विस्तृत खोजी

 
 
 
 
 
      

७ खोजी नतिजाहरु

निर्णय नं. १५७५ - दोहरो लिखत बिक्रि बदर

 फैसला मिति:२०३९/०६/०७  डिभिजन वेन्च इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : राप्ती अं.प्यूं.जि.सापडाँडा गा.पं.४इन्द्रे डाँडा बस्ने बलबहादुर भण्डारी क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी : बिजवारटारी बस्ने ऋषिराम भण्डारी

(१) अपराध कायम गराउने नगराउने कुरा दोहरा लिखत गराई लिने व्यक्तिको इच्छामा निर्भर हुन जान्छ र सो कार्यले जुन कुरामा प्रतिबन्ध लगाउन खोजेको छ सो कुरा निष्कृय र निस्प्रयोजन हुनजाने हुन्छ । तसर्थ एकालाई लेखी दिई सकेको जग्गा अर्कोलाई दोहरा पारी लिखत गरी दिनु नै अपराध हुने भएकोले लिखत भई सकेपछि लिखत पास नभएको कुराले कुनै प्रतिकूल असर पार्न सक्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०६/२४  डिभिजन वेन्च इजलास  २३१६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.का.न.पं.वडा नं.३३ मैतीदेवी बस्ने त्रि.वि.वि.कानून अध्ययन संस्थानको उपप्राध्यापक हाल सहायक डिन श्यामकान्त सिलवाल बिरुद्ध विपक्षी/वादी : विपक्षी : त्रिभुवन विश्वविद्यालय सेवा आयोग त्रिपुरेश्वर काठमाडौं

(१) राष्ट्रिय शिक्षा समिति ऐनले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालयलाई सो राष्ट्रिय शिक्षा समितिद्वारा विवादास्पद पदमा आवश्यक थपघट तथा सुधार मिलाई निर्देशन दिने अधिकार भएको नै देखिँदा सो अनुरुप दिएको निर्देशन कानून बमोजिम नै देखिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०६९/०६/२०  डिभिजन वेन्च इजलास  २४५७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : गण्डकी अञ्चल लमजुङ जिल्ला गाउँ शहर गा.पं.वडा नं.६ बोहरा बेसी बस्ने चित्रबहादुर बोहरा बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत

(१) अदालतमा मुद्दा दायर नगरी भ्रष्टाचार गरेको रकम तथा बेरुजु रकम समेतमा पक्राउ गर्न नपाउने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०६/२०  डिभिजन वेन्च इजलास  २२०५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.मोरङ सिसवनी जहदा गा.पं.वडा नं.१ बस्ने मंगलप्रसाद मण्डल बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय, मोरङ विराटनगर समेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ ले तोकेको कर्तव्य पूरा नगर्ने मोहीलाई उक्त ऐनकै दफा २० (१) विरुद्ध संरक्षण प्राप्त हुन नसक्ने कुरा स्पष्ट छ । यस्तो स्थितिमा बुझाउनु पर्ने कूत जग्गाधनीलाई बुझाउने दायित्वसम्म मोहीमा सुम्पी मोहियानी हक विपक्षीको नाउँमा कायम राख्ने गरेको भूमिसुधार कार्यालय मोरङको निर्णयलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०७/०२  फूल बेन्च इजलास  २०८५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.वारा बसन्तपुर गा.पं.वडा नं.१ बस्ने अदालत शाहु तुरहा बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : जि.न्या.केदारप्रसाद गिरी, बारा समेत

(१) २०३४।४।२८ मा ०–८–५ जग्गा लिलाम गरेको र त्यसबाट नपुग बिगोमा पुनः मिति ०३४।८।७ मा ०–२–० जग्गा लिलाम गरिएको देखिएबाट खाम्नेभन्दा बढी जग्गा लिलाम भएको भन्न नमिल्ने । (प्रकरण नं. ९) (१) तायदात गर्दा बिचारी र उपप्रधानपञ्च समेतबाट र पन्चकृति मोल कायम गर्दा भू.प्र.का. बाराको खरीदारसमेत साक्षी राखेको देखिँदा त्यस्तो बेरीत भएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०६/०८  फूल बेन्च इजलास  २१२८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी, हरिनगर गा.पं.वडा नं. ९ बस्ने मौलिक मियाँ अन्सारीसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सुनसरीसमेत

(१) सबूत प्रमाणको आधारमा भू.सु.अ.ले तथ्यको निरोपण गरेकोमा सो तथ्य भित्र पसी पुनरावेदन तहबाट हेरेको जस्तो गरी भू.सु.अ.को निर्णय तथ्ययुक्त छ छैन भनी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५६९ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ

 फैसला मिति:२०३९/०७/१६  फूल बेन्च इजलास  २३९६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.झापा घैलाडुब्बा गा.पं.वडा नं.४ बस्ने केदारबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ.वडा नं.२ बस्ने टंकबहादुर घिमिरे, झापा भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी माधवप्रसाद शर्मा

१ श्री ५ को सरकारले कूत निर्धारित गरी सकेकोमा सो तोकिए बमोजिमको कूत नै निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम कूत धरौट राखेको देखिएको भनी सो धरौट रहेको कूत निवेदकले बुझिलिनु पर्ने निर्णय गरेको प्रत्यर्थी भूमिसुधार अधिकारीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु