९ खोजी नतिजाहरु
(१) झगडीयाबाट अड्डामा पेश दाखिल हुने सक्कल कागजमा–कैफियत भएमा सो जनाई लिनु पर्ने–सो कैफियत नजनाइएमा असावधानीसँग काम गरेको ठहरिने ।
झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए नभएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिम नक्कल र सक्कल लिनु परेकोमा पनि सो बमोजिम कैफियत खुलाई लिनु पर्नेमा मिसिलमा रहेको सक्कल कागजमा मसी फुले समेतको केही कैफियत जनाएको नदेखिएकोले काभ्रेपलाञ्चोक अदालतले ऐन छाडी असावधानीसँग काम गरेको देखिएको ।
(प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) रुपैयाँ लिन दिनु नभई–शर्तनामा लेखी–जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी–पछि शर्तनामा बमोजिम काम नगरी धोका दिएमा झुक्याई राजिनामा गराएको भन्न पर्ने– नालिस परेमा त्यस्ता राजिनामा सदर मान्न नहुने । बदर हुने ।
घरसारमा निजहरूको भएको शर्तबाट रुपैया लिनु दिनु नभएको । घरको काम गर्ने कबुलमात्र गरी लिखत शर्त भएकोमा राजिनामा गराई जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी जग्गा हात पारी सकेपछि प्रतिवादीले काम छाडी धोका दिएको देखिएको । यस व्यवहारबाट रुपैयाँ लिई दिईकन राजिनामा गराएको नदेखिनाले वादीलाई झुक्याई आफ्नो मतबल साधन गर्नलाई प्रतिवादीले बादीका राजिनामा गराएको देखिनाले राजिनामा सदर मान्न नहुने ।
शर्तनामाको उक्ति र वादी प्रतिवादीका बीचको व्यवहार, सवैको पूर्ण विचार गरी सो राजिनामा सुपथ मोल लिई दिइकन गरेको ठहरिंदैन । प्रतिवादीले वादीको दाम काम इत्यादी गर्ला भन्ने आशले मोल लिनु दिनु नगरी राजिनामा गरेको ठहर्नाले राजिनामा बदर गर्ने डिभिजन बेञ्चको फैसला मनासिव देखिन्छ ।
(प्रकरण नं. ३)
पूर्ण पाठ हेर्नुहोस्
(१) भ्रष्टाचार निवारण ऐनको १० नम्बर–कस्तो काम गरेमा सरकारी कर्मचारीलाई बात लाग्ने ?
भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानी जानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या कसैलाई नोक्सान पार्न या त्यस्तो नियत लिनेलाई बात लाग्छ ।
(प्रकरण नं. ६)
(२) सरकारी काज खटिएकोमा–संकटकालिन अवस्था परी–जान नसक्ने भई रिपोर्र्ट गरेकोमा अनुशासन भङ्ग गर्यो भनी भ्रष्टाचार ऐन लगाई सजाय गर्न नमिल्ने ।
सरकारीया काजमा खटिएपछि काजमा जानै पर्नेमा नगई बिरामी कुरुवाको रिपोर्र्ट दिएकाले अनुशासनहिनताको कसूर गरेको भनी सजाय गर्नलाई पनि अवस्था विचार गर्दा, डाक्टरले गर्भवती छन । महिना पुरा भए जस्तो लाग्छ भनी रिपोर्ट लेखि दिएकै र वर्षाकाल परदेश कैलाली जस्तो ठाउँ भाषपूर्ण भईसकेकी गर्भवती स्त्री भई उनको संरक्षक आफु बाहेक अरु कोही नभएको भन्ने हुँदा संकटकालिन कै अवस्था देखिएकोबाट ऐनले लिन पाउने बिरामी कुरुवाको रिपोर्ट दिएकोमा अनुशासन भङ्ग गरेको भनि सजाय दिन ठीक मनासिव नपर्ने हुनाले निज मु. पिताम्बरप्रसादलाई कैलाली कञ्चनपुर गोश्वाराले भ्रष्टाचारको ऐन लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्दैन ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्
(१) अ.बं. ५ नं. र ६ नं.–नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने किटानी भएमा सो बमोजिम गर्नु पर्ने–किटानी नभएमा–अघि जुन बखत जुन ऐन बहाल थियो, सो सम्मलाई सोही ऐन बमोजिमको व्यवहार सदर हुने–र अड्डाले पनि सोबमोजिम गर्नु पर्ने ।
नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने लेखिआएको भए सोही बमोजिम गर्नु । यसो गर्नु भन्ने नखुलेको भए अघि जुन बखतमा जुन ऐन सवाल बहालमा थियो, सो बखतसम्मलाई सोही एनेबमोजिम दुनियाँले गरेको व्यवहार सदर हुन्छ भन्ने अ.बं.५ नं.मा र अड्डाले पनि सोबमोजिम गर्नु पर्छ भन्ने अ.बं.६ नं.मा लेखिएबाट अर्को सूचना जारी नभएसम्म बिर्ता खरिद विक्री बकस गरेको कागज रजिष्ट्रेशन पास हुनेछैन भन्ने फार्छ्या हुने भन्दा २००८।७।२६ को र सदरपहाडमा २५ रोपनी मधेशमा २५ विगाहासम्म खरिख विक्री गर्न हुन्छ भन्ने ०८।९।१६ को गजेटले अघिको व्यवहार बदर हुन नसक्ने हुँदा सो फार्छ्या पत्र पास गरिदिने ठहराएको ईन्साफ पहिला फाँटको मनासिव छ ।
(प्रकरण नं. ४)
पूर्ण पाठ हेर्नुहोस्
(१) आफैले अडर गरी लेखी ल्याएको कागजमा व्यहोरा नहेरी सहीछाप गरे भन्ने दावी असम्भव अनपत्यारको कुरा हुने ।
एकैमुष्ट कागज लेखी ल्याउने आफैले अडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा नहेरी सहीछाप गर्नु भएछ भन्न सा¥ह्रै असम्भव अनपत्यारको कुरा गर्नु भएको ।
(प्रकरण नं. १७)
(२) जान्न बुझ्न करै लाग्ने कुरामा चुपलागि बसेमा र आफ्नो गल्ती लापरवाही वा अनुचित मात्राको भर–पत्यारमा परी करवाई वा अनुचित मात्राको भरपत्यारमा परी कारवाई गरेकोमा सो को उत्तरदायित्व वादीमै हुँनुपर्ने ।
सहीछाप गरी पठाएका ४।५ महिनासम्म अर्थात् उनैहरूले भने अगाडि के कुरामा सहीछाप गरेको छ भनी जान्न बुझ्न करै लाग्ने कुरामा चुप लागि रहेको वादीबाटै देखिएकाले यदि झुक्याएको भनी एकक्षण अनुमान गरे पनि आफ्नै गल्ती सुस्ती लापरवाहीले वा अनुचित मात्राको भरपत्यार वा अन्धविश्वासले भन्नु परेकोले त्यस्ता काम कारवाईको उत्तरदायित्व वादीले नै बहन गर्नुपर्ने भन्न परेकाले समेत यस्ता कुरामा झुक्याएर सही गरायो भन्न ऐन कानून व्यवहारले नमिल्ने हुँदा झुक्याएको भन्ने ठहराएको अपीलको गल्ती झुक्याएको नठहराएको शुरुको मनासिव।
(प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस्
(१) घरायसमा बण्डा गरी आफ्नो २ भाग भोग बिक्री व्यबहार समेत भएमा र पास गर्न ऐनको म्याद समेत नाघेकोमा फेरि बण्डा गर्न नमिल्ने ।
घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको अब पास गर्नलाई ऐनको म्याद पनि नाघी सकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको सो व्यवहार बदर गर्न मनासिव नपर्ने हुँदा फेरि अंश गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन ।
(प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
(१) अ.ब. ९८ नम्बर प्रतिवादी र विषय छुट्टा–छुट्टै भएमा २ जवान साहुले २ जवान आसामी उपर एउटै फिरादपत्र दिएमा अ.बं. ९८ नं. ले दुवै जनाको हकमा इन्साफ दिन नहुने ।
वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त ऐनको मर्यादा नरहने भएको हुँदा वादी रामकुमारले प्र. हरिबहादुर उपर दावी गरेकोमा दावी बमोजिम भराई दिने ठहराएको शुरुको मनासिवै र वादी मोहरिलालले प्र. चक्रबहादुर उपर दाबी गरेका हकमा एउटै फिरादपत्रबाट इन्साफ दिन सोही अ.बं. ९८ नं. का ऐनले नहुने हुँदा खारेज हुन्छ ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
(१) जग्गामिच्नेका २१ नम्बर र जग्गा पजनीका ३४ नम्बर आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा २ वर्ष भित्र उजुर गरी आफ्नो गराउनु पर्ने सो म्याद भित्र नगरे उजुर नलाग्ने ।
सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलनगरी आएको ०१ साल देखि ०४ सालसम्मको पेश हुन आएको रसिदहरूबाट देखिन आएकोले आफ्नो हकको जग्गा अर्काले दर्ता तिरो भोग गरी खाएकोमा जग्गा मिच्नेका २१ नं. जग्गा पजनीको ३४ नं. का ऐन बमोजिम म्याद २ वर्ष भित्र उजुर गरी आफ्नो गराई प्र. कर्णबहादुरले लिनुपर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायालय तेश्रा फाँटको मनासिव ठहर्छ ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
१. साहु आसामीका ३१ नं. भोगबन्धकी थैली घटाई लख सारेकोमा बन्धक दिने आसामीले तहसँग गई निखन्न पर्ने र पुरा थैली लिई लख सारेकोमा सोझै पछिल्ला साँहु कहाँ निखन्न गए पनि हुने ।
आफ्नो भोगबन्धकी थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुँ मार्फतै निखन्न जानु पर्ने र पुरा थैली लिई लखबन्धक दिएकोमा सोझै लखबन्धकवाला साहु मार्फतै निखन्न गर पनि हुने भन्ने साहु आसामीको ३१ नं मा उल्लेख भएकोबाट बन्धकी दिने आसामीले निखन्नेमा पनि लखबन्धकवाला मार्फत जाने व्यवस्था भएकै।
(प्रकरण नं. ८)
२. साहु आसामीका ११ नं. बन्धकी परेको जग्गा सन्धीसर्पन गर्ने हकवालाले म्याद भित्र निखन्न पाउने म्याद नाघेमा आसामीको मञ्जुरी बेगर र अपुताली नपरी हकवालले निखन्न नपाउने ।
आसामीले भोगबन्धक दिएकोमा सन्धीसर्पन पर्ने हकवालले म्याद भित्र निखन्ने बाहेक भोगबन्धकी दिएकोमा आसामीको मञ्जुरी नभई र अपुताली नपरी हकवालाले निखन्न साहु आसामीको ११ नं. ले नपाउने भई भोगबन्धकी लिएको वस्तु आसामीले निखनी नलिंदासम्म बन्धकीवाला साहुको हक हुने ।
(प्रकरण नं ८)
पूर्ण पाठ हेर्नुहोस्