विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १५०२ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०९/०३  डिभिजन वेन्च इजलास  २६२६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको भोला थापा बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ललितपुर जिल्ला अदालत मंगलबजार

रेखा तथा लेखा विशेषज्ञको राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्ना भिन्नै हुन् भन्ने देखिन्छ । यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख्न मिल्ने देखिँदैन । तसर्थ बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निज निवेदक भोला थापालाई गल्ला मुद्दाको लगतबमोजिम थुनामा राखेको नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०९/०९  डिभिजन वेन्च इजलास  २३५८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जनक शिक्षा सामाग्री केन्द्र सानो ठिमीका कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धको पदमा कार्यरत गुणराज उपाध्याय बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री बढुवा समिति लोकसेवा आयोग कमल पोखरी काठमाडौंसमेत

कानूनी व्यवस्था बमोजिम निवेदकले संस्थान समन्वय परिषद्को निर्देशक भई काम गरेबापत अंक पाउनुपर्नेमा त्यस्तो विचार नगरी बढुवाको निमित्त सिफारिस गर्ने विपक्षी बढुवा समितिको निर्णय र सोउपर उजूर परी छानबीन भई लोकसेवा आयोगबाट भएको निर्णयसमेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५०० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०८/०१  डिभिजन वेन्च इजलास  २३४५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. बालाजु औद्योगिक क्षेत्र स्थित वोटलर्स नेपाल (प्रा)लि.को तर्फबाट म्यानेजिंग डाईरेक्टर सहदेव शमशेर ज.ब.रा.छाउनी दरबार काठमाडौं बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय बबरमहल काठमाडौंसमेत

उद्योग, आयात प्रतिस्थापक उद्योग देखिएकोले निवेदकलाई सो औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(१)(ग) को (३) अनुसारको अन्तःशुल्कमा सहुलित दिन मिल्दैन भन्न निवेदकले प्राप्त गरेको इजाजतपत्र तथा उपरोक्त ऐनले समेत नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०८/१८  डिभिजन वेन्च इजलास  २५४२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं वार्ड नं. ९ बत्तिसपुतली गौशाला बस्ने त्रिभुवन विमान स्थल भन्सार कार्यालयको ना.सु.पदबाट गैरकानूनी बर्खासीमा परेको जयप्रसाद सिटौला बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री सचिव, अर्थमन्त्रालय श्री ५ को सरकार काठमाडौं बबरमहल

के कस्तो अभियोगमा नोकरीबाट बर्खास्त गरेको हो सो आरोप र आधारहरू समेत उल्लेख भएको पाइँदैन । आरोप उल्लेख नभएको अवस्थमा त्यस्तो आरोपबाट निवेदकले कसरी सफाई लिन सक्छ ? यो विचारणीय प्रश्न छ । यस्तो अवस्थामा सफाई लिने अवस्था समेत पर्न आउँदैन । अतः निवेदकलाई आरोपको जानकारी हुन अनिवार्य छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९८ - हक सफा

 फैसला मिति:२०३८/०९/०६  डिभिजन वेन्च इजलास  २२५०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : का.जि. का.न.पं. वडा नं. ७ चावहिल बस्ने भवानीप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : विपक्षी : फडिन्द्रनाथ मरी मु.स.गर्ने जि.नुवाकोट कालिका आ.गा.पं. वडा नं. ५ बस्ने बुद्धिमाया उपाध्याय

कुरीयाले हकसफामा दावी गर्न पाउने व्यवस्था भएको मोही कुरीया यो वादी हो भन्ने कुरा देखिन नआएकोले साहु आसामीको १० नं. ले हकसफामा दावी गर्न पाउने वादीलाई हकअधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट गरेको निर्णय कानून विपरीत हुँदा सो फैसला बदर हुने र वादी दावी खारेज हुने समेत ठहर्छ । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९७ - जग्गा खिचोला

 फैसला मिति:२०३८/०८/११  डिभिजन वेन्च इजलास  २३५७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक : का.न.पं.वा.नं. २६ बस्ने विष्णुदेवी गुरुंसेनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ. बस्ने श्रीमती फुलकुमारी राणा

जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. का म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद दायरभएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नुपर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको बा.अं.अ.को फैसला बदर हुन्छ कानूनबमोजिम इन्साफ गर्न शुरूमा पठाउने गरेको म.क्षे.अ.को फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०९/१७  फूल बेन्च इजलास  २१९८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. बर्दीया बदलापुर गा.पं.वार्ड नं. ८ बस्ने अमरलाल सार्की बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.भीमापुर गा.पं.वाडं नं. ३ बस्ने प्रजापति घर्ती

पक्ष विपक्षको बीचमा एकै विषयमा अघि खारेज भएको तथ्यलाई लुकाएर रिट निवेदन दिएको देखिएको छ । यस्तो अवस्थामा प्रस्तुत रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गर्न उचित देखिँदैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३८/०९/२४  फूल बेन्च इजलास  २२४६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.न.पं. वडा नं. १७ क्षेत्रपाटी धोवीचौर बस्ने सुन्दरमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : नेपाल औद्योगिक कर्पोरेशनको जनरल मेनेजर, दरवार मार्ग काठमाडौं

(१) कर्मचारी मरेपछि त्यसको सेवा थामिदिने कुरा स्वतः समाप्त हुने हुँदा अ.बं.६२ (३) नं. अनुसार मुद्दा सकार गराएको नै कानूनबमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु