विस्तृत खोजी

 
 
 
 
 
      

१४ खोजी नतिजाहरु

निर्णय नं. १०८९५ - अपहरण गरी सामूहिक जबरजस्ती करणी

 फैसला मिति:२०७९/०२/१०  संयुक्त इजलास  १४४२
 पुनरावेदक/ प्रतिवादी : लक्ष्मी शाही (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला दाङ, साबिक उरहरी गा.वि.स. वडा नं. ६ वेलटाकुरा बस्ने सचिन योगीसमेत

मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरहनु, बगेर जानुलाई स्वाभाविक मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८९४ - वैदेशिक रोजगार कसुर

 फैसला मिति:२०७९/०२/०४  संयुक्त इजलास  १२१९
 पुनरावेदक/ प्रतिवादी : याङ्ली शेर्पाको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : पाँचथर जिल्ला, सराङ्ग डाँडा गा.वि.स. वडा नं.६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२९ लैनचौर बस्ने डगलसिंह सेर्मा

परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८९३ - उत्प्रेषण

 फैसला मिति:२०७९/०१/०६  संयुक्त इजलास  ८८६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष पेम्बा शेर्पाको छोरा ऐ. ऐ. वडा नं. १ बस्ने निमा ग्याल्जेन शेर्पा बिरुद्ध विपक्षी/वादी : निर्वाचन आयोग कान्तिपथ, काठमाडौं

सरकारी कोषबाट सुविधाहरू प्राप्त गरिरहेका निर्वाचित पदाधिकारीहरू पनि लाभको पद धारणा गरेका व्यक्तिहरू होइनन् भन्‍न नमिल्ने । राज्यको सर्वसञ्चित कोषबाट सुविधा प्राप्त गरेका व्यक्तिहरूले त्यही पारिश्रमिक र सुविधाहरू प्रयोग गरेर निर्वाचनमा उम्मेदवार भई चुनावमा प्रतिष्पर्धा गर्ने कार्यलाई स्वच्छ र निष्पक्ष रूपमा हुन सक्छ भनी अनुमान गर्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८९२ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७८/१२/०२  संयुक्त इजलास  ३३४२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कैलाली बेलदेवीपुर गाउँ विकास समिति वडा नं. ३ परिवर्तित जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.११ घर भई हाल कारागार कार्यालय महेन्द्रनगर कञ्‍चनपुरमा कैदमा रहेको जंगबहादुर सार्कीको छोरा बलबहादुर भन्‍ने बमबहादुर सार्की बिरुद्ध विपक्षी/वादी : मायाकुमारी सार्कीको जाहेरीले नेपाल सरकार

कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोहीअनुरूप बयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण नहेरिने हो भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को कानूनी प्रावधानको दुरूपयोग हुन सक्ने भएकाले उक्त प्रावधानलाई एकतर्फीरूपमा पीडित भनी जाहेरी दिने वा बयान प्रमाणित गराउने सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र विषयवस्तुतर्फ हेरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८९१ - लागु ‌औषध (खैरो हेरोइन)

 फैसला मिति:२०७७/०२/२६  संयुक्त इजलास  १७३५
 पुनरावेदक/ प्रतिवादी : प्र.स.नि. प्रदिपप्रसाद जैसवालको प्रतिवेदनले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : रमेश अधिकारीको छोरा जिल्ला सर्लाही, सबिकको ढुङ्ग्रेखोला गा.वि.स. वडा नं. २ परिवर्तित ऐ. बाग्मती नगरपालिका वडा नं. १ वतन भएका गुरुदेव अधिकारी

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई वादी पक्षले इन्कार गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८९० - भ्रष्टाचार (घुस रिसवत)

 फैसला मिति:२०७८/०४/३२  संयुक्त इजलास  १५६४
 पुनरावेदक/ प्रतिवादी : चितवन जिल्ला, फुलबारी गा.वि.स. वडा नं. ७ बस्ने भवबहादुर सिलवालको छोरा श्यामबहादुर सिलवाल बिरुद्ध विपक्षी/वादी : आशाकाजी महर्जनको जाहेरीले नेपाल सरकार

कर्मचारीबाट रकम बरामद गरिएको देखाउँदैमा भ्रष्टाचार जस्तो गम्भीर कसुर स्थापित भइहाल्ने पनि होइन । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्‍ने पुष्टि हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८९ - उत्प्रेषण

 फैसला मिति:२०७५/१२/०५  संयुक्त इजलास  ११८२
 पुनरावेदक/ प्रतिवादी : जनहित संरक्षण मञ्चको तर्फबाट काठमाडौं जिल्ला, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१४ बस्ने कार्यकारी अध्यक्ष वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मासमेत बिरुद्ध विपक्षी/वादी : विद्यासुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिकासमेत

ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू इतिहाससँग राष्ट्रको अतीत जोडिएको हुने र यस्ता सम्पदाहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने र तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यस्ता सम्पदा एक व्यक्ति वा निकायसँग सरोकार राख्‍ने नभएर समूह, समुदाय, क्षेत्र र राज्यसँग सरोकार राख्‍ने हुनाले प्रत्येक राष्ट्रले राष्ट्रको ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरहरूको बारेमा आफ्ना भावी पुस्तालाई जानकारी दिलाउनुपर्छ भन्‍ने कुरामा विवाद नरहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८८ - परमादेश

 फैसला मिति:२०७८/०९/११  संयुक्त इजलास  ५८४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुरधामका अध्यक्ष रामकुमार शर्मा बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत

मन्त्रिपरिषद्‌को निर्णयबाट प्रदान गरिएको अख्तियारीअनुसार साबिकदेखि पारिश्रमिक भुक्तानी भई आएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा हचुवा तवरबाट सुझावको रूपमा उल्लेख गरिएको बेहोरालाई हेरेर नियमित रूपमा भुक्तानी दिई आएको कार्यमा हठात् रोक लगाउनु तर्कसङ्गत र विवेकपूर्ण नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८७ - उत्प्रेषण

 फैसला मिति:२०७८/०९/२८  संयुक्त इजलास  ६०५
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर स्थायी घर भई कैलाली जिल्ला, जानकी गाउँपालिका, कैलालीमा सहायक महिला विकास निरीक्षक पदमा कार्यरत नर्मदा पौडेल (चौधरी) बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत

समायोजन हुन चाहना गरी प्राथमिकताक्रम उल्लेख गरेकोमा सोबमोजिम हुन्छ भन्ने अपेक्षा कर्मचारीमा हुने । एक पटक समायोजन हुने स्थान किटान गरी निर्णय भइसकेको स्थितिमा सो समायोजनविपरीत अर्को स्थानमा पठाउने निर्णय गरिनु कानूनको भावनाअनुकूल नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८६ - जबरजस्ती करणी

 फैसला मिति:२०७७/११/११  संयुक्त इजलास  १२२९
 पुनरावेदक/ प्रतिवादी : रामबहादुर स्याङतानको छोरा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं.१६ घर भई हाल मकवानपुर जिल्ला अदालतको फैसलाले करागार कार्यालय, भिमफेदीमा थुनामा रहेका शम्भु स्याङतान बिरुद्ध विपक्षी/वादी : परिवर्तित नाम ३१(०७३/०७४-१४) को जाहेरीले नेपाल सरकार

मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) अनुसार योनिमा लिङ्ग आंशिकरूपमा मात्र पसेको भए पनि जबरजस्ती करणी प्रयोजनका लागि कार्य पूरा भएको मान्नुपर्ने कानूनी व्यवस्था रहेकोले र योनिको बाहिरी भाग labia majora र भित्री भाग labia minora सम्म पनि लिङ्गको प्रवेश भएको स्थितिमा योनिभित्र लिङ्गको आंशिक प्रवेश भएको मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८५ - बन्दीप्रत्यक्षीकरण, उत्प्रेषण तथा परमादेश

 फैसला मिति:२०७८/०५/३१  संयुक्त इजलास  ८६१
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला, मेचीनगर न.पा. वडा नं.७ स्थायी घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बसुन्धारा डेरा गरी बस्ने हर्क शर्मा आचार्यको नाति पर्शुराम शर्मा आचार्यको छोरा हाल कारागार कार्यालय, झापामा कैदमा रहेको डिल्लीराम शर्मा आचार्य बिरुद्ध विपक्षी/वादी : उच्च अदालत पाटनसमेत

ठगी मुद्दामा भएको कैदको सजायसमेतलाई समावेश गरी कैद र जरिवाना दुवै भएकोमा मुलुकी ऐन दण्ड सजायको दफा ३८(२) र मुलुकी अपराध संहिता, २०७४ को दफा ४६(२)(ख) आकर्षित हुन नसक्ने अर्थ गरी मुलुकी ऐन दण्ड सजायको ३८(१) र मुलुकी अपराध संहिताको दफा ४६(२)(क) अनुसार जरिवानाबापत ४ वर्ष कैद ठेक्नु कानूनी व्यवस्थाअनुरूप नहुने । जहाँ स्पष्ट कानूनी व्यवस्थाको अभाव छ त्यस्तो अवस्थामा कठोर व्याख्या गरी प्रतिवादीलाई दायित्व थप गर्ने कानूनको मनसाय होइन । कैद सजाय गर्दा एक वर्षसम्म कैद हुने राजस्व चुहावट मुद्दामा सो कैदको उपल्लो हद एक वर्षभन्दा बढी हुने गरी जरिवानाबापत कैद निर्धारण गरी फौजदारी दायित्व वहन गराउने गरी कानूनको प्रयोग गर्नु कानून व्याख्याको सिद्धान्तविपरीत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८४ - परमादेश

 फैसला मिति:२०७८/११/१३  संयुक्त इजलास  ७३४
 पुनरावेदक/ प्रतिवादी : भारत, उत्तर प्रदेश, फैजावाद कोतवाली, फैजावाद सिभिललाइन घर भई हाल नेपाल सरहदको जिल्ला रूपन्देही, रायपुर गा.वि.स. वडा नं. ३ सोनवर्षा बस्ने गजाधर सिंहको नाति हनुमानदत्तको छोरा दिनेशबहादुर सिंह बिरुद्ध विपक्षी/वादी : जिल्ला रूपन्देही, रायपुर गा.वि.स. को कार्यालयसमेत

आफ्नी आमाका नाममा नेपाल सरहदभित्र दर्ता रहेको जग्गा आमाको मृत्युपश्‍चात् हकवालाको हैसियतले जग्गा दर्ता गर्न नसके तापनि कुनै नेपाली नागरिकलाई बिक्री गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न सक्ने नै देखिँदा अदालतको फैसलासमेतबाट हक प्राप्‍त गरेको दाबीको जग्गाको चार किल्ला प्रमाणित गराउन पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८३ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०७७/१२/०५  संयुक्त इजलास  ७११
 पुनरावेदक/ प्रतिवादी : दोलखा जिल्ला, बुलुङ गा.वि.स., वडा नं. ८ बस्ने दिल बहादुरको नातिनी नोकबहादुरको छोरी जतना खड्का बिरुद्ध विपक्षी/वादी : जिल्ला शिक्षा कार्यालय, दोलखा, चरिकोटसमेत

उचित विधिको प्रयोग नगरी बिनाप्रतिस्पर्धा शिक्षकको नियुक्ति गर्दा बालबालिकाको गुणस्तरीय शिक्षा पाउने संवैधानिक हकबाट वञ्चित हुन जाने हुँदा शिक्षक नियुक्तिमा अनियमितता भयो भनी उजुर दिने व्यक्ति सो विज्ञापनमा दरखास्त नदिएको बेसरोकारवाला व्यक्ति भए पनि निजको निवेदनको आधारमा निर्धारित विधिको पालना नगरी नियुक्त गरिएको शिक्षकलाई पदबाट हटाउन मिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०८८२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७८/०९/२९  पूर्ण इजलास  ९९६६
 पुनरावेदक/ प्रतिवादी : हुम्ला जिल्ला, साबिक वरगाउँ गा.वि.स. वडा नं. ८ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने हाल कारागार कार्यालय, नख्खु ललितपुरमा कैदमा रहेको आङजेन लामा बिरुद्ध विपक्षी/वादी : बर्दिया जिल्ला अदालत, गुलरिया, बर्दियासमेत

एउटा वारदातमा एउटा मात्र कसुर गर्नेलाई सोही कसुरमा सजाय र अवस्थाअनुसार थप सजायसमेत हुने, एकीकृत कसुर भएको अर्थात् एउटै वारदातमा एकभन्दा बढी कसुर गरेको अवस्थामा “सबैभन्दा बढी सजाय हुने कसुरबापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायको आधा सजाय” हुने व्यवस्था मुलुकी अपराध संहिताको दफा ४३ (२) मा गरिएको छ भने विभिन्न ठाउँमा विभिन्न समयमा फरकफरक कसुर गर्ने व्यक्तिको हकमा अर्थात् बहु-व्यवहार कसुर गर्ने कसुरदारको हकमा फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा ३६ को उपदफा (२) बमोजिम “पहिले भएको कैदको अवधि भुक्तान भएपछि गणना हुने गरी पछि भएको कैदको सजाय कार्यान्वयन” गर्ने कुरा नै सो ऐनका समग्र व्यवस्था तथा दण्डको सिद्धान्तसँग समेत मेल खान सक्ने देखिन्छ । यस्तो कैदको हिसाब गर्दा अदालतले आफूसमक्ष रहेको मुद्दामा पक्राउ गरेको वा उपस्थित गराइएकोमा थुनछेकको आदेश भएको मितिबाट ऐनको दफा ४० बमोजिम गणना गर्न सक्ने नै हुन्छ । यसो गरेमा मात्र कसुरको गम्भीरताअनुसार उचित र समानुपातिक सजाय हुने । अदालतको कर्तव्य बढी सजाय वा कम सजाय गर्ने नभई उचित एवं उपयुक्त सजाय गर्ने हो । यस्तो सजायमार्फत नै अभियुक्त र पीडितलाई न्याय दिने र सम्पूर्ण समाजलाई न्यायको अनुभूति गराउने हो ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु