विस्तृत खोजी

 
 
 
 
 
      

९ खोजी नतिजाहरु

निर्णय नं. १४३५ - प्रतिषेध मिश्रीत परमादेश समेत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३८/०१/१४  सिङ्गल बेञ्च इजलास  २३५९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.न.पं. ३२ डिल्ली बजार कालीकास्थान निवासी दिनेश मान प्रधान बिरुद्ध विपक्षी/वादी : विपक्षी : निर्वाचन आयोग का.जि.नं. पं.वडा नं. ३१ रामशाहापथसमेत

कुनै मतपत्र वैध वा अवैध के छ भनी निर्णय गर्नको लागि कानूनले त्यस्तो मतपत्रको अवलोकन गर्छ, जो निर्वाचनमा प्रयोग गरिनको लागि मतदान अधिकृतले मतदातालाई उपलब्ध गराइएको हुन्छ र मतदान गर्ने अधिकारको सिलसिलामा मतदाताले प्रयोग गरेको हुन्छ । प्रस्तुत विषयमा मतदान अधिकृतले मतदातालाई मतपत्र उपलब्ध गराएको र मतदाताले प्रयोग गरी सकेको देखिन नआएको हुनाले यस अवस्थामा निवेदकका जिकिर अनुसार निर्वाचनमा प्रयोग गरिने मतपत्रको सम्बन्धमा अहिले विवेचना गरी त्यसतर्फ निर्णय गर्नु कानूनसंगत नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३४ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३७/०१/०७  डिभिजन वेन्च इजलास  २२३७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. स्यूचाटार गा.पं. वार्ड नं. ४ सिविडोल बस्ने चित्रकुमारी खड्का क्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंसमेत

भूमिसुधार अधिकारी आफैंले मोहीको लगत काट्ने पर्चा खडा गरी सकेपछि त्यसलाई आफैंले बदर गर्ने गरी निर्णय गर्न निजलाई अधिकार भएको नदेखिएकोले भू.सु.का.को निर्णय प्रत्यक्ष कानूनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३३ - उत्प्रेषण

 फैसला मिति:२०३८/०१/१४  डिभिजन वेन्च इजलास  २२५५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. सुनसरी धरान न.पं.वार्ड नं. ८ बस्ने कुलचन्द्र गौतमसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला सुनसरी ६६ ल्पट कोशी टप्पू उच्च स्तरीय आयोग सुनसरीको हाल भूमिसुधार मन्त्रालय काठमाडौंसमेत

विवादको जग्गा निवेदकहरूका नाउँमा कानून नियम अनुसार रीतपूर्वक दर्ता भएको देखिँदैन । तसर्थ निवेदकहरूको हक प्रचलन गर्ने स्थिति नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३२ - उत्प्रेषण

 फैसला मिति:२०३८/०१/१५  डिभिजन वेन्च इजलास  २१८०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं. वडा नं. २४ को हाल वडा नं. २ बस्ने रत्नलाल महर्लन बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.न.पा. वडा नं. १७ बस्ने तप्तराज बन्त

जग्गाधनीले घर कम्पाउण्ड बनाउन मञ्जूरीनामा गरी दिएको र सो बमोजिम निवेदकले घर बनाएकोले त्यसैलाई भू.सं.ऐन, २०२१ को दफा २६ (क) को तात्पर्यको लागि घर जग्गा बारी भन्नु पर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३१ - ज्यान

 फैसला मिति:२०३८/०१/१५  डिभिजन वेन्च इजलास  २४९०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : वाग्लुङ जिल्ला निसी गा.पं.वार्ड नं. ७ गलकोट झिम्मा घर भई हाल पाल्पा केन्द्रीय कारागारमा थुनामा बस्ने लालमणी रामजाली मगर । बिरुद्ध विपक्षी/वादी : विपक्षी : पञ्च सदस्य विभिषण केसीको जाहेरीले श्री ५ को सरकार

मानसिक सन्तुलनमा बिकार पैदा भई मारेकोभन्ने प्रमाण प्रतिवादीले पुर्याैउनसकेको देखिँदैन । यस स्थितिमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४३० - उत्प्रेषण

 फैसला मिति:२०३८/०१/१९  फूल बेन्च इजलास  २५०७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला पर्सा गा.पं.तुल्सी वर्वा वार्ड नं. ४ बस्ने कैलास भारती बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : भू.सु. कार्यालय पर्साको भू.सु.अ. भक्तेन्द्रध्वज सिलवालसमेत

डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादित हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुन्छ । तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजु भाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी मोहीको नाम कट्टा गर्ने गरेको निर्णय उपर परेको रिट निवेदन डिभिजन बेञ्चले खारेज गरेको छ उक्त रुलिङ्ग बाझियो भनेको मुद्दामा बाबु छोराको बीच अंश छोडपत्र भइसकेको र बेगल परिवार देखिएको भन्दै रिट जारी गर्ने भन्ने निर्णय भएको हुँदा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय भएको देखिँदैन यस्तो स्थितिमा सो निर्णयसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको छ भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०१/१२  फूल बेन्च इजलास  २३२०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. जितपुर फेदी गा.पं. वडा नं. ३ जितपुर बस्ने झंकनाथ न्यौपाने । बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.जि. धर्मस्थली गा.पं. वडा नं. ८ बस्ने चम्पकप्रसाद उपाध्याय घिमिरे

मर्ने साविक मोहीको यो झंकनाथ न्यौपाने भू.सं.ऐन, ०२१ को दफा २६ बमोजिम जग्गाधनिले पत्याउने नाता भित्रको नभई भतीजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन नआउने । (प्रकरण नं. ८) (२) जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबुलीयतको अभावमा मोही कायम नहुनेमा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरेको विपक्षी भू.प्र.का.को निर्णय...बदर गर्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०१/२६  फूल बेन्च इजलास  २१५२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ललितपुर जिल्ला ल.पु.न.पं.वार्ड नं. २ सानेपा बस्ने विष्णुप्रसाद अर्याल बिरुद्ध विपक्षी/वादी : विपक्षी : ललितपुर नगरपञ्चायत बैठक ललितपुर नगरपञ्चायत समेत

निकास सम्बन्धी अन्याय पर्ने व्यक्तिले आफूलाई अन्याय परेको कुराको उपचारको माग गरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी समक्ष आएको हुनुपर्छ र ऐनबमोजिम अधिकार प्राप्त अधिकारी सो कुरामा निर्णय दिन सक्षम हुन्छ । अर्को कुनै अधिकारी वा कार्यालयबाट लेखी आएको आधारमा कारवाई गरी निर्णय दिनु कानूनसंगत नहुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४२७ - अंश

 फैसला मिति:२०३८/०१/१९  फूल बेन्च इजलास  २३९८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : चितवन पिपले गा.पं.वा.नं. ८ बस्ने टिकाराम श्रेष्ठको मु.स.गर्ने जि.मकवानपुर ज्यामीरे गा.पं. वडा नं. २ मनहरी बजार बस्ने गंगाराम श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि. मकवानपुर हेटौंडा नगरपञ्चायत वार्ड नं. १० बस्ने मोहनमाया श्रेष्ठको मु. सकार गर्ने ऐ ऐ बस्ने शमशेर श्रेष्ठ

(१) प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु