७ खोजी नतिजाहरु
(१) न्यायोचित अनुमान गर्नलाई आय कर ऐनको दफा ३३ (२) को अनुरुपको व्यहोरा देखिनु पर्ने कानूनी व्यवस्था हो, त्यस्तो गरेको छ भन्ने मिसिल प्रमाणबाट नदेखिएको हुँदा उक्त ऐनको विपरीत आय निर्धारण गरी कर लाग्ने गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ। कानून बमोजिम कारवाही किनारा गर्नु भनी परमादेशको आदेश कर कार्यालय जनकपुरको नाउँमा पठाउनु पर्ने ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला दाङ सौडियार गा.पं.बस्ने जितुलादेवी भन्ने जितुलाकुमारी जौरे बिरुद्ध विपक्षी/वादी : विपक्षी : उच्चस्तरीय आयोग दाङ देउखुरी घोराही दाङ, जि.दाङ्ग सौडीयार गा.पं.वडा नं.७ को परिवर्तित वार्ड नं.८ बस्ने खुसीराम चौधरी
मोहीको मृत्यु भए पछि निजको मोहियानी हक कसलाई प्राप्त हुने भन्ने विषयमा भू.सं.ऐन, २०२१ को दफा २६ (१) मा व्यवस्था गरेको पाइन्छ । जग्गाधनीले निजको पत्नी अथवा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने अवस्था छ, मोहियानी हक अपुतालीबाट सरी आउने कुरा नभएकोले पञ्चायतमा बाली धरौटी राखेको आधारमा मात्र मोही ठर्हछ भन्न कानून विपरीत हुन्छ ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्ना कुरा भन्न पाउने समयावधी बाँकी छँदै निर्णय गर्नु कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य ज्ञानको कुरा हो । प्रस्तुत मुद्दाको निर्णयबाट सो ज्ञानको सहारा लिएको भन्न सकिने स्थिति छैन जसले गर्दा प्रतिवादी नपर्दै मुद्दाको निर्णय हुन गयो जसलाई कानूनको प्रत्यक्ष त्रुटि गरेको भन्नु पर्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्धमा निर्णय गर्दा केवल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाणलाई कानून बमोजिमको आधार हो भन्न मिल्ने नदेखिने, भूमिसम्बन्धि ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तिको लागि एक निश्चित प्रक्रिया तोकेकोमा सो अनुसार कानूनी प्रक्रिया पूरा गर्न नसक्ने व्यक्तिलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ अनुसारको मोही मान्न नमिल्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.झापा हल्दिवारी गा.पं.वडा नं.३ बस्ने व्यवरी सिंह राजबंशी बिरुद्ध विपक्षी/वादी : विपक्षी :भूमीसुधार कार्यालय झापाका भू.सु.अ.माधवप्रसाद शर्मा, जि.झापा हल्दीवारी गा.पं.वडा नं.३ बस्ने भरतकुमार सुवेदी
जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ । त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहराएको ०३८।३।२१।१ को निर्णय बदर हुनु पर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउन पर्ने, मोहियानीहकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनुपर्योर । ०३७।१२।१३ को निर्णय बदर भई रहेको अवस्थामा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी : का.जि.का.न.पं.वार्ड नं.३१ कमल पोखरीको हाल बानेश्वर डेरा गरी बस्ने हेमकुमारी ठाकुर, ऐ.ऐ.डेरा बस्ने हरेन्द्रकुमार ठाकुर बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने बलदेव ठाकुरको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत ऐ.बस्ने दुर्गा ठाकुर
(१) २०२३ सालमा जन्मेको हरेन्द्रकुमार २०२० सालमा थुनामा परेकाको विर्यबाट जन्मेको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिने ।
(प्रकरण नं. १७)
(२) हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न गार्हो् हुन्छ । अतः माथि लेखिएको बुँदा प्रमाणबाट प्रतिवादीको छोरासमेत ठहर्ने हुनाले वादीहरुले अंश पाउने ।
(प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने।
(प्रकरण नं. ४७)
पूर्ण पाठ हेर्नुहोस्