विस्तृत खोजी

 
 
 
 
 
      

९ खोजी नतिजाहरु

निर्णय नं. १३८१ - लिखित पास कीर्ते

 फैसला मिति:२०३७/०५/२४  डिभिजन वेन्च इजलास  २०२७
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी राजविराज न.पं.वार्ड नं. ८ बस्ने न्हुछेकुमारी उपाध्याय बिरुद्ध विपक्षी/वादी : जि. सप्तरी गा.पं.रायपुर वा.नं. २ मौजे प्रिपाही बस्ने रामप्रसाद शाह हलुवाई

सक्कल लिखतमा अक्षर अंक थपी कीर्ते नगरेको भनी क्षेत्रीय अदालतले ठहर गरेको रहेछ, त्यसमा सक्कल लिखत हेर्दा तपसीलमा लेखेको जग्गा थप गरेको भन्ने हकमा जग्गा पेटबोलीमा लेखेकै हुनाले केही थपेको भन्न भएन किनारामा निवेदकको पतिले हस्ता र ल्याप्चे समेत सहिछाप गरेको कुरामा रूपैयाँ नखाई लिखत मात्र खडा गरेको भनी ठहर्याकउन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७६ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०५/०५  डिभिजन वेन्च इजलास  २३९८
 पुनरावेदक/ प्रतिवादी : का.जि. डाँछी गा.पं.वडा नं. २ ब्रम्हखेल बस्ने कर्मचारी संचयकोषका प्रमुख सहायक यदुराज थापा बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति कर्मचारी संचयकोष सुन्धारा काठमाडौं समेत

अधिकार प्राप्त अधिकारीले आफूलाई नियमले तोकेको अधिकारक्षेत्रमा रही भए गरेको निर्णय कानुन बमोजिम नै भएको देखिएबाट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३८० - लेनदेन

 फैसला मिति:२०३७/०५/१८  डिभिजन वेन्च इजलास  २२४४
 पुनरावेदक/ प्रतिवादी : जि. बारा रामपुर गा.पं.वार्ड नं. ४ बस्ने अजिज मियाँ बिरुद्ध विपक्षी/वादी : श्री बाँसबारी छाला जुत्ता कारखाना प्रा.लि.बाँसबारी काठमाडौं

बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०३/१९  डिभिजन वेन्च इजलास  २१२३
 पुनरावेदक/ प्रतिवादी : का.जि. जैशीदेवल घर भई हाल सदरखोर डिल्लिबजार थुनामा रहेको केशरमान नकर्मीको हकमा निजको एकाघरको श्रीमती विष्णुदेवी नकर्मी बिरुद्ध विपक्षी/वादी : का.जि.अ. का अतिरिक्त जि.न्या. श्री परमानन्द झा समेत

कानुन बमोजिम पुनरावेदन गरेमा पुनरावेदन तहबाट कानुन अनुसार विचार हुने अवस्था रहेको यस्तो स्थितिमा सर्वोच्च अदालतको असाधारण अधिकार प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने भएको हुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७८ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०५/३०  डिभिजन वेन्च इजलास  २२४५
 पुनरावेदक/ प्रतिवादी : का.प.जि. पिपलटार गा.पं.वडा नं. ४ घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको गोविन्दनाथ उप्रेती बिरुद्ध विपक्षी/वादी : का.प.जि.का प्र.जि.अ. श्री पुष्पप्रसाद लुईटेल समेत

स्थानाभावले काठमाडौंको कारागारमा राख्न प्रमुख जिल्ला अधिकारीले लेखी पठाएको अनुरोधपत्रको आधारमा बागमती अञ्चलाधिशको कार्यालय बाट सो बमोजिम गर्न लेखी पठाइदिएको कुरा फाइल संलग्न कागजातहरूबाट देखिन आउँछ यस्तो स्थितिमा क्षेत्राधिकार नाघी थुनामा राखेको भनी निवेदक तर्फबाट भएको जिकिर दुरुस्त नदेखिने । (प्रकरण नं. १०) (२) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम नजरबन्दमा राख्ने आदेश दिएको देखिनाले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७७ - उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०५/३१  डिभिजन वेन्च इजलास  २१९८
 पुनरावेदक/ प्रतिवादी : सि.पा.जि. चौतारा गा.पं.वडा नं. १ बस्ने तिलकबहादुर दमाई बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला कार्यालय सिन्धुपाल्चोक समेत

दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७५ - अंश जग्गा दर्ता

 फैसला मिति:२०३७/०५/०२  डिभिजन वेन्च इजलास  २३६१
 पुनरावेदक/ प्रतिवादी : जि.सि.गा.पं. पोरताहा वार्ड नं. ३ मौजे खरिहानी बस्ने रघुनाथ यादवसमेत बिरुद्ध विपक्षी/वादी : जि.सि.मौजे खरिहानी ऐ. ऐ. गा.पं. बस्ने लडुवती यादवनी

अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै अंशमा दावा लिन नपाउने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७४ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३७/०५/३१  फूल बेन्च इजलास  २२१५
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं. वार्ड नं. १० बेसिटोल बस्ने कान्छा बासुकला बिरुद्ध विपक्षी/वादी : जिल्ला शिक्षा अधिकारी जिल्ला कार्यालय शिक्षा शाखा काभे्रपलाञ्चोक समेत

शिक्षा नियमावली, २०२८ को नियम ४७ मा उचित र पर्याप्त कारण भएमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई देहायको विभागीय सजाय गर्नसकिने छ भन्ने र देहायको खण्ड (घ) मा जिल्ला शिक्षा सेवा आयोगको परामर्श लिई नोकरीबाट बर्खास्त गर्ने भन्ने उल्लेख भएकोबाट सो कानुनी व्यवस्था अनुसार विद्यालयको शिक्षकलाई नोकरीबाट बर्खास्त गर्नुपर्दा जिल्ला शिक्षा सेवा आयोगको परामर्श लिई मात्र नोकरीबाट बर्खास्त गर्नसक्ने देखिने । (प्रकरण नं. ११) (२) शिक्षा अधिकारीले परामर्श माग गरेको बिना जिल्ला शिक्षा सेवा आयोगले निवेदकलाई अवकाश दिने गरेको त्रुटिपूर्ण निर्णयको आधार लिई निवेदकलाई शिक्षक पदबाट अवकाश दिने गरेको विपक्षी जिल्ला शिक्षा अधिकारीको निर्णय उपरोक्त शिक्षा नियमावली, २०२८ को नियम ४७ खण्ड (घ) को प्रतिकूल भएकोले कानुनको दृष्टिमा त्रुटिपूर्ण निर्णय देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३७३ - लिखत पास

 फैसला मिति:२०३७/०५/०६  फूल बेन्च इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. २ लाजिम्पाट बोलागाल बस्ने गणेशबहादुर सोपु श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.साउने टोल बस्ने क्षेत्रकुमार सोपु श्रेष्ठ

लिखत पारित गरी लिने समूहभित्र परेकोलाई पनि उक्त ऐनले सुविधा दिन मिल्ने गरी हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर गर्दागर्दै रजिष्ट्रेशन पास गर्नसक्ने देखिन्न भनी ठहर गरेको डिभिजन बेञ्चको मिलेन बकसपत्र पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु