विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १४७६ - ज्यान

 फैसला मिति:२०३८/०५/०५  डिभिजन वेन्च इजलास  २३३९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : जि. बारा झिटकया पञ्चायत वार्ड ३ मा बस्ने शान्ति गोसाई सरमेगीनी

इनारमा डुबी मरेको बालक प्रतिवादीकै हो भन्ने कुरा वादीबाट प्रमाणित हुन नसकेकोले प्रमाणको अभावमा प्रतिवादीले आफ्नो छोरीलाई इनारमा डुबाई कर्तव्य गरी मारेको होला भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७५ - अधिकारपृच्छा वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/११  डिभिजन वेन्च इजलास  ४३२७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.गा.पं. बुढानिलकण्ठ वार्ड नं. ९ बस्ने रामबहादुर क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी : एस.ओ.एस.बालग्राम सानो ठिमी, बस्ने रमेशकुमार शर्मा

नेपालको संविधानको धारा १०(३) मा सरकारी सेवा वा अरू कुनै सार्वजनिक सेवाको नियुक्तिमा कुनै पनि नागरिक माथि केवल धर्म, वर्ण, लिंग, जात जाती वा ति मध्ये कुनै कुराको आधारमा भेदभाव हुने छैन भनी व्यवस्था गरेको संविधानको उक्त धारा १०(३) अन्तर्गत निवेदकको माग जिकिर पर्न आएको देखिन आएन । यस स्थितिमा निवेदकको माग जिकिर अनुसार निवेदकको हकमा उक्त १०(३) आकृष्ट हुनसक्छ भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/०९  डिभिजन वेन्च इजलास  २५७९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : कञ्चनपुर जिल्ला देखिन मुली गा.पं. वडा नं. ६ जाइबस्ने कल्लु राणा बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ. बस्ने छत्र राणा थारुसमेत

दावी भन्दा बढी कुराको निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/१६  डिभिजन वेन्च इजलास  २६२९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : महोत्तरी जि.धर्माराभवानीपुर गा.पं. वडा नं. ८ बस्ने सुरेशप्रसाद सिंह राजपुत बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकारी प्रेमकुमार वान्तवा भू.सु.का.महोत्तरीसमेत

पक्षहरूले पेश गरेको प्रमाणहरूको उचित मूल्यांकन गरी भूमिसुधार अधिकारीले निर्णय गर्नुपर्नेमा नगरी गरेको निर्णयमा अ.बं.१८४क. को त्रूटि भएको देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/२२  डिभिजन वेन्च इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.काठमाडौं नगरपञ्चायत फसिकेब स्थित मारबाडी सेवा समिति नेपालको तर्फबाट अधिकार प्राप्त सभापति विहारीलाल खेतानसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयसमेतं

जग्गा प्राप्ति ऐन, २०१८ को दफा ४(२) बमोजिम जग्गामा गर्नु पर्ने टाँस पूर्जि नै नगरी दफा ७(१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले निर्णय गरेको देखिएकोले जग्गा प्राप्त गर्ने गरेको गैरकानूनी निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/२६  फूल बेन्च इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. धनकुटा गा.पं.धनकुटा बजार वडा नं. ४ बस्ने दुर्गा पोखरेल बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री उपकूलपति त्रिभुवन विश्वविद्यालय किर्तिपुरसमेत

कर्तव्यमा लापरवाही के कुन कारणबाट भयो भन्ने कुराको आधार र कारणमा विद्यार्थीहरू लाई भड्काउने, दलगत राजनीतिमा लाग्ने, हड्तालमा विद्यार्थीहरूका तर्फबाट पर्चा लेखी छपाउन मद्दत गर्ने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उचित र पर्याप्त कारण नै उल्लेख नगरी डिनले निर्णय गरेको भन्न सकिने अवस्था रहेन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/१२  फूल बेन्च इजलास  २८०४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. का.न.पं. वडा नं. २३ झोछे बस्ने सानुमैया श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक

(१) घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छु्याउनु पर्ने देखिन आएमा हक बेहक छुट्याई आएपछि मात्र नक्सा गर्नुपर्नेमा सो बमोजिम नगरी साझा बाटो कायम गरी नक्सा पास गरी दिने गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४६९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०५/१६  फूल बेन्च इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : बर्दीया जिल्ला नेउलापुर गा.पं.वार्ड नं. १ बस्ने कौशलेश्वरी देवी उपाध्यय बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय बर्दीयाका प्रमुख जिल्ला अधिकारी श्री माधवदास श्रेष्ठसमेत

कानूनी व्यवस्था अनुसार भूमिप्रशासन कार्यालयमा थैली धरौट राखी हक निखन्न पाउँ भनी दरखास्त दिने निवेदिकाले हक निखनी लिन पाउने ठहराएको भू.प्र.का.बर्दीयाको निर्णयलाई बदर गरी घरसारमा रुपैयाँ“ बुझाई लिनेको रजिष्ट्रेशनको ४४ नं. को अधिनमा रही रजिष्ट्रेशनको ३७ नं. बमोजिम अड्डामा रहेकाको श्रेष्ता सच्याई लिन पाउने ठहर्छ भन्ने गरेको विपक्षी जिल्ला कार्यालय बर्दीयाका प्रमुख जिल्ला अधिकारीको निर्णय कानूनी त्रुटिपूर्ण निर्णय देखिन आएकोले उत्प्रेषणको आदेश जारी भई सो निर्णय बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु