति गर्नु हो, तर वस्तु वा सेवाको माग र पूर्ति वा प्राप्ति गर्नु मात्रै पनि सार्वजनिक खरिदको उद्देश्य नहुने । सार्वजनिक खरिदबाट कुनै पनि सेवा वा सामानको खरिद गर्दा मूल्य सार्थकता, मितव्ययिता, पारदर्शिता र कार्यदक्षतासमेतलाई मध्यनजरमा राख्नुपर्ने । अझ अस्पतालजस्तो संवेदनशील संस्था, जहाँ मानिसको जिउ ज्यानसँग सम्बन्धित रहेको हुन्छ, त्यहाँ उपकरणहरू खरिद गर्दा गुणस्तरलाई उच्च प्राथमिकतामा राखी हेर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७९/१२/०९  पूर्ण इजलास  १०४५
 पुनरावेदक/ प्रतिवादी : हाल मुद्दा पुर्पक्षको लागि बालसुधार गृह, सानोठिमी, भक्तपुरमा रहेका परिवर्तित नाम १७ (कालिञ्चोक १२०) बिरुद्ध विपक्षी/वादी : जिल्ला सरकारी वकिल कार्यालय, दोलखासमेत

मुद्दामा दुवै पक्ष बालबालिका रहेकोमा पीडित र प्रतिवादी दुवैको अवस्थालाई समेत विचार गरी बालसुधार गृहमा राख्ने कि अभिभावकको जिम्मा लगाउने भनी आदेश गर्नुपर्ने । कानूनको विवादमा परेका बालबालिकालाई समाजमा राख्दा समाज र पीडितले असुरक्षा तथा अन्यायको महसुस गर्नसक्ने अवस्था रहेमा पीडितको अधिकारलाई समेत ध्यानमा राखी हेर्नुपर्ने । यसरी कानूनको विवादमा परेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउनुपर्ने अवस्थामा पनि त्यस्ता बालबालिकालाई समाजबाट हुनसक्ने असुरक्षाको स्थिति र त्यस्ता बालबालिकाका कारण समाजले असुरक्षा महसुस गर्ने स्थिति देखिएमा बालसुधार गृहमा राख्नु उपयुक्त हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु