विस्तृत खोजी

 
 
 
 
 
      

६ खोजी नतिजाहरु

निर्णय नं. १५६८ - अदालतको अवहेलना ।

 फैसला मिति:२०३९/०६/१०  सिङ्गल बेञ्च इजलास  २५८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : अधिवक्ता श्री बिष्णुप्रसाद भट्टराई बिरुद्ध विपक्षी/वादी : विपक्षी : सम्माननीय प्रधान मन्त्री श्री सूर्यबहादुर थापा समेत

कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सबैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा निरन्तर प्रवाहित भइरहेको हुन्छ । यसको गतिमा कुनै कुराले अवरोध उत्पन्न गर्दैन, तबसम्म अदालतको गरिमामा आघात पर्योम भन्न सकिने स्थिति हुँदैन । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६७ - अवहेलना

 फैसला मिति:२०३९/०६/०८  डिभिजन वेन्च इजलास  ४६४१
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी : बागमती अञ्चल का.जि.ज्ञानेश्वर बस्ने कर्ण शमशेर राणा बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : बागमती अञ्चल का.जि.का.न.पं.वडा नं.१७ कालधारा बस्ने अधिवक्ता प्रकाश वस्ती

(१) कुनै कार्य वा प्रकाशन अवहेलनाजनक छ वा छैन सो कार्य वा प्रकाशनमा व्यक्त भएका कथनबाट नै अवहेलनाजनक छ वा छैन विचार गरिन्छ, अवहेलनाजनक मनसाय छ वा छैन त्यो कुराको विचार गरिन्न । अवहेलनाको कारवाईमा अवहेलनाजनक मनसायको अभावको तर्क ग्राह्य हुन सक्ने देखिन्न । ( प्रकरण नं. ५२) (२) थोरै सजायको आदेश दिँदा पनि न्यायको मकसद पुरा हुन सक्ने । (प्रकरण नं. ५९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ ।

 फैसला मिति:२०३९/०६/१०  डिभिजन वेन्च इजलास  २५८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.रुपन्देही शंकर नगर गा.पं.वार्ड नं.३ शंकर नगर घर भई हाल जिल्ला कारागार रुपन्देही भैरहवामा थुनामा रहेकी लक्ष्मीदेवी गुरुङ्गको हकमा निजको भाइ ऐ.बस्ने प्रेमराज गुरुङ्ग बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय लुम्बिनी अञ्चल जि. रुपन्देही, जेलर जिल्ला कारागार जि.रुपन्देही भैरहवा, बुटवल प्रहरी थाना बुटवल जि.रुपन्देही

(१) लेनदेन नासो सम्बन्धका कुराको विषयलाई लिई सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग हुन नसक्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०६/०८  फूल बेन्च इजलास  २३४७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : पर्सा वीरगञ्ज न.पं.वार्ड नं.८ बस्ने हरिप्रसाद मारवाडी बिरुद्ध विपक्षी/वादी : विपक्षी : वी.न.पं.वार्ड नं.११ बस्ने प्रमोदकुमार अग्रवालसमेत

१. प्रतिवाद गर्ने अवसर प्राप्त भई विवाद उत्पन्न गरिनु भन्दा अगावै हक बेहकको प्रश्न उपस्थित भयो भन्न मिल्ने देखिँदैन । निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरीत प्रत्यर्थी मालपोत कार्यालय पर्साबाट ०३८।३।४ मा गरेको निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६४ - जग्गा खिचोला दर्ता

 फैसला मिति:२०३९/०६/१२  फूल बेन्च इजलास  २४८५
 पुनरावेदक/ प्रतिवादी : वादी/निवेदक : जि.मोरङ्ग, विराटनगर न.पं.वडा नं.२ बस्ने हिरण्यबहादुर बस्नेत समेत बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि.सुनसरी धरान न.पं.वडा नं.६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ

(१) सुरुको निर्णयसँग सहमत नभई सिंगलबेञ्चले झगडीया झिकाएमा मुद्दा डिभिजनबेञ्चको अधिकार क्षेत्र भित्र पर्न जाने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६३ - अंश

 फैसला मिति:२०३९/०२/२१  फूल बेन्च इजलास  २६२१
 पुनरावेदक/ प्रतिवादी : निवेदक प्रतिवादी : ललितपुर, विसंखुनारायण ७ नं.वडा बस्ने लक्ष्मीकुमारी गिरीसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी वादी : ऐ.ऐ.बस्ने गणेश गिरी समेत

(१) जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि दिनु पर्छ । (प्रकरण नं. २३) (१) आ–आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र घर जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल घर जग्गा वादीहरुले भोग गरेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु