विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १५९१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊा ।

 फैसला मिति:२०३९/०२/२०  डिभिजन वेन्च इजलास  २३६२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : मोरङ्ग जि.विराटनगर न.पं.वार्ड नं.२० बस्ने दिपीया भन्ने दिपेश्वरी गुरुङ्गनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : मोरङ्ग जिल्ला बुधनगर गा.पं.वार्ड नं.२ बस्ने केदारराय कुर्मिसमेत

(१) वादी प्रतिवादी भई चलेको मुद्दामा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मस्तिष्कको प्रयोग गरी आफैंले निर्णय गर्नु पर्नेमा सो केही नगरी भूमिसुधार कार्यालयका कर्मचारीहरुले तथ्यको विवेचना गर्दै टिप्पणी पेश गरेकोमा सो टिप्पणीलाई नै भूमिसुधार अधिकारीले सदर गरेको देखिएबाट न्यायिक मन प्रयोग नगरी निर्णय गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५९० - उत्प्रेषण

 फैसला मिति:२०३९/०७/२५  डिभिजन वेन्च इजलास  २३०७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि मोरङ्ग विराटनगर नगर पञ्चायत वार्ड नं.१४ बस्ने धर्मराज विष्ट बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.का.भूमिसुधार मोरङ्ग, वि.न.पं.,विराटनगर, जि.मोरङ्ग कदमा गा.पं. वार्ड नं.२ बस्ने शेख महमहीद मियाँसमेत

(१) जग्गा दर्ता तिरोको लगत कसिएको छ छैन, सम्बन्धित कार्यालय नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८९ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/०२/०६  डिभिजन वेन्च इजलास  २५३०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : जि.धनुषा जनकपुर नगर पञ्चायत वडा नं.१४ बस्ने बुलन यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.ध.जनकपुर नगरपञ्चायत वडा नं.१४ बस्ने मुनीलाल कुर्मिसमेत

(१) अ.बं.२०८ नं.बमोजिमको दरपिठमा उजुर परी अ.बं.१७ नं.बमोजिम कैफियत तलब समेत गरी अधिकार प्राप्त पुनरावेदन सुन्ने अदालतले दिएको आदेशलाई कानूनी त्रुटि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८८ - अंश

 फैसला मिति:२०३९/०९/१८  डिभिजन वेन्च इजलास  २५०९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : ल.पु.जि सैंभुभैसेपाटी गा.पं.वार्ड नं.४ बस्ने मानकुमारी थापा, ऐ.ऐ. बस्ने अम्बरबहादुर थापा बिरुद्ध विपक्षी/वादी : पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने वद्रीबहादुर थापा, ऐ.ऐ.बस्ने पदमबहादुर थापा

(१) अंश भई सकेको भन्न केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भई रहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम अचल सम्पत्तिको हक हिस्सा पाउने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८७ - लिखत पास

 फैसला मिति:२०३९/०८/२७  डिभिजन वेन्च इजलास  २५३५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : बाँके लगदहवा गा.पं.वार्ड नं.३ बस्ने नारायण सिं च्यामजुङ् बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : बाँके इन्द्रपुर गा.पं.वार्ड नं.१ बस्ने सैफु तेली

(१) जुन कुरामा प्रतिवादी छैन त्यस्तो कुरामा अदालत स्वयंले तर्क उठाउने अवस्था हुँदैन। (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८६ - लिखत पास

 फैसला मिति:२०३९/०८/१८  डिभिजन वेन्च इजलास  २५४०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जि नवलपरासी स्वाठि गा.पं.वार्ड नं.२ रजहवा बस्ने रामधनी यादव र फेरइ यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : ऐ.ऐ.बस्ने भुदर यादव

(१) आफ्नो अंश जग्गा समेत बण्डा गरी घरसारमै लिई दिई गरेको देखिन आएकोले प्रचलित मुलुकी ऐन अंशबण्डाको ३० नं.अनुरुप प्रतिवादीबाट अंश दिलाई पाउँ भनी गरेको वादी दावी नपुग्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८५ - संघियार कायमगरी पाऊँ ।

 फैसला मिति:२०३९/०८/०८  डिभिजन वेन्च इजलास  २७८९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदीका/प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं.१६ तेखाचो बस्ने रुद्रमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : ऐ.ऐ.वा.नं.१३ बस्ने शिवप्रसाद साखकर्मिको मु.स.गर्ने चिनीमाया साखकर्मि

(१) के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्यायई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८३ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 फैसला मिति:२०३९/०९/०९  फूल बेन्च इजलास  २५७१
 पुनरावेदक/ प्रतिवादी : निवेदकहरु : जि.चितवन वर्छौली गा.पं.वडा नं.८ बस्ने सुकइ महतो,ऐ.ऐ.सानुमग महतो बिरुद्ध विपक्षी/वादी : विपक्षीहरु : जिल्ला कार्यालय भूमि प्रशासन शाखा, चितवन बर्छौली गा.पं.वडा नं.८, चितवन बस्ने धैधारी महतो

(१) रा.दु.वि.क्षेत्रको जमीन विक्री वितरण कमिशनको फैसलाबाट हकदैया टुटिसकेका निवदकहरुलाई बुझ्नु पर्ने कुनै औचित्य नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु